श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – सप्तदशोऽध्यायः
(अनुष्टुप्)
राजोवाच–
नागालयं रमणकं कस्मात् तत्याज कालियः ।
कृतं किं वा सुपर्णस्य तेनैकेनासमञ्जसम् ॥१॥
राजा परीक्षितले सोधे– हे भगवन् ! कालिनागले नागको बासस्थान रमणक द्वीपलाई किन छोडेको थियो ? उसले गरुडजी माथि कस्तो किसिमको अपराध गरेका थियो ।।१।।
शुक उवाच–
उपहार्यैः सर्पजनैर्मासि मासीह यो बलिः ।
वानस्पत्यो महाबाहो नागानां प्राङ्निरूपितः ॥२॥
श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! धेरै पहिलाको कुरा हो गरुडजीको आहाराको लागि सर्पहरुले प्रत्तेक महिनामा भनेको वृक्षमुनि एउटा सर्प भेट दिने ब्यवस्था मिलाएका थिए ।।२।।
स्वं स्वं भागं प्रयच्छन्ति नागाः पर्वणि पर्वणि ।
गोपीथायात्मनः सर्वे सुपर्णाय महात्मने ॥३॥
यस नियम अनुसार आफ्नो रक्षाका लागि प्रत्तेक आमावास्य तिथी औसीका दिनमा सबै सर्पहरुले गरुडजीलाई आफ्नो भाग दिन्थे ।।३।।
विषवीर्यमदाविष्टः काद्रवेयस्तु कालियः ।
कदर्थीकृत्य गरुडं स्वयं तं बुभुजे बलिम् ॥४॥
ती सर्पहरु मध्दे कद्रुको छोरो कालिय नाग थियो । उसमा आफ्नो विष र बलको घमण्ड थियो त्यसैले उसले गरुडलाई भेट दिने कुरालाई टेरेन र अरुले दिएको बलि पनि आफैं खाइदिन्थ्यो ।।४।।
तच्छ्रुत्वा कुपितो राजन् भगवान् भगवत्प्रियः ।
विजिघांसुर्महावेगः कालियं समुपाद्रवत् ॥५॥
कालिय नागको यस्तो ब्यवहार देखेर भगवान्का प्यारा गरुडजीलाई रिस उठ्यो र उनले कालिय नागलाई मार्नको लागि आक्रमण गरे ।।५।।
(मिश्र)
तमापतन्तं तरसा विषायुधः
प्रत्यभ्ययादुच्छ्रितनैकमस्तकः ।
दद्भिः सुपर्णं व्यदशद् ददायुधः
कराल जिह्रोच्छ्वशसितोग्र लोचनः ॥६॥
त्यो विषधर कालियनागले गरुडजी आफुलाई मार्नको लागि आक्रमण गर्न आएको देखेर आफ्नो एकसय फणा उठाएर उनलाई डस्नको लागि तयार भयो । उसको शस्त्रको रुपमा दाँत मात्र भएकोले त्यही दाँतले गरुडजीलाई डस्यो । त्यतिबेला त्यो कालियनाग आफ्नो लामो जिब्रो लपलपाइ रहेको थियो भने लामो लामो श्वास फेरिरहेको थियो । उसको आँखा पनि निकै डराइ रहेकोथियो ।।६।।
तं तार्क्ष्यपुत्रः स निरस्य मन्युमान्
प्रचण्डवेगो मधुसूदनासनः ।
पक्षेण सव्येन हिरण्यरोचिषा
जघान कद्रुसुतमुग्रविक्रमः ॥७॥
तार्क्ष्यका छोरा गरुडजी विष्णु भगवान्का बाहन हुन् । उनको बेग तथा पराक्रमको बारेमा वर्णन गर्न सकिदैन थियो । कालियनागको यस्तो हठ देखेर उनलाई धरै रिष उठ्यो । उनले आफ्नो शरीर झट्कारेर उसलाई फ्याकिदिए र आफ्नो सुनौलो वाया पखेटाले जोडले उसलाई प्रहार गरे ।।७।।
(अनुष्टुप्)
सुपर्णपक्षाभिहतः कालियोऽतीव विह्वलः ।
ह्रदं विवेश कालिन्द्यास्तदगम्यं दुरासदम् ॥८॥
उनको पखेटाको प्रहारले कालिय नाग घाइते भयो । त्यसपछि उ डराएर त्यहाँबाट भागेर यमुनाजीको यस कुण्डमा आयो । यमुनाजीको यो कुण्ड गरुडका लागि अगम्य थियो । साथै यो यति गहिरो थियो कि यहाँ अरु कोहीपनि जान सक्तैन थिए ।।८।।
तत्रैकदा जलचरं गरुडो भक्ष्यमीप्सितम् ।
निवारितः सौभरिणा प्रसह्य क्षुधितोऽहरत् ॥९॥
सौभरीले रोक्दा पनि एकदिन भोकप्यासले सताइएका गरुडले यसस्थामा एउटा माछोलाई बलपूर्वक पक्रेरा खाए ।।९।।
मीनान् सुदुःखितान् दृष्वाक्ष दीनान् मीनपतौ हते ।
कृपया सौभरिः प्राह तत्रत्यक्षेममाचरन् ॥१०॥
आफ्ना अग्रज मत्स्यराज मारिनाले अरु माछीलाई धेरै कष्ट भयो । उ धेरै दुःखी भई । उसको यस्तो अवस्था देखेर सौभरीलाई पनि दया लाग्यो । उनले त्यस कुण्डमा रहने सबै जीवको भलाइको लागि गरुडलाई यो श्राप दिए ।।१०।।
अत्र प्रविश्य गरुडो यदि मत्स्यान् स खादति ।
सद्यः प्राणैर्वियुज्येत सत्यमेतद् ब्रवीम्यहम् ॥११॥
म यो सत्य भन्दछु कि यदि फेरी पनि गरुड यस कुण्डमा आएर माछाहरु खाए भने उनको प्राण जानेछ ।।११।।
तं कालियः परं वेद नान्यः कश्चन लेलिहः ।
अवात्सीद् गरुडाद् भीतः कृष्णेन च विवासितः ॥१२॥
हे परीक्षित ! महर्षि सौभरीले श्राप दिएका कारण कालियनाग बाहेक अरु कोही पनि सर्पहरु त्यहाँ जादैन थिए । त्यसैले गरुडको डरले कालियानाग त्यहाँ बसेको थियो । अब श्रीकृष्णबाट निर्भय पाएपछि उ रमणक द्वीपमा गयो ।।१२।।
कृष्णं ह्रदाद् विनिष्क्रान्तं दिव्यस्रग्गन्धवाससम् ।
महामणिगणाकीर्णं जाम्बूनदपरिष्कृतम् ॥१३॥
हे परीक्षित ! यता भगवान् श्रीकृष्ण पनि दिव्यमाला, गन्ध वस्त्र, बहुमुल्य मणि, सुनका गहनाहरुले विभुषित भएर त्यस कुण्डबाट बाहिर निस्कनुभयो ।।१३।।
उपलभ्योत्थिताः सर्वे लब्धप्राणा इवासवः ।
प्रमोदनिभृतात्मानो गोपाः प्रीत्याभिरेभिरे ॥१४॥
वहाँ बाहिर आउँनु भएको देखेर व्रजका सबै बासिन्दा उठे । सबैजना खुशी थिए । सबैको मन खुसीले भरिए झैँ लाग्थ्यो । सबैजना खुसि भएर श्रीकृष्णलाई आनन्दपूर्ण हृदयले अंगालोमा हाले ।।१४।।
यशोदा रोहिणी नन्दो गोप्यो गोपाश्च कौरव ।
कृष्णं समेत्य लब्धेहा आसन् लब्धमनोरथा ॥१५॥
हे परीक्षित ! भगवान् श्रीकृष्णलाई पाउँदा यशोदाजी, रोहिणी, नन्दवावा लगायत सबैजना धेरै खुसी भए । उनको इच्छा मनोरथ पूर्ण बने ।।१५।।
रामश्चाच्युतमालिङ्ग्य जहासास्यानुभाववित् ।
नगो गावो वृषा वत्सा लेभिरे परमां मुदम् ॥१६॥
वालरामजी भगवानको प्रभावलाई जान्नुहुने भएकोले हाँस्दै श्रीकृष्णलाई अंगालोमा हाल्नुभयो । पहाडको रूखले गाई गोरु समेतलाई आनन्द भयो ।।१६।।
नन्दं विप्राः समागत्य गुरवः सकलत्रकाः ।
ऊचुस्ते कालियग्रस्तो दिष्ट्या मुक्तस्तवात्मजः ॥१७॥
गोपका गुरुकुल ब्राह्मणहरू आफ्नी पत्नीसहित नन्दबाबाको घरमा आए र उहाँलाई भने तपाईको छोरो श्रीकृष्ण कलियानागको पञ्जवाह छुटेर आउँनु धेरै सौभाग्यको कुरा हो ।।१७।।
देहि दानं द्विजातीनां कृष्णनिर्मुक्तिहेतवे ।
नन्दः प्रीतमना राजन् गाः सुवर्णं तदादिशत् ॥१८॥
हे राजन ! प्रसन्न चित्त भएका नन्दवावाले आफ्नो छोरो मृत्युको मुखबाट फर्केर आएकोमा खुसि भएर ब्राह्मणलाई धेरै दान दिए ।।१८।।
यशोदापि महाभागा नष्टलब्धप्रजा सती ।
परिष्वज्याङ्कमारोप्य मुमोचाश्रुकलां मुहुः ॥१९॥
देवी यशोदा पतिब्रता र भाग्यवती नारी थिइन् । उनने आफ्नो छोरा कालको मुखबाट फर्केर आएकोमा खुसि हुँदै अंगालोमा हालिन् । उनको आँखाबाट हर्षका आँसु झरिरहेका थिए ।।१९।।
तां रात्रिं तत्र राजेन्द्र क्षुत्तृड्भ्यां श्रमकर्षिताः ।
ऊषुर्व्रजौकसो गावः कालिन्द्या उपकूलतः ॥२०॥
हे राजन ! त्यो दिन सबै गाईहरु र गोपबालकहरु थकाई र भोकप्यासले सताएका थिए त्यसकारण उनीहरू त्यो रात व्रजमा नगई यमुनाको तिरमा सुते ।।२०।।
तदा शुचिवनोद्भूातो दावाग्निः सर्वतो व्रजम् ।
सुप्तं निशीथ आवृत्य प्रदग्धुमुपचक्रमे ॥२१॥
त्यतिबेला गर्मीका कारण जंगलहरू सुक्खा थिए । मध्यरातपछि वनबाट आगो प्रकट भएर त्यहाँ आगलागी भएको थियो । त्यो आगोले त्यहाँ सुतेका व्रजवासीलाई चरैतिरबाट घेर्यो ।।२१।।
तत उत्थाय सम्भ्रान्ता दह्यमाना व्रजौकसः ।
कृष्णं ययुस्ते शरणं मायामनुजमीश्वरम् ॥२२॥
यसरी चारैतिरबाट आगोले घेरेको देखेर डरले आत्तिएका व्रजवारीहरु भगवान श्रीकृष्णको शरणमा आए ।।२२।।
कृष्ण कृष्ण महाभाग हे रामामितविक्रम ।
एष घोरतमो वह्निस्तावकान् ग्रसते हि नः ॥२३॥
उनीहरुले भने– हे कृष्ण ! हे श्यामसुन्दर । हे भाग्यमानी बलराम ! अहिले यहाँ फैलिएको भीषण आगोले हजुरका आफन्त हामीलाई जलाउँदै छ ।।२३।।
सुदुस्तरान्नः स्वान् पाहि कालाग्नेः सुहृदः प्रभो ।
न शक्नुमस्त्वच्चरणं संत्यक्तुमकुतोभयम् ॥२४॥
हे प्रभु ! यो प्रलय रूप कालाग्निबाट हामीलाई बचाउनुहोस् । हामीलाई यो अग्निबाट कुनै डर छैन तर हजुरको चरणलाई छाड्न सक्तैनौं ।।२४।।
इत्थं स्वजनवैक्लव्यं निरीक्ष्य जगदीश्वरः ।
तमग्निमपिबत् तीव्रमनंतोऽनन्त शक्तिधृक् ॥२५॥
भगवान अनन्त हुनुहुन्छ, त्यहाँ श्रीकृष्णले आफ्ना आफन्तहरूलाई आगोले जल्न लागेकोले दुःखमा परेको देखेर त्यो भयंकर आगोलाई पिइदिनुभयो ।।२५।।
इति श्रीमद्भातगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे सप्तदशोऽध्यायः ॥१७॥