श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – पञ्चविंशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
इन्द्रस्तदाऽऽत्मनः पूजां विज्ञाय विहतां नृप ।
गोपेभ्यः कृष्णनाथेभ्यो नन्दादिभ्यश्चुकोप सः ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित ! जब इन्द्रले आफ्नो पूजा रोकिएको थाहा पाएर कृष्णलाई आफ्नो रक्षक मान्ने नन्दादी गोपहरू सँग रिसाए ।।१।।
गणं सांवर्तकं नाम मेघानां चान्तकारिणाम् ।
इन्द्रः प्रचोदयत् क्रुद्धो वाक्यं चाहेशमान्युत ॥२॥
इन्द्रले आफ्नो अपमान भएको ठानेर रिसाई सम्वर्तक नामको मेघलाई बोलाएर व्रजको विनाश गर्न आदेश दिए ।।२।।
अहो श्रीमदमाहात्म्यं गोपानां काननौकसाम् ।
कृष्णं मर्त्यमुपाश्रित्य ये चक्रुर्देवहेलनम् ॥३॥
अहो यी वनवासी गोपहरुमा यस्तो घमण्ड पलाएछ कि साधारण मानिस श्रीकृष्णलाई भगवान सम्झेर हामी देवताहरूको अपहेलना गरे ।।३।।
यथादृढैः कर्ममयैः क्रतुभिर्नामनौनिभैः ।
विद्यामान्वीक्षिकीं हित्वा तितीर्षन्ति भवार्णवम् ॥४॥
वाचालं बालिशं स्तब्धमज्ञं पण्डितमानिनम् ।
कृष्णं मर्त्यमुपाश्रित्य गोपा मे चक्रुरप्रियम् ॥५॥
जसरी पृथ्वीमा धेरै मन्दबुद्धि भएका मानिसहरूले सांसार सागर पार गर्ने ब्रह्मविद्या त्यागेर कर्मको यज्ञद्वारा नाम मात्रको डुङ्गाको सहारा लिन्छन् त्यसैगरी यी अज्ञानी र अभिमानी गोपहरुले पनि आफूलाई निकै बलवान र विद्वान सम्झने एउटा साधारण कृष्णको भनाइमा लागेर मेरो अपहेलना गरे ।।४,५।।
एषां श्रियावलिप्तानां कृष्णेनाध्मापितात्मनाम् ।
धुनुत श्रीमदस्तम्भं पशून् नयत सङ्क्षयम् ॥६॥
त्यसैले हे मेघहरु ! अब तिमीहरुले ऐश्वयले मातिएर कृष्णको भनाइमा लागेका गोठालाहरूको गाई सम्पत्ति आदिको विनाश गर ।।६।।
अहं चैरावतं नागमारुह्यानुव्रजे व्रजम् ।
मरुद्गरणैर्महावीर्यैर्नन्दगोष्ठजिघांसया ॥७॥
म पनि ऐरावत हात्तीमा चढेर व्रजको विनाश गर्नको लागि हावाहुरी आदि लिएर तिमीहरूसँगै आउनेछु ।।७।।
शुक उवाच–
इत्थं मघवताऽऽज्ञप्ता मेघा निर्मुक्तबन्धनाः ।
नन्दगोकुलमासारैः पीडयामासुरोजसा ॥८॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! यसरी इन्द्रको आदेश पाएर स्वतन्त्र भएका मेघहरूले गोकुलमा गएर मुसलधारे वर्षा गराउन थाले ।।८।।
विद्योतमाना विद्युद्भिः स्तनन्तः स्तनयित्नु भिः ।
तीव्रैर्मरुद्गदणैर्नुन्ना ववृषुर्जलशर्कराः ॥९॥
व्रजमा चारैतिरबाट हुरी बतास चल्न थाल्यो बिजुली चम्कन थाल्यो जसले गर्दा मुसलधारे पानी बर्सन लाग्यो ।।९।।
स्थूणास्थूला वर्षधारा मुञ्चत्स्वभ्रेष्वभीक्ष्णशः ।
जलौघैः प्लाव्यमाना भूर्नादृश्यत नतोन्नतम् ॥१०॥
यसरी मेघको समूह आएर खम्बाजस्तै ठूला पानीको धारा बर्साउन थालेपछि व्रजभूमि पानीले सम्म भयो । कतै अग्लो होचो देखिएन ।।१०।।
अत्यासारातिवातेन पशवो जातवेपनाः ।
गोपा गोप्यश्च शीतार्ता गोविन्दं शरणं ययुः ॥११॥
यसरी ठुलो मुसलधारे पानी र हावाहुरीका कारण जाडोले कठ्याङरिएर गाई बाच्छा आदि जनावर हरू काप्न थाले त्यो भएर सबै गोपगोपिनीहरू कृष्णको शरणमा गए । ११।
शिरः सुतांश्च कायेन प्रच्छाद्यासारपीडिताः ।
वेपमाना भगवतः पादमूलमुपाययुः ॥१२॥
मुसलधारे पानीले सताएकोले सबै सबै गोप गोपिनीहरूको शिर निहुरिएको थियो। उनीहरूले आफ्ना शरीरले बालबालिकाहरूलाई ढाक्दै भगवानको शरणमा पुगेका थिए ।।१२।।
कृष्ण कृष्ण महाभाग त्वन्नाथं गोकुलं प्रभो ।
त्रातुमर्हसि देवान्नः कुपिताद् भक्तवत्सल ॥१३॥
उनीहरू एकै स्वरमा भन्न लागे हे भाग्यमान तथा समर्थशाली कृष्ण ! हे भक्तका रक्षक ! इन्द्र हामीसँग रिसाएका छन्, त्यही कारणले गोकुल र हामीहरूको रक्षा गर्नुहोस् ।।१३।।
शिलावर्षानिपातेन हन्यमानमचेतनम् ।
निरीक्ष्य भगवान् मेने कुपितेन्द्रकृतं हरिः ॥१४॥
गोकुलमा ठूलो हावा हुरी र मुसलधाली वर्षा भएको देखेर भगवान श्रीकृष्णले यो काम इन्द्रद्वारा गरिएको भन्ने कुरा थाहा पाउनुभयो ।।१४।।
अपर्त्त्वत्युल्बणं वर्षमतिवातं शिलामयम् ।
स्वयागे विहतेऽस्माभिरिन्द्रो नाशाय वर्षति ॥१५॥
हामीहरूले यिनीहरूको यज्ञलाई रोकेपछि इन्द्र रिसाएर बिना मौसममा नै यस्तो असिना सहितको पानी वर्षा गराइहेका छन् ॥१५॥
तत्र प्रतिविधिं सम्यगात्मयोगेन साधये ।
लोकेशमानिनां मौढ्याद्धनिष्ये श्रीमदं तमः ॥१६॥
भगवानले विचार गर्नुभयो आफ्नो मूर्खता र ऐश्वर्यको घमण्डले देवताहरूमा अहंकार बढेको छ । त्यसैले म आफ्नो योग मायाको सहायताले यो वर्षलाई हटाएर इन्द्रको कर्मको उत्तर दिनेछु ।।१६।।
न हि सद्भाावयुक्तानां सुराणामीशविस्मयः ।
मत्तोऽसतां मानभङ्गः प्रशमायोपकल्पते ॥१७॥
देवता हरू सात्विक भावनाले युक्त भएका हुन्छन् उनीहरुमा घमण्ड हुनुहुँदैन त्यसैले म उनीहरूको घमण्डलाई नाश गरिदिएको छु । जसले गर्दा उनीहरुलाई शान्ति पनि हुनेछ ।।१७।।
तस्मान्मच्छरणं गोष्ठं मन्नाथं मत्परिग्रहम् ।
गोपाये स्वात्मयोगेन सोऽयं मे व्रत आहितः ॥१८॥
यी गोप गोपिनीहरू मलाई नै रक्षक मानेर शरणमा पर्न आएका छन् मैले यिनीहरूको रक्षा गर्नुपर्दछ । त्यसैले म आफ्नो योगमायाको सहायताले यस ब्रजभूमिको रक्षा गर्छु । यो मेरो व्रत हुनेछ ।।१८।।
इत्युक्त्वैकेन हस्तेन कृत्वा गोवर्धनाचलम् ।
दधार लीलया कृष्णश्छत्राकमिव बालकः ॥१९॥
यसरी भगवानले ख्यालख्यालमै एकै हातले गोवर्धनलाई छाता उठाए जसरी उठाउनु भयो ।।१९।।
अथाह भगवान् गोपान् हेऽम्ब तात व्रजौकसः ।
यथोपजोषं विशत गिरिगर्तं सगोधनाः ॥२०॥
त्यसपछि भगवान श्रीकृष्णले व्रजवासीहरू गोप गोपिनीहरुलाई सम्बोधन गर्दै भन्नुभयो अब तपाईहरु मैले उठाएको यो गोवर्धन पर्वतको मुनिबाट ओडारमा गाईबाच्छा सहित सबैजना आएर आनन्दसँग बस्नुहोस् ।।२०।।
न त्रास इह वः कार्यो मद्धस्ताद्रिनिपातने ।
वातवर्षभयेनालं तत्त्राणं विहितं हि वः ॥२१॥
हे ब्रजवासीहरू ! अब तपाईंहरुले मेरो हातबाट पर्वत खस्ला कि भनेर कुनै किसिमको शङ्का मान्नु पर्दैन । मैले सबैबाट तपाईंहरुलाई रक्षाको उपाय गरेको छु ।।२१।।
तथा निर्विविशुर्गर्तं कृष्णाश्वासितमानसः ।
यथावकाशं सधनाः सव्रजाः सोपजीविनः ॥२२॥
जब भगवानले यसरी उनीहरूलाई ढुक्क बनाएपछि आफ्ना गाईहरु सहित आश्रितहरुलाई लिएर गोपगोपीहरु त्यस पर्वतको गुफामा पसे ।।२२।।
क्षुत्तृड्व्यथां सुखापेक्षां हित्वा तैर्व्रजवासिभिः ।
वीक्ष्यमाणो दधावद्रिं सप्ताहं नाचलत् पदात् ॥२३॥
यसरी पर्वतको ओडारमा बसेका गोप गोपिनी पशुहरूलाई कुनै किसिमको भोकको अनुभव भएन उनीहरुले एक टक भएर श्रीकृष्णलाई हेरिरहे भगवान श्रीकृष्णले पनि सात दिनसम्म त्यस पर्वतलाई उठाईरहनु भयो ।।२३।।
कृष्णयोगानुभावं तं निशम्येन्द्रोऽतिविस्मितः ।
निःस्तम्भो भ्रष्टसङ्कल्पः स्वान् मेघान् संन्यवारयत् ॥२४॥
यता इन्द्रले भगवानको त्यो सामर्थलाई देखेर चकित भए उनले व्रज लाई डुबाउने जुन कल्पना गरेका थिए त्यसबाट पछि हटेर मेघलाई पानी पार्नबाट रोके ।।२४।।
खं व्यभ्रमुदितादित्यं वातवर्षं च दारुणम् ।
निशम्योपरतं गोपान् गोवर्धनधरोऽब्रवीत् ॥२५॥
भगवान श्रीकृष्णले आकाशबाट सबै बादलहरु हटेको हावाहुरी पनि शान्त भएको र सूर्य नारायण उदाउनु भएको देखेर गोपहरुलाई भन्नुभयो ॥२५॥
निर्यात त्यजत त्रासं गोपाः सस्त्रीधनार्भकाः ।
उपारतं वातवर्षं व्युदप्रायाश्च निम्नगाः ॥२६॥
हे प्यारा गोपगोपिनी ! हरू अब हावाहुरी बतास चल्न छाडे पानी पनि पर्न छाडेकोले नदीहरू पनि घटेर सामान्य भइसकेका छन् । अब तपाईंहरु आफ्ना बालबच्चा लिएर निडर भएर गोवर्धन को पहाडबाट बाहिर निस्किनुस् ।।२६।।
ततस्ते निर्ययुर्गोपाः स्वं स्वमादाय गोधनम् ।
शकटोढोपकरणं स्त्रीबालस्थविराः शनैः ॥२७॥
भगवानको यस्तो आज्ञा सुनेर गोप गोपिनीहरू खुसी हुँदै आफ्ना स्त्री बालक आदि परिवार र गाई बाछाहरु साथै लिएर पर्वतको ओडारबाट बाहिर निस्के ।।२७।।
भगवानपि तं शैलं स्वस्थाने पूर्ववत्प्रभुः ।
पश्यतां सर्वभूतानां स्थापयामास लीलया ॥२८॥
भगवानले आफ्नो सामर्थ्यद्वारा जसरी पहिला गोवर्धन पर्वत उठाउनु भएको थियो। त्यसरी नै शान्तसँग त्यो पर्वतलाई पहिलेकै ठाउँमा राखिदिनुभयो ।।२८।।
(मिश्र)
तं प्रेमवेगान्निभृता व्रजौकसो
यथा समीयुः परिरम्भणादिभिः ।
गोप्यश्च सस्नेहमपूजयन् मुदा
दध्यक्षताद्भिर्युयुजुः सदाशिषः ॥२९॥
भगवानको यस्तो अलौकिक कर्म देखेर ब्रजवासीहरू खुसी हुँदै भगवानलाई अंकमाल गरेर आफ्नो गक्ष अनुसार भेट पूजा गरी र दही अक्षता आदिको टिका लगाएर आशीर्वाद दिए ।।२९।।
(अनुष्टुप्)
यशोदा रोहिणी नन्दो रामश्च बलिनां वरः ।
कृष्णमालिङ्ग्य युयुजुराशिषः स्नेहकातराः ॥३०॥
नन्द यशोदा रोहिणीहरूले पनि भगवानको यस्तो अद्भुत कर्म र बल देखेर स्नेहले खुसी हुँदै उहाँलाई आलिंगन गरेर आशीर्वाद दिए ।।३०।।
दिवि देवगणाः सिद्धाः साध्या गन्धर्वचारणाः ।
तुष्टुवुर्मुमुचुस्तुष्टाः पुष्पवर्षाणि पार्थिव ॥३१॥
हे महाराज परीक्षित ! त्यसबेला भगवानको यस्तो अलौकिक कर्म देखेर आकाशमा रहेका देवता साध्य सिद्ध गन्धर्व चारणहरुले पनि प्रसन्न भएर उहाँ माथि फूलको वर्षा गरे ।।३१।।
शङ्खदुन्दुभयो नेदुर्दिवि देवप्रणोदिताः ।
जगुर्गन्धर्वपतयस्तुंबुरुप्रमुखा नृप ॥३२॥
आकाशमा देवताहरूद्वारा भेरी मृदंग आदि बाजा बजाउन लागे । तुम्बरु आदि गन्धर्वहरुले नाच्न गाउन थाले ।।३२।।
(मिश्र)
ततोऽनुरक्तैः पशुपैः परिश्रितो
राजन् स गोष्ठं सबलोऽव्रजद्धरिः ।
तथाविधान्यस्य कृतानि गोपिका
गायन्त्य ईयुर्मुदिता हृदिस्पृशः ॥३३॥
भगवानको यस्तो कर्मबाट खुसी भएका व्रजवासीहरु श्रीकृष्ण बलरामलाई सँगै लिएर वहाँहरुको चरित्रहरू गाउँदै ब्रजतिर लागे ॥३३॥
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे पञ्चविंशोऽध्यायः ॥२५॥