श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - षष्ठोऽध्यायः
प्रह्राद उवाच -
(अनुष्टुप्)
कौमार आचरेत्प्राज्ञो धर्मान् भागवतानिह ।
दुर्लभं मानुषं जन्म तदप्यध्रुवमर्थदम् ॥ १ ॥
प्रल्हदले भने–
साथीहरु ! संसारमा मानिसको जन्म धेरै दुर्लभ छ । अविनाशी परमात्मालाई यहि देहबाट प्राप्त गर्न सकिन्छ । तर यसको अन्त्य कहिले हुन्छ भन्ने कुरा कसैलाई थाहा हुदैन । त्यसैले बुद्धिमान पुरुषले जवान तथा बृद्धावस्था नभनिकन बालक काल देखि नै भगवान् प्राप्तिका लागि आचरण गर्नु पर्दछ ।।१।।
यथा हि पुरुषस्येह विष्णोः पादोपसर्पणम् ।
यदेष सर्वभूतानां प्रिय आत्मेश्वरः सुहृत् ॥ २ ॥
यस मनुष्य जन्ममा भगवान्को चरणको शरण लिनु नै जीवनको एक मात्र सफलता हो । किनकि भगवान् सबै प्राणीहरुका स्वामी सुहृद र प्यारो आत्मा हुन ।।२।।
सुखं ऐन्द्रियकं दैत्या देहयोगेन देहिनाम् ।
सर्वत्र लभ्यते दैवाद् यथा दुःखमयत्नतः ॥ ३ ॥
भाईहरु ! जसरी बिना प्रयत्न नै दुःख आईलाग्दछ त्यसरीनै इन्द्रियद्वारा प्राप्त हुने सुखको भोग प्रारब्ध अनुसार जुनसुकै योनिमा पनि मिल्दछ ।।३।।
तत्प्रयासो न कर्तव्यो यत आयुर्व्ययः परम् ।
न तथा विन्दते क्षेमं मुकुन्दचरणाम्बुजम् ॥ ४ ॥
सुख दुःख आफैं मिल्ने कुरा हो त्यसैले यो सांसारिक सुखका लागि कुनै प्रयत्न गर्नु पर्ने आवस्यकता पर्दैन । किनकि आफैं मिल्ने वस्तुका लागि परिश्रम गुर्न आफ्नो आयु र शक्तिलाई गुमाउनु मात्र हो । यस्तो सुखमै रमाउन खोज्ने मानिसले भगवान्को चरणकमल प्राप्त गर्न सक्तैन ।।४।।
ततो यतेत कुशलः क्षेमाय भवमाश्रितः ।
शरीरं पौरुषं यावत् न विपद्येत पुष्कलम् ॥ ५ ॥
मानिसको जन्ममा अनेक प्रकारको दुःख आई पर्दछ भन्ने सम्झेर यो शरीर रोग, शोकादिले ग्रस्त नहुदै भगवान प्राप्तिका लागि प्रयत्न गर्नु पर्दछ ।।५।।
पुंसो वर्षशतं ह्यायुः तदर्धं चाजितात्मनः ।
निष्फलं यदसौ रात्र्यां शेतेऽन्धं प्रापितस्तमः ॥ ६ ॥
सय वर्षको आयु भएको मानिसले आधा आयु सुतेर नै बिताउछ । जुनबेला उ तमोगुणदि अज्ञानले ग्रस्त भएको हुन्छ ।।६।।
मुग्धस्य बाल्ये कौमारे क्रीडतो याति विंशतिः ।
जरया ग्रस्तदेहस्य यात्यकल्पस्य विंशतिः ॥ ७ ॥
बालक कालको अवस्थामा उसलाई आफ्नो हित अहितको बारेमा कुनै ज्ञान हुदैन, कुमार अवस्था हुँदा खेलकुद मै बित्दछ । जब बृद्धावस्था हुन्छ अनि त्यस बेला शरीरमा रोगादिले सताउँछ अनि त्यो अन्तिम अवस्थामा उसमा केहि गर्ने शक्ति पनि हुदैन ।।७।।
दुरापूरेण कामेन मोहेन च बलीयसा ।
शेषं गृहेषु सक्तस्य प्रमत्तस्यापयाति हि ॥ ८ ॥
बिचको जवानि कालमा केहि समय त बाँकी रहन्छ तर त्यतिबेलो उसलाई घरबारको मोह र आशक्ति आदि कहिल्यै पुरा नहने अनेक कामनाहरुले सताउदछ । जसले आफ्नो कर्तव्य र अकर्तव्य के हो भन्ने पनि ज्ञान नभईकन नै बचेको आयु पनि सिद्धिन्छ ।।८।।
को गृहेषु पुमान्सक्तं आत्मानं अजितेन्द्रियः ।
स्नेहपाशैर्दृढैर्बद्धं उत्सहेत विमोचितुम् ॥ ९ ॥
दैत्यबलकहरु ! जसले इन्द्रियहरुलाई आफ्नो वशमा राख्न सक्तैन उसले यो घर गृहस्थीको आशक्ति र माया ममताको बन्धन बाट आफुलाई कसरी छुटाउँन सक्छ र ? ।।९।।
को न्वर्थतृष्णां विसृजेत् प्राणेभ्योऽपि य ईप्सितः ।
यं क्रीणात्यसुभिः प्रेष्ठैः तस्करः सेवको वणिक् ॥ १० ॥
चोर, सेवक एवं व्यापारी आफ्नो प्यारो प्राणलाई पनि बाजीमा राखेर धन संग्रह गर्दछ र जुन उसको प्राण भन्दा पनि प्यारो हुन्छ त्यस्तो धनको तृष्णालाई उसले कसरी सजिलै त्यग्न सक्दछ ? ।।१०।।
(इंद्रवज्रा)
कथं प्रियाया अनुकम्पितायाः
सङ्गं रहस्यं रुचिरांश्च मन्त्रान् ।
सुहृत्सु तत्स्नेहसितः शिशूनां
कलाक्षराणामनुरक्तचित्तः ॥ ११ ॥
जो आफ्नी पियतमा पत्नीको एकान्त सहवास, उनी संगको मिठा कुरा र सल्लाह, आफ्ना भाई बन्धु र मित्रको स्नेह, साना बालकको तोते बोलीमा फसेको हुन्छ, उसले त्यसलाई कसरी छोड्न सक्छ र ? ।।११।।
पुत्रान् स्मरंस्ता दुहितॄर्हृदय्या
भ्रातॄन् स्वसॄर्वा पितरौ च दीनौ ।
गृहान् मनोज्ञोः उपरिच्छदांश्च
वृत्तीश्च कुल्याः पशुभृत्यवर्गान् ॥ १२ ॥
जसले आफ्नो पतिका घर गएकी छोरी, छोरा, भाइ बहिनी र दीन अवस्थाका बाबु आमा, बिभिन्न वस्तुले सजिएको घर, कुलपरम्परा अनुसार चलि आएको जीविका तथा पशु र सेवकको नित्य स्मरणमा रमाएको हुन्छ । उसले त्यसलाई कसरी छोड्न सक्छ र ? ।।१२।।
त्यजेत कोशस्कृदिवेहमानः
कर्माणि लोभादवितृप्तकामः ।
औपस्थ्यजैह्वं बहुमन्यमानः
कथं विरज्येत दुरन्तमोहः ॥ १३ ॥
जसले जनेन्द्रिय र रसनेन्द्रियको सुखलाई नै ठुलो सुख मानेको हुन्छ, जो भोग वासनाबाट कहिल्यै अघाएको हुदैन । जो लोभमा परेर अनेक कर्म गर्ने रेसमी किरा जस्तै आफुलाई कडा बन्धनमा फसाउँदछ र जसको मोहको कुनै सीमा हुदैन त्यस्ताले ती सबैलाई कसरी छाडेर विरक्त हुन सक्छ र ? ।।१३।।
कुटुम्बपोषाय वियन् निजायुः
न बुध्यतेऽर्थं विहतं प्रमत्तः ।
सर्वत्र तापत्रयदुःखितात्मा
निर्विद्यते न स्वकुटुम्बरामः ॥ १४ ॥
वित्तेषु नित्याभिनिविष्टचेता
विद्वांश्च दोषं परवित्तहर्तुः ।
प्रेत्येह चाथाप्यजितेन्द्रियस्तद्
अशान्तकामो हरते कुटुम्बी ॥ १५ ॥
यो मेरो कुटुम्ब हो भन्ने भावनाले त्यसैमा रमाएर उसैको पालन पोषण मै आफनो अमुल्य समयलाई खेर फालेर उसलाई आफ्नो जीवनको वास्तविक उद्देश्य खेर गइरहेको कुरा पनि थाह हुदैन । यस्तो प्रमादको पनि कुनै सीमा हुन्छ । यदि यस काम बाट केहि सुख मिल्यो भने पनि उ जहाँ जान्छ त्यहाँ त्यहाँ उसलाई दैहिक, दैविक र भौतिक तापले पोलिरहेको हुन्छ तापनि उसलाई वैराग्य आउदैन । कस्तो विडम्बना हो ! कुटुम्बको ममताको आशिक्तिमा परेर उसको मन सधैं धनको चिन्तामा नैं तल्लिन भैरहन्छ । जसले गर्दा अरुको धन चोरी गर्दा हुने लौकिक र परलौकिक दोषलाई जानेर पनि आफ्ना कामनालाई वशमा राख्न नसकेर चोरी गर्दछ ।।१४।।१५।।
विद्वानपीत्थं दनुजाः कुटुम्बं
पुष्णन् स्वलोकाय न कल्पते वै ।
यः स्वीयपारक्यविभिन्नभावः
तमः प्रपद्येत यथा विमूढः ॥ १६ ॥
भाइहरु हो ! जो यस प्रकार आफ्ना कुटुम्बिहरुको पेट पाल्नमा नै लागको हुन्छ, उसले कहिल्यै पनि भगवान्को सेवा गर्दैन त्यसैले उ विद्वान भए पनि उसलाई परमात्मा प्राप्ति हुँदैन । किनकि उसमा आफ्नो र अर्काको भन्ने भेदभाव हुनाले उसले अज्ञानी समान तमःप्रधान गति प्राप्त गर्दछ ।।१६।।
यतो न कश्चित् क्व च कुत्रचिद् वा
दीनः स्वमात्मानमलं समर्थः ।
विमोचितुं कामदृशां विहार
क्रीडामृगो यन्निगडो विसर्गः ॥ १७ ॥
जो कामिनिको मनोरन्जन सामग्री बनेर उनको कृडामृग वनमा आफ्नो सन्तानको फन्दामा परेको हुन्छ, त्यो विचराले कसै गरेपनि आफ्नो उद्धार गर्न सक्तैन ।।१७।।
ततो विदूरात् परिहृत्य दैत्या
दैत्येषु सङ्गं विषयात्मकेषु ।
उपेत नारायणमादिदेवं
स मुक्तसङ्गैः इषितोऽपवर्गः ॥ १८ ॥
यस कारण भाइ हो ! तिमीहरु पनि यो विषयासक्त दैत्यको संगतलाई छोडिदेउ र आदिदेव भगवान् नारायण्को शरण पर । किनकि जसले संसारको आशक्तिलाई छोडिदिन्छ, उसले महात्माहरुको जस्तै परम मोक्ष प्राप्त गर्दछ ।।१८।।
(अनुष्टुप्)
न ह्यच्युतं प्रीणयतो बह्वायासोऽसुरात्मजाः ।
आत्मत्वात् सर्वभूतानां सिद्धत्वादिह सर्वतः ॥ १९ ॥
साथीहरु ! भगवान् लाई प्रसन्न गराउनुका लागि कुनै ठुलो परिश्रम वा प्रयत्न गर्नु पर्दैन । किनकि वहाँ सबै प्राणीहरुको आत्मा हुनुहुन्छ र सबैतिर सवैको सत्ताको रूपमा स्वयंसिद्ध वस्तु हुनुहुन्छ ।।१९।।
परावरेषु भूतेषु ब्रह्मान्तस्थावरादिषु ।
भौतिकेषु विकारेषु भूतेष्वथ महत्सु च ॥ २० ॥
गुणेषु गुणसाम्ये च गुणव्यतिकरे तथा ।
एक एव परो ह्यात्मा भगवान् ईश्वरोऽव्ययः ॥ २१ ॥
ब्रह्मा देखि लिएर स्थावर सम्मका ठुला साना सबै प्राणीहरुमा, पंचभूतले बनेको वस्तुहरुमा, पंचभूतमा, सुक्ष्म तन्मात्राहरुमा, महतत्वमा तीनै गुणमा र गुणको साम्यावस्था प्रकृतिमा उनै एकमात्र अविनाशी परमात्मा विराजमान हुनुहुन्छ । वहाँ नै सबै सौन्दर्य, माधुर्य, र ऐश्वर्यको खानि हुनुहुन्छ ।।२०।२१।।
प्रत्यगात्मस्वरूपेण दृश्यरूपेण च स्वयम् ।
व्याप्यव्यापकनिर्देश्यो हि, अनिर्देश्योऽविकल्पितः ॥ २२ ॥
वहाँ नै अन्तर्यामी द्रष्टाको रूपमा र दृष्य जगतको रूपमा पनि हुनुहुन्छ । सर्वथा अनिवर्चनीय तथा बिकल्प रहित भएर पनि द्रष्टा र दृश्य, व्याप्त र व्यापकको रूपमा निर्वचन गरिन्छ । वहाँको विकल्पमा अरु कोहि छैन ।।२२।।
केवलानुभवानन्द स्वरूपः परमेश्वरः ।
माययान्तर्हितैश्वर्य ईयते गुणसर्गया ॥ २३ ॥
वहाँ अनुभवस्वरूप, आनन्दस्वरूप, परमेश्वर हुनुहुन्छ । गुणहरुको सृष्टि गर्ने मायाले गर्दा वहाँको ऐश्वर्य लुकेको छ । यसको निवृत्त भएपछि वहाँको दर्शन मिल्दछ ।।२३।।
तस्मात्सर्वेषु भूतेषु दयां कुरुत सौहृदम् ।
आसुरं भावमुन्मुच्य यया तुष्यत्यधोक्षजः ॥ २४ ॥
यस कारण तिमीहरु आफ्नो आसुरी सम्पत्तिलाई त्यागेर सबै प्राणीहरुमा दया गर । प्रेमले उनीहरुको भलाई गर यसैबाट भगवान् प्रसन्न हुनुहुन्छ ।।२४।।
(वसंततिलका)
तुष्टे च तत्र किमलभ्यमनन्त आद्ये
किं तैर्गुणव्यतिकरादिह ये स्वसिद्धाः ।
धर्मादयः किमगुणेन च काङ्क्षितेन
सारंजुषां चरणयोरुपगायतां नः ॥ २५ ॥
आदि नारायण अनन्त भगवान् प्रसन्न हुनुहँदा नपाउने भन्ने कुनै बस्तु हदैन । लोक र परलोकका लागि बताइएको धर्म अर्थ गरिएका वस्तु त गुणको परिणामले परिश्रम बिना नै आफै मिल्दछ । जब हामी भगवान्को चरणामृतको सेवा र वहाँको नाम गुणको कीर्तन गर्नमा लाग्दछौं हामीलाई मोक्षको पनि के आवस्यकता ? ।।२५।।
धर्मार्थकाम इति योऽभिहितस्त्रिवर्ग
ईक्षा त्रयी नयदमौ विविधा च वार्ता ।
मन्ये तदेतदखिलं निगमस्य सत्यं
स्वात्मार्पणं स्वसुहृदः परमस्य पुंसः ॥ २६ ॥
धर्म अर्थ र काम यी तीन पुरुषार्थको वर्णन शास्त्रमा गरिएको छ । आत्मविद्या, कर्मकाण्ड, न्याय, दण्डनीति र जीविकाको अनेकौं साधन यो वेदमा वर्णन गरेको विषय हो । यी परम हितैषी परम पुरुष भगवान् श्रीहरिमा आत्मसमर्पण गर्नमा सहायक छन भने म यसलाई सार्थक मान्दछु नत्र भने यी सबै निरर्थक हुन ।।२६।।
ज्ञानं तदेतदमलं दुरवापमाह
नारायणो नरसखः किल नारदाय ।
एकान्तिनां भगवतः तदकिञ्चनानां
पादारविन्द रजसाऽऽप्लुतदेहिनां स्यात् ॥ २७ ॥
यो मैले तिमीहरुलाई बताएको निर्मल ज्ञान धेरै दुर्लभ छ । जुन ज्ञान यो भन्दा पहिले नारायणले नारदलाई उपदेश गर्नु भएको थियो । यो ज्ञान उसैले प्राप्त गर्न सक्दछ जसले भगवान्को अनन्यप्रेमी एवं अकिंचन भक्तको चरणकमलको धुलोले आफ्नो शरीर पखालेको हुन्छ ।।२७।।
(अनुष्टुप्)
श्रुतं एतन्मया पूर्वं ज्ञानं विज्ञानसंयुतम् ।
धर्मं भागवतं शुद्धं नारदाद् देवदर्शनात् ॥ २८ ॥
यो विज्ञान सहित ज्ञान विशुद्ध भागवत धर्म हो । यसलाई मैले भगवान्को दर्शन गराउने देवर्षि नारदको मुखबाट सुनेको थिएं ।।२८।।
श्रीदैत्यपुत्रा ऊचुः -
प्रह्राद त्वं वयं चापि नर्तेऽन्यं विद्महे गुरुम् ।
एताभ्यां गुरुपुत्राभ्यां बालानामपि हीश्वरौ ॥ २९ ॥
प्रल्हादका साथीहरुले सोधे–
प्रल्हाद ! तिमी हामी यी दुवै गुरु पुत्रलाई छाडेर अरु कुन गुरुलाई जान्दछौं र । वहाँहरु नै हामी सबै बालकका शासक हुन ।।२९।।
बालस्यान्तःपुरस्थस्य महत्सङ्गो दुरन्वयः ।
छिन्धि नः संशयं सौम्य स्यात् चेत् विश्रम्भकारणम् ॥ ३० ॥
अहिले तिमी सानै छौ र जन्मे पछि पनि आमा संग दरवार मै बस्यौ । तिमीले नारदसंग भेटेको कुरा त कुनै असंगत जस्तो लाग्दछ । प्रियवर ! यदि यस विषयमा विश्वास लाग्ने कुनै कुरा छ भने बताएर हाम्रो संका मेटिदेउ ।।३०।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे प्रह्रादचरिते षष्ठोऽध्यायः ॥ ६ ॥