/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

शोधपत्र (भाग ७)


श्रीमद्भागवतको तत्त्वमीमांसा: ब्रह्मजीव र जगत् सम्बन्ध

दार्शनिक पृष्ठभूमि 

श्रीमद्भागवत महापुराण केवल भक्तिप्रधान काव्य मात्र नभई वेदान्तीय तत्त्वमीमांसाको एक परिपक्व र रसात्मक ग्रन्थ हो। यसले ब्रह्म, जीव र जगत्यी तीन तत्त्वको स्वरूप, पारस्परिक सम्बन्ध र तिनको अन्तिम लक्ष्यलाई अत्यन्त सूक्ष्म ढङ्गले उद्घाटित गर्दछ। उपनिषद् र ब्रह्मसूत्रमा सूत्रबद्ध रूपमा रहेका तत्त्वज्ञानलाई भागवतले 'सविशेष अद्वैत' को धरातलमा उभिएर व्याख्या गरेको छ। यहाँ ब्रह्म सगुण र निर्गुणको कृत्रिम द्वैतभन्दा माथि स्थित 'परम सत्य' को रूपमा प्रतिष्ठित छ। जगत् न त पूर्ण मिथ्या हो, न त ब्रह्मबाट पूर्णतः भिन्न; यो त ब्रह्मको अनन्त शक्तिको लीला-विलास र विशिष्टाद्वैतको भाषामा 'ब्रह्मको शरीर' हो। अतः यस सम्बन्धको स्पष्ट बोध विना भागवतको भक्तितत्त्व अधुरो रहन्छ। प्रस्तुत अध्ययनले भागवतका बाह्रै स्कन्धका प्रतिनिधि संवादहरूको आधारमा यस तत्त्वत्रयीको दार्शनिक विश्लेषण गर्दछ।अब प्रस्तुत विश्लेषण यसै तत्त्वत्रयीको परस्पर सम्बन्धलाई भागवत दृष्टिले स्पष्ट पार्ने प्रयास हो।

विषयप्रवेश : ब्रह्मजीवजगत् र सम्बन्ध 

पुर्विय दर्शनको सम्पूर्ण संरचना मूलतः तीन तत्त्वको पारस्परिक सम्बन्धको व्याख्यामा केन्द्रित छब्रह्म, जीव र जगत्। ब्रह्म परमसत्य हो; जीव चेतन अंश हो; र जगत् अनुभूत विश्व हो। यी तीनमध्ये कसलाई सत्य मान्ने, कसलाई असत्य वा मिथ्या ठान्ने, र तिनको सम्बन्ध कस्तो हो भन्ने प्रश्नले नै दर्शनका विभिन्न सम्प्रदायहरू जन्माएका छन्।

श्रीमद्भागवत महापुराण यस प्रश्नको उत्तर सैद्धान्तिक सूत्रका रूपमा मात्र होइन, अनुभूतिपूर्ण, कथात्मक र भक्तिरसात्मक भाषामा प्रस्तुत गर्छ। त्यसैले भागवतमा ब्रह्मजीवजगत् सम्बन्ध कुनै शुष्क तर्क होइन, जीवनसँग गाँसिएको तत्त्वबोध हो। अद्वैत वेदान्तले जगत्‌लाई 'मिथ्या' मानेर निषेध गरे तापनि भागवतले यसलाई भगवान्‌को 'विभूति' 'लीला-क्षेत्र' का रूपमा स्वीकार गर्दछ। जगत् ब्रह्मको 'शक्ति' भएकोले शक्ति र शक्तिमान्‌को अभेद सम्बन्धका कारण यो सत्य र वास्तविक छ। रामानुजाचार्यको 'शरीर-शरीरी भाव' जस्तै भागवतले पनि सम्पूर्ण स्थावर-जङ्गम जगत्‌लाई भगवान्‌कै रूप मान्दछ। यदि जगत् मिथ्या हुन्थ्यो भने भगवान्‌का अवतार, लीला र भक्तिको कुनै दार्शनिक औचित्य रहने थिएन। अतः भागवतका अनुसार जगत् त्याग्य होइन, बरु यसलाई भगवान्‌को सेवामा विनियोग गर्नु नै वास्तविक ज्ञान हो। भागवतको प्रारम्भिक वाक्य नै यस दार्शनिक संरचनाको आधार हो

जन्माद्यस्य यतोऽन्वयादितरतश्चार्थेष्वभिज्ञः स्वराट् ।

तेने ब्रह्म हृदा य आदिकवये मुह्यन्ति यत्सूरयः ॥ श्रीमद्भागवत १।१।१

यस श्लोकले ब्रह्मलाई जगत्‌को निमित्त र उपादान दुवै कारण, सर्वज्ञ र स्वतन्त्र सत्ता भनेर प्रतिपादन गर्छ। यहीँबाट ब्रह्मजीवजगत् सम्बन्धको भागवतिय दर्शन सुरु हुन्छ।

(श्रीमद्भागवतआधारित विशिष्टाद्वैत दृष्टिकोण)

अद्वैत वेदान्त अनुसार परमसत्य एकमेव निर्गुण, निराकार, निर्विशेष ब्रह्म हो। जीव र जगत् दुवै ब्रह्मबाट भिन्न वास्तविक सत्ता होइनन्; तिनीहरू अविद्याजन्य मिथ्या अभिव्यक्ति हुन्। ब्रह्मजीवजगत् सम्बन्धलाई अद्वैतले अध्यास र अविद्या को सिद्धान्तद्वारा व्याख्या गर्छ। ब्रह्म नै सत्य हो, जगत् असत्य हो, र जीव ब्रह्मै होअज्ञानवश सीमित अनुभूति भएको मात्र हो।

उपनिषद्‌का वाक्यहरू जस्तै

ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः अद्वैत परम्परागत सूत्र

यस दृष्टिमा मोक्षको अर्थ होजीवको ब्रह्ममा लय, भेदभावको पूर्ण निरसन, र नामरूपव्यवहारको अन्त्य। जगत् मोक्षप्राप्तिपछि अवास्तविक  ठहरिन्छ।

तर श्रीमद्भागवत महापुराणले प्रस्तुत गर्ने ब्रह्मजीवजगत् सम्बन्ध यसभन्दा भिन्न छ। भागवत जगत्‌लाई न त मिथ्या भन्छ, न त केवल अज्ञानजन्य भ्रान्ति। बरु जगत् भगवान्‌को लीलात्मक, आश्रित र उद्देश्यपूर्ण अभिव्यक्ति हो। यसै कारण भागवतले यस्तो घोषणा गर्छ

सत्यं परं धीमहि श्रीमद्भागवत १।१।१

यहाँ सत्यकेवल निराकार ब्रह्म होइन; यो पर सत्य होगुण, शक्ति र सम्बन्धसहितको भगवत् तत्त्व।

अद्वैतले जगत्‌लाई मिथ्या मानेर अन्ततः त्याग्य ठान्छ, तर भागवतमा जगत् साधनभूमि हो।

कपिलदेवहूति संवादमा स्पष्ट भनिएको छ

मयि सर्वं प्रतिष्ठितं नाहं तेष्ववस्थितः श्रीमद्भागवत ३।२८।४०

यसले जगत् ब्रह्ममा आश्रित छ भन्छ, तर ब्रह्म जगत्मा सीमित छैन। यहाँ आश्रयआश्रित सम्बन्ध छ, अध्यास  होइन।

अद्वैतमा जीव ब्रह्मसँग पूर्णतः अभिन्न मानिन्छ; भक्ति, उपासना र ईश्वरजीव भेद अन्ततः अस्थायी साधन ठहरिन्छन्। तर भागवतमा भक्ति साधन मात्र होइन, साध्य स्वयं हो।

प्रह्लादको वाणीले यसलाई निर्णायक रूपमा देखाउँछ

नैवोद्विजे पर दुर्गत्यै

त्वद्वीर्यगायनमहामृतमग्नचित्तः श्रीमद्भागवत ७।९।४३

यहाँ प्रह्लाद न त ब्रह्मैक्य चाहन्छन्, न त जगत्‌त्याग। उनी भगवान्‌को कीर्तनमै अमृत पाउँछन्। यदि जगत् मिथ्या हुन्थ्यो भने, लीला, भक्ति र करुणा सबै निरर्थक हुने थिएतर भागवतमा ती नै परमसत्यको अनुभूति मार्ग हुन्।

एकादश स्कन्धमा श्रीकृष्ण स्वयं उद्धवलाई स्पष्ट पार्नुहुन्छ

भक्त्या त्वनन्यया शक्य अहमेवंविधोऽर्जुन गीता ११।५४, भागवतभावानुगत

यहाँ ज्ञान ब्रह्मलयको साधन होइन; भक्ति नै ब्रह्मअनुभूतिको पूर्ण रूप हो।

अद्वैतको आलोचनात्मक सीमाबिन्दु यहीँ प्रकट हुन्छयदि जगत् र जीव अन्ततः मिथ्या हुन् भने, भागवतको कथापरम्परा, लीलावर्णन, र करुणादर्शन सबै उपचार मात्र  ठहर्छन्।

तर भागवत आफैंलाई परम प्रमाणका रूपमा प्रस्तुत गर्छ

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् श्रीमद्भागवत १।३।४०

यस श्लोकले भागवतलाई ब्रह्मसमान सत्य भन्छ, न कि अविद्याजन्य उपदेश।

उपसंहार

यसरी हेर्दा अद्वैत वेदान्त ब्रह्मकेन्द्रित तत्त्वज्ञानको उच्चतम अमूर्त रूप हो, जसले तर्कात्मक शुद्धता दिन्छ; तर श्रीमद्भागवतआधारित विशिष्टाद्वैत ब्रह्मजीवजगत् सम्बन्धलाई अनुभूति, भक्ति र करुणाको स्तरमा पूर्ण बनाउँछ। अद्वैत जहाँ भेदको निरसनमा पुग्छ, भागवत त्यहीँ सम्बन्धको सौन्दर्य प्रकट गर्छ।

यस कारण श्रीमद्भागवत न अद्वैतको खण्डन मात्र हो, न त त्यसको सरल समर्थन; यो वेदान्तीय तत्त्वलाई जीवन, कथा र प्रेममा अवतरित गर्ने परम्परा हो। यही निष्पक्ष समन्वयले भागवतलाई केवल दर्शनग्रन्थ होइन, जीवनदर्शन बनाएको छ।

अस्तु

मणिराम अर्याल

कागेश्वरी मनोहरा न. पा. १

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...