#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

श्रीमद्भागवतमाहात्म्यम् – तृतीयोऽध्यायः

 
श्रीमद्भागवतमाहात्म्यम् 
 तृतीयोऽध्यायः

 

नारद उवाच –
(अनुष्टुप्) 
ज्ञानयज्ञं करिष्यामि शुकशास्त्रकथोज्ज्वलम् ।
भक्तिर्ज्ञानविरागाणां स्थापनार्थं प्रयत्नतः ॥ १ ॥

नारदजी भन्छन्–
अव म ज्ञान, भक्ति र वैराग्यलाई स्थापित गर्नका लागि प्रयत्न पूर्वक श्री शूकदेवजीले भन्नु भएको भागवतकथाको उज्वलमय ज्ञानयज्ञ गर्दछु ।।१।।

कुत्र कार्यो मया यज्ञः स्थलं तद्वाच्यतामिह ।
महिमा शुकशास्त्रस्य वक्तव्यो वेदपारगैः ॥ २ ॥

यो ज्ञानयज्ञ मैले कहाँ गर्नुपर्ने हो, अव तपार्ईहरूले यस यज्ञका लागि कुन ठाँउ उपयुक्त हुन्छ भन्नुहोस् तपार्ईहरू वेदका ज्ञाता हुनुहुन्छ, त्यसैले मलाई यो शूकशास्त्रको महिमा सुनाउनुहोस् ।।२।।

कियद्भिः दिवसैः श्राव्या श्रीमद्भागवती कथा ।
को विधिः तत्र कर्तव्यो ममेदं ब्रुवतामितः ॥ ३ ॥

यो पनि मलाई बताउनु होस् कि यो श्रीमद्भागतकथा कति दिनसम्म सुनाउनु पर्छ र सुन्ने विधि के होरु ।।३।।

कुमारा ऊचुः –
श्रृणु नारद वक्ष्यामो विनम्राय विवेकिने ।
गंगाद्वारसमीपे तु तटं आनन्दनामकम् ॥ ४ ॥

सनकादि भन्छन् –
नारजी१ तपार्ई बुध्दिमान विवेकी हुनुहुन्छ । हामी तपार्ईलाई यसका बारेमा सबैकुरा बताउछौ सुन्नुहोस्, हरिद्वारको नजिक आनन्द नामगरेको एउटा घाट छ ।।४।।

नानाऋषिगणैर्जुष्टं देवसिद्धनिषेवनम् ।
नानातरुलताकीर्णं नवकोमलवालुकम् ॥ ५ ॥

त्यहाँ अनेक ऋषिहरू बस्तछन् अनि देवता र सिध्दपुरुषहरू पनि रहन्छन् । त्यो ठाँउ बिभिन्न जातीका रुख र लहराहरूले शोभायमान छ । कोमल नयाँ बालुवाले भरिएको ठाँउ छ ।।५।।

रम्यं एकान्तदेशस्थं हेमपद्मसुसौरभम् ।
यत्समीपस्थजीवानां वैरं चेतसि न स्थितम् ॥ ६ ॥

त्यो घाट धेरै रमाइलो र एकान्त छ । त्यहाँ हरसमय सुनौलो कमलको वासना आईरहन्छ । त्यस क्षेत्रका आसपासमा भएका सिंह र हात्ती आदि जनावरहरू स्वभावैले वैरभाव भएका जीव भएपनि त्यहाँ कुनै वैरभाव राख्दैनन् ।।६।।

ज्ञानयज्ञस्त्वया तत्र कर्तव्यो हि अप्रयत्नतः ।
अपूर्वरसरूपा च कथा तत्र भविष्यति ॥ ७ ॥

त्यहाँ तपार्ई विना तयारी नै ज्ञानयज्ञ थाल्नुहोस् । त्यस ठाउँमा कथाको रसको अपूर्व उदय हुन्छ ।।७।।

पुरःस्थं निर्बलं चैव जराजीर्णकलेवरम् ।
तद्द्वयं च पुरस्कृत्य भक्तिस्तत्रागमिष्यति ॥ ८ ॥

भक्ति पनि तपार्ईकै अगाडि आफ्ना निर्बल र बृध्द छोराहरूलाई लिएर अवस्य जानेछिन ।।८।।

यत्र भागवती वार्ता तत्र भक्त्यादिकं व्रजेत् ।
कथाशब्दं समाकर्ण्य तत्त्रिकं तरुणायते ॥ ९ ॥

किनकि जहाँ भागवत्को कथा हुन्छ त्यहाँ भक्ति अवस्य पुग्दछिन् । त्यहाँ तिनिहरूको कानमा यो कथा पुग्नासाथ तरुण हुन्छन् ।।९।।

सूत उवाच –
एवमुक्त्वा कुमारास्ते नारदेन समं ततः ।
गंगातटं समाजग्मुः कथापानाय सत्वराः ॥ १० ॥

सूतजी भन्छन–
यसरी बताएपछि नारदजीका साथ सनकादि पनि श्रीमद्भागवत्कथा पान गर्ने उद्येश्यले त्यहाँबाट तुरुन्तै गङ्गा किनारमा आउनुभयो ।।१०।।

यदा यातास्तटं ते तु तदा कोलाहलोऽप्यभूत् ।
भूर्लोके देवलोके च ब्रह्मलोके तथैव च ॥ ११ ॥

जुनबेला वहांहरू किनारमा पुग्नुभयो त्यस वेला भूलोक, देवलोक र ब्रम्हलोक आदि सबै ठाँउमा कथाको बारे हल्लि खल्लि भयो ।।११।।

श्रीभागवतपीयूष पानाय रसलम्पटाः ।
धावन्तोऽप्याययुः सर्वे प्रथमं ये च वैष्णवाः ॥ १२ ॥

जो जो भागवतकथाका रसिक विष्णुभक्त थिए, उनीहरू सबै भागवत्कथा पान गर्नका लागि छिटो छिटो दौडदै अगाडि आए ।।१२।।

(वंशस्थ)
भृगुर्वसिष्ठश्च्यवनश्च गौतमो
मेधातिथिर्देवलदेवरातौ ।
रामस्तथा गाधिसुतश्च शाकलो
  मृकण्डुपुत्रात्रिजपिप्पलादाः ॥ १३ ॥

भृगु, वशिष्ठ, च्यवन, गौतम, मेधातिथि, देवल, देवरात, प्रसुराम, विश्वामित्र, शाकल, मार्कण्डेय, दत्तात्रेय, पिप्पलाद-

(इंद्रवज्रा)
योगेश्वरौ व्यासपराशरौ च
        छायाशुको जाजलिजह्नुमुख्याः ।
सर्वेऽप्यमी मुनिगणाः सहपुत्रशिष्याः
        स्वस्त्रीभिराययुरतिप्रणयेन युक्ताः ॥ १४ ॥

योगेश्वर व्यास, पराशर अनि छायाशूक,जाजलि र जन्हु आदि ठुला ठुला ऋषिहरू आफ्ना छोरा,शिष्य र श्रीमती सहित बडो प्रमले त्यहाँ आए ।।१४।। 

(अनुष्टुप्) 
वेदान्तानि च वेदाश्च मन्त्रास्तन्त्राः समूर्तयः ।
दशसप्तपुराणानि षट्शास्त्राणि तथाऽऽययुः ॥ १५ ॥

यी बहेक वेद, वेदान्त, मन्त्र, तन्त्र, सत्रैओटा पुराण र छ शास्त्र पनि मुर्तिमान भएर त्यहाँ उपस्थित भए ।।१५।।

गंगाद्या सरितस्तत्र पुष्करादिसरांसि च ।
क्षेत्राणि च दिशः सर्वा दण्डकादि वनानि च ॥ १६ ॥

गङ्गा आदि गरेका नदीहरू, पुष्कर आदि सरोवरहरू, कुरुक्षेत्रादि सबै क्षेत्रहरू, सबै दिशाहरू, दण्डकादि वनहरू पनि कथा सुन्न आए ।।१६।।

नगादयो ययुस्तत्र देवगन्धर्वदानवाः ।
गुरुत्वात्तत्र नायातान् भृगुः सम्बोध्य चानयत् ॥ १७ ॥

तथा देव गन्दर्भ र दानवहरू पनि कथा सुन्न आए । जो जो आफ्ना प्रतिष्ठाका कारण आएका थिएनन् उनीहरूलाई भृगु ऋषिले संझाई बुझाई लिएर आउनुभयो ।।१७।।

दीक्षिता नारदेनाथ दत्तं आसनमुत्तमम् ।
कुमारा वन्दिताः सर्वैः निषेदुः कृष्णतत्पराः ॥ १८ ॥

कथा सुनाउनका निम्तिमा दिक्षित भएर सनकादिहरू नरदजीले दिएको श्रेष्ठ आशनमा बस्नुभयो । त्यस समयमा श्रोताहरूले वहाँको वन्धना गरे ।।१८।।

वैष्णवाश्च विरक्ताश्च न्यासिनो ब्रह्मचारिणः ।
मुखभागे स्थितास्ते च तदग्रे नारदः स्थितः ॥ १९ ॥

श्रोताहरूमा वैष्णव, विरक्त र सन्यासीहरू अगाडि बसे । सबै भन्दा अगाडि नारदजी बस्नुभयो ।।१९।।

एकभागे ऋषिगणाः तद् अन्यत्र दिवौकसः ।
वेदोपनिषदो अन्यत्र तीर्थान् यत्र स्त्रियोऽन्यतः ॥ २० ॥

ऋषिगण, देवताहरू एक लाईन, एकातिर उपनिषद र तीर्थहरूबसे र दोश्रोपटि स्त्रीहरू बसे ।।२०।।

जयशब्दो नमःशब्दोः शंखशब्दस्तथैव च ।
चूर्णलाजा प्रसूनानां निक्षेपः सुमहान् अभूत् ॥ २१ ॥

त्यस बखत ठुलो श्वरमा जयजयकार र नमस्कारको शव्दघोष भयो शंखको आवाज आयो त्यस्तै लावा, अविर र फूलको वर्षा हुन थाल्यो ।।२१।।

विमानानि समारुह्य कियन्तो देवनायकाः ।
कल्पवृक्ष प्रसूनैस्तान् सर्वान् तत्र समाकिरन् ॥ २२ ॥

कुनै उच्च देवताहरूले विमानमा चढेर त्यहाँ बसेका सबैलाई कल्पबृक्षको फूलले वर्षा गर्न लागे ।।२२।। 

सूत उवाच –
एवं तेष्वकचित्तेषु श्रीमद्भागवस्य च ।
माहात्म्यं ऊचिरे स्पष्टं नारदाय महात्मने ॥ २३ ॥

सूतजी भन्छन्–
यस प्रकार पूजा समाप्त भएपछि सवैजना एकाग्र चित्त भएर बसे अनि सनकादि ऋषिहरूले स्पष्ट गरेर भागवत महात्म्य सुनाउनु लागे ।।२३।।

कुमारा ऊचुः –
अथ ते वर्ण्यतेऽस्माभिः महिमा शुकशास्त्रजः ।
यस्य श्रवणमात्रेण मुक्तिः करतले स्थिता ॥ २४ ॥

सनकादिले भने– अब हामी तपार्ईलाई यो भागवतशास्त्रको महिमा सुनाउँछौं । यस्को श्रवण मात्रले पनि मुक्ति हातपर्छ ।।२४।।

सदा सेव्या सदा सेव्या श्रीमद्भागवती कथा ।
यस्याः श्रवणमात्रेण हरिश्चित्तं समाश्रयेत् ॥ २५ ॥

श्रीमद्भागवत्कथा सदा सर्वदा सुन्नु र सेवन गर्नु पर्दछ । यसलाई सुन्नाले मात्र पनि श्रीहरि हृदयमा आएर बस्नु हुन्छ ।।२५।।

ग्रन्थोऽष्टादशसाहस्त्रो द्वादशस्कन्धसम्मितः ।
परीक्षित् शुकसंवादः श्रृणु भागवतं च तत् ॥ २६ ॥ 

ग्रन्थमा अठारहजार श्लोक र बाह्र स्कन्ध छ । सूकदेवजी र राजा परीक्षितको संबाद भएको भागवत हामी तपार्ईलाई सुनाउछौं, सुन्नुहोस्   ।।२६।।

तात संसारचक्रेऽस्मिन् भ्रमतेऽज्ञानतः पुमान् ।
यावत् कर्णगता नास्ति शुकशास्त्रकथा क्षणम् ॥ २७ ॥

जीवहरू त्यस वेलासम्म यो संसार चक्रमा भौंतारिरहन्छन्, जतिबेला सम्म यो भागवतशास्त्र पढेका र सुनेका हुदैनन् ।।२७।।

किं श्रुतैबहुभिः शास्त्रैः पुराणैश्च भ्रमावहैः ।
एकं भागवतं शास्त्रं मुक्तिदानेन गर्जति ॥ २८ ॥

धेरै शास्त्र र पुराण सुन्नाले मात्र पनि कुनै फाईदा छैन बरु ब्यर्थको भ्रम पैदा हुन्छ । मुक्ति पाउँनका लागि त एकमात्र भागवत्पुराण गर्जना गरिरहेको छ ।।२८।।

कथा भागवतस्यापि नित्यं भवति यद्गृहे ।
तद्गृहं तीर्थरूपं हि वसतां पापनाशनम् ॥ २९ ॥

जुन घरमा नित्य भागवत्कथा हुन्छ त्यो घर तीर्थसमान हुन्छ, त्यहाँबस्ने मानिसको सबै पाप नष्ट भएर जान्छ ।।२९।।

अश्वमेधसहस्राणि वाजपेयशतानि च ।
शुकशास्त्रकथायाश्च कलां नार्हन्ति षोडशीम् ॥ ३० ॥

हजारौ अश्वमेध र सयकडौं वाजपेय यज्ञ यस शुकशास्त्र कथाको सोह्रौ भागको बराबरी पनि हुनसक्तैन ।।३०।।

तावत् पापानि देहेस्मिन् निवसन्ति तपोधनाः ।
यावत् न श्रूयते सम्यक् श्रीमद्भागवतं नरैः ॥ ३१ ॥

हे तपोधन१ जवसम्म मानिस राम्रो संग श्रीमद्भागवत अध्ययन वा श्रवण गर्दैन तवसम्म उसको शरीरमा पापको बासहुन्छ ।।३१।।

न गंगा न गया काशी पुष्करं न प्रयागकम् ।
शुकशास्त्रकथायाश्च फलेन समतां नयेत् ॥ ३२ ॥

फलका हिसावले यो भागवतकथाको बराबर त गङ्गा, गया, काशी, पुष्कर र प्रयाग कुनैपनि हुन सक्तैन ।।३२।।

श्लोकार्धं श्लोकपादं वा नित्यं भागवतोद्भवम् ।
पठस्व स्वमुखेनैव यदीच्छसि परां गतिम् ॥ ३३ ॥

परम गतिको इच्छा छ भने आफ्नो मुखबाटै भागवत्को आधा अथवा चौथाइ श्लोकको नित्य नियम पूर्वक पाठ गर्नुपर्छ ।।३३।।

वेदादिः वेदमाता च पौरुषं सूक्तमेव च ।
त्रयी भागवतं चैव द्वादशाक्षर एव च ॥ ३४ ॥

ॐकार, गायत्री, पुरुषसूक्त, तीनैवेद, श्रीमद्भागवत्, ओमनमो भगवते वासुदेवाय यो द्वादशाक्षरि मन्त्र— ॥ ३४ ॥
 
द्वादशात्मा प्रयागश्च कालं संवत्सरात्मकः ।
ब्राह्मणाश्चाग्निहोत्रं च सुरभिर्द्वादशी तथा ॥ ३५ ॥

बाह्रमुर्ती भएका सूर्यभगवान्, प्रयाग,संवत्सररूप काल, ब्राम्हण, अग्निहोत्र, बसन्तऋतु र भगवान् पुरुषोत्तम तथा द्वादशी तिथि यी सवमा बुध्दिमान ब्यक्ति वस्तुतः फरक देख्दैन ।। ३५।।

तुलसी च वसन्तश्च पुरुषोत्तम एव च ।
एतेषां तत्त्वतः प्राज्ञैः न पृथ्ग्भाव इष्यते ॥ ३६ ॥

तुलसी, बसन्तऋतु र भगवान् पुरुषोत्तम यी सवमा बुध्दिमान ब्यक्ति वस्तुतः फरक देख्दैनन ।।३६।।

यश्च भागवतं शास्त्रं वाचयेत् अर्थतोऽनिशम् ।
जन्मकोटिकृतं पापं नश्यते नात्र संशयः ॥ ३७ ॥

जो पुरुष अर्थ सहित भागवतशास्त्रको पाठ गर्दछ, उस्को करोडौ जन्मको संचित पाप नष्ट भएर जान्छ । यसका अलिकति पनि संका छैन ।।३७।।

श्लोकार्धं श्लोकपादं वा पठेत् भागवतं च यः ।
नित्यं पुण्यं अवाप्नोति राजसूयाश्वमेधयोः ॥ ३८ ॥

जो ब्यक्ति नित्य भागवत्को चौथाई अथवा आधा श्लोक भए पनि पाठ गर्छ भने उसलाई राजसूय र अश्वमेध यज्ञको फल मिल्दछ ।।३८।।

उक्तं भागवतं नित्यं कृतं च हरिचिन्तनम् ।
तुलसीपोषणं चैव धेनूनां सेवनं समम् ॥ ३९ ॥

दैनिक भागवतपाठ गर्नु , भगवान्को कीर्तन गर्नु, तुलसीको स्यहार सुसार गर्नु र गाईको सेवा गर्नु यी चारै कुरा बराबर हुन् ।।३९।।

अन्तकाले तु येनैव श्रूयते शुकशास्त्रवाक् ।
प्रीत्या तस्यैव वैकुण्ठं गोविन्दोऽपि प्रयच्छति ॥ ४० ॥

जो ब्यक्ति अन्त्यसमयमा भागवत्को वाक्य सुन्दछ । उसलाई भगवान् प्रशन्न भएर भगवान्को धाम दिनुहुन्छ ।।४०।।

हेमसिंहयुतं चैतत् वैष्णवाय ददाति च ।
कृष्णेन सह सायुज्यं स पुमान् लभते ध्रुवम् ॥ ४१ ॥

जो ब्यक्ति भागवत्लाई सुनको सिंहासनमा राखेर विष्णुभक्तलाई दान गर्छ भने उसले अवस्य पनि विष्णु सायुज्य प्राप्त गदर्छ । ।।४१।।

(वसंततिलका) 
आजन्ममात्रमपि येन शठेन किंचित्
        चित्तं विधाय शुकशास्त्रकथा न पीता ।
चाण्डालवत् च खरवत् बत तेन नीतं
        मिथ्या स्वजन्म जननी जनिदुःखभाजा ॥ ४२ ॥

जो दुष्ट मानिसले आफ्नो पुरा आयु भरिमा एकाग्र मनले एक पटक पनि श्रीमद्भागवत्कथामृतको रसपान गरेको छैन भने उस्ले आफ्नो जन्म चाण्डाल र गधाको जस्तै व्यर्थमा बितायो । उ त आफ्नी आमालाई प्रशव पीडा दिनलाई मात्र जन्म लिएको हो ।।४२।

जीवच्छवो निगदितः स तु पापकर्मा
        येन श्रुतं शुककथावचनं न किंचित् ।
धिक् तं नरं पशुसमं भुवि भाररूपम्
        एवं वदन्ति दिवि देवसमाजमुख्याः ॥ ४३ ॥

जस्ले यस भागवत्को बारेमा अलिकत पनि वचन सुनेको छैन भने त्यो पापी जिउदै भएर पनि मरे तुल्य हो । पृथ्वीको भारस्वरूप त्यस पशु तुल्य मानिसलाई धिक्कार छ भनि स्वर्गलोकका देवताहरूले भनि रहेकाछन् ।।४३।।

(अनुष्टुप्)
 दुर्लभैव कथा लोके श्रीमद्भागवतोद्भवा ।
कोटिजन्मसमुत्थेन पुण्येनैव तु लभ्यते ॥ ४४ ॥

सन्सारमा भागवत् कथा सुन्न पाउँनु अति नै कठिन कुरा हो । जव करोडौं जन्मको पुण्यको उदय हुन्छ अनिमात्र यो कथा प्राप्तहुन्छ ।।४४।।

तेन योगनिधे धीमन् श्रोतव्या सा प्रयत्नतः ।
दिनानां नियमो नास्ति सर्वदा श्रवणं मतम् ॥ ४५ ॥

नारदजी१ तपार्ई प्रयत्न पूर्वक कथा श्रवण गर्नुहोस् । यो कथा सुन्न दिन अथवा नियमको वन्देज छैन, जहिले पनि सुन्न सकिन्छ ।।४५।।

सत्येन ब्रह्मचर्येण सर्वदा श्रवणं मतम् ।
अशक्यत्वात् कलौ बोध्यो विशेषोऽत्र शुकाज्ञया ॥ ४६ ॥

सत्यमा रहि व्रम्हचर्यको पालना गरेर कथा सुन्नु सर्वदा राम्रो हुन्छ । तर कलियुगमा यस्तो अवस्था पाउँनु कठिन छ त्यसैले शुकदेवजीले यसको बारेमा जुन विशेष नियम बताउनु भएका छ त्यही अनुसार गर्नु पर्छ ।।४६।

मनोवृत्तिजयश्चैव नियमाचरणं तथा ।
दीक्षां कर्तुं अशक्यत्वात् सप्ताहश्रवणं मतम् ॥ ४७ ॥

कलियुगमा धेरै दिनसम्म चित्तबृत्तिलाई बसमा राख्नु अनि नियममा रहनु कठिन छ त्यसैले सप्ताह श्रवण विधि अनुसार सुन्नुपर्छ ।।४७।।

श्रद्धातः श्रवणे नित्यं माघे तावद्धि यत्फलम् ।
तत्फलं शुकदेवेन सप्ताहश्रवणे कृतम् ॥ ४८ ॥

श्रध्दा पूर्वक जहिले पनि सुन्नाले तथा माघ महिनामा सुन्नाले जुन फल प्राप्तहुन्छ त्यहींफल शुकदेवजीले सप्ताह श्रवणमा पाइनेकुरा बताउनु भएको छ ।।४८।।

मनसश्च अजयात् रोगात् पुंसां चैवायुषः क्षयात् ।
कलेर्दोषबहुत्वाच्च सप्ताहश्रवणं मतम् ॥ ४९ ॥

मनको अस्थिरता, रोगादिको समस्या, आयुको अल्पताका र कलियुगको अनेका दोषको सम्भावनाले नै सप्ताह श्रवण विधिको ब्यबस्था गरिएको हो ।।४९।।

यत्फलं नास्ति तपसा न योगेन समाधिना ।
अनायासेन तत्सर्वं सप्ताहश्रवणे लभेत् ॥ ५० ॥

तपस्या, योग आदि बाट जुनफल प्राप्त हुदैन् ती सबै फलहरू सप्ताह श्रबण गर्नाले सजिलै पाइन्छ ।।५०।।

यज्ञात् गर्जति सप्ताहः सप्ताहो गर्जति व्रतात् ।
तपसो गर्जति प्रोच्चैः तीर्थान्नित्यं हि गर्जति ॥ ५१ ॥

यज्ञ, ब्रत, तपस्या, तीर्थहरूभन्दा बढि सप्ताह श्रवण गर्जन्छ ।।५१।।

योगात् गर्जति सप्ताहो ध्यानात् ज्ञानाच्च गर्जति ।
किं ब्रूमो गर्जनं तस्य रे रे गर्जति गर्जति ॥ ५२ ॥

योग, ध्यान र ज्ञान भन्दा बढि सप्ताह श्रवण गर्जन्छ । यी सबै सप्ताह भन्दा तलका हुन् ।। ५२ ।।

शौनक उवाच–
(इंद्रवंशां) 
साश्चर्यमेतत्कथितं कथानकं
            ज्ञानादिधर्मान् विगणय्य साम्प्रतम्
निःश्रेयसे भागवतं पुराणं
            जातं कुतो योगविदादिसूचकम् ॥ ५३ ॥

शैनकजी सोध्छन्– हे सूतजी१ तपाईले अहिले धरै आश्चर्यको कुरा भन्नुभयो । यो भागवत्पुराण योगबेत्ता ब्रम्हा भन्दा पनि माथि नारायणको निरूपण गर्दछ । यो मोक्ष प्राप्तिमा ज्ञान आदि अन्य साधन भन्दा यो भागवत्को महत्व कसरी भयो ।।५३।।

सूत उवाच –
(अनुष्टुप्) 
यदा कृष्णो धरां त्यक्त्वा स्वपदं गन्तुमुद्यतः ।
एकादशं परिश्रुत्यापि उद्धवो वाक्यमब्रवीत् ॥ ५४ ॥

सूतजी भन्छन्–
शौनकजी१ जव भगवान् श्रीकृष्ण यस पृथ्वी धराधामलाई छाडेर आफ्नो स्वधाम जानलाग्नु भयो त्यस वेला वहाँको मुखारविन्दबाट एकादशस्कन्धको ज्ञान पाएका उध्दवजीले सोधे ।।५४।।

उद्धव उवाच –
त्वं तु यास्यसि गोविन्द भक्तकार्यं विधाय च ।
मच्चित्ते महती चिन्ता तां श्रुत्वा सुखमावह ॥ ५५ ॥

उध्दवजी भन्छन्–
हे गोविन्द१ भक्तहरूको काम पुरा गरेर तपाई आफ्नो स्वधाम जान खोज्दैहुन्छ तर मलाई अति चिन्ता लागि रहेछ । यस बारेमा मलाई मलाई शान्ति दिनुहोस् ।।५५।।

आगतोऽयं कलिर्घोरो भविष्यन्ति पुनः खलाः ।
तत्संगेनैव सन्तोऽपि गमिष्यन्ति उग्रतां यदा ॥ ५६ ॥

अव घोर कलिकाल आउदैछ । अव संसारमा अनेक दुष्टहरूको उदय हुनेछ, उनिहरूको संपर्कले गर्दा साधु माहात्माहरू पनि उग्र स्वभावका हुनेछन् ।।५६।।

तदा भारवती भूमिः गोरूपेयं कमाश्रयेत् ।
अन्यो न दृश्यते त्राता त्वत्तः कमललोचन ॥ ५७ ॥

त्यस वेला उनीहरूको दमनले सताईएकी गोरूपा पृथ्वी कस्को शरणमा जान्छीन् । हे कमलनयन१ मैले त हजूर विना यो पृथ्वीको रक्षागर्ने अरु कोही पनि देख्दिन ।।५७।।

अतः सस्तु दयां कृत्वा भक्तवत्सल मा व्रज ।
भक्तार्थं सगुणो जातो निराकारोऽपि चिन्मयः ॥ ५८ ॥

तपार्ई साधुहरूमाथी दया गरेर यहांबाट नजानुहोस् । भगवन१ तपाई निराकार र चिन्मात्र भएर पनि भक्तहरूको कृपाका लागि यो सगुणरूप धारण गर्नुभएको हो ।। ५८ ।।

त्वद् वियोगेन ते भक्ताः कथं स्थास्यन्ति भूतले ।
निर्गुणोपासने कष्टं अतः किंचिद् विचारय ॥ ५९ ॥

फेरि तपार्ईको विछोड हुनासाथ भक्तहरू यस पृथ्वीमा कसरी बस्नेछन् । निर्गुण उपासना अति नै कष्ट छ त्यसैले केहि विचार गर्नुहोस् । ।।५९।।

इति उद्धववचः श्रुत्वा प्रभासेऽचिन्तयत् हरिः ।
भक्तावलम्बनार्थाय किं विधेयं मयेति च ॥ ६० ॥

प्रभास क्षेत्रमा उध्दवको यस्तो कुरा सुनेर भगवान् सोच्न लाग्नुभयो । भक्तहरूको रक्षाका लागि अव मैले के गरौं ।।६०।।

यद् भवेत् तेजः तच्च भागवतेऽदधात् ।
तिरोधाय प्रविष्टोऽयं श्रीमद् भागवतार्णवम् ॥ ६१ ॥

शौनकजी१ त्यसपछि भगवान्ले आफ्नो सबै सक्ति लगेर भागवत्मा राखिदिनु भयो । त्यसपछि भगवान् अन्तध्यान हुनुभयो र भागवत्रूप समुद्रमा प्रवेश गर्नु भयो ।।६१।।

तेनेयं वाङ्मयी मूर्तिः प्रत्यक्षा वर्तते हरेः ।
सेवनात् श्रवणात् पाठात् दर्शनात् पापनाशिनी ॥ ६२ ॥

यसैले भागवत भगवान्को साक्षात शव्दमय मुर्ति हो, यसको सेवन, श्रवण र पाठ गर्नाले सबै पाप नष्ट भएर जान्छ ।।६२।।

सप्ताहश्रवणं तेन सर्वेभ्योऽप्यधिकं कृतम् ।
साधनानि तिरस्कृत्य कलौ धर्मोऽयमीरितः ॥ ६३ ॥

त्यसैले सप्ताह श्रवणलाई सबभन्दा उत्तम मानिएको हो । कलियुगमा त अन्य सबै धर्मलाई छाडेर यस भागवतधर्मलाई नै श्रेष्ठ धर्म हो भनेर बताइएको छ ।।६३।।

दुःखदारिद्र्य दौर्भाग्य पापप्रक्षालनाय च ।
कामक्रोध जयार्थं हि कलौ धर्मोऽयमीरितः ॥ ६४ ॥

कलियुगका लागि यो नै यस्तो धर्म हो । जसले दुःख दरिद्रता र पापबाट मुक्ति दिलाउछ । र कामक्रोध आदि शुत्रुलाई नास गरेर विजय प्राप्त गराउछ ।।६४।।

अन्यथा वैष्णवी माया देवैरपि सुदुस्त्यजा ।
कथं त्याज्या भवेत् पुम्भिः सप्ताहोऽतः प्रकीर्तितः ॥ ६५ ॥

अन्यथा यो विष्णुको मायाबाट मुक्ति पाउँन देवताहरूलाई त कठिन छ भने मानिसहरू ता झन कसरी सक्छन् । त्यसकारण यी सबै माया बाट छुट्ने उपायको लागि सप्ताह श्रवणको विधान वनाइएको हो ॥ ६५ ॥

सूत उवाच –
(इंद्रवज्रा)
 एवं नगाहश्रवणोरुधर्मे
             ऋषिभिः सभायाम् । 
आश्चर्यमेकं समभूत् तदानीं
             संश्रृणु शौनको त्वम् ॥ ६६ ॥

सूतजी भन्छन्–
एउटा आश्चर्र्य देखियो त्यो म तपार्ईलार्ई बताउछु सुन्नुहोस ।।६६।। 

भक्तिः सुतौ तौ तरुणौ गृहीत्वा 
        प्रेमैकरूपा सहसाऽविरासीत् । 
श्रीकृष्ण गोविन्द हरे मुरारे 
        नाथेति नामानि मुहुर्वदन्ती ॥ ६७ ॥

त्यहाँ तरुण अवस्थामा फर्किएका आफ्ना दुवै छोराहरूलाई साथमा लिएर बिसुध्द प्रेमा भक्ति बारंबार श्रीकृष्ण१ गोविन्द१ हरे मुरारे१ हे नाथ१ नारायण१ बासुदेव१ आदि भगवान् को नाम उच्चारण गर्दै त्यहाँ प्रकट भइन् ॥ ६७ ॥

तां चागतां भागवतार्थभूषां 
            सुचारुवेषां ददृशुः सदस्याः । 
कथं प्रविष्टा कथमागतेयं
             मुनीनामिति तर्कयन्तः ॥ ६८ ॥
 
त्यहाँ उपस्थित सबैजनाले देखे कि परमसुन्दरी भक्ति महारानी भागवत्को अर्थको आभुषणको रसास्वादन लिन आईन् । त्यहाँ सभामा भएका मुनीहरू सबैलै यहि तर्क वितर्क गर्न लागे कि यिनी कसरी आईन, कसरी प्रवेश गरिन ।।६८।।

ऊचुः कुमारा वचनं तदानीं
             निश्पतिताधुनेयम् । 
एवं गिरः सा ससुता निशम्य 
            सनत्कुमारं निजगाद नम्रा ॥ ६९ ॥

तब सनकादिहरूले भने यी भक्तिदेवि अहिले हामीले भनिएको भागवत्को अर्थबाट आएकी हुन । यस्तो कुरा सुनेर भक्तिले आफ्ना छोरा सहित भएर अत्यन्त नम्र पूर्वक सनकादिलाई भनिन् ।।६९।।
भक्तिरुवाच –

(उपेंद्रवज्रा) 
भवद्भिः अद्यैव कृतास्मि पुष्टा 
            कलिप्रणष्टापि कथारसेन । 
क्वाहं तु तिष्ठाम्यधुना ब्रुवन्तु 
            ब्राह्मा इदं तां गिरमूचिरे ते ॥ ७०

भक्ति भन्छिन् –
म यो कलिकालमा झण्डै पतन नै भैसकेकी थिएं, तपार्ईको कथाको प्रभावले म पुष्ट भइकी छु । अब तपार्ई मलाई यो भन्नुहोस् कि म कहाँ बसुं । यो कुरा सुनेर सनकादिहरू भन्दछन् ।।७०।।
 
(इंद्रवज्रा) 
भक्तेषु गोविन्दसरूपकर्त्री 
            प्रेमैकधर्त्री भवरोगहन्त्री । 
सा त्वं च तिष्ठस्व सुधैर्यसंश्रया 
            निरंतरं वैष्णवमानसानि ॥ ७१ ॥

तिमी भक्तलाई भगवान्को स्वरूप वनाउने, अनन्य पे्रमको वासना फैलाउने र संसारको रोगलाई हटाउने वाली हौ त्यसैले तिमी धैर्यधारण गरेर नित्य निरन्तर विष्णु भक्तका हृदयमा बास गर ।। ७१ ।।

(उपेंद्रवज्रा) 
ततोऽपि दोषाः कलिजा इमे त्वां 
            द्रष्टुं न शक्ताः प्रभवोऽपि लोके । 
एवं तदाज्ञावसरेऽपि भक्तिः 
            तदा निषण्णा हरिदासचित्ते ॥ ७२ ॥

कलियुगले भलै संसारमा आफ्नो प्रभाव पार्ला तर जहाँ तिमी हुन्छ्यौ त्यहाँ त्यस्ता दुष्ट देखा पर्न सक्नेछैनन् । यसरी उनीहरूको आज्ञा पाउँना साथ भक्ति भगवान्का भक्तको हृदयमा विराजमान भइन् ।।७२।। 

(मालिनी) 
सकलभुवनमध्ये निर्धनास्तेऽपि धन्या 
            निवसति हृदि येषां श्रीहरेर्भक्तिरेका । 
हरिरपि निजलोकं सर्वथातो विहाय 
            प्रविशति हृदि तेषां भक्तिसूत्रोपनद्धः ॥ ७३ ॥

जसका हृदयमा एकमात्र श्रीहरिकी भक्ति बस्दछिन उ तीनैलोकको अत्यन्त निर्धन भएर पनि परम धन्य छ किनकि यस्तो भक्तिको डोरीले बाँधिए पछि भगवान् पनि आफ्नो धाम छाडेर उस्को हृदयमा आएर बस्नुहुन्छ ।।७३।।

(वसंततिलका) 
ब्रूमोऽद्य ते किमधिकं महमानमेवं 
            ब्रह्मात्मकस्य भुवि भागवताभिधस्य । 
यत्संश्रयात् निगदिते लभते सुवक्ता  
            श्रोतापि कृष्णसमतामलमन्यधर्मैः ॥ ७४ ॥

पृथ्वीमा यो भागवत साक्षात परब्रम्हको विग्रह हो । हामी यसको महिमाको बारेमा कति सम्म बर्णन गरौं यसको शरण लिएर सुन्ने सुनाउने दुवैलाई भगवान् श्रीकृष्ण सायुज्य प्राप्ति हुन्छ । यसैले यसलाई छोडेर अन्य धर्मको कुनै काम छैन ।  

इति श्रीपद्मपुराणे उत्तरखण्डे श्रीमद्भागवतमाहात्म्ये
भक्तिकष्टनिवर्तनं नाम तृतीयोऽध्यायः ॥ ३ ॥
हरिः ॐ तत्सत् श्रीकृष्णार्पणमस्तु ॥