राजोवाच–
नागालयं
रमणकं कस्मात् तत्याज कालियः ।
कृतं
किं वा सुपर्णस्य तेनैकेनासमञ्जसम् ॥ १ ॥
नेपाली
भावानुवादः राजा परीक्षितले सोधे– हे भगवन् ! कालिय नागले नागहरूको बासस्थान रमणक द्वीपलाई किन छोडेको थियो ?
उसले एक्लैले गरुडजीको के कस्तो अपराध गरेको थियो ? ।। १ ।।
शुक
उवाच–
उपहार्यैः सर्पजनैर्मासि मासीह यो बलिः ।
वानस्पत्यो
महाबाहो नागानां प्राङ्निरूपितः ॥ २ ॥
नेपाली
भावानुवादः श्रीशुकदेवजीले भन्नुभयो–
हे महाबाहु परीक्षित ! धेरै पहिलेको कुरा हो, गरुडको
आहारका लागि सर्पहरूले प्रत्येक महिना एउटा निश्चित वृक्षमुनि एउटा सर्प उपहार
(बलि) दिने व्यवस्था मिलाएका थिए ।। २ ।।
स्वं
स्वं भागं प्रयच्छन्ति नागाः पर्वणि पर्वणि ।
गोपीथायात्मनः
सर्वे सुपर्णाय महात्मने ॥ ३ ॥
नेपाली
भावानुवादः यस नियम अनुसार आफ्नो रक्षाका लागि प्रत्येक औँसीका दिन सबै सर्पहरूले
महात्मा गरुडलाई आ-आफ्नो भाग अर्पण गर्थे ।। ३ ।।
विषवीर्यमदाविष्टः
काद्रवेयस्तु कालियः ।
कदर्थीकृत्य
गरुडं स्वयं तं बुभुजे बलिम् ॥ ४ ॥
नेपाली भावानुवादः
ती सर्पहरूमध्ये कद्रूका पुत्र कालिय नागलाई आफ्नो विष र बलको ज्यादै घमण्ड थियो ।
त्यसैले उसले गरुडलाई तुच्छ ठानी अरूले दिएको बलि पनि आफैँ खाइदिन्थ्यो ।। ४ ।।
तच्छ्रुत्वा
कुपितो राजन् भगवान् भगवत्प्रियः ।
विजिघांसुर्महावेगः
कालियं समुपाद्रवत् ॥ ५ ॥
नेपाली
भावानुवादः हे राजन् ! कालिय नागको यस्तो व्यवहार सुनेर भगवान्का प्रिय गरुड
अत्यन्त क्रुद्ध भए र उनले कालियलाई मार्ने इच्छाले वेगपूर्वक आक्रमण गरे ।। ५ ।।
(मिश्र)
तमापतन्तं
तरसा विषायुधः
प्रत्यभ्ययादुच्छ्रितनैकमस्तकः
।
दद्भिः
सुपर्णं व्यदशद् ददायुधः
करालजिह्वोच्छ्वसितोग्रलोचनः
॥ ६ ॥
नेपाली
भावानुवादः विष नै हतियार भएको त्यो कालिय नागले गरुड आफूलाई मार्न वेगसाथ आएको
देखेर आफ्ना अनेकौँ फणाहरू उठाएर सामना गर्यो । डरलाग्दो जिब्रो लपलपाउँदै र उग्र
नेत्रले हेर्दै त्यस दाँत रूपी हतियार भएको नागले गरुडलाई डस्यो ।। ६ ।।
तं
तार्क्ष्यपुत्रः स निरस्य मन्युमान्
प्रचण्डवेगो
मधुसूदनासनः ।
पक्षेण
सव्येन हिरण्यरोचिषा
जघान
कद्रुसुतमुग्रविक्रमः ॥ ७ ॥
नेपाली
भावानुवादः भगवान् विष्णुका वाहन प्रचण्ड वेग भएका तार्क्ष्यपुत्र गरुडले क्रोधित
भई कालियलाई पन्छाउँदै आफ्नो सुनौलो कान्ति भएको बायाँ पखेटाले जोडसँग प्रहार गरे
।। ७ ।।
(अनुष्टुप्)
सुपर्णपक्षाभिहतः कालियोऽतीव
विह्वलः ।
ह्रदं
विवेश कालिन्द्यास्तदगम्यं दुरासदम् ॥ ८ ॥
नेपाली
भावानुवादः गरुडको पखेटाको प्रहारले कालिय नाग अत्यन्त व्याकुल भयो । त्यसपछि ऊ
डराएर यमुनाजीको त्यस दहमा पस्यो, जहाँ गरुड जान सक्दैनथे ।। ८ ।।
तत्रैकदा
जलचरं गरुडो भक्ष्यमीप्सितम् ।
निवारितः
सौभरिणा प्रसह्य क्षुधितोऽहरत् ॥ ९ ॥
नेपाली
भावानुवादः कुनै समय भोकाएका गरुडले सौभरि ऋषिले रोक्दा-रोक्दै पनि त्यस दहबाट
आफ्नो इच्छित आहारको रूपमा एउटा माछो बलपूर्वक समातेर खाएका थिए ।। ९ ।।
मीनान्
सुदुःखितान् दृष्ट्वा दीनान् मीनपतौ हते ।
कृपया
सौभरिः प्राह तत्रत्यक्षेममाचरन् ॥ १० ॥
नेपाली
भावानुवादः आफ्ना नायक मत्स्यराज मारिएपछि अत्यन्त दुःखी र दीन भएका माछाहरूलाई
देखेर सौभरि ऋषिलाई दया लाग्यो । उनले त्यस दहका जीवहरूको हितका लागि गरुडलाई यसरी
श्राप दिए ।। १० ।।
अत्र
प्रविश्य गरुडो यदि मत्स्यान् स खादति ।
सद्यः
प्राणैर्वियुज्येत सत्यमेतद् ब्रवीम्यहम् ॥ ११ ॥
नेपाली
भावानुवादः "यदि गरुड यहाँ पसेर माछाहरू खान्छन् भने तत्कालै उनको मृत्यु
हुनेछ, यो म सत्य
भन्दैछु" ।। ११ ।।
तं
कालियः परं वेद नान्यः कश्चन लेलिहः ।
अवात्सीद्
गरुडाद् भीतः कृष्णेन च विवासितः ॥ १२ ॥
नेपाली
भावानुवादः यो गोप्य कुरा कालियलाई मात्र थाहा थियो,
अन्य कुनै सर्पलाई थाहा थिएन । त्यसैले गरुडको डरले कालिय त्यहाँ
बसिरहेको थियो, जसलाई अहिले श्रीकृष्णले त्यहाँबाट
निकाल्नुभयो ।। १२ ।।
कृष्णं
ह्रदाद् विनिष्क्रान्तं दिव्यस्रग्गन्धवाससम् ।
महामणिगणाकीर्णं
जाम्बूनदपरिष्कृतम् ॥ १३ ॥
नेपाली
भावानुवादः हे परीक्षित ! दिव्य माला,
चन्दन, वस्त्र, बहुमूल्य
मणि र सुनका गहनाहरूले सुशोभित भएर भगवान् श्रीकृष्ण त्यस दहबाट बाहिर निस्कनुभयो
।। १३ ।।
उपलभ्योत्थिताः
सर्वे लब्धप्राणा इवासवः ।
प्रमोदनिभृतात्मानो
गोपाः प्रीत्याभिरेभिरे ॥ १४ ॥
नेपाली
भावानुवादः श्रीकृष्णलाई बाहिर आएको देखेर प्राण फर्केझैँ गरी सबै व्रजवासीहरू उठे
र अत्यन्त हर्षित हुँदै प्रेमपूर्वक उहाँलाई अङ्गालो हाले ।। १४ ।।
यशोदा
रोहिणी नन्दो गोप्यो गोपाश्च कौरव ।
कृष्णं
समेत्य लब्धेहा आसन् लब्धमनोरथाः ॥ १५ ॥
नेपाली
भावानुवादः हे कौरव परीक्षित ! श्रीकृष्णलाई प्राप्त गरेपछि यशोदा, रोहिणी, नन्द र सबै
गोप-गोपिनीहरूको मनोकामना पूर्ण भयो र उनीहरूले नयाँ जीवन पाए झैँ अनुभव गरे ।। १५
।।
रामश्चाच्युतमालिङ्ग्य
जहासास्यानुभाववित् ।
नगो
गावो वृषा वत्सा लेभिरे परमां मुदम् ॥ १६ ॥
नेपाली
भावानुवादः भगवान्को प्रभाव जान्नुहुने बलरामजीले श्रीकृष्णलाई अङ्गालो हालेर
मुस्कुराउनुभयो । त्यहाँका वृक्ष, गाई, गोरु र बाछाहरू समेत अत्यन्त आनन्दित भए ।। १६
।।
नन्दं
विप्राः समागत्य गुरवः सकलत्रकाः ।
ऊचुस्ते
कालियग्रस्तो दिष्ट्या मुक्तस्तवात्मजः ॥ १७ ॥
नेपाली
भावानुवादः ब्राह्मण तथा गुरुहरू आफ्ना पत्नीसहित नन्दकहाँ आएर भन्नुभयो— "तपाईंका पुत्र कालियको पन्जाबाट मुक्त
हुनु सौभाग्यको कुरा हो" ।। १७ ।।
देहि
दानं द्विजातीनां कृष्णनिर्मुक्तिहेतवे ।
नन्दः
प्रीतमना राजन् गाः सुवर्णं तदादिशत् ॥ १८ ॥
नेपाली
भावानुवादः "कृष्णको मुक्तिको खुसीयालीमा ब्राह्मणहरूलाई दान दिनुहोस्
।" हे राजन् ! नन्दबाबाले प्रसन्न भएर ब्राह्मणहरूलाई गाई र सुन दान गर्नुभयो
।। १८ ।।
यशोदापि
महाभागा नष्टलब्धप्रजा सती ।
परिष्वज्याङ्कमारोप्य
मुमोचाश्रुकलां मुहुः ॥ १९ ॥
नेपाली
भावानुवादः सौभाग्यवती माता यशोदाले हराएको सन्तान पुनः पाएझैँ गरी कृष्णलाई काखमा
राखेर अङ्गालो हालिन् । खुसीले उनका आँखाबाट बारम्बार आँसु झरिरहेका थिए ।। १९ ।।
तां
रात्रिं तत्र राजेन्द्र क्षुत्तृड्भ्यां श्रमकर्षिताः ।
ऊषुर्व्रजौकसो
गावः कालिन्द्या उपकूलतः ॥ २० ॥
नेपाली
भावानुवादः हे राजेन्द्र ! भोक, प्यास र थकानले शिथिल भएका व्रजवासी र गाईहरू त्यस रात यमुनाको किनारमै बसे
।। २० ।।
तदा
शुचिवनोद्भूतो दावाग्निः सर्वतो व्रजम् ।
सुप्तं
निशीथ आवृत्य प्रदग्धुमुपचक्रमे ॥ २१ ॥
नेपाली
भावानुवादः त्यसै बेला सुक्खा वनमा डढेलो लाग्यो र मध्यरातमा सुतिरहेका
व्रजवासीहरूलाई चारैतिरबाट आगोले घेर्न थाल्यो ।। २१ ।।
तत
उत्थाय सम्भ्रान्ता दह्यमाना व्रजौकसः ।
कृष्णं
ययुस्ते शरणं मायामनुजमीश्वरम् ॥ २२ ॥
नेपाली
भावानुवादः आगोको तापले पोल्न थालेपछि आत्तिएका व्रजवासीहरू ब्युझिए र मनुष्य रूप
धारण गर्नुभएका लीलाधारी भगवान् श्रीकृष्णको शरणमा गए ।। २२ ।।
कृष्ण
कृष्ण महाभाग हे रामामितविक्रम ।
एष
घोरतमो वह्निस्तावकान् ग्रसते हि नः ॥ २३ ॥
नेपाली
भावानुवादः उनीहरूले पुकार गरे– "हे महाभाग कृष्ण ! हे असीमित पराक्रमी बलराम ! यो भयानक आगोले हजुरका
आत्मीय हामीहरूलाई निल्न खोज्दै छ" ।। २३ ।।
सुदुस्तरान्नः
स्वान् पाहि कालाग्नेः सुहृदः प्रभो ।
न
शक्नुमस्त्वच्चरणं संत्यक्तुमकुतोभयम् ॥ २४ ॥
नेपाली
भावानुवादः "हे प्रभु ! यस दुर्जय कालाग्निबाट आफ्ना सुहृदहरूलाई रक्षा
गर्नुहोस् । हामी हजुरको निर्भय चरणकमल छोड्न सक्दैनौँ" ।। २४ ।।
इत्थं
स्वजनवैक्लव्यं निरीक्ष्य जगदीश्वरः ।
तमग्निमपिबत्
तीव्रमनन्तोऽनन्तशक्तिधृक् ॥ २५ ॥
नेपाली
भावानुवादः आफ्ना स्वजनहरूको यस्तो व्याकुलता देखेर अनन्त शक्ति धारण गर्नुभएका
जगदीश्वर श्रीकृष्णले त्यस भीषण आगोलाई सजिलै पिइदिनुभयो ।। २५ ।।
इति
श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे सप्तदशोऽध्यायः ॥ १७ ॥
No comments:
Post a Comment