॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशः स्कंधः – षोडशोऽध्यायः
श्रीमद्भागवत महापुराण
एकादशः स्कंधः – षोडशोऽध्यायः
त्वं ब्रह्म परमं साक्षादनाद्यन्तमपावृतम् ।
सवेषामपि भावानां त्राणस्थित्यप्ययोद्भवः ।। १ ।।
उद्धवले भने– हे भगवन् ! हजुर साक्षात् परब्रह्म हुनुहुन्छ, आदि अन्त्य आदि आवरणले रहित हुनुहुन्छ । हजुर समस्त प्राणी र पदार्थहरुको उत्पत्ति, स्थिति र प्रलयका कारण पनि हुनुहुन्छ ।। १ ।।
उच्चावचेषु भूतेषु दुज्र्ञेयमकृतात्मभिः ।
उपासते त्वां भगवन् याथातथ्येन ब्राह्मणाः ।। २ ।।
हजुर साना ठूला सबै प्राणीका भित्र रहनुहुन्छ । जसको चित्त शुद्ध भएको हुदैन, तिनीहरुले हजुरलाई जान्न र बुझ्न नसक्ने हुनुहुन्छ । हे भगवन् ! ब्रह्मज्ञानी पुरुषले नै हजुरको यथोचित उपासना गर्दछन् ।।२।।
च भावेषु भक्त्या त्वां परमर्षयः ।
उपासीनाः प्रपद्यन्ते संसिद्धिं तद् वदस्व मे ।। ३।।
परमर्षि (विवेकी पुरुषले) हजुरको जुन जुन रुपको र विभूतिहरुको भक्तिपूर्वक उपासना गरेर सिद्धि प्राप्त गर्दछन्, त्यो मलाई भन्नुहओस् ।।३।।
गूढश्चरसि भूतात्मा भूतानां भूतभावन ।
न त्वां पश्यन्ति भूतानि पश्यन्तं मोहितानि ते ।। ४।।
हे सबै प्राणीहरुको कल्याण गर्ने भगवान् ! हजुर सबै प्राणीको जीवनदाता र आत्माराम हुनुहुन्छ । हजुर सबै प्राणीहरुको बिचमा गुप्त रुपले रहेर लीलाहरु गर्नुहुन्छ । हजुर सबैलाई देख्नु हुन्छ तर हजुरका मायाले मोहित भएका प्राणीहरू हजुरलाई देख्न सक्तैनन् ।।४ ।।
याः काश्च भूमौ दिवि वै रसायां
विभूतयो दिक्षु महाविभूते ।
ता मह्यमाख्याह्यनुभावितास्ते
नमामि ते तीर्थपदाङ्घ्रिपद्मम् ।। ५ ।।
हे ऐश्वर्यले सम्पन्न हुनुभएका प्रभो ! पृथ्वीमा, स्वर्गमा, पातालमा, दिशाहमा हजुरको प्रभावले युक्त भएका जो कोही विभूति छन्, अब म माथि कृपा गरेर ती विभिूतीहरुको बारेमा बताइदिनुहओस् । हजुरका तीर्थस्वरूप चरणकमलमा म नमस्कार गर्दछु ।। ५ ।।
श्रीभगवानुवाच
एवमेतदहं पृष्टः प्रश्नं प्रश्नविदां वर ।
युयुत्सुना विनशने सपत्नैरर्जुनेन वै ।। ६ ।।
भगवान्ले भन्नुभयो– प्रश्न गर्न जान्नेमा श्रेष्ठ भएका हे उद्धव ! निश्चय नै कुरुक्षेत्रमा शत्रुका साथमा युद्ध गर्न तत्पर भएका अर्जुनले यस्तै मलाई यस्तै प्रश्नसोधेका थिए ।।६।।
ज्ञात्वा ज्ञातिवधं गह्र्यमधमं राज्यहेतुकम् ।
ततो निवृत्तो हन्ताऽहं हतोऽयमिति लौकिकः ।। ७ ।।
म नै मार्नेवाला हुँ, मेरै कारणले यिनीहरु मरे भन्ने साधारण मानिसले जस्तो सोचेर, राज्य प्राप्तिका लागि आफ्ना आफन्तको हत्या गर्नु अत्यन्त निन्दनिय कार्य हो जानेर उनी (अर्जुन) युद्धबाट हटेका थिए ।। ७ ।।
स तदा पुरुषव्याघ्रो युक्त्या मे प्रतिबोधितः ।
अभ्यभाषत मामेवं यथा त्वं रणमूर्धनि ।। ८ ।।
तिमीले जसरी मलाई सोधिरहेका छौ, यसरी नै त्यस समयमा युद्धको मैदानमा अर्जुनले यस्तो प्रश्न सोधेका थिए । त्यतिबेला उनलाई युक्तिले बुझाएको थिएँ अब म तिमीलाई त्यही कुरा बुझाउँछु सुन ।।८।।
अहमात्मोद्धवामीषां भूतानां सुहृदीश्वरः ।
अहं सर्वाणि भूतानि तेषां स्थित्युद्भवाप्ययः ।। ९ ।।
हे उद्धव ! यी सबै प्राणीको आत्मा हितैषी र तियन्त हुँ, सबै प्राणी पनि मै हुँ र ती प्राणीको सृष्टि गर्ने, रक्षा गर्ने र नाश गर्ने पनि मै नै हुँ ।।९।।
अहं गतिर्गतिमतां कालः कलयतामहम् ।
गुणानां चाप्यहं साम्यं गुणिन्यौत्पत्तिको गुणः ।। १० ।।
गतिशील पदार्थमा गति म नैं हुँ, वश पार्नेमा कालरूप मै हुँ । गुणमा गुणको साम्य अवस्था र गुणीमा स्वाभाविक गुण मै हुँ ।।१०।।
गुणिनामप्यह सूत्र महतां च महानहम् ।
सूक्ष्माणामप्यहं जीव दुर्जयानामहं मनः ।। ११ ।।
गुणले युक्त वस्तुमा म अव्यक्त सूत्र हुँ, ठूला वस्तुमा ठूलोपना मैं हुँ, सूक्ष्मवस्तुमा म जीव हुँ र जित्न नसकिने वस्तुमा म मन हुँ ।।११।।
हिरण्यगर्भो वेदानां मन्त्राणां प्रणवस्त्रिवृत् ।
अक्षराणामकारोऽस्मि पदानिच्छन्दसामहम् ।। १२ ।।
म वेदहरूको अभिव्यक्त स्थान हिरण्यगर्भ हुँ । मन्त्रमा तीन अक्षर भएको अ,उ,म् औंकार हुँ । र छन्दमा त्रिपदा गायत्री हुँ ।।१२।।
इन्द्रोऽहं सर्वदेवानां वसूनामस्मि हव्यवाट् ।
आदित्यानामहं विष्णू रुद्राणां नीललोहितः ।। १३ ।।
सबै देवतामा म इन्द्र हुँ, अष्टवसुमा म अग्नि हुँ, सूर्यमा म विष्णु हुँ र रुद्रमा नीललोहित नामको रुद्र मै हुँ ।।१३।।
ब्रह्मर्षीणां भृगुरहं राजर्षीणामहं मनुः ।
देवर्षीणां नारदोऽहं हविर्धान्यस्मि धेनुषु ।। १४ ।।
ब्रह्मर्षिमा भृगु, राजर्षिमा मनु, देवर्षिमा नारद र गाईहरूमा कामधेनु गाई मै हुँ ।। १४ ।।
सिद्धेश्वराणां कपिलः सुपर्णोऽहं पतत्त्रिणाम् ।
प्रजापतीनां दक्षोऽहं पितृणामहमर्यमा ।। १५ ।।
सिद्धेश्वरहरूमा कपिल, पक्षिहरूमा गरुड, प्रजापतिमा दक्ष र पितृहरूमा म अर्यमा हुँ ।। १५ ।।
मां विद्धयुद्धव दैत्यानां प्रहादमसुरेश्वरम् ।
सोमं नक्षत्रौषधीनां धनेशं यक्षरक्षसाम् ।। १६ ।।
हे उद्धव ! दैत्यहरूमा दैत्यराज प्रह्लाद भनेर मलाई नै जान, नक्षत्रमा चन्द्रमा, औषधिमा सोमरस तथा, यक्षराक्षसमा मलाई कुवेर भनेर जान ।।१६।।
ऐरावतं राजेन्द्राणां यादसां वरुणं प्रभुम् ।
तपतां द्युमतां सूर्य मनुष्याणां च भूपतिम् ।। १७ ।।
हात्तीहरूमा ऐरावत, जलचरमा वरुण, ताप दिनेमा र चम्किनेमा सूर्य र मनुष्यमा राजा हुँ भनेर मलाई नै जान ।।१७।।
उच्चैःश्रवास्तुरङ्गाणां धातूनामस्मि काञ्चनम् ।
यमः संयमतां चाहं सर्पाणामस्मि वासुकिः ।। १८ ।।
घोडाहरूमा उच्चैश्रवा हुँ, धातुहरूमा सुन हुँ, दण्ड दिनेमा यमराज हुँ र सर्पहरूमा वासुकि नाग मै हुँ ।। १८ ।।
नागेन्द्राणामनन्तोऽहं मृगेन्द्रः शृङ्गिदंष्ट्रिणाम् ।
आश्रमाणामहं तुर्यो वर्णानां प्रथमोऽनघ ।। १९ ।।
हे निष्पाप उद्धव नागराजहरुमा म शेषनाग हुँ, दाँत हुनेमा जीवहरुका राजा सिंह म नै हुँ. आश्रममा सन्यास आश्रम र वर्णहरूमा ब्राह्मण वर्ण मै हुँ ।।१९।।
तीर्थानां स्रोतसां गङ्गा समुद्रः सरसामहम् ।
आयुधानां धनुरहं त्रिपुरघ्नो धनुष्मताम् ।। २० ।।
तीर्थ र नदीमा गङ्गा मै हुँ, तलाउमा समुद्र मै हुँ, हतियारमा र धनुर्धारीमा त्रिपुरारी शिव मै हुँ ।।२०।।
धिष्ण्यानामस्म्यहं मेरुर्गहनानां हिमालयः ।
वनस्पतीनामश्वत्थ ओषधीनामहं यवः ।। २१ ।।
म निवासस्थानमा सुमेरु ै हुँ, गहन अर्थात् दुर्गम स्थानमा हिमालय म नै हुँ, वृक्षमा पीपल र औषधिमा म जौ हुँ ।। २१ ।।
पुरोधसां वसिष्ठोऽहं ब्रह्मिष्ठानां बृहस्पतिः ।
स्कन्दोऽहं सर्वसेनान्यामग्रण्यां भगवानजः ।। २२ ।।
म पुरोहितमा वसिष्ठ र ब्रह्मज्ञमा बृहस्पति हूँ । म सेनापतिहरुमा स्कन्द (कार्तिकेय) हुँ । सन्मार्ग प्रवर्तकमा म भगवान् ब्रह्मा हुँ ।।२२।।
यज्ञानां ब्रह्मयज्ञोऽहं व्रतानामविहिंसनम् ।
वाय्यग्न्यर्काम्बुवागात्मा शुचीनामप्यहं शुचिः ।। २३ ।।
यज्ञहरूमा ब्रह्मयज्ञ हुँ, व्रतहरूमा अहिंसा व्रत हूँ, शुद्ध पदार्थमा शुद्ध वायु, अग्नि, सूर्य, जल, वाणी र आत्मा पनि म नैं हुँ ।।२३।।
योगानामात्मसंरोधो मन्त्रोऽस्मि विजिगीषताम् ।
आन्वीक्षिकी कौशलानां विकल्पः ख्यातिवादिनाम् ।। २४ ।।
म योगहरूमा मन वश गर्ने आत्मसमाधि हँ । विजयको इच्छा गर्नेहरूमा मन्त्र (निति) हु । कुशल तर्क विद्या आत्मा अनात्मा सम्बन्धी कुशलतामा वेदान्तविद्या मै हुँ । ख्यातिहरूमा म विकल्प हुँ ।।२४।।
स्त्रीणां तु शतरूपाऽहं पुंसां स्वायम्भुवो मनुः ।
नारायणो मुनीनां च कुमारो ब्रह्मचारिणाम् ।। २५ ।।
म स्त्रीहरूमा शतरूपा, पुरुषहरूमा स्वायंभुव मनु, मुनिहरूमा नारायण, ब्रह्मचारीमा सनत्कुमार मै हुँ ।।२५।।
धर्माणामस्मि संन्यासः क्षेमाणामबहिर्मतिः ।
गुह्यानां सूनृतं मौनं मिथुनानामजस्त्वहम् ।। २६ ।।
म धर्ममा सन्यास धर्म हुँ । निर्भयमा आत्मनिष्ठा हुँ । विषय, बुद्धिहरुमा म मीठो बोली र मौन हुँ । स्त्रीपुरुषको जोडीमा म प्रजापति हुँ ।।२६।।
संवत्सरोऽस्म्यनिमिषामृतनां मधुमाधवौ ।
मासानां मार्गशीर्षोऽहं नक्षत्राणां तथाऽभिजित् ।। २७ ।।
म सधैं सावधान भएर जाग्ने सम्वत्सर काल हुँ । ऋतुहरूमा चैत्र र वैशाख, र महिना मध्येमा मङ्सीर हुँ । नक्षत्रमा अभिजित् नक्षत्र मै हुँ ।। २७ ।।
अहं युगानां च कृतं धीराणां देवलोऽसितः ।
द्वैपायनोऽस्मि व्यासानां कवीनां काव्य आत्मवान् ।। २८ ।।
युगहरूमा सत्ययुग मै हुँ, धैर्यधारीमा देवल र असित मै हुँ । व्यासहरूमा द्वैपायन व्यास मै हूँ, कविहरूमा आत्मवेत्ता शुक्राचार्य हुँ ।।२८।।
वासुदेवो भगवतां त्वं तु भागवतेष्वहम् ।
किंपुरुषाणां हनुमान् विद्याध्राणां सुदर्शनः ।। २९ ।।
भगवान्मा वासुदेव, भगवत्भक्तमा म तिमी (उद्धव) हुँ वानरहरुमा हनुमान् र विद्याधरमा सुदर्शन म नै हुँ ।। २९ ।।
रत्नानां पद्मरागोऽस्मि पद्मकोशः सुपेशसाम् ।
कुशोऽस्मि दर्भजातीनां गव्यमाज्यं हविः ष्वहम् ।। ३० ।।
रत्नहरूमा पद्मराग हुँ, सुन्दरतामा कमलकोश हुँ, काँस आदिमा कुश हुँ, हव्यपदार्थमा गाईको घीऊ मै हुँ ।।३०।।
व्यवसायिनामहं लक्ष्मीः कितवानां छलग्रहः ।
तितिक्षास्मि तितिक्षणां सत्त्वं सत्त्ववतामहम् ।। ३१ ।।
म व्यवसायीमा लक्ष्मी हुँ, कपतीहरूमा जुवा हुँ, सहनशीलमा क्षमा
मै हुँ र सात्विक प्राणीमा रहने सत्वगुण मै हुँ ।।३१ ।।
ओजः सहो बलवतां कर्माहं विद्धि सात्वताम् ।
सात्वतां नवमूर्तीनामादिमूर्तिरहं परा ।। ३२ ।।
बलवान्हरूमा उत्साहमा म पराक्रम हुँ । भगवद्भक्तमा भक्तिपूर्वक गरिने निष्काम कर्म मै हुँ । भगवान्का भक्तले पूजा गरिने नौ मूर्ति (वासुदेव, सङ्घर्षण, प्रद्युम्न, अनिरुद्ध, नारायण, हयग्रीव, वराह नृसिंह र ब्रह्मा मध्येमा पहिलो मूर्ति अर्थात् वासुदेव मै नै हुँ ।।३२।।
विश्वावसुः पूर्वचित्तिर्गन्धर्वाप्सरसामहम् ।
भूधराणामहं स्थैर्यं गन्धमात्रमहं भुवः ।। ३३ ।।
गन्धर्वमा विश्वावसु र अप्सरामा पूर्वचित्ति मै हुँ । पर्वतहरूमा स्थिरता हुँ, पृथ्वीमा रहने गन्धमात्रा पनि मै हुँ ।।३३।।
अपां रसश्च परमस्तेजिष्ठानां विभावसुः ।
प्रभा सूर्येन्दुताराणां शब्दोऽहं नभसः परः ।। ३४ ।।
जलमा मीठो रस हुँ, तेजस्वीमा अग्नि मै हूँ, सूर्य, चन्द्र र ताराहरुमा कान्ति हुँ र आकाशमा म उसको एकमात्र गुण शब्द हुँ ।।३४।। ममण्यानां बलिरहं वीराणामहमजुतः ।
भूतानां स्थितिरुत्पत्तिरहं वै प्रतिसङ्क्रमः ।। ३५ ।।
ब्राह्मणभक्तमा म बलि हुँ, वीरमा अर्जुन हुँ, प्राणीहरूमा उसको सृष्टि, स्थिति र नाश गर्ने (प्रलय) पनि मै हुँ ।। ३५ ।।
गायुक्त्युत्सगोपादानमानन्दस्पर्शलक्षणम् ।
आस्वादश्रुत्यवघ्राणमहं सर्वेन्द्रियेन्द्रियम् ।। ३६ ।।
हिंडुनु, भाषण गर्नु, त्याग, ग्रहण गर्नु, हिंड्ने, छूने, हेर्ने, स्वाद लिने आदि ज्ञानेन्द्रियको कर्म गर्ने पनि मै हुँ र इन्द्रियहरूमा रहेको शक्ति पनि मै हुँ ।।३६।।
पृथिवी वायुराकाश आपो ज्योतिरहं महान् ।
विकारः पुरुषोऽव्यक्तं रजः सत्वं तमः परम् ।। ३७ ।।
पृथ्वी, वायु, आकाश, जल, तेज यी पञ्च तन्मात्रा, अहङ्कार, महत्तत्व पंचभूतादि विकार जीव, प्रकृति, तत्व र सत्व, रज, तम गुण र परब्रह्म पनि मै हुँ ।।३७।
अहमेतत्प्रसंख्यानं ज्ञानं तत्वविनिश्चयः ।
मयेश्वरेण जीवेन गुणेन गुणिना विना ।
सर्वात्मनाऽपि सर्वेण न भावो विद्यते क्वचित् ।। ३८ ।।
यी तत्वहरूको गणना, तत्वहरूको ज्ञान, तत्वको निश्चय पनि मै हुँ । म ईश्वर हुँ । म नै जीव विना गुण र गुणि पनि हुँ । म सबैका आत्मा हुँ । जहाँ जे छु ती सबै मैं हुँ । म बाहैक अरु कनै पदार्थ छदैछैन ।।३८।।
संख्यानं परमाणनां कालेन क्रियते मया ।
न तथा मे विभूतीनां सृजतोऽण्डानि कोटिशः ।। ३९ ।।
म द्वारा रचिएको पृथिवीको परमाणुको गणना गर्न धेरै समय लगाएर गर्न सकिएला तर करोडौं ब्रह्माण्डको सृष्टि गर्ने म मेरा विभूतिहरूको त्यसरी गणना गर्न सकिदैन ।। ३९ ।।
तेजः श्रीः कीर्तिरैश्वर्यं ह्रीस्त्यागः सौभगं भगः ।
वीयं तितिक्षा विज्ञानं यत्र यत्र स मेंऽशकः ।। ४० ।।
जुन जुन प्राणीमा तेज, सौभाग्य, कीर्ति, ऐश्वर्य, ह्री, त्याग, आनन्द,
भाग्य, बल, सहिष्णुता आदि विशेषता देखिन्छ ती सबै मेरा अंश हुन् ।।४०।।
एतास्ते कीर्तिताः सर्वाः सङ्क्क्षेपेण विभूतयः ।
मनोविकारा एवैते यथा वाचाऽभिधीयते ।। ४१ ।।
यी सबै विभूतिहरू तिमीलाई संक्षेपले मैले बताएँ, यी सवै पारमार्थिक होइनन् । मनका विकार मात्र हुन् । जस्तो कि आकाशको फूल भनेर बोलिले भन्न सकिन्छ ।।। ४१।। ।।
वाचं यच्छ मनो यच्छ प्राणान् यच्छेन्द्रियाणि च ।
आत्मानमात्मना यच्छ न भूयः कल्पसेऽध्वने ।। ४२ ।।
बोलिलाई वशमा गर, मनको संकल्प विकल्पलाई पनि वशमा पार, प्राण र इन्द्रियलाई दमन गर । बुद्धिलाई आत्माले जित, यसो गरेमा फेरि संसारमार्गमा भड्किरहनु पर्दैन ।।४२।।
यो वै वाङ्मनसी सम्यगसंयच्छन् धिया यतिः ।
तस्य व्रतं तपो दानं स्रवत्यामघटाम्बुवत् ।। ४३ ।।
जुन सिद्ध पुरुषले आफ्नो बुद्धिद्वारा बोलि र मनलाई राम्रोसँग नियन्त्रण गर्दैन भने त्यसले गरेका व्रत, तपस्या, दानादि कर्म काँचो माटोको घडामा भरेको पानी जस्तै चुहेर सकिन्छ ।।४३।।
तस्मान्मनोवचः प्राणान् नियच्छेन्मत्परायणः ।
मद्भक्तियुक्तया बुद्ध्या ततः परिसमाप्यते ।। ४४ ।।
त्यसैले मेरा भक्तले भक्तियुक्त बुद्धिद्वारा म मा परायण भएर मन, वचन र प्राणलाई
वशमा गरोस्, त्यसो गर्योभने उसको कर्तव्य पुरा हुन्छ ।। ४४ ।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे
षोडशोऽध्यायः ।। १६।।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment