/* पुराना सबै बटनहरू र फुटरका अनावश्यक लिङ्कहरू हटाउन */ #blog-pager, .blog-pager, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3, .newer-posts, .older-posts { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } /* पुराना सबै केरमेर र मेनुलाई पूर्ण रूपमा लुकाउन */ .PageList, .Tabs, .tabs-inner, .widget.PageList, [id^='PageList'] { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; overflow: hidden !important; } -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

श्रीमद्भागवतमाहात्म्यम् – षष्ठोऽध्यायः


श्रीमद्भागवतमाहात्म्यम् 
षष्ठोऽध्यायः


कुमारा ऊचुः – 
(अनुष्टुप्) 
अथ ते संप्रवक्ष्यामः सप्ताहश्रवणे विधिम् ।
सहायैर्वसुभिश्चैव प्रायः साध्यो विधिः स्मृतः ॥ १ ॥

सनकादिहरू भन्छन्– 
हे नारदजी! अब हामी तपार्ईलाई सप्ताह श्रवण विधिको बारेमा बताउँदछौं । यो विधि प्राय सबैको सहयोग र धन द्वारा नै साध्य हुन्छ ।।१।।

दैवज्ञं तु समाहूय मुहूर्तं पृच्छ्य यत्नतः ।
विवाहे यादृशं वित्तं तादृशं परिकल्पयेत् ॥ २ ॥

पहिला ज्योतिषीलाई बोलाएर मुहुर्तको बारेमा सोध्नुपर्छ । बिबाहको लागि जस्तो धनको ब्यवस्था गरिन्छ त्यसरी नै सप्ताहको लागि पनि त्यसरी नै ब्यबस्था गनुपर्छ ।।२।।

नभस्य आश्विनोर्जौ च मार्गशीर्षः शुचिर्नभाः ।
एते मासाः कथारम्भे श्रोतॄणां मोक्षसूचकाः ॥ ३ 

भाद्र, आश्विन, कार्तिक, मार्गशिर्ष र श्रावण यो छ महिनामा कथा आरम्भ गर्दा मोक्षको लागि उत्तम मानिएको छ ।।३।।

मासानां विप्र हेयानि तानि त्याज्यानि सर्वथा ।
सहायाश्चेतरे तत्र कर्तव्याः सोद्यमाश्च ये ॥ ४ ॥

हे देवर्र्षे यी छ महिनामा पनि भद्रा–ब्यतिपात आदि खराव योगलाई छल्नु पदर्छ । जो उत्सुक छन् उनीहरूलाई सहयोगी वनाउनु पर्छ ।।४।।

देशे देशे तथा सेयं वार्ता प्रेष्या प्रयत्नतः ।
भविष्यति कथा चात्र आगन्तव्यं कुटुम्बिभिः ॥ ५ ॥

यहाँ भागवतकथा हुदैछ तपाईहरू सपरिवार पाल्नुहोल भनि देश देशान्तरमा रहेका आफ्ना इष्टमित्रहरूलाई कथाको बारेमा खवर पठाउनु पर्दछ ।।५।।

दूरे हरिकथाः केचित् दूरे चाच्युतकीर्तनाः ।
स्त्रियः शूद्रादयो ये च तेषां बोधो यतो भवेत् ॥ ६ ॥

स्त्री तथा सूद्रहरू र अज्ञानका कारण भागवत्कथा तथा हरिकर्तन बाट टाढा छन् भने उनीहरूलाई पनि खबर दिनुपर्छ ।। ६ ।। 

देशे देशे विरक्ता ये वैष्णवाः कीर्तनोत्सुकाः ।
तेष्वेव पत्रं प्रेष्यं च तल्लेखनं इतीरितम् ॥ ७ ॥ 

देश देशमा भएका विरक्त वैष्णव र हरिकृर्तन प्रेमीहरूलाई निमन्त्रणा गर्नु पर्छ । निमन्त्रणा लेख्ने विधि यस प्रकारबताइएको छ ।।७।।

सतां समाजो भविता सप्तरात्रं सुदुर्लभः ।
अपूर्वरसरूपैव कथा चात्र भविष्यति ॥ ८ ॥

महानुभावहरू यहाँ सात दिनसम्म सन्तपुरुषहरूको समागम हुदैछ र अपूर्व रसमयी भागवतकथा हुदैछ ।।८।।

श्रीमद्भागवत पीयुष पानाय रसलम्पटाः ।
भवन्तश्च तथा शीघ्रं आयात प्रेमतत्पराः ॥ ९ ॥

तपार्ई भागवत् रसका रसिक हुनुहुन्छ त्यसैले भागवतामृतको पान गर्नकोलागि प्रेमपूर्वक पाल्नु हुन अनुरोध गर्दछु ।।९।। 

नावकाशः कदाचित् चेत् दिनमात्रं तथापि तु ।
सर्वथाऽऽगमनं कार्यं क्षणोऽत्रैव सुदुर्लभः ॥ १० ॥ 

यति तपार्ई विशेष अवस्थामा हुनुहुन्छ भने एक दिनका लागि भएपनि अवस्य कृपा गर्नुहोला । किनकि यहाँको एकक्षण पनि अत्यन्त महत्वपूर्ण छ ॥ १० ॥

एवमाकारणं तेषां कर्तव्यं विनयेन च ।
आगन्तुकानां सर्वेषां वासस्थानानि कल्पयेत् ॥११ ॥

यस प्रकार विनम्र पूर्वक निमन्त्रणा गर्नुपर्छ । र जा जो आउछन् उनीहरूका लागि उचित वासस्थानको ब्यबस्था गर्नुपर्छ ।।११।। 

तीर्थे वापि वने वापि गृहे वा श्रवणं मतम् ।
विशाला वसुधा यत्र कर्तव्यं तत्कथास्थलम् ॥ १२ ॥

कथा श्रवण कुनै तीर्थमा, वनमा अथवा आफ्नै घरमा गर्नु राम्रो मानिएकोछ । जहाँ धेरै खालि जग्गा छ त्यहीं कथा स्थल हुनुपर्दछ ।।१२।।

शोधनं मार्जनं भूमेः लेपनं धातुमण्डनम् ।
गृहोपस्करमुद्ध्रुत्य गृहकोणे निवेशयेत् ॥ १३ ॥ 

भुमीमा बढार्ने, सफा पार्नुका साथै लिपपोत र रङ्ग विरङ्गका कपडाहरूले चौकी सजाउनु पर्छ अनि घरका सबै वस्तुहरू एकातर्फ मिलाएर राख्नुपर्छ ।।१३।।

अर्वाक् पंचाहतो यत्नात् आस्तीर्णानि प्रमेलयेत् । 
कर्तव्यो मण्डपः प्रोच्चैः कदलीखण्डमण्डितः ॥ १४ ॥

पाँचदिन पहिले देखि नै बिच्छ्याउनाहरूका लागि कपडाको ब्यबस्था गर्नुपर्छ । केरा तथा खम्बाहरूले सुसज्जित भएको अग्लो मण्डप वनाउनु ।।१४।।

फलपुष्पदलैर्विष्वक् वितानेन विराजितः ।
चतुर्दिक्षु ध्वजारोपो बहुसम्पद्विराजितः ॥ १५ ॥ 

मण्डपको वरिपरि कपडा, फूलहरू र चदुवाहरूले सजाउनु पर्छ । त्यसै गरी चारैतिर बिभिन्न ध्वजा आदि सामाग्रीहरूले सजाउनु ।।१५।।

ऊर्ध्वं सप्तैव लोकाश्च कल्पनीयाः सविस्तरम् ।
तेषु विप्रा विरक्ताश्च स्थापनीयाः प्रबोध्य च ॥ १६ ॥

मण्डपको माथिपटि सातलोकको कल्पना गर्नु । जस्मा बिरक्ति ब्राम्हणलाई बोलाएर राख्नु ।।१६।।

पूर्वं तेषां आसनानि कर्तव्यानि यथोत्तरम् ।   
वक्तुश्चापि तदा दिव्यं आसनं परिकल्पयेत् ॥ १७ ॥

अगाडिपटि उनीहरूका लागि आशनको ब्यबस्था गर्नु, यस्को पछाडि पटि बक्ताको लागि दिब्य सिंहासनको ब्यबस्था मिलाउनु ।।१७।। 

उदङ्मुखो भवेद्वक्ता श्रोता वै प्राङ्मुखस्तदा । 
प्राङ्मुखश्चेत् भवेद्वक्ता श्रोता च उदङ्मुखस्तदा ॥ १८ ॥ 

यदि वक्ताको मुख उत्तरतिर पर्छ भने श्रोता पूर्वतिर फर्केर बस्नु । यदि वक्ताको मुख पूर्वतिर र्पछ भने श्रोता उत्तरतिर फर्केर बस्नुपर्छ ।।१८।।   

अथवा पूर्वदिग्ज्ञेया पूज्यपूजकमध्यतः । 
श्रोतॄणां आगमे प्रोक्ता देशकालादिकोविदैः ॥ १९ ॥ 

अथवा वक्ता र श्रोता पूर्वमुख भएर बस्नुपर्छ । देशकाल आदि जान्नेहरूले श्रोताका लागि यस्तो नियम बताएका छन् ।।१९।। 

विरक्तो वैष्णवो विप्रो वेदशास्त्रविशुद्धिकृत् ।
दृष्टान्तकुशलो धीरो वक्ता कार्योऽति निःस्पृह ॥ २० ॥ 

जस्ले वेदशास्त्रको स्पष्ट व्याख्या गर्नसक्दछन्, बिभिन्न किसिमको दृष्टान्त दिएर ब्याख्या गर्न सक्छन्,
अनि विवेकि र निस्पृह छन्, त्यस्ता विरक्त र विष्णुभक्त ब्राम्हणलाई वक्ता वनाउनु पर्छ ।। २० ।। 

अनेकधर्मनिभ्रान्ताः स्त्रैणाः पाखण्डवादिनः ।
शुकशास्त्रकथोच्चारे त्याज्यास्ते यदि पण्डिताः ॥ २१ ॥ 

श्रीमद्भागवत्को प्रवक्ताका लागि यस्तो ब्यक्ति छान्न हुदैन, जो अनेक धर्मको चक्करमा परेकाछन्, स्त्री लम्पट र पाखण्डि धर्मको प्रचार गर्दछन् भने पण्डित भएपनि वक्ता वनाउनु हुदैन ।।२१।। 

वक्तुः पार्श्वे सहायार्थं अन्यः स्थाप्यस्तथाविधः । 
पण्डितः संशयच्छेत्ता लोकबोधनतत्परः ॥ २२ ॥

वक्तासंगै उनको सहायताका लागि त्यस्तो खालको विद्वानलाई ल्याएर राख्नुपर्छ जस्ले सबैप्रकारको सबै प्रकारको संकाहरूलाइ मेटाउन र सम्झाउनु कुशल होउन् ।।२२।। 

वक्त्रा क्षौरं प्रकर्तव्यं दिनाद् अर्वाक् व्रताप्तये ।  
अरुणोदयेऽसौ निर्वर्त्य शौचं स्नानं समाचरेत् ॥ २३ ॥ 

कथा प्रारम्भ हुनु एकदिन पहिले नै ब्रत ग्रहण गर्नका लागि वक्ताको कपाल मुण्डन गर्नु पर्छ र सूर्योदयको समयमा शौचादि निबृत्त भएर स्नान गर्नुपर्छ ।।२३।। 

नित्यं संक्षेपतः कृत्वा संध्याद्यं स्वं प्रयत्नतः । 
कथाविघ्नविघाताय गणनाथं प्रपूजयेत् ॥ २४ ॥  

सन्ध्यादि आफ्नो नित्यकर्म संपेक्षमा सकेर कथामा विध्न बाधा नआवोस भनेर गणेशजीलाई पूजा गर्नुपर्दछ ।।२४।।

पितॄन् संतर्प्य शुद्ध्यर्थं प्रायश्चित्तं समाचरेत् । 
मण्डलं च प्रकर्तव्यं तत्र स्थाप्यो हरिस्तथा ॥ २५ ॥

यसपछि पितृहरूलाई तर्पण गरेर पूर्वमा गरिएको पापहरूको शुध्दिका लागि प्रायश्चित्त गनुपर्छ । एउटा मण्डल वनाएर त्यसमा श्रीहरिलाई स्थापना गराउनु पर्छ ।। २५ ।।

कृष्णमुद्दिश्य मंत्रेण चरेत् पूजाविधिं क्रमात् । 
प्रदक्षिण नमस्कारान् पूजान्ते स्तुतिमाचरेत् ॥ २६ ॥

अनि भगवान् श्रीकृष्णलाई संबोधन गर्दै मन्त्रोच्चारण विधिले क्रमशः षोडशोपचार विधिले पूजा गर्नु पर्छ । त्यस पछि प्रदक्षिणा र नमस्कार गरेर यस प्रकारस्तुति गनुपर्छ ।। २६ ।। 

संसारसागरे मग्नं दीनं मां करुणानिधे ।
कर्ममोहगृहीताङ्गं मामुद्धर भवार्णवात् ॥ २७ ॥

हे करुणानिधान१ म संसार सागरमा डुबेकोले दुःखी छु । कर्मको मोहरूप ग्राहले मलाई पकडिराखेको छ । मलाई यो संसार सागरबाट पार लगाउनुहोस् ।।२७।।

श्रीमद्भागवतस्यापि ततः पूजा प्रयत्नतः । 
कर्तव्या विधिना प्रीत्या धूपदीपसमन्विता ॥ २८ ॥  

त्यसपछिे विशेष विधि विधानले भागवत्को पूजा गरेर धुपबत्ती गर्नुपर्छ ॥ २८ ॥  
 
ततस्तु श्रीफलं धृत्वा नमस्कारं समाचरेत् ।
स्तुतिः प्रसन्नचित्तेन कर्तव्या केवलं तदा ॥ २९ 

अनि पुस्तक अगाडि नरिवल राखेर नमस्कार गर्दै प्रसन्न भएर यस प्रकार स्तुति गर्नु ।।२९।।

श्रीमद्भागवताख्योऽयं प्रत्यक्षः कृष्ण एव हि ।
स्वीकृतोऽसि मया नाथ मुक्त्यर्थं भवसागरे ॥ ३० ॥

श्रीमद्भागवत्कथाको रूपमा तपार्ई साक्षात श्री कृष्णचन्द्र नै बिराजमान हुनुहुन्छ । हे नाथ१ मैले यो भवसागरबाट पार पाउँनको लागि तपाईको शरण लिएको छु ।।३०।। 

मनोरथो मदीयोऽयं सफलः सर्वथा त्वया । 
निर्विघ्नेनैव कर्तव्य दासोऽहं तव केशव ॥ ३१ ॥ 

मेरो यो मनोरथ कुनै पनि विध्नबाधा नभईकन सब तरहबाट पुरा गरिदिनुहोस्, हे केशव१ म तर्पाइको दाश हुं ।।३१।। 

एवं दीनवचः प्रोच्य वक्तारं चाथ पूजयेत् ।
सम्भूष्य वस्त्रभूषाभिः पूजान्ते तं च संस्तवेत् ॥ ३२ ॥ 

यस प्रकार दीन वचनले वक्ताको पूजा गर्नु पर्छ र वक्तालाई राम्रो कपडा पहिर्याईदिनु पर्छ त्यसपछि स्तुति गर्नु पर्छ ॥ ३२ ॥

शुकरूप प्रबोधज्ञ सर्वशास्त्रविशारद । 
एतत्कथाप्रकाशेन मदज्ञानं विनाशय ॥ ३३ ॥ 

सुकदेवस्वरूप हे भगवान्१ तापाई सव शास्त्रमा पारङ्गत हुनुहुन्छ कृपया यस कथालाई प्रकाशित गरेर मेरो अज्ञानलाई नाश गरिदिनुहोस् ।।३३।।

तदग्रे नियमः पश्चात् कर्तव्यः श्रेयसे मुदा ।
सप्तरात्रं यथाशक्त्या धारणीयः स एव हि ॥ ३४ ॥

अनि आफ्नो कल्याणका लागि प्रशन्न भएर नियमहरूको ग्रहण गनुपर्छ र सातदिन सम्म जे सकिन्छ वक्ताले भनेको नियमलाई पालन गर्नुपर्छ ।।३३।। 

वरणं पंचविप्राणां कथाभङ्गनिवृत्तये ।
कर्तव्यं तैः हरेर्जाप्यं द्वादशाक्षरविद्यया ॥ ३५ ॥

कथामा बिध्न नआओस भन्नका लागि अरु पाँच ब्राम्हण बरण गर्नुपर्छ उनीहरूले द्वादशाक्षर मन्त्रले
भगवान्को नाम जप गर्नुपर्छ ।। ३५।। 

ब्राह्मणान् वैष्णवान् चान्यान् तथा कीर्तनकारिणः ।
नत्वा संपूज्य दत्ताज्ञः स्वयं आसनमाविशेत् ॥ ३६ ॥ 

यस पछि अरु वैश्णव तथा कीर्तन टोली लाई नमस्कार गरेर उनीहरूको पूजा गर्नुपर्छ अनि उनीहरूको आज्ञा लिएर आशनमा बस्नुपर्छ ।।३६।। 

लोकवित्तधनागार पुत्रचिन्तां व्युदस्य च ।
कथाचित्तः शुद्धमतिः स लभेत्फलमुत्तमम् ॥ ३७ ॥

जो मानिस धन, पुत्र, स्त्री आदिको चिन्ता छाडेर प्रशन्न मनले कथामा ध्यान लगाउछ भने उस्लाई उत्तम फल मिल्दछ ।।३७।।

आसूर्योदयमारभ्य सार्धत्रिप्रहरान्तकम् ।
वाचनीया कथा सम्यक् धीरकण्ठं सुधीमता ॥ ३८ ॥

वक्ताले सूर्योदयबाट कथा सुरु गरेर सांडे तीन प्रहर संम्म मन्द स्वरले कथा वाचन गर्नु पदर्छ ॥ ३८ ॥

कथाविरामः कर्तव्यो मध्याह्ने घटिकाद्वयं ।
तत्कथामनु कार्यं वै कीर्तनं वैष्णवैस्तदा ॥ ३९ ॥

मध्यान्न बाट दुई घडि सम्म कथा विश्राम गर्नु पर्दछ । सो समयमा वैश्णवहरुले भजन कीर्तनगर्नु पर्छ । सो समयलाई त्यसै खेर जान दिनुहुदैन ।।३९।।
 
मलमूत्रजयार्थं हि लघ्वाहारः सुखावहः ।
हविष्यान्नेन कर्तव्यो हि, एकवारं कथार्थिना ॥ ४० ॥

कथाको समयमा मलमुत्रलाई नियन्त्रण गर्न थोरै भोजन गर्नु उत्तम हुन्छ । त्यसैले एक समयमा मात्र भोजन गर्नुपर्छ ॥ ४० ॥

उपोष्य सप्तरात्रं वै शक्तिश्चेत् श्रुणुयात् तदा ।
घृतपानं पयःपानं कृत्वा वै श्रृणुयात् सुखम् ॥ ४१ ॥

यदि सकिन्छ भने सात दिन सम्म निराहार बसेर कथा सुन्नु पर्दछ । घिउ, दुध आदि पिएर सुन्नाले सुख मिल्दछ ॥ ४१ ॥

फलाहारेण वा भाव्यं एकभुक्तेन वा पुनः ।
सुखसाध्यं भवेद् यत्तु कर्तव्यं श्रवणाय तत् ॥ ४२ ॥ 

फलफूल खाएर हुन्छ वा एक छाक खाएर हुन्छ, के गर्दा आफुलाई सजिलो हुन्छ त्यहीं गरेर कथा सुन्नुपर्छ ।।।४२।।

भोजनं तु वरं मन्ये कथाश्रवणकारकम् ।
नोपवासो वरः प्रोक्तः कथाविघ्नकरो यदि ॥ ४३ ॥

उपवासले कथा सुन्नमा बाधा पुग्छ भने थोरै भोजन गर्नु राम्रो हुन्छ ।।४३।। 

सप्ताहव्रतिनां पुंसां नियमान् श्रुणु नारद । 
विष्णुदीक्षाविहीनानां नाधिकारः कथाश्रवे ॥ ४४ ॥ 

नारदजी ! अब नियमपुर्वक सप्ताह सुन्नका लागि नियमहरू बताउछु सुन्नुहोस ।
बिष्णुभक्तको दिक्षा नलिईकन यो कथाको अधिकारी हुदैन ।।४४।।

ब्रह्मचर्यमधः सुप्तिः पत्रावल्यां च भोजनम् । 
कथासमाप्तौ भुक्तिं च कुर्यात् नित्यं कथाव्रती ॥ ४५ ॥

जस्ले नियमित कथा सुन्छ उसले ब्रम्हचर्यमा रहनुपर्छ । भुईमा सूतनुपदर्र्छ अनि कथा सकिएपछि नित्य पातमा भोजन गर्नु पदर्छ ।।४५।।

द्विदलं मधु तैलं च गरिष्ठान्नं तथैव च ।
भावदुष्टं पर्युषितं जह्यात् नित्यं कथाव्रती ॥ ४६ ॥

दाल मह तेल र गाह्रौ अन्न सडेगलेका कुराहरू बासि अन्न समेत कथा सुन्नेले त्यागिदिनुपर्छ ।।४७।।

कामं क्रोधं मदं मानं मत्सरं लोभमेव च । 
दम्भ मोहं तथा द्वेषं दूरयेच्च कथाव्रती ॥ ४७ ॥

काम, क्रोध, मद्, मत्सर, लोभ, मोह, त्यस्तै दम्भ, तथा द्वेश अदिलाई कथाका समयमा मनमा आउन दिनु हुदैन ।। ४७ ।।

वेदवैष्णवविप्राणां गुरुगोव्रतिनां तथा ।
स्त्रीराजमहतां निन्दां वर्जयेत् यः कथाव्रती ॥ ४८ ॥

वेद, वैष्णव, ब्राम्हण, गुरु अनि गाईको सेवा गर्नैहरू तथा स्त्रीहरूको, राजा तथा माहात्माको निन्दा गर्नहुदैन ।।४८ ।।

रजस्वला अन्त्यज म्लेच्छ पतित व्रात्यकैस्तथा ।
द्विजद्विड् वेदबाह्यैश्च न वदेत् यः कथाव्रती ॥ ४९ ॥

रजस्वाला स्त्री, म्लेक्षजाती, पतित्, गायत्री बिहिन ब्राम्हण, ब्राम्हणसंग द्वेश गर्ने र वेदलाई नमान्ने संग कुरा गर्नु हुदैन ।।४९।।

सत्यं शौचं दयां मौनं आर्जवं विनयं तथा । 
उदारमानसं तद्वत् एवं कुर्यात् कथाव्रती ॥ ५० ॥

कथा सुन्नेले सत्य, शौच, दया, मौन, सरलता, विनय, उदारता, र विनय भावमा रहुनपर्छ ।।५०।।

दरिद्रश्च क्षयी रोगी निर्भाग्यः पापकर्मवान् ।
अनपत्यो मोक्षकामः श्रुणुयाच्च कथामिमाम् ॥ ५१ ॥ 

धन नभएको, क्षयरोगी,वा अन्य कुनै रोगले पिडित, भाग्य ठगिएका, पापी, छोरा नभएका स्त्रीहरू र मुमुक्षुहरूले यो कथा सुन्नुपर्छ ।।५१॥

अपुष्पा काकवन्ध्या च वन्ध्या या च मृतार्भका ।
स्रवत् गर्भा च या नारी तया श्राव्या प्रयत्नतः ॥ ५२ ॥

महिनावारी रोकिएका स्त्रीहरू, सन्तान भएर पनि नवांचेकाहरू अथवा गर्भश्राव भएकाहरूले नियमपूर्वक कथा सुन्नुपर्छ ।।५२।। 

एतेषु विधिना श्रावे तदक्षयतरं भवेत् ।
अत्युत्तमा कथा दिव्या कोटियज्ञफलप्रदा ॥ ५३ ॥

यस्ता ब्यक्तिहरूले विधिअनुसार कथा सुने भने त अक्षय फल प्राप्त हुनेछ । यस्तो अति उत्तम कथाले करोडौ यज्ञको फल मिल्दछ ।।५४।।

एवं कृत्वा व्रतविधिं उद्यापनं अथाचरेत् । 
जन्माष्टमी व्रतमिव कर्तव्यं फलकांक्षिभिः ॥ ५४ ॥ 

यसरी ब्रत गरेर श्रवण गरेपछि नियम विधान अनुसार उद्यापन गर्नुपर्छ । जसलाई विशेष फलको इच्छा हुन्छ उस्ले जन्माष्टमी ब्रतको उत्सव गरेझै यस कथाको उद्यापन गर्नुपर्छ ।। ५४ ॥

अकिंचनेषु भक्तेषु प्रायो नोद्यापनाग्रहः ।
श्रवणेनैव पूतास्ते निष्कामा वैष्णवा यतः ॥ ५५ ॥

जो भगवान्को अकिञ्चित भक्त छ उसका लागि उद्यापनको आवस्यकता पर्दैन । उसले त सुन्नाले नै पवित्र हुन्छ किनकि उ त निष्काम भगवान् भक्त हो ।। ५५ ।।

एवं नगाहयज्ञेऽस्मिन् समाप्ते श्रोतृभिस्तदा ।
च वक्तुश्च पूजा कार्यातिभक्तितः ॥ ५६ ॥

यस प्रकार सप्ताह यज्ञ समाप्त भएपछि श्रोताहरूले भक्तिपूर्वक पुस्तक र वक्ताको पूजा गर्नुपर्छ ।। ५६ ।। 

प्रसादतुलसीमाला श्रोतृभ्यश्चाथ दीयताम् ।
मृदंगतालललितं कर्तव्यं कीर्तनं ततः ॥ ५७ ॥

अनि वक्ताले श्रोतालाई प्रसाद तुलसीको माला लगाईदिनु र सबैलाई स्वर ताल मिलाएर भगवान्को भजन गराउनु पर्दछ ।।५७।। 

जयशब्दं नमःशब्दं शंखशब्दं च कारयेत् ।
विप्रेभ्यो याचकेभ्यश्च वित्तं अन्नं च दीयताम् ॥ ५८ ॥ 

जय जयकार नमस्कार र शंख ध्वनी गर्नु । अनि ब्राम्हणहरू दीन दुखीहरूलाई दक्षिणा अन्न दिनुपर्छ ।।५८।। 

विरक्तश्चेत् भवेत् श्रोता गीता वाद्या परेऽहनि ।
गृहस्थश्चेत् तदा होमः कर्तव्यः कर्मशान्तये ॥ ५९ ॥

श्रोता विरक्त छ भने कर्म शान्तिका लागि भोलिपल्ट गीता पाठ गराउनु अनि गृहस्थ भएमा हवन गराउनु पर्छ ।।५९।।

प्रतिश्लोकं तु जुहुयात् विधिना दशमस्य च ।
पायसं मधु सर्पिश्च तिलान् आदिकसंयुतम् ॥ ६० ॥

हवन गर्दा दशमस्कन्धको एक एक श्लोक पढेर पाएस, घिउ, मह, तिल जौ अदि मिलाएर विधिपूर्वक गर्नुपर्छ ॥ ६० ॥

अथवा हवनं कुर्याद् गायत्र्या सुसमाहितः । 
तन्मयत्वात् पुराणस्य परमस्य च तत्त्वतः ॥ ६१ ॥ 

अथवा एकाग्र मनले गायत्री मन्त्रले हवन गरेपनि हुन्छ किनकि यो भागवत्महापुराण गायत्री परमतत्व ईश्वरको स्वरूप नै हो ।। ६१।।

होमाशक्तौ बुधो हौम्यं दद्यात् तत्फल सिद्धये ।
नानाच्छिद्रनिरोधार्थं न्यूनताधिकतानयोः ॥ ६२ ॥
  
यदि होम गर्ने शक्ति छैन भने सो फल प्राप्तिका लागि ब्राम्हणलाई हवन सामाग्री दान दिनुपर्छ ।।६२।। 

दोषयोः प्रशमार्थं च पठेत् नामसहस्रकम् । 
तेन स्यात् सफलं सर्वं नास्त्यस्मादधिकं यतः ॥ ६३ ॥ 

कमि कमजोरी हटाउनका लागि । दोष शान्तिका लागि विष्णुसहस्रनाम पाठ गर्नुपर्छ । जो गर्दा सबै काम सफल हुन्छ किनकि कुनैपनि कर्म योभन्दा बढ्ता छैन ।।६३।।

द्वादश ब्राह्मणान् पश्चात् भोजयेत् मधुपायसैः । 
दद्यात् सुवर्णं धेनुं च व्रतपूर्णत्वहेतवे ॥ ६४ ॥ 
    
अनि बाह्र ब्राम्हणलाई खीर आदि उत्तम भोजन गराउनुपर्छ । ब्रत पुर्तिका लागि गाई, सुन दान गर्नु पर्छ ।।६४।।

शक्तौ पलत्रयमितं स्वर्णसिंहं विधाय च ।
तत्रास्य पुस्तकं स्थाप्यं लिखितं ललिताक्षरम् ॥ ६५ ॥ 

शक्ति हुनेले तीन तोला सुनको सिंहासन वनाएर त्यसमाथि राम्रो अक्षरले लेखिएको पुस्तक लाई— ॥६५ ॥

संपूज्य आवाहनाद्यैः तद् उपचारैः सदक्षिणम् ।
वस्त्रभूषण गन्धाद्यैः पूजिताय यतात्मने ॥ ६६ ॥

आवहनादि गरेर षोडशोपचार विधिले पूजा गर्नुदपर्छ र बस्त्र आभुषणले पुजा गरिएका ब्राम्हणलाई दान दिनुपर्दछ ॥ ६६ ॥

आचार्याय सुधीर्दत्त्वा मुक्तः स्याद् भवबंधनैः ।
एवं कृते विधाने च सर्वपापनिवारणे ॥ ६७ ॥

यासो गर्नाले त्यो बुध्दिमान दाता जन्ममरणको चक्कर बाट मुक्त हुन्छ । यो सप्ताहपारायण विधिले सबै खालको पापलाई हटाउछ ।।६७।।

फलदं स्यात् पुराणं तु श्रीमद्भागवतं शुभम् ।
धर्मकामार्थमोक्षाणां साधनं स्यात् न संशयः ॥ ६८ ॥ 

यस प्रकार ठिक ठिक रूपमा पालना गर्दा यो मंगलमय भागवत्पुराणले अभिष्ट फल दिन्छ ।। तथा धर्म, अर्थ, काम र मोक्ष चारै कुराको प्राप्तिको साधन यो सप्ताह श्रवण हो । यसमा कुनै संका छैन ।।६८।। 

कुमारा ऊचुः –
इति ते कथितं सर्वं किं भूयः श्रोतुमिच्छसि । 
श्रीमद्भागवतेनैव भुक्तिमुक्ति करे स्थिते ॥ ६९ ॥ 

 सनकादि भन्छन–
नारदजी! यस प्रकार तपार्ईलार्ई हामीले यो सप्ताहपारायण विधि सुनायौ अव के सुन्ने इच्छा छ रु श्रीमद्भागवतबाट भोग र मोक्ष दुवै हात पर्छ ।। ६९ ।।

सूत उवाच –
इत्युक्त्वा ते महात्मानः प्रोचुर्भागवतीं कथाम् ।
सर्वपापहरां पुण्यां भुक्तिमुक्तिप्रदायिनीम् ॥ ७० ॥

सूतजी भन्छन्–
शौनकजी! यसो भनेर महामुनि सनकादिले एकहप्ता सम्म विधि पूर्वक यस्तो सबै खालको पाप नाश गर्ने परम पवित्र भोग र मोक्ष प्रदान गर्ने भागवत्कथाको प्रवचन गरे ।।७०।।

श्रृण्वतां सर्वभूतानां सप्ताहं नियतात्मनाम् ।
यथाविधि ततो देवं तुष्टुवुः पुरुषोत्तमम् ॥ ७१ ॥

सबै जनाले यसलाई नियमपूर्वक सुने त्यसपछि उनले भगवान्को स्तुति गरे ।।७१।।

तदन्ते ज्ञानवैराग्य(भक्तीनां पुष्टता परा । 
तारुण्यं परमं चाभूत् सर्वभूतमनोहरम् ॥ ७२ ॥ 

कथाको अन्त्यमा भक्ति, ज्ञान र वैराग्यलाई पुष्टि मिल्यो । उनीहरू तरुण अवस्थाका भएर सबै जीवको चित्त आफुपटि आकर्षित गर्न लागे ।। ७२ ।।

नारदश्च कृतार्थोऽभूत् सिद्धे स्वीये मनोरथे ।
पुलकीकृतसर्वाङ्ग परमानन्दसम्भृतः ॥ ७३ ॥

आफनो मनोरथ (उद्येश्य) पुरा भएको, कारण नारदजी पनि खुसी भए । उनको सबै शरीर रोमाञ्चित भयो र परमानन्दका कारण पूर्ण भयो ।।७३।।

एवं कथां समाकर्ण्य नारदो भगवत्प्रियः ।
प्रेमगद्गदया वाचा तानुवाच कृताञलिः ॥ ७४ ॥

यस प्रकारकथा सुनेर भगवान्का प्यारा नारदजीले हात जोडेर गद्गद् हुदै भन्नलागे ।।७४।।

नारद उवाच–
धन्योस्मि अनुगृहितोऽस्मि भवद्भिः करुणापरैः ।
अद्य मे भगवान् लब्धः सर्वपापहरो हरिः ॥ ७५ ॥ 

नारदजी भन्छन–
म धन्न्य भएं, तपाईहरूले म माथि दया गरेर ठुलो अनुग्रह गर्नुभयो । आज मलाई सबै खालको पाप नाश गर्ने श्रीहरि प्राप्त हुनुभएकोछ । ।।७५।।

श्रवणं सर्वधर्मेभ्यो वरं मन्ये तपोधनाः ।
वैकुण्ठस्थो यतः कृष्णः श्रवणाद् यस्य लभ्यते ॥ ७६ ॥ 

तपोधनहरू! म श्रीमद्भागवत्लाई सबैभन्दा उत्तम मान्दछु । किनकि यसको श्रवण गर्नाले वैकुण्ठ ९गोलोक० विहारी श्रीकृष्णलाई प्राप्तहुन्छ ।। ७६ ।।

सूत उवाच –
एवं ब्रुवति वै तत्र नारदे वैष्णवोत्तमे ।
परिभ्रमन् समायातः शुको योगेश्वरास्तदा ॥ ७७ ॥

सूतजी भन्छन् –
यसरी बैष्णवहरूका उत्तम नारदजीले यसो भनिरहेको अवस्थामा योगेश्वर सुकदेवजी घम्दै फिर्दै त्यहाँ आउनुभयो ॥ ७७ ॥ 

(वंशस्थ)
 तत्राययौ षोडशवार्षिकस्तदा
  व्यासात्मजो ज्ञानमहाब्धिचन्द्रमाः । 
कथावसाने निजलाभपूर्णः 
        प्रेम्णा पठन् भागवतं शनैः शनैः ॥ ७८ ॥

त्यस बेलामा वहाँ सोह्र वर्षको हुनुहुन्थ्यो । आत्मालाभले पूर्ण ज्ञानरूप महासागर संवर्धन गर्नकालागि चन्द्र समान वहांले प्रेमले विस्तारै विस्तारै भागवत्को पाठ गरिरहनु भएकोथियो ।।७८।।

(इंद्रवंशा) 
दृष्ट्वा सदस्याः परमोरुतेजसं 
        सद्यः समुत्थाय ददुर्महासनम् । 
प्रीत्या सुरर्षिस्तमपूजयत् सुखं 
        स्थितोऽवदत् संश्रृणुतामलां गिरम् ॥ ७९ ॥

परम तेजस्वी सुकदेवजीलाई देखेर सबै सभासदहरू हत्त न पत्त उठे र वहालाई अग्लो आशनमा बसाले । अनि देवर्षी नारदजिले वहालाई प्रेमपूर्वक पूजा गरे । त्यसपछि सुकदेवजीले आशनमा बसेर भन्नुभयो । अव तपार्ईहरू मेरो निर्मल वचन सुन्नुहोस ।। ७९ ।।

श्रीशुक उवाच –
(द्रुतविलंबित) 
निगमकल्पतरोर्गलितं फलं 
        शुकमुखात् अमृतद्रवसंयुतम् । 
पिबत भागवतं रसमालयं 
        मुहुरको रसिका भुवि भावुकाः ॥ ८० ॥ 

रसिक तथा भावुकजनहरू१ यो श्रीमद्भागवत वेदरूप कल्पवृक्षको परिपक्व फलहो । सुकदेवरूप सुगाको मुखको संयोग भएको हुनाले अमृतरसले भरिपूर्ण छ । यसमा रस नै रस छ बियाँ भन्नेकुरा नै छैन । सबैलोकमा यो सुलभ छ । जवसम्म शरीरमा चेताना रहन्छ तवसम्म तपार्ईहरू यसलाई वारंवार पान गर्नुहोस् ।।८०।।

(शार्दूलविक्रीडित) 
धर्मप्रोज्झितकैतवोऽत्र परमो निर्मत्सराणां सतां 
        वेद्यं वास्तवमत्र वस्तु शिवदं तापत्रयोन्मूलनम् । 
श्रीमद्भागवते महामुनिकृते किं वा परैरीश्वरः
        सद्यो हृद्यवरुध्यतेऽत्र कृतिभिः शुश्रूषुभिस्तत्क्षणात् ॥ ८१ ॥

महामुनि वेदव्यासद्वारा रचिएको यो श्रीमद्भागवत मत्सरहित (अरुको उन्न्ती देख्न नसक्ने स्वभाव नभएको) परम धर्मको निरूपण गरिएको छ । यसमा सन्तपुरुषहरूका लागि जान्न योग्य परम साधनको वर्णन गरिएको छ । जसले तीनै किसिमको तापलाई जरै देखि नास गरिदिन्छ र परम सुखको प्राप्ति हुन्छ । जसले यसको सरण लिन्छ उसलाई अरु कुनैपनि साधनको आवस्यकता पर्दैन । भाग्यमानी ब्यक्तिले जति वेला यस्लाई सुन्ने इच्छा गर्दछन् भगवान् तत्कालै उस्को हृदयमा आएर बस्नु हुन्छ ।।८१।। 

श्रीमद्भागवतं पुराणतिलकं यद्वैष्णवानां धनं 
        यस्मिन् पारमहंस्यमेवममलं ज्ञानं परं गीयते । 
यत्र ज्ञानविरागभक्तिसहितं नैष्कर्म्यमाविष्कृतं
        श्रुण्वन् प्रपठन् विचारणपरो भक्त्या विमुच्येन्नरः ॥ ८२ ॥

यो भागवतपुराणको तिलक वैष्णवहरूको धन हो, यसमा परमहंस प्राप्य विशुध्द ज्ञानको बारेमा वर्णन गरिएको छ तथा ज्ञान, वैराग्य र भक्तिले सहित निवृत्ति मार्गको प्रकास परिएको छ । जो ब्यक्ति भक्तिपूर्वक यसलाई सुन्दछ, सुन्नमा तत्पर रहन्छ त्यो सधै मुक्त भएरजान्छ ।।८२।।

(अनुष्टुप्) 
स्वर्गे सत्ये च कैलासे वैकुण्ठे नास्त्ययं रसः ।
अतः पिबन्तु सद्भाग्या मा मा मुञ्चत कर्हिचित् ॥ ८३ ॥  

यसको रस स्वर्गलोक, सत्यलोक र कैलाशमा पनि छैन । त्यसैले भाग्यमानी श्रोताहरू यसलाई बारम्बार पान गर कुनै हालतमा पनि नाछाड, नछाड ।।८३।। 

सूत उवाच – 
(इंद्रवंशा)
एवं ब्रुवाणे सति बादरायणौ 
        मध्ये सभायां हरिराविरासीत् । 
प्रह्रादबल्युद्धवफाल्गुनादिभिः
      वृत्तं सुरर्षिस्तमपूजयच्च तान् ॥ ८४ ॥
 
सूतजीले भने—
सुकदेवजीले यस प्रकार बताइरहनु भएको बेलामा सभामा प्रल्हाद, बलि, उध्दव र अर्जुन आदि पार्षदहरू सहित साक्षात श्रीहरि प्रकट हुनुभयो । अनि देवर्षि नारदजीले भगवान् र वहाँका भक्तहरूलाई यथोप्रचारले पूजा गरे ।। ८४ ।। 

दृष्ट्वा प्रसन्नं महदासने हरिं 
        ते चक्रिरे कीर्तनमग्रतस्तदा । 
भवो भवान्या कमलासनस्तु 
        तत्रागमत् कीर्तनदर्शनाय ॥ ८५ ॥

भगवान्लाई प्रशन्न अवस्थामा देखेर नारदजीले वहाँलाई ठुलो सिंहासनमा बसाले अनि सबैजना नजिक भएर कीर्तन गर्नथाले । त्यो कीर्तन हेर्न महादेब पार्वती र ब्रम्हा पनि आउनुभयो ॥ ८५ ॥

(स्रक्धरा)
प्रह्रादस्तालधारी तरलगतितया चोद्धवः कांस्यधारी 
        वीणाधारी सुरर्षि स्वरकुशलतया रागकर्तार्जुनोऽभूत् । 
इन्द्रोऽवादीन्मृदङ्गं जय जय सुकराः कीर्तने ते कुमारा 
        यत्राग्रे भववक्ता सरसरचनया व्यासपुत्रो बभूव ॥ ८६ ॥ 

कीर्तनमा प्रल्हादजी फुर्तिलो हुनाले कर्ताल बजाउन लागे, उध्दवजीले मुजुरा बजाए, देवर्षि नारदले वीणा बजाउन लागे । स्वरगान विद्यामा कुशल भएकाले अर्जुन राग अलाप्न थाले, इन्द्रले मृदंग बजाए । सनकादिहरू बिच बिचमा जयजयकार गर्न लागे । सबैको अगाडि रहेको सुकदेवजीले थरि थरि भाव बताउन लागे ।।८६।।

(उपेंद्रवज्रा) 
ननर्त मध्ये त्रिकमेव तत् 
        भक्त्यादिकानां नटवत्सुतेजसाम् । 
अलौलिकं कीर्तनमेतदीक्ष्य 
    हरिः प्रसन्नोऽपि वचोऽब्रवीत् तत् ॥ ८७ ॥

सबैका विचमा भक्ति,ज्ञान र वैराग्य नटुवा झै नाच्नलागे । यस्तो अलौकिक कीर्तन देखेर भगवान् प्रसन्न हुनभयो अनि भन्नुभयो  ।। ८७ ।। 

(इंद्रवज्रा) 
मत्तो वरं भाववृताद्वृणुध्वं
       प्रीतः  कथाकीर्तनतोऽस्मि साम्प्रतम् । 
श्रुत्वेति तद्वाक्यमतिप्रसन्नाः 
        प्रेमार्द्रचित्ता हरिमूचिरे ते ॥ ८८ ॥

म तिमीहरूको यस् कथा र कीर्तनबाट प्रसन्न छु । तिमीहरूको भक्तिभावले गर्दा मलाई आफ्नो वसमा पार्यौ त्यसैले म संग बर माग । भगवान्को यस्तो कुरा सुनेर सबै जना खुसी भएर प्रेममय चित्तले भन्नलागे ।।८८।। 

(उपेंद्रवज्रा)
नगाहगाथासु च सर्वभक्तैः 
        एभिस्त्वया भाव्यमिति प्रयत्नात् । 
मनोरथोऽयं परिपूरनीयः 
        तथेति चोक्त्वान्तरधीयताच्युतः ॥ ८९ ॥

भगवान् हाम्रो यस्तो इच्छा छ कि भविष्यमा जहाँ जहाँ सप्ताहकथा हुन्छ, त्यहाँ त्यहाँ हजूर आफ्ना पार्षदहरू सहित भएर अवस्य पाल्नुहोला ।। हाम्रो यो मनोरथ पुरा गरिदिनुहोस् । अनि भगवान्ले तथास्तु भनेर अन्तर्धान हुनुभयो ॥८९॥ 

(वंशस्थ)
ततोऽनमत्तत् चरणेषु नारदः 
        तथा शुकादीनपि तापसांश्च । 
अथ प्रहृष्टाः परिनष्टमोहाः 
        सर्व ययुः पीतकथामृतास्ते ॥ ९० ॥

यसपछि नारदजीले भगवान् तथा वहाँका पाषदहरूको पाउलाई लक्ष गरेर प्रणाम गर्नुभयो र सुकदेव आदि तपस्वीहरूलाई नमस्कार गर्नुभयो । कथामृत पान गर्नाले सबैजना आनन्दित भए । उनीहरूको सबै मोह नष्ट भयो अनि सबैजना आफ्ना आफ्नाठाँउमा गए ॥ ९० ॥

(इंद्रवज्रा) 
भक्तिः सुताभ्यां सह रक्षिता सा 
        शास्त्रे स्वकीयेऽपि तदा शुकेन । 
अतो हरिर्भागवतस्य सेवनात् 
        चित्तं समायाति हि वैष्णवानाम् ॥ ९१ ॥

यसै समयमा सुकदेजीले भक्ति र उनका छोराहरू सहितलाई आफ्नो शास्त्रमा स्थापित गर्नुभयो । यसैले भागवत्को सेवन गर्नाले श्रीहरि आफ्नो हृदयमा आएर बस्नुहुन्छ ।।९१।।
 
दारिद्र्यदुःखज्वरदाहितानां 
        मायापिशाचीपरिमर्दितानाम् 
संसारसिन्धौ परिपातितानां 
        क्षेमाय वै भागवतं प्रगर्जति ॥ ९२ ॥

जो ब्यक्ति दुःख र दरिद्ररूप ज्वालाले जलेकाछन्, जसलाई मायारूप पिशाचिनीले बाँधेको छ तथा संसार समुद्रमा डुबेकाछन् उनीहरूको कल्याण गर्नका लागि भागवत सिंहनाद गरेर गर्जिरहेको छ ।। ९२ ।।

शौनक उवाच– 
(अनुष्टुप्) 
शुकेनोक्तं कदा राज्ञे गोकर्णेन कदा पुनः ।
सुरर्षये कदा ब्राह्मैः छिन्धि मे संशयं त्विमम् ॥ ९३ ॥ 

शौकजी सोधछन् – 
सूतजी! सुकदेवजीले राजालाई, गोकर्णले धुन्धुकारीलाई र सनकादिहरूले नारदजीलाई कुनु कुन समयमा यो कथा सुनाएका थिए । मेरो संका मेटाई दिनुहोस् ॥ ९३ ॥

सूत उवाच – 
आकृष्णनिर्गमात् त्रिंशत् वर्षाधिकगते कलौ । 
नवमीतो नभस्ये च कथारंभं शुकोऽकरोत् ॥ ९४ ॥

सूतजी भन्दछन् –
भगवान् श्रीकृष्णले स्वधाम गमन गर्नु भएपछि कलियुगको तीस वर्ष भन्दा केहि अगाडि भाद्र महिनाको शूक्लपक्ष नवमीमा सुकदेवजीले यो कथा आरम्भ गर्नु भएका थियो ॥ ९४ ॥

परीक्षित् श्रवणान्ते च कलौ वर्षशतद्वये । 
शुद्धे शुचौ नवम्यां च धेनुजोऽकथयत्कथाम् ॥ ९५ ॥

राजा परीक्षितले कथा सुनेपछि कलियुगको दुई सयबर्ष वितेपछि आषाढ महिनाको नवमीमा गोकर्णले धुन्धुकारीलाई यो कथा सुनाएकाथिए ।। ९५ ।।

तस्मादपि कलौ प्राप्ते त्रिंशत् वर्षगते सति । 
ऊचुरूर्जे सिते पक्षे नवम्यां ब्रह्मणः सुताः ॥ ९६ ॥

त्यसपछि कलियुगको तीसवर्ष अरु वितेपछि कार्तिक शूक्लनवमीबाट सनकादिले कथा आरंभ गरेका थिए ।।९६।।

इत्येत्तते समाख्यातं यत्पृष्टोऽहं त्वयानघ ।
कलौ भागवती वार्ता भवरोगविनाशिनी ॥ ९७ ॥

निष्पाप शौनकजी१ तपाईले जुन कुरा सोध्नुभयो मैलै सबै कुराको उत्तर दिएं । यस कलियुगमा भागवत्को कथा भवरोगका लागि रामवाण औषधि हो ।।९७ ।। 

(वसंततिलका)
कृष्णप्रियं सकलकल्मषनाशनं च 
        मुक्त्येकहेतुमिह भक्तिविलासकारि 
सन्तः कथानकमिदं पिबतादरेण
         हि तीर्थपरिशीलनसेवया किम् ॥ ९८ ॥ 

सन्तवर्गहरू १ तपाईहरूले आदरपूर्वक यस कथाको पान गर्नुहोस् । यो कथा श्रीकृष्णको अत्यन्त प्यारो सम्पूर्ण पापलाई नाशगर्ने मुक्तिको एकमात्र कारण र भक्तिलाई बढाउने साधन हो । संन्सारमा अन्य कल्याणकारि साधनको विचार अथवा तीर्थ गर्नाले के हुन्छ रु।।९८।। 

(अपरवक्त्र)  
स्वपुरुषमपि वीक्ष्य पाशहस्तं 
        वदति यमः किल तस्य कर्णमूले । 
परिहर भगवत्कथासु मत्तान् 
        प्रभुरहमन्युनृणां न वैष्णवानाम् ॥ ९९ ॥ 

हातमा कालपाश लिएका आफ्ना दूतलाइ देखेर यमराज उनीहरूको कानमा भन्छन् हेर १ जो भगवान्को कथामा मत्त भएका हुन्छन् उनीहरूबाट टाढै रहनु । मसंग अरुलाई दण्ड दिने शक्ति छ तर भगवान्को कथा पान गर्ने वैष्णवहरूलाइ छैन ।।९९।। 

(शिखरिणी)
असारे संसारे विषयविषसङ्गाकुलधियः 
        क्षणार्धं क्षेमार्थं पिबत शुकगाथातुलसुधाम् । 
किमर्थं व्यर्थं भो व्रजथ कुपथे कुत्सितकथे  
        परीक्षित्साक्षी यत् श्रवणगतमुक्त्युक्तिकथने ॥ १०० ॥

यस आसार संसारमा विषयरूप विषको आशक्तिका कारण ब्याकुल भएको बुध्दिवाला मानिस, यो सुकरूप अनुपम सुधाकोपान गर । प्यारा भक्तहरू १ निन्दित कथाहरूले भरिएको कुवाटोमा किन भौतरिरहेका छौ रु यो कथा कानमा पस्नासाथ मुक्त भइन्छ यसकुराको साक्षि राजा परीक्षित छन् ।।१००।। 

(अनुष्टुप्) 
रसप्रवाहसंस्थेन श्रीशुकेनेरिता कथा ।
कण्ठे संबध्यते येन स वैकुण्ठप्रभुर्भवेत् ॥ १०१ ॥

श्री सुकदेजीले प्रेमरस प्रबाहमा स्थित भएर यो कथा भन्नुभएको हो । यस कथाको जसको कण्ठिमा सम्वन्ध हुन जान्छ उ बैकुण्ठको स्वामी वन्दछ ।।१०१।। 

(मालिनी)
इति च परमगुह्यं सर्वसिद्धान्तसिद्धं 
        सपदि निगदितं ते शास्त्रपुञ्जं विलोक्य । 
जगति शुककथातो निर्मलं नास्ति किञ्चित् 
        पिब परसुखहेतोर्द्वादशस्कन्धसारम् ॥ १०२ ॥

शौनकजी१ मैले अनेक शास्त्रलाई देखेर तपार्ईलाई यो परमगोप्य रहस्यको बारे अहिले सुनाएं । सब शास्त्रहरूको सिध्दान्तको निचोड यहि हो । संसारमा यो सुकशास्त्र भन्दा पवित्र कुरा अरु छैन । त्यसैले तपार्ईहरू परमानन्दको प्राप्तिका लागि यो द्वादसस्कन्धरूप रसको पान गर्नुहोस ।।१०२।। 

(प्रहर्षिणी) 
एतां यो नियततया श्रृणोति भक्त्या 
        यश्चैनां कथयति शुद्धवैष्णवाग्रे । 
तौ सम्यक् विधिकरणात्फलं लभेते 
        याथार्थ्यान्न हि भुवने किमप्यसाध्यम् ॥ १०३ ॥

जो पुरुष नियमपूर्वक यो कथाको भक्तिभावले सुन्दछ र भक्तहरूलाई सुनाउछ यी दुवै विधिको पुरारूपमा पालना गर्दछ, उसले यथार्थ फल पाँउछ । उस्कालागि तीनै लोकमा असाध्य भन्ने कुरा हुदैन ।। १०३ ।।

इति श्रीपद्मपुराणे उत्तरखण्डे श्रीमद्भागवतमाहात्म्ये   
श्रवणविधिकथनं नाम षष्टोऽध्यायः ॥ ६ ॥
हरिः ॐ तत्सत् श्रीकृष्णार्पणमस्तु ॥

🌸 श्रीमद्भागवत: तत्व-निर्णय तथा सार 🌸

१. कथा सार:

अन्तिम अध्यायमा सप्ताह श्रवणको विस्तृत विधि बताइएको छ। कथा सुन्ने स्थान, वक्ताको योग्यता, श्रोताको नियम, र उद्यापनको विधिबारे सनकादि मुनिहरूले नारदजीलाई बताउनुहुन्छ। कथाको समापनमा स्वयं शुकदेवजी र भगवान् श्रीकृष्ण प्रकट हुनुहुन्छ। प्रह्लादले ताल बजाउनुहुन्छ, उद्धवजीले झ्याली, नारदजीले वीणा र इन्द्रले मृदंग बजाएर भव्य संकीर्तन गर्नुहुन्छ। यो देखेपछि सबै जीवहरू कृतार्थ हुन्छन्। अन्त्यमा सूत जीले यो महात्म्य कसले कहिले सुनाएको थियो भन्ने समयको पनि स्पष्ट पार्नुभयो।

२. तत्व निर्णय:

यस अध्यायले 'भक्ति-विलास' र 'विधि' को निर्णय गर्छ। नियमपूर्वक गरिएको श्रवणले जीवलाई यमराजको डरबाट मुक्त गर्छ। भागवत कुनै साधारण पुस्तक होइन, यो "प्रत्यक्षः कृष्ण एव हि" अर्थात् साक्षात् श्रीकृष्णको स्वरूप हो। यसको सेवा गर्नु नै कलियुगको सबैभन्दा ठूलो तीर्थ र धर्म हो।

३. दार्शनिक पक्ष:

यसको मुख्य दार्शनिक पक्ष 'शरणगति' हो। "संसारसागरे मग्नं दीनं मां करुणानिधे" भन्ने प्रार्थनाले जीवलाई अहङ्कार त्यागेर परमात्मामा समर्पित हुन सिकाउँछ। भागवतको रस स्वर्ग वा वैकुण्ठमा पनि दुर्लभ छ, किनकि यो केवल मर्त्यलोकमा भक्तहरूको हृदय शुद्ध गर्न प्रकट भएको हो। यो 'निगम कल्पतरु' को गलित फल हो, जसले जीवलाई 'अपुनर्भव' (पुनः जन्म नहुने) अवस्थामा पुर्‍याउँछ।

तपाईंलाई यो अध्याय कस्तो लाग्यो? कृपया तलको बटनमा क्लिक गरी आफ्नो अमूल्य सुझाव दिनुहोला।

यहाँ क्लिक गरी सुझाव दिनुहोस्

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment