श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - एकोनत्रिंशोऽध्यायः
देवहूतिरुवाच –
(अनुष्टुप)
लक्षणं महदादीनां प्रकृतेः पुरुषस्य च ।
स्वरूपं लक्ष्यतेऽमीषां येन तत्पारमार्थिकम् ॥ १ ॥
यथा साङ्ख्येषु कथितं यन्मूलं तत्प्रचक्षते ।
भक्तियोगस्य मे मार्गं ब्रूहि विस्तरशः प्रभो ॥ २ ॥
देवहुतिले सोधिन—
हे प्रभो! प्रकृति, पुरुष र महतत्वादिको जस्तो लक्षण शांख्यशास्त्रमा वताइएको छ तथा जुन उसको वास्तविक स्वरूप अलग अलग रूपमा जानिन्छ र भक्तियोगलाई नै जस्को प्रयोजन मानिएको छ, त्यो योग हजूरले मालई बताउनुहोस ।।१।२।।
विरागो येन पुरुषो भगवन् सर्वतो भवेत् ।
आचक्ष्व जीवलोकस्य विविधा मम संसृतीः ॥ ३ ॥
यस बाहेक जीवको जन्म मरणरूप अनेक प्रकारको गतिहरूको पनि वर्णन गर्नुहोस, जसरलाई सुन्नाले जीवलाई सबै प्रकारको वस्तुबाट वैराग्य हुन्छ ।।३।।
कालस्येश्वररूपस्य परेषां च परस्य ते ।
स्वरूपं बत कुर्वन्ति यद्धेतोः कुशलं जनाः ॥ ४ ॥
जस्को भयबाट शुभकर्मको प्रवृति हुन्छ र जुन ब्रह्मणहरूको पनि शासन गर्दछन त्यो सबै समर्थक कालको स्वरूप पनि मलाई बताउनुहोस ।।४।।
(इन्द्रवज्रा)
लोकस्य मिथ्याभिमतेरचक्षुषः
चिरं प्रसुप्तस्य तमस्यनाश्रये ।
श्रान्तस्य कर्मस्वनुविद्धया धिया
त्वमाविरासीः किल योगभास्करः ॥ ५ ॥
ज्ञान दृष्टि लुप्त भएका कारण देहादि मिथ्या वस्तुमा जसलाई आत्माभिमान भएको छ तथा बुध्दि पनि भ्रान्ति हुनाका कारण जो चिरकाल देखि अपार अन्धकारमय संसारमा सुतेको छ, उसलाई जगाउनको लागि हजूर योग प्रकाशक सूर्य नै प्रकट हुनुभएको छ ।।५।।
मैत्रेय उवाच ।
(अनुष्टुप)
इति मातुर्वचः श्लक्ष्णं प्रतिनन्द्य महामुनिः ।
आबभाषे कुरुश्रेष्ठ प्रीतस्तां करुणार्दितः ॥ ६ ॥
मैत्रेयजीले भने—
कुरुश्रेष्ठ विदुरजी! आमाको यस्तो मनोहर वचन सुनेर महामुनि कपिलजीले उनको प्रशंसा गर्नुभयो र जीवहरूप्रति दयाले द्रविभूत भएर प्रसन्नताका साथ यस प्रकार भन्नुभयो ।।६।।
श्रीभगवानुवाच–
भक्तियोगो बहुविधो मार्गैर्भामिनि भाव्यते ।
स्वभावगुणमार्गेण पुंसां भावो विभिद्यते ॥ ७ ॥
भगवनले भन्नुभयो—
माताजी! साधकहरूको भाव अनुसार भक्तियोग अनेक प्रकारले प्रकट हुन्छ, किनकि स्वभाव र गुणको भेदले मानिसको भावमा पनि विभिन्नता आँउदछ ।।७।।
अभिसन्धाय यो हिंसां दम्भं मात्सर्यमेव वा ।
संरम्भी भिन्नदृग्भावं मयि कुर्यात्स तामसः ॥ ८ ॥
जो भेददर्शी क्रोधि पुरुष हृदयमा हिंसा, दम्भ, अथवा मात्सर्यको भावन राखेर मलाई प्रेम गर्दछ त्यो मेरो तामस भक्त हो ।।८।।
विषयान् अभिसन्धाय यश ऐश्वर्यमेव वा ।
अर्चादौ अर्चयेद्यो मां पृथग्भावः स राजसः ॥ ९ ॥
जो पुरुष विषय, यश र ऐश्वर्यको कामनाले प्रतिमादिमा मेरो भेदभावले पूजा गर्दछ, त्यो राजस भक्त हो ।।९।।
कर्मनिर्हारमुद्दिश्य परस्मिन् वा तदर्पणम् ।
यजेद् यष्टव्यमिति वा पृथग्भावः स सात्त्विकः ॥ १० ॥
जो ब्यक्ति पापलाई नाश गर्नाका लागि, परमात्मामा अर्पण गर्नाका लागि र पूजा गर्नु कर्तब्य हो भन्ने संझेर यस बुध्दिले भेदभाव रहित भएर पूजा गर्दत त्यो सात्विक भक्त हो ।।१०।।
मद्गुणश्रुतिमात्रेण मयि सर्वगुहाशये ।
मनोगतिः अविच्छिन्ना यथा गङ्गाम्भसोऽम्बुधौ ॥ ११ ॥
लक्षणं भक्तियोगस्य निर्गुणस्य ह्युदाहृतम् ।
अहैतुक्यव्यवहिता या भक्तिः पुरुषोत्तमे ॥ १२ ॥
जस प्रकार गंगाको जल अखण्डरूपले समुद्र तिर अगाडि बढ्दछ त्यसरी नै मेरो गुणको श्रवण मात्रले मनको गतिको अविच्छिन्नरूपले म सर्बान्तर्यामी प्रति लगाउनु तथा म पुरुषोत्तममा निष्काम र अनन्य प्रेम हुनु यो निर्गुण भक्तिको लक्षण मानिएको छ ।।११।१२।।
सालोक्यसार्ष्टिसामीप्य सारूप्यैकत्वमप्युत ।
दीयमानं न गृह्णन्ति विना मत्सेवनं जनाः ॥ १३ ॥
यस्तो निष्काम भक्त मेरो सेवालाई छाडेर सालोक्य, साष्र्टि, सापिप्य, सारूप्य, र सायुज्य मोक्षादि पनि लिदैन ।।१३।।
स एव भक्तियोगाख्य आत्यन्तिक उदाहृतः ।
येनातिव्रज्य त्रिगुणं मद्भावायोपपद्यते ॥ १४ ॥
भागवत सेवाको लागि मुक्तिको तिरस्कार गर्ने यो भक्ति योग नै परम पुरुषार्थ अथवा साध्य मानिएको छ । यसद्वार पुरुष तीन गुणलाई नाधेर मेरो भावको, मेरो प्रेम अनुरूप अप्राकृतिक स्वरूप प्राप्त गर्दछ ।।१४।।
निषेवितेनानिमित्तेन स्वधर्मेण महीयसा ।
क्रियायोगेन शस्तेन नातिहिंस्रेण नित्यशः ॥ १५ ॥
निष्काम भावले आफ्नो नित्य कर्महरुको पालना र नित्य कृयायोगद्वारा मेरो स्तुति वन्दना गर्नाले ॥१५॥
मद्धिष्ण्य दर्शनस्पर्श पूजास्तुति अभिवन्दनैः ।
भूतेषु मद्भावनया सत्त्वेनासङ्गमेन च ॥ १६ ॥
निष्काम भावले नित्य मेरो प्रतिमाको पूजा, स्तुति र वन्दन गर्ने, प्राणीहरूमा मेरो भावना धर्य गर्ने र वैराग्यको अवलम्वन गर्नेले ।।१६।।
महतां बहुमानेन दीनानां अनुकम्पया ।
मैत्र्या चैवात्मतुल्येषु यमेन नियमेन च ॥ १७ ॥
महापुरुषमा मन, दीनदुःखीहरूमा दया, समान स्थिति भएकाहरू संग मित्रता ब्यबहार गर्ने, यम नियमको पालन गर्ने—।।१७।।
आध्यात्मिकानुश्रवणात् नामसङ्कीर्तनाच्च मे ।
आर्जवेनार्यसङ्गेन निरहङ्क्रियया तथा ॥ १८ ॥
अध्यात्मशास्त्रको श्रवण र मेरो नामको उच्च स्वरमा कीर्तन गर्नेले तथा मनको सरलता, सत्पुरुषको संगत र अहंकारलाई त्याग गरेर—।।१८।।
मद् धर्मणो गुणैः एतैः परिसंशुद्ध आशयः ।
पुरुषस्याञ्जसाभ्येति श्रुतमात्रगुणं हि माम् ॥ १९ ॥
तथा मेरो धर्म (भागवत धर्म)को अनुष्ठान गर्ने भक्त पुरुषको चित्त अत्यन्त सुध्द भएर मेरो गुणको श्रवण मात्रले अनायास म मा नै लाग्दछ ।।१९।।
यथा वातरथो घ्राणं आवृङ्क्ते गन्ध आशयात् ।
एवं योगरतं चेत आत्मानं अविकारि यत् ॥ २० ॥
जसरी हावामा उडेर जाने गन्ध आफ्नो आश्रय फूलबाट घ्राणेन्द्रिय सम्म पु¥याउदछ, त्यसै गरी भक्तियोगमा तत्पर र राग द्वेषादि विकारबाट सुन्य चित्तले सजिलैसंग परमात्मालाई प्राप्त गर्दछ ।।२०।।
अहं सर्वेषु भूतेषु भूतात्मावस्थितः सदा ।
तं अवज्ञाय मां मर्त्यः कुरुतेऽर्चाविडम्बनम् ॥ २१ ॥
म आत्मारूपले सधै सबै जीवमा स्थित छु त्यसैले जो मानिस म सबै भूतमा स्थित भएको परमात्मालाई अनादर गरेर केवल प्रतिमामा मात्र मेरो पूजा गर्दछ भने त्यो उसको देखावटि स्वागं मात्र हो ।।२१।।
यो मां सर्वेषु भूतेषु सन्तमात्मानमीश्वरम् ।
हित्वार्चां भजते मौढ्याद् भस्मन्येव जुहोति सः ॥ २२ ॥
मै सबको आत्मामा म परमेश्वर स्थित छु । भन्ने जान्दापनि जो मोहवश मेरो उपेक्षा गरेर केवल प्रतिमाको पुजामा मात्र लाग्दछ भने मानौं त्यसले खरानीमा हवन गरे जस्तै ब्यर्थ हो ।।।२२।।
द्विषतः परकाये मां मानिनो भिन्नदर्शिनः ।
भूतेषु बद्धवैरस्य न मनः शान्तिमृच्छति ॥ २३ ॥
जो भेदभाव गर्ने र अभिमानि पुरुष अरु जीवको वैरभाव गर्दछ भने उसले उसको शरीरमा विद्यमान रहेको भएको मलाई आत्मालाई पनि द्वेष गर्दछ उसको मनमा कहिले पनि शान्ति मिल्दैन ।।२३।।
अहमुच्चावचैर्द्रव्यैः क्रिययोत्पन्नयानघे ।
नैव तुष्येऽर्चितोऽर्चायां भूतग्रामावमानिनः ॥ २४ ॥
माताजी! अरुको जीवनलाई अपमान गर्नेले अनेक प्रकारको विधि विधानले मेरो मुर्तिको पूजा गरेपनि म उसबाट प्रशन्न हुन सक्तिन ।।२४।।
अर्चादौ अर्चयेत्तावद् ईश्वरं मां स्वकर्मकृत् ।
यावन्न वेद स्वहृदि सर्वभूतेष्ववस्थितम् ॥ २५ ॥
आफ्नो धर्मको अनुष्ठान गर्नेले तेतिवेला सम्म म इश्वरको प्रतिमामा पूजा गर्दछ जवसम्म उसले आफ्नो हृदयमा एवं सम्पूर्ण प्राणीहरूमा स्थित परमात्माको अनुभव हुदैन ।।२५।।
आत्मनश्च परस्यापि यः करोत्यन्तरोदरम् ।
तस्य भिन्नदृशो मृत्युः विदधे भयमुल्बणम् ॥ २६ ॥
जो ब्यक्ति आत्मा र परमात्माको विषयमा थोरै पनि अन्तर देख्द छ त्यो भेददर्शीलाई म मृत्यरूप भएर डर दिन्छु ।।२६।।
अथ मां सर्वभूतेषु भूतात्मानं कृतालयम् ।
अर्हयेद् दानमानाभ्यां मैत्र्याभिन्नेन चक्षुषा ॥ २७ ॥
त्यसैले सम्पूर्ण प्राणीहरूको भित्र घर बनाएर उनै प्राणीहरूको रूपमा स्थित म परमात्मालाई यथायोग्य दान, मान, मित्रताको ब्यबहार तथा समान भावले पूजन गर्नु पर्दछ ।।२७।।
जीवाः श्रेष्ठा हि अजीवानां ततः प्राणभृतः शुभे ।
ततः सचित्ताः प्रवराः ततश्चेन्द्रियवृत्तयः ॥ २८ ॥
माताजी! पाषणादि अचेतनको अपेक्षा बृक्षादि जीव श्रेष्ठ हुन्छन, त्यसमा श्वास फेर्ने प्राणी श्रेष्ठ छन्, त्यसमा पनि मन भएका प्राणी उत्तम छन, तिनमा पनि इन्द्रियको बृत्तिले युक्त भएका प्राणी श्रेष्ठ छन ।।२८।।
तत्रापि स्पर्शवेदिभ्यः प्रवरा रसवेदिनः ।
तेभ्यो गन्धविदः श्रेष्ठाः ततः शब्दविदो वराः ॥ २९ ॥
त्यो इन्द्रिय प्राणीमा पनि केवल स्पर्श गर्नेहरू भन्दा रसको ग्रहण गर्ने माछो आदि उत्कृष्ट हुन । रसबेत्ताहरूको उपेक्षा गन्धको अनुभव गर्ने भ्रमरादि र गन्धको ग्रहण गर्नेहरूमा पनि शव्दको ग्रहण गर्ने सर्पादि श्रेष्ठ छन् ।।२९।।
रूपभेदविदस्तत्र ततश्चोभयतोदतः ।
तेषां बहुपदाः श्रेष्ठाः चतुष्पादस्ततो द्विपात् ॥ ३० ॥
त्यसमा पनि रूपको अनुमान गराउने काकादि उत्तम छन र ती भन्दा जस्को तल माथि दाँत हुन्छ ती जीव श्रेष्ठ हुन । त्यसमा पनि विना खुट्टा चल्ने श्रेष्ठ हुन्छन्, त्यसमा पनि धेरै खट्टा भएका भन्दा चार खुट्टा भएका र चार खुट्टा भन्दा दुई खुट्टा भएका मानिस श्रेष्ट हुन ।।३०।।
ततो वर्णाश्च चत्वारः तेषां ब्राह्मण उत्तमः ।
ब्राह्मणेष्वपि वेदज्ञो हि, अर्थज्ञोऽभ्यधिकस्ततः ॥ ३१ ॥
मानिसमा पनि चार वर्ग श्रेष्ठ छन, त्यसमा पनि ब्राह्मण श्रेष्ठ छन्, ब्राह्मणमा पनि वेद जान्नेहरू उत्तम छन् र वेद जान्नेहरूमा पनि वेदको तात्पर्य जान्नेहरू श्रेष्ठ हुन ।।३१।।
अर्थज्ञात्संशयच्छेत्ता ततः श्रेयान् स्वकर्मकृत् ।
मुक्तसङ्गस्ततो भूयात् अदोग्धा धर्ममात्मनः ॥ ३२ ॥
तात्पर्य जान्ने भन्दा पनि संसय निवारण गर्न जान्ने र त्यसमा पनि आफ्नो वर्णाश्रम अनुसार आफ्नो धर्मको पालन गर्ने र त्यसमा पनि आशक्तिलाई त्यागेर आफ्नो धर्मलाई निष्कामभावले आचरण गर्नेवाला श्रेष्ठ हुन ॥ ३२ ॥
तस्मान्मय्यर्पिताशेष क्रियार्थात्मा निरन्तरः ।
मय्यर्पितात्मनः पुंसो मयि सन्न्यस्तकर्मणः ।
न पश्यामि परं भूतं अकर्तुः समदर्शनात् ॥ ३३ ॥
त्यसको अपेक्षा जो मानिस आफ्नो सम्पूर्ण कर्म त्यसको फल तथा आफ्नो शरीर पनि मलाई नै अर्पण गरेर सबै भेदभाव छाडेर मेरो उपासना गर्दछ भने त्यो श्रेष्ठ हो । यस प्रकार ममा नै चित्त र कर्म समर्पण गर्ने अकर्ता र समदर्शी पुरुष भन्दा ठुलो अरु कुनै प्राणी म देख्दिन ।।३३।।
मनसैतानि भूतानि प्रणमेद्बहुमानयन् ।
ईश्वरो जीवकलया प्रविष्टो भगवानिति ॥ ३४ ॥
त्यसैले जीवरूप आफ्नो अंशबाट साक्षत भगवान् नै सबमा विराजमान हुनुहुन्छ भन्ने जानेर, यी सबै प्राणीहरूलाई ठुलो आदरका साथ मनले प्रणाम गरोस ।।३४।।
भक्तियोगश्च योगश्च मया मानव्युदीरितः ।
ययोरेकतरेणैव पुरुषः पुरुषं व्रजेत् ॥ ३५ ॥
माताजी! यस प्रकार मैले तपाईलाई भक्तियोग र अष्टांग योगको वर्णन गरें । यसमध्दे एउटा साधनको पालना गर्नाले नै जीव परमपुरुष भगवान् लाई प्राप्त गर्नसक्तछ ।।३५।।
एतद्भगवतो रूपं ब्रह्मणः परमात्मनः ।
परं प्रधानं पुरुषं दैवं कर्मविचेष्टितम् ॥ ३६ ॥
भगवान् परब्रह्म परमात्मा प्रकृति र पुरुष देखि भिन्नछन । जसलाई विभिन्न कर्मको चेष्टा गर्ने दैव पनि भन्दछन ।।३६।।
रूपभेदास्पदं दिव्यं काल इत्यभिधीयते ।
भूतानां महदादीनां यतो भिन्नदृशां भयम् ॥ ३७ ॥
संसारका पदार्थहरूको नाना विविध वैचित्रताको विशेष कारण भएको भगवान् नै काल नामले विख्यात छ । प्रकृति र पुरुष यसको रूप हो तर यसबाट यो पृथक पनि छ । यसबाट महतत्वादिको अभिमानि भेददर्शी प्राणीहरूमा सधै डर उत्पन्न हुन्छ ।।३७।।
योऽन्तः प्रविश्य भूतानि भूतैरत्त्यखिलाश्रयः ।
स विष्ण्वाख्योऽधियज्ञोऽसौ कालः कलयतां प्रभुः ॥ ३८ ॥
जो सबै आश्रय हुनाको कारण सबै प्राणीहरूमा भित्र बसेर भूतद्वारा नै उनीहरूको संहार गर्दछन्, यो जगतको शासन गर्ने ब्रह्मादिलाई नियन्त्रणमा राख्दछन यो भगवान् काल नै यज्ञको फल दिने विष्णु हुन ।।३८।।
न चास्य कश्चिद् दयितो न द्वेष्यो न च बान्धवः ।
आविशत्यप्रमत्तोऽसौ प्रमत्तं जनमन्तकृत् ॥ ३९ ॥
उनको न कोहि मित्र न कोहि सत्रु र नत कोहि सखा सम्बधि छन । यी सधैं जागिरहन्छन तर जो आफनो स्वरूपभूत श्री भगवान् लाई भुलेर भोगरूप प्रमादमा परेका प्राणीहरू प्रति आक्रमण गरेर संहार गर्दछन ।।३९।।
यद्भयाद् वाति वातोऽयं सूर्यस्तपति यद्भयात् ।
यद्भयाद् वर्षते देवो भगणो भाति यद्भयात् ॥ ४० ॥
यसैको डरले वायु चल्दछ, यसैको डरले सूर्य तात्दछ, यसैको भयले इन्द्र वर्षा गर्दछन र यसैको भयले तारा चम्कन्छ ।।४०।।
यद् वनस्पतयो भीता लताश्चौषधिभिः सह ।
स्वे स्वे कालेऽभिगृह्णन्ति पुष्पाणि च फलानि च ॥ ४१ ॥
यसैबाट भयभित भएर औषधिहरू सहित सबै वनस्पतिहरू समय समयमा फलफूल धारण गर्दछन ।।४१।।
स्रवन्ति सरितो भीता नोत्सर्पत्युदधिर्यतः ।
अग्निरिन्धे सगिरिभिः भूर्न मज्जति यद्भयात् ॥ ४२ ॥
यसैको डरले नदीहरू बग्न्छन र समुद्र आफ्नो मार्यदाले बाहिर जादैन । यसैको भयले अग्नि प्रज्वलति हुन्छ र पर्वतहरू सहित पृथ्वी जलमा डुव्दिनन ।।४२।।
नभो ददाति श्वसतां पदं यन्नियमाददः ।
लोकं स्वदेहं तनुते महान् सप्तभिरावृतम् ॥ ४३ ॥
यसैको आज्ञाले आकाश (सून्य) जीवित प्राणीहरूलाई श्वासप्रश्वासका लागि अवकाश दिन्छन र महतत्व अहंकाररूप शरीरको सात आवरणले युक्त ब्रह्माण्डको रूपमा रचना गर्दछन ।।४३।।
गुणाभिमानिनो देवाः सर्गादिष्वस्य यद्भयात् ।
वर्तन्तेऽनुयुगं येषां वश एतच्चराचरम् ॥ ४४ ॥
यसै कालको भयले सत्वादि गुणका नियामक विष्णु आदि देवगण, जस्को अधिनमा यो सारा चराचर जगत छ । आफ्नो जगत रचना आदि कार्यमा युग क्रमले तत्पर रहन्छन ।।४४।।
सोऽनन्तोऽन्तकरः कालो अनादिरादिकृदव्ययः ।
जनं जनेन जनयन् मारयन् मृत्युनान्तकम् ॥ ४५ ॥
यो अविनाशी काल स्वयं अनन्त भएर पनि अरुको अन्त्य गर्ने गर्दछ । जसरी पिताले पुत्रको उत्पत्ति गराएर सारा जगतको रचना गर्दछ र आफ्नो संहार शक्ति मृत्युद्वारा यमराजलाई पनि मृत्यु गराएर उसको अन्त्य गर्दछ ।।४५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे एकोनत्रिंशोऽध्यायः ॥ २९ ॥
