#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - नवमोऽध्यायः

 श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - नवमोऽध्यायः



श्रीशुक उवाच - 
(अनुष्टुप्) 
तेऽन्योन्यतोऽसुराः पात्रं हरन्तस्त्यक्तसौहृदाः । 
क्षिपन्तो दस्युधर्माण आयान्तीं ददृशुः स्त्रियम् ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
महाराज परीक्षित ! असुर आपसको प्रेम र सद्भावलाई छोडेर एक आर्काको निन्दा गरिरहेका थिए । डाँकाको जस्तै एक अर्काको हातबाट कलश खोसाखोस गरिरहेका थिए । यसै बिचमा उनीहरुले एउटी सुन्दरी स्त्री उनीहरु तिर आईरहेको देखे ।।१।।

अहो रूपमहो धाम अहो अस्या नवं वयः । 
इति ते तां अभिद्रुत्य पप्रच्छुर्जातहृच्छयाः ॥ २ ॥ 

का त्वं कञ्जपलाशाक्षि कुतो वा किं चिकीर्षसि । 
कस्यासि वद वामोरु मथ्नतीव मनांसि नः ॥ ३ ॥ 

उनीहरुले यो सोचे  कि यो कस्तो विचित्रको रुप हो । शरीरबाट कस्तो कान्ति निस्किएको छ । उमेर पनि भर्खरको छ  ! यो देखेर अब उनीहरु आपसमा झै भगडा गर्न छाडेर ती केटी भएतिर नै दौडे । उनीहरुले काम मोहित भएर उनीसंग सोधे– कमलनयनी ! तिमी को हौ ? कहाँबाट आएकी हौ ? के गर्न चाहान्छ्यौ ? सुन्दरी ! तिमी कसकी कन्या हौ ? तिमीलाई देखेर हाम्रो मनमा खलबली मच्चिएको छ ।।३।।

न वयं त्वामरैर्दैत्यैः सिद्धगन्धर्वचारणैः । 
नास्पृष्टपूर्वां जानीमो लोकेशैश्च कुतो नृभिः ॥ ४ ॥ 

हामी सम्झन्छौं कि अहिलेसम्म देवता, दैत्य, गन्धर्व, चारण र लोकपालहरुले पनि तिमीलाई स्पर्श सम्म पनि गरेका छैनन । फेरी मानिसले ता कसरी छुन पाउछन् र ? ।।४।।

नूनं त्वं विधिना सुभ्रूः प्रेषितासि शरीरिणाम् । 
सर्वेन्द्रियमनःप्रीतिं विधातुं सघृणेन किम् ॥ ५ ॥ 

सुन्दरी ! अवस्य पनि विधाताले दया गरेर शरीरधारिहरुका सम्पूर्ण इन्द्रयहरु एवं मनको तृप्त गर्नका लागि नै तिमीलाई यहाँ पठाएका हुन ।।५।।

सा त्वं नः स्पर्धमानानां एकवस्तुनि मानिनि । 
ज्ञातीनां बद्धवैराणां शं विधत्स्व सुमध्यमे ॥ ६ ॥ 

हे मानिनी ! हामीहरु एकै जातिका हौं तापनि हामी सबै एउटै वस्तु चाहिरहेका छौं त्यसैले हामीमा डाहा इर्ष्या र सत्रुता बढेको छ । सुन्दरी ! अब तिमीले नै हाम्रो झगडा मिलाइदेउ ।।६।।

वयं कश्यपदायादा भ्रातरः कृतपौरुषाः । 
विभजस्व यथान्यायं नैव भेदो यथा भवेत् ॥ ७ ॥
 
हामी सबै कश्यपजीका छोरा भएकाले भाई भाई हौं । हामीले अमृतका लागि ठुलो पुरुषार्थ गर्यौं । तिमीले न्याय अनुसार निस्पक्षभावले यो अमृत बाँडिदेऊ । जसले गर्दा हामीहरुमा फेरी झगडा हुनु नपाओस ।।७।।

इति उपामंत्रितो दैत्यैः मायायोषिद् वपुर्हरिः । 
प्रहस्य रुचिरापाङ्गैः निरीक्षन् इदमब्रवीत् ॥ ८ ॥ 

जब असुरहरुले यस प्रकार प्रार्थना गरे तव लीलाले स्त्री भेष गर्नुभएका भगवान्ले अलि मुस्कुराउँदै लजालु हेराइले उनीहरुलाई हेर्दै भन्नुभयो ।।८।।

श्रीभगवानुवाच - 
कथं कश्यपदायादाः पुंश्चल्यां मयि संगताः । 
विश्वासं पण्डितो जातु कामिनीषु न याति हि ॥ ९ ॥ 

भगवान्ले भन्नुभयो–
तपाईहरु महर्षि कश्यपका पुत्र हुनुहुन्छ तर म कुलटा स्त्री हुँ । तपाईहरुले म माथि न्यायको भार किन हाल्दै हुनुहुन्छ ? विवेकी पुरुषले स्वेच्छाचारिणी स्त्रीको विश्वास कहिले पनि गर्दैनन् ।।९।।

सालावृकाणां स्त्रीणां च स्वैरिणीनां सुरद्विषः । 
सख्यान्याहुरनित्यानि नूत्नंै नूत्नं  विचिन्वताम् ॥ १० ॥ 

दैत्यहरु ! कुकुर र व्यभिचारिणी स्त्रीको मित्रता स्थायी हुदैन । ती दुवैले सधैं नयाँ नयाँ शिकार खोज्दछन ।।१०।।

श्रीशुक उवाच - 
इति ते क्ष्वेलितैस्तस्या आश्वस्तमनसोऽसुराः । 
जहसुर्भावगम्भीरं ददुश्चामृतभाजनम् ॥ ११ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! मोहिनीको परिहासले भरिएको वाणीले दैत्यको मनमा अरु पनि विश्वास बढ्यो । उनीहरुले गम्भिर भावले हाँसेर अमृतको कलश मोहिनीको हातमा दिए ।।११।।

ततो गृहीत्वामृतभाजनं हरिः 
            बभाष ईषत् स्मितशोभया गिरा । 
यद्यभ्युपेतं क्व च साध्वसाधु वा 
            कृतं मया वो विभजे सुधामिमाम् ॥ १२ ॥ 

भगवान्ले अमृतको कलश आफ्ने हातमा लिएर अलिकति मुस्कुराउँदै मीठो वोलीले भन्नुभयो– म उचित या अनुचित जे जसो गरौं त्यो सबै तिमीहरुले स्वीकार गनु पर्दछ तब मात्र म यो अमृत बाँड्न सक्छु ।।१२।।

इत्यभिव्याहृतं तस्या आकर्ण्यासुरपुंगवाः । 
अप्रमाणविदस्तस्याः तत् तथेत्यन्वमंसत ॥ १३ ॥ 

ठुला ठुला दैत्यहरुले मोहिनीको यो मिठो कुरा सुनेर उनको कुरामा कुनै शंका जनाएनन् त्यसैले एकै स्वरमा हुन्छ भनेर स्वीकार गरे । यसको कारण यो थियो कि उनीहरुलाई मोहिनीको वास्तविक स्वरुपको बारेमा थाहा थिएन ।।१३।।

अथोपोष्य कृतस्नाना हुत्वा च हविषानलम् । 
दत्त्वा गोविप्रभूतेभ्यः कृतस्वस्त्ययना द्विजैः ॥ १४ ॥ 

त्यस पछि एक दिन उपवास गरेर सबैले स्नान गरे । हविष्यले अग्निमा हवन गरे । गाई ब्राह्मण र समस्त प्राणीलाई घाँस चारा अन्न धनादि यथायोग्य दान दिए । र ब्राह्मणले स्वस्तयन गराए ।।१४।।

यथोपजोषं वासांसि परिधायाहतानि ते । 
कुशेषु प्राविशन्सर्वे प्राग् अग्रेष्वभिभूषिताः ॥ १५ ॥ 

आफ्नो आफ्नो रुचि अनुसार सबैले नयाँ नयाँ वस्त्र धारण गरे । नयाँ नयाँ वस्त्रहरु पहिरिएर सबैजना कुशासनमा बसे ।।१५।।

प्राङ्मुखेषूपविष्टेषु सुरेषु दितिजेषु च । 
धूपामोदितशालायां जुष्टायां माल्यदीपकैः ॥ १६ ॥ 

तस्यां नरेन्द्र करभोरुरुशद्दुकूल 
     श्रोणीतटालसगतिर्मदविह्वलाक्षी । 
सा कूजती कनकनूपुरशिञ्जितेन 
     कुम्भस्तनी कलसपाणिरथाविवेश ॥ १७ ॥ 

देवता र दैत्य दुवै नै धूपको सुगन्ध, मालाहरु र अरु बत्तीहरुले सजाएको भव्य भवनमा पूर्व मुख गरेर आफ्नो आफ्नो आसनमा बसे । तब हातमा अमृतको कलश बोकेर मोहिनी सभाभवनमा आईन । उनले सुन्दर साडी पहिरिएकी थिइन । नितम्बको भारका कारण उनी विस्तारै पाइला सार्दथिन् । आँखा मदले विह्वल भएको थियो । कलश समान स्तन र  हात्तीको सुड जस्ता तिघ्रा थिए । उनले लगाएको सुनको पाउजेवको झंकारले सभा भवनलाई शोभायमान गरेको थियो ।।१६।१७।।

तां श्रीसखीं कनककुण्डलचारुकर्ण 
         नासाकपोलवदनां परदेवताख्याम् । 
संवीक्ष्य सम्मुमुहुरुत्स्मितवीक्षणेन 
         देवासुरा विगलित स्तनपट्टिकान्ताम् ॥ १८ ॥ 

कानमा सुनको कुण्डल थियो.र उनको नाक, गाला तथा मुख धेरै नै सुन्दर थियो । स्वयं परमदेवता भगवान् मोहनीको रुपमा यस्तो देखिनु हुन्थ्यो कि मानौं लक्ष्मीको कुनै साथी त्यहाँ आईरहेकी छन । मोहिनीले आफ्नो हसिलो अनुहारले देवता र दैत्यलाई हेर्नु भयो जसले गर्दा त्यहाँ भएका सबै मोहित भए । त्यस समय उनको स्तनबाट पछ्यौरा केहि झरेको थियो ।।१८।।

(अनुष्टुप्) 
असुराणां सुधादानं सर्पाणामिव दुर्नयम् । 
मत्वा जातिनृशंसानां न तां व्यभजदच्युतः ॥ १९ ॥ 

मोहिनीरुप भगवान्ले यो विचार गर्नुभयो कि यी दैत्यहरु जन्मले नै क्रुर स्वभावका छन् । यिनीहरुलाई अमृत पिलाउनु ता सर्पलाई दूध पिलाउनु जस्तै अन्याय हुनेछ । त्यसैले वहाँले असुरलाई अमृतको भाग दिनु भएन ।।१९।। 

कल्पयित्वा पृथक् पंक्तीः उभयेषां जगत्पतिः । 
तांश्चोपवेशयामास स्वेषु स्वेषु च पंक्तिषु ॥ २० ॥ 

दैत्यान् गृहीतकलसो वञ्चयन् उपसञ्चरैः । 
दूरस्थान् पाययामास जरामृत्युहरां सुधाम् ॥ २१ ॥ 

भगवान्ले देवता र असुरहरुलाई अलग अलग पंक्ति बनाउनु भयो र दुवैलाई आफ्नो समुहको पंक्तिमा बसाउँनु भयो । त्यस पछि हातमा अमृतको कलश लिएर भगवान् दैत्य समुह भएको ठाँउमा जानु भयो । वहाँले हाव भाव र कटाक्षले मोहित गराएर पर बसेका देवता भएका ठाँउमा जानु भयो र उनीहरुलाई अमृत पिलाउन लाग्नु भयो । जसलाई पिउनाले बुढोपन र मृत्यको नाश हुन्छ ।।२१।।

ते पालयन्तः समयं असुराः स्वकृतं नृप । 
तूष्णीमासन्कृतस्नेहाः स्त्रीविवादजुगुप्सया ॥ २२ ॥ 

हे परीक्षित असुरहरुले आफुले गरेको प्रतिज्ञाको पालन गरिरहेका थिए । उनीहरु स्त्रीसंगको झगडाले आफ्नो निन्दा हुने सम्झन्थे । त्यसैले उनीहरु चुपो लागेर बसे ।।२२।।

तस्यां कृतातिप्रणयाः प्रणयापायकातराः । 
बहुमानेन चाबद्धा नोचुः किञ्चन विप्रियम् ॥ २३ ॥ 

मोहिनीमा उनीहरुको अत्यन्त प्रेम थियो । उनीहरु डराई रहेका थिए कि उनीसंग हाम्रो प्रेम सम्बन्ध टुट्न नपाओस । मोहिनीले पनि पहिला उनीहरुको बडो सम्मान गरेकी थिइन । त्यसैले उनीहरु अरु बन्धनमा परेका थिए । त्यसैले गर्दा उनीहरुले मोहिनीलाई कुनै अपृय वचन प्रयोग गरेनन ।।२३।।

देवलिङ्गप्रतिच्छन्नः स्वर्भानुर्देवसंसदि । 
प्रविष्टः सोममपिबत् चन्द्रार्काभ्यां च सूचितः ॥ २४ ॥ 

जुनबेला भगवान्ले देवतालाई अमृत पियाईरहनु भएको थियो त्यसै बखतमा राहु दैत्य देवताको भेष बनाएर उनीहरुको बिचमा आएर बसेर र देवताको साथ उसले पनि अमृत पियो । तर त्यसैबेला चन्द्रमा र सूर्यले उसको पोल खोलदिए ।।२४।।

चक्रेण क्षुरधारेण जहार पिबतः शिरः । 
हरिस्तस्य कबन्धस्तु सुधयाप्लावितोऽपतत् ॥ २५ ॥ 

अमृत पियाँउदै गर्दा नै भगवान्ले आफ्नो तीखो धार भएको चक्रले उसको सिर काटिदिनु भयो । अमृतको संसर्ग नुहुनाले उसको शरीर तल खस्यो ।।२५।।

शिरस्त्वमरतां नीतं अजो ग्रहमचीकॢपत् । 
यस्तु पर्वणि चन्द्रार्कौ अभिधावति वैरधीः ॥ २६ ॥ 

तर सिर अमर भयो र ब्रह्माजीले ग्रह बनाईदिनु भयो । त्यहि राहु पर्वका को दिन (पूर्णिमा र आमावास्या) वैरभावले चन्द्र र सूर्यलाई आक्रमण गर्दछ ।।२६।।

पीतप्रायेऽमृते देवैः भगवान् लोकभावनः । 
पश्यतां असुरेन्द्राणां स्वं रूपं जगृहे हरिः ॥ २७ ॥ 

जब देवताहरुले अमृत पिए तब समस्त लोकलाई जीवन दान दिने भगवान्ले दैत्यको अगाडि नै आफ्नो मोहिनीरुप त्यागेर आफ्नो वास्तविक रुप धारण गर्नु भयो ।।२७।।

एवं सुरासुरगणाः समदेशकाल 
         हेत्वर्थकर्ममतयोऽपि फले विकल्पाः । 
तत्रामृतं सुरगणाः फलमञ्जसापुः 
         यत्पादपंकजरजःश्रयणान्न दैत्याः ॥ २८ ॥ 

महाराज परिक्षीत ! देवता र दैत्य दुवैले एउटै स्थानमा एउटै प्रयोजन तथा एउटै वस्तुका लागि एउटै विचारले एउटै कर्म गरेका थिए तर फलमा बडो भेद भयो । त्यसमा देवताले धेरै सुगमताले आफ्नो परिश्रमको फल अमृत प्राप्त गरे किनकि उनीहरुले भगवान्को चरणकमलको धुलोको आश्रय लिएका थिए । तर वहाँबाट विमुख भएका कारण असुरहरुले परश्रम गर्दा पनि अमृतबाट वञ्चित भए ।।२८।।

यद् युज्यतेऽसुवसुकर्ममनोवचोभिः 
             देहात्मजादिषु नृभिस्तदसत्पृथक्त्वात् । 
तैरेव सद्भेवति यत् क्रियतेऽपृथक्त्वात् 
             सर्वस्य तद्भ वति मूलनिषेचनं यत् ॥ २९ ॥ 

मानिस आफ्नो प्राण, धन, कर्म, मन र वाणी आदिले शरीर एवं पुत्र आदिका लागि जे गर्दछ त्यो व्यर्थ नै हो । किनकि उसको मूलमा भेदबुद्धि बनि रहन्छ । तर प्राण आदि वस्तुहरु द्वारा भगवान्का लागि जे गर्दछन् त्यो सबै भेदभाव रहित हुनाको कारण आफ्नो शरीर पुत्र र समस्त संसारको लागि सफल हुन्छ । जसरी वृक्षको जरामा पानी हाल्नाले उसको हाँगा पात आदि सबैमा सिंचित हुन्छ त्यसरी नै भगवान्को लागि गरिएको कर्म सबैको लागि हुन्छ ।।२९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे अमृतमथने नवमोऽध्यायः ॥ ९ ॥