श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - षष्ठोऽध्यायः
श्रीशुक उवाच -
(अनुष्टुप्)
एवं स्तुतः सुरगणैः भवान् हरिरीश्वरः ।
तेषां आविरभूद् राजन् सहस्रार्कोदयद्युतिः ॥ १ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! जब देवताहरुले सर्वशक्तिमान भगवान् श्रीहरिको यस प्रकार स्तुति गरे, त्यसपछि वहाँ भगवान् उनीहरुको बिचमा प्रकट हुनुभयो । वहाँको शरीरको प्रवाह हजारौं सूर्य एकैसाथ उदाएको जस्तो थियो ।।१।।
तेनैव सहसा सर्वे देवाः प्रतिहतेक्षणाः ।
नापश्यन् खं दिशः क्षौणीं आत्मानं च कुतो विभुम् ॥ २ ॥
भगवान्को यस्तो प्रकारको शरीरको तेजले गर्दा सबै देवताहरुको आँखा तिरमिरायो । उनीहरुले भगवान् ता के कुरा आकास दिशा र शरीरलाई पनि देख्न सकेनन ।।२।।
विरिञ्चो भगवान् दृष्ट्वा सह शर्वेण तां तनुम् ।
स्वच्छां मरकतश्यामां कञ्जगर्भारुणेक्षणाम् ॥ ३ ॥
तप्तहेमावदातेन लसत्कौशेयवाससा ।
प्रसन्नचारुसर्वांगीं सुमुखीं सुन्दरभ्रुवम् ॥ ४ ॥
महामणिकिरीटेन केयूराभ्यां च भूषिताम् ।
कर्णाभरणनिर्भात कपोलश्रीमुखाम्बुजाम् ॥ ५ ॥
काञ्चीकलापवलय हारनूपुरशोभिताम् ।
कौस्तुभाभरणां लक्ष्मीं बिभ्रतीं वनमालिनीम् ॥ ६ ॥
केवल भगवान् शंकर र ब्रम्हाजीले वहाँको छबिको दर्शन गर्नुभयो । वहाँको शरीर हेर्दैमा धेरै सुन्दर थियो । मरतकमणि (पन्ना) समान स्वच्छ थियो वहाँका दुवै नेत्र कमलको भित्रि भागको डाँठको रेसा समान डोरा परेका र राता राता थियो । चम्किलो पहेलो रंगको रेसमी पीताम्बरले सर्वाग सुन्दर शरीरले ढाकिएको थियो । धनुष समान टेढो आँखी भौं र धेरै राम्रो मुख थियो । त्यसैगरी सिरमा महामणिमय किरीट र हातहरुमा बाजुबंद, कानमा झलझलाउदो कुण्डल लगाउनाले वहाँका गाला निकै सुन्दर देखिन्थ्यो । कम्मरमा करधनीको मुठा हातमा कंगन, गलामा हार र चरणमा नुपुरले स्वभायमान हुनुहुन्थ्यो । वक्षःस्थलमा लक्ष्मी र गलामा कौस्तुभमणि तथा वनमालाले सुशोभित हुनुहुन्थ्यो ।।३।६।।
सुदर्शनादिभिः स्वास्त्रैः मूर्तिमद् भिरुपासिताम् ।
तुष्टाव देवप्रवरः सशर्वः पुरुषं परम् ॥
सर्वामरगणैः साकं सर्वांगैरवनिं गतैः ॥ ७ ॥
भगवान्को सुदर्शन चक्र आदि अस्त्र मुर्तिमान भएर वहाँको सेवा गरिरहेका थिए । सबै देवताहरुले पृथ्वीमा
निहुरिएर । साष्टांग प्रणाम गरे । त्यसै पछि सबै देवताहरु सहित भएर शंकर र ब्रह्माले वहाँको स्वति गरे ।।७।।
श्रीब्रह्मोवाच –
(इंद्रवज्रा)
अजातजन्मस्थितिसंयमाया
गुणाय निर्वाणसुखार्णवाय ।
अणोरणिम्नेऽपरिगण्यधाम्ने
महानुभावाय नमो नमस्ते ॥ ८ ॥
ब्रह्माजीले भन्नुभयो–
जस्को जन्म, स्थिति र प्रलयबाट कुनै सम्बन्ध रहदैन, जो प्रकृति गुणले रहित एवं मोक्षस्वरुप परमानन्दको महान् समुद्र हुनुहुन्छ । जो सूक्ष्म भन्दापनि सूक्ष्म, र स्वरुपमा अनन्त हुनुहुन्छ यस्ता परम् ऐश्वर्यशाली प्रभुलाई हामी नमस्कार गर्दछौं ।।८।।
रूपं तवैतत् पुरुषर्षभेज्यं
श्रेयोऽर्थिभिर्वैदिकतांत्रिकेण ।
योगेन धातः सह नस्त्रिलोकान्
पश्याम्यमुष्मिन् नु ह विश्वमूर्तौ ॥ ९ ॥
हे पुरुषेत्तम ! आफ्नो कल्याण चाहने साधकले वेदोक्त एवं पंचरात्रोक्त विधिले तपाईको यस स्वरुपको उपासना गर्दछन । मलाई पनि रचना गर्ने हे प्रभो ! तपाई विश्वमय स्वरुपमा मलाई सहित सर्ब देवगणलाई तीनै लोक देखाई रहनु भएको छ ।।९।।
त्वय्यग्र आसीत् त्वयि मध्य आसीत्
त्वय्यन्त आसीत् इदमात्मतंत्रे ।
त्वं आदिरन्तो जगतोऽस्य मध्यं
घटस्य मृत्स्नेव परः परस्मात् ॥ १० ॥
तपाईले पहिला यो जगत आफुमा नै लीन गर्नु भएको थियो । बिचमा आफैंमा स्थित छ र अन्त्यमा तपाई मै लय हुनेछ । तपाई स्वयं कार्यकारणबाट पर र परम स्वतन्त्र हुनुहुन्छ । जसरी घडाको मध्य र अन्त्य माटो भऐ झैं तपाई नै यस जगतको आदि मध्य र अन्त हुनुहुन्छ ।।।१०।।
त्वं माययात्माश्रयया स्वयेदं
निर्माय विश्वं तदनुप्रविष्टः ।
पश्यन्ति युक्ता मनसा मनीषिणो
गुणव्यवायेऽप्यगुणं विपश्चितः ॥ ११ ॥
तपाई आफैमा आश्रय रहने आफ्नो मायाले यस संसारको रचना गर्नुहुन्छ र त्यसमा फेरी प्रवेश गरेर अन्तर्यामीको रुपमा विराजमान हुनुहुन्छ । त्यसैले विवेकि र शास्त्रज्ञ पुरुष धेरै सावधानी भएर आफ्नो मनलाई एकाग्र गरेर तपाईको निर्गुण स्वरुपको नै साक्षात्कार गर्दछन ।।११।।
यथाग्निमेधस्यमृतं च गोषु
भुव्यन्नमम्बूद्यमने च वृत्तिम् ।
योगैर्मनुष्या अधियन्ति हि त्वां
गुणेषु बुद्ध्या कवयो वदन्ति ॥ १२ ॥
जसरी मानिस युक्तिले दाउराबाट आगो, गाईबाट अमृत समान दूध, पृथ्वीबाट अन्न तथा जल र व्यापारबाट आजिविका प्राप्त गर्दछन् त्यसरी नै विवेकी पुरुषले आफ्नो शुद्ध बुद्धिले भक्तियोग तथा ज्ञानयोग आदिद्वरा तपाईका यि विषयहरु प्राप्त गर्दछन र आफ्नो अनुभुति अनुसार तपाईको वर्णन पनि गर्दछन ।।१२।।
तं त्वां वयं नाथ समुज्जिहानं
सरोजनाभातिचिरेप्सितार्थम् ।
दृष्ट्वा गता निर्वृतमद्य सर्वे
गजा दवार्ता इव गाङ्गमम्भः ॥ १३ ॥
हे कमलनाभ ! जसरी दावाग्निले दग्ध भएको हात्ति गंगा जलमा डुबुल्कि लगाएर सुख र शान्तिको अनुभव गर्दछ त्यसरी नै तपाईको सर्वाभावले हामीहरु परम सुख र शान्त भएका छौं । स्वामी ! हामीहरु धेरै दिनदेखि तपाईको दर्शनका लागि लालयीत भएका थियौं ।।१३।।
स त्वं विधत्स्वाखिललोकपाला
वयं यदर्थास्तव पादमूलम् ।
समागतास्ते बहिरन्तरात्मन्
किं वान्यविज्ञाप्यमशेषसाक्षिणः ॥ १४ ॥
तपाई नै हाम्रो बाहिर तथा भित्रको आत्मा हुनुहुन्छ । हामी सबै लोकपालहरु जुन उद्देश्यले तपाईको चरणको शरणमा आएका छौं त्यसलाई तपाईले पूर्ण गरिदनुहोस । तपाई सबैका साक्षी हुनुहुन्छ त्यसैले हामीले के निवेदन गरौं ।।१४।।
अहं गिरित्रश्च सुरादयो ये
दक्षादयोऽग्नेरिव केतवस्ते ।
किं वा विदामेश पृथग्विभाता
विधत्स्व शं नो द्विजदेवमंत्रम् ॥ १५ ॥
हे प्रभो ! म शंकर तथा अन्य देवता दक्ष आदि प्रजापतिआदि सबै अग्निबाट निस्किएको भिल्को जस्तै तपाई कै अंश हौं र आफुलाई तपाईबाट अलग मान्दछौं । यस्तो स्थितिमा हामीले के नै सम्झन सक्छौं र । ब्राम्हण र देवताहरुको कल्याणका लागि जे गर्नु आवस्यक हुन्छ त्यसको अदेश तपाई आफैं दिनुहोस, हुनत स्वभावत तपाई त्यस्तै नै गर्नु हुन्छ ।।१५।।
श्रीशुक उवाच -
एवं विरिञ्चादिभिरीडितस्तद्
विज्ञाय तेषां हृदयं तथैव ।
जगाद जीमूतगभीरया गिरा
बद्धाञ्जलीन् संवृतसर्वकारकान् ॥ १६ ॥
श्री शुकदेवजी भन्नुहुन्छ–
ब्रह्मा आदि देवताहरुले यस प्रकार स्तुति गरेर आफ्नो सबै इन्द्रियहरुलाई साबधानिका साथ हात जोडेर उभिरहे । उनीहरुको स्तुति र मनको कुरा बुझेर भगवान्ले मेघ समान गम्भिर वाणीमा भन्नुभयो ।।१६।।
(अनुष्टुप्)
एक एवेश्वरस्तस्मिन् सुरकार्ये सुरेश्वरः ।
विहर्तुकामस्तानाह समुद्रोन्मथनादिभिः ॥ १७ ॥
परीक्षित ! समस्त देवताहरु तथा जगतका एकमात्र स्वाभी भगवान् एक्लै नै ती सबै कार्य गर्नमा समर्थवान हुनुहुन्छ तापनि समुद्र मन्थन आदि लीललाहरुद्वारा विहार गर्ने इच्छाले वहाँले देवताहरुलाई सम्बोधन गरेर यस प्रकार भन्नुभयो ।।१७।।
श्रीभगवानुवाच -
हन्त ब्रह्मन् अहो शम्भो हे देवा मम भाषितम् ।
श्रृणुतावहिताः सर्वे श्रेयो वः स्याद् यथा सुराः ॥ १८ ॥
भगवान्ले भन्नुभयो–
हे ब्रह्मा, शंकर र देवताहरु ! तिमीहरु सावधान भएर मेरो सल्लाह सुन । तिमीहरुको कल्याणको उपाय यहि नै हुनेछ ।।१८।।
यात दानवदैतेयैः तावत् सन्धिर्विधीयताम् ।
कालेनानुगृहीतैस्तैः यावद् वो भव आत्मनः ॥ १९ ॥
यस समयमा असुरहरुमा कालको कृपा छ । त्यसैले तिमीहरुको अभ्युदय र उन्नतिको समय जब आउदैन त्यसबेला सम्म तिमीहरु दैत्य र दानबहरु संग गएर सन्धि गर ।।१९।।
अरयोऽपि हि सन्धेयाः सति कार्यार्थगौरवे ।
अहिमूषिकवद् देवा ह्यर्थस्य पदवीं गतैः ॥ २० ॥
देवताहरु ! कुनै ठुलो काम गर्न ता सत्रुहरु संग पनि मिल्नु पर्दछ । काम बनेपछि उनीहरुसंग सर्प र मुसाको जस्तो ब्यवहार गरेपनि हुन्छ ।।२०।।
अमृतोत्पादने यत्नः क्रियतां अविलम्बितम् ।
यस्य पीतस्य वै जन्तुः मृत्युग्रस्तोऽमरो भवेत् ॥ २१ ॥
तिमीहरु छिटै नै अमृत निकाल्ने प्रयत्न गर । जसलाई पिएर मर्ने प्राणीहरु पनि अमर हन्छन् ।।२१।।
क्षिप्त्वा क्षीरोदधौ सर्वा वीरुत्तृणलतौषधीः ।
मन्थानं मन्दरं कृत्वा नेत्रं कृत्वा तु वासुकिम् ॥ २२ ॥
सहायेन मया देवा निर्मन्थध्वमतन्द्रिताः ।
क्लेशभाजो भविष्यन्ति दैत्या यूयं फलग्रहाः ॥ २३ ॥
पहिले क्षीरसागरमा सब प्रकारको घाँस लहरा र औषधिहरु हाल देओ । फेरी तिमीहरुले मन्दराचलको मदानी र वासुकि नागको नेती बनाएर मेरो सहायताले समुद्र मन्थन गर । अब आलस्य र प्रमादको समय होइन । देवताहरु विश्वास राख दैत्यलाई केवल श्रम र क्लेश मात्र मिल्ने छ त्यसको फल तिमीहरुलाई मिल्ले छ ।।२२।२३।।
यूयं तदनुमोदध्वं यदिच्छन्ति असुराः सुराः ।
न संरम्भेण सिध्यन्ति सर्वार्थाः सान्त्वया यथा ॥ २४ ॥
देवताहरु असुरहरुले तिमीहरु संग जे जे चाहान्छन त्यो सबै स्वीकार गर । शान्तीले सबैकुरा मिल्दछ क्रोधले केहिपनि हुदैन ।।२४।।
न भेतव्यं कालकूटाद् विषात् जलधिसम्भवात् ।
लोभः कार्यो न वो जातु रोषः कामस्तु वस्तुषु ॥ २५ ॥
पहिले समुद्रबाट कालकुट विष निस्कनेछ, त्यसबाट नडराउ र कुनै कुरामा पनि लोभ नगर । पहिला त कुनै वस्तुको कामना नै गर्न हुदैन । यदि कामना भएर पनि पुरा भएन भने पनि क्रोध ता गर्ने हुदैन ।।२५।।
श्रीशुक उवाच -
इति देवान् समादिश्य भगवान् पुरुषोत्तमः ।
तेषामन्तर्दधे राजन् स्वच्छन्दगतिरीश्वरः ॥ २६ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! देवताहरुलाई यस्तो आदेश दिएर पुरुषोत्तम भगवान उनीहरुको अगाडि नै अन्तर्धान हुनुभयो । वहाँ सर्वशक्तिमान हुनुहुन्छ वहाँको लीलाको बारेमा कस्ले जान्न सक्छ र ।।२६।।
अथ तस्मै भगवते नमस्कृत्य पितामहः ।
भवश्च जग्मतुः स्वं स्वं धामोपेयुर्बलिं सुराः ॥ २७ ॥
वहाँ जानु भएपछि ब्रह्मा र शंकरले फेरी वहाँलाई नमस्कार गरेर आफ्नो आफ्नो लोक तिर लाग्न् भयो भने इन्द्रादि देवताहरु बलीको नजिक गए ।।२७।।
दृष्ट्वा अरीनप्यसंयत्तान् जातक्षोभान् स्वनायकान् ।
न्यषेधद् दैत्यराट् श्लोक्यः सन्धिविग्रहकालवित् ॥ २८ ॥
देवताहरु विना अस्त्र र शस्त्र आफुतिर आएको देखेर देत्यसेतापतिको मनमा वडा क्षोभ भयो । उसले देवताहरुलाई पक्रन खोज्यो तर दैत्यराज वलि सन्धि र विरोधको अवसरलाई जान्दथे त्यसैले उनले पक्रनबाट रोके ।।२८।।
ते वैरोचनिमासीनं गुप्तं चासुरयूथपैः ।
श्रिया परमया जुष्टं जिताशेषमुपागमन् ॥ २९ ॥
त्यसपछि देवताहरु बलि नजिक पुगे । बलिले तीनै लोक जितेका थिए । उनी सबै सम्पत्तिले एवं असुर सेनापतिले सुरक्षित भएर आफ्नो राजसिंहासनमा बसेका थिए ।।२९।।
महेन्द्रः श्लक्ष्णया वाचा सान्त्वयित्वा महामतिः ।
अभ्यभाषत तत्सर्वं शिक्षितं पुरुषोत्तमात् ॥ ३० ॥
बुद्धिमान इन्द्रले धेरै मिठो बोलीले सम्झाउदै राजा बलिलाई सबै कुरा भने, जसको शिक्षा स्वयं भगवान्ले उनलाई दिनुभएको थियो ।।३०।।
तदरोचत दैत्यस्य तत्रान्ये येऽसुराधिपाः ।
शम्बरोऽरिष्टनेमिश्च ये च त्रिपुरवासिनः ॥ ३१ ॥
यो कुरा दैत्यराज बलिलाई ठिक लाग्यो त्यसैगरी बलि नजिकै रहेर बसेका अरु सेनापति सम्वर, अरिष्टनेमि र त्रिपुरनिवासी असुरहरुलाई पनि यो कुरा राम्रो लाग्यो ।।३१।।
ततो देवासुराः कृत्वा संविदं कृतसौहृदाः ।
उद्यमं परमं चक्रुः अमृतार्थे परंतप ॥ ३२ ॥
त्यसपछि देवता र असुरले आपसमा सन्धि संझौता गरेर मित्रता गरे । हे परीक्षित ! अनि उनीहरु सबै मिलेर अमृत मन्थनका लागि पूर्ण उद्योग गर्न लागे ।।३२।।
ततस्ते मन्दरगिरिं ओजसोत्पाट्य दुर्मदाः ।
नदन्त उदधिं निन्युः शक्ताः परिघबाहवः ॥ ३३ ॥
त्यसपछि उनीहरुले आफ्नो शक्तिले मन्दराचललाई उठाएर लल्कार्दै र गर्जदै उसलाई समुद्रमा लिएर गए । उनीहरुको हात परिघको समान थियो बलको घमण्ड पनि थियो ।।३३।।
दूरभारोद्वहश्रान्ताः शक्रवैरोचनादयः ।
अपारयन्तस्तं वोढुं विवशा विजहुः पथि ॥ ३४ ॥
निपतन्स गिरिस्तत्र बहून् अमरदानवान् ।
चूर्णयामास महता भारेण कनकाचलः ॥ ३५ ॥
तर एक त त्यो मन्दराचल धेरै गरौं थियो अर्को त्यसलाई लिएर जान पनि धेरै टाढा थियो । त्यसैले इन्द्र बलि आदि सबै हार खान थाले । जब कुनै प्रकारले पनि उनीहरुले मन्दराचललाई अगाडि लिएर जान सकेनन तब उनीहरु विवश भएर बाटैमा राखिदिए । त्यो सुनको पर्वत मन्दराचल धेरै भारि थियो । राख्ने समयमा त्यहाँ धेरै देवता र दानव हरु चकनाचुर भए ।।३५।।
तांस्तथा भग्नमनसो भग्नबाहूरुकन्धरान् ।
विज्ञाय भगवान् तत्र बभूव गरुडध्वजः ॥ ३६ ॥
ती देवता र असुरको हात, कम्मर र काँध टुटेको थियो भने मन पनि टुटेको थियो । उनीहरुको उत्साह भंग भएको देखेर गरुडमा सवार भएर स्वयं भगवान त्यहाँ प्रकट हुनुभयो ।।३६।।
गिरिपातविनिष्पिष्टान् विलोक्यामरदानवान् ।
ईक्षया जीवयामास निर्जरान् निर्व्रणान्यथा ॥ ३७ ॥
वहाँले देवता लगायत असुरहरु पर्वत खस्नाले थिचिएका देख्नु भयो । अतः वहाँले आफ्नो अमृतमयी द्ष्टिले देवताहरुलाई जीवित गराउनु भयो । मानौ उनीहरुको शरीरमा कुने चोट लागेको छैन ।।३७।।
गिरिं चारोप्य गरुडे हस्तेनैकेन लीलया ।
आरुह्य प्रययावब्धिं सुरासुरगणैर्वृतः ॥ ३८ ॥
त्यस पछि उनीहरुले खेल खेल मै एक हातले त्यस पर्वतलाई उठाएर गरुडमाथि राखिदिए । र आफु पनि त्यसका चढे । फेरी देवता र असुरका साथ उनले समुद्रको यात्रा गरे ।।३८।।
अवरोप्य गिरिं स्कन्धात् सुपर्णः पततां वरः ।
ययौ जलान्त उत्सृज्य हरिणा स विसर्जितः ॥ ३९ ॥
परीक्षित ! गरुडले समुद्रलाई समुद्रको तटमा राखिदिए । अनि भगवानले बिदा दिनु भएपछि गरुड त्यहाँबाट हिंडे ।।३९।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे मंदराचल आनयनं नाम षष्ठोऽध्यायः ॥ ६ ॥