#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

षष्ठः स्कन्धः – अष्टमोऽध्यायः

श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – अष्टमोऽध्यायः


श्रीराजोवाच –
(अनुष्टुप)
यया गुप्तः सहस्राक्षः सवाहान् रिपुसैनिकान् ।
क्रीडन् इव विनिर्जित्य त्रिलोक्या बुभुजे श्रियम् ॥ १ ॥
भगवन् तन्ममाख्याहि वर्म नारायणात्मकम् ।
यथाऽऽततायिनः शत्रून् येन गुप्तोऽजयन्मृधे ॥ २ ॥
राजा परीक्षितले सोधे–
भगवन् देवराज इन्द्रले जसबाट सुरक्षित भएर सत्रूहरूको हात्ति–घोडा आदि बाहनले युक्त सेनालाई खेलखेलमै जितेर त्रिलोको राज्य उपभोग गरेका थिए । त्यहि नारायणकवच मलाई सुनाउनुहोस र यो पनि बताऊँनुहोस कि उनले त्यसबाट सुरक्षित भएर रणभूमिमा आततायी सत्रुहरूमाथि कसरी विजय प्राप्त गरे ।।१।२।।
श्रीशुक उवाच –
वृतः पुरोहितस्त्वाष्ट्रो महेन्द्रायानुपृच्छते ।
नारायणाख्यं वर्माह तदिहैकमनाः श्रृणु ॥ ३ ॥
श्रीशुकदेवले भन्नुभयो–
परीक्षित् ! जब देवताहरूले विश्वरूपलाई पुरोहित बनाएपछि देवराज इन्द्रले प्रश्न गर्दा उनलाई नारायणकवचको अपदेश दिएका थिए, जसलाई तिमी एकाग्रचित्तले सुन ।।३।।
श्रीविश्वरूप उवाच –
धौताङ्घ्रिपाणिराचम्य सपवित्र उदङ्मुखः ।
कृतस्वाङ्गकरन्यासो मंत्राभ्यां वाग्यतः शुचिः ॥ ४ ॥
नारायणपरं वर्म सन्नह्येद् भय आगते ।
पादयोर्जानुनोरूर्वोः उदरे हृद्यथोरसि ॥ ५ ॥
मुखे शिरस्यानुपूर्व्याद् ॐकारादीनि विन्यसेत् ।
ॐ नमो नारायणायेति विपर्ययमथापि वा ॥ ६ ॥
विश्वरूपले भने–
इन्द्र ! भयको समय उपस्थित भएपछि नारायणकवच धारण गरेर आफ्नो शरीरको रक्षा गर्नुपर्दछ । यसको विधि यस्तो हो कि पहिले हात खुट्टा धोएर आचमन गर्नु त्यसपछि कुशको पवित्र धारण गरेर उत्तर मुख भएर बस्नु । त्यसपछि कवच धारण नगरेसम्म केहि पनि नबोल्ने निश्चिय गर्दै पवित्र भएर ॐ नमो नारायणय र ॐ नमो भगवते वासुदेवाय यी मन्त्रद्वारा अंगन्यास तथा करन्यास गर्नु । पहिले ॐ नमो नारायणाय यो अष्टाक्षर मन्त्रले ॐ आदि अक्षरले क्रमशः चरण, घुँडा, जाँघ, पेट, हृदय, वक्षःस्थल मुख र सिरमा न्यास गर्नु । अथवा पुर्वोक्त मन्त्रको मकार देखि लिएर ॐकार आठ अक्षरलाई सिरबाट आरम्भ गर्नु ।।४।६।।
करन्यासं ततः कुर्याद्द्वादशाक्षरविद्यया ।
प्रणवादियकारान्तं अङ्गुल्यङ्गुष्ठपर्वसु ॥ ७ ॥
त्यसपछि ॐ नमो भगवते वासुदेवाय यो द्वादसाक्षर मन्त्रको ॐ आदि बाह्र अक्षरको दाहिने (चोर औँला) तर्जनीबाट देव्रे तर्जनीसम्म दुवै हातको आठ औंला र दुवै बुढी औंलाको दुई दुई गाठोमा धारण गर्नु, यो करन्यास हो ।।७।।
न्यसेद्धृदय ओंकारं विकारमनु मूर्धनि ।
षकारं तु भ्रुवोर्मध्ये णकारं शिखया दिसेत् ॥ ८ ॥

वेकारं नेत्रयोर्युञ्ज्यान् नकारं सर्वसन्धिषु ।
मकारं अस्त्रमुद्दिश्य मंत्रमूर्तिर्भवेद्बुधः ॥ ९ ॥

सविसर्गं फडन्तं तत् सर्वदिक्षु विनिर्दिशेत् ।
ॐ विष्णवे नम इति ॥ १० ॥
फेरी विष्णवे नमः यस मन्त्रको पहिलो अक्षर ॐ लाई हृदयमा, वि लाई ब्रम्हरन्धमा, ष् लाई दुई आँखी भूईको विचमा ण लाई शिखामा वे लाई दुवै आँखामा र न लाई शरीरको सबै (जोर्नी) गाँठोमा न्यास गर्नु त्यसपछि ॐ अस्त्राय फट् भनेर दिग्वन्धन गर्नु । यसरी न्यास गर्नाले पुरुष मन्त्र स्वरूप नै हुन्छ ।।८।१०।।
आत्मानं परमं ध्यायेद् ध्येयं षट्शक्तिभिर्युतम् ।
विद्यातेजस्तपोमूर्तिं इमं मंत्रं उदाहरेत् ॥ ११ ॥
त्यसपछि सबै ऐश्वर्य, धर्म, यश, लक्ष्मिी, ज्ञान र वैराज्ञले परिपूर्ण इष्टदेव भगवान्को ध्यान गर्नु र आफुलाई त्यसै अनुरूप चिन्तन गर्नु । त्यसपछि विद्या, तेज र तपस्वरूप भएको यस नारायण कवच पाठ गर्नु ।।११।।
(इन्द्रवज्रा)
ॐ हरिर्विदध्यान्मम सर्वरक्षां
न्यस्ताङ्घ्रिपद्मः पतगेन्द्रपृष्ठे ।
दरारिचर्मासिगदेषुचाप
पाशान् दधानोऽष्टगुणोऽष्टबाहुः ॥ १२ ॥
जसले आफ्नो चरणकमल गरुडको पीठमा राख्नुभएको छ । अणिमादि आठ सिद्धिले वहाँको सेवा गरिरहेका छन । आठ हातमा संख, चक्र, ढाल, तरवार, गदा, वाण, धनुष र पाश धारण गर्नु भएको छ । उनै ॐकार स्वरूप प्रभुले सर्वत्र सबै प्रकारले मेरो रक्षा गरुन ।।१२।।
जलेषु मां रक्षतु मत्स्यमूर्तिः
यादोगणेभ्यो वरुणस्य पाशात् ।
स्थलेषु मायावटुवामनोऽव्यात्
त्रिविक्रमः खेऽवतु विश्वरूपः ॥ १३ ॥
मत्स्यमुर्ति भगवान्ले जल भित्र जल जन्तुहरूबाट वरुण पासले मेरो रक्षा गरुन । मायाले ब्रम्हचारीको रूप धारण गर्ने भएका भगवान् वामनले स्थल र विश्वरूप त्रिविक्रम भगवान्ले आकाशमा मेरो रक्षा गरुन ।।१३।।
दुर्गेष्वटव्याजिमुखादिषु प्रभुः
पायान् नृसिंहोऽसुरयूथपारिः ।
विमुञ्चतो यस्य महाट्टहासं
दिशो विनेदुर्न्यपतंश्च गर्भाः ॥ १४ ॥
जसको घोर अट्टाहासले सबै दिशाहरू प्रतिध्वनित भएका थिए । गर्भवति दैत्यपत्नीको गर्भ खसेको थियो उनै दैत्य युथपतिका सत्रु भगान् नृसिंहले किल्ला, जंगल रणभूमि आदि विकट स्थानमा मेरो रक्षा गर्नुहोस ।ा१४।।
रक्षत्वसौ माध्वनि यज्ञकल्पः
स्वदंष्ट्रयोन्नीतधरो वराहः ।
रामोऽद्रिकूटेष्वथ विप्रवासे
सलक्ष्मणोऽव्याद् भरताग्रजोऽस्मान् ॥ १५ ॥
आफ्नो दाह्रामा पृथ्वीलाई धारण गर्ने यज्ञमुर्ति भगवान् वराहले बाटोमा, परशुरामले पर्वतको शिखरमा र लक्ष्मण सहित भरतका जेठा दाजु रामचन्द्रले विदेशको समयमा मेरो रक्षा गरुन ।।१५।।
मामुग्रधर्मादखिलात् प्रमादान्
नारायणः पातु नरश्च हासात् ।
दत्तस्त्वयोगादथ योगनाथः
पायाद् गुणेशः कपिलः कर्मबन्धात् ॥ १६ ॥
भगवान् नारायणले मारण मोहन आदि भयंकार अभिचारहरू र सबै प्रकारको प्रमादबाट मेरो रक्षा गरुन । ऋषिश्रेष्ठ नरले गर्वबाट, योगेश्वर भगवान् दतात्रेय योगको विघ्नबाट र त्रिगुणाधिपति भगवान् कपिलले कर्मबन्धनबाट मेरो रक्षा गरुन ।।१५।।
सनत्कुमारोऽवतु कामदेवाद्
हयशीर्षा मां पथि देवहेलनात् ।
देवर्षिवर्यः पुरुषार्चनान्तरात्
कूर्मो हरिर्मां निरयादशेषात् ॥ १७ ॥
सनत्कुमारले कामदेवबाट, हयग्रीव भगवान् मार्गमा हिड्ने समय, देवमुर्तिलाई नमस्कारआदि नगर्नाले हुने अपराधबाट देवर्षि नारदले र भगवान् कक्षपले सबै प्रकारका नरकबाट मेरो रक्षा गरुन ।।१७।।
धन्वन्तरिर्भगवान् पात्वपथ्याद्
द्वन्द्वाद् भयादृषभो निर्जितात्मा ।
यज्ञश्च लोकादवताज्जनान्ताद्
बलो गणात् क्रोधवशादहीन्द्रः ॥ १८ ॥
भगवान् धन्वन्तरीले कुपथ्यबाट, जितेन्द्रिय भगवान् ऋषभदेवले सुख दुःख आदि भयदायक द्वन्दबाट, यज्ञ भगवान्ले लोकापवादबाट, बलरामले मानिसले गर्दा हुने कष्टबाट र श्रीशेषजीले क्रोधवश नामक सर्पको गणबाट मेरो रक्षा गरुन ।।१८।।
द्वैपायनो भगवानप्रबोधाद्
बुद्धस्तु पाखण्डगणात् प्रमादात् ।
कल्किः कलेः कालमलात् प्रपातु
धर्मावनायोरुकृतावतारः ॥ १९ ॥
भगवान् श्रीकृष्ण द्वैपायन (व्यास) ले अज्ञानबाट तथा वुद्धदेवले पाखण्डिहरूबाट र प्रमादबाट मेरो रक्षा गरुन । धर्म रक्षाको लागि महान अवतार धारण गर्ने कल्की भगवान् ले पापले ब्याप्त भएको कलिकालको दोषबाट मेरो रक्षा गरुन ।।१९।।
मां केशवो गदया प्रातरव्याद्
गोविन्द आसङ्गवमात्तवेणुः ।
नारायणः प्राह्ण उदात्तशक्तिः
मध्यन्दिने विष्णुररीन्द्रपाणिः ॥ २० ॥
विहानको समय भगवान् केशव आफ्नो गदा लिएर, केहि दिन बढ्दै गएपछि भगवान् गोविन्दले बासुरी लिएर, पुर्वान्हको समयमा आफ्नो तीक्ष्ण शक्तिले भगवान् नारायणले र मध्यान्हमा भगवान् विष्णुले चक्रराज सुदर्शन लिएर मेरो रक्षा गरुन ।।२०।।
देवोऽपराह्णे मधुहोग्रधन्वा
सायं त्रिधामावतु माधवो माम् ।
दोषे हृषीकेश उतार्धरात्रे
निशीथ एकोऽवतु पद्मनाभः ॥ २१ ॥
अपरान्हमा भगवान् मदुसूदन आफ्नो प्रचण्ड धनुष लिएर मेरा रक्षा गरुन । सायंकालमा ब्रम्हादि त्रिमुर्तिधारी माधव, सूर्यास्त पछि ऋषिकोश, अर्धरात्रिको पहिले तथा अर्धरात्रिको समयमा भगवान् पद्मनाभले एक्लैनै मेरो रक्षा गर्नुहोस ।।२१।।
श्रीवत्सधामापररात्र ईशः
प्रत्यूष ईशोऽसिधरो जनार्दनः ।
दामोदरोऽव्यादनुसन्ध्यं प्रभाते
विश्वेश्वरो भगवान् कालमूर्तिः ॥ २२ ॥
रात्रिको पछिल्लो प्रहरमा श्रीवत्सलाञ्छन हरि, उषाकालमा खड्गधारी भगवान् जनार्दन, सूर्योदयभन्दा अघि श्रीदामोदर र सम्पूर्ण सन्यहरूमा कालमूर्ति भगवान् विश्वेश्वरले मेरो रक्षा गरुन ।।२२।।
चक्रं युगान्तानलतिग्मनेमि
भ्रमत् समन्ताद् भगवत्प्रयुक्तम् ।
दन्दग्धि दन्दग्ध्यरिसैन्यमाशु
कक्षं यथा वातसखो हुताशः ॥ २३ ॥
हे सुदर्शन ! तिम्रो चक्र रथको पांग्रो जस्तै छ तिम्रो धारको भाग प्रलयकालीन अग्नि जस्तै अत्यन्त तीव्र छ । तिमी भगवान्को प्रेरणाले सबैतिर घुमिरहन्छौ । जसरी बायुको सहायताले आगोले सुकेको घासलाई जलाउदछ त्यसैगरी हाम्रा सत्रुका सेनालाई जलाईदेऊ ।।२३।।
गदेऽशनिस्पर्शनविस्फुलिङ्गे
निष्पिण्ढि निष्पिण्ढ्यजितप्रियासि ।
कुष्माण्डवैनायकयक्षरक्षो
भूतग्रहांश्चूर्णय चूर्णयारीन् ॥ २४ ॥
हे कौमोदकी गदा ! तिमीबाट निस्कने आगोको झिल्को वज्रसमान असह्य छ । तिमी भगवान् अजितकी प्र्रिया हौ र म वहाँको सेवक हुं । त्यसैले तिमीले कुष्माण्ड, विनायक, यक्ष, राक्षस, भूत र प्रेतादि ग्रहलाई अहिले नै कुल्चेर धुलो गरिदेऊ अर्थात सत्रुहरूलाई चुर्ण गरिदेऊ ॥ २४ ॥
त्वं यातुधानप्रमथप्रेतमातृ
पिशाचविप्रग्रहघोरदृष्टीन् ।
दरेन्द्र विद्रावय कृष्णपूरितो
भीमस्वनोऽरेर्हृदयानि कम्पयन् ॥ २५ ॥
हे श्रेष्ठ शंख ! तिमीले भगवान् श्रीकृष्णले फुक्नु हुंदा ठुलो शव्दले मेरा सत्रुहरूका हृदयलाई थर्काइदेऊ, त्यसैगरी यातुधान, प्रमथ, भूत, प्रेत, मातृका, पिशाच, तथा ब्रम्हराक्षस, आदि डरलाग्दा प्राणीहरूलाई यहाँबाट हटाईदेऊ ।।२५।।
त्वं तिग्मधारासिवरारिसैन्यं
ईशप्रयुक्तो मम छिन्धि छिन्धि ।
चक्षूंषि चर्मन् शतचन्द्र छादय
द्विषामघोनां हर पापचक्षुषाम् ॥ २६ ॥
भगवान्की प्यारी तरवार ! तिम्रो धार धेरै तीखो छ । तिमीले भगवान्को प्रेरणाले मेरा सत्रुहरूलाई छिन्नभिन्न पारिदेऊ भगवान्को प्यारी डाल ! तिमीमा सएकडौं चद्राकार मण्डल छ । तिमीले म माथि पापदृष्टि राख्ने पापीहरूको आँखा बन्द गरिदेऊ र उनीहरूलाई सधैंका लागि अन्धा बनाईदेऊ ।।२६।।
(अनुष्टुप)
यन्नो भयं ग्रहेभ्योऽभूत् केतुभ्यो नृभ्य एव च ।
सरीसृपेभ्यो दंष्ट्रिभ्यो भूतेभ्योंऽहोभ्य एव च ॥ २७ ॥
सर्वाण्येतानि भगवन् नामरूपानुकीर्तनात् ।
प्रयान्तु सङ्क्षयं सद्यो ये नः श्रेयःप्रतीपकाः ॥ २८ ॥
सूर्य आदि ग्रह, धुमकेतु (पुच्छ्रे तारा) केतु, दुष्ट मानिस, सर्पादि जन्तु, दाह्रा भएका हिंस्रक पशु, भूतप्रेत, आदि तथा पापी प्राणीहरूबाट हामीलाई जुन भय हुन्छ र जो हाम्रा कल्याण वा मंगलका विरोधी छन उनीहरू सबै भगवान्को नामरूप तथा अस्त्रको कीर्तन गर्नाले छिटै नष्ट हुन । २७।२८।।
गरुडो भगवान् स्त्रोत्र स्तोभश्छन्दोमयः प्रभुः ।
रक्षत्वशेषकृच्छ्रेभ्यो विष्वक्सेनः स्वनामभिः ॥ २९ ॥
वृहद्, रथन्तर आदि सामवेदको स्त्रोत्रले जसको स्तु्ति गरिन्छ वहाँ वेदमुर्ति भगवान् गरुड र विष्वक्सेनले आफ्नो नाम उच्चारणको प्रभावले हामीलाई सबै प्रकारका आपत्ति–विपत्तिबाट रक्षा गरुन ।।२९।।
सर्वापद्भ्यो हरेर्नाम रूपयानायुधानि नः ।
बुद्धीन्द्रियमनःप्राणान् पान्तु पार्षदभूषणाः ॥ ३० ॥
श्रीहरिको नाम, रूप, वाहन, अस्त्र र श्रेष्ठ पार्षदले हाम्रो बुद्धि, इन्द्रिय, मन र प्राणलाई सबै प्रकारको आपत्तिबाट रक्षागरुन ।।३०।।
यथा हि भगवानेव वस्तुतः सदसच्च यत् ।
सत्येनानेन नः सर्वे यान्तु नाशमुपद्रवाः ॥ ३१
जति कार्य अथवा कारणरूप जगत छन, ती वास्तवमा भगवान्कै स्वरूप हुन–यस सत्यको प्रभावबाट हाम्रा सबै विध्न नाश होउन ।।३१।।
यथैकात्म्यानुभावानां विकल्परहितः स्वयम् ।
भूषणायुधलिङ्गाख्या धत्ते शक्तीः स्वमायया ॥ ३२ ॥
तेनैव सत्यमानेन सर्वज्ञो भगवान् हरिः ।
पातु सर्वैः स्वरूपैर्नः सदा सर्वत्र सर्वगः ॥ ३३ ॥
जसले ब्रम्ह र आत्माको एकताको अनुभव गरिसकेका छन उनीहरूको दृष्टिमा भगवान्को स्वरूप सबै विकल्प भेदले रहित छन, तापनि आफ्नो मायाको शक्तिद्वारा भुषण, आयुध र रूप नामको शक्ति धारण गर्दछन । त्यो कुरा निश्चयनै सत्य हो । यस कारण सर्वत्र सर्व व्यापक श्रीहरिले सदा सर्वत्र सबै रूपले हाम्रो रक्षा गरुन ।।३२।३३।।
(इन्द्रवज्रा)
विदिक्षु दिक्षूर्ध्वमधः समन्ताद्
अन्तर्बहिर्भगवान् नारसिंहः ।
प्रहापयन् लोकभयं स्वनेन
स्वतेजसा ग्रस्तसमस्ततेजाः ॥ ३४ ॥
जसको भयंकर अट्टाहासले सबैको भयलाई भगाइदिन्छ र आफ्नो तेजले सबै तेजलाई मलीन गर्दछ, वहाँ भगवान् नृसिंहले दिशा विदिशामा, तल माथि, बाहिर भित्र र सबैतिर हाम्रो रक्षा गरुन ।।३४।।
(अनुष्टुप)
मघवन् इदमाख्यातं वर्म नारायणात्मकम् ।
विजेष्यस्यञ्जसा येन दंशितोऽसुरयूथपान् ॥ ३५ ॥
देवराज इन्द्र ! मैले तिमीलाई यो नारायणकवच सुनाइदिएं । यस कवचले तिमी आफुलाई सुरक्षित गर, जसले गर्दा तिमी सजिलैसंग सबै दैत्य युथपतिहरूलाई जित्न सक्छौ ।।३५।।
एतद् धारयमाणस्तु यं यं पश्यति चक्षुषा ।
पदा वा संस्पृशेत् सद्यः साध्वसात् स विमुच्यते ॥ ३६ ॥
यस नारायण कवचलाई धारण गर्नाले जसलाई आफ्नो आँखाले हेर्दछ अथवा अथवा खुट्टाले छोइदिन्छ भने त्यो तत्काल सबै भयबाट मुक्त हुन्छ ।।३६।।
न कुतश्चिद् भयं तस्य विद्यां धारयतो भवेत् ।
राजदस्युग्रहादिभ्यो व्याघ्रादिभ्यश्च कर्हिचित् ॥ ३७ ॥
जसले यो वैष्णवी विद्यालाई धारण गर्दछ उसलाई राजा, डाकू, प्रेत पिशाचादि र बाघ आदि हिंसक जीवबाट कहिले पनि कुनै प्रकारको भय हुदैन ।।३७।।
इमां विद्यां पुरा कश्चित् कौशिको धारयन् द्विजः ।
योगधारणया स्वाङ्गं जहौ स मरुधन्वनि ॥ ३८ ॥
देवराज ! पहिलाको कुरा हो एक कौशिक गोत्री ब्राम्हणले यस विद्यालाई धारण गरेर योग धारणाले मरुभूमिमा आफ्नो शरीर त्यागिदिए ।।३८।।
तस्योपरि विमानेन गन्धर्वपतिरेकदा ।
ययौ चित्ररथः स्त्रीभिः वृतो यत्र द्विजक्षयः ॥ ३९ ॥
जहा ती ब्राम्हणले शरीर त्यागेका थिए, त्यसको माथि एक गन्धर्वराज चित्ररथ आफ्नी स्त्रीसंग विमानमा बसेर निक्लियो ।३९।।
गगनान् न्यपतत् सद्यः सविमानो ह्यवाक्शिराः ।
स वालिखिल्यवचनाद् अस्थीन्यादाय विस्मितः ।
प्रास्य प्राचीसरस्वत्यां स्नात्वा धाम स्वमन्वगात् ॥ ४० ॥
त्यहाँ आउदा नै उसको विमान सहित उसको सिर तलतिर झर्यो यस घटनाले उसललाई आश्चर्यको सीमा रहेन । जब वालखिल्य मुनिहरूले यो नारायणकवच धारण गरेको प्रभाव हो भनि बताए तब उनले ती ब्राम्हण देवताको हड्लिाई लिएर पूर्वबाहिनी सरस्वती नदीमा बगाइदिए अनि स्नान गरेर आफ्नो लोकतिर लागे ॥ ४० ॥
श्रीशुक उवाच –
य इदं श्रृणुयात् काले यो धारयति चादृतः ।
तं नमस्यन्ति भूतानि मुच्यते सर्वतो भयात् ॥ ४१ ॥
शुकदेवजी भन्नुहुन्छ –
परीक्षित जुन मानिसले यस नाराणकवचलाई बिहानीको समय सुनाउछ र आदरपूर्वक यसलाई धारण गर्दछ भने उसलाई सबै प्राणी आदरले नमस्कार गर्दछन ।।४१।।
एतां विद्यामधिगतो विश्वरूपाच्छतक्रतुः ।
त्रैलोक्यलक्ष्मीं बुभुजे विनिर्जित्य मृधेऽसुरान् ॥ ४२ ॥
परीक्षित् ! सतक्रतु इन्द्रले आचार्य विश्वरूपसंग यो वैष्णवी विद्या प्राप्त गरेकाले रणभूमिका असुरहरूलाई जिते र त्रैलोक्यलक्ष्मीको उपभोग गर्नलागे ।।४२।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे नारायणवर्मकथनं नाम अष्टमोऽध्यायः ॥ ८ ॥