श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - द्वितीयोऽध्यायः
श्रीशुक उवाच–
एवं गतेऽथ सुद्युम्ने मनुर्वैवस्वतः सुते ।
पुत्रकामस्तपस्तेपे यमुनायां शतं समाः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! यसरी सुद्युम्न तपस्या गर्न वनमा गएपछि वैवस्वत मनुले पुत्र प्राप्तीको इच्छाले यमुनाको किनारमा सय वर्षसम्म तपस्या गरे ।।१।।
ततोऽयजन्मनुर्देवमपत्यार्थं हरिं प्रभुम् ।
इक्ष्वाकुपूर्वजान् पुत्राँल्लेभे स्वसदृशान् दश ॥ २ ॥
त्यसपछि मनुले सन्तान प्राप्तिको कामनाले सर्वशक्तिमान भगवान श्री हरिकीको पूजा आराधना गरे र आफू सरहका दश छोराहरू जन्माए जसमध्ये जेठा इक्ष्वाकु थिए ।।२।।
पृषध्रस्तु मनोः पुत्रो गोपालो गुरुणा कृतः ।
पालयामास गा यत्तो रात्र्यां वीरासनव्रतः ॥ ३ ॥
ती मनुपुत्रका दश छोराहरूमध्ये प्रिषध्र नाम गरेको छोरालाई गुरु वशिष्ठले गाईको रक्षाको लागि नियुक्त गर्नुभएको थियो । त्यसैले उनी राती समयमा सावधान भएर विरासनमा बसेर गाईको रक्षा गदर्थे ।।३।।
एकदा प्राविशद् गोष्ठं शार्दूलो निशि वर्षति ।
शयाना गाव उत्थाय भीतास्ता बभ्रमुर्व्रजे ॥ ४ ॥
एक दिन राती पानी परिरहेका बेलामा एउटा बाघ गाईको बथानमा पस्यो । बाघको डरले त्यहाँ सुतेर रहेका गाईहरू उठेर डराएर यताउति भग्नलागे ।।४।।
एकां जग्राह बलवान् सा चुक्रोश भयातुरा ।
तस्यास्तु क्रन्दितं श्रुत्वा पृषध्रोऽनुससार ह ॥ ५ ॥
त्यो बलियो बाघले एउटा गाई समातिहालेका कारण गाई निकै डराए र चिच्याए कराउँन थालिन उनको रोदनपूर्ण आवाज सुनेर प्रिषध्र दौडेर गाई भएतिर दौडे ।।५।।
खड्गमादाय तरसा प्रलीनोडुगणे निशि ।
अजानन्नहनद् बभ्रोः शिरः शार्दूलशङ्कया ॥ ६ ॥
एक त रातको समय र दोस्रो ठूलो बादलले ढाकेका कारण ताराहरू पनि देख्न नसकिने थियो । हातमा तरवार लिएर दौडेका उनले यो बाघ हो भन्ठानेर हान्दा अनजानमा गाईको टाउको काटिदिए ।।६।।
व्याघ्रोऽपि वृक्णश्रवणो निस्त्रिंशाग्राहतस्ततः ।
निश्चक्राम भृशं भीतो रक्तं पथि समुत्सृजन् ॥ ७ ॥
तरवारको चुच्चाले लागेर बाघको कान पनि काटिन गएकोले त्यो बाघ डराएर बाटोमा रगत चुहाउँदै जंगल लिर लाग्यो ।।७।।
मन्यमानो हतं व्याघ्रं पृषध्रः परवीरहा ।
अद्राक्षीत् स्वहतां बभ्रुं व्युष्टायां निशि दुःखितः ॥ ८ ॥
यता पृषध्रले आफुले बाघ मारेको भन्ने सोचेका थिए । तर जब रात बितेपछि उसले बाघलाई भनेर तरवार हान्दा गाई पो मारेछ भन्ने थाहा पाएर उसलाई धेरै दुःख लाग्यो ।।८।।
तं शशाप कुलाचार्यः कृतागसमकामतः ।
न क्षत्रबन्धुः शूद्रस्त्वं कर्मणा भवितामुना ॥ ९ ॥
हुनत पृषध्रले जानाजानी अपराध गरेका थिएनन् तर पनि कुलगुरु वशिष्ठजीले उनलाई श्राप दिए कि यस कर्मले गर्दा त क्षत्रिय बन्ने छैनस, सूद्र बन्नेछस् ।।९।।
एवं शप्तस्तु गुरुणा प्रत्यगृह्णात् कृताञ्जलिः ।
अधारयद् व्रतं वीर ऊर्ध्वरेता मुनिप्रियम् ॥ १० ॥
प्रिषध्रले आफ्ना गुरुदेवले दिएको यो श्रापलाई हात जोडेर स्वीकार गरे र त्यसपछि सदाको लागि मुनिहरुका लागि प्रियलाग्ने ब्रह्मचर्यको व्रत धारण गरे ।।१०।।
वासुदेवे भगवति सर्वात्मनि परेऽमले ।
एकान्तित्वं गतो भक्त्या सर्वभूतसुहृत् समः ॥ ११ ॥
उनी प्राणीहरूका शुभचिन्तक र सबैप्रति समान भावना राख्दथे यसैले भक्तिद्वारा भगवान वासुदेवको अनन्य प्रेमी बन्नपुगे ।।११।।
विमुक्तसंगः शान्तात्मा संयताक्षोऽपरिग्रहः ।
यदृच्छयोपपन्नेन कल्पयन् वृत्तिमात्मनः ॥ १२ ॥
भगवान्मा अटुट् भक्तिका कारण उनका सबै विषयशक्तिहरु हराउँदै गयो । इन्द्रियहरू आफ्नो वशमा लिए । उनीमा कुनै प्रकारको चंचलता थिएन । उनी जे मिल्दछ त्यही खाएर जीवन निर्वाह गर्दथे कुनै संचय गर्दैनथिए ।।१२।।
आत्मन्यात्मानमाधाय ज्ञानतृप्तः समाहितः ।
विचचार महीमेतां जडान्ध-बधिराकृतिः ॥ १३ ॥
आत्म–ज्ञानमा सन्तुष्ट भई ईश्वरमा मन लगाएर प्रायः समाधिमा रहने भएका कारण कहिलेकाहीँ उनी अन्धो र बहिरो जस्तो भएर पृथ्वीमा डुल्दथे ।।१३।।
एवंवृत्तो वनं गत्वा दृष्ट्वा दावाग्निमुत्थितम् ।
तेनोपयुक्तकरणो ब्रह्म प्राप परं मुनिः ॥ १४ ॥
यस प्रकारको जीवन बिताउँदै गर्दा एकदिन उनी जंगलमा गए । त्यहाँ उनले आगोले जंगल जलिरहेको देखे । सोही आगोमा आफ्ना इन्द्रियहरू भष्म गरेर परब्रह्म परमात्मामा लीन हुनपुगे ।।१४।।
कविः कनीयान् विषयेषु निःस्पृहो
विसृज्य राज्यं सह बन्धुभिर्वनम् ।
निवेश्य चित्ते पुरुषं स्वरोचिषं
विवेश कैशोरवयाः परं गतः ॥ १५ ॥
मनुका कान्छा छोरा कवि थिए । उनको विषयवस्तुमा कुनै रुची राख्दैनथे । राज्य त्यागेर दाजुभाइसँग वनमा गएर स्वयंप्रकाशी भगवानलाई हृदयमा धारण गरेर किशोरावस्थामा नै परमपद प्राप्तगरे ।।१५।।
करूषान्मानवादासन् कारूषाः क्षत्रजातयः ।
उत्तरापथगोप्तारो ब्रह्मण्या धर्मवत्सलाः ॥ १६ ॥
मनुपुत्र करुषबाट कारुष नामक क्षत्रियहरूको जन्म भएको थियो । उनी एक महान ब्राह्मण भक्त, धर्म प्रेमी र उत्तरी प्रन्तका रक्षक भए ॥१६॥
धृष्टाद् धार्ष्टमभूत् क्षत्रं ब्रह्मभूयं गतं क्षितौ ।
नृगस्य वंशः सुमतिर्भूतज्योतिः ततो वसुः ॥ १७ ॥
धृष्ट बाट धाष्र्ट नामका क्षत्रिय बने । अन्त्यमा उनी यही शरीरबाट नै ब्राह्मण बने । नृगका छोरा सुमती, उनका छोरा भूतज्योति र भूतज्योतिका छोरा वसु भए ।।१७।।
वसोः प्रतीकस्तत्पुत्र ओघवानोघवत्पिता ।
कन्या चौघवती नाम सुदर्शन उवाह ताम् ॥ १८ ॥
वसुका छोरा प्रतीक र प्रतीकका छोरा ओघवान भए । ओघवानका छोराको नाम पनि ओघवान थियो । उनको ओघावती नामकी छोरी पनि थिइन्, उनको विवाह सुदर्शनसँग भएको थियो ।।१८।।
चित्रसेनो नरिष्यन्तादृक्षस्तस्य सुतोऽभवत् ।
तस्य मीढ्वांस्ततः कूर्च इन्द्रसेनस्तु तत्सुतः ॥१९॥
मनुका छोरा नारिष्यन्तले चित्रसेनलाई जन्म दिए, उनैबाट ऋक्ष, ऋक्षबाट मिढवान, मिढवानबाट कूर्च र कुर्चबाट इन्द्रसेनको जन्म भयो ॥१९॥
वीतिहोत्रस्त्विन्द्रसेनात् तस्य सत्यश्रवा अभूत् ।
उरुश्रवाः सुतस्तस्य देवदत्तस्ततोऽभवत् ॥ २० ॥
इन्द्रसेनबाट वितिहोत्र, वितिहोत्रबाट सत्यश्रवा, सत्यश्रवाबाट उरुश्रवा र उरुश्रवाबाट देवदत्तको जन्म भएको थियो ।।२०।।
ततोऽग्निवेश्यो भगवानग्निः स्वयमभूत् सुतः ।
कानीन इति विख्यातो जातूकर्ण्यो महान् ऋषिः ॥ २१ ॥
ततो ब्रह्मकुलं जातं आग्निवेश्यायनं नृप ।
नरिष्यन्तान्वयः प्रोक्तो दिष्टवंशमतः शृणु ॥ २२ ॥
देवदत्तको अग्निवेश्य नामको पुत्र थियो, जो स्वयं अग्निदेव थिए । पछि उनी कनीन र महर्षि जातुकर्ण्यको नामले बिख्यात भए । परीक्षित ! ब्राह्मणहरूको ‘अग्निवेश्यायन’ गोत्र उहाँकै वंशज हो । यसप्रकार नारिष्यन्तको वंशको वर्णन गरेर सुनाएं, अब दिष्टको वंश सुन ।।२१–२२।।
नाभागो दिष्टपुत्रोऽन्यः कर्मणा वैश्यतां गतः ।
भलन्दनः सुतस्तस्य वत्सप्रीतिः भलन्दनात् ॥ २३ ॥
दिष्टको छोराको नाम नभाग थियो । यो नाभाग मैले पछि कथामा वर्णन गर्ने नाभाग भन्दा फरक छ । आफ्नो कर्मका कारण उनी वैश्य बने । उनका छोरा भलनन्दन र भलनन्दनबाट वत्सप्रीति भए ।।२३।।
वत्सप्रीतेः सुतः प्रांशुस्तत्सुतं प्रमतिं विदुः ।
खनित्रः प्रमतेस्तस्माच्चाक्षुषोऽथ विविंशतिः ॥ २४ ॥
वत्सप्रितिका प्रांशु र प्रांशुको एक छोरा प्रमति थिये । प्रमतिको खनित्र, खनित्रको चक्षुष र चक्षुषबाट विविंशति नामका छोरा भए ।।२४।।
विविंशतिसुतो रम्भः खनीनेत्रोऽस्य धार्मिकः ।
करन्धमो महाराज तस्यासीदात्मजो नृप ॥ २५ ॥
विविंशतिका छोरा रम्भ र रम्भका छोरा खानिनेत्र भए दुवै अति धार्मिक बने । उनका छोराहरू करन्धम र करन्धमका अवीक्षित नामका छोरा भए ।।२५।।
तस्यावीक्षित् सुतो यस्य मरुतश्चक्रवर्त्यभूत् ।
संवर्तोऽयाजयद् यं वै महायोग्यङ्गिरःसुतः ॥ २६ ॥
हे महाराज परीक्षित ! अवक्षितका छोरा मरुत्त भए उनी चक्रवर्ती राजा भए । मरुत्तले अंगिराका पुत्र महायोगी सम्वर्त ऋषिबाट यज्ञ गराएका थिए ।।२६।।
मरुत्तस्य यथा यज्ञो न तथान्यस्य कश्चन ।
सर्वं हिरण्मयं त्वासीत् यत् किञ्चिच्चास्य शोभनम् ॥ २७ ॥
मरुत्तको यज्ञ यस्तो थियो कि जुन अहिलेसम्म अरुबाट भएको छैन । त्यस यज्ञमा जति पनि भाँडाकुडा हरु थिए तीसबै सुनले बनेका थिएर धेरै सुन्दर पनि थिए ।।२७।।
अमाद्यदिन्द्रः सोमेन दक्षिणाभिर्द्विजातयः ।
मरुतः परिवेष्टारो विश्वेदेवाः सभासदः ॥ २८ ॥
त्यस यज्ञमा सोम पिएर इन्द्र मत्त भएका थिए भने ब्राह्मणहरू दक्षिणाबाट तृप्त भएका थिए ।।२८।।
मरुत्तस्य दमः पुत्रस्तस्यासीद् राज्यवर्धनः ।
सुधृतिस्तत्सुतो जज्ञे सौधृतेयो नरः सुतः ॥ २९ ॥
मरुत्तका छोराको नाम दम थियो, दमबाट राज्यवर्धन राज्यवर्धनबाट सुधृति र सुधृतिबाथ नर नामका पुत्र भए ।।२९।।
तत्सुतः केवलस्तस्माद् बन्धुमान् वेगवांस्ततः ।
बुधस्तस्याभवद् यस्य तृणबिन्दुर्महीपतिः ॥ ३० ॥
नरबाट केवल, केवलबाट बन्धुमान, बन्धुमानबाट वेगवान, वेगवानबाट बन्धु र बन्धुबाट राजा त्रिणविन्दुको जन्म भयो ।।३०।।
तं भेजेऽलम्बुषा देवी भजनीयगुणालयम् ।
वराप्सरा यतः पुत्राः कन्या च इडविडाभवत् ॥ ३१ ॥
त्रिणवन्दु गुणहरूको खानि र रुपवान पनि थिए त्यसकारण अप्सराहरूमध्ये श्रेष्ठ अलम्बुषा देवीले उनलाई वरण गरिन् । जसबाट धेरै छोरा सहित इडविडा नामकी एक छोरी भइन् ।।३१।
तस्यामुत्पादयामास विश्रवा धनदं सुतम् ।
प्रादाय विद्यां परमामृषिर्योगेश्वरात् पितुः ॥ ३२ ॥
विश्रवा मुनिले आफ्नो योगेश्वर पिता पुलस्त्यजीबाट उत्तम ज्ञान प्राप्त गरेपछि इडविडाबाट कुवेर नामका छोरा उत्पन्न गरे ।।३२।।
विशालः शून्यबन्धुश्च धूम्रकेतुश्च तत्सुताः ।
विशालो वंशकृद् राजा वैशालीं निर्ममे पुरीम् ॥ ३३ ॥
राजा त्रिणविन्दुका पत्नीबाट तीन छोरा जन्मिए जुन विशाल, शुन्यबन्धु र धुम्रकेतु हुन् । यि मध्देका विशालले वैशाली नामको नगरको बसाए ।।३३।।
हेमचन्द्रः सुतस्तस्य धूम्राक्षस्तस्य चात्मजः ।
तत्पुत्रात् संयमादासीत् कृशाश्वः सहदेवजः ॥ ३४ ॥
विशालका हेमचन्द्र, हेमचन्द्रका धूम्राक्ष, धुम्राक्षका संयम र सयंमका दुई छोरा थिए जुन कृशाश्व र देवराज थिए ।।३४।।
कृशाश्वात् सोमदत्तोऽभूद् योऽश्वमेधैरिडस्पतिम् ।
इष्ट्वा पुरुषमापाग्र्यां गतिं योगेश्वराश्रितः ॥ ३५ ॥
कृशाश्वको छोराको नाम सोमदत्त थियो । उनले धेरै अश्वमेध यज्ञ गरेर यज्ञपति भगवान् को आराधना गरे र पछि उनी योगेश्वर संतहरूको शरण लिएर उत्तम गति प्राप्त गरे ।।३५।।
सौमदत्तिस्तु सुमतिस्तत्सुतो जनमेजयः ।
एते वैशालभूपालास्तृणबिन्दोर्यशोधराः ॥ ३६ ॥
सोमदत्तका छोरा सुमती र सुमतीका छोरा जनमेजय भए । ती सबै विशालवंशका राजा थिए, जसले त्रिणविन्दुको कीर्ति फैलाए ।।३६।।
इति श्रीमद्भालगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे द्वितीयोऽध्यायः ॥ २ ॥