श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – द्वाविंशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
हेमन्ते प्रथमे मासि नन्दव्रजकुमारिकाः ।
चेरुर्हविष्यं भुञ्जानाः कात्यायन्यर्चनव्रतम् ॥१॥
श्री शुकदेवजी भन्नुहुन्छ– परीक्षित ! अब शरद ऋतु आएको छ । पहिलो महिना अर्थात् मार्गशीर्षमा नन्दबाबाका व्रजकी कुमारीहरूले हविष्यान्न मात्रै खाएर कात्यायनी देवीको पूजा–आराधना गर्न थाले । ।।१।।
आप्लुत्याम्भसि कालिन्द्या जलान्ते चोदितेऽरुणे ।
कृत्वा प्रतिकृतिं देवीमानर्चुर्नृप सैकतीम् ॥२॥
गन्धैर्माल्यैः सुरभिभिर्बलिभिर्धूपदीपकैः ।
उच्चावचैश्चोपहारैः प्रवालफलतण्डुलैः ॥३॥
हे राजन ! पूर्वको क्षितिज रातो भएसँगै ती कन्याहरूले यमुनाको जलमा नुहाउने र किनारमा देवीको बालुवाको मूर्ति बनाएर सुगन्धित चन्दन, फूलको माला, विभिन्न प्रकारका भेटी, धूप–दीपले पूजा गर्ने गर्थे । र ठूला–ठूला वस्तुहरू, फलफूल आदि चढाएर पूजा गरे ।।२–३।।
कात्यायनि महामाये महायोगिन्यधीश्वरि ।
नन्दगोपसुतं देवि पतिं मे कुरु ते नमः ।
इति मन्त्रं जपन्त्यस्ताः पूजां चक्रुः कुमारिकाः ॥४॥
साथै हे कात्यायनी ! हे महामाया ! हे महायोगिनी ! नन्दका छोरा श्रीकृष्णलाई पति बनाइदिनुहोस हामी तपाईलाई नमस्कार गर्दछौं भनेर देवीको पूजा गर्थे ।।४।।
एवं मासं व्रतं चेरुः कुमार्यः कृष्णचेतसः ।
भद्रकालीं समानर्चुर्भूयान्नन्दसुतः पतिः ॥५॥
यसरी श्रीकृष्णमा मन लगाएका ती कन्याहरूले नन्दनन्दन श्यामसुन्दर हाम्रो पति होउन् भनी एक महिनासम्म राम्ररी कात्यायनिको पूजा गरे ।।५।।
ऊषस्युत्थाय गोत्रैः स्वैरन्योन्याबद्धबाहवः ।
कृष्णं उच्चैर्जगुर्यान्त्यः कालिन्द्यां स्नातुमन्वहम् ॥६॥
ति कुमारीहरु हरेक दिन बिहान सबेरै एकअर्कालाई नाम लिएर बोलाएर यमुनाको पानीमा नुहाउन जान्थे र एकअर्काको हात समातेर चर्को स्वरमा भगवान कृष्णको नाम लिएर रमाइलो गाउँदै गर्दथे ।।६।।
नद्याः कदाचिदागत्य तीरे निक्षिप्य पूर्ववत् ।
वासांसि कृष्णं गायन्त्यो विजह्रुः सलिले मुदा ॥७॥
एक दिन हरेक दिन झैँ सबै कुमारीहरू यमुनाको किनारमा गए, आफ्नो लुगा फुकालेर कीनारमा राखि भगवान कृष्णको गुणगान गर्दै पानीमा खेल्न थाले ।।७।।
भगवांस्तदभिप्रेत्य कृष्णो योगेश्वरेश्वरः ।
वयस्यैरावृतस्तत्र गतस्तत्कर्मसिद्धये ॥८॥
हे परीक्षित ! भगवान कृष्ण सनकादि योगीहरु र शंकर आदि योगेश्वरहरुका पनि भगवान हुनुहुन्छ । वहाँ कुमारीहरूको चाहना बुझ्नु हुन्थ्यो । त्यसैले उनीहरुको इच्छा पुरा गरिदिन भगवान् श्रीकृष्ण आफ्ना साथीहरुको साथमा त्यहाँ पुग्नुभयो ।।८।।
तासां वासांस्युपादाय नीपमारुह्य सत्वरः ।
हसद्भिः प्रहसन् बालैः परिहासमुवाच ह ॥९॥
त्यसपछि वहाँले ती गोपीहरूका सबै लुगाहरू उठाएर छिटो छिटो कदम्बको रूखमा चढ्नुभयो । वहाँ संगै गएका गोठाला केटाहरू चर्को स्वरले हाँस्न थाले र श्रीकृष्ण पनि उनीहरुलाई परिहास गर्दै भन्न लाग्नुभयो ।।९।।
अत्रागत्याबलाः कामं स्वं स्वं वासः प्रगृह्यताम् ।
सत्यं ब्रवाणि नो नर्म यद् यूयं व्रतकर्शिताः ॥१०॥
हे कुमारी हो ! तिमीहरु यहाँ आएर आ–आफ्नो कपडा लिएर आउँ । म यो सत्य कुरा गर्दैछु किनकि तिमीहरु ब्रतबसेकाले दुब्लाएका छौ त्यसैले यहाँ ठट्टा गर्ने कुरै भएन ।।१०।।
न मयोदितपूर्वं वा अनृतं तदिमे विदुः ।
एकैकशः प्रतीच्छध्वं सहैवेति सुमध्यमाः ॥११॥
मेरो यि गोप बालक साथीहरुलाई थाहा छ कि मैले कहिल्यै झुटो बोलेको छैन । त्यसैले हे कुमारीहरु ! तिमीहरु एक्लै एक्लै आएर वा एकैचोटी आएर–आफ्नो कपडा लिएर जाउ । यसमा मेरो कुनै आपत्ति छैन ।।११।।
तस्य तत् क्ष्वेलितं दृष्ट्वास गोप्यः प्रेमपरिप्लुताः ।
व्रीडिताः प्रेक्ष्य चान्योन्यं जातहासा न निर्ययुः ॥१२॥
भगवानको यस्तो ठट्यौली काम देखेर गोपीहरूको हृदय प्रेमले भरियो उनीहरू अलिकति लजाउँदै र एकअर्कालाई हेरेर मुस्कुराउन थाले । पानीबाट बाहिर आएनन् ।।१२।।
एवं ब्रुवति गोविन्दे नर्मणाऽऽक्षिप्तचेतसः ।
आकण्ठमग्नाः शीतोदे वेपमानास्तमब्रुवन् ॥१३॥
जब भगवानले ठट्टा गर्दै पटक पटक उनीहरुलाई लुगा लिएर जान भनेपछि कुमारीहरूको ध्यान उहाँ तर्फ झनै खिचियो । घाँटीसम्म पानी आउँने गरी डुबेर उनिहरुले श्रीकृष्णलाई भने– ।।१३।।
मानयं भोः कृथास्त्वां तु नन्दगोपसुतं प्रियम् ।
जानीमोऽङ्ग व्रजश्लाघ्यं देहि वासांसि वेपिताः ॥१४॥
हे प्रिय श्रीकृष्ण ! यस्तो अन्याय नगर्नुहोस्, हजुर नन्दबाबाको प्यारो छोरा हुनुहुन्छ । हजुरलाई सबै व्रजबासीहरुले मायाँ गर्दछन् यहाँ हामी जाडोले कामिरहेका छौं त्यसले हाम्रा कपडाहरु दिनुहोस् ।।१४।।
श्यामसुन्दर ते दास्यः करवाम तवोदितम् ।
देहि वासांसि धर्मज्ञ नो चेद् राज्ञे ब्रुवाम हे ॥१५॥
हे प्रिय श्यामसुन्दर ! हामी हजुरका दासी हौं । हजुरले जे भन्नुहुन्छ, हामी गर्न तयार छौं । हजुर धर्मको मर्म बुझ्न्हुन्छ त्यसैले हाम्रो लुगा दिनुहोस् नत्र नन्द बाबालाई गएर कुरा लाइदिनेछौं ।।१५।।
श्रीभगवानुवाच–
भवत्यो यदि मे दास्यो मयोक्तं वा करिष्यथ ।
अत्रागत्य स्ववासांसि प्रतीच्छन्तु शुचिस्मिताः ॥१६॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे कुमारीहरु ! तिमीहरु मेरो दाशी हौं भने मेरो आदेसलाई मानेर यहाँ आएर आफ्नो लुगा लिएर जाऊ ।।१६।।
ततो जलाशयात् सर्वा दारिकाः शीतवेपिताः ।
पाणिभ्यां योनिमाच्छाद्य प्रोत्तेरुः शीतकर्शिताः ॥१७॥
हे परीक्षित ! भगवान्ले यसो भनेपछि जाडोले कठ्यांग्रिएका आफ्नो हातले गुप्तांगलाई छोपेर बाहिर निस्किए ।।१७।।
भगवानाहता वीक्ष्य शुद्ध भावप्रसादितः ।
स्कन्धे निधाय वासांसि प्रीतः प्रोवाच सस्मितम् ॥१८॥
उनीहरुको शुद्ध भावना देखेर भगवान धेरै प्रसन्न हुनुभयो । उनीहरूलाई आफूतिर आउँदै गरेको देखेर उनले गोपीहरूको वस्त्र आफ्नो काँधमा राखेर मुस्कुराउँदै भन्नुभयो ।।१८।।
(मिश्र)
यूयं विवस्त्रा यदपो धृतव्रता
व्यगाहतैतत् तदु देवहेलनम् ।
बद्ध्वाञ्जलिं मूर्ध्न्यपनुत्तयेंऽहसः
कृत्वा नमोऽधो वसनं प्रगृह्यताम् ॥१९॥
हेर कुमारीहरु ! तिमीहरुले ब्रत लिएको बेलामा निर्वस्त्र भएर नुहाएर बरुणदेवताको अपमान गर्यौं । त्यसैले अब यो दोषलाई शान्त पार्न दुई हात जोडेर सिरले नमस्कार गरेर आफ्नो वस्त्र लिएर जाओ ।।१९।।
(इंद्रवंशा)
इत्यच्युतेनाभिहितं व्रजाबला
मत्वा विवस्त्राप्लवनं व्रतच्युतिम् ।
तत्पूर्तिकामास्तदशेषकर्मणां
साक्षात्कृतं नेमुरवद्यमृग् यतः ॥२०॥
भगवान श्रीकृष्णको कुरा सुनेपछि ती व्रजकुमारीहरूले नांगै नुहाउँनाले ब्रतमा त्रुटी भएको सोचेर सोचे । त्यसपछि उनीहरुले सबै कर्मका साक्षी श्रीकृष्णलाई नमस्कार गरे। किनभने उहाँलाई अभिवादन गर्नाले मात्र सबै दोश मेटिन्छन् ।।२०।।
(अनुष्टुप्)
तास्तथावनता दृष्ट्वाक भगवान् देवकीसुतः ।
वासांसि ताभ्यः प्रायच्छत् कत्करुणस्तेन तोषितः ॥२१॥
व्रजकुमारीहरुले आफ्नो आदेशलाई मानेर सिर निहुर्याएर नमस्कार गरेको देखेर श्रीकृष्णले उनीहरुको लुगा फिर्ता गर्नुभयो ।।२१।।
(मिश्र)
दृढं प्रलब्धास्त्रपया च हापिताः
प्रस्तोभिताः क्रीडनवच्च कारिताः ।
वस्त्राणि चैवापहृतान्यथाप्यमुं
ता नाभ्यसूयन् प्रियसङ्गनिर्वृताः ॥२२॥
प्रिय परीक्षित ! श्रीकृष्णले कुमारीहरूलाई छक्याउनु भयो । लज्जित बनाउँनु भयो, कठपुतली जस्तै नाच्नु भयो उपहास गरेर कपडा हरण गर्नु भयो तापनि कुमारीहरु खुसि नै थिए । भगवान्लाई कुनै दोषदृष्टिले हेरेनन् ।।२२।।
(अनुष्टुप्)
परिधाय स्ववासांसि प्रेष्ठसङ्गमसज्जिताः ।
गृहीतचित्ता नो चेलुस्तस्मिँलज्जायितेक्षणाः ॥२३॥
परीक्षित ! त्यसपछि आ–आफ्नो कपडा लगाए र लजाउँदै कृष्ण नजिक गए उनीहरुको चित्त वहाँमा लागेकाले त्यहाबाँट यताउती चलिकन उभिरहे।।२३।।
तासां विज्ञाय भगवान् स्वपादस्पर्शकाम्यया ।
धृतव्रतानां सङ्कल्पमाह दामोदरोऽबलाः ॥२४॥
यी कुमारीहरुको संकल्प मेरो चरणकमलको स्पर्शको गर्नु हो र यसैको कामनाले ब्रत बसेका हुन भन्ने बुझेर भगवानले उनीहरुलाई भन्नुभयो ।।२४।।
सङ्कल्पो विदितः साध्व्यो भवतीनां मदर्चनम् ।
मयानुमोदितः सोऽसौ सत्यो भवितुमर्हति ॥२५॥
हे कुमारी ! मलाई तिमीहरुको संकल्प मलाई थाहा छ । तिमीहरुले मलाई पतिको रुपमा पूजा गर्न पाउँनको लागि नै ब्रत लिएका हौं त्यसैले म तिमीहरुको संकल्प सत्य हुनेछ । ।।२५।।
न मय्यावेशितधियां कामः कामाय कल्पते ।
भर्जिता क्वथिता धाना प्रायो बीजाय नेष्यते ॥२६॥
जसरी भुटेको वा उसिनेको अन्न विउका लागि काम गर्दैन त्यसरी नै जसले आफ्नो मन र आत्मा मलाई समर्पण गरेका हुन्छन, उनीहरुको मन फेरी सांसारिक भोगमा लाग्दैन ।।२६।।
याताबला व्रजं सिद्धा मयेमा रंस्यथा क्षपाः ।
यदुद्दिश्य व्रतमिदं चेरुरार्यार्चनं सतीः ॥२७॥
त्यसैले कुमारीहरु ! अब तिमीहरु आफ्नो घर फर्केर जाउँ । तिमीहरुको इच्छा पुरा गर्न आउँने शरद ऋतुको रातमा मसंग विहार गर्नेछौ । यसैका लागि तिमीहरुले कात्यायनीको ब्रत लिएका हौं अब त्यो सफल भयो ।।२७।।
शुक उवाच–
इत्यादिष्टा भगवता लब्धकामाः कुमारिकाः ।
ध्यायन्त्यस्तत् पदाम्भोजं कृच्छ्रान्निर्विविशुर्व्रजम् ॥२८॥
शुकदेवजी भन्नुहुन्छ परीक्षित भगवान् को यो आज्ञापाएर कुमारीहरु फर्कने इच्छा नभए पनि आफ्नो कमना पुरा भएकोले भगवान् श्रीकृष्णको ध्यान गर्दै व्रजमा फर्के ।।२८।।
अथ गोपैः परिवृतो भगवान् देवकीसुतः ।
वृन्दावनाद् गतो दूरं चारयन् गाः सहाग्रजः ॥२९॥
प्रिय परीक्षित ! एक दिन भगवान कृष्ण र बलराम गोप बालकहरुलाई लिएर गाई चराउँदै गर्दा वृन्दावनबाट धेरै टाढा गए ।।२९।।
निदघार्कातपे तिग्मे छायाभिः स्वाभिरात्मनः ।
आतपत्रायितान् वीक्ष्य द्रुमानाह व्रजौकसः ॥३०॥
हे स्तोककृष्ण हे अंशो श्रीदामन् सुबलार्जुन ।
विशालर्षभ तेजस्विन् देवप्रस्थ वरूथप ॥३१॥
त्यस समय गृष्म ऋतुको प्रचण्ड गर्मी थियो। गृष्मऋतुको घामलाई सहेर रुखहरुले छाताको रुपमा अरुको परोपकार गरिरहेका थिए यो देखेर भगवान्ले आफ्ना साथी स्तोककृष्ण, अंशु, श्रीदामा, सुबल, अर्जुन, विशाल, ऋषभ, तेजस्वी, देवप्रस्थ र वरुथप बालकहरुलाई सम्बोधन गर्दै भन्नुभयो– ।।३०–३१।।
पश्यतैतान् महाभागान् परार्थैकान्तजीवितान् ।
वातवर्षातपहिमान् सहन्तो वारयन्ति नः ॥३२॥
मेरा प्रिय साथीहरू ! हेर, यी रूखहरू कति भाग्यमानी छन् यिनीहरूको सम्पूर्ण जीवन अरूको भलाइ गर्न मात्र हो । हेर यिनीहरु आफैंले हावा, वर्षा, घाम र शीतको आदि सहेर हाम्रो रक्षा गर्दछन् ।।३२।।
अहो एषां वरं जन्म सर्व प्राण्युपजीवनम् ।
सुजनस्येव येषां वै विमुखा यान्ति नार्थिनः ॥३३॥
किनभने यिनीहरूद्वारा नै सबै जीवहरूलाई सहारा मिल्छ र तिनीहरूको जीवन चल्छ । जसरी कुनै याचकले दयालु ब्यक्तिबाट खाली हात फर्कनु पर्दैन त्यसैगरी यी रुखबाट सबैले केही न केही पाउँछन् ।।३३।।
पत्रपुष्पफलच्छाया मूलवल्कलदारुभिः ।
गन्धनिर्यासभस्मास्थितोक्मैः कामान् वितन्वते ॥३४॥
यिनीहरूले आफ्नो पात, फूल, फल, छाया, जरा, बोक्रा, काठ, सुगन्ध, गुंद, खरानी, कोइला, अंकुर र कोपिलाले समेत मानिसहरूको इच्छा पूरा गर्दछ। ।।३४।।
एतावज्जन्मसाफल्यं देहिनामिह देहिषु ।
प्राणैरर्थैर्धिया वाचा श्रेय एवाचरेत् सदा ॥३५॥
हे साथीहरू ! संसारमा धेरै प्राणीहरू छन् तर ति मध्दे जुन देहधारीले आफ्नो प्राण धन बुध्दी र बोलीले अरुको सेवा उपकार गर्दछन् वास्तवमा उसको जीवनलाई नै धन्य मान्नु पर्दछ ।।३५।।
इति प्रवालस्तबकफलपुष्पदलोत्करैः ।
तरूणां नम्रशाखानां मध्यतो यमुनां गतः ॥३६॥
परीक्षित ! दुबै छेउमा रहेका रूखहरूका नयाँ कोपिला, झुप्पा फलफूल, फूल र पातहरूले भरिएर भूइतिर निहुरिएका हाँगाहरूको प्रशंसा गर्दै श्रीकृष्ण भगवान् यमुनाजीको तीरमा पुग्नुभयो ।।३६।।
तत्र गाः पाययित्वापः सुमृष्टाः शीतलाः शिवाः ।
ततो नृप स्वयं गोपाः कामं स्वादु पपुर्जलम् ॥३७॥
राजन, त्यहाँ गोठालाहरुले यमुनाजीको शीतल र स्वच्छ जल गाईहरूलाई खुवाए र त्यसपछि तिनीहरूले पनि स्वच्छ पानी पिए ।।३७।।
तस्या उपवने कामं चारयन्तः पशून् नृप ।
कृष्णरामावुपागम्य क्षुधार्ता इदमब्रवन् ॥३८॥
परीक्षित ! यमुनाको किनारमा हरियाली वनमा आफ्ना गाईहरू स्वच्छन्द तरिकाले चरिरहेका बेला केही भोका ग्वालाहरू भगवान कृष्ण र बलराम नजिक आएर भन्नलागे– ।।३८।।
इति श्रीमद्भागगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे द्वाविंशोऽध्यायः ॥२२॥