श्रीमद्भागवतमाहात्म्यम्
षष्ठोऽध्यायः
कुमारा ऊचुः –
(अनुष्टुप्)
अथ ते संप्रवक्ष्यामः सप्ताहश्रवणे विधिम् ।
सहायैर्वसुभिश्चैव प्रायः साध्यो विधिः स्मृतः ॥ १ ॥
सनकादिहरू भन्छन्–
हे नारदजी! अब हामी तपार्ईलाई सप्ताह श्रवण विधिको बारेमा बताउँदछौं । यो विधि प्राय सबैको सहयोग र धन द्वारा नै साध्य हुन्छ ।।१।।
दैवज्ञं तु समाहूय मुहूर्तं पृच्छ्य यत्नतः ।
विवाहे यादृशं वित्तं तादृशं परिकल्पयेत् ॥ २ ॥
पहिला ज्योतिषीलाई बोलाएर मुहुर्तको बारेमा सोध्नुपर्छ । बिबाहको लागि जस्तो धनको ब्यवस्था गरिन्छ त्यसरी नै सप्ताहको लागि पनि त्यसरी नै ब्यबस्था गनुपर्छ ।।२।।
नभस्य आश्विनोर्जौ च मार्गशीर्षः शुचिर्नभाः ।
एते मासाः कथारम्भे श्रोतॄणां मोक्षसूचकाः ॥ ३
भाद्र, आश्विन, कार्तिक, मार्गशिर्ष र श्रावण यो छ महिनामा कथा आरम्भ गर्दा मोक्षको लागि उत्तम मानिएको छ ।।३।।
मासानां विप्र हेयानि तानि त्याज्यानि सर्वथा ।
सहायाश्चेतरे तत्र कर्तव्याः सोद्यमाश्च ये ॥ ४ ॥
हे देवर्र्षे यी छ महिनामा पनि भद्रा–ब्यतिपात आदि खराव योगलाई छल्नु पदर्छ । जो उत्सुक छन् उनीहरूलाई सहयोगी वनाउनु पर्छ ।।४।।
देशे देशे तथा सेयं वार्ता प्रेष्या प्रयत्नतः ।
भविष्यति कथा चात्र आगन्तव्यं कुटुम्बिभिः ॥ ५ ॥
यहाँ भागवतकथा हुदैछ तपाईहरू सपरिवार पाल्नुहोल भनि देश देशान्तरमा रहेका आफ्ना इष्टमित्रहरूलाई कथाको बारेमा खवर पठाउनु पर्दछ ।।५।।
दूरे हरिकथाः केचित् दूरे चाच्युतकीर्तनाः ।
स्त्रियः शूद्रादयो ये च तेषां बोधो यतो भवेत् ॥ ६ ॥
स्त्री तथा सूद्रहरू र अज्ञानका कारण भागवत्कथा तथा हरिकर्तन बाट टाढा छन् भने उनीहरूलाई पनि खबर दिनुपर्छ ।। ६ ।।
देशे देशे विरक्ता ये वैष्णवाः कीर्तनोत्सुकाः ।
तेष्वेव पत्रं प्रेष्यं च तल्लेखनं इतीरितम् ॥ ७ ॥
देश देशमा भएका विरक्त वैष्णव र हरिकृर्तन प्रेमीहरूलाई निमन्त्रणा गर्नु पर्छ । निमन्त्रणा लेख्ने विधि यस प्रकारबताइएको छ ।।७।।
सतां समाजो भविता सप्तरात्रं सुदुर्लभः ।
अपूर्वरसरूपैव कथा चात्र भविष्यति ॥ ८ ॥
महानुभावहरू यहाँ सात दिनसम्म सन्तपुरुषहरूको समागम हुदैछ र अपूर्व रसमयी भागवतकथा हुदैछ ।।८।।
श्रीमद्भागवत पीयुष पानाय रसलम्पटाः ।
भवन्तश्च तथा शीघ्रं आयात प्रेमतत्पराः ॥ ९ ॥
तपार्ई भागवत् रसका रसिक हुनुहुन्छ त्यसैले भागवतामृतको पान गर्नकोलागि प्रेमपूर्वक पाल्नु हुन अनुरोध गर्दछु ।।९।।
नावकाशः कदाचित् चेत् दिनमात्रं तथापि तु ।
सर्वथाऽऽगमनं कार्यं क्षणोऽत्रैव सुदुर्लभः ॥ १० ॥
यति तपार्ई विशेष अवस्थामा हुनुहुन्छ भने एक दिनका लागि भएपनि अवस्य कृपा गर्नुहोला । किनकि यहाँको एकक्षण पनि अत्यन्त महत्वपूर्ण छ ॥ १० ॥
एवमाकारणं तेषां कर्तव्यं विनयेन च ।
आगन्तुकानां सर्वेषां वासस्थानानि कल्पयेत् ॥११ ॥
यस प्रकार विनम्र पूर्वक निमन्त्रणा गर्नुपर्छ । र जा जो आउछन् उनीहरूका लागि उचित वासस्थानको ब्यबस्था गर्नुपर्छ ।।११।।
तीर्थे वापि वने वापि गृहे वा श्रवणं मतम् ।
विशाला वसुधा यत्र कर्तव्यं तत्कथास्थलम् ॥ १२ ॥
कथा श्रवण कुनै तीर्थमा, वनमा अथवा आफ्नै घरमा गर्नु राम्रो मानिएकोछ । जहाँ धेरै खालि जग्गा छ त्यहीं कथा स्थल हुनुपर्दछ ।।१२।।
शोधनं मार्जनं भूमेः लेपनं धातुमण्डनम् ।
गृहोपस्करमुद्ध्रुत्य गृहकोणे निवेशयेत् ॥ १३ ॥
भुमीमा बढार्ने, सफा पार्नुका साथै लिपपोत र रङ्ग विरङ्गका कपडाहरूले चौकी सजाउनु पर्छ अनि घरका सबै वस्तुहरू एकातर्फ मिलाएर राख्नुपर्छ ।।१३।।
अर्वाक् पंचाहतो यत्नात् आस्तीर्णानि प्रमेलयेत् ।
कर्तव्यो मण्डपः प्रोच्चैः कदलीखण्डमण्डितः ॥ १४ ॥
पाँचदिन पहिले देखि नै बिच्छ्याउनाहरूका लागि कपडाको ब्यबस्था गर्नुपर्छ । केरा तथा खम्बाहरूले सुसज्जित भएको अग्लो मण्डप वनाउनु ।।१४।।
फलपुष्पदलैर्विष्वक् वितानेन विराजितः ।
चतुर्दिक्षु ध्वजारोपो बहुसम्पद्विराजितः ॥ १५ ॥
मण्डपको वरिपरि कपडा, फूलहरू र चदुवाहरूले सजाउनु पर्छ । त्यसै गरी चारैतिर बिभिन्न ध्वजा आदि सामाग्रीहरूले सजाउनु ।।१५।।
ऊर्ध्वं सप्तैव लोकाश्च कल्पनीयाः सविस्तरम् ।
तेषु विप्रा विरक्ताश्च स्थापनीयाः प्रबोध्य च ॥ १६ ॥
मण्डपको माथिपटि सातलोकको कल्पना गर्नु । जस्मा बिरक्ति ब्राम्हणलाई बोलाएर राख्नु ।।१६।।
पूर्वं तेषां आसनानि कर्तव्यानि यथोत्तरम् ।
वक्तुश्चापि तदा दिव्यं आसनं परिकल्पयेत् ॥ १७ ॥
अगाडिपटि उनीहरूका लागि आशनको ब्यबस्था गर्नु, यस्को पछाडि पटि बक्ताको लागि दिब्य सिंहासनको ब्यबस्था मिलाउनु ।।१७।।
उदङ्मुखो भवेद्वक्ता श्रोता वै प्राङ्मुखस्तदा ।
प्राङ्मुखश्चेत् भवेद्वक्ता श्रोता च उदङ्मुखस्तदा ॥ १८ ॥
यदि वक्ताको मुख उत्तरतिर पर्छ भने श्रोता पूर्वतिर फर्केर बस्नु । यदि वक्ताको मुख पूर्वतिर र्पछ भने श्रोता उत्तरतिर फर्केर बस्नुपर्छ ।।१८।।
अथवा पूर्वदिग्ज्ञेया पूज्यपूजकमध्यतः ।
श्रोतॄणां आगमे प्रोक्ता देशकालादिकोविदैः ॥ १९ ॥
अथवा वक्ता र श्रोता पूर्वमुख भएर बस्नुपर्छ । देशकाल आदि जान्नेहरूले श्रोताका लागि यस्तो नियम बताएका छन् ।।१९।।
विरक्तो वैष्णवो विप्रो वेदशास्त्रविशुद्धिकृत् ।
दृष्टान्तकुशलो धीरो वक्ता कार्योऽति निःस्पृह ॥ २० ॥
जस्ले वेदशास्त्रको स्पष्ट व्याख्या गर्नसक्दछन्, बिभिन्न किसिमको दृष्टान्त दिएर ब्याख्या गर्न सक्छन्,
अनि विवेकि र निस्पृह छन्, त्यस्ता विरक्त र विष्णुभक्त ब्राम्हणलाई वक्ता वनाउनु पर्छ ।। २० ।।
अनेकधर्मनिभ्रान्ताः स्त्रैणाः पाखण्डवादिनः ।
शुकशास्त्रकथोच्चारे त्याज्यास्ते यदि पण्डिताः ॥ २१ ॥
श्रीमद्भागवत्को प्रवक्ताका लागि यस्तो ब्यक्ति छान्न हुदैन, जो अनेक धर्मको चक्करमा परेकाछन्, स्त्री लम्पट र पाखण्डि धर्मको प्रचार गर्दछन् भने पण्डित भएपनि वक्ता वनाउनु हुदैन ।।२१।।
वक्तुः पार्श्वे सहायार्थं अन्यः स्थाप्यस्तथाविधः ।
पण्डितः संशयच्छेत्ता लोकबोधनतत्परः ॥ २२ ॥
वक्तासंगै उनको सहायताका लागि त्यस्तो खालको विद्वानलाई ल्याएर राख्नुपर्छ जस्ले सबैप्रकारको सबै प्रकारको संकाहरूलाइ मेटाउन र सम्झाउनु कुशल होउन् ।।२२।।
वक्त्रा क्षौरं प्रकर्तव्यं दिनाद् अर्वाक् व्रताप्तये ।
अरुणोदयेऽसौ निर्वर्त्य शौचं स्नानं समाचरेत् ॥ २३ ॥
कथा प्रारम्भ हुनु एकदिन पहिले नै ब्रत ग्रहण गर्नका लागि वक्ताको कपाल मुण्डन गर्नु पर्छ र सूर्योदयको समयमा शौचादि निबृत्त भएर स्नान गर्नुपर्छ ।।२३।।
नित्यं संक्षेपतः कृत्वा संध्याद्यं स्वं प्रयत्नतः ।
कथाविघ्नविघाताय गणनाथं प्रपूजयेत् ॥ २४ ॥
सन्ध्यादि आफ्नो नित्यकर्म संपेक्षमा सकेर कथामा विध्न बाधा नआवोस भनेर गणेशजीलाई पूजा गर्नुपर्दछ ।।२४।।
पितॄन् संतर्प्य शुद्ध्यर्थं प्रायश्चित्तं समाचरेत् ।
मण्डलं च प्रकर्तव्यं तत्र स्थाप्यो हरिस्तथा ॥ २५ ॥
यसपछि पितृहरूलाई तर्पण गरेर पूर्वमा गरिएको पापहरूको शुध्दिका लागि प्रायश्चित्त गनुपर्छ । एउटा मण्डल वनाएर त्यसमा श्रीहरिलाई स्थापना गराउनु पर्छ ।। २५ ।।
कृष्णमुद्दिश्य मंत्रेण चरेत् पूजाविधिं क्रमात् ।
प्रदक्षिण नमस्कारान् पूजान्ते स्तुतिमाचरेत् ॥ २६ ॥
अनि भगवान् श्रीकृष्णलाई संबोधन गर्दै मन्त्रोच्चारण विधिले क्रमशः षोडशोपचार विधिले पूजा गर्नु पर्छ । त्यस पछि प्रदक्षिणा र नमस्कार गरेर यस प्रकारस्तुति गनुपर्छ ।। २६ ।।
संसारसागरे मग्नं दीनं मां करुणानिधे ।
कर्ममोहगृहीताङ्गं मामुद्धर भवार्णवात् ॥ २७ ॥
हे करुणानिधान१ म संसार सागरमा डुबेकोले दुःखी छु । कर्मको मोहरूप ग्राहले मलाई पकडिराखेको छ । मलाई यो संसार सागरबाट पार लगाउनुहोस् ।।२७।।
श्रीमद्भागवतस्यापि ततः पूजा प्रयत्नतः ।
कर्तव्या विधिना प्रीत्या धूपदीपसमन्विता ॥ २८ ॥
त्यसपछिे विशेष विधि विधानले भागवत्को पूजा गरेर धुपबत्ती गर्नुपर्छ ॥ २८ ॥
ततस्तु श्रीफलं धृत्वा नमस्कारं समाचरेत् ।
स्तुतिः प्रसन्नचित्तेन कर्तव्या केवलं तदा ॥ २९
अनि पुस्तक अगाडि नरिवल राखेर नमस्कार गर्दै प्रसन्न भएर यस प्रकार स्तुति गर्नु ।।२९।।
श्रीमद्भागवताख्योऽयं प्रत्यक्षः कृष्ण एव हि ।
स्वीकृतोऽसि मया नाथ मुक्त्यर्थं भवसागरे ॥ ३० ॥
श्रीमद्भागवत्कथाको रूपमा तपार्ई साक्षात श्री कृष्णचन्द्र नै बिराजमान हुनुहुन्छ । हे नाथ१ मैले यो भवसागरबाट पार पाउँनको लागि तपाईको शरण लिएको छु ।।३०।।
मनोरथो मदीयोऽयं सफलः सर्वथा त्वया ।
निर्विघ्नेनैव कर्तव्य दासोऽहं तव केशव ॥ ३१ ॥
मेरो यो मनोरथ कुनै पनि विध्नबाधा नभईकन सब तरहबाट पुरा गरिदिनुहोस्, हे केशव१ म तर्पाइको दाश हुं ।।३१।।
एवं दीनवचः प्रोच्य वक्तारं चाथ पूजयेत् ।
सम्भूष्य वस्त्रभूषाभिः पूजान्ते तं च संस्तवेत् ॥ ३२ ॥
यस प्रकार दीन वचनले वक्ताको पूजा गर्नु पर्छ र वक्तालाई राम्रो कपडा पहिर्याईदिनु पर्छ त्यसपछि स्तुति गर्नु पर्छ ॥ ३२ ॥
शुकरूप प्रबोधज्ञ सर्वशास्त्रविशारद ।
एतत्कथाप्रकाशेन मदज्ञानं विनाशय ॥ ३३ ॥
सुकदेवस्वरूप हे भगवान्१ तापाई सव शास्त्रमा पारङ्गत हुनुहुन्छ कृपया यस कथालाई प्रकाशित गरेर मेरो अज्ञानलाई नाश गरिदिनुहोस् ।।३३।।
तदग्रे नियमः पश्चात् कर्तव्यः श्रेयसे मुदा ।
सप्तरात्रं यथाशक्त्या धारणीयः स एव हि ॥ ३४ ॥
अनि आफ्नो कल्याणका लागि प्रशन्न भएर नियमहरूको ग्रहण गनुपर्छ र सातदिन सम्म जे सकिन्छ वक्ताले भनेको नियमलाई पालन गर्नुपर्छ ।।३३।।
वरणं पंचविप्राणां कथाभङ्गनिवृत्तये ।
कर्तव्यं तैः हरेर्जाप्यं द्वादशाक्षरविद्यया ॥ ३५ ॥
कथामा बिध्न नआओस भन्नका लागि अरु पाँच ब्राम्हण बरण गर्नुपर्छ उनीहरूले द्वादशाक्षर मन्त्रले
भगवान्को नाम जप गर्नुपर्छ ।। ३५।।
ब्राह्मणान् वैष्णवान् चान्यान् तथा कीर्तनकारिणः ।
नत्वा संपूज्य दत्ताज्ञः स्वयं आसनमाविशेत् ॥ ३६ ॥
यस पछि अरु वैश्णव तथा कीर्तन टोली लाई नमस्कार गरेर उनीहरूको पूजा गर्नुपर्छ अनि उनीहरूको आज्ञा लिएर आशनमा बस्नुपर्छ ।।३६।।
लोकवित्तधनागार पुत्रचिन्तां व्युदस्य च ।
कथाचित्तः शुद्धमतिः स लभेत्फलमुत्तमम् ॥ ३७ ॥
जो मानिस धन, पुत्र, स्त्री आदिको चिन्ता छाडेर प्रशन्न मनले कथामा ध्यान लगाउछ भने उस्लाई उत्तम फल मिल्दछ ।।३७।।
आसूर्योदयमारभ्य सार्धत्रिप्रहरान्तकम् ।
वाचनीया कथा सम्यक् धीरकण्ठं सुधीमता ॥ ३८ ॥
वक्ताले सूर्योदयबाट कथा सुरु गरेर सांडे तीन प्रहर संम्म मन्द स्वरले कथा वाचन गर्नु पदर्छ ॥ ३८ ॥
कथाविरामः कर्तव्यो मध्याह्ने घटिकाद्वयं ।
तत्कथामनु कार्यं वै कीर्तनं वैष्णवैस्तदा ॥ ३९ ॥
मध्यान्न बाट दुई घडि सम्म कथा विश्राम गर्नु पर्दछ । सो समयमा वैश्णवहरुले भजन कीर्तनगर्नु पर्छ । सो समयलाई त्यसै खेर जान दिनुहुदैन ।।३९।।
मलमूत्रजयार्थं हि लघ्वाहारः सुखावहः ।
हविष्यान्नेन कर्तव्यो हि, एकवारं कथार्थिना ॥ ४० ॥
कथाको समयमा मलमुत्रलाई नियन्त्रण गर्न थोरै भोजन गर्नु उत्तम हुन्छ । त्यसैले एक समयमा मात्र भोजन गर्नुपर्छ ॥ ४० ॥
उपोष्य सप्तरात्रं वै शक्तिश्चेत् श्रुणुयात् तदा ।
घृतपानं पयःपानं कृत्वा वै श्रृणुयात् सुखम् ॥ ४१ ॥
यदि सकिन्छ भने सात दिन सम्म निराहार बसेर कथा सुन्नु पर्दछ । घिउ, दुध आदि पिएर सुन्नाले सुख मिल्दछ ॥ ४१ ॥
फलाहारेण वा भाव्यं एकभुक्तेन वा पुनः ।
सुखसाध्यं भवेद् यत्तु कर्तव्यं श्रवणाय तत् ॥ ४२ ॥
फलफूल खाएर हुन्छ वा एक छाक खाएर हुन्छ, के गर्दा आफुलाई सजिलो हुन्छ त्यहीं गरेर कथा सुन्नुपर्छ ।।।४२।।
भोजनं तु वरं मन्ये कथाश्रवणकारकम् ।
नोपवासो वरः प्रोक्तः कथाविघ्नकरो यदि ॥ ४३ ॥
उपवासले कथा सुन्नमा बाधा पुग्छ भने थोरै भोजन गर्नु राम्रो हुन्छ ।।४३।।
सप्ताहव्रतिनां पुंसां नियमान् श्रुणु नारद ।
विष्णुदीक्षाविहीनानां नाधिकारः कथाश्रवे ॥ ४४ ॥
नारदजी ! अब नियमपुर्वक सप्ताह सुन्नका लागि नियमहरू बताउछु सुन्नुहोस ।
बिष्णुभक्तको दिक्षा नलिईकन यो कथाको अधिकारी हुदैन ।।४४।।
ब्रह्मचर्यमधः सुप्तिः पत्रावल्यां च भोजनम् ।
कथासमाप्तौ भुक्तिं च कुर्यात् नित्यं कथाव्रती ॥ ४५ ॥
जस्ले नियमित कथा सुन्छ उसले ब्रम्हचर्यमा रहनुपर्छ । भुईमा सूतनुपदर्र्छ अनि कथा सकिएपछि नित्य पातमा भोजन गर्नु पदर्छ ।।४५।।
द्विदलं मधु तैलं च गरिष्ठान्नं तथैव च ।
भावदुष्टं पर्युषितं जह्यात् नित्यं कथाव्रती ॥ ४६ ॥
दाल मह तेल र गाह्रौ अन्न सडेगलेका कुराहरू बासि अन्न समेत कथा सुन्नेले त्यागिदिनुपर्छ ।।४७।।
कामं क्रोधं मदं मानं मत्सरं लोभमेव च ।
दम्भ मोहं तथा द्वेषं दूरयेच्च कथाव्रती ॥ ४७ ॥
काम, क्रोध, मद्, मत्सर, लोभ, मोह, त्यस्तै दम्भ, तथा द्वेश अदिलाई कथाका समयमा मनमा आउन दिनु हुदैन ।। ४७ ।।
वेदवैष्णवविप्राणां गुरुगोव्रतिनां तथा ।
स्त्रीराजमहतां निन्दां वर्जयेत् यः कथाव्रती ॥ ४८ ॥
वेद, वैष्णव, ब्राम्हण, गुरु अनि गाईको सेवा गर्नैहरू तथा स्त्रीहरूको, राजा तथा माहात्माको निन्दा गर्नहुदैन ।।४८ ।।
रजस्वला अन्त्यज म्लेच्छ पतित व्रात्यकैस्तथा ।
द्विजद्विड् वेदबाह्यैश्च न वदेत् यः कथाव्रती ॥ ४९ ॥
रजस्वाला स्त्री, म्लेक्षजाती, पतित्, गायत्री बिहिन ब्राम्हण, ब्राम्हणसंग द्वेश गर्ने र वेदलाई नमान्ने संग कुरा गर्नु हुदैन ।।४९।।
सत्यं शौचं दयां मौनं आर्जवं विनयं तथा ।
उदारमानसं तद्वत् एवं कुर्यात् कथाव्रती ॥ ५० ॥
कथा सुन्नेले सत्य, शौच, दया, मौन, सरलता, विनय, उदारता, र विनय भावमा रहुनपर्छ ।।५०।।
दरिद्रश्च क्षयी रोगी निर्भाग्यः पापकर्मवान् ।
अनपत्यो मोक्षकामः श्रुणुयाच्च कथामिमाम् ॥ ५१ ॥
धन नभएको, क्षयरोगी,वा अन्य कुनै रोगले पिडित, भाग्य ठगिएका, पापी, छोरा नभएका स्त्रीहरू र मुमुक्षुहरूले यो कथा सुन्नुपर्छ ।।५१॥
अपुष्पा काकवन्ध्या च वन्ध्या या च मृतार्भका ।
स्रवत् गर्भा च या नारी तया श्राव्या प्रयत्नतः ॥ ५२ ॥
महिनावारी रोकिएका स्त्रीहरू, सन्तान भएर पनि नवांचेकाहरू अथवा गर्भश्राव भएकाहरूले नियमपूर्वक कथा सुन्नुपर्छ ।।५२।।
एतेषु विधिना श्रावे तदक्षयतरं भवेत् ।
अत्युत्तमा कथा दिव्या कोटियज्ञफलप्रदा ॥ ५३ ॥
यस्ता ब्यक्तिहरूले विधिअनुसार कथा सुने भने त अक्षय फल प्राप्त हुनेछ । यस्तो अति उत्तम कथाले करोडौ यज्ञको फल मिल्दछ ।।५४।।
एवं कृत्वा व्रतविधिं उद्यापनं अथाचरेत् ।
जन्माष्टमी व्रतमिव कर्तव्यं फलकांक्षिभिः ॥ ५४ ॥
यसरी ब्रत गरेर श्रवण गरेपछि नियम विधान अनुसार उद्यापन गर्नुपर्छ । जसलाई विशेष फलको इच्छा हुन्छ उस्ले जन्माष्टमी ब्रतको उत्सव गरेझै यस कथाको उद्यापन गर्नुपर्छ ।। ५४ ॥
अकिंचनेषु भक्तेषु प्रायो नोद्यापनाग्रहः ।
श्रवणेनैव पूतास्ते निष्कामा वैष्णवा यतः ॥ ५५ ॥
जो भगवान्को अकिञ्चित भक्त छ उसका लागि उद्यापनको आवस्यकता पर्दैन । उसले त सुन्नाले नै पवित्र हुन्छ किनकि उ त निष्काम भगवान् भक्त हो ।। ५५ ।।
एवं नगाहयज्ञेऽस्मिन् समाप्ते श्रोतृभिस्तदा ।
च वक्तुश्च पूजा कार्यातिभक्तितः ॥ ५६ ॥
यस प्रकार सप्ताह यज्ञ समाप्त भएपछि श्रोताहरूले भक्तिपूर्वक पुस्तक र वक्ताको पूजा गर्नुपर्छ ।। ५६ ।।
प्रसादतुलसीमाला श्रोतृभ्यश्चाथ दीयताम् ।
मृदंगतालललितं कर्तव्यं कीर्तनं ततः ॥ ५७ ॥
अनि वक्ताले श्रोतालाई प्रसाद तुलसीको माला लगाईदिनु र सबैलाई स्वर ताल मिलाएर भगवान्को भजन गराउनु पर्दछ ।।५७।।
जयशब्दं नमःशब्दं शंखशब्दं च कारयेत् ।
विप्रेभ्यो याचकेभ्यश्च वित्तं अन्नं च दीयताम् ॥ ५८ ॥
जय जयकार नमस्कार र शंख ध्वनी गर्नु । अनि ब्राम्हणहरू दीन दुखीहरूलाई दक्षिणा अन्न दिनुपर्छ ।।५८।।
विरक्तश्चेत् भवेत् श्रोता गीता वाद्या परेऽहनि ।
गृहस्थश्चेत् तदा होमः कर्तव्यः कर्मशान्तये ॥ ५९ ॥
श्रोता विरक्त छ भने कर्म शान्तिका लागि भोलिपल्ट गीता पाठ गराउनु अनि गृहस्थ भएमा हवन गराउनु पर्छ ।।५९।।
प्रतिश्लोकं तु जुहुयात् विधिना दशमस्य च ।
पायसं मधु सर्पिश्च तिलान् आदिकसंयुतम् ॥ ६० ॥
हवन गर्दा दशमस्कन्धको एक एक श्लोक पढेर पाएस, घिउ, मह, तिल जौ अदि मिलाएर विधिपूर्वक गर्नुपर्छ ॥ ६० ॥
अथवा हवनं कुर्याद् गायत्र्या सुसमाहितः ।
तन्मयत्वात् पुराणस्य परमस्य च तत्त्वतः ॥ ६१ ॥
अथवा एकाग्र मनले गायत्री मन्त्रले हवन गरेपनि हुन्छ किनकि यो भागवत्महापुराण गायत्री परमतत्व ईश्वरको स्वरूप नै हो ।। ६१।।
होमाशक्तौ बुधो हौम्यं दद्यात् तत्फल सिद्धये ।
नानाच्छिद्रनिरोधार्थं न्यूनताधिकतानयोः ॥ ६२ ॥
यदि होम गर्ने शक्ति छैन भने सो फल प्राप्तिका लागि ब्राम्हणलाई हवन सामाग्री दान दिनुपर्छ ।।६२।।
दोषयोः प्रशमार्थं च पठेत् नामसहस्रकम् ।
तेन स्यात् सफलं सर्वं नास्त्यस्मादधिकं यतः ॥ ६३ ॥
कमि कमजोरी हटाउनका लागि । दोष शान्तिका लागि विष्णुसहस्रनाम पाठ गर्नुपर्छ । जो गर्दा सबै काम सफल हुन्छ किनकि कुनैपनि कर्म योभन्दा बढ्ता छैन ।।६३।।
द्वादश ब्राह्मणान् पश्चात् भोजयेत् मधुपायसैः ।
दद्यात् सुवर्णं धेनुं च व्रतपूर्णत्वहेतवे ॥ ६४ ॥
अनि बाह्र ब्राम्हणलाई खीर आदि उत्तम भोजन गराउनुपर्छ । ब्रत पुर्तिका लागि गाई, सुन दान गर्नु पर्छ ।।६४।।
शक्तौ पलत्रयमितं स्वर्णसिंहं विधाय च ।
तत्रास्य पुस्तकं स्थाप्यं लिखितं ललिताक्षरम् ॥ ६५ ॥
शक्ति हुनेले तीन तोला सुनको सिंहासन वनाएर त्यसमाथि राम्रो अक्षरले लेखिएको पुस्तक लाई— ॥६५ ॥
संपूज्य आवाहनाद्यैः तद् उपचारैः सदक्षिणम् ।
वस्त्रभूषण गन्धाद्यैः पूजिताय यतात्मने ॥ ६६ ॥
आवहनादि गरेर षोडशोपचार विधिले पूजा गर्नुदपर्छ र बस्त्र आभुषणले पुजा गरिएका ब्राम्हणलाई दान दिनुपर्दछ ॥ ६६ ॥
आचार्याय सुधीर्दत्त्वा मुक्तः स्याद् भवबंधनैः ।
एवं कृते विधाने च सर्वपापनिवारणे ॥ ६७ ॥
यासो गर्नाले त्यो बुध्दिमान दाता जन्ममरणको चक्कर बाट मुक्त हुन्छ । यो सप्ताहपारायण विधिले सबै खालको पापलाई हटाउछ ।।६७।।
फलदं स्यात् पुराणं तु श्रीमद्भागवतं शुभम् ।
धर्मकामार्थमोक्षाणां साधनं स्यात् न संशयः ॥ ६८ ॥
यस प्रकार ठिक ठिक रूपमा पालना गर्दा यो मंगलमय भागवत्पुराणले अभिष्ट फल दिन्छ ।। तथा धर्म, अर्थ, काम र मोक्ष चारै कुराको प्राप्तिको साधन यो सप्ताह श्रवण हो । यसमा कुनै संका छैन ।।६८।।
कुमारा ऊचुः –
इति ते कथितं सर्वं किं भूयः श्रोतुमिच्छसि ।
श्रीमद्भागवतेनैव भुक्तिमुक्ति करे स्थिते ॥ ६९ ॥
सनकादि भन्छन–
नारदजी! यस प्रकार तपार्ईलार्ई हामीले यो सप्ताहपारायण विधि सुनायौ अव के सुन्ने इच्छा छ रु श्रीमद्भागवतबाट भोग र मोक्ष दुवै हात पर्छ ।। ६९ ।।
सूत उवाच –
इत्युक्त्वा ते महात्मानः प्रोचुर्भागवतीं कथाम् ।
सर्वपापहरां पुण्यां भुक्तिमुक्तिप्रदायिनीम् ॥ ७० ॥
सूतजी भन्छन्–
शौनकजी! यसो भनेर महामुनि सनकादिले एकहप्ता सम्म विधि पूर्वक यस्तो सबै खालको पाप नाश गर्ने परम पवित्र भोग र मोक्ष प्रदान गर्ने भागवत्कथाको प्रवचन गरे ।।७०।।
श्रृण्वतां सर्वभूतानां सप्ताहं नियतात्मनाम् ।
यथाविधि ततो देवं तुष्टुवुः पुरुषोत्तमम् ॥ ७१ ॥
सबै जनाले यसलाई नियमपूर्वक सुने त्यसपछि उनले भगवान्को स्तुति गरे ।।७१।।
तदन्ते ज्ञानवैराग्य(भक्तीनां पुष्टता परा ।
तारुण्यं परमं चाभूत् सर्वभूतमनोहरम् ॥ ७२ ॥
कथाको अन्त्यमा भक्ति, ज्ञान र वैराग्यलाई पुष्टि मिल्यो । उनीहरू तरुण अवस्थाका भएर सबै जीवको चित्त आफुपटि आकर्षित गर्न लागे ।। ७२ ।।
नारदश्च कृतार्थोऽभूत् सिद्धे स्वीये मनोरथे ।
पुलकीकृतसर्वाङ्ग परमानन्दसम्भृतः ॥ ७३ ॥
आफनो मनोरथ (उद्येश्य) पुरा भएको, कारण नारदजी पनि खुसी भए । उनको सबै शरीर रोमाञ्चित भयो र परमानन्दका कारण पूर्ण भयो ।।७३।।
एवं कथां समाकर्ण्य नारदो भगवत्प्रियः ।
प्रेमगद्गदया वाचा तानुवाच कृताञलिः ॥ ७४ ॥
यस प्रकारकथा सुनेर भगवान्का प्यारा नारदजीले हात जोडेर गद्गद् हुदै भन्नलागे ।।७४।।
नारद उवाच–
धन्योस्मि अनुगृहितोऽस्मि भवद्भिः करुणापरैः ।
अद्य मे भगवान् लब्धः सर्वपापहरो हरिः ॥ ७५ ॥
नारदजी भन्छन–
म धन्न्य भएं, तपाईहरूले म माथि दया गरेर ठुलो अनुग्रह गर्नुभयो । आज मलाई सबै खालको पाप नाश गर्ने श्रीहरि प्राप्त हुनुभएकोछ । ।।७५।।
श्रवणं सर्वधर्मेभ्यो वरं मन्ये तपोधनाः ।
वैकुण्ठस्थो यतः कृष्णः श्रवणाद् यस्य लभ्यते ॥ ७६ ॥
तपोधनहरू! म श्रीमद्भागवत्लाई सबैभन्दा उत्तम मान्दछु । किनकि यसको श्रवण गर्नाले वैकुण्ठ ९गोलोक० विहारी श्रीकृष्णलाई प्राप्तहुन्छ ।। ७६ ।।
सूत उवाच –
एवं ब्रुवति वै तत्र नारदे वैष्णवोत्तमे ।
परिभ्रमन् समायातः शुको योगेश्वरास्तदा ॥ ७७ ॥
सूतजी भन्छन् –
यसरी बैष्णवहरूका उत्तम नारदजीले यसो भनिरहेको अवस्थामा योगेश्वर सुकदेवजी घम्दै फिर्दै त्यहाँ आउनुभयो ॥ ७७ ॥
(वंशस्थ)
तत्राययौ षोडशवार्षिकस्तदा
व्यासात्मजो ज्ञानमहाब्धिचन्द्रमाः ।
कथावसाने निजलाभपूर्णः
प्रेम्णा पठन् भागवतं शनैः शनैः ॥ ७८ ॥
त्यस बेलामा वहाँ सोह्र वर्षको हुनुहुन्थ्यो । आत्मालाभले पूर्ण ज्ञानरूप महासागर संवर्धन गर्नकालागि चन्द्र समान वहांले प्रेमले विस्तारै विस्तारै भागवत्को पाठ गरिरहनु भएकोथियो ।।७८।।
(इंद्रवंशा)
दृष्ट्वा सदस्याः परमोरुतेजसं
सद्यः समुत्थाय ददुर्महासनम् ।
प्रीत्या सुरर्षिस्तमपूजयत् सुखं
स्थितोऽवदत् संश्रृणुतामलां गिरम् ॥ ७९ ॥
परम तेजस्वी सुकदेवजीलाई देखेर सबै सभासदहरू हत्त न पत्त उठे र वहालाई अग्लो आशनमा बसाले । अनि देवर्षी नारदजिले वहालाई प्रेमपूर्वक पूजा गरे । त्यसपछि सुकदेवजीले आशनमा बसेर भन्नुभयो । अव तपार्ईहरू मेरो निर्मल वचन सुन्नुहोस ।। ७९ ।।
श्रीशुक उवाच –
(द्रुतविलंबित)
निगमकल्पतरोर्गलितं फलं
शुकमुखात् अमृतद्रवसंयुतम् ।
पिबत भागवतं रसमालयं
मुहुरको रसिका भुवि भावुकाः ॥ ८० ॥
रसिक तथा भावुकजनहरू१ यो श्रीमद्भागवत वेदरूप कल्पवृक्षको परिपक्व फलहो । सुकदेवरूप सुगाको मुखको संयोग भएको हुनाले अमृतरसले भरिपूर्ण छ । यसमा रस नै रस छ बियाँ भन्नेकुरा नै छैन । सबैलोकमा यो सुलभ छ । जवसम्म शरीरमा चेताना रहन्छ तवसम्म तपार्ईहरू यसलाई वारंवार पान गर्नुहोस् ।।८०।।
(शार्दूलविक्रीडित)
धर्मप्रोज्झितकैतवोऽत्र परमो निर्मत्सराणां सतां
वेद्यं वास्तवमत्र वस्तु शिवदं तापत्रयोन्मूलनम् ।
श्रीमद्भागवते महामुनिकृते किं वा परैरीश्वरः
सद्यो हृद्यवरुध्यतेऽत्र कृतिभिः शुश्रूषुभिस्तत्क्षणात् ॥ ८१ ॥
महामुनि वेदव्यासद्वारा रचिएको यो श्रीमद्भागवत मत्सरहित (अरुको उन्न्ती देख्न नसक्ने स्वभाव नभएको) परम धर्मको निरूपण गरिएको छ । यसमा सन्तपुरुषहरूका लागि जान्न योग्य परम साधनको वर्णन गरिएको छ । जसले तीनै किसिमको तापलाई जरै देखि नास गरिदिन्छ र परम सुखको प्राप्ति हुन्छ । जसले यसको सरण लिन्छ उसलाई अरु कुनैपनि साधनको आवस्यकता पर्दैन । भाग्यमानी ब्यक्तिले जति वेला यस्लाई सुन्ने इच्छा गर्दछन् भगवान् तत्कालै उस्को हृदयमा आएर बस्नु हुन्छ ।।८१।।
श्रीमद्भागवतं पुराणतिलकं यद्वैष्णवानां धनं
यस्मिन् पारमहंस्यमेवममलं ज्ञानं परं गीयते ।
यत्र ज्ञानविरागभक्तिसहितं नैष्कर्म्यमाविष्कृतं
श्रुण्वन् प्रपठन् विचारणपरो भक्त्या विमुच्येन्नरः ॥ ८२ ॥
यो भागवतपुराणको तिलक वैष्णवहरूको धन हो, यसमा परमहंस प्राप्य विशुध्द ज्ञानको बारेमा वर्णन गरिएको छ तथा ज्ञान, वैराग्य र भक्तिले सहित निवृत्ति मार्गको प्रकास परिएको छ । जो ब्यक्ति भक्तिपूर्वक यसलाई सुन्दछ, सुन्नमा तत्पर रहन्छ त्यो सधै मुक्त भएरजान्छ ।।८२।।
(अनुष्टुप्)
स्वर्गे सत्ये च कैलासे वैकुण्ठे नास्त्ययं रसः ।
अतः पिबन्तु सद्भाग्या मा मा मुञ्चत कर्हिचित् ॥ ८३ ॥
यसको रस स्वर्गलोक, सत्यलोक र कैलाशमा पनि छैन । त्यसैले भाग्यमानी श्रोताहरू यसलाई बारम्बार पान गर कुनै हालतमा पनि नाछाड, नछाड ।।८३।।
सूत उवाच –
(इंद्रवंशा)
एवं ब्रुवाणे सति बादरायणौ
मध्ये सभायां हरिराविरासीत् ।
प्रह्रादबल्युद्धवफाल्गुनादिभिः
वृत्तं सुरर्षिस्तमपूजयच्च तान् ॥ ८४ ॥
सूतजीले भने—
सुकदेवजीले यस प्रकार बताइरहनु भएको बेलामा सभामा प्रल्हाद, बलि, उध्दव र अर्जुन आदि पार्षदहरू सहित साक्षात श्रीहरि प्रकट हुनुभयो । अनि देवर्षि नारदजीले भगवान् र वहाँका भक्तहरूलाई यथोप्रचारले पूजा गरे ।। ८४ ।।
दृष्ट्वा प्रसन्नं महदासने हरिं
ते चक्रिरे कीर्तनमग्रतस्तदा ।
भवो भवान्या कमलासनस्तु
तत्रागमत् कीर्तनदर्शनाय ॥ ८५ ॥
भगवान्लाई प्रशन्न अवस्थामा देखेर नारदजीले वहाँलाई ठुलो सिंहासनमा बसाले अनि सबैजना नजिक भएर कीर्तन गर्नथाले । त्यो कीर्तन हेर्न महादेब पार्वती र ब्रम्हा पनि आउनुभयो ॥ ८५ ॥
(स्रक्धरा)
प्रह्रादस्तालधारी तरलगतितया चोद्धवः कांस्यधारी
वीणाधारी सुरर्षि स्वरकुशलतया रागकर्तार्जुनोऽभूत् ।
इन्द्रोऽवादीन्मृदङ्गं जय जय सुकराः कीर्तने ते कुमारा
यत्राग्रे भववक्ता सरसरचनया व्यासपुत्रो बभूव ॥ ८६ ॥
कीर्तनमा प्रल्हादजी फुर्तिलो हुनाले कर्ताल बजाउन लागे, उध्दवजीले मुजुरा बजाए, देवर्षि नारदले वीणा बजाउन लागे । स्वरगान विद्यामा कुशल भएकाले अर्जुन राग अलाप्न थाले, इन्द्रले मृदंग बजाए । सनकादिहरू बिच बिचमा जयजयकार गर्न लागे । सबैको अगाडि रहेको सुकदेवजीले थरि थरि भाव बताउन लागे ।।८६।।
(उपेंद्रवज्रा)
ननर्त मध्ये त्रिकमेव तत्
भक्त्यादिकानां नटवत्सुतेजसाम् ।
अलौलिकं कीर्तनमेतदीक्ष्य
हरिः प्रसन्नोऽपि वचोऽब्रवीत् तत् ॥ ८७ ॥
सबैका विचमा भक्ति,ज्ञान र वैराग्य नटुवा झै नाच्नलागे । यस्तो अलौकिक कीर्तन देखेर भगवान् प्रसन्न हुनभयो अनि भन्नुभयो ।। ८७ ।।
(इंद्रवज्रा)
मत्तो वरं भाववृताद्वृणुध्वं
प्रीतः कथाकीर्तनतोऽस्मि साम्प्रतम् ।
श्रुत्वेति तद्वाक्यमतिप्रसन्नाः
प्रेमार्द्रचित्ता हरिमूचिरे ते ॥ ८८ ॥
म तिमीहरूको यस् कथा र कीर्तनबाट प्रसन्न छु । तिमीहरूको भक्तिभावले गर्दा मलाई आफ्नो वसमा पार्यौ त्यसैले म संग बर माग । भगवान्को यस्तो कुरा सुनेर सबै जना खुसी भएर प्रेममय चित्तले भन्नलागे ।।८८।।
(उपेंद्रवज्रा)
नगाहगाथासु च सर्वभक्तैः
एभिस्त्वया भाव्यमिति प्रयत्नात् ।
मनोरथोऽयं परिपूरनीयः
तथेति चोक्त्वान्तरधीयताच्युतः ॥ ८९ ॥
भगवान् हाम्रो यस्तो इच्छा छ कि भविष्यमा जहाँ जहाँ सप्ताहकथा हुन्छ, त्यहाँ त्यहाँ हजूर आफ्ना पार्षदहरू सहित भएर अवस्य पाल्नुहोला ।। हाम्रो यो मनोरथ पुरा गरिदिनुहोस् । अनि भगवान्ले तथास्तु भनेर अन्तर्धान हुनुभयो ॥८९॥
(वंशस्थ)
ततोऽनमत्तत् चरणेषु नारदः
तथा शुकादीनपि तापसांश्च ।
अथ प्रहृष्टाः परिनष्टमोहाः
सर्व ययुः पीतकथामृतास्ते ॥ ९० ॥
यसपछि नारदजीले भगवान् तथा वहाँका पाषदहरूको पाउलाई लक्ष गरेर प्रणाम गर्नुभयो र सुकदेव आदि तपस्वीहरूलाई नमस्कार गर्नुभयो । कथामृत पान गर्नाले सबैजना आनन्दित भए । उनीहरूको सबै मोह नष्ट भयो अनि सबैजना आफ्ना आफ्नाठाँउमा गए ॥ ९० ॥
(इंद्रवज्रा)
भक्तिः सुताभ्यां सह रक्षिता सा
शास्त्रे स्वकीयेऽपि तदा शुकेन ।
अतो हरिर्भागवतस्य सेवनात्
चित्तं समायाति हि वैष्णवानाम् ॥ ९१ ॥
यसै समयमा सुकदेजीले भक्ति र उनका छोराहरू सहितलाई आफ्नो शास्त्रमा स्थापित गर्नुभयो । यसैले भागवत्को सेवन गर्नाले श्रीहरि आफ्नो हृदयमा आएर बस्नुहुन्छ ।।९१।।
दारिद्र्यदुःखज्वरदाहितानां
मायापिशाचीपरिमर्दितानाम्
संसारसिन्धौ परिपातितानां
क्षेमाय वै भागवतं प्रगर्जति ॥ ९२ ॥
जो ब्यक्ति दुःख र दरिद्ररूप ज्वालाले जलेकाछन्, जसलाई मायारूप पिशाचिनीले बाँधेको छ तथा संसार समुद्रमा डुबेकाछन् उनीहरूको कल्याण गर्नका लागि भागवत सिंहनाद गरेर गर्जिरहेको छ ।। ९२ ।।
शौनक उवाच–
(अनुष्टुप्)
शुकेनोक्तं कदा राज्ञे गोकर्णेन कदा पुनः ।
सुरर्षये कदा ब्राह्मैः छिन्धि मे संशयं त्विमम् ॥ ९३ ॥
शौकजी सोधछन् –
सूतजी! सुकदेवजीले राजालाई, गोकर्णले धुन्धुकारीलाई र सनकादिहरूले नारदजीलाई कुनु कुन समयमा यो कथा सुनाएका थिए । मेरो संका मेटाई दिनुहोस् ॥ ९३ ॥
सूत उवाच –
आकृष्णनिर्गमात् त्रिंशत् वर्षाधिकगते कलौ ।
नवमीतो नभस्ये च कथारंभं शुकोऽकरोत् ॥ ९४ ॥
सूतजी भन्दछन् –
भगवान् श्रीकृष्णले स्वधाम गमन गर्नु भएपछि कलियुगको तीस वर्ष भन्दा केहि अगाडि भाद्र महिनाको शूक्लपक्ष नवमीमा सुकदेवजीले यो कथा आरम्भ गर्नु भएका थियो ॥ ९४ ॥
परीक्षित् श्रवणान्ते च कलौ वर्षशतद्वये ।
शुद्धे शुचौ नवम्यां च धेनुजोऽकथयत्कथाम् ॥ ९५ ॥
राजा परीक्षितले कथा सुनेपछि कलियुगको दुई सयबर्ष वितेपछि आषाढ महिनाको नवमीमा गोकर्णले धुन्धुकारीलाई यो कथा सुनाएकाथिए ।। ९५ ।।
तस्मादपि कलौ प्राप्ते त्रिंशत् वर्षगते सति ।
ऊचुरूर्जे सिते पक्षे नवम्यां ब्रह्मणः सुताः ॥ ९६ ॥
त्यसपछि कलियुगको तीसवर्ष अरु वितेपछि कार्तिक शूक्लनवमीबाट सनकादिले कथा आरंभ गरेका थिए ।।९६।।
इत्येत्तते समाख्यातं यत्पृष्टोऽहं त्वयानघ ।
कलौ भागवती वार्ता भवरोगविनाशिनी ॥ ९७ ॥
निष्पाप शौनकजी१ तपाईले जुन कुरा सोध्नुभयो मैलै सबै कुराको उत्तर दिएं । यस कलियुगमा भागवत्को कथा भवरोगका लागि रामवाण औषधि हो ।।९७ ।।
(वसंततिलका)
कृष्णप्रियं सकलकल्मषनाशनं च
मुक्त्येकहेतुमिह भक्तिविलासकारि
सन्तः कथानकमिदं पिबतादरेण
हि तीर्थपरिशीलनसेवया किम् ॥ ९८ ॥
सन्तवर्गहरू १ तपाईहरूले आदरपूर्वक यस कथाको पान गर्नुहोस् । यो कथा श्रीकृष्णको अत्यन्त प्यारो सम्पूर्ण पापलाई नाशगर्ने मुक्तिको एकमात्र कारण र भक्तिलाई बढाउने साधन हो । संन्सारमा अन्य कल्याणकारि साधनको विचार अथवा तीर्थ गर्नाले के हुन्छ रु।।९८।।
(अपरवक्त्र)
स्वपुरुषमपि वीक्ष्य पाशहस्तं
वदति यमः किल तस्य कर्णमूले ।
परिहर भगवत्कथासु मत्तान्
प्रभुरहमन्युनृणां न वैष्णवानाम् ॥ ९९ ॥
हातमा कालपाश लिएका आफ्ना दूतलाइ देखेर यमराज उनीहरूको कानमा भन्छन् हेर १ जो भगवान्को कथामा मत्त भएका हुन्छन् उनीहरूबाट टाढै रहनु । मसंग अरुलाई दण्ड दिने शक्ति छ तर भगवान्को कथा पान गर्ने वैष्णवहरूलाइ छैन ।।९९।।
(शिखरिणी)
असारे संसारे विषयविषसङ्गाकुलधियः
क्षणार्धं क्षेमार्थं पिबत शुकगाथातुलसुधाम् ।
किमर्थं व्यर्थं भो व्रजथ कुपथे कुत्सितकथे
परीक्षित्साक्षी यत् श्रवणगतमुक्त्युक्तिकथने ॥ १०० ॥
यस आसार संसारमा विषयरूप विषको आशक्तिका कारण ब्याकुल भएको बुध्दिवाला मानिस, यो सुकरूप अनुपम सुधाकोपान गर । प्यारा भक्तहरू १ निन्दित कथाहरूले भरिएको कुवाटोमा किन भौतरिरहेका छौ रु यो कथा कानमा पस्नासाथ मुक्त भइन्छ यसकुराको साक्षि राजा परीक्षित छन् ।।१००।।
(अनुष्टुप्)
रसप्रवाहसंस्थेन श्रीशुकेनेरिता कथा ।
कण्ठे संबध्यते येन स वैकुण्ठप्रभुर्भवेत् ॥ १०१ ॥
श्री सुकदेजीले प्रेमरस प्रबाहमा स्थित भएर यो कथा भन्नुभएको हो । यस कथाको जसको कण्ठिमा सम्वन्ध हुन जान्छ उ बैकुण्ठको स्वामी वन्दछ ।।१०१।।
(मालिनी)
इति च परमगुह्यं सर्वसिद्धान्तसिद्धं
सपदि निगदितं ते शास्त्रपुञ्जं विलोक्य ।
जगति शुककथातो निर्मलं नास्ति किञ्चित्
पिब परसुखहेतोर्द्वादशस्कन्धसारम् ॥ १०२ ॥
शौनकजी१ मैले अनेक शास्त्रलाई देखेर तपार्ईलाई यो परमगोप्य रहस्यको बारे अहिले सुनाएं । सब शास्त्रहरूको सिध्दान्तको निचोड यहि हो । संसारमा यो सुकशास्त्र भन्दा पवित्र कुरा अरु छैन । त्यसैले तपार्ईहरू परमानन्दको प्राप्तिका लागि यो द्वादसस्कन्धरूप रसको पान गर्नुहोस ।।१०२।।
(प्रहर्षिणी)
एतां यो नियततया श्रृणोति भक्त्या
यश्चैनां कथयति शुद्धवैष्णवाग्रे ।
तौ सम्यक् विधिकरणात्फलं लभेते
याथार्थ्यान्न हि भुवने किमप्यसाध्यम् ॥ १०३ ॥
जो पुरुष नियमपूर्वक यो कथाको भक्तिभावले सुन्दछ र भक्तहरूलाई सुनाउछ यी दुवै विधिको पुरारूपमा पालना गर्दछ, उसले यथार्थ फल पाँउछ । उस्कालागि तीनै लोकमा असाध्य भन्ने कुरा हुदैन ।। १०३ ।।
इति श्रीपद्मपुराणे उत्तरखण्डे श्रीमद्भागवतमाहात्म्ये
श्रवणविधिकथनं नाम षष्टोऽध्यायः ॥ ६ ॥
हरिः ॐ तत्सत् श्रीकृष्णार्पणमस्तु ॥