#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – द्व्यशीतितमोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः – द्व्यशीतितमोऽध्यायः

शुक उवाच–
(अनुष्टुप्)
अथैकदा द्वारवत्यां वसतो रामकृष्णयोः ।
सूर्योपरागः सुमहानासीत् कल्पक्षये यथा ॥ १ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवान श्रीकृष्ण र बलराम द्वारकामा बसिरहेको समयमा एक पटक कल्पको अन्त्य समयमा लागेझैं गरी ठुलोसूर्यग्रहण लाग्यो ।।१।। 
तं ज्ञात्वा मनुजा राजन् पुरस्तादेव सर्वतः ।
समन्तपञ्चकं क्षेत्रं ययुः श्रेयोविधित्सया ॥ २ ॥
हे परीक्षित ! मानिसहरूलाई त्यो ग्रहणको बारेमा ज्योतिषीहरू मार्फत पहिले नै थाहा भइसकेको थियो, त्यसैले सबैजना आफ्नो कल्याण र पुण्य आदि कमाउन कुरुक्षेत्रको समन्त–पञ्चक भन्ने तीर्थमा आए ।।२।। 
निःक्षत्रियां महीं कुर्वन् रामः शस्त्रभृतां वरः ।
नृपाणां रुधिरौघेण यत्र चक्रे महाह्रदान् ॥ ३ ॥
समन्त–पञ्चक क्षेत्र त्यो हो जहाँ शस्त्रधारीहरूमध्ये सर्वश्रेष्ठ, परशुरामले सम्पूर्ण पृथ्वीलाई क्षत्रियमुक्त गरेपछि राजाहरूको रगतको भेल प्रयोग गरेर पाँच ठूला पोखरीहरू बनाउनु भएको थियो ।।३।। 
ईजे च भगवान्रामो यत्रास्पृष्टोऽपि कर्मणा ।
लोकं सङ्‌ग्राहयन्नीशो यथान्योऽघापनुत्तये ॥ ४ ॥
भगवान पशुरामलाई कुनै पनि कर्मको बन्धनमा हुनुहुन्नथ्यो । वहाँ सर्वसमर्थ हुनुहुन्थ्यो तापनि सर्वसाधारणलाई धर्मको शिक्षा दिन वहाँले धेरै यज्ञ गर्नुभयो ।।४।।
महत्यां तीर्थयात्रायां तत्रागन् भारतीः प्रजाः ।
वृष्णयश्च तथाक्रूरवसुदेवाहुकादयः ॥ ५ ॥
ययुर्भारत तत्क्षेत्रं स्वमघं क्षपयिष्णवः ।
गदप्रद्युम्नसाम्बाद्याः सुचन्द्रशुकसारणैः ॥ ६ ॥
आस्तेऽनिरुद्धो रक्षायां कृतवर्मा च यूथपः ।
ते रथैर्देवधिष्ण्याभैर्हयैश्च तरलप्लवैः ॥ ७ ॥
गजैर्नदद्‌भिरभ्राभैर्नृभिर्विद्याधरद्युभिः ।
व्यरोचन्त महातेजाः पथि काञ्चनमालिनः ॥ ८ ॥
हे भरतवंशी ! यस महान् तीर्थयात्राको अवसरमा आफ्नो पापलाई पखाल्नाका लागि धेरै मानिसहरु त्यहाँ आएका थिए । जसमा अक्रूर, वसुदेव, उग्रसेन र अन्य यदुवंशीहरू जस्तै गद, प्रद्युम्न, साम्ब आदि पनि आफ्नो पाप नष्ट गर्न कुरुक्षेत्र आएका थिए । त्यहाँ द्वारकाको रक्षा गर्न  यदुवंशी सेनापति सुचन्द्र, शुक, प्रद्युम्नन्दन अनिरुद्ध शरण आदि द्वारकामा बसे । कृतवर्मा चाँही तीर्थयात्रुहरुको रक्षक थिए । यदुवंशीहरू स्वभावैले अत्यन्तै तेजस्वी थिए र दोस्रो उनीहरूको घाँटीमा सुनौलो माला, दिव्य फूलहरूको माला, बहुमूल्य वस्त्र र कवचको कारणले उनीहरूको सुन्दरता अझ चम्किएको थिए । तीर्थयात्रामा देवताका दिव्य विमान जस्ता चम्किला रथहरु, छिटो–छिटो दैडने घोडाहरू, मेघ जस्तै विशाल र गर्जने हात्तीहरू र विद्याधर जस्ता तेजिला मानिसहरूले शोभायमान थियो । 
दिव्यस्रग्वस्त्रसन्नाहाः कलत्रैः खेचरा इव ।
तत्र स्नात्वा महाभागा उपोष्य सुसमाहिताः ॥ ९ ॥
ब्राह्मणेभ्यो ददुर्धेनूः वासःस्रग्‌रुक्ममालिनीः ।
रामह्रदेषु विधिवत् पुनराप्लुत्य वृष्णयः ॥ १० ॥
ददुः स्वन्नं द्विजाग्र्येभ्यः कृष्णे नो भक्तिरस्त्विति ।
स्वयं च तदनुज्ञाता वृष्णयः कृष्णदेवताः ॥ ११ ॥
भुक्त्वोपविविशुः कामं स्निग्धच्छायाङ्‌घ्रिपाङ्‌घ्रिषु ।
तत्रागतांस्ते ददृशुः सुहृत्संबन्धिनो नृपान् ॥ १२ ॥
अनेकौं दिव्यमाला धारण गरेका र आ–आफ्ना पत्नीहरुद्वार शोभित भएको देवता समानका ती भाग्यमानीहरुले तीर्थमा पुगेर पवित्र मनले स्नान गरेर ग्रहण सुतकको उपवास गरी उनीहरुले ब्राह्मणहरूलाई गहना, कपडा, फूल र माला आदिले सिंगारिएका गाईहरू दान गरे । यसपछि, जब ग्रहण समाप्त भएपछि यदुवंशीहरूले परशुरामले बनाएको पोखरीमा धार्मिक विधिपूर्वक स्नान गरे र श्रीकृष्णमा हाम्रो भक्ति लागोस भन्ने कामनाले ब्राह्मणहरूलाई उत्कृष्ट अन्न दान गरे । भगवान कृष्णलाई आफ्नो देवता मान्ने यदुवंशीहरूले ब्राह्मणहरूबाट अनुमति लिएर भोजन गरे । त्यसपछि वृक्षको शीतल छायाँ भएको रूखमुनि शिविर स्थापना गरेर बसे । यसरी आराम गरेर बसेका बखतमा यदुवंशीहरूले आफ्ना साथीभाइ र आफन्त राजाहरू पनि त्यहाँ आएको देखे ।।१०।।
मत्स्योशीनरकौसल्यविदर्भकुरुसृञ्जयान् ।
काम्बोजकैकयान् मद्रान् कुन्तीनानर्तकेरलान् ॥ १३ ॥
अन्यांश्चैवात्मपक्षीयान् परांश्च शतशो नृप ।
नन्दादीन् सुहृदो गोपान् गोपीश्चोत्कण्ठिताश्चिरम् ॥ १४ ॥
हे महाराज ! त्यहाँ मत्स्य, उशिनर, कोसल, विदर्भ, कुरु, सृञ्जय, कम्बोज, केकय, मद्र, कुन्ती, अनर्त, केरल लगायत देशका सयौं राजाहरू त्यहाँ आएका थिए । त्यसैगरी यदुवंशीहरूका सबैभन्दा शुभचिन्तक नन्द आदि गोप र लामो समयदेखि भगवानको दर्शनको लागि आतुर गोपीहरू पनि त्यहाँ आएका थिए । यादवले यी सबैलाई देखे ।१३–१४।। 
(मिश्र)
अन्योन्यसन्दर्शनहर्षरंहसा
     प्रोत्फुल्लहृद्वक्त्रसरोरुहश्रियः ।
आश्लिष्य गाढं नयनैः स्रवज्जला
     हृष्यत्त्वचो रुद्धगिरो ययुर्मुदम् ॥ १५ ॥
उनीहरु एकअर्कालाई देखेपछि भेट्न र कुरा गर्न पाउँदा सबैले धेरै आनन्द महसुस गरे । सबैको मुख फुलेको कमल जस्तै प्रसन्न देखियो । सबैले एकअर्कालाई अँगालो हालेर आँखाबाट खुसीका आँसु खसाले, शरीरका सबै अंग रोमाञ्चित भएकोले वाणी समेत बन्द भएका उनीहरुले एक आपसमा अंगालो हालेर धेरै खुसी भए ।।१५।। 

स्त्रियश्च संवीक्ष्य मिथोऽतिसौहृद(
     स्मितामलापाङ्‌गदृशोऽभिरेभिरे ।
स्तनैः स्तनान् कुङ्‌कुमपङ्‌करूषितान्
     निहत्य दोर्भिः प्रणयाश्रुलोचनाः ॥ १६ ॥
पुरुषहरू जस्तै गोपिनी र यदुवंशी स्त्रीहरूले पनि एकअर्कालाई देखेर उनीहरुको आँखा प्रेमले रसाएको थियो । उनीहरू अत्यन्तै सौहार्दपूर्ण, कोमल मुस्कान र अत्यन्तै पवित्र निर्मल कटाक्षले युक्त भएरे एकअर्कालाई भेटेर हात समाउदै एक आपसमा कुमकुमचूर्ण लेपन गरिएका स्तन जोडेर आलिंगन गरे ।।१६।।

(अनुष्टुप्)
ततोऽभिवाद्य ते वृद्धान् यविष्ठैरभिवादिताः ।
स्वागतं कुशलं पृष्ट्वा् चक्रुः कृष्णकथा मिथः ॥ १७ ॥
त्यहाँ आएका सबैले सानाहरूले ठूलाहरूलाई अभवादन पाएका ती सबैले अक आपसमा भलाकुसारी गरे अनि श्रीकृष्णको बारेमा पनि चर्चा गर्न थाले ।।१७।।
पृथा भ्रातॄन् स्वसॄर्वीक्ष्य तत्पुत्रान् पितरावपि ।
भ्रातृपत्नीनर्मुकुन्दं च जहौ सङ्‌कथया शुचः ॥ १८ ॥
कुन्तीले पनि त्यहाँ आएका आफ्ना आफन्त दाजुभाइ, दिदीबहिनी र तिनका छोरा, आमाबाबु, भाउजू र भगवान श्रीकृष्णलाई देखेर र कुराकानी गरेपछि उनले आफ्ना सबै दुःख बिर्सिइन् ।।१८।। 
कुन्त्युवाच–
आर्य भ्रातरहं मन्ये आत्मानमकृताशिषम् ।
यद् वा आपत्सु मद्वार्तां नानुस्मरथ सत्तमाः ॥ १९ ॥
कुन्तीले वसुदेवलाई भनिन्– हे भाई ! म आफुलाई धेरै अभागी ठान्दछु किनभने तिमीहरु जस्ता साधु स्वभाव भएको सज्जनले समते आपत विपदको समयमा मलाई एकपटक पनि सम्झेनौ ।।१९।।
सुहृदो ज्ञातयः पुत्रा भ्रातरः पितरावपि ।
नानुस्मरन्ति स्वजनं यस्य दैवमदक्षिणम् ॥ २० ॥
भाग्यले ठगिएका बखतमा त्यस्ता ब्यक्तिलाई उसका आफन्त, छोरा र आमाबाबुले पनि बिर्सन्छन् । यसमा तिम्रो कुनै दोष छैन ।।२०।। 
वसुदेव उवाच–
अम्ब मास्मानसूयेथा दैवक्रीडनकान् नरान् ।
ईशस्य हि वशे लोकः कुरुते कार्यतेऽथ वा ॥ २१ ॥
वसुदेवले भन्नुभयो– हे बहिनी कुन्ती ! हामी सबै भाग्यका खेलौना हौं त्यसैले गुनासो नगर, हामीलाई दोष नदेउ । सबै प्राणीहरु भगवानका वशमा हुन्छन । ईश्वरकै नियन्त्रणमा काम गर्दछन् ।।२१।। 
कंसप्रतापिताः सर्वे वयं याता दिशं दिशम् ।
एतर्ह्येव पुनः स्थानं दैवेनासादिताः स्वसः ॥ २२ ॥
हे बहिनी ! हामीपनि कंसबाट डराएर दश दिशामा भागेका थियौं । अहिले उनै भगवानको कृपाले हामीलाई यस ठाउँमा ल्याइदियो ।।२२।। 
शुक उवाच–
वसुदेवोग्रसेनाद्यैर्यदुभिस्तेऽर्चिता नृपाः ।
आसन्नच्युतसन्दर्शपरमानन्दनिर्वृताः ॥ २३ ॥
श्रीशुकदेवले भन्नुभयो– हे परीक्षित ! त्यहाँ आएका सबै राजाहरूलाई वसुदेव, उग्रसेन आदि यदुवंशीहरूले सत्कार गरेका थिए । ती राजाहरुले पनि श्रीकृष्णको दर्शन गर्न पाएकाले धेरै खुसीको अनुभव गरे ।।२३।। 
भीष्मो द्रोणोऽम्बिकापुत्रो गान्धारी ससुता तथा ।
सदाराः पाण्डवाः कुन्ती सृञ्जयो विदुरः कृपः ॥ २४ ॥
कुन्तीभोजो विराटश्च भीष्मको नग्नजिन्महान् ।
पुरुजिद् द्रुपदः शल्यो धृष्टकेतुः सकाशिराट् ॥ २५ ॥
दमघोषो विशालाक्षो मैथिलो मद्रकेकयौ ।
युधामन्युः सुशर्मा च ससुता बाह्लिकादयः ॥ २६ ॥
राजानो ये च राजेन्द्र युधिष्ठिरमनुव्रताः ।
श्रीनिकेतं वपुः शौरेः सस्त्रीकं वीक्ष्य विस्मिताः ॥ २७ ॥
हे परीक्षित ! भीष्मपितामह, द्रोणाचार्य, धृतराष्ट्र, छोरा सहितकी गान्धारी, युधिष्ठिरसहित पाण्डवहरू, कुन्ती, सृंजय, विदुर, कृपाचार्य, कुन्तिभोज, विराट, भीष्मक, महाराज नग्नजित, पुरुजित, द्रुपद, काशीका राजा धृष्टकेतु सहित दमघोष, विशालाक्ष, मिथिलानरेश, मद्रनरेश, केकयनरेश युधामन्यु, सुशर्मा, बन्हिक र उनका छोराहरू र युधिष्ठिरका अनुयायी अन्य राजाहरु त्यहाँ उपस्थित भएका थिए । उनीहरु सबै लक्ष्मीको निवासस्थान भएको भगवान कृष्णको सुन्दर शरीर देखेर चाश्चर्यचकित भए ।।२४–२७।। 
अथ ते रामकृष्णाभ्यां सम्यक् प्राप्तसमर्हणाः ।
प्रशशंसुर्मुदा युक्ता वृष्णीन् कृष्णपरिग्रहान् ॥ २८ ॥
त्यसपछि बलराम र श्रीकृष्णबाट राम्रो सम्मान पाएपछि, ती राजाहरुले श्रीकृष्णका आफन्त यदुवंशीहरूको ठूलो आनन्दले प्रशंसा गर्न थाले ।।२८।। 
अहो भोजपते यूयं जन्मभाजो नृणामिह ।
यत् पश्यथासकृत् कृष्णं दुर्दर्शमपि योगिनाम् ॥ २९ ॥
तिनीहरूले मुख्यतया उग्रसेनलाई सम्बोधन गरेर भने– हे भोजराज उग्रसेन ! सत्य कुरा भन्नु पर्दा यस संसारामा जन्मिएका मानिसहरु मध्दे केवल तपाईंको जीवन नै सफल र धन्य छ । किनभने तपाईहरूले ठुला–ठुला योगीहरुले पनि दर्शन पाउन मुस्किल हुने श्रीकृष्णलाई बारम्बार देख्न पाउनुहुन्छ ।।२९।।
(वसंततिलका)
यद्विश्रुतिः श्रुतिनुतेदमलं पुनाति
     पादावनेजनपयश्च वचश्च शास्त्रम् ।
भूः कालभर्जितभगापि यदङ्‌घ्रिपद्म(
     स्पर्शोत्थशक्तिरभिवर्षति नोऽखिलार्थान् ॥ ३० ॥

वेदहरूले जसको पवित्र कीर्ति गाएका छन् । जसको चरण धोएका जल र वेदरुपी वाणीले यो संसारलाई धेरै पवित्र बनाइरहेका छन् । समय बित्दै जाँदा पृथ्वीका सबै सौभाग्यहरू नष्ट भएका थिए तर जसको चरण कमलको स्पर्शले पृथ्वीमा फेरि सबै शक्तिसञ्चारले भरियो र जसले गर्दा पृथ्वीबाट हाम्रा सबै इच्छा र चाहनाहरू पूरा गर्न थाल्यो ।।३०।। 
तद्दर्शनस्पर्शनानुपथप्रजल्प
     शय्यासनाशनसयौनसपिण्डबन्धः ।
येषां गृहे निरयवर्त्मनि वर्ततां वः
     स्वर्गापवर्गविरमः स्वयमास विष्णुः ॥ ३१ ॥
हे उग्रसेनजी ! श्रीकृष्णसँग तपाईंको वैवाहिक एवं कुल सम्बन्ध पनि छ । यति मात्र होइन, तपाईंले सधैं उहाँको दृष्टि र स्पर्श प्राप्त गरिरहनुहुन्छ । वहाँकै साथ हिड्ने, बोल्ने, खाने, वहाँसँग कुरा गर्ने, सुत्ने, बस्ने आदि सबै सौभाग्य हजुहरुलाई प्राप्त छ । तपाति हजुरहरु नरकको द्वार भएको प्रवृत्तिमार्ग (गृहस्थी) फसिरहनु भएको  छ ।  हजुरहरुको घरमा सर्वव्यापी भगवान विष्णु को नित्य बास हुन्छ, जसको दर्शनले मात्र स्वर्ग र मोक्षको इच्छा समेत हुदैन ।।३१।।.
शुक उवाच (
(अनुष्टुप्)
नन्दस्तत्र यदून् प्राप्तान् ज्ञात्वा कृष्णपुरोगमान् ।
तत्रागमद् वृतो गोपैरनःस्थार्थैर्दिदृक्षया ॥ ३२ ॥
श्री शुकदेवजीले भन्नुभयो– हे परीक्षित ! श्रीकृष्ण यदुवंशीहरुका साथमा कुरुक्षेत्रमा आउनु भएको थाहा पाएर नन्दबाबाले आफ्ना सबै सामानहरू गाडाहरूमा हालेर गोप गोपीनीहरुलाई साथैमा लिएर वहाँको दर्शन गर्नका लागि त्यहाँ आए ।।३२।।
तं दृष्ट्वा  वृष्णयो हृष्टास्तन्वः प्राणमिवोत्थिताः ।
परिषस्वजिरे गाढं चिरदर्शनकातराः ॥ ३३ ॥
नन्द र अन्य गोप–गोपीहरूलाई धेरै अगाडि देखि भेट नभएकामा त्यहाँ उनीहरु आएको देखेर देखेर सबै यदुवंशीहरू खुशीले खुसिले रमाए मानौं मृत शरीरमा प्राण सञ्चार भएझै गरी हत्तनपत्त उठेर लामो समयसम्म एकअर्कालाई अँगालो हाले ।।३३।। 
वसुदेवः परिष्वज्य सम्प्रीतः प्रेमविह्वलः ।
स्मरन् कंसकृतान् क्लेशान् पुत्रन्यासं च गोकुले ॥ ३४ ॥
यसैगरी बासुदेवले पनि कंसले दिएको दुःखका कारण कृष्णलाई गोकलमा राख्नु परेको कुरा सम्झेर नन्दवावालाई धेरैबेर सम्म अंकमाल गरिरहे ।।३४।।
कृष्णरामौ परिष्वज्य पितरावभिवाद्य च ।
न किञ्चनोचतुः प्रेम्णा साश्रुकण्ठौ कुरूद्वह ॥ ३५ ॥
हे कुरुकुलका श्रेष्ठ परीक्षित ! भगवान श्रीकृष्ण र बलरामजी त आमा यशोदा र पिता नन्दजीलाई अँगालो हालेर उनीहरूको चरणमा ढोग गरेर त्यन्त प्रेमका कारण दुवै दाजुभाइ केहिबेर बोल्न पनि सक्नुभएन ।।३५।। 
भाग्यशाली यशोदाले पनि ती दुवै छोराहरूलाई आफ्नो काखमा राखेर दुवैहातले आलिंगन गरिन् प्रेमको आँसु खसालेर आफ्नो शोकलाई त्यागिदिइन् ।।३६।। 
तावात्मासनमारोप्य बाहुभ्यां परिरभ्य च ।
यशोदा च महाभागा सुतौ विजहतुः शुचः ॥ ३६ ॥
रोहिणी देवकी चाथ परिष्वज्य व्रजेश्वरीम् ।
स्मरन्त्यौ तत्कृतां मैत्रीं बाष्पकण्ठ्यौ समूचतुः ॥ ३७ ॥
का विस्मरेत वां मैत्रीमनिवृत्तां व्रजेश्वरि ।
अवाप्याप्यैन्द्रमैश्वर्यं यस्या नेह प्रतिक्रिया ॥ ३८ ॥
रोहिणी र देवकीले व्रजेश्वरी यशोदालाई आलिंगन गरे र उनीहरुले यशोदाले आफूहरूप्रति देखाएको मैत्रीपूर्ण उपकार सम्झिएर धेरै भावुक भए र यशोदालाई भने– हे व्रजकी मालिक्निी यशोदा ! तपाई र व्रजका मालिक नन्दले हामी प्रति देखाएको उपकार कहिल्यै समाप्त हुनेछैन । तपाईहरुको उपकारको बदला दिन इन्द्रको ऐश्वर्य नै पाए पनि हामी त्यो चुक्ता गर्न सक्दैनौं ।३८।। 
(वसंततिलका)
एतावदृष्टपितरौ युवयोः स्म पित्रोः
     सम्प्रीणनाभ्युदयपोषणपालनानि ।
प्राप्योषतुर्भवति पक्ष्म ह यद्वदक्ष्णो(
     र्न्यस्तावकुत्र च भयौ न सतां परः स्वः ॥ ३९ ॥
हे देवी ! परेलाले आँखाको नानीको रक्षा गरे जसरी आफ्नो बाबु आमालाई देख्न नै नपाएका यी श्रीकृष्ण र बलरामलाई हजुरहरुले सुरक्षित रुपमा पालन पोषण गर्नुभयो । बलराम श्रीकृष्णले आफ्नो मातापितालाई देख्न नपाउदा पनि हजुरहरुलाई नै आफ्ना माता पितापिता मानेर बसेका थिए । हजुरहरुले प्रेमपूर्ण वातावरणमा यिनीहरुको पालन पोषण गरेर हुर्काउनुभयो । हजुरहरु सज्जन हुनुहुहुन्छ त्यसैले एक आर्कोमा भेद राख्नुहुन्न ।।३९।।
श्रीशुक उवाच–
गोप्यश्च कृष्णमुपलभ्य चिरादभीष्टं
     यत्प्रेक्षणे दृशिषु पक्ष्मकृतं शपन्ति ।
दृग्भिर्हृदीकृतमलं परिरभ्य सर्वा(
     स्तद्‌भावमापुरपि नित्ययुजां दुरापम् ॥ ४० ॥
श्रीशुकदेवले भन्नुभयो– परीक्षित ! मैले पहिले नै भनिसकेको छु कि भगवान् श्रीकृष्ण गोपीहरूको जीवनमा सबैभन्दा प्रिय र सर्वस्व थिए । श्रीकृष्णको दर्शन पाउदा उनीहरु वहाँको आँखाको परेला बनाउने बिधातालाई धिक्कार्दथे । धेरै अगाडि देखिको श्रीकृष्णलाई भेट्ने चाहना पुरा भएकोले उनीहरुले त्यही आँखाको माध्यमबाट वहाँलाई आफ्नो मनमा बसालेर अंकमाल गरे । यसरी उनीहरुले ठुला–ठुला योगीहरुले पनि सजिलै प्राप्त गर्न नसक्ने भगवानलाई प्राप्त गरेर प्रसन्न भए ।।४०।।
(अनुष्टुप्)
भगवांस्तास्तथाभूता विविक्त उपसङ्‌गतः ।
आश्लिष्यानामयं पृष्ट्वाक प्रहसन् इदमब्रवीत् ॥ ४१ ॥
यस अवस्थामा भगवान श्रीकृष्णले एकान्तमा ती गोपिनीहरुको नजिक गएर उनीहरुसंग अंकमाल गर्नुभयो र उनीहरूको कुशल मंगलको बारेमा सोध्नुभयो अनि मुस्कुराउँदै भन्नुभयो– ।।४१.।। 

अपि स्मरथ नः सख्यः स्वानामर्थचिकीर्षया ।
गतांश्चिरायिताञ्छत्रुपक्षक्षपणचेतसः ॥ ४२ ॥
अप्यवध्यायथास्मान् स्विदकृतज्ञाविशङ्‌कया ।
नूनं भूतानि भगवान् युनक्ति वियुनक्ति च ॥ ४३ ॥
हे साथीहरू ! हामी हाम्रा आफन्तहरूको काम पुरा गर्न व्रजबाट निस्कियौं र तिमीहरु जस्ता हाम्रा प्रियजनहरूलाई छोडेर हामी टाढाभयौं । हामी त्यहाँ शत्रुहरूलाई नष्ट गर्नमा नै मन व्यस्त भयौं त्यसैले भेटघाट गर्न आउन असमर्थ भयौं । भगवान्ले नै एक अर्कालाई जोड्ने र छुट्याउने गर्नुहुन्छ । धेरै समय बितिसक्दा, के तिमीहरु हामीलाई सम्झन्थयौ  त ? ।।४२–४३।। 
वायुर्यथा घनानीकं तृणं तूलं रजांसि च ।
संयोज्याक्षिपते भूयस्तथा भूतानि भूतकृत् ॥ ४४ ॥
जसरी हावाले बादल, घाँस पराल, कपास र धुलोका कणहरूलाई एकसाथ जोड्छ र त्यसपछि फेरी अलग गरिदिन्छ त्यसरी नै सृष्टिकर्ता भगवान्ले आफ्नो इच्छा अनुसार प्राणीलाइ कहिले एक आपसमा जोड्ने कहिले अलग गरी छुट्याउने काम गर्नुहुन्छ ।।४४।।
मयि भक्तिर्हि भूतानाममृतत्वाय कल्पते ।
दिष्ट्या यदासीतन्मत्स्नेहो भवतीनां मदापनः ॥ ४५ ॥
साथीहरू ! यो धेरै भाग्यको कुरा हो कि तिमीहरु सबैले मेरो प्रेम पाएकाछौ । जुन प्रेमले मप्रति प्रेमपूर्ण भक्ति हुन्छ र त्यै भक्ति नै मोक्षको साधन हुनजान्छ ।।४५।।
अहं हि सर्वभूतानामादिरन्तोऽन्तरं बहिः ।
भौतिकानां यथा खं वार्भूर्वायुर्ज्योतिरङ्‌गनाः ॥ ४६ ॥
प्रिय गोपीहरू ! जसरी सबै भौतिक वस्तुहरू–भाँडा वर्तनहरुमा पृथ्वी, जल, वायु, अग्नि र आकाश जस्ता मूल कारणहरूले व्याप्त हुन्छन्, त्यसरी नै, सम्पूर्ण प्राणीहरुको अगाडि, पछाडि, भित्र र बाहिर केवल म नै रहेको हुन्छु ।।४६।। 
एवं ह्येतानि भूतानि भूतेष्वात्माऽऽत्मना ततः ।
उभयं मय्यथ परे पश्यताभातमक्षरे ॥ ४७ ॥
जसरी यी पाँच तत्वहरू सबै प्राणीहरूको शरीरमा कारणको रूपमा आफ्नो स्वरुपले ब्याप्त हुन्छन् त्यसैगरी हरेक शरीर भित्र जिवात्मा समेत रहेको हुन्छ । तिमीहरुले यी दुवैको पर म अविनाशी आत्मालाई परंतत्वको रुपमा देख ।।४७।।
श्रीशुक उवाच–
अध्यात्मशिक्षया गोप्य एवं कृष्णेन शिक्षिताः ।
तदनुस्मरणध्वस्तजीवकोशास्तमध्यगन् ॥ ४८ ॥
श्री शुकदेवले भन्नुभयो– हे परीक्षित ! यसरी भगवान श्रीकृष्णले गोप गोपिनीहरूलाई आध्यात्मिक ज्ञानको शिक्षा दिनुभयो । यसै उपदेशलाई गोपिनीहरुले बारम्बार स्मरण गर्नाले उनीहरुको लिंग शरीर नाश भएर सधैंका लागि उनै भगवानलाई प्राप्त गरे ।।४८।।
(वसंततिलका)
आहुश्च ते नलिननाभ पदारविन्दं
     योगेश्वरैर्हृदि विचिन्त्यमगाधबोधैः ।
संसारकूपपतितोत्तरणावलम्बं
     गेहं जुषामपि मनस्युदियात् सदा नः ॥ ४९ ॥
गोपिनीहरुले भने– हे कमलनाभ ! हजुरको गहन ज्ञानले सम्पन्न महान् योगीहरू आफ्नो हृदयमा हजुरको चरणको ध्यान गरिरहन्छन् । जो यस संसाररुपी कुवामा खसेका हुन्छन् उनीहरुको उध्दारको एकमात्र साधन हजुरको चरण हो । हे प्रभु ! हामी घरव्यवहारमा फसेका छौं तापनि हाम्रो मनले सदा हजुरको चरणकमलको ध्यानमा रहिरहोस् र एक क्षणको लागि पनि नबिर्सौं, हामीलाई यही आशीर्वाद दिनुहोस् ।।४९।।

इति श्रीमद्भामगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
वृष्णीगोपसङ्‌गमो नाम द्व्यशीतितमोऽध्यायः ॥ ८२ ॥