#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - चतुर्थोऽध्यायः

श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - चतुर्थोऽध्यायः



श्रीशुक उवाच - 
(अनुष्टुप्) 
तदा देवर्षिगन्धर्वा ब्रह्मेशानपुरोगमाः । 
मुमुचुः कुसुमासारं शंसन्तः कर्म तद्धरेः ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! त्यस समय ब्रह्मा शंकर आदि देबता, ऋषि र गन्धर्वले भगवान्को यस्तो कर्मको प्रशंसा गर्दे वहाँ माथि फूलको वर्षा गर्नलागे ।।१।।

नेदुर्दुन्दुभयो दिव्या गन्धर्वा ननृतुर्जगुः । 
ऋषयश्चारणाः सिद्धः तुष्टुवुः पुरुषोत्तमम् ॥ २ ॥ 

स्वर्गमा दुन्दुहरु बज्न लाग्यो, गन्धर्वहरु नाच्न गाउन लागे, ऋषि, चारण र सिद्धहरु पुरुषोत्तम भगवान्को स्तुति गर्नलागे ।।२।।

योऽसौ ग्राहः स वै सद्यः परमाश्चर्यरूपधृक् । 
मुक्तो देवलशापेन हूहूर्गन्धर्वसत्तमः ॥ ३ ॥ 

उता त्यो ग्राहले परम आश्चर्यमय दिव्य शरीर धारण गर्यो  । त्यो ग्राह पहिलो जन्ममा हुहु नाम गरेको श्रेष्ठ गन्धर्व थियो । देवल ऋषिको श्रापले उसलाई यो गति प्राप्त भएको थियो । अब भगवान्को कृपाले त्यो मुक्त भएर गयो ।।३।।

प्रणम्य शिरसाधीशं उत्तमश्लोकमव्ययम् । 
अगायत यशोधाम कीर्तन्यगुणसत्कथम् ॥ ४ ॥ 

उसले सर्वेश्वर भगवान्को चरणमा टाउको राखेर नमस्कार गर्यो अनि भगवान्को सुयशको गान गर्नलाग्यो । वास्तवमा अविनाशी भगवान् नै सर्वश्रेष्ठ कीर्तिले सम्पन्न हुनुहुन्छ । वहाको गुण र लीलाहरुको गान गर्न योग्य छ ।।४।।

सोऽनुकम्पित ईशेन परिक्रम्य प्रणम्य तम् । 
लोकस्य पश्यतो लोकं स्वं अगान्मुक्तकिल्बिषः ॥ ५ ॥ 

भगवान्को कृपापूर्ण स्पर्श हुनाले उसको सबै पाप नाश भयो । उसले भगवान्लाई परिक्रमा गरेर वहाँको चरणमा प्रणाम गर्यो र हेर्दा हेर्दै आफ्नो लोकतिर लाग्यो ।।५।।

गजेन्द्रो भगवत्स्पर्शाद् विमुक्तोऽज्ञानबन्धनात् । 
प्राप्तो भगवतो रूपं पीतवासाश्चतुर्भुजः ॥ ६ ॥ 

गजेन्द्र पनि भगवान्को स्पर्श प्राप्त भएकाले उसको सबै अज्ञान नष्ट भयो । उसलाई भगवान् कै रुप प्राप्तभयो, पीताम्बर धारण गरेर चतुर्भुज भयो ।।६।। 

स वै पूर्वं अभूद् राजा पाण्ड्यो द्रविडसत्तमः । 
इन्द्रद्युम्न इति ख्यातो विष्णुव्रतपरायणः ॥ ७ ॥ 

गजेन्द्र पूर्व जन्ममा द्रविड देशको पाण्डु वंशिय राजा थियो । उसको नाम इन्द्रद्युम्न थियो । उ भगवान्को श्रेष्ठ उपाशक थियो ।।७।।

 (इंद्रवज्रा) 
स एकदाराधनकाल आत्मवान् 
         गृहीतमौनव्रत ईश्वरं हरिम् । 
जटाधरस्तापस आप्लुतोऽच्युतं 
         समर्चयामास कुलाचलाश्रमः ॥ ८ ॥ 

एक पटक राजा इन्द्रद्युम्न राजपाठ छोडेर मलयापर्वतमा गएर बस्न लागे । उनले कपाल लामो गरेर तपस्वीको भेष धारण गरेका थिए । एकदिन स्नानादि सकेर एकाग्र भएर भएर भगवान्को आराधना गरिरहेका थिए ।।८।।

यदृच्छया तत्र महायशा मुनिः 
         समागमत् शिष्यगणैः परिश्रितः । 
तं वीक्ष्य तूष्णीमकृतार्हणादिकं 
         रहस्युपासीनमृषिश्चुकोप ह ॥ ९ ॥
 
त्यसै समय दैववश महायशस्वी अगस्त्य मुनि आफ्ना शिष्यहरु लिएर त्यहाँ आए । उनले अतिथिसेवा आदि धर्मलाई त्यागेर राजा  तपस्वि जस्तै भएर एकान्तमा बसेको देखेर, उनी राजा इन्द्रद्युम्न संग रिसाए ।।९।।

तस्मा इमं शापमदादसाधुः 
         अयं दुरात्माकृतबुद्धिरद्य । 
विप्रावमन्ता विशतां तमोऽन्धं 
         यथा गजः स्तब्धमतिः स एव ॥ १० ॥ 

यो  राजा गुरुबाट शिक्षा नलिएको अशिक्षित छ । अभिमानले परोपकरीबाट निवृत्ति भएर मनोमानि गरिरहेका छन । ब्राह्मणको तिरस्कार गरिरहेको छ यस्तो देखेर उनले रिसाउदै  उसलाई यसको हात्तीको समान जडबुद्धि होस् र यसले घोर अज्ञानमय हात्तीको योनिमा पर्नु परोस भनेर श्राप दिए ।।१०।।

श्रीशुक उवाच - 
(अनुष्टुप्) 
एवं शप्त्वा गतोऽगस्त्यो भगवान् नृप सानुगः । 
इन्द्रद्युम्नोऽपि राजर्षिः दिष्टं तदुपधारयन् ॥ ११ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! श्राप एवं वरदान दिनमा सामर्थ भएका अगस्त्य ऋषिले यसरी श्राप दिएर अफ्ना शिष्यहरु सहित त्यहाँबाट हिडे । राजर्षि इन्द्रद्युम्नले पनि यो मेरो प्रारब्धको भोग हो भनेर यो सम्झेर सन्तोष गरे ।।११।।

आपन्नः कौञ्जरीं योनिं आत्मस्मृतिविनाशिनीम् । 
हर्यर्चनानुभावेन यद्ग जत्वेऽप्यनुस्मृतिः ॥ १२ ॥ 

त्यसपछि आत्मालाई विस्मृत गराउने हात्तीको योनि उनलाई प्राप्त भयो । तर भगवान्को आराधना  प्रभावले  हात्ती हुदापनि उसलाई भगवान्को सम्झना भइरह्यो ।।१२।।

 (वसंततिलका)
एवं विमोक्ष्य गजयूथपमब्जनाभः 
         तेनापि पार्षदगतिं गमितेन युक्तः । 
गन्धर्वसिद्धविबुधैः उपगीयमान 
         कर्माद्भुपतं स्वभवनं गरुडासनोऽगात् ॥ १३ ॥

यस प्रकार भगवान्ले गजेन्द्रको उद्धार गरेर उसलाई आफ्नो पार्षद बनाउनु भयो । गन्धर्व, सिद्ध, देवता, उहाँको यस लीलाको गान गर्नलागे । त्यसपछि भगवान् आफ्ना पार्षदरुप गजेन्द्रलाई साथै लिएर गरुडमा सवार भएर आफ्नो अलौकिक धाममा लाग्नु भयो ।।१३।।

 (इंद्रवज्रा) 
एतन्महाराज तवेरितो मया 
     कृष्णानुभावो गजराजमोक्षणम् । 
स्वर्ग्यं यशस्यं कलिकल्मषापहं 
     दुःस्वप्ननाशं कुरुवर्य शृण्वताम् ॥ १४ ॥ 

कुरुवंश शिरोमणि परीक्षित ! मैले भगवान् श्रीकृष्णको महिमा तथा गजेन्द्रको उद्धारको कथा तिमीलाई सुनाए । भगावन्को यो प्रसंग सुन्नाले कलिको दोष तथा दुःस्वप्नको हटेर जान्छ, ऐश्वर्य, उन्नति र स्वर्ग प्राप्ति हुन्छ ।।१४।।

 (अनुष्टुप्) 
यथानुकीर्तयन्त्येतत् श्रेयस्कामा द्विजातयः । 
शुचयः प्रातरुत्थाय दुःस्वप्नाद्युपशान्तये ॥ १५ ॥
 
त्यसैले आफ्नो कल्याण चाहने द्विजगण दुःस्वप्न आदिको शान्तिका लागि बिहान सबेरै पवित्र भएर यसको पाठ गर्दछन ।।१५।।

इदमाह हरिः प्रीतो गजेन्द्रं कुरुसत्तम । 
श्रृण्वतां सर्वभूतानां सर्वभूतमयो विभुः ॥ १६ ॥ 

परीक्षित ! गजेन्द्रको स्तुतिबाट प्रसन्न भएर सर्वव्यापक एवं सर्वभूत स्वरुप श्रीहरिले सबैको अगाडि नै यो भन्नुभएको थियो ।।१६।।

श्रीभगवानुवाच - 
ये मां त्वां च सरश्चेदं गिरिकन्दरकाननम् । 
वेत्रकीचकवेणूनां गुल्मानि सुरपादपान् ॥ १७ ॥ 

श्रृंगाणीमानि धिष्ण्यानि ब्रह्मणो मे शिवस्य च । 
क्षीरोदं मे प्रियं धाम श्वेतद्वीपं च भास्वरम् ॥ १८ ॥ 

श्रीवत्सं कौस्तुभं मालां गदां कौमोदकीं मम । 
सुदर्शनं पाञ्चजन्यं सुपर्णं पतगेश्वरम् ॥ १९ ॥ 

शेषं च मत्कलां सूक्ष्मां श्रियं देवीं मदाश्रयाम् । 
ब्रह्माणं नारदं ऋषिं भवं प्रह्रादमेव च ॥ २० ॥ 

मत्स्यकूर्मवराहाद्यैः अवतारैः कृतानि मे । 
कर्माणि अनन्तपुण्यानि सूर्यं सोमं हुताशनम् ॥ २१ ॥ 

प्रणवं सत्यमव्यक्तं गोविप्रान् धर्ममव्ययम् । 
दाक्षायणीर्धर्मपत्नीःो सोमकश्यपयोरपि ॥ २२ ॥ 

गंगां सरस्वतीं नन्दां कालिन्दीं सितवारणम् । 
ध्रुवं ब्रह्मऋषीन्सप्त पुण्यश्लोकांश्च मानवान् ॥ २३ ॥ 

उत्थायापररात्रान्ते प्रयताः सुसमाहिताः । 
स्मरन्ति मम रूपाणि मुच्यन्ते ह्येनसोऽखिलात् ॥ २४ ॥ 

भगवान्ले भन्नुभयो–
जसले रातको पछिल्लो प्रहरमा उठेर इन्द्रियलाई निग्रह गरेर एकाग्र चित्तले मेरो तिम्रो तथा यस सरोवर, पर्वत एवं कन्दरा, वन, वेत, किचक र बासको झांग यहाँको दिव्य वृक्ष तथा पर्वतको शिखर मेरो, ब्रह्माजीको र शिवजीको निवासस्थान, मेरो प्यारो धाम क्षीरसागर, तेजोमय श्वेतद्वीप, श्रीवत्स, कौस्तुभमणि, वनमाला र मेरो कौमोदिकी माला, शुदर्शन चक्र, पाञ्चजन्य शंख, पक्षिराज गरुड, मेरो सूक्ष्म कलास्वरुप शेषजी, मेरो आश्रयमा रहने लक्ष्मीदेवी, ब्रह्माजी, देवर्षि नारद, शंकरजी तथा भक्त प्रल्हद, मत्स्य, कक्षप, वराह आदि अवतारमा गरिएको मेरो अनन्त पुण्यमय चरित्र, सूर्य, चन्द्रमा, अग्नि, ॐकार, सत्य, मूलप्रकृति, गाई ब्राम्हण, अविनाशी सनातनधर्म, सोम कश्यप र धर्मकी पत्नी दक्षकन्याहरु, गंगा, सरस्वती, अलकनन्दा, यमुना, ऐरावत हात्ती, भक्तशिरोमणि ध्रुव, सात ब्रह्मर्षि र पवित्र कीर्ति आदर्शपुरुषको स्मरण गर्दछ भने उसले सबै पापबाट छुटकारा पाउदछ, किनकि ती सबै मेरै रुप हुन ।।१७।२४।। 

ये मां स्तुवन्त्यनेनाङ्ग प्रतिबुध्य निशात्यये । 
तेषां प्राणात्यये चाहं ददामि विपुलां गतिम् ॥ २५ ॥ 

हे प्यारो गजेन्द्र ! जसले ब्रह्म मुहुर्तमा उठेर तिमीले गरेको यस स्तुतिले मेरो स्तुति गर्दछ भने मृत्युको समयमा म उसलाई निर्मल ज्ञान दिनेछु ।।२५।।

श्रीशुक उवाच - 
इत्यादिश्य हृषीकेशः प्राध्माय जलजोत्तमम् । 
हर्षयन् विबुधानीकं आरुरोह खगाधिपम् ॥ २६ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! भगवान् ऋषिकेशले यति भन्नु भयो अनि  देवताहरुलार्ई आनन्दित गराएर आफ्नो श्रेष्ठ शंख बजाउदै गरुडमा सवार हुनुभयो ।।२६।। 

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे गजेन्द्रमोक्षणं नाम चतुर्थोऽध्यायः ॥ ४ ॥