श्रीमद्भागवतमाहात्म्यम्
चतुर्थोऽध्यायः
सूत उवाच –
(अनुष्टुप्)
अथ वैष्णवचित्तेषु दृष्ट्वा भक्तिं अलौकिकीम् ।
निजलोकं परित्यज्य भगवान् भक्तवत्सलः ॥ १ ॥
सूतजी भन्छन्–
त्यस समयमा आफ्ना भक्तहरूको अलौकिक भक्तिको प्रादुर्भाव भएको देखेर भक्तवत्सल भगवान् आफ्नो धाम छाडेर त्यहाँ आउनुभयो ।।१।।
वनमाली घनश्यामः पीतवासा मनोहरः ।
काञ्चीकलापरुचिरो लसन् मुकुटकुण्डलः ॥ २ ॥
त्यस वेला भगवान्ले गलामा वनमाला धारण गर्नुभएको, पीताम्बर धारण गर्नुभएको, कम्मरमा सुनको कर्धनी थियो । शिरमा मुकुट र कानमा कुण्डल झल्किरहेको थियो ।।२।।
त्रिभङ्गललितश्चारु कौस्तुभेन विराजितः ।
कोटिमन्मथलावण्यो हरिचन्दनचर्चितः ॥ ३ ॥
वहाँको पेट मासुको लुंदाले सोभायमान थियो । कौस्तुभमणिले बिराजित हुनुहुन्थ्यो करोडौं कामदेवलाई समेत मोहित पार्ने वहाँको शरीरमा सुगन्धित चन्दन लेपिएको थियो ॥ ३ ॥
परमानन्द चिन्मूर्तिः मधुरो मुरलीधरः ।
आविवेश स्वभक्तानां हृदयानि अमलानि च ॥ ४ ॥
यसरी परमानन्द चिन्मुर्ति मुरलीधर भगवान् आफ्ना भक्तहरूको हृदयमा प्रकट हुनुभयो । ॥ ४ ॥
वैकुण्ठवासिनो ये च वैष्णवा उद्धवादयः ।
तत्कथाश्रवणार्थं ते गूढरूपेण संस्थिताः ॥ ५ ॥
त्यहाँ उध्दवजी सहित बैकुण्ठमा बस्ने वैष्णवभक्तहरू कथा सुन्नका लागि भनि गुप्तरूपले आएका थिऐ ।। ५ ।।
तदा जयजयारावो रसपुष्टिरलौकिकी ।
चूर्णप्रसून वृष्टिश्च मुहुः शंखरवोऽप्यभूत् ॥ ६ ॥
त्यहाँ भगवान् प्रकट हुनासाथ जय जयकारको आवाज गुन्जिन लाग्यो । भक्तिको रसको अद्भुत प्रबाह चल्यो र अविर फूलहरूको वृष्टि तथा शंख ध्वनिको आवाज आउन लाग्यो ।।६।।
तत् सभासंस्थितानां च देहगेहात्मविस्मृतिः ।
दृष्ट्वा च तन्मयावस्थां नारदो वाक्यमब्रवीत् ॥ ७ ॥
सभामा बसेकाहरूलाई आफु र आफ्नो आत्माको बारेमा कुनै ख्याल भएन । त्यहाँ सबैजना भगवान्मा तन्मय भएका थिए । यस्तो वातावरण देखेर नरदजीले भने ।। ७ ।।
(वंशस्थ)
अलौकिकोऽयं महिमा मुनीश्वराः
सप्ताहजन्योऽद्य विलोकितो मया ।
मूढाः शठा ये पशुपक्षिणोऽत्र
सर्वेऽपि निष्पापतमा भवन्ति ॥ ८ ॥
मुनिश्वर हो१ आज सप्ताह श्रवणको अलौकिक महिमा देखें । यहाँ भएका मुर्ख, दुष्ट र पशु पक्षी देखि लिएर सबै जीव निष्पाप भएकाछन् ।।८।।
(उपेंद्रवज्रा)
अतो नृलोके ननु नास्ति किंचित्
चित्तस्य शोधाय कलौ पवित्रम् ।
अघौघविध्वंसकरं तथैव
कथासमानं भुवि नास्ति चान्यत् ॥ ९ ॥
(इंद्रवज्रा)
के के विशुद्ध्यन्ति वदन्तु मह्यं
सप्ताहयज्ञेन कथामयेन ।
कृपालुभिर्लोकहितं विचार्य
प्रकाशितः कोऽपि नवीनमार्गः ॥ १० ॥
मुनीवरहरू ! तपाईहरू धेरै कृपालु हुनुहुन्छ,संसारको कल्याणको लागि यो अति उत्तम नया साधन बताउनु भएका हो । यो सप्ताहयज्ञले कस्ताकस्ता मानिसहरू पवित्र हुन्छन् बताउनुहोस् ।। १० ।।
कुमारा ऊचुः –
(वंशस्थ)
ये मानवाः पापकृतस्तु सर्वदा
सदा दुराचाररता विमार्गगाः ।
क्रोधाग्निदग्धाः कुटिलाश्च कामिनः
सप्ताहयज्ञेन कलौ पुनन्ति ते ॥ ११ ॥
मानिस सधैं भरि अनेक किसिमका पापादि कर्महरू गर्छन, दुराचारमा रहन्छन् अनि उल्टोबाटो हिड्छन र क्रोधाग्नीले जलिरहने कुटिल स्वभावका छन् भने ती सबै सप्ताहयज्ञले पबित्र हुन्छन् ।।११।।
सत्यन हीना पितृमातृदूषकाः
तृष्णाकुलाचाश्रमधर्मवर्जिताः ।
ये दाम्भिका मत्सरिणोऽपि हिंसकाः
सप्ताहयज्ञेन कलौ पुनन्ति ते ॥ १२ ॥
जो सत्यकर्म बाट पतित भएक छन, आमाबाबुको निन्दा गर्दछन्, लोभले व्याकुल भएकाछन् आश्रम धर्मबाट बिमुख भएकाछन्, घमण्डि छन् अनि अरुको सुख देखि नसक्ने र अरुलाई अनावस्यक दुःख दिने हुन्छन् यिनीहरू पनि कलियुगमा सप्ताहयज्ञले पबित्र हुन्छन् ।।१२।।
पञ्चोग्रपापात् छलछद्मकारिणः
क्रूराः पिशाचा इव निर्दयाश्च ये
ब्रह्मस्वपुष्टा व्यभिचारकारिणः
सप्ताहयज्ञेन कलौ पुनन्ति ते ॥ १३
मदिरापान, ब्रम्हहत्या, सुनचोरी, गुरुस्त्री गमन, विश्वासघात यी पाँचप्रकारका पाप गर्नेहरू, अनि छलकपटी, निर्दयी, ब्राम्हणको धन हरण गर्ने र ब्यभिचारीहरू पनि कलियुगमा सप्ताहयज्ञले पवित्र हुन्छन् ।।१३।।
कायेन वाचा मनसापि पातकं
नित्यं प्रकुर्वन्ति शठा हठेन ये
परस्वपुष्टा मलिना दुराशयाः
सप्ताहयज्ञेन कलौ पुनन्ति ते ॥ १४ ॥
जो दुष्ट्याईले शरीर मन र वोलीले पाप गर्दछन र अरुको धनले पालिएका हुन्छन् त्यस्तै दुषित मनका हुन्छन उनीहरू समेत भागवतकथारूप सप्ताहयज्ञले पबित्र हुन्छन् ।।१५।।
(अनुष्टुप्)
अत्र ते कीर्तयिष्याम इतिहासं पुरातनम् ।
यस्य श्रवणमात्रेण पापहानिः प्रजायते ॥ १५ ॥
नारदजी१ अब म यस विषयमा प्राचीन इतिहास सुनाउछु यस्लाई सुन्नाले नै पनि सबै किसिमको पाप बाट मुक्ति मिल्दछ ।। १५
तुंगभद्रातटे पूर्वं अभूत् पत्तनमुत्तमम् ।
यत्र वर्णाः स्वधर्मेण सत्यसत्कर्मतत्पराः ॥ १६ ॥
पूर्वकालमा तुङ्गभद्रा नदीको किनारमा एउटा सहर थियो । त्यहाँ सबै जातिका मानिसहरू आआफ्नो धर्ममा रहेर सत्कर्म गर्नमा तत्पर थिए ।।१६।।
आत्मदेवः पुरे तस्मिन् सर्ववेद विशारदः ।
श्रौतस्मार्तेषु निष्णातो द्वितीय इव भास्करः ॥ १७ ॥
त्यस सहरमा सबै वेदका ज्ञाता र सत्कर्म गर्नमा निपुण भएका आत्मदेव नाम गरेका ब्राम्हण बस्दथे । उनी दोश्रो सूर्य समान तेजस्वी थिए ।
भिक्षुको वित्तवान् लोके तत्प्रिया धुन्धुली स्मृता ।
स्ववाक्यस्थापिका नित्यं सुन्दरी सुकुलोद्भवा ॥ १८ ॥
उनी धनी भएर पनि भिक्षा मागेर जीवन निर्वाह गर्थे । उनकी धुन्धुली नाम गरेकी पत्नी थिइन्, उनी साह्रै राम्री भएर पनि आफ्नो कुरामा जिद्दि गर्ने खालकी थिइन् ।। १८ ।।
लोकवार्तारता क्रूरा प्रायशो बहुजल्पिका ।
शूरा च गृहकृत्येषु कृपणा कलहप्रिया ॥ १९ ॥
उनी अरुसंग गफ गर्न खुब मनपराउथिन् । दुष्ट स्वभावकी, जहिले पनि विना कारणमा अनावस्यक वादविवाद गरिरहे गर्थिन् ।। तर घर ब्यबहारमा निपुण थिइन भने अनि झगडालु पनि ।। १९।।
एवं निवसतोः प्रेम्णा दंपत्यो रममाणयोः ।
अर्थाः कामास्तयोरासन् न सुखाय गृहादिकम् ॥ २० ॥
यस प्रकार ती दुई परिवार आनन्दसंग बस्दथे । उनीहरू संग धन पनि प्रसस्त थियो । घर पनि राम्रो यियो तापनि उनीहरूलाई सुख थिएन ।। २० ।।
पश्चात् धर्माः समारब्धाः ताभ्यां संतानहेतवे ।
गोभूहिरण्यवासांसि दीनेभ्यो यच्छतः सदा ॥ २१ ॥
जव उमेर ढल्कदै गयो अनि सन्तानका लागि अनेक किसिमका पुण्य कर्महरू गर,दीनदुखीहरूलाइ गाई, जग्गा कपडाहरू दान गर्नलागे ।।२१।।
धनार्धं धर्ममार्गेण ताभ्यां नीतं तथापि च ।
न पुत्रो नापि वा पुत्री ततश्चिन्तातुरो भृशम् ॥ २२ ॥
यसरी धर्म कार्यमा आफ्नो आधा सम्पत्ति सके तापनि न छोरा न छोरी कुनै सन्तानको मुख देख्न पाएका थिएनन् त्यसैले ब्राम्हण चिन्तिा गर्नलागे ।।२२।।
एकदा स तु द्विजो दुःखाद् गृहं त्यक्त्वा वनं गतः ।
मध्याह्ने तृषितो जातः तडागं समुपेयिवान् ॥ २३ ॥
एकदिन ती ब्राम्हण देवता धेरै दुःखी हुंदै घरबाट निस्के अनि वनतिर लागे । दिउसोको समय उनलाई पानी तिर्खा लाग्यो, त्यसैले तलाउ भएतिर गए ।। २३ ।।
पीत्वा जलं निषण्णस्तु प्रजादुःखेन कर्शितः ।
मुहूर्तादपि तत्रैव संन्यासी कश्चित् आगतः ॥ २४ ॥
सन्तान नभएको चिन्ताका कारण उनको शरीर सुक्दै गएको थियो । अनि पानी पिएपछि थकित भएर बसे केहि बेरपछि त्यहाँ एकजान सन्यासी माहात्मा आईपुगे ।।२४।।
दृष्ट्वा पीतजलं तं तु विप्रो यातस्तदन्तिकम् ।
नत्वा च पादयोस्तस्य निःश्वसन् संस्थितः पुरः ॥ २५ ॥
ती ब्राम्हणले पनि पानी पिए । त्यसपछि आत्मदेवले ब्राम्हण माहात्मा भएतिर गएर उनको चरणमा नमस्कार गरे अनि अगाडि उभिएर लामो लामो सास फेर्न लागे ।
यतिरुवाच –
कथं रोदिषि विप्र त्वं का ते चिन्ता बलीयसी ।
वद त्वं सत्वरम् मह्यं स्वस्य दुःखस्य कारणम् ॥ २६ ॥
सन्यासीले सोधे– हे ब्राम्हण देवता१ तिमी किन रोइरहेकाछौ रु तिमीलार्ई त्यस्तो के चिन्ता पर्यो रु तिम्रा दुःखका कारणहरू के हुन् मलाई बताऊ ।।२६।।
ब्राह्मण उवाच –
किं ब्रवीमि ऋषे दुःखं पूर्वपापेन संचितम् ।
मदीयाः पूर्वजास्तोयं कवोष्णं उपभुञ्जते ॥ २७ ॥
ब्राम्हण भन्दछन् –
महाराज१ म तपार्ईलाइ आफ्नो पूर्व जम्मको सञ्चित पापका बारेमा के बताँउ । अब मेरा पितृहरू मैले दिएको तर्पण पानी पनि चिन्तागर्दै तातो सास द्वारा तताएर पिउछन् ।।२७।।
मद्दत्तं नैव गृह्णन्ति प्रीत्या देवा द्विजातयः ।
प्रजादुःखेन शून्योऽहं प्राणान् त्यक्तुं इहागतः ॥ २८ ॥
देवता र ब्राम्हणहरू मैले दिएका दानहरू खुसी मनले स्विकार गर्दैनन् । म सन्ताका लागि यति दुःखी छु कि म सबैतिर सुन्य मात्र देख्दछु । त्यसैले म प्राण त्याग्ने मनशायले यहां आएको हुं ।।२८।।
धिक् जीवितं प्रजाहीनं धिक् गृहं च प्रजां विना ।
धिक् धनं चानपत्यस्य धिक्कुलं संततिं विना ॥ २९ ॥
सन्तान विनाको जीवनलाई धिक्कार छ, त्यसै गरी सन्तान विनाको घरलाई पनि धिक्कार छ । सन्तान नहुनेको धन र कुललाई पनि धिक्कार छ ।।२९।।
पाल्यते या मया धेनुः सा वन्ध्या सर्वथा भवेत् ।
यो मया रोपितो वृक्षः सोऽपि वन्ध्यत्वमाश्रयेत् ॥ ३० ॥
मैले पालेका गाई पनि बाँझी नै हुन्छिन । जति बिरुवाहरू रोप्दछु त्यसमा पनि फल फल्दैन ।।३०।।
यत्फलं मद्गृहायातं तच्च शीघ्रं विनश्यति ।
निर्भाग्यस्यानपत्यस्य किमतो जीवितेन मे ॥ ३१ ॥
घरमा जति पनि फलफूलहरू आँउछन् त्यो तुरुन्दै सडेर नाश हुन्छन । यस्तो छोरा नभएको अभागी जीवन बाचेर नै के गर्नु ।।३१।।
इत्युक्त्वा स रुरोदोच्चैः तत्पार्श्वं दुःखपीडितः ।
तदा तस्य यतेश्चित्ते करुणाभूत् गरीयसी ॥ ३२ ॥
यसो भनेर ब्रम्हण दुःखले आकुल व्याकुल भई सन्यासीको अगाडि डाँको छोडेर रुनलागे । ब्रम्हणको यो अवस्था देखेर ती सन्यासीलाई दया लाग्यो ।।।३२।।
तद्भालाक्षरमालां च वाचमायास योगवान् ।
सर्वं ज्ञात्वा यतिः पश्चात् विप्रं ऊचे सविस्तरम् ॥ ३३ ॥
ती योगनिष्ठ थिए, उनले ती ब्राम्हणको निधारका रेखाहरू हेरेर सबैकुरा बुझेर भन्नलागे ।।३३।।
यतिरुवाच –
मुञ्च अज्ञानं प्रजारूपं बलिष्ठा कर्मणो गतिः ।
विवेकं तु समासाद्य त्यज संसारवासनाम् ॥ ३४ ॥
सन्यासीले भने–
ब्राह्मण देवता१ तिमी यो सन्तानको आशा छोडिदेउ । कर्मको गति प्रवल छ, अव विवेकको आश्रय लिएर सांसारिक वासनालाई छोडिदेउ ।।३४।।
श्रुणु विप्र मया तेऽद्य प्रारब्धं तु विलोकितम् ।
सप्तजन्मावधि तव पुत्रो नैव च नैव च ॥ ३५ ॥
हे ब्राम्हण१ सुन, मैले तिम्रो प्रारब्ध देखेर यो भन्छु कि तिम्रो सात जन्म सम्म पनि कुनै सन्तान हुने छैन ।।३५।।
संततेः सगरो दुःखं अवाप अङ्गः पुरा तथा ।
रे मुञ्चाद्य कुटुम्बाशां संन्यासे सर्वथा सुखम् ॥ ३६ ॥
पूर्वकालमा राजा सगर र अङ्गले सन्तानका कारण ठुलो कष्ट भोग्नु परेको थियो । अब तिमी सन्तान आश छोडिदेउ । सन्यासमा नै सबै किसिमको सुख छ ।।३६।।
ब्राह्मण उवाच –
विवेकेन भवेत्किं मे पुत्रं देहि बलादपि ।
नो चेत् त्यजाम्यहं प्राणान् त्वदग्रे शोकमूर्छितः ॥ ३७ ॥
ब्राम्हणले भने–
विवेकले मलाई केहि हुदैन, मलाई बलले भए पनि पुत्र दिनुहोस् नत्र त तपाईकै अगाडि सोक गर्दै प्राण त्याग गरिदिन्छु ।।३७।।
पुत्रादिसुखहीनोऽयं संन्यासः शुष्क एव हि ।
गृहस्थः सरसो लोके पुत्रपौत्रसमन्वितः ॥ ३८ ॥
छोरा तथा संन्तान नभएको सन्यास जीवन त कुनै सार नभएको नीरस जीवन हो । छोरा नातिले युक्त भएको गृहस्थ जीवन नै सुखमय हो ।।३८।।
इति विप्राग्रहं दृष्ट्वा प्राब्रवीत् स तपोधनः ।
चित्रकेतुर्गतः कष्टं विधिलेखविमार्जनात् ॥ ३९ ॥
ब्राम्हणको यस्तो आग्रह देखेर ती माहात्माले भने, बिधाताले लेखेको कुरमा हठ गर्नाले चित्रकेतु राजालई लाई ठुलो दुःख आईलाग्यो ।।३९।।
न यास्यसि सुखं पुत्रात् यथा दैवहतोद्यमः ।
अतो हठेन युक्तोऽसि ह्यर्थिनं किं वदाम्यहम् ॥ ४० ॥
दैवद्वारा ठगिएको ब्यक्तिले झैं तिमीले पनि छोराको सुख पाउदैनौ । त्यसैले तिमी हठ गरिरहेका छौ त म के नै भन्न सक्छु ।।४०।।
तस्याग्रहं समालोक्य फलमेकं स दत्तवान् ।
इदं भक्षय पत्न्या त्वं ततः पुत्रो भविष्यति ॥ ४१ ॥
ब्राम्हणको आग्रहलाई बिचार गरेर एउटा फल दिदै भने यो फल लगेर श्रीमतीलाई खान देउ छोरा हुनेछ ।।४१।।
सत्यं शौचं दया दानं एकभक्तं तु भोजनम् ।
वर्षावधि स्त्रिया कार्यं तेन पुत्रोऽतिनिर्मलः ॥ ४२ ॥
फल खाएपछि एक वर्ष सम्म तिम्री ब्राम्हणीले सत्य, शौच, दया, दान र दिनमा एक पटक भोजन गरेर नियममा बस्नु पछ । यसरी नियमादिमा रहनाले बालक अति तेजश्वी हुनेछ ।।४२।।
एवमुक्त्वा ययौ योगी विप्रस्तु गृहमागतः ।
पत्न्याः पाणौ फलं दत्त्वा स्वयं यातस्तु कुत्रचित् ॥ ४३ ॥
यति भनेर योगी त्यहाँबाट आफ्नु बाटोलागे । ब्रम्हण पनि घर आएर श्रीमतीको हातमा फल दिएर उनी पनि कतै लागे ।।४३।।
तरुणी कुटिला तस्य सख्यग्रे च रुरोद ह ।
अहो चिन्ता ममोत्पन्ना फलं चाहं न भक्ष्यये ॥ ४४ ॥
तीनकी श्रीमती अति कुटिल स्वभावकी थिइन् । अनि रुदै साथीहरूसंग भन्न थालिन् । मलाई त अति चिन्ता भईरहेछ । म यो फल खादिन ।।४४।।
फलभक्षेण गर्भः स्याद् गर्भेण उदरवृद्धिता ।
स्वल्पभक्षं ततोऽशक्तिः गृहकार्यं कथं भवेत् ॥ ४५ ॥
फल खानाले गर्भ रहने छ । गर्भ रहेपछि पेट पनि बढेदै जानेछ । खाना पनि धेरै खान सकिदैन, कमजोरी भइन्छ । अनि घरको काम कसरी गर्नु ।।४५।।
दैवाद् धाटी व्रजेद्ग्रामे पलायेद्गर्भिणी कथम् ।
शुकवत् निवसेत् गर्भः तं कुक्षेः कथमुत्सृजेत् ॥ ४६ ॥
गाँउमा डाँकाहरूले आक्रमण गरे भने म गर्भिणी कसरी भाग्नु । फेरि शुकदेवजीको जस्तै पेटमै गर्भ रहिरह्यो भने कसरी बाहिर निकाल्नु ।।४७।।
तिर्यक् चेदागतो गर्भः तदा मे मरणं भवेत् ।
प्रसूतौ दारुणं दुःखं सुकुमारी कथं सहे ॥ ४७ ॥
सूतकेरी हुंदाको समयमा बच्चा टेढो भयर बसिदियो भने त मर्न पनि बेर लाग्दैन । म यस्ती कुमारी तरुणीले कसरी यो दुःख सहन सकुला ।।४७।।
मन्दायां मयि सर्वस्वं ननान्दा संहरेत् तदा ।
सत्यशौचादिनियमो दुराराध्यः स दृश्यते ॥ ४८ ॥
सूतकेरीले कमजोर भएको अवस्थामा नन्द आएर घरको सबै सामान लिएर गइन भने बर्बादै हुनेछ । फेरि सत्य शोच आदिको पालना गर्न पनि सक्तिन ।।४८।।
लालने पालने दुःखं प्रसूतायाश्च वर्तते ।
वन्ध्या वा विधवा नारी सुखिनी चेति मे मतिः ॥ ४९ ॥
सन्तान हुनेको स्त्रीलाई बच्चाको हेर विचार गर्न ज्यादै गाह्रो हुनेछ । त्यसैले मेरो विचारमा त विधुवा अथवा वन्ध्या नारी नै सुखि हुन्छन् ।। ४९।।
एवं कुतर्कयोगेन तत्फलं नैव भक्षितम् ।
पत्या पृष्टं फलं भुक्तं भुक्तं चेति तयेरितम् ॥ ५० ॥
यस्तो नाना किसिमको कुतर्क गर्न थालीन् र फल खाईनन् तर पतिले फल खायौ भनि सोध्दा खाएँ भनेर जवाफ दिन्थिन् ।।५०।।
एकदा भगिनी तस्याः तद्गृहः स्वेच्छयाऽऽगता ।
तदग्रे कथितं सर्वं चिन्तेयं महती हि मे ॥ ५१ ॥
एक दिन उनकी बहिनी घरमा आएका बखतमा फलका बारेमा बेलि विस्तार बताउदै भनिन्, बहिनी मलाई त सारै चिन्ता लागिरहेछ ।।५१।।
दुर्बला तेन दुःखेन ह्यनुजे करवाणि किम् ।
साब्रवीत् मम गर्भोस्ति तं दास्यामि प्रसूतितः ॥ ५२ ॥
म यसै दुःखका कारण दिनदिनै दुब्लाउदै गएकी छु । हे बहिनी अब म के गरुं । बहिनीले भनिन् म पनि गर्भवति भएकी छु बच्चा जन्मेपछि तपार्ईलार्ई दिउला ।।५२।।
तावत्कालं सगर्भेव गुप्ता तिष्ठ गृहे सुखम् ।
वित्तं त्वं मत्पतेर्यच्छ स ते दास्यति बालकम् ॥ ५३ ॥
त्यसबेला सम्म तापाई गर्भवती भएको बहाना गरी गोप्य तवरले बस्नुहोस् । दिदी तपार्ईले मेरा श्रीमानलाई अलिकता धन दिनुभएमा उनले बच्चा ल्याएर तपार्ईलाई दिनेछन् ।।५३।।
षण्मासिको मृतो बाल इति लोको वदिष्यति ।
तं बालं पोषयिष्यामि नित्यमागत्य ते गृहे ॥ ५४ ॥
म लोकलाई बालक छ महिनामैं मर्यो भन्नेछु । अनि म पनि सधं तपाईकै घरमा आएर बालकको हेर बिचार गर्नेछु ।।५४।।
फलमर्पय धेन्वै त्वं परीक्षार्थं तु साम्प्रतम् ।
तत् तद् आचरितं सर्वं तथैव स्त्रीस्वभावतः ॥ ५५ ॥
दिदी यो फल जाँच गर्नको लागि गाईलाई लगेर खान दिनुहोस् । ती ब्राम्हणीले पनि बहिनीले जे भन्यो त्यही अनुसार गरिन् ।। ५५ ।।
अथ कालेन सा नारी प्रसूता बालकं तदा ।
आनीय जनको बालं रहस्ये धुन्धुलीं ददौ ॥ ५६ ॥
त्यसपछि जब बहिनीको छोरा जन्मियो अनि त्यो बालकलाई उसको बाबुले गुप्तरूपमा ल्याएर धुंधुलीलाई दियो ।। ५६ ।।
तया च कथितं भर्त्रे प्रसूतः सुखमर्भकः ।
लोकस्य सुखमुत्पन्नं आत्मदेव प्रजोदयात् ॥ ५७ ॥
अनि धुन्धुलीले आफ्ना पति आत्मदेवलाई भनिन् मेरो बालक जन्म्यो । तव छोरो जन्मेको सुनेर आत्मदेव धेरै खुसी भए । ।।५६।।
ददौ दानं द्विजातिभ्यो जातकर्म विधाय च ।
गीतवादित्रघोषोऽभूत् तद्द्वारं मंगलं बहु ॥ ५८ ॥
आत्मदेव ब्राम्हणले छोराको जातकर्म गराए । ब्राम्हणहरूलाई दान दिए । उनका घरमा नाच गान सहित मांङ्गलिक कामहरू भए ।।५८।।
भर्तुरग्रेऽब्रवीत् वाक्यं स्तन्यं नास्ति कुचे मम ।
अन्यस्तन्येन निर्दुग्धा कथं पुष्णामि बालकम् ॥ ५९ ॥
यता धुंधुलीले आफ्ना पतिलाई भनिन् । मेरा स्तनबाट दूध आएको छैन, गाईको दूधबाट बालकलाई कसरी हुर्काउनु ।। ५९ ।।
मत्स्वसुश्च प्रसूताया मृतो बालस्तु वर्तते ।
तामाकार्य गृहे रक्ष सा तेऽर्भं पोषयिष्यति ॥ ६० ॥
मेरी बहिनीको बच्चा जन्मेको थियो तर त्यो मर्यो त्यसैले बहिनी घरमा ल्याएर राख्न पाए बच्चाको पालन पोषण हेरचाह सबै गर्थी ।। ६० ।।
पतिना तत्कृतं सर्वं पुत्ररक्षणहेतवे ।
पुत्रस्य धुन्धुकारीति नाम मात्रा प्रतिष्ठितन् ॥ ६१ ॥
आत्मदेवले छोराको हितका लागि त्यसै गरे । आमा धुंधुलीले छोराको नाम धुन्धुकारी भनेर राखिन् ।। ६१ ।।
त्रिमासे निर्गते चाथ सा धेनुः सुषुवेऽर्भकम् ।
सर्वांगसुन्दरं दिव्यं निर्मलं कनकप्रभम् ॥ ६२ ॥
यता यसको तीन महिना बितेपछि गाईले पनि मानिस आकारको बच्चा जन्मायो । त्यो बालक सर्वांग सुन्दर तथा सुन जस्तै तेजिलो थियो ।। ६२ ।।
दृष्ट्वा प्रसन्नो विप्रस्तु संस्कारान् स्वयमादधे ।
मत्वाऽऽश्चर्यं जनाः सर्वे दिदृक्षार्थं समागताः ॥ ६३ ॥
त्यो बालकलाई देखेर आत्मदेव ब्राम्हण खुसिभए । आफैले त्यस वालकको सबै संस्कारहरू गरिदिए । यो कुरा सुनेर सबैजना आश्चर्यमा परेर बालक हेर्न भनि आए ।। ६३ ।।
भाग्योदयोऽधुना जात आत्मदेवस्य पश्यत ।
धेन्वा बालः प्रसूतस्तु देवरूपीति कौतुकम् ॥ ६४ ॥
एक आपसमा भन्न लागे आत्मदेवको भाग्यको उदय भएको छ । कस्तो आश्चर्य१ गाईले पनि यस्तो दिव्यरूप वालक जन्मायो ।। ६४ ।।
न ज्ञातं तद्रहस्यं तु केनापि विधियोगतः ।
गोकर्णं तं सुतं दृष्ट्वा गोकर्णं नाम चाकरोत् ॥ ६५ ॥
तर यसको गुह्यकुराको रहस्य कसैले पनि जान्न सकेनन् । गाईको जस्तो कान देखेर आत्मदेवले त्यस बालको नाम गोकर्ण भनि राखे ।।६५।।
कियत्कालेन तौ जातौ तरुणौ तनयावुभौ ।
गोकर्णः पण्डितो ज्ञानी धुन्धुकारी महाखलः ॥ ६६ ॥
केही समयपछि ती दुवै वालक जवान हुदै आए । उनमा गोकर्ण ठुला पडित र ज्ञानी भए तर धुन्धुकारी भने ज्यादै दुष्ट भयो ।। ६६ ।।
स्नानशौचक्रियाहीनो दुर्भक्षी क्रोधवर्जितः ।
दुष्परिग्रहकर्ता च शवहस्तेन भोजनम् ॥ ६७ ॥
त्यो स्नान, शौच तथा नियम आचरणमा थिएन । खाना पिनामा पनि कुनै पर्वाह गर्दैन थियो । चांडै रिसाउथ्यो, खराब कर्मको संग्रह गर्दथ्यो । मुर्दाको हातले छोर्ईएको खाना खान्थ्यो ।। ६७ ।।
चौरः सर्वजनद्वेषी परवेश्मप्रदीपकः ।
लालनायार्भकान् धृत्वा सद्यः कूपे न्यपातयत् ॥ ६८ ॥
अरुको धन संपत्ति चोर्नु, सबैसंग सत्रुता बढाउनु उस्को स्वभाव वन्यो । लुकीलुकीकन अरुको घरमा आगो लगाउथ्यो । अरु बालकलाई खेल्न बोलाएर कुवामा खसालिदिन्थ्यो ।। ६८ ।।
हिंसकः शस्त्रधारी च दीनान्धानां प्रपीडकः ।
चाण्डालाभिरतो नित्यं पाशहस्तः श्वसंगतः ॥ ६९ ॥
हिंसा उसको पेशा नै थियो । बिचरा दीन दुखीहरू माथि अनेक किसिमको यातना दिन्थ्यो ।।
चाण्डाल जातिहरू संग उसको बिशेष मायाप्रिति थियो । हातमा गुलेली लिएर कुकुरसंग सिकार गर्न हिड्थ्यो ।। ६९ ।।
तेन वेश्याकुसंगेन पित्र्यं वित्तं तु नाशितम्
एकदा पितरौ ताड्य पात्राणि स्वयमाहरत् ॥ ७० ॥
उसले वेश्याहरूको उक्साहटमा लागेर बाबुको सबै सम्पत्ति खतम गरिदियो । एक दिन आमाबाबुलाई नै पिटपाट गरेर घरको सबै सपत्ति लिएर हिड्यो ।।७०।।
तत्पिता कृपणः प्रोच्चैः धनहीनो रुरोद ह
वध्यतवं तु समीचीनं कुपुत्रो दुःखदायकः ॥ ७१ ॥
यस प्रकार आफ्नो सबै सम्पत्ति स्वाहा भएको देखेर बाबु आत्मदेव रुन लागे । यस्तो छोरो हुनु भन्दा त यस्की आमाको पेट नै बाँझो भएको भए हुन्थ्यो । कुपुत्र ले त धेरै दुख दिने रहेछ ।।७१।।
क्व तिष्ठामि क्व गच्छामि को मे दुःखं व्यपोहयेत् ।
प्राणान् त्यजामि दुःखेन हा कष्टं मम संस्थितम् ॥ ७२ ॥
अब म के गरु रु कहाँ जाउँ रु कहाँ बसुँ रु मलाई यो संकटबाट कस्ले पार लगाउला रु हाय१ मलाई कस्तो विपत्ति आइलाग्यो । यो दुःखले गर्दा मैले प्राण छोड्नु पर्ने भयो ।। ७२ ।।
तदानीं तु समागत्य गोकर्णो ज्ञानसंयुतः ।
बोधयामास जनकं वैराग्यं परिदर्शयन् ॥ ७३ ॥
त्यसै समयमा ज्ञानी गोकर्ण त्यहाँ आइपुगे र बाबुलाई बैराज्ञको उपदेश दिदै संझाए ।। ७३ ।।
असारः खलु संसारो दुःखरूपी विमोहकः ।
सुतः कस्य धनं कस्य स्नेहवान् ज्वलतेऽनिशम् ॥ ७४ ॥
पिताजी१ यो संसारको कुनै सार छैन । फेरि यसले ता अत्यन्त दुःखरूप र मोहमा फसाउने छ । यो छोरा कस्को हो रु धन कस्को हो रु सन्तानको स्नेहले दुःख मान्दै रातदिन बत्तिजस्तै जलिरहन्छ ।। ७४ ।।
ते च इंद्रस्य सुखं किंचित् न सुखं चक्रवर्तिनः ।
सुखमस्ति विरक्तस्य मुनेः एकान्तजीविनः ॥ ७५ ॥
सुख त न इन्द्रलाई छ न चक्रवर्ती राजालाई छ । सुख त केवल विरक्ति र एकान्तवासी मुनिहरूलाई मात्र छ ।। ७५ ।।
मुञ्च अज्ञानं प्रजारूपं मोहतो नरके गतिः ।
निपतिष्यति देहोऽयं सर्वं त्यक्त्वा वनं व्रज ॥ ७६ ॥
मेरो यो छोरा हो भन्ने अज्ञान छोडिदिनुहोस् । मोहले ले नरक प्राप्त हुन्छ । यो शरिर पनि आखिर नष्ट हुने हो त्यसैले सबैकुरा छाडेर वनमा लाग्नुहोस् ।। ७६ ।।
तद्वाक्यं तु समाकर्ण्य गन्तुकामः पिताब्रवीत् ।
किंकर्तव्यं वने तात तत्त्वं वद सविस्तरम् ॥ ७७ ॥
गोकर्णको कुरा सुनेर आत्मदेव वनमा जानका लागि तयार भए अनि उनले भने छोरा१ मैले वनमा गएर के गर्नु पर्ने हो रु सबैकुरा मलाई बताइदेउ ।।७७ ।।
अन्धकूपे स्नेहपाशे बद्धः पंगुरहं शठः ।
कर्मणा पतितो नूनं मामुद्धर दयानिधे ॥ ७८ ॥
म धेरै मुर्ख छु । अहिलेसम्म कामरूप मोहजालमा बाधिएको हुनाले अज्ञानले यो घररूप अध्यारो कुवामा परिरहेको छु । तिमी त धेरै दयालु छौ त्यसैले मेरो उध्दार गर ।। ७८ ।।
(वसंततिलका)
देहेऽस्थिमांसरुधिरेऽभिमतिं त्यज त्वं
जायासुतादिषु सदा ममतां विमुञ्च ।
पश्यानिशं जगदिदं क्षणभंगनिष्ठं
वैराग्यरागरसिको भव भक्तिनिष्ठः ॥ ७९ ॥
गोकर्णले भने–
पिताजी ! यो शरीर हाड, रगत र मासुले वनेको पिण्ड हो । यसलाई खुसी पार्न छोडिदिनुहोस् र स्त्री छोरालाई आफ्नो कहिले पनि नसम्झनुहोस् । संसारलाई सधै क्षणभंगुर छ भन्ने देख्नुहोस् । यहाँ उत्पन्न कुनै पनि वस्तुलाई देखेर यसलाई स्थाइ सझेर उपभोग नगर्नुहोस् ।।७९।।
धर्म भजस्व सततं त्यज लोकधर्मान्
सेवस्व साधुपुरुषान् जहि कामतृष्णाम् ।
अन्यस्य दोषगुणचिन्तनमाशु मुक्त्वा
सेवाकथारसमहो नितरां पिब त्वम् ॥ ८० ॥
एउटै मात्र वैराग्य रसको रसिक भएर भगवान्को भक्तिमा लाग्नुहोस् । भगवान्को सेवा नै सबभन्दा ठुलो धर्म हो । निरन्तर भगवान्को आश्रय लिनुहोस । अरु सबैप्रकारको लौकिक धर्मलाई छोडिदिनुहोस् । सधैं साधु, महन्तको सेवा गर्नुहोस् । भोगरूप लालचमा नलाग्नुहोस् । अरुको गुण र दोशलाई छोडेर एक मात्र भगवान्को कथाको रस पान गर्नुहोस् ।। ८० ।।
एवं सुतोक्तिवशतोऽपि गृहं विहाय
यातो वनं स्थिरमतिर्गतषष्टिवर्षः ।
युक्तो हरेरनुदिनं परिचर्ययासौ
श्रीकृष्णमाप नियतं दशमस्य पाठात् ॥ ८१ ॥
यस प्रकार छोराको यस्तो कुराबाट प्रभावित भएर आत्मदेवले घर छाडि दिए र वनतिर लागे । त्यस वेला उनी साठी वर्षका थिए, उनको बुध्दिमा दृढता थियो । उनले हरेक दिन भागवत्को सेवा पूजा गरेर नियमित रूपमा भागवत दसमस्कन्ध पाठ गरेर श्री कृष्ण भगवान्लाई प्राप्त गरे ।
इति श्रीपद्मपुराणे उत्तरखण्डे श्रीमद्भागवतमाहात्म्ये
विप्रमोक्षो नाम चतुर्थोऽध्यायः ॥ ४ ॥