श्रीमद्भागवतमाहात्म्य
द्वितीयोऽध्यायः
नारद उवाच –
(अनुष्टुप्)
वृथा खेदयसे बाले अहो चिन्तातुरा कथम् ।
श्रीकृष्णचरणाम्भोजं स्मर दुःखं गमिष्यति ॥ १ ॥
नारदजीले भने —
अहो नानी ! तिमी किन चिन्ता गरिरहेकी छ्यौ । तिमीलार्ई यस्तो चिन्ता कहाँबाट आयो । श्रीकृष्ण भगवान् को नाम स्मरण गर तिम्रो दुःख हट्नेछ ।।१।।
द्रौपदी च परित्राता येन कौरवकश्मलात् ।
पालिता गोपसुन्दर्यः स कृष्णः क्वापि नो गतः ॥ २ ॥
जसले कौरवको अत्याचारबाट द्रौपदीको रक्षा गर्नुभयो । गोपसुन्दरीहरूको कामना पूर्ण गर्नुभयो वहाँ कृष्णभगवान् कतै जानुभएको छैन ।।२।।
त्वंतु भक्तिः प्रिया तस्य सततं प्राणतोऽधिका ।
त्वयाऽऽहूतस्तु भगवान् याति नीचगृहेष्वपि ॥ ३ ॥
फेरि तिमी भक्ति त भगवान्को अत्यन्त प्राण प्यारी हौं । तिमीले बोलाएपछि भगवान् निचका घरमा पनि पाल्नुहुन्छ ।।३।।
सत्यादित्रियुगे बोध वैराग्यौ मुक्तिसाधकौ ।
कलौ तु केवला भक्तिः ब्रह्मसायुज्यकारिणी ॥ ४ ॥
सत्य, त्रेता र द्वापर युगमा ज्ञान र वैराग्य मुक्तिका साध थिए तर कलियुगमा केबल भक्ति बाटै ब्रम्हसायुज्य मोक्ष प्राप्ति हुन्छ ।।४।।
इति निश्चित्य चिद्रूपः सद्रूपां त्वां ससर्ज ह ।
परमानन्दचिन्मूर्ति सुंदरीं कृष्णवल्लभाम् ॥ ५ ॥
यस्तो विचार गरेर नै परमानन्द चिन्मुर्ति भगवान्ले आफ्नो सत्स्वरूपले तिमीलाई पैदा गर्नु भएको हो । तिमी कृष्ण भगवान्की प्राण प्यारि छौ ।। ५ ।।
बद्ध्वांजलिं त्वया पृष्टं किं करोमीति चैकदा ।
त्वां तदाऽऽज्ञापयत् कृष्णो मद्भक्तान् पोषयेति च ॥६॥
एकपटक तिमीले म के गरौं भनेर दुई हात जोडेर भगवान्लाई सोध्यौ, त्यस वेला भगवान्ले तिमीले मेरा भक्तहरूलाइ पुष्ट गर भन्ने आज्ञा दिनु भएको थियो ।।६।।
अंगीकृतं त्वया तद्वै प्रसन्नोऽभूत् हरिस्तदा ।
मुक्तिं दासीं ददौ तुभ्यं ज्ञानवैराग्यकौ इमौ ॥ ७ ॥
तिमीले भगवान्को आज्ञालाई स्विकार गर्यौ त्यसैले भगवान् तिमी सित धेरै प्रसन्न हुनुभयो र तिम्रो सेवाका लागि “मुक्ति”लाई दासीको रूपमा दिनुभयो र यी ज्ञान र वैराग्य छोराको रूपमा दिनु भयो ।।७।।
पोषणं स्वेन रूपेण वैकुण्ठे त्वं करोषि च च ।
भूमौ भक्तविपोषाय छायारूपं त्वया कृतम् ॥ ८ ॥
तिमी आफ्नो साक्षात स्वरूपले वैकुण्ठधाममा भक्तहरूलाई पोषण गछर्यौ, यस पृथ्वीमा त तिमीले केवल छायारूप मात्र धारणा गरेकी हौ ।।८।।
मुक्तिं ज्ञानं विरक्तिं च सह कृत्वा गता भुवि ।
कृतादि द्वापरस्यान्तं महानन्देन संस्थिता ॥ ९ ॥
जव तिमी मुक्ति, ज्ञान र वैराग्यलाई संगै लिएर पृथ्वीमा आयौ तव सत्य युग देखि लिएर द्वापर युग सम्म बडो आनन्दले रह्यौ ।।९।।
कलौ मुक्तिः क्षयं प्राप्ता पाखण्डामयपीडिता ।
त्वद् आज्ञया गता शीघ्रं वैकुण्ठं पुनरेव सा ॥ १० ॥
कलियुगमा तिम्री दासी “मुक्ति” पाखण्डरूप रोगले पिडित भएर दुर्वल हुदैगई अनि त्यति बेलै तिम्रो आज्ञाले वैकुण्ठलोकमा गई ।।१०।।
स्मृता त्वयापि चात्रैव मुक्तिरायाति याति च ।
पुत्रीकृत्य त्वयेमौ च पार्श्वे स्वस्यैव रक्षितौ ॥ ११ ॥
यसलोकमा तिमीले संझना गर्ना साथ उनी फेरि आउँछिन र फर्किपनि हाल्छिन् । तर यी ज्ञान र वैराग्यलाई छोरा मानेर साथैमा राखेकीछ्यौ ।।११।।
उपेक्षातः कलौ मन्दौ वृद्धौ जातौ सुतौ तव ।
तथापि चिन्तां मुञ्च त्वं उपायं चिन्तयाम्यहम् ॥ १२ ॥
यो कलियुगका मानिसले उपेक्षा गरेका कारण यिनीहरू उत्साहहिन र बूढा भएका छन् । अव तिमीले चिन्ता नगर म यिनीहरूको उध्दारको उपायको बारेमा सोच्दछु ।।१२।।
कलिना सदृशः कोऽपि युगो नास्ति वरानने ।
तस्मिन् त्वां स्थापयिष्यामि गेहे गेहे जने जने ॥ १३ ॥
कलियुग समान अर्को युग छैन यस युगमा म तिमीलार्ई प्रत्तेक घर घरमा र प्रत्तेक मानिसको हृदयमा स्थापित गरिदिन्छु ।।१३।।
अन्यधर्मान् तिरस्कृत्य पुरस्कृत्य महोत्सवान् ।
तदा नाहं हरेर्दासो लोके त्वां न प्रवर्तये ॥ १४ ॥
हेर, अन्य धर्मलाई हटाएर नाना महोत्सवको साथै भक्ति विषयलाई लोकमा प्रचार गरिन भने म श्रीहरिको दास नै होइन ।।१४।।
त्वद् अन्विताश्च ये जीवा भविष्यन्ति कलौ इह ।
पापिनोऽपि गमिष्यन्ति निर्भयं कृष्णमन्दिरम् ॥ १५ ॥
यस कलियुगमा जुन जीव भक्तिलाई मान्दछ उ पापी भएपनि निर्भय भएर भगवान् श्रीकृष्णको धाम प्राप्तगर्दछ ।।१५।।
येषां चित्ते वसेद्भक्तिः सर्वदा प्रेमरूपिणी ।
नते पश्यन्ति कीनाशं स्वप्नेऽप्यमलमूर्तयः ॥ १६ ॥
जसको हृदयमा सदा सर्वदा प्रेमरूपणी भक्ति निवास गरेकी हुन्छिन उसको अगाडि सपनामा पनि यमराज देखापर्न सक्दैनन् ।।१६।।
न प्रेतो न पिशाचो वा राक्षसो वासुरोऽपि वा ।
भक्तियुक्तमनस्कानां स्पर्शने न प्रभुर्भवेत् ॥ १७ ॥
जसका हृदयमा भक्ति महारानीले बास गरेकी हुन्छिन उसलाई भुत, प्रेत, पिचास, राक्षस र दैत्य आदिले छुन पनि सक्दैन ।।१७।।
न तपोभिर्न वेदैश्च न ज्ञानेनापि कर्मणा ।
हरिर्हि साध्यते भक्त्या प्रमाणं तत्र गोपिकाः ॥ १८ ॥
भगवान् लाई वेद, वेदाध्यायन, ज्ञान र कर्म आदि कुनै पनि साधनले वशमा पार्न सकिदैन केवल भक्ति बाट नै वशमा ल्याउन सकिन्छ, यस्को प्रमाण गोपिनीहरू छन् ।।१८।।
नृणां जन्मसहस्रेण भक्तौ प्रीतिर्हि जायते ।
कलौ भक्तिः कलौ भक्तिः भक्त्या कृष्णः पुरः स्थितः ॥ १९।।
मानिसको हजार जन्मको पुण्यको प्रतापले भक्ति प्रति प्रेम बढ्दछ । कलियुगमा केवल भक्ति नै एकमात्र सार हो, भक्ति बाटै साक्षात श्रीकृष्ण अगाढि उपस्थित हुन्छ ।।१९।।
भक्तिद्रोहकरा ये च ते सीदन्ति जगत्त्रये ।
दुर्वासा दुःखमापन्नः पुरा भक्तविनिन्दकः ॥ २० ॥
जो मानिस भक्तिको द्रोह गर्छ उस्ले तीनैलोकमा दुःख पाउँछ । पूर्वकालमा भक्तिको द्रोह गर्दा दुर्वाशा ऋषिलाई ठुलो आपत्ति आईलाग्यो ।।२०।।
अलं व्रतैः अलं तीर्थैः अलं योगैरलं मखैः ।
अलं ज्ञानकथालापैः भक्तिरेकैव मुक्तिदा ॥ २१ ॥
तीर्थ, ब्रत, योग र ज्ञान आदि कुनै कुराको आवस्यकता छैन केवल भक्तिले नै मुक्ति मिल्दछ ।। २१।।
सूत उवाच –
इति नारदनिर्णीतं स्वमायात्म्यं निशम्य सा ।
सर्वाङ्गपुष्टिसंयुक्ता नारदं वाक्यमव्रवीत् ॥ २२ ॥
सूतजीले भने –
यस प्रकारनारदजीले निर्णय गर्नु भएको आफ्नो माहात्म्य सुनेर भक्तिको सबै अंङ्ग पुष्ट भयो र उनी भन्न लागिन् ।।२२।।
भक्तिरुवाच –
अहो नारद धन्योऽसि प्रीतिस्ते मयि निश्चला ।
न कदाचिद् विमुञ्चामि चित्ते स्थास्यामि सर्वदा ॥ २३ ॥
भक्तिले भनिन्–
अहो नारदजी ! तपाई धन्य हुनुहुन्छ । तपाईको म प्रति अटल प्रिति रहनगएको छ । म सधैभरि तपार्ईको हृदयमा रहन्छु । तपाईलाई छाडेर कहिपनि जानेछैन ।।२३।।
कृपालुना त्वया साधो मद्बाधा ध्वंसिता क्षणात् ।
पुत्रयोश्चेतना नास्ति ततो बोधय बोधय ॥ २४ ॥
हे साधु ! तपाई बडो कृपालु हुनुहुन्छ, तपाईले क्षणभरमा नै मेरो सबै दुःखहरूलाई नास गरिदिनु भयो तर अहिले पनि मेरा छोराहरूको चेतना फिरेको छैन । त्यसैले यिनीहरूलाई छिट्टै ब्युझाई दिनुहोस् ।।२४।।
सूत उवाच –
तस्या वचः समाकर्ण्य कारुण्यं नारदो गतः ।
तयोर्बोधनमारेभे कराग्रेण विमर्दयन् ॥ २५ ॥
सूतजी भन्दछन्–
भक्तिको यस्तो कुरा सुनेर नारदजीलाई दया आयो अनि ज्ञान वैराग्यलाई हातले चलाएर ब्युझाउन लागे ।।२५।।
मुखं संयोज्य कर्णान्ते शब्दमुच्चैः समुच्चरन् ।
प्रबुध्यतां शीघ्रं रे वैराग्य प्रबुध्यताम् ॥ २६ ॥
फेरि कानमा मुख लगेर ठुलो ठुलो स्वरमा कराउदै भन्न लागे, ए ज्ञान१ छिटो उठ, ए वैराग्य१ छिटो उठ जाग ।। २६।।
वेदवेदान्तघोषैश्च गीतापाठैर्मुहुर्मुहुः ।
बोध्यमानौ तदा तेन कथंचित् चोत्थितौ बलात् ॥ २७ ॥
त्यसपछि वेदका मन्त्र र गीता पाठ गरेर वारंवार उनीहरूलाइ जगाउन लाग्नु भयो, अनि उनीहरूमा अलिअलि होस आयो बल्लबल्ल उठ्न त उठे ।।२७ ।।
नेत्रैः अनवलोकन्तौ जृम्भन्तौ सालसावुभौ ।
बकवत्पलितौ प्रायः शुष्ककाष्ठसमाङ्गकौ ॥ २८ ॥
उनीहरूले आँखा उघारेर हेर्न पनि सकेनन् । आलस्यले हाई हाई गर्न लागे । कपाल बकुलाको जस्तो सेतै फुलेको र शरीर सुकेको काठजस्तो सारो भएकोले फेरि लडिहाले ।।२८।
क्षुत्क्षामौ तौ निरीक्ष्यैव पुनः स्वापपरायणौ ।
ऋषिश्चिन्तापरो जातः किं विधेयं मयेति च ॥ २९ ॥
यस प्रकारभोक प्यासले थलिएका कारण अत्यन्त दुर्वल भएका हुँदा फेरि सुत्न लागे । त्यसपछि नारदजीलाई ठुलो चिन्ता भयो र विचार गर्नलागे अव मैले के गर्नु पर्ने हो रु।।२९।।
अहो निद्रा कथं याति वृद्धत्वं च महत्तरम् ।
चिन्तयन् इति गोविन्दं स्मारयामास भार्गव ॥ ३० ॥
यस्तो निद्रा त्यसमाथि पनि त्यो बुढ्याईलाई कसरी हटाउने ? शौनकजी ! यस प्रकारशोक र चिन्ता गर्दा गर्दै भगवान्को नाम लिनलागे ।।३०।।
व्योमवाणी तदैवाभूत् मा ऋषे खिद्यतामिति ।
उद्यमः सफलस्तेऽयं भविष्यति न संशयः ॥ ३१ ॥
त्यसै बखतमा आकाशवाणी भयो हे देर्विर्ष१ तिमी चिन्ता नगर तिम्रो यो उद्योग सफल हुनेछ ।।३१।।
एतदर्थं तु सत्कर्म सुरर्षे त्वं समाचर ।
तत्ते कर्माभिधास्यन्ति साधवः साधुभूषणाः ॥ ३२ ॥
देवर्षी ! यसको लागि तिमीले सत्कर्म गर । त्यो सत्कर्मको बारेमा सन्त माहात्माहरूले बताउने छन् ।।३२।।
सत्कर्मणि कृते तस्मिन् सनिद्रा वृद्धतानयोः ।
गमिष्यति क्षणाद्भक्तिः सर्वतः प्रसरिष्यति ॥ ३३ ॥
त्यस्तो सत्कर्म गर्नाले क्षणभरमा नै उनीहरूको निन्द्रा र बृध्द अवस्था हट्ने छ । अनि सबैतिर भक्तिको प्रभाव फैलिने छ ।।३३।।
इत्याकाशवचः स्पष्टं तत्सर्वैरपि विश्रुतम् ।
नारदो विस्मयं लेभे नेदं ज्ञातमिति ब्रुवन् ॥ ३४ ॥
त्यहाँ भएका सबैले आकाशवाणीले भनेका कुरा सुने । तर त्यो आकाशवाणीले नारदजीलाई चिन्ता भयो, मैले त यसको आशय नै बुझ्न सकिन ।।३४।।
नारद उवाच –
अनयाऽऽकाशवाण्यापि गोप्यत्वेन निरूपितम् ।
किं वा तत्साधनं कार्यं येन कार्यं भवेत् तयोः ॥ ३५ ॥
नारदजी भन्छन्–
यो आकाशवाणीले पनि गुप्त कुरा नै बतायो । कुन साधना गर्नु पर्ने हो जसले गर्दा यो कार्यको सिध्दिहुनेछ ।।३५।।
क्व भविष्यन्ति सन्तस्ते कथं दास्यन्ति साधनम् ।
मयात्र किं प्रकर्तव्यं यदुक्तं व्योमभाषया ॥ ३६ ॥
ती सन्त कहाँ भेट्टाउने हुन र कस्तो साधना बताउने हुन् ? आकाशवाणीले जे कुरा भन्यो त्यो पुरा गर्न मैले के कुरा गर्नु पर्ने हो ?।।३६।
सूत उवाच –
तत्र द्वौ अपि संस्थाप्य निर्गतो नारदो मुनिः ।
तीर्थं तीर्थं विनिष्क्रम्य पृच्छन् मार्गे मुनीश्वरान् ॥ ३७ ॥
सूतजी भन्छन्–
हे शौनकजी ! त्यसपछि नारदजी भक्ति,ज्ञान र वैराग्यलाई त्यहीं छाडेर त्यहाँबाट हिड्नु भयो । प्रत्तेक तीर्थमा गएर भेटेजति माहात्माहरूसंग त्यो साधनाको बारेमा साध्नुभयो ।।३७।।
वृत्तान्तः श्रूयते सर्वैः किंचित् निश्चित्य नोच्यते ।
असाध्यं केचन प्रोचुः दुर्ज्ञेयमिति चापरे ।
मूकीभूतास्तथान्ये तु कियन्तस्तु पलायिताः ॥ ३८ ॥
उनको कुरा सबैले सुन्न त सुने तर त्यसको बारेमा कसैले पनि निश्चित उत्तर दिएनन् । कसैले त्यसलाई दुसाध्य भनि बताए । कसैले ठिकठिक संग पत्तालगाउन कठिन छ भनि जवाफ दिए । कोही सुनेर पनि चुप लागे कसैले त सुनेर पनि आफ्नो हैशियत गुम्ने डरले टालटुल जवाफ दिए ।।३८।।
हाहाकारो महानासीत् त्रैलोक्ये विस्मयावहः ।
वेदवेदान्तघोषैश्च गीतापाठैर्विबोधितम् ॥ ३९ ॥
तीनै लोकमा ठुलो आश्चर्यजनक हल्ला फैलियो, मानिसहरू परस्पर कानेखुरी गर्नथाले– जव वेदध्वनि, वेदान्तघोष र गीता पाठ सुनाउदा पनि— ।।३८।।
भक्तिज्ञानविरागाणां नोदतिष्ठत् त्रिकं यदा ।
उपायो नापरोऽस्तीति कर्णे कर्णेऽजपञ्जनाः ॥ ४० ॥
भक्ति, ज्ञान र बैराग्य तीनै जना विउतेनन् । अव यिनीहरूलाई ब्यिुँझाउने अरु कुनै उपाय छैन ।।४०।।
योगिना नारदेनापि स्वयं न ज्ञायते तु यत् ।
तत्कथं शक्यते वक्तुं इतरैरिह मानुषैः ॥ ४१ ॥
स्वयं योगिराज नारदलाई पनि यस्को उपाय वारे ज्ञान भएन भने अरु साधारण व्यक्तिले कसरी बताउन सक्छन् ।।४१।।
एवं ऋषिगणैः पृष्टैः निर्णीयोक्तं दुरासदम् ॥ ४२ ॥
यस प्रकारजुन जुन ऋषिहरूसंग यसवारेमा सोधे, उनीहरूले निर्णय गरेर यो बताए कि यो दुःसाध्य नै हो ।।४२।।
ततश्चिन्तातुरः सोऽथ बदरीवनमागतः ।
तपश्चरामि चात्रेति तदर्थं कृतनिश्चयः ॥ ४३ ॥
त्यहाँ बाट नारदजी चिन्तित हुदै बदरीवनमा आई पुगे । ज्ञान र वैराग्यलाई ब्युँताउन अव म तपस्या गर्छु भन्ने निश्चय गरे ।।४३।।
तावद् ददर्श पुरतः सनकादीन् मुनीश्वरान् ।
कोटिसूर्यसमाभासान् उवाच मुनिसत्तमः ॥ ४४ ॥
त्यसै बखतमा उनले आफ्नो अगाडि करोडौं सूर्य समान तेज भएका सनकादि मुनीश्वरहरूलाई देखे, अनि उनीहरूलाई देखेर नारदजी भन्छन् ।।४४।।
नारद उवाच –
इदानीं भूरिभाग्येन भवद्भिः संगमोऽभवत् ।
कुमारा ब्रुवतां शीघ्रं कृपां कृत्वा ममोपरि ॥ ४५ ॥
नारदजी भन्छन्–
हे माहात्मा हो ! यतिवेला ठुलो भाग्यका कारण मेरो तपाईहरूसंग समागम भयो । तपार्ईहरूले चाँडै नैे म उपर दया गर्नुहोस् ।।४४।।
भवन्तो योगिनः सर्वे बुद्धिमन्तो बहुश्रुताः ।
पञ्चहायनसंयुक्ताः पूर्वेषामपि पूर्वजाः ॥ ४६ ॥
तपार्ईहरू बुध्दिमान हुनुहुन्छ, बिद्वान हुनुहुन्छ । तपाईहरू देख्दा पाँच वर्षका वालक जस्ता देखिनुहुन्छ तर हाम्रा पुर्खाका पनि पूर्वज हुनुहुन्छ ।। ४६ ।।
सदा वैकुण्ठनिलया हरिकीर्तनतत्पराः ।
लीलामृतरसोन्मत्ताः कथामात्रैकजीविनः ॥ ४७ ॥
तपार्ईहरू सदा वैकुण्ठमा बस्नुहुन्छ । निरन्तर हरि कीर्तन गरिरहनुहुन्छ । भगवल्लीलामृतको रसस्वादन गरेर उन्मत्त हुनुहुन्छ र भागवतकथा नै तपार्ईहरूको जीवनको आधार हो ।।४७ ।।
हरिः शरणमेव हि नित्यं येषां मुखे वचः ।
अथ कालसमादिष्टा जरा युष्मान्न बाधते ॥ ४८ ॥
“हरिःशरणम्” भन्ने मन्त्र सदा तपाईहरूको मुखमा हुन्छ यसैले कालद्वारा प्रेरित बृध्दावस्थाले तपाईहरूलाई कुनै बाधा गर्न सक्तैन ।।४८।।
येषां भ्रूभङ्गमात्रेण द्वारपालौ हरेः पुरा ।
भ्रूमौ निपतितौ सद्यो यत्कृपातः पुरं गतौ ॥ ४९ ॥
पूर्वकालमा तपाईहरूले एकपटक आँखा झिंक्याउदा भगवान् विष्णुका द्वारपाल जय र विजयले तुरुन्तै पृथ्वीमा झर्नुपर्यो फेरि तपाईहरूकै कृपाले वैकुण्ठ फर्किए ।।४९।।
अहो भाग्यस्य योगेन दर्शनं भवतामिह ।
अनुग्रहस्तु कर्तव्यो मयि दीने दयापरैः ॥ ५० ॥
धन्य छ, अहिले ठुलो सौभाग्यले तपार्ईहरूको दर्शन प्राप्त भयो । म धेरै दुःखित छु तपाईहरूदयालु हुनुहुन्छ । त्यसैले म माथि तपार्ईहरूको कृपा रहोस् ।।५०।।
अशरीरगिरोक्तं यत् तत्किं साधनमुच्यताम् ।
अनुष्ठेयं कथं तावत् प्रब्रुवन्तु सविस्तरम् ॥ ५१ ॥
अव मलाई बताउनुहोस् कि आकाशवाणीले जुन विषयमा भन्यो त्यो कस्तो साधन हो र मैले कुन प्रकारको अनुष्ठान गर्नु पर्यो यसवारे मलाई विस्तारपूर्वक बताउनुहोस् ।।५१।।
भक्तिज्ञानविरागाणां सुखं उत्पद्यते कथम् ।
स्थापनं सर्ववर्णेषु प्रेमपूर्वं प्रयत्नतः ॥ ५२ ॥
भक्ति,ज्ञान र वैराग्यलाई कसरी सुख मिल्छ ? र कसरी यिनिहरूको सबै वर्णमा प्रतिष्ठा मिल्छ ।। ५२ ।।
कुमारा ऊचुः –
मा चिन्तां कुरु देवर्षे हर्षं चित्ते समावह ।
उपायः सुखसाध्योऽत्र वर्तते पूर्व एव हि ॥ ५३ ॥
सनकादिहरूले भने –
हे देवर्षे ! तपाई चिन्ता नगर्नुहोस् । मन प्रसन्न राख्नुहोस् । उनीहरूको उध्दारको उपाय पहिले नै व्यवस्था भैसकेको छ ।।५३।।
अहो नारद धन्योऽसि विरक्तानां शिरोमणिः ।
सदा श्रीकृष्णदासानां अग्रणीः योगभास्करः ॥ ५४ ॥
नारदजी तपार्ई धन्य हुनुहुन्छ । तपाई वैष्णवहरूका शिरोमणी हुनुहुन्छ । भगवान् श्रीकृष्णका शास्वत पथप्रदर्शक एवं भक्तियोगका अग्रणी सूर्य हुनुहुन्छ ।। ५४।।
त्वयि चित्रं न मन्तव्यं भक्त्यर्थं अनुवर्तिनि ।
घटते कृष्णदासस्य भक्तेः संस्थापना सदा ॥ ५५ ॥
तपाईले भक्तिका लागि नै यो उद्योग गरिरहनु भएको छ । तपार्ईको लागि यो कुनै आश्चर्यको कुरा त होइन तैपनि भक्ति स्थापनाका गर्नका लागि उचित कुरा गरिरहनु भएको छ ।।५५।।
ऋषिभिर्बहवो लोके पन्थानः प्रकटीकृताः ।
श्रमसाध्याश्च ते सर्वे प्रायः स्वर्गफलप्रदाः ॥ ५६ ॥
ऋषिहरूले लोकमा अनेक थरिका मार्गहरूको बारेमा बताएका छन् । तर ती अत्यन्तै झन्झटिला छन र परिणाम पनि स्वर्ग प्राप्ति गराउने मात्र छन् ।।५६।।
वैकुण्ठसाधकं पन्थाः स तु गोप्यो हि वर्तते ।
तस्योपदेष्टा पुरुषः प्रायो भाग्येन लभ्यते ॥ ५७ ॥
अहिले सम्म साक्षात भगवान् प्राप्त गराउने मार्ग त गुप्तनै छ र त्यस्को उपदेश गर्न सक्ने मानिस पनि भाग्यले नै मिल्छ ।।५७।।
सत्कर्म तव निर्दिष्टं व्योमवाचा तु यत्पुरा ।
तदुच्यते श्रृणुष्वाद्य स्थिरचित्तः प्रसन्नधीः ॥ ५८ ॥
तपाईलाई आकाशवाणीले जुन सत्कर्मको संकेत दिएको छ, त्यो हामी बताउदछौ, तपाई प्रसन्न भएर सुन्नुहोस् ।।५८।।
द्रव्ययज्ञास्तपोयज्ञा योगयज्ञास्तथापरे ।
स्वाध्यायज्ञानयज्ञाश्च ते तु कर्मविसूचकाः ॥ ५९ ॥
नारदजी! द्रव्ययज्ञ, तपोयज्ञ,योगयज्ञ र स्वाध्यायरूप ज्ञानयज्ञ आदि, यी सबैले केवल स्वर्गादिलोक प्राप्त गराउने कर्मको संकेत मात्र गदर्छ ।।५९।।
सत्कर्मसूचको नूनं ज्ञानयज्ञः स्मृतो बुधैः ।
श्रीमद्भागवतालापः स तु गीतः शुकादिभिः ॥ ६० ॥
पण्डितहरूले ज्ञानयज्ञ लाई नै मुक्तिको सूचक मानेका छन्, त्यो भनेको श्रीमद्भागवत्को पारयण हो जस्को गान सूकदेवादि महात्माहरूले गर्नु भएको छ ।।६०।।
भक्तिज्ञानविरागाणां तद्घोषेण बलं महत् ।
व्रजिष्यति द्वयोः कष्टं सुखं भक्तेर्भविष्यति ॥ ६१ ॥
भागवत्को शव्द सुन्नाले नै भक्ति, ज्ञान र वैराग्यको कल्याण हुन्छ । यसबाट उनीहरूलाई सुख मिल्दछ ।।६१।।
प्रलयं हि गमिष्यन्ति श्रीमद्भागवतध्वनेः ।
कलेर्दोषा इमे सर्व सिंहशब्दाद् वृका इव ॥ ६२ ॥
सिंहको गर्जनाले जसरी भेडाहरू भाग्दछन् त्यसै गरी भागवत्को ध्वनिले कलियुगका सारा दोश नष्ट भएर जान्छन ।।६२।।
ज्ञानवैराग्यसंयुक्ता भक्तिः प्रेमरसावहा ।
प्रतिगेहं प्रतिजनं ततः क्रीडां करिष्यति ॥ ६३ ॥
त्यस पछि नै प्रेमरस बगाउने भक्ति, ज्ञान र वैराग्यलाई साथ लिएर प्रत्तेक घरघरमा र ब्यक्तिको हृदयमा खेल्दछन् ।। ६२।।
नारद उवाच –
वेदवेदान्तघोषैश्च गीतापाठैः प्रबोधितम् ।
भक्तिज्ञानविरागाणां नोदतिष्ठत् त्रिकं यदा ॥ ६४ ॥
नारदजीले भने–
मैले वेद वेदान्तको ध्वनि र गीता पाठ गरेर उनीहरूलाई ब्युँताउने कोसिस गरे तर ज्ञान, भक्ति र वैराग्य उनिहरू तीनैजना ब्युँतेनन् ।।६४।।
श्रीमद्भागवत आलापात् तत्कथं बोधमेष्यति ।
तत्कथासु तु वेदार्थः श्लोके श्लोके पदे पदे ॥ ६५ ॥
यस्तो स्थितिमा भागवत सुनाएर उनीहरू कसरी ब्युँतेलान रु किनकि भागवत्कथाको प्रत्तेक श्लोक र पदमा वेदको सारांशनै छ ।६५।।
छिन्दन्तु संशयं ह्येनं भवन्तोऽमोघदर्शनाः ।
विलम्बो नात्र कर्तव्यः शरणागतवत्सलाः ॥ ६६ ॥
तपाईहरू शरणगतवत्सल हुनुहुन्छ त्यसैले तपाईहरूको दर्शन खेर जानेछैन, अव मेरो यो मनको सन्देह नास गरिदिनुहोस् । यसकार्यमा ढिला नगर्नुहोस् ।।६६।।
कुमारा ऊचुः –
वेदोपनिषदां सारात् जाता भागवती कथा ।
अत्युत्तमा ततो भाति पृथग्भूता फलाकृतिः ॥ ६७ ॥
सनकादिले भने –
यो श्रीमद्भागवत वेद र उपनिषदको सारांशले वनेको छ । त्यसैले यसबाट फरक फल मिल्ने भएकाले अति उत्तम मानिएको हो ।।६७।।
आमूलाग्रं रसस्तिष्ठन् नास्ते न स्वाद्यते यथा ।
सभूयः संपृथग्भूतः फले विश्वमनोहरः ॥ ६८ ॥
जसप्रकार रुखमा जरादेखि हाँगाहरूमा सम्म रस हुन्छ तर यस परिस्थितिमा उसको भेद पाउँन सकिदैन । तर त्यहीं रुखबाट जव फल वनेर प्रकट हुन्छ अनि फल सबैलाई प्यारोलाग्छ ।।६८।।
यथा दुग्धे स्थितं सर्पिः न स्वादायोपकल्पते ।
पृथग्भूतं हि तद्गव्यं देवानां रसवर्धनम् ॥ ६९ ॥
घीऊ हुन्छ तर दहीमा घीउको स्वाद हुदैन, जव मन्थन गरिन्छ अनि दही बाट घीउ अलग हुन्छ तव देवताको निम्तिमा पनि स्वादवर्धक हुन्छ ।।६९।।
इक्षूणामपि मध्यान्तं शर्करा व्याप्य तिष्ठति ।
पृथग्भूता च सा मिष्टा तथा भागवती कथा ॥ ७० ॥
जसरी उखु भित्र रहेको सख्खरलाई पृथक गरेर निकाल्दा मिठो हुन्छ, भागवतकथा पनि त्यस्तै हो ।।७०।।
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ॥ ७१ ॥
यो भागवतनाम गरेको पुराण वेद समान छ । यो वेदव्यासले भक्ति, ज्ञान र वैराग्यको स्थापना गराउनको लागि प्रकट गर्नु भएको हो ।।७१।।
वेदान्तवेदसुस्नाते गीताया अपि कर्तरि ।
परितापवति व्यासे मुह्यत्यज्ञानसागरे ॥ ७२ ॥
पूर्वकालमा जुन समायमा वेद वेदान्तको र गीताको पनि रचना गर्ने भगवान् व्यास खिन्न अवस्थामा अज्ञानरूप समुद्रमा अलमलिनु भएको थियो । ।।७२।।
तदा त्वया पुरा प्रोक्तं चतुःश्लोकसमन्वितम् ।
तदीयश्रवणात् सद्यो निर्बाधो बादरायणः ॥ ७३ ॥
उसै समयमा तपाईले नै वहाँलाई चार श्लोकको भागवतको उपदेश दिनुभएको थियो, जसलाई सुन्नाले वहाँको सबै अज्ञानरूप चिन्ता हटेको थियो ।।७३।।
तत्र ते विस्मयः केन यतः प्रश्नकरो भवान् ।
श्रीमद्भागवतं श्राव्य शोकदुःखविनाशनम् ॥ ७४ ॥
फेरि अहिले यस्मा किन आश्चर्य मान्नुहुन्छ र हामी संग उल्टै प्रश्न गर्नुहुन्छ रु अव तपार्ईले उनीहरूलाई यो शोक र दुःख नाशक भागवतपुराण सुनाउनु पर्छ । ॥ ७४ ॥
नारद उवाच –
(वसंतितिलका)
यद्दर्शनं च विनिहन्त्यशुभानि सद्यः
श्रेयस्तनोति भवदुःखदवार्दितानाम् ।
निःशेषशेषमुखगीतकथैकपानाः
प्रेमप्रकाशकृतये शरणं गतोऽस्मि ॥ ७५ ॥
नारदजीले भने
हे मुनीहरू हो ! तपार्ईहरूको दर्शनले जीवको सबै पापहरूलाई तत्काल नाश गरिदिन्छ । जो संसारको दुःखरूप आगोले जलिरहेकाछन्, उनीहरूलाई छिट्टै शान्तिको वर्षा गराउछ । तपार्ई शेषजीको हजारौ मुखले गाइएको भागवतकथामृतको पान गर्नुहुन्छ । म प्रेमलक्षणा भक्तिको प्रकाश गराउने उद्येश्यले तपार्ईको सरणमा आएकोछु ।७५।।
भाग्योदयेन बहुजन्मसमर्जितेन
सत्संगमं च लभते पुरुषो यदा वै ।
अज्ञानहेतुकृतमोहमदान्धकार
नाशं विधाय हि तदोदयते विवेकः ॥ ७६ ॥
जव अनेकौ जन्मको सञ्चित भाग्यको उदय हुन्छ अनिमात्र मानिसलाई सत्संग मिल्दछ । त्यसपछि अनेक अज्ञानरूप मोह मद रूपअन्धकारलाई नास गरेर विवेकको उदय हुन्छ ।।७६।।
इति श्रीपद्मपुराणे उत्तरखण्डे श्रीमद्भागवतमाहात्म्ये
कुमारनारदसंवादो नाम द्वितीयोऽध्यायः ॥ २ ॥