नारदसनकादिसमागमः, नारदकर्तृकं भक्तिज्ञानवैराग्य वृत्तान्तनिवेदनं
च -
(अनुष्टुप्)
सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे।
तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुम: ॥ १ ॥
सच्चिदानन्दस्वरूप भगवान्
श्रीकृष्णलाई हामी नमस्कार गर्दछौं जसले जगतको उत्पत्ति, स्थिति र विनाशका कारण आध्यात्मिक, आधिदैविक र आधिभौतिक तीनै प्रकारका तापलाई विनाश
गर्नुहुन्छ ।। १ ।।
(वसंततिलका)
यं प्रव्रजन्तमनुपेतमपेतकृत्यं
द्वैपायनो विरहकातर आजुहाव ।
पुत्रेति तन्मयतया तववोऽभिनेदुः
तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि ॥ २ ॥
जुनबखत् शुकदेवजीको यज्ञोपवित
संस्कार पनि भएको थिएन तथा लौकिक, वैदिक कर्मको अनुष्ठानको अवसर पनि आएको थिएन त्यस वेला सब
प्रकारको कर्मलाई त्यागेर वहाँ एक्लै वनतिर लाग्नु भएको देखेर उनका पिता महर्षि
व्यासजी पुत्र विरहले व्याकुल हँदै ए छोरा! ए छोरा! तिमी कहाँजान लागिरहेका छौ
भनेर पुकार्नु भयो । त्यति बेला शुकदेवजीको तर्फबाट त्यहाँ भएका रुख बृक्षहरूले उत्तर दिए । यस्ता सर्वभूत
हृदयस्वरूप महामुनि श्रीशुकदेवलाई म नमस्कार गर्दछु ।। २ ।।
(अनुष्टुप्)
नैमिषे सूतं आसीनं अभिवाद्य
महामतिम् ।
कथामृत रसास्वाद कुशलः
शौनकोऽब्रवीत् ॥ ३ ॥
एकपटक नैमिषारण्यक्षेत्रमा
व्यासासनमा विराजमान भएका महामुनि सूतजीलाई नमस्कार गर्दै कथाको रसास्वादन गर्नमा
कुशल शौनक मुनिले सोधे ।।३।।
शौनक उवाच–
अज्ञानध्वान्तविध्वंस
कोटिसूर्यसमप्रभ ।
सूताख्याहि कथासारं मम
कर्णरसायनम् ॥ ४ ॥
अज्ञानरूप अन्धकारलाई नाश
गर्नकालागि कराडौ सूर्य समान तेज भएका हे सूतजी मेरो कानलाई पवित्र गराउने
अमृतससमान सारगर्भित कथा सुनाउनुहोस् ।। ४ ।।
भक्तिज्ञानविरागाप्तो विवेको
वर्धते महान् ।
मायामोहनिरासश्च वैष्णवैः
क्रियते कथम् ॥ ५ ॥
भक्ति, ज्ञान र वैरज्ञले प्राप्त हुने महान विवेकको
बृध्दि कसरी हुन्छ र वैष्णवहरूले यो मायाजनित मोहबाट कसरी छुट्कारा पाउन सक्छन ।।
५ ।।
इह घोरे कलौ प्रायो
जीवश्चासुरतां गतः ।
क्लेशाक्रान्तस्य तस्यैव शोधने
किं परायणम् ॥ ६ ॥
यो घोर
कलिकालमा जीवहरू प्राय आशुरी स्वभावका हुन्छन् । यसैले गर्दा विभिन्न किसिमको
आपत्तिले आक्रान्त भएका जीवलाई शुध्द वनाउने उपाय के हो सो बारेमा बताउनुहोस् । ।।
६ ।।
श्रेयसां यद् भवेत् श्रेयः
पावनानां च पावनम् ।
कृष्णप्राप्तिकरं शश्वत् साधनं
तद्वदाधुना ॥ ७ ॥
हे सूतजी तपाई हामीलाई यस्तो
शास्वत साधन बताउनु होस् जुन कल्याणकारी र पबित्र भन्दा पनि पबित्र छ । जुन
कारणबाट श्रीकृष्णलाई प्राप्त गर्न सकियोस् ।। ७ ।।
चिन्तामणिर्लोकसुखं सुरद्रुः
स्वर्गसंपदम् ।
प्रयच्छति गुरुः प्रीतो
वैकुण्ठं योगिदुर्लभम् ॥ ८ ॥
चिन्तामणिले केवल लौकिक सुख
दिन सक्तछ र इन्द्रले धेरै भन्दा धेरै स्वर्गिय सम्पत्ति दिन सक्तछन् । तर गुरुदेव
प्रसन्न हुनुभयो भने ता योगीहरूलाई पनि दुर्लभ हुने भगवान्को नित्य वैकुण्ठ धाम
दिन सक्नुहुन्छ ।। ८ ।।
सूत उवाच –
प्रीतिः शौनक चित्ते ते ह्यतो
वच्मि विचार्य च ।
सर्वसिद्धान्त निष्पन्नं
संसारभयनाशनम् ॥ ९ ॥
सूतजी भन्छन्–
हे शौनकजी ! तिम्रो हृदयमा
भगवन्प्रति प्रेम छ त्यसैले विचार गरेर सम्पूर्ण सिध्दान्तको निष्कर्ष सुनाउछु
जसले जन्म मृत्युको भयलाई नास गर्दछ ।। ९ ।।
भक्त्योघवर्धनं यच्च
कृष्णसंतोषहेतुकम् ।
तदहं तेऽभिधास्यामि सावधानतया
श्रृणु ॥ १० ॥
जसले भक्तिको प्रभावलाई
बढाउदछ र भगवान् श्रीकृष्ण्को प्रसन्ताको कारण पनि छ, त्यहीं साधन म बताउछु, सावधान भएर सुन ।। १० ।।
कालव्यालमुखाग्रास
त्रासनिर्णाशहेतवे ।
श्रीमद्भागवतं शास्त्रं कलौ
कीरेण भाषितम् ॥ ११ ॥
कलियुगका जीवलाई कालरूप
सर्पको आहारा वन्ने भयबाट छुटकारा दिलाउनको लागि श्रीमद्भागवत नाम गरेको शास्त्र
भन्नुभएको छ ।। ११ ।।
एतस्माद् अपरं किंचिद्
मनःशुद्ध्यै न विद्यते ।
जन्मान्तरे भवेत् पुण्यं तदा
भागवतं लभेत् ॥ १२ ॥
त्यसकारण मन सुध्दिका निम्ति
यो भन्दा उत्तम साधन अरु कुनै छैन । जव जन्म–जन्मान्तरको पुण्यको उदय हुन्छ तव मात्र मानिसले
भागवतशास्त्र श्रवण गर्ने अवसर प्राप्त गर्दछ ।। १२ ।।
परीक्षिते कथां वक्तुं सभायां
संस्थिते शुके ।
सुधाकुंभं गृहीत्वैव
देवास्तत्र समागमन् ॥ १३ ॥
जव परीक्षित महाराजलाई कथा
सुनाउनका लागि सूतजी महाराज विराजमान हुनुभएको थियो, त्यस वेला अमृतको कलश लिएर देवताहरू त्यहाँ आए ।।१३।।
शुकं नत्वावदन् सर्वे
स्वकार्यकुशलाः सुराः ।
कथासुधां प्रयच्छस्व गृहीत्वैव
सुधां इमाम् ॥ १४ ॥
देवताहरू आफ्नो कार्य पुरा
गर्न बढो कुशल हुन्छन्, यहाँ पनि उनीहरूले सुकदेवजीलाई नमस्कार गरेर
भन्नलागे “तपाई यो अमृत लिएर कथारूप अमृत हामीलाई दिनुहोस्” ।।१४।।
एवं विनिमये जाते सुधा राज्ञा
प्रपीयताम् ।
प्रपास्यामो वयं सर्वे
श्रीमद्भागवतामृतम् ॥ १५ ॥
यस प्रकारसाटा साट गरेर
राजाले अमृत पान गरुन र हामी सबैले श्रीमद् भागवदत कथामृत पान गदैछौं ।।१५ ।।
क्व सुधा क्व कथा लोके क्व
काचः क्व मणिर्महान् ।
ब्रह्मरातो विचार्यैवं तदा
देवाञ्जहास ह ॥ १६ ॥
अहो यो संसारमा कहाँकथा!
कहाँमहाँमुल्य अमृत! कहाँकाँच! र कहाँमहामूल्य मणि! यस्तो विचार गरेर सूकदेवजीले
देवताहरूको कुरालाई हाँसोमा उडाउनभयो ।। १७ ।।
अभक्तान् तांश्च विज्ञाय न ददौ
स कथामृतम् ।
श्रीमद्भागवती वार्ता सुराणां
अपि दुर्लभा ॥ १७ ॥
देवताहरूमा राजाको जस्तो
भक्ति नदेखेर उनीहरूलाई कथामृत पान गराउनु भएन । त्यसैले यस्तो श्रीमद्भागवत्कथा
देवताहरूलाइ पनि दुर्लभ छ ।।१७ ।।
राज्ञो मोक्षं तथा वीक्ष्य
पुरा धातापि विस्मितः ।
सत्यलोक तुलां बद्ध्वा तोलयत्
साधनान्यजः ॥१८॥
भागवतकथा श्रवणका कारण राजा
परीक्षितको मोक्षप्राप्त भएको देखेर ब्रम्हाजी बडो आश्चर्यमा पर्नुभयो । सत्यलोकमा
तराजु बाधेर सब शास्त्रहरूको तौल गर्नुभयो ।।१७ ।।
लघून्यन्यानि जातानि गौरवेण
इदं महत् ।
तदा ऋषिगणाः सर्वे विस्मयं
परमं ययुः ॥ १९ ॥
अरु सबै साधनहरू शास्त्रहरू
तौलमा हलुको हुनगए तर आफ्नो महत्वको कारण भागवत सबैभन्दा भारी देखियो । यो देखेर
सबै ऋषिहरू आश्चर्यमा परे ।। १९ ।।
मेनिरे भगवद्रूपं शास्त्रं
भागवतं कलौ ।
पठनात् श्रवणात् सद्यो
वैकुण्ठफलदायकम् ॥ २० ॥
यसै कारणले गर्दा ऋषिहरूले
कलिकालका जीवहरूका लागि साक्षात भागवानको रूप भागवतशास्त्रको अध्ययन र मनन बाटै
मोक्ष मिल्दछ भन्ने निर्णय गरे ।। २० ।।
सप्ताहेन श्रुतं चैतत् सर्वथा
मुक्तिदायकम् ।
सनकाद्यैः पुरा प्रोक्तं नारदाय
दयापरैः ॥ २१ ॥
सप्ताह विधिले श्रवण गरेमा
निश्चय नै मुक्तिप्रदान गर्नेछ । पूर्वकालमा सनकादिहरूले नारद ऋषिलाई सप्ताह
विधिले सुनाएका थिए ।।२१
यद्यपि ब्रह्मसंबंधात्
श्रुतमेतत् सुरर्षिणा ।
सप्ताहश्रवणविधिः कुमारैस्तस्य
भाषितः ॥ २२ ॥
यद्यपि देवर्षिले ब्रम्हाजी
बाट पहिल्यै यो भागवत श्रवण गरिसकेका थिए तर सप्ताह विधिले भने सनकादि कुमारहरूले
सुनाउनु भएको हो ।।२२।।
शौनक उवाच–
लोकविग्रहमुक्तस्य
नारदस्यास्थिरस्य च ।
विधिश्रवे कुतः प्रीतिः संयोगः
कुत्र तैः सह ॥ २३ ॥
शौनकजीले सोधे –
सांसारिक वन्धनबाट टाढै रहने
र स्थिर पनि नरहने नारदजीको कुमारहरू संग कसरी भेटभयो र कथा श्रवणमा प्रेम कसरी
रह्यो ।।२३।।
सूत उवाच –
अत्र ते कीर्तयिष्यामि
भक्तियुक्तं कथानकम् ।
शुकेन मम यत्प्रोक्तं रहः
शिष्यं विचार्य च ॥ २४ ॥
सूतजीले भन्नुभयो–
अव म तपार्ईलार्ई यस विषयमा भक्तिपूर्ण कथा सुनाउछु मलाई पनि सुकदेवजीले आफ्नो अनन्य शिष्य ठानेर यसको रहस्यको बारेमा बताउनु भएको हो ।
एकदा हि विशालायां चत्वार
ऋषयोऽमलाः ।
सत्सङ्गार्थं समायाता
ददृशुस्तत्र नारदम् ॥ २५ ॥
एक पटक बद्रि विशालपुरीमा
पवित्र मन भएका चारजना ऋषिहरू संत्सगका लागि आएका बखत अनीहरूले नारदजीलाई देखे ।
कुमाराः ऊचुः –
कथं ब्रह्मन् दीनमुखं
कुतश्चिन्तातुरो भवान् ।
त्वरितं गम्यते कुत्र
कुतश्चागमनं तव ॥ २६ ॥
सनकादिले सोधे–
ब्रम्हन् तपार्ईको अनुहार किन
खिन्न देखिन्छ ? तपार्ईलाई के चिन्ता पर्यो ? कताबाट पाल्नु भएको हो ? अनि कता जान लाग्नुभएको हो ?।।२६।।
इदानीं शून्यचित्तोऽसि
गतवित्तो यथा जनः ।
तवेदं मुक्तसङ्गस्य नोचितं वद
कारणम् ॥ २७ ॥
यतिखेर तपाई धन लुटिएको
ब्यक्तिको जस्तै आकुल व्याकुल देखिनुहुन्छ । तपाई जस्तो विरक्तिका लागि यसो हुनु
नपर्ने हो । त्यसैले यसको कारण के हो बताउनुहोस् ।
नारद उवाच –
अहं तु पृथिवीं यातो ज्ञात्वा
सर्वोत्तममिति ।
पुष्करं च प्रयागं च काशीं
गोदावरीं तथा ॥ २८ ॥
नारदजीले भने–
म पृथ्वीलाई सर्वौत्तम मानेर
यहाँ आएको थिए । यहाँ पुष्कर, प्रयाग, काशी, र गोदावरी त्यस्तै ।
हरिक्षेत्रं कुरुक्षेत्रं
श्रीरङ्गं सेतुबन्धनम् ।
एवमादिषु तीर्थेषु भ्रममाण
इतस्ततः ॥ २९ ॥
हरिद्वार, कुरुक्षेत्र, श्रीरङ्ग र सेतुवनधन आदि तिर्थहरूमा यताउति घुम्दै हिडें
।२९।।
नापश्यं कुत्रचित् शर्म
मनस्संतोषकारकम् ।
कलिनाधर्ममित्रेण धरेयं
बाधिताधुना ॥ ३० ॥
तर कतै पनि मनलाई सन्तोष दिने
ठाँउ भेटिन । यस समयमा पृथ्वीलाई अधर्मको सहायक कलिले सताई रहेको छ । पीडित
गरिरहेको छ ।।३०।।
सत्यं नास्ति तपः शौचं दया
दानं न विद्यते ।
उदरंभरिणो जीवा वराकाः
कूटभाषिणः ॥ ३१ ॥
यहि कारणले गर्दा अहिले यहाँ
सत्य, तप, शौच, दया र दान भन्नेकुरा केहि छैन । सबै जीव आफ्नो
पेट पाल्नका लागि मात्र उद्यत छन् ।।३१।।
मन्दाः सुमन्दमतयो मन्दभाग्या
हि उपद्रुताः ।
पाखण्डनिरताः संतो विरक्ताः
सपरिग्रहाः ॥ ३२ ॥
सबै जीवहरू असत्य, अल्छी र भाग्यहिन भएका छन र अनेक प्रकारका
आपत्तिले घेरिएका छन् । जो सन्तहरू छन्, ती ता झन पाखण्डी जस्ता देखिन्छन् । बिरक्तीहरू समेत
परिवारमा आश्रित छन् ।।३२।।
तरुणीप्रभुता गेहे श्यालको
बुद्धिदायकः ।
कन्याविक्रयिणो लोभाद्
दंपतीनां च कल्कनम् ॥ ३३ ॥
घरमा आईमाईको राज चलेको छ ।
साला जेठानहरू आएर बुध्दि दिने भएका छन् । आर्थिक लोभका कारण आफ्ना छोरीहरू विक्रि
गर्दछन भने श्रीमान् श्रीमती विचमा झै झगडा भईरहनेछ ।।३३।।
आश्रमा यवनै रुद्धाः तीर्थानि
सरितस्तथा ।
देवतायतनान्यत्र दुष्टैः
नष्टानि भूरिशः ॥ ३४ ॥
सन्त महात्माहरूको आश्रममा
दुष्ट यवनहरूले आफ्नो अधिकार क्षेत्र वनाएका छन् । दुष्टहरूले देवालय मठमन्दिरहरू
नष्ट गरिरहेका छन् ।।३४।।
न योगी नैव सिद्धो वा न ज्ञानी
सत्क्रियो नरः ।
कलिदावानलेनाद्य साधनं भस्मतां
गतम् ॥ ३५ ॥
अहिले न सत्कर्म गर्ने
योगीहरू छन, न सिध्द न ज्ञानीहरू नै छन् । कलिरूपदवानलले
डढेर योग, तपस्या आदि सबै भष्म भएछ ।
अट्टशूला जनपदाः शिवशूला
द्विजातयः ।
कामिन्यः केशशूलिन्यः संभवन्ति
कलौ इह ॥ ३६ ॥
देशवासीहरू बजारमा अन्न बेच्न
लागेका छन् । ब्रह्मणहरू पैसाका लागि वेद पढाउछन् । स्त्रीहरू वेश्याबृत्तिमा
लागेर जीवन निर्वाह गर्न लागेका छन् ।।३६।।
एवं पश्यन् कलेर्दोषान्
पर्यटन् अवनीं अहम् ।
यामुनं तटमापन्नो यत्र लीला
हरेरभूत् ॥ ३७ ॥
यस्ता किसिमका कलिका दोशहरू
हेर्दै, भ्रमण गर्दा म यमुनाजीको तीरमा आइपुगें जहाँ
भगवान्का लीला कथाहरू भएका थिए ।।३७।।
तत्राश्चर्यं मया दृष्टं
श्रूयतां तन्मुनीश्वराः ।
एका तु तरुणी तत्र निषण्णा
खिन्नमानसा ॥ ३८ ॥
हे मुनीश्वरहरू हो त्यहाँ
मैले एउटा आश्चर्य लाग्दो अनौठो कुरा देखें सो बारेमा तपाईहरूलाई बताउँदछु
सन्नुहोस् । त्यहाँ एउटी तरुणी स्त्री खिन्न मन लागएर बसिरहेकी थिई ।।३९।।
वृद्धौ द्वौ पतितौ पार्श्वे
निःश्वसन्तौ अचेतनौ ।
शुश्रूषन्ती प्रबोधन्ती रुदती
च तयोः पुरः ॥ ३९ ॥
उनको नजिकमा दुईजना
बृध्दपुरुष अचेत अवस्थामा परेर लामो लामो सास फेरिरहेका थिए । ती स्त्री उनीहरूलाई
ब्युँताउन खोज्दथी त कहिले आफै रुन थाल्दथी ।।३९।।
दशदिक्षु निरीक्षन्ती
रक्षितारं निजं वपुः ।
वीज्यमाना शतस्त्रीभिः
बोध्यमाना मुहुर्मुहुः ॥ ४० ॥
आफूलाई रक्षा गरीदिने कोही
आउछन् कि भनि दसै दिशातिर आँखा लगाउथी । उनको स्यहार सुसारका लागि सयौं स्त्रीहरू
अगाडि बसेर पंखा हंम्कने र सम्झाउने गर्दथे ।
दृष्ट्वा दुराद् गतः सोऽहं
कौतुकेन तदन्तिकम् ।
मां दृष्ट्वा चोत्थिता बाला
विह्वला चाब्रवीद् वचः ॥ ४१ ॥
मैले टाढैबाट त्यो दृष्य
देखेकोले कौतुहल जागेर आयो अनि तिनी नजिक गएं । मलाई देखेर ती स्त्रीले देखि उठेर
बिलौना गर्दै भन्न लागी ।।४१।।
बालोवाच –
भो भोः साधो क्षणं तिष्ठ मच्चिन्तामपि
नाशय ।
दर्शनं तव लोकस्य सर्वथाघहरं
परम् ॥ ४२ ॥
युवतीले भनिन्—
हे साधु! एकछिनको लागि भएपनि
रोकिनुस् र मेरो चिन्तालाई नाश गरिदिनुहोस् किनकि तपार्ई जस्ता साधुको दर्शनले
संसारको सबै प्रकारका पापलाई नाश गरिदिन्छन् ।।४२।।
बहुधा तव वाक्येन दुःखशान्तिर्भविष्यति
।
यदा भाग्यं भवेद् भूरि भवतो
दर्शनं तदा ॥ ४३ ॥
तपार्ईको थोरै बोलीले नै मेरो
दुःखमा केहि शान्ति हुनेछ । जव मानिसको भाग्यको उदय हुन्छ अनि मात्र तपार्ई जस्ता
साधुको दर्शन मिल्दछ ।
नारद उवाच –
कासि त्वं कौ इमौ चेमा नार्यः
काः पद्मलोचनाः ।
वद देवि सविस्तारं स्वस्य
दुःखस्य कारणम् ॥ ४४ ॥
नारदजी भन्नुहुन्छ –
त्यस पछि मैले ती स्त्रीलाई
सोधे देवि तिमी को हौ ? यी बृध्द पुरुषहरू को हुन् ? तिम्रा अगाडि खडा भएका यी कमलनयना देवि को हुन ? देवि ! तिम्रो दुःखको कारण के हो ? मलाई विस्तारपूर्वक बताउ । ४४।।
बालोवाच –
अहं भक्तिरिति ख्याता इमौ मे
तनयौ मतौ ।
ज्ञानवैराग्य नामानौ कालयोगेन
जर्जरौ ॥ ४५ ॥
युवतीले भनिन्–
मेरो नाम भक्ति हो । यी ज्ञान
र वैराग्य नाम गरेका यी दुई छोरा हुन् । समयको अन्तरले गर्दा छोराहरू बुढा भए
।।५५।।
गङ्गाद्या स्मरितश्चेमा
मत्सेवार्थं समागताः ।
तथापि न च मे श्रेयः सेवितायाः
सुरैरपि ॥ ४६ ॥
यी देवीहरु गङ्गाजी आदि नदी
हुन् । यिनीहरू सबै मेरै सेवाको लागि आएका हुन् । साक्षात देवताहरूबाट सेवा
हुँदापनि मलाई शाान्ति छैन ।।५६।।
इदानीं श्रुणु मद्वार्तां
सचित्तस्त्वं तपोधन ।
वार्ता मे वितताप्यस्ति तां
श्रुत्वा सुखमावह ॥ ४७ ॥
हे तपोधन अव म मेरो
बृत्तान्तको बारेमा बताउछु ध्यान दिएर सुन्नुहोस् । मेरो बारेमा सुनेर मलाई शान्ति
दिनुहोस् ।। ४७ ।।
उत्पन्ना द्रविडे साहं वृद्धिं
कर्नाटके गता ।
क्वचित् क्वचित् महाराष्ट्रे
गुर्जरे जीर्णतां गता ॥ ४८ ॥
म द्रविड देशमा जन्मेकी हुं ।
कर्णाटकमा हुर्कें बढें । महाराष्ट्र् मेरो खुवै इज्जत भयो । गुजरातमा पुग्दा
बुढ्यौलीले घेर्यो ।। ५८।।
तत्र घोर कलेर्योगात् पाखण्डैः
खण्डिताङ्गका ।
दुर्बलाहं चिरं याता
पुत्राभ्यां सह मन्दताम् ॥ ४९ ॥
त्यहाँं घोर कलिको प्रभावले
गर्दा पाखण्डीहरूले मेरो अङ्गभङ्ग गरिदिए । लामो समय सम्म यस्तो अवस्थामा रहनाले म
आफ्नो छोरा सहित दुर्वल र शक्तिहिन हुनगयें ।। ४९ ।।
वृन्दावनं पुनः प्राप्य नवीनेव
सुरूपिणी ।
जाताहं उवती सम्यक्
श्रेष्ठरूपा तु सांप्रतम् ॥ ५० ॥
जव म बृन्दावन आइपुगे फेरि
अत्यन्त परमसुन्दरी र नवयुवती जस्तो भएकी छु ।।५०।।
इमौ तु शयितौ अत्र सुतौ मे
क्लिश्यतः श्रमात् ।
इदं स्थानं परित्यज्य विदेशं
गम्यते मया ॥ ५१ ॥
तर मेरा अगाडि लडिरहेका
छोराहरू थकाईले गर्दा क्लेश भोगिरहेका छन अब म यो स्थान छोडेर बिदेशतिर जान
चाहन्छु ।। ५१ ।।
जरठत्वं समायातौ तेन दुःखेन
दुःखिता ।
साहं तु तरुणी कस्मात् सुतौ
वृद्धौ इमौ कुतः ॥ ५२ ॥
तर छोराहरूबुढा छन् म तरुणी
भएकी हुंदा दुःखित छु । म कसरी तरुणी भएं अनी छोराहरू बुढा किन भए ।।५२।।
प्रयाणां सहचारित्वात्
वैपरीत्यं कुतः स्थितम् ।
घटते जरठा माता तरुणौ तनयौ इति
॥ ५३ ॥
हामी तीनै जना संगै रहने हौं
फेरि आमा बुढी भएर छोराहरू तरुण हुनु पर्नेमा यो उल्टो कसरी भयो ।। ५३ ।।
अतः शोचामि चात्मानं
विस्मयाविष्टमानसा ।
वद योगनिधे धीमन् कारणं चात्र
किं भवेत् ॥ ५४ ॥
यसैले आश्चर्य चकित भएर आफ्नो
समस्याको बारेमा दुःखी भएकी छु । तपाई बुध्दिमान तथा योगनिधि हुनुहुन्छ यस्को कारण
के हो बताउनुहोस् ।। ५४।।
नारद उवाच –
ज्ञानेनात्मनि पश्यामि सर्वं
एतत् तवानघे ।
न विषादः त्वया कार्यो हरिः शं
ते करिष्यति ॥ ५५ ॥
नारदजीले भने—
हे अनघे! म मेरो हृदयमा ज्ञान
दृष्टिले तिम्रा सबै दुःखको बारेमा देख्दछु । अव तिमीले चिन्ता लिनु पर्दैन
श्रीहरिले तिम्रो कल्याण गर्नु हुनेछ ।। ५५।।
सूत उवाच –
क्षणमात्रेण तज्ज्ञात्वा
वाक्यं ऊचे मुनीश्वरः ॥ ५६ ॥
सूतजीले भने—
एक क्षणमै उनको कारण बारे
जानेर मुनिवर भन्छन् ।।५६।।
नारद उवाच –
श्रुणुषु अवहिता बाले योगोऽयं
दारुणा कलिः ।
तेन लुप्तः सदाचारो योगमार्गः
तपांसि च ॥ ५७ ॥
नारदजीले भने—
हे नानी! ध्यान दिएर सुन, यो भयंकर कलिकाल हो, यस समयमा सदाचार, योग, तप आदि हराएर गए ।।५७।।
जना अघासुरायन्ते
शाठ्यदुष्कर्मकारिणः ।
इह सन्तो विषीदन्ति
प्रहृष्यन्ति ह्यसाधवः ।
धत्ते धैर्यंतु यो धीमान् स
धीरः पण्डितोऽथवा ॥ ५८ ॥
मानिसहरू दुष्कर्ममा लागेर
असुर स्वभावका भएका छन । जताततै सन्त पुरुष दुखी भएकाछन् भने दुष्टहरू सुखी भएका
छन । यस समयमा जो बुध्दिमान पुरुष र्धर्य धारण गर्दछन् उनै पण्डित हुन् ।।५८।।
अस्पृश्यान् अवलोक्येयं
शेषभारकरी धरा ।
वर्षे वर्षे क्रमात् जाता
मंगलं नापि दृश्यते ॥५९॥
वर्सेनि
शेषजीका लागि पृथ्वी भार हुदै गएको छ । यस्तो प्रक्रिया बर्सेनि बढ्दै जानेछ ।
यहाँ बस्नको त के कुरा हेर्न पनि योग्य छैन मंगल कतै पनि देखिदैन ।।५९।।
न त्वामपि सुतैः साकं कोऽपि
पश्यति सांप्रतम् ।
उपेक्षितानुरागान्धैः
जर्जरत्वेन संस्थिता ॥६०॥
त्यसैले तिमी र तिम्रा
छोराहरू प्रति कसैले हेर्न मनै गर्दैनन। विषय राग अदिका कारण अन्धो वनेका जीवका
कारण तिमी जर्जर भएकी छ्यौ ।। ६० ।।
वृन्दावनस्य संयोगात्
पुनस्त्वं तरुणी नवा ।
धन्यं वृन्दावनं तेन भक्तिः
नृत्यति यत्र च
॥६१॥
अहिले वृन्दावनको संयोग भएका
कारण भर्खरकी तरुणी, भएकी छ्यौ । यो वृन्दावन धन्य छ जहा भक्ति
जताततै नाचिरहेकी हुन्छिन ।। ६१ ।।
अत्रेमौ ग्राहकाभावात् न
जरामपि मुञ्चतः ।
किञ्चित् आत्मसुखेनेह
प्रसुप्तिः मन्यतेऽन ॥६२॥
तर यी तिम्रा बुढा छोराहरूलाई
हेर्ने ग्राहकहरू कोहीछैनन । त्यसैले यिनीहरूको बुढ्यौली छुट्न सकेन । अहिले
अलिकति चैन भएकोले केहि शुखको अनुभव गरेकाछन् ।। ६२ ।।
भक्तिरुवाच –
कथं परीक्षिता राज्ञा स्थापितो
ह्यशुचिः कलिः ।
प्रवृत्ते तु कलौ सर्वसारः
कुत्र गतो महान् ॥ ६३ ॥
भक्तिले भनिन्-
महाराज परीक्षितले यो पापी
कलिलाई किन बस्न दिएका होलान् ? यो कलि आए पछि त सबै वस्तुहरूको सार कतातिर गयो ?।।६३ ।।
करुणापरेण हरिणापि अधर्म
कथमीक्ष्यते ।
इमं मे संशयं छिन्धि त्वद्वाचा
सुखितास्म्यहम् ॥ ६४ ॥
करुणमय श्रीहरिले यो अधर्मलाई
कसरी हेरेर बस्नु भएको होला । मेरो यो संसय हटाइदिनुहोस् । तपाईको वचन सुन्नाले
मलाई शान्ति मिलेको छ ।।६५।।
नारद उवाच –
यदि पृष्टस्त्वया बाले प्रेमतः
श्रवणं कुरु ।
सर्वं वक्ष्यामि ते भद्रे
कश्मलं ते गमिष्यति ॥ ६५ ॥
नारदजी भन्दछन् -
हे नानी! तिमी यस बारेमा
सोध्छ्यौ भने सबै कुरा बताउछु, पे्रम पूर्वक सुन । जुनकुरा सुनेर तिम्रा दुःखहरू हटने्छन्
।।६७।।
यदा मुकुन्दो भगवान् क्ष्मां
त्यक्त्वा स्वपदं गतः ।
तद्दिनात् कलिरायातः
सर्वसाधनबाधकः ॥ ६६ ॥
जुन दिन भगवान् श्रीकृष्ण यस
पृथ्वीलाई छाडेर आफनो धाममा सवारी भयो त्यस दिन देखि नै यो कलियुगले सबै वस्तु
हरूमा बाधा पुर्याउन थाल्यो ।।६७।।
दृष्टो दिग्विजये राज्ञा
दीनवत् शरणं गतः ।
न मया मारणीयोऽयं सारंग इव
सरभुक् ॥ ६७ ॥
दिग्विजयको समयमा राजा
परीक्षितले यसलाई देखेका हुन् तर मायाँ लाग्दोगरी शरणमा पर्न आएकोले भ्रमरको समान
सारग्राही राजाले मारेनन् ।।६७।।
यत्फलं नास्ति तपसा न योगेन
समाधिना ।
तत्फलं लभते सम्यक् कलौ
केशवकीर्तनात् ॥ ६८ ॥
जुनफल तपस्या गर्दा समेत
पाप्त हुदैन, योग समाधिमा पाइदैन, त्यो फल यो कलियुगमा श्रीहरिको कीर्तन गर्दा
यथेष्ट मात्रमा मिल्दछ ।। ६८।।
एकाकारं कलिं दृष्ट्वा
सारवत्सारनीरसम् ।
विष्णुरातः स्थापितवान्
कलिजानां सुखाय च ॥ ६९ ॥
सार हिन भएर पनि कलिमा यस्तो
सार वस्तु (गुण) भएको देखेर कलिकालका मानिसहरूको हितको लागि र सुखको लागि
परीक्षितले बस्न दिनुभयो ॥ ६९ ॥
कुकर्माचरनात्सारः सर्वतो
निर्गतोऽधुना ।
पदार्थाः संस्थिता भूमौ
बीजहीनास्तुषा यथा ॥ ७० ॥
मानिस कुकर्ममा लागेका कारण
सबै वस्तुको सार हराई सकेको छ र पृथ्वीको सारा पदार्थहरू गेडा नभएका भुस सरह भएका
छन् ।।७०।।
विप्रैर्भागवती वार्ता गेहे
गेहे जने जने ।
कारिता कणलोभेन कथासारस्ततो
गतः ॥ ७१ ॥
ब्राम्हणहरू धनको लोभमा परेर
घरघरमा र ब्यक्ति ब्यक्ति विच कथा सुनाउदछन् त्यसैले कथाको सार वस्तु हराई सकेको छ
।।७१।।
अत्युग्रभूरिकर्माणो नास्तिका
रौरवा जनाः ।
तेऽपि तिष्ठन्ति तीर्थेषु
तीर्थसारस्ततो गतः ॥ ७२ ॥
तीर्थमा अत्यन्त घोर पापादि
कर्म गर्ने नास्तिक र नारकी मानिषहरू बस्न थाले त्यसैले तीर्थको महिमा र महत्व पनि
हराउदै गएको छ ।।७२।।
कामक्रोध महालोभ
तृष्णाव्याकुलचेतसः ।
तेऽपि तिष्ठन्ति तपसि
तपःसारस्ततो गतः ॥ ७३ ॥
काम, क्रोध, लोभ, मोह र तृष्णाले सताइएका मानिस तपस्याको आडम्बर
गर्ने भएको हुँदा तपस्याको सार पनि हराइसकेको छ ।। ७३ ।।
मनसश्चाजयात् लोभाद् दंभात्
पाखण्डसंश्रयात् ।
शास्त्रान् अभ्यसनाच्चैव
ध्यानयोगफलं गतम् ॥ ७४ ॥
मन आफ्नो नियन्त्रणमा नहुँदा
लोभ, दंभ र पाखण्डहरूको संसर्गले शास्त्रहरूको अध्ययन
नगर्नाले ध्यान योगको फल पनि हराउदै गयो ।। ७४ ।।
पण्डितास्तु कलत्रेण रमन्ते
महिषा इव ।
पुत्रस्योत्पादने दक्षा अदक्षा
मुक्तिसाधने ॥ ७५ ॥
पण्डितहरू भैसीको जस्तै
स्त्रीमा रमण गर्ने र सन्तान उत्पादनमा मात्रै कुशल भएका हुनुहुन्छ, मुक्तिको साधनको बारेमा त केहि जान्नु हुदैन
।।७५ ।।
न हि वैष्णवता कुत्र
संप्रदायपुरःसरा ।
एवं प्रलयतां प्राप्तो
वस्तुसारः स्थले स्थले ॥ ७६ ॥
संप्रदाय अनुसार प्राप्त
वैश्णव धर्म कतै देख्न नसकिने भएको छ । यस प्रकारहरेक सब वस्तुको सारहरू हराउदै
गएको छ ।।७६।।
अयं तु युगधर्मो हि वर्तते
कस्य दूषणम् ।
अतस्तु पुण्डरीकाक्षः सहते
निकटे स्थितः ॥ ७७ ॥
यो त युगको धर्म नै हो यसमा
कसैको दोश छैन । भगवान् श्रीहरि नजिक रहेर पनि यसर्लाइ सहेर बस्नुभएको छ ।।७७।।
सूत उवाच –
इति तद्वचनं श्रुत्वा विस्मयं
परमं गता ।
भक्तिरूचे वचो भूयः श्रूयतां
तच्च शौनक ॥ ७८ ॥
सूतजीले भने—
शौनकजी! नारदजीको यस्तो
प्रकारको कुरा सुनेर भक्तिलाई बडो आश्चर्य लाग्यो । यसपछि भक्तिले भनेको कुरा सुन
।।७८।।
भक्तिरुवाच –
सुरर्षे त्वं हि धन्योऽसि
मद्भाग्येन समागतः ।
साधूनां दर्शनं लोके
सर्वसिद्धिकरं परम् ॥ ७९ ॥
भक्तिले भनिन्–
देवर्षि! तपाई धन्य हुनुहुन्छ
। मेरो सौभाग्यले आज यहाँ तपार्ई संग समागम भयो । संसारमा साधुहरूको दर्शनले
मात्रै पनि सबै कुराको सिध्दि प्राप्त हुनेछ ।। ७९।।
(मालिनी)
जयति जयति मायां यस्य कायाधवस्ते,
वचनरचनमेकं केवलं चाकलय्य ।
ध्रुवपदमपि यातो यत्कृपातो
ध्रुवोऽयं,
सकलकुशलपात्रं ब्रह्मपुत्रं नतास्मि ॥ ८० ॥
हे देवर्षि! तपार्ईले एकपटक
कधायुलाई उपदेश सुनाउदा उन्को गर्भमा रहेका प्रल्हादले माया माथि विजय गरेथे ।
तपार्ईकै कृपाले ध्रुवले ध्रुवपद प्राप्त गरे । तपाई साक्षात ब्रम्हाजीको छोरा
हुनुहुन्छ, तपाईलाई मेरो नमस्कार छ ।
इति श्रीपद्मपुराणे उत्तरखण्डे श्रीमद्भागवतमाहात्म्ये
भक्तिनारदसमागमो नाम प्रथमोऽध्यायः ॥ १ ॥