श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – दशमोऽध्यायः
(अनुष्टुप्)
राजोवाच–
कथ्यतां भगवन्नेतत्तयोः शापस्य कारणम् ।
यत्तद्विगर्हितं कर्म येन वा देवर्षेस्तमः ॥१॥
राजा परीक्षितले सोधे– हे प्रभु ! नलकुबर र मणिग्रीवले कस्तो निन्दित काम गरेका थिए ? जसका लागि शान्त स्वभाव भएका नारदजीले रिसाएर श्राप दिएका थिए ।।१।।
शुक उवाच–
रुद्रस्यानुचरौ भूत्वा सुदृप्तौ धनदात्मजौ ।
कैलासोपवने रम्ये मन्दाकिन्यां मदोत्कटौ ॥२॥
वारुणीं मदिरां पीत्वा मदाघूर्णितलोचनौ ।
स्त्रीजनैरनुगायद्भिश्चेरतुः पुष्पिते वने ॥३॥
श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! नलकुबर र मणिग्रीव – यी दुवै धनका मालिक कुबेरका प्रिय पुत्र थिए र भगवान रुद्रका अनुचर पनि थिए । उनीहरु धेरै अहंकारी र घमण्डि थिए । एक दिन उनीहरु कमल फूलले झपक्क भएको मंदाकिनी गंगाको किनारमा स्त्रीहरु संग बसेर गाउँन लागेका थिए ।।२–३।।
अन्तः प्रविश्य गङ्गायामम्भोजवनराजिनि ।
चिक्रीडतुर्युवतिभिर्गजाविव करेणुभिः ॥४॥
त्यो फुलै फूलले युक्त भएको गंगा भित्र पसेर यी नलकुबर र मणिग्रीव हात्तिले विहार गरेझैं युवतिसंग विहार गर्नलागे ।।४।।
यदृच्छया च देवर्षिर्भगवांस्तत्र कौरव ।
अपश्यन्नारदो देवौ क्षीबाणौ समबुध्यत ॥५॥
हे परीक्षित ! संयोगवश त्यहाँ देवर्षि नारदजी अइपुग्नु भयो । वहाँले ती यक्षकुमार नलकुबर र मणिग्रीव उन्मत्त भएर स्त्रीसंग विहार भएको देख्नुभयो ।।५।।
तं दृष्ट्वो व्रीडिता देव्यो विवस्त्राः शापशङ्किताः ।
वासांसि पर्यधुः शीघ्रं विवस्त्रौ नैव गुह्यकौ ॥६॥
देवर्षि नारदलाई देखेर वस्त्रविहीन भएर जलकृडा गरिरहेका स्त्रीहरु लज्जित भएर श्रापको डरले झटपट आफ्ने वस्त्र लगाए तर नग्न अवस्थामा रहेका ती यक्ष नलकुबर र मणिग्रीवले आफ्नो वस्त्र लगाएनन् ।।६।।
तौ दृष्ट्वाय मदिरामत्तौ श्रीमदान्धौ सुरात्मजौ ।
तयोरनुग्रहार्थाय शापं दास्यन्निदं जगौ ॥७॥
देवताका अंश कुवेरका पुत्र भएर पनि ती नलकुबर मणिग्रीवले धनका कारण अन्धो भएर मदिरा पिएर पागल भएको देखेर देवर्षि नारदजीले उनीहरुलाई कृपा गर्नका लागि श्राप दिदै भन्नुभयो– ।।७।।
नारद उवाच–
न ह्यन्यो जुषतो जोष्यान् बुद्धिभ्रंशो रजोगुणः ।
श्रीमदादाभिजात्यादिर्यत्र स्त्री द्यूतमासवः ॥८॥
नारदजीले भन्नुभयो– जसले इन्द्रियलाई तृप्त गराउनको लागि विषयमा फस्दछ भने उसको बुद्धिलाई नाश गर्ने धन सम्पत्ति नै नशा हो । धन सम्पत्तिको नशाले जसरी बुध्दि विवेक हराउँछ, त्यसरी नै पुण्य कर्म र कुलीनताको कारण हुदैन न रजोगुणका कारण नै हुन्छ निककि धनको घमण्डमा स्त्री, जुवा र मदिरा पनि रहेका हुन्छन् जसले बुध्दिलाई भ्रष्ट गदिन्छि ।।८।।
हन्यन्ते पशवो यत्र निर्दयैरजितात्मभिः ।
मन्यमानैरिमं देहमजरामृत्यु नश्वरम् ॥९॥
धन सम्पत्तिको मदमा परेर इन्द्रियको वशमा परेका पुरुषले नाशवान शरीरलाई अजर–अमर मानेर निर्दयी हुन्छन र त्यस्ता ब्यक्तिहरुले आफु समान शरीर भएका अरु प्राणिलाई मार्दछन् ।।९।।
देवसंज्ञितमप्यन्ते कृमिविड्भस्मसंज्ञितम् ।
भूतध्रुक् तत्कृते स्वार्थं किं वेद निरयो यतः ॥१०॥
यो शरीरलाई ‘भूदेव’, ‘नरदेव’, ‘देव’ आदि भनिएपछि मृत्युपछि कीरा, विष्ट र खरानि समान हुनेछन् । यस्तो शरीरका लागि अरु जीवित प्राणीहरूलाई धोका दिने र द्रोह गर्नेले आफ्नो कल्याणको बारेमा कसरी बुझ्दछ ? यसो गर्दा ऊ नर्क प्राप्त गर्दछ ।।१०।।
देहः किमन्नदातुः स्वं निषेक्तुर्मातुरेव च ।
मातुः पितुर्वा बलिनः क्रेतुरग्नेः शुनोऽपि वा ॥११॥
जुन शरीरमा मानिसको ममता बढ्छ वास्तवमा त्यो शरीर कस्को हो ? खाना खुवाउने र पालनपोषण गर्नेको हो कि गर्भाधान गर्ने पिताको हो कि ? नौ महिना गर्भमा राख्ने आमा हो कि ? अथवा बा–आमा जन्माउने हजुरबा–हजुरआमाको हो ? वा बल प्रयोग गरेर काम गराउने राजाको हो कि दाम तिरेर किन्ने क्रेताको हो ? अथवा मृत्यु पश्चात जलाउने आगोको हो । अथवा यसलाई च्यातेएर खाने आशामा रहेका कुकुर र स्यालको हो ? वास्तवमा शरीर कसको सम्पत्ति हो ? ।।११।।
एवं साधारणं देहमव्यक्तप्रभवाप्ययम् ।
को विद्वामात्मसात् कृत्वा हन्ति जन्तूनृतेऽसतः ॥१२॥
यो शरीर सामान्य हो । यो प्रकृतिबाट जन्मिन्छ र त्यसैमा विलीन हुन्छ । यस्तो साधारण शरीरलाई आफ्नो आत्मा झै मानेर यसको सुखका लागि मुर्ख बाहेक कुन विद्वानले प्राणीको ज्यान लिन्छ र ? ।।१२।।
असतः श्रीमदान्धस्य दारिद्र्यं परमञ्जनम् ।
आत्मौपम्येन भूतानि दरिद्रः परमीक्षते ॥१३॥
धनको मदले अन्धो भएका ब्यक्तिका लागि गरिवी नै आँखा बलियो पार्ने गाजल हो किनभने गरिबले सबैलाई आफु समान देख्छ कसैमा भेदभाव गर्दैन, हिसा गर्दैन ।।१३।।
यथा कण्टकविद्धाङ्गो जन्तोर्नेच्छति तां व्यथाम् ।
जीवसाम्यं गतो लिङ्गैर्न तथाविद्धकण्टकः ॥१४॥
जसको शरीरमा काँडा बिझेको हुन्छ उसले सबैको पीडा उस्तै हो भन्ने बुझ्दछ र अरुलाई कुनै हानी गर्न मन पराउँदैन । तर काँडा नबिझेको ब्यक्तिले अरुको दुखाई बुझ्न सक्तैन र अरुमा माथि दया पनि गर्दैन ।।१४।।
दरिद्रो निरहंस्तम्भो मुक्तः सर्वमदैरिह ।
कृच्छ्रं यदृच्छयाऽऽप्नोति तद्धि तस्य परं तपः ॥१५॥
संसारमा जो विद्या धन आदि मदबाट रहित भएको हुन्छ त्यस्ता गरीवको इन्द्रियले कुनै विषयको पनि उपभोग गर्न चाहदैन । जसको शरीर भोकले पातलो भइसकेको हुन्छ उसमा कुनै प्रकारको अहंकार दम्भ पनि हुदैन । प्रारब्धले प्राप्त भएको दुःखलाई नै तपस्या ठान्दछ ।।१५।।
नित्यं क्षुत्क्षामदेहस्य दरिद्रस्यान्नकाङ्क्षिणः ।
इन्द्रियाण्यनुशुष्यन्ति हिंसापि विनिवर्तते ॥१६॥
भोकका कारण शरीर दुव्लो भएकाले बाँच्न अन्नको चाहना गर्दैमा उसको शरीर सुक्दै जान्छ । उसको संगतका कारण हिंसा भन्ने कुरा पनि हराइसकेको हुन्छ ।।१६।।
दरिद्रस्यैव युज्यन्ते साधवः समदर्शिनः ।
सद्भिः क्षिणोति तं तर्षं तत आराद् विशुद्ध्यति ॥१७॥
उनीहरुले साधुहरुको संगत गरेका हुन्छन् जसका कारण तृष्णा पनि सदाका लागि त्यागि सकेका हुन्छन् । यसरी तृष्णाले रहित भएकाहरु छिटै सुध्द र योग्य हुन्छन् ।।१७।।
साधूनां समचित्तानां मुकुन्दचरणैषिणाम् ।
उपेक्ष्यैः किं धनस्तम्भैरसद्भिरसदाश्रयैः ॥१८॥
जो सदा भगवानको चरणको शरण परेका हुन्छन् उनका लागि सज्जनको उपेक्षा गर्ने र धन आदि मा आशक्त भएका दुष्टहरुको संगत नै किन चाहियो र ? ।।१८।।
तदहं मत्तयोर्माध्व्या वारुण्या श्रीमदान्धयोः ।
तमोमदं हरिष्यामि स्त्रैणयोरजितात्मनोः ॥१९॥
यी यक्षपुत्रहरु वारुणी र धनसम्पत्तिले मात्तिएर अन्धो बनेका छन् । अज्ञानताको नशाले इन्द्रियको वशमा परेर स्त्रीसंग कृडा गरिरहेका छन् । अब म यिनीहरुको घमण्ड तोड्ने छु ।।१९।।
यदिमौ लोकपालस्य पुत्रौ भूत्वा तमःप्लुतौ ।
न विवाससमात्मानं विजानीतः सुदुर्मदौ ॥२०॥
हेर, लोकपाल कुबेरको छोरा भएर पनि अज्ञानले मदोन्मत्त भईरहेकाछन् आफु पूर्ण नग्न छौँ भन्ने कुराको पनि यिनीहरुलाई थाहा छैन ।।२०।।
अतोऽर्हतः स्थावरतां स्यातां नैवं यथा पुनः ।
स्मृतिः स्यान्मत्प्रसादेन तत्रापि मदनुग्रहात् ॥२१॥
त्यसैले अहिले यी दुवै जना रुख हुन योग्य छौ । रुख योनि पाएपछि मेरा प्रेरणाले अहिलेको जस्तो हुने छैनन् । रुखयोनिमा गएर पनि मेरो कृपाले भगवानको सम्झना गर्नेछन् ।।२१।।
वासुदेवस्य सान्निध्यं लब्ध्वा दिव्यशरच्छते ।
वृत्ते स्वर्लोकतां भूयो लब्धभक्ती भविष्यतः ॥ २२ ॥
र मेरो कृपाले देवताहरूको दिव्य सय वर्ष पूरा भएपछि भगवान श्रीकृष्णको सानिध्य मिल्नेछ । भगवान्को दर्शन सानिध्य पश्चात परमात्माको परम प्रेम प्राप्त गरेर नलकुबर–मणिग्रीव शरीर प्राप्त गरेर आफ्नो लोकमा जानेछौ ।।२२।।
शुक उवाच–
एवमुक्त्वा स देवर्षिर्गतो नारायणाश्रमम् ।
नलकूबरमणिग्रीवावासतुर्यमलार्जुनौ ॥२३॥
श्रीशुकदेवजी भन्नुहुन्छ– देवर्षि नारदले यसरी श्राप दिएर भगवान नरनारायणको आश्रममा जानुभयो । नलकुबर र मणिग्रीव – दुवै मिलेर अर्जुन रुख बने र यमलार्जुन खरि वृक्ष नामले प्रसिद्ध भए ।।२३।।
ऋषेर्भागवतमुख्यस्य सत्यं कर्तुं वचो हरिः ।
जगाम शनकैस्तत्र यत्रास्तां यमलार्जुनौ ॥२४॥
भगवान श्रीकृष्णले आफ्नो परम भक्त देवर्षि नारदजीको वचन पूरा गर्न बिस्तारै ओखललाई तानेर यमलार्जुन रुख भएको ठाउँ तिर जानुभयो ।।२४।।
देवर्षिर्मे प्रियतमो यदिमौ धनदात्मजौ ।
तत्तथा साधयिष्यामि यद् गीतं तन्महात्मना ॥२५॥
भगवानले सोच्नुभयो कि देवर्षि नारद मेरा अति प्रिय हुन् र यी दुवै मेरा भक्त कुबेरका छोरा पनि हुन् । तसर्थ महात्मा नारदले जे भनेका छन्, म त्यही अनुसार उनीहरुलाई आफ्नो स्वरूप बनाइदिनेछु ।।२५।।
इत्यन्तरेणार्जुनयोः कृष्णस्तु यमयोर्ययौ ।
आत्मनिर्वेशमात्रेण तिर्यग्गतमुलूखलम् ॥२६॥
यस्तो सोचेर भगवान् कृष्ण दुई रुखको बीचमा प्रवेश गर्नु भयो । यसरी छिर्दा ओखल बांगीएर अड्कियो ।।२६।।
(वसंततिलका)
बालेन निष्कर्षयतान्वगुलूखलं तद्
दामोदरेण तरसोत्कलिताङ्घ्रिबन्धौ ।
निष्पेततुः परमविक्रमितातिवेप–
स्कन्धप्रवालविटपौ कृतचण्डशब्दौ ॥२७॥
दामोदर भगवान कृष्णले आफ्नो कम्मरमा बाँधिएको डोरीलाई अलि बल लगाएर तान्नुभयो यसरी तानेपछि त्यो खरिको रुखको जरा उखेलियो । बलका कारण रुखका हाँगा, आदि हल्लन थाल्यो र ठुलो आवाज सहित ती दुबै रुख भूइँमा ढले ।।२७।।
तत्र श्रिया परमया ककुभः स्फुरन्तौ
सिद्धावुपेत्य कुजयोरिव जातवेदाः ।
कृष्णं प्रणम्य शिरसाखिललोकनाथं
बद्धाञ्जली विरजसाविदमूचतुः स्म ॥२८॥
यसरी भूइँमा लडेका रूखहरूबाट आगोजस्तै उज्यालो दुई सिद्ध पुरुषहरू निस्किए । उनीहरुको शरीरको कान्तिले दिशाहरू चम्किलो भएर चम्किरहेको थियो । उनीहरु समस्त लोकका स्वामी भगवान् कृष्ण नजिक आएर उहाँको चरणमा शिर झुकाएर र हात जोडेर उहाँको स्तुति गर्दै भन्नलागे ।।२८।।
(अनुष्टुप्)
कृष्ण कृष्ण महायोगिंस्त्वमाद्यः पुरुषः परः ।
व्यक्ताव्यक्तमिदं विश्वं रूपं ते ब्राह्मणा विदुः ॥२९॥
उनीहरुले भने– हे कृष्ण हे महायोगी ! सबै जगतका आद्य कारण हजुरनै हुनुहुन्छ । यो ब्यक्ताब्यक्त सम्पूर्ण जगत हजुरकै रुप हो भनेर वेदहरु भन्दछन् ।।२९।।
त्वमेकः सर्वभूतानां देहास्वात्मेन्द्रियेश्वरः ।
त्वमेव कालो भगवान् विष्णुरव्यय ईश्वरः ॥३०॥
हजुर नै सबै प्राणीहरूको शरीर, अन्तःकरण र इन्द्रियहरूको मालिक हुनुहुन्छ । हजुर नै अव्यय र सबका नियामक ईश्वर हुनुहुन्छ ।।३०।।
त्वं महान् प्रकृतिः सूक्ष्मा रजःसत्त्वतमोमयी ।
त्वमेव पुरुषोऽध्यक्षः सर्वक्षेत्रविकारवित् ॥३१॥
हजुर नै सत्वगुण, रजो गुण र तमोगुणले युक्त प्रकृतिका रूपमा हुनुहुन्छ र त्यसको कार्य महतत्व पनि हजुरनै हुनुहुन्छ । हजुर नै इन्द्रियादिमा हुने विकारलाई जान्ने सर्वसाक्षी हुनुहुन्छ ।।३१।।
गृह्यमाणैस्त्वमग्राह्यो विकारैः प्राकृतैर्गुणैः ।
को न्विहार्हति विज्ञातुं प्राक्सिद्धं गुणसंवृतः ॥३२॥
सबै स्थूल र सूक्ष्म इन्द्रियादि कार्य रुपबाट हजुरलाई जान्न सकिदैन हजुर सृष्टि भन्दा पहिले नै प्रकाश स्वरुपले विद्यमान हुनुहुन्थ्यो । अतः देहादिरुपले हजुरलाई कस्ले जान्न सक्छ र ?।।३२।।
तस्मै तुभ्यं भगवते वासुदेवाय वेधसे ।
आत्मद्योतगुणैश्छन्नमहिम्ने ब्रह्मणे नमः ॥३३॥
सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता भगवान वासुदेवलाई हामी नमन गर्दछौं । हे प्रभु ! हजुरबाटै प्रकृतिका सत्वआदि गुण प्रकाशित हुन्छ । हजुरले आफ्ना गुणहरुले आफुलाई नै लुकाउनु भएको छ, यस्ता साक्षात परब्रह्मलाई नमस्कार गर्दछौं ।।३३।।
यस्यावतारा ज्ञायन्ते शरीरेष्वशरीरिणः ।
तैस्तैरतुल्यातिशयैर्वीर्यैर्देहिष्वसङ्गतैः ॥३४॥
हजुर प्राकृतिक शरीरबाट रहित हुनुहुन्छ तैपनि, जब हजुरले यस्ता कर्महरू देखाउनुहुन्छ, जुन साधारण मानिसको लागि सम्भव हुदैन । त्यो भन्दा बढिको त के कुरा भयो र त्यो बराबर पनि कसैले गर्न सक्देन । यस समयमा हजुरले ति पराक्रम द्वारा हजुरले अवतार लिनुभएको छ ।।३४।।
स भवान् सर्वलोकस्य भवाय विभवाय च ।
अवतीर्णोंऽशभागेन साम्प्रतं पतिराशिषाम् ॥३५॥
हे भगवान् हजुर धर्म अर्थ पुरुषार्थ र मोक्ष सबैका स्वामी हुनुहुन्छ । अहिले हजुरले लिनुभएको यो अवतार लोकको कल्याणका लागि हो ।।३५।।
नमः परमकल्याण नमः परममङ्गल ।
वासुदेवाय शान्ताय यदूनां पतये नमः ॥३६॥
हे परमकल्याण ! हे परम मंगलस्वरुप ! हजुरलाई नमस्कार छ । हे अत्यन्त शास्त स्वभाव भएका यदुपति ! हजुरलाई नमस्कार छ ।।३६।।
अनुजानीहि नौ भूमंस्तवानुचरकिङ्करौ ।
दर्शनं नौ भगवत ऋषेरासीदनुग्रहात् ॥३७॥
हे अनन्त ! हजुरका सेवक नारद हुनुहुन्छ भने हामी नारदका पनि सेवक हामी हजुरका दास हौं उनै नारदका कृपाले हामीले हजुरको दर्शन पाएकाछौं । अब हामीलाई बिदा दिनुहोस ।।३७।।
(वसंततिलका)
वाणी गुणानुकथने श्रवणौ कथायां
हस्तौ च कर्मसु मनस्तव पादयोर्नः ।
स्मृत्यां शिरस्तव निवासजगत्प्रणामे
दृष्टिः सतां दर्शनेऽस्तु भवत्तनूनाम् ॥३८॥
हे प्रभु ! हाम्रा वाणीहरूले हजुरका शुभ गुणहरू वर्णन गरिरहोस् । हाम्रो कान हजुरको रोचक कथामा व्यस्त रहोस् । हाम्रा हातहरू सत्कर्म र हजुरको सेवामा लागोस । हाम्रो मन हजुरको चरणकमलको स्मरणमा लागोस । हाम्रो सिर सारा जगतलाई प्रणाम गर्नमा प्रवृत्त रहोस । आँखा हजुरको सन्साररुपी सन्तहरूको दर्शनमा लागोस ।।३८।।
शुक उवाच–
(अनुष्टुप्)
इत्थं सङ्कीर्तितस्ताभ्यां भगवान् गोकुलेश्वरः ।
दाम्ना चोलूखले बद्धः प्रहसन्नाह गुह्यकौ ॥३९॥
श्री शुकदेवजी भन्नुहुन्छ– यसप्रकार ती नलकुबर र मणिग्रवले प्रार्थना गरेपछि ओखलमा डोरीले बाँधिएका भगवान्ले मुस्कुराउँदै भन्नुभयो ।।३९।।
श्रीभगवानुवाच–
ज्ञातं मम पुरैवैतद्ऋषिणा करुणात्मना ।
यच्छ्रीमदान्धयोर्वाग्भिर्विभ्रंशोऽनुग्रहः कृतः ॥४०॥
श्रीभगवानले भन्नुभयो– एैश्वर्य मदका कारण तिमीहरु अन्धो भएको बेलामा नारदले श्राप दिएर मेरो दर्शन गर्ने अवसर दिए, जुनकुरा मलाई पहिले नै थाहा थियो ।।४०।।
साधूनां समचित्तानां सुतरां मत्कृतात्मनाम् ।
दर्शनान्नो भवेद्बान्धः पुंसोऽक्ष्णोः सवितुर्यथा ॥४१॥
जसरी सूर्योदयपछि मानिसको आँखामा अन्धकार रहँदैन । त्यसैगरी ममा चित्त लगाएका साधुहरुमा समर्पित मानिसहरुले संसार बन्धनमा पर्नु पर्दैन ।।४१।।
तद् गच्छतं मत्परमौ नलकूबर सादनम् ।
सञ्जातो मयि भावो वामीप्सितः परमोऽभवः ॥४२॥
त्यसैले हे नलकुबर र मणिग्रीव ! तिमी दुवै मेरा भक्त बनेर आ–आफ्नो घरमा जाऊ । तिमीहरुले वांछित भक्ति प्राप्त गरेका छौ र सांसारिक चक्रबाट मुक्ति पनि मिलेको छ ।।४२।।
शुक उवाच–
इत्युक्तौ तौ परिक्रम्य प्रणम्य च पुनः पुनः ।
बद्धोलूखलमामन्त्र्य जग्मतुर्दिशमुत्तराम् ॥४३॥
श्री शुकदेवजी भन्नुहुन्छ – भगवानले यति भनेपछि ती दुबै नलकुबर र मणिग्रीवले ओखलमा बाधिनु भएका भगवान श्रीकृष्णलाई परिक्रमा गरेर वहाँको आदेश पाएर उत्तर दिशातिर लागे ।।४३।।
इति श्रीमद्भा्गवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे दशमोऽध्यायः ॥१०॥