श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः –
षष्ठोऽध्यायः
मैत्रेय उवाच–
(अनुष्टुप्)
अथ देवगणाः सर्वे रुद्रानीकैः पराजिताः
।
शूलपट्टिशनिस्त्रिंश गदापरिघमुद्गरैः ॥
१ ॥
सञ्छिन्नभिन्नसर्वाङ्गाः
सर्त्विक्सभ्या भयाकुलाः ।
स्वयम्भुवे नमस्कृत्य
कार्त्स्न्येनैतन् न्यवेदयन् ॥ २ ॥
मैत्रेयजीले भने–
विदुरजी ! यसप्रकार जव रुद्रका सेवकले
सबै देवताहरू लाई हराए । उनीहरूको सबै अंगहरू भूतप्रेतका त्रिशुल, पट्टिस, खड्ग, गदा, परिध र
मुद्गर आदि आयुधले छिन्नभिन्न भएको थियो ।,,,,,,, अनि ऋत्विज सहित उनीहरू भगवान् ब्रम्हाजी समक्ष पुगे र सबै बृत्तान्त
बताए ।।१।२।।
उपलभ्य पुरैवैतद् भगवान् अब्जसम्भवः ।
नारायणश्च विश्वात्मा न
कस्याध्वरमीयतुः ॥ ३ ॥
भगवान् ब्रम्हाजी र सर्वान्तयामी
नारायण यस्तो उत्पत्तिको बारेमा पहिल्यै जान्नुहन्थ्यो त्यसैले वहाँहरू दक्षको
यज्ञमा जानुभएको थिएन ।।३।।
तदाकर्ण्य विभुः प्राह तेजीयसि कृतागसि
।
क्षेमाय तत्र सा भूयात् नन्न प्रायेण
बुभूषताम् ॥ ४ ॥
देवताहरूबाट त्यहाँको सबैकुरा सुनेर
वहाँले भन्नुभयो देवताहरू हा ! परम सामथ्र्य तेजश्वी पुरुषबाट कुनै दोष हुनगयो
भनेपनि त्यसको बदला लियो भने मानिसलाई भलो हुदैन ।
(इंद्रवज्रा)
अथापि यूयं कृतकिल्बिषा भवं
ये बर्हिषो भागभाजं परादुः ।
प्रसादयध्वं परिशुद्धचेतसा
क्षिप्रप्रसादं प्रगृहीताङ्घ्रिपद्मम् ॥ ५ ॥
फेरी तिमीहरूले त यज्ञमा भगवान् शंकरले
पाउनु पर्ने यज्ञ भाग नदिएर वहाँ माथि ठुलो अपराध गर्यौ तर भगवान् शंकर छिटै
प्रसन्न हुनुहुन्छ । अब तिमीहरूले पवित्र हृदयले पाउ परेर वहाँलाई खुसी बनाओ अनि
वहाँ संग क्षमा माग ।।५।।
आशासाना जीवितमध्वरस्य
लोकः सपालः कुपिते न यस्मिन् ।
तमाशु देवं प्रियया विहीनं
क्षमापयध्वं हृदि विद्धं दुरुक्तैः ॥ ६ ॥
दक्षको दुर्वचनरुपी वाणले वहाँको हृदय
पहिल्यै विजेको थियो त्यसका पनि प्यारी सतीको वियोग भयो । तिमीहरू फेरी यज्ञ आरम्भ
गरेर पूर्ण गर्न चहान्छौ भने छिट्टै वहाँसंग आफ्नो अपराधको क्षमा माग यदि होइन भने
वहाँको कुपितका कारण लोकपाल सहित सबै लोक पनि बच्न मुस्किल छ ।।६।।
नाहं न यज्ञो न च यूयमन्ये
ये देहभाजो मुनयश्च तत्त्वम् ।
विदुः प्रमाणं बलवीर्ययोर्वा
यस्यात्मतन्त्रस्य क उपायं विधित्सेत् ॥ ७ ॥
भगवन् रुद्र परम स्वतन्त्र हुनुहुन्छ
वहाँको तत्व, शक्ति र सामथ्र्यको बारेमा न कुनै ऋषिमुनि, देवता
तथा यज्ञस्वरुप इन्द्र नै जान्दछन्,
न स्वयं म नै जान्दछु भने अरुको त के कुरा भयो
। यस्तो अवस्थामा वहालाई शान्त गर्ने उपाय
को गर्न सक्तछ ? ॥ ७ ॥
स इत्थमादिश्य सुरानजस्तैः
समन्वितः पितृभिः सप्रजेशैः ।
ययौ स्वधिष्ण्यान्निलयं पुरद्विषः
कैलासमद्रिप्रवरं प्रियं प्रभोः ॥ ८ ॥
यति भनेर ब्रम्हाजी अफ्ना प्रजापतिलाई
लिएर पर्वत श्रेष्ठ कैलाशमा जानुभयो जुन भगवान् शंकरको पृय धाम हो ।।८
(अनुष्टुप्)
जन्मौषधितपोमन्त्र योगसिद्धैर्नरेतरैः
।
जुष्टं किन्नरगन्धर्वैः अप्सरोभिर्वृतं
सदा ॥ ९ ॥
त्यस कैलामा औषधि, तप, मन्त्र
तथा योगादिको उपाय बाट सिध्दि प्राप्त गरेका जन्मबाटै सिध्द देवताहरू नित्य वास
गर्दछन । किन्नर, धन्धर्व र अप्सराहरू सधै त्यहा रहिरन्छन् ।।९।।
नानामणिमयैः शृङ्गैः
नानाधातुविचित्रितैः ।
नानाद्रुमलतागुल्मैः नानामृगगणावृतैः ॥
१० ॥
जहाँ मणिमय शिखर छ । जुन अनेक किसिमका
धातुहरूले रंगि विरंगि देखिन्थे । जहाँ अनेकप्रकारका लता, वृक्ष र
गुल्मादिहरूले ढाकिएको थियो । त्यस्तै वथानौ जंगली पशूहरू पनि त्यहाँ रहन्थे
।।११।।
नानामलप्रस्रवणैः नानाकन्दरसानुभिः ।
रमणं विहरन्तीनां रमणैः सिद्धयोषिताम्
॥ ११ ॥
त्यहाँ निर्मल जल झरनाहरू, गहिरो
कन्दराहरू र अग्ला शिखरहरूका कारण त्यो पर्वत आफ्नी प्रियत्तमाका साथ बिहार गर्ने
सिध्द पत्नीहरूको कृडास्थल बनेको थियो ।।११।।
मयूरकेकाभिरुतं मदान्धालिविमूर्च्छितम्
।
प्लावितै रक्तकण्ठानां कूजितैश्च
पतत्त्रिणाम् ॥ १२ ॥
त्यहाँ मौरीहरू भ्रमराहरूको भूँ भू
कोइलीको कुहुकुहु स्वर र अन्य पक्षीहरूको कलरवले गुञ्जायमान थियो ।।१२।।
आह्वयन्तं इवोद्धस्तैः द्विजान्
कामदुघैर्द्रुमैः ।
व्रजन्तमिव मातङ्गैः गृणन्तमिव
निर्झरैः ॥ १३ ॥
जहाँ कल्पबृक्ष आफ्ना ठुलाठुला
हाँगाहरू हल्लाउदै मानौं चराहरूलाई बोलाईरहेको जस्तो हुन्थ्यो तथा हात्तीहरू
हिडडुल गर्नाले त्यो कैलाश स्वयंको शोभा बढाएको थियो तथा झरनाको कलकल आवाजले
कुराकानि गरेजस्तो भान हुन्थ्यो ।।१३।।
मन्दारैः पारिजातैश्च सरलैश्चोपशोभितम्
।
तमालैः शालतालैश्च कोविदारासनार्जुनैः
॥ १४ ॥
मन्दार, पारिजात, सरल, तमाल, साल, ताड, कचनार कोविदार असन र अर्जुन वृक्षले
त्यो पर्वत बडो राम्रो देख्न्छि ।।१४
चूतैः कदम्बैर्नीपैश्च नागपुन्नाग
चम्पकैः ।
पाटलाशोकबकुलैः कुन्दैः कुरबकैरपि ॥ १५
॥
स्वर्णार्णशतपत्रैश्च वररेणुकजातिभिः ।
कुब्जकैर्मल्लिकाभिश्च माधवीभिश्च
मण्डितम् ॥ १६ ॥
आँप, कदम्ब, निप, नाग, पुन्नाग, चम्पा, गुलाव, अशोक, मौलसिरी, कुन्द कुरवक, सुनौला, सतपत्र
मल, अलाइची र मालतीका माधवीका लहराहरूले शोभा बढाएको थियो ।।१५।१६।।
पनसोदुम्बराश्वत्थ प्लक्ष
न्यग्रोधहिङ्गुभिः ।
भूर्जैरोषधिभिः
पूगै राजपूगैश्च जम्बुभिः ॥ १७ ॥
खर्जूराम्रातकाम्राद्यैः प्रियाल
मधुकेङ्गुदैः ।
द्रुमजातिभिरन्यैश्च
राजितं वेणुकीचकैः ॥ १८ ॥
कटहर, गूलर, पीपल, पाकर वड गुजर भोजवृक्ष औषधि जातिको बेक्ष केरा सुपारी, राजपूग, जामुन, खजुर
आमडा, आप, प्रियाल महुवा र
लिसौज आदि गरिएका थरि थरिका वृक्षहरू तथा बाँसका झांगहरुले ले पर्वत अत्यन्त मनोहर
थियो ।।१७।१८।।
कुमुदोत्पलकह्लार शतपत्रवनर्द्धिभिः ।
नलिनीषु कलं कूजत् खगवृन्दोपशोभितम् ॥
१९ ॥
त्यसको सरोवरमा कुमुद उत्पल कल्लार र
सतपत्र आदि अनेक जातिका कमल फूलिरहेका छन जसको शोभाले मग्ध भएर कलरव गरेका
पंक्ष्ीहरू त्यहाँ धेरै राम्रा लाग्दथिए ।।१९।।
मृगैः शाखामृगैः क्रोडैः मृगेन्द्रैः
ऋक्षशल्यकैः ।
गवयैः शरभैर्व्याघ्रै
रुरुभिर्महिषादिभिः ॥ २० ॥
कर्णान्त्रैकपदाश्वास्यैः निर्जुष्टं
वृकनाभिभिः ।
कदलीखण्डसंरुद्ध नलिनीपुलिनश्रियम् ॥
२१ ॥
पर्यस्तं नन्दया सत्याः
स्नानपुण्यतरोदया ।
विलोक्य भूतेशगिरिं विबुधा विस्मयं
ययुः ॥ २२ ॥
हरिन, बादर, सुंगुर, सिंह, भालु, साही, नीलगाई कस्तुरीमृग, बाघ, कृष्णमृग, भैसी, कर्णान्त्र, एकपद, अश्वमुख, र
भेडाहरू चरिरहन्थे । तथा त्यहाको तलाउका कीनारमा रहेका केराहरुले धेरै शोभा
मिल्दथ्यो । त्यहाँ चारैतिरबाट नन्दा नामकी नदी वग्दथिन् जहाँको पवित्र जल देवी
सतीले स्नान गर्नाले अझबढि पवित्र एवं सुगन्धित भएको थियो । भगवन् भूतनाथको
निवासस्थान त्यस कैलाशको रमणीयतालाई देखेर देवताहरूलाई धेरै आश्चर्य लाग्यो
।।२०।२२।।
ददृशुस्तत्र ते रम्यां अलकां नाम वै
पुरीम् ।
वनं सौगन्धिकं चापि यत्र तन्नाम
पङ्कजम् ॥ २३ ॥
उनीहरूले अलका नामकी सौम्यपुरी र
सौगन्धिक नामको वन देखे जहाँ सबैतिर सुगन्ध फैलउने सौगन्धिक नामको कमल फुलेको थियो
।।२३।।
नन्दा च अलकनन्दा च सरितौ बाह्यतः पुरः
।
तीर्थपादपदाम्भोज रजसातीव पावने ॥ २४ ॥
त्यस नगरको बाहिर नन्दा र अलकनन्दा नाम
गरेका दुई नदी छन् । त्यो तीर्थपाद श्रीहरिको चरणरजको संयोग पवित्र भएको छ ।।२४।।
ययोः सुरस्त्रियः क्षत्तः अवरुह्य
स्वधिष्ण्यतः ।
क्रीडन्ति पुंसः सिञ्चन्त्यो विगाह्य
रतिकर्शिताः ॥ २५ ॥
बिदुरजी! त्यस नदीमा रतिविलासले थाकेका
देवाङ्गनाहरू ऋाफ्नो निवासबाट आएर जलकृडा गर्दछन् र त्यसमा प्रवेश गरेर आफ्ना
प्रियत्तमलाई जल छ्याप्दछन ।।२५।।
ययोः तत्स्नानविभ्रष्ट
नवकुङ्कुमपिञ्जरम् ।
वितृषोऽपि पिबन्त्यम्भः पाययन्तो गजा
गजीः ॥ २६ ॥
स्नानको समय ती देवीले लगाएको कुमकुम
पानीमा मिसनाले पहेलो हुन्थ्यो त्यो कुमकुम मिश्रित जललाई हात्तीले प्यास नलाग्दा
पनि पिउछन् र आफ्नी हस्तिनीलाई पिलाउदछन ।।२६।।
तारहेम महारत्न विमानशतसङ्कुलाम् ।
जुष्टां पुण्यजनस्त्रीभिः यथा खं
सतडिद्घनम् ॥ २७ ॥
अलकापुरीमा चाँदी सुन र बहुमूल्य मणिका
विमान देखिन्थ्यो । जस्मा अनेको यक्ष पत्नीहरू निवास गर्दथे । त्यसैले गर्दा त्यो
विशाल नगर विजुली र वादलले घेरिएको आकास जस्तै देखिन्थ्यो ।।२७।।
हित्वा यक्षेश्वरपुरीं वनं सौगन्धिकं च
तत् ।
द्रुमैः कामदुघैर्हृद्यं
चित्रमाल्यफलच्छदैः ॥ २८ ॥
यक्षराज कुवेरको राजधानी त्यस
अलकापुरीलाई पछाडि पारेर देवगणहरू सौगन्धिक वनमा आईपुगे । त्यो वन रंगी
विरंगी फलफूल र धेरै पात भएका कल्प
वृक्षले सुशोभित भएको थियो ।।२८।।
रक्तकण्ठखगानीक स्वरमण्डितषट्पदम् ।
कलहंसकुलप्रेष्ठं खरदण्डजलाशयम् ॥ २९ ॥
त्यसमा कोइली आदि पंक्षीको कलरव र
भ्रमराहरूको गुनगुन भईरहेको थियो । तथा राजहाँसको परमप्रिय कमलकुसुमले सुशोभित
भएको धेरै सरोवरहरू थिए ।।२९।।
वनकुञ्जर सङ्घृष्ट हरिचन्दनवायुना ।
अधि पुण्यजनस्त्रीणां मुहुरुन्मथयन्मनः
॥ ३० ॥
त्यो वन जंगली हात्तीको शरीरको रगड लाग्नाले
पिसिएको हरिचन्दनको वृक्षको स्पर्श भएर चल्ने सुगन्धित वायुद्वारा यक्षपत्नीहरूको
मनलाई मथल्दथ्यो ।।३०।।
वैदूर्यकृतसोपाना वाप्य उत्पलमालिनीः ।
प्राप्तं किम्पुरुषैर्दृष्ट्वा ते
आराद् ददृशुर्वटम् ॥ ३१ ॥
जंगलका बाटामा बनेका सिढिंहरू
वैदुर्यमणिले वनेका थिए । जसमा धेरै कमलहरू फुलिरहेका थिए । त्यहाँ अनेकौं
किंपुरुषहरू मन वहलाउन आउदथे । यसप्रकार त्यस वनको शोभालाई हेर्दै जव देवगणहरू
अगाडि बढे त्यहाँ उनीहरूको अगाडि एउटा वटवृक्ष देखियो. ।।३१।।
स योजनशतोत्सेधः पादोनविटपायतः ।
पर्यक्कृताचलच्छायो
निर्नीडस्तापवर्जितः ॥ ३२ ॥
त्यो वृक्ष एकसय योजन अग्लो थियो जस्को
हाँगाहरू पचहत्तर योजन सम्म फैलिएको थियो । त्यस्को चारैतिर अविचलरुपमा छायाँहरू
व्निरहन्थ्यो जसले गर्दा घामको कष्ट हुदैनथियो । त्यसमा कुनै चराहरुको गुँड पनि
थिएन ।।३२।।
तस्मिन् महायोगमये मुमुक्षुशरणे सुराः
।
ददृशुः शिवमासीनं
त्यक्तामर्षमिवान्तकम् ॥ ३३ ॥
देवताहरूले महायोगमय मुमुक्षुहरूको
आश्रय भएको त्यस वृक्ष मुनी भगवान् शिवजी विराजमान हुनुभएको देखे । वहाँ साक्षात
क्रोधहीन काल समान देखिनुहुन्थ्यो ।।३३।।
सनन्दनाद्यैर्महासिद्धैः शान्तैः
संशान्तविग्रहम् ।
उपास्यमानं सख्या च भर्त्रा
गुह्यकरक्षसाम् ॥ ३४ ॥
भगवान् भूतनाथको श्रीअङ्गहरू शान्त
थियो । सनन्दनादि सिध्दगण र सखा–यक्ष–राक्षसका स्वामी कुवेर वहाँको सेवा गरिरहनु भएको थियो ।।३४।।
विद्यातपोयोगपथं आस्थितं तमधीश्वरम् ।
चरन्तं विश्वसुहृदं वात्सल्यात्
लोकमङ्गलम् ॥ ३५ ॥
जगत्पिता महादेवजी संसारका सुहृद
हुनुहुन्छ । वहाले सबैको कल्याण गर्नुहुन्छ । वहाँ लोकको हितको लागि समादि उपासना
आदि साधनको आचरण गर्नुहुन्छ ।।३५।।
लिङ्गं च तापसाभीष्टं भस्मदण्डजटाजिनम्
।
अङ्गेन सन्ध्याभ्ररुचा चन्द्रलेखां च
बिभ्रतम् ॥ ३६ ॥
सन्ध्याकालिन मेघ समान कान्ति भएको, शरीरमा
भष्म, दण्ड, जटा र मृगचर्म तथा मस्तकमा चन्द्रमा धारण गर्नुभएकोछ ।।२६।।
उपविष्टं दर्भमय्यां बृस्यां ब्रह्म
सनातनम् ।
नारदाय प्रवोचन्तं पृच्छते शृण्वतां
सताम् ॥ ३७ ॥
वहाँ कुशको आसनमा बस्नु भएको थियो । र
त्यहाँ भएका धेरै साधुहरूको विचमा रहेका नारदजीको प्रश्नमा सनातन ब्रम्हको बारेमा
उपदेश दिइरहनु भएको थियो ।।३७।।
कृत्वोरौ दक्षिणे सव्यं पादपद्मं च
जानुनि ।
बाहुं प्रकोष्ठेऽक्षमालां आसीनं
तर्कमुद्रया ॥ ३८ ॥
वहाँले दाहिने तिघ्रामा देव्रे चरण
तिघ्रामा राख्नु भएको थियो र देब्रे हात देब्रे राख्नु भएको थियो । नाडीमा
रुद्राक्षको माला धारण गर्नुभएर तर्क मुद्रामा विराजमान हुनुहुन्थ्यो ।।३८।।
(इंद्रवज्रा)
तं ब्रह्मनिर्वाणसमाधिमाश्रितं
व्युपाश्रितं गिरिशं योगकक्षाम् ।
सलोकपाला मुनयो मनूनां
आद्यं मनुं प्राञ्जलयः प्रणेमुः ॥ ३९ ॥
वहाँ योगपट (काठले बनेको टेक्नी) को
सहारा लिएर एकाग्र मनले ब्रम्हानन्दको अनुभव गरिरहनु भएको थियो । त्यहाँ सबै
लो.कपालले मननशीलले सर्वश्रेष्ठ भगवान् शंकरलाई प्रणाम गरे ।।३९।।
स तूपलभ्यागतमात्मयोनिं
सुरासुरेशैरभिवन्दिताङ्घ्रिः ।
उत्थाय चक्रे शिरसाभिवन्दन
मर्हत्तमः कस्य यथैव विष्णुः ॥ ४० ॥
सबै देवता तथा दैत्यहरू वहाँको चरणको
वन्दना गर्दछन् तापनि ब्रम्हाजी आउँनुभएको देखेर तुरुन्तै खडा हुनुभयो र जसरी वामन
अवतारमा परमपूज्य विष्णु भगवान्ले कश्यपलाई प्रणाम गर्नु भएको थियो ।।४०।।
तथापरे सिद्धगणा महर्षिभिः
ये वै समन्तादनु नीललोहितम् ।
नमस्कृतः प्राह शशाङ्कशेखरं
कृतप्रणामं प्रहसन्निवात्मभूः ॥ ४१ ॥
त्यसैगरी शंकरजीको चारैिितर महर्षिहरू
सहित अन्य सिस्ध्दगणहरू बसेका थिए,
उनीहरूले पनि ब्रम्हाजीलाई प्रणाम प्रणाम गरे
सबैले प्रणाम गरि सकेपछि ब्रह्मजीले चन्द्रशेखर भगवानलाई हास्दै भन्नुभयो ।।४१।।
ब्रह्मोवाच–
(अनुष्टुप्)
जाने त्वामीशं विश्वस्य जगतो
योनिबीजयोः ।
शक्तेः शिवस्य च परं यत्तद्ब्रह्मा
निरन्तरम् ॥ ४२ ॥
ब्रह्माजीले भन्नुभयो–
देव ! म जान्दछु कि तपाई सम्पुर्ण
जगतका स्वामी हुनुहुन्छ किनकि विश्वको योनि
शक्ति (प्रकृति) उसको विज शिव (परुष) भन्दा पर जुन सकरस‘‘ परब्रम्ह
छ त्यो तपाई नै हुनुहुन्छ ।।४२।।
त्वमेव भगवन् एतत् शिवशक्त्योः
स्वरूपयोः ।
विश्वं सृजसि पास्यत्सि क्रीडन्
ऊर्णपटो यथा ॥ ४३ ॥
भगवन् ! तपाई माकुरोले जाल फिजाएर
त्यसमाथि आफैले कृडा गरेझैं आफ्नो स्वरुपभूत शिवशक्तिको रुपमा क्रिडा गरेर लीलाले
नै संसारको रचना, पालन र संहार गर्नुहुन्छ ।।४३।।
(इंद्रवज्रा)
त्वमेव धर्मार्थदुघाभिपत्तये
दक्षेण सूत्रेण ससर्जिथाध्वरम् ।
त्वयैव लोकेऽवसिताश्च सेतवो
यान्ब्राह्मणाः श्रद्दधते धृतव्रताः ॥ ४४ ॥
तपाईले नै धमै र अर्थ प्राप्तिका लागि
दक्षलाई निमित्त बनाएर यज्ञको प्रकट गर्नुभयो । तपाईले नै बनाउनुभएको वर्णाश्रमको
मर्यादालाई ब्राम्हणहरू श्रध्दापूर्वक पालना गर्दछन् ।।४४।।
त्वं कर्मणां मङ्गल मङ्गलानां
कर्तुः स्वलोकं तनुषे स्वः परं वा ।
अमङ्गलानां च तमिस्रमुल्बणं
विपर्ययः केन तदेव कस्यचित् ॥ ४५ ॥
मङ्गलमय महेश्वर ! तपाई शुभकर्म
गर्नेलाई स्वर्ग अथवा मोक्ष पद दिलाउनुहुन्छ र पाप कर्म गर्नेहरूका लागि घोर नरकमा
पठाउनुहुन्छ । फेरी पनि कुनै कुनै ब्यक्तिलाई यो कर्मको फल उल्टा कसरी हुन्छ
।।४५।।
न वै सतां त्वत् चरणार्पितात्मनां
भूतेषु सर्वेष्वभिपश्यतां तव ।
भूतानि चात्मन्यपृथग्दिदृक्षतां
प्रायेण रोषोऽभिभवेद्यथा पशुम् ॥ ४६ ॥
जस्ले आफुलाई तपाईको चरणकमलमा समर्पण
गर्दछन् । जस्ले समस्त प्राणीहरूमा तपाईको स्वरुप देख्दछन र सबै जीवलाई आत्मामा नै
देख्छन् त्यस्ता माथि पशुहरुले जस्तै आफ्नो अधिकार जमाउन पाउदैन किनकि क्रोध ता
भेद ुबध्दि भएको नर पशुहरुको धर्म हो ।।४६।।
पृथग्धियः कर्मदृशो दुराशयाः
परोदयेनार्पितहृद्रुजोऽनिशम् ।
परान् दुरुक्तैर्वितुदन्त्यरुन्तुदाः
तान्मावधीद् दैववधान् भवद्विधः ॥ ४७ ॥
जुन ब्यक्ति भेद बुध्दि हुनाले कर्मंमा
नै आशक्त हुन्छन् जसको नियत राम्रो छैन, अरुको उन्नतिमा मन कुडाउँछन, जस्ले
दुर्वचन प्रयोग गरेर अरुको चित्त दुखाउदछ भने पनि तपाई जस्तो ब्यक्तिले उस्लाई
उचित हुदैन किनकि त्यो त बिधाताबाटै मरिसकेको हुन्छ ।।४७।।
यस्मिन्यदा पुष्करनाभमायया
दुरन्तया स्पृष्टधियः पृथग्दृशः ।
कुर्वन्ति तत्र ह्यनुकम्पया कृपां
न साधवो दैवबलात्कृते क्रमम् ॥ ४८ ॥
देव ! भगवान् कमलनयनको मायाको कारण
मोहित भएको हुनाले यदि कसैको कुनै ठाउँमा भेद बुध्दि भएछ भने पनि साधु पुरुष आफ्नो
स्वभावको कारणले नै उसमाथि कृपा गर्दछ । दैववस् जे हुन्छ त्यसलाई रोक्ने प्रयास
गदैन ।।४८।।
भवांस्तु पुंसः परमस्य मायया
दुरन्तयास्पृष्टमतिः समस्तदृक् ।
तया हतात्मस्वनुकर्मचेतः
स्वनुग्रहं कर्तुमिहार्हसि प्रभो ॥ ४९ ॥
प्रभु ! तपाई सर्वज्ञ हुनुहुन्छ ।
भगवान्को दुस्तर मायाले तपाईको बुध्दिलाई स्पर्श गर्न पनि सक्तैन त्यसैले जसको
चित्तःउसमा वशिभूत भएर कर्ममार्गमा आशक्ति
भएको हुन्छ, उससबाट अपराध भयो भनेपनि उस्लाई हजुरले कृपा गर्नुपर्दछ ।।४९।।
कुर्वध्वरस्योद्धरणं हतस्य भोः
त्वयासमाप्तस्य मनो प्रजापतेः ।
न यत्र भागं तव भागिनो ददुः
कुयाजिनो येन मखो निनीयते ॥ ५० ॥
भगवान्! तपाई सबैको मूल कारण हुनुहुन्छ
। तपाईले नै सबै यज्ञ पूर्ण गराउनुहुन्छ । यज्ञभाग पाउने अधिकार पनि तपाईमा नै छ ।
यो दक्षको बुध्दिहीन भएकोले तपाईलाई यज्ञभाग दिएन त्यसैले तपाई द्वारा नै त्यो
विध्वस्त भयो । अव तपाई त्यो अपूर्ण यज्ञलाई पून पूर्ण गर्नकालागि तपार्इृ कृपा
गर्नुहोस ।।५०।।
(अनुष्टुप्)
जीवताद् यजमानोऽयं प्रपद्येताक्षिणी
भगः ।
भृगोः श्मश्रूणि रोहन्तु पूष्णो
दन्ताश्च पूर्ववत् ॥ ५१ ॥
जसबाट यजमान दक्ष फेरी जिवोस, भग
देवतालाई आँखा मिलोस, भृगुजीको दाह्रि र पुषाको पहिले जस्तैगरि दाँत आओस।।५१।।
देवानां भग्नगात्राणां ऋत्विजां
चायुधाश्मभिः ।
भवतानुगृहीतानां आशु
मन्योऽस्त्वनातुरम् ॥ ५२ ॥
रुद्रदेव ! अश्त्र सस्त्र र ढुंगाको
प्रहारले जुन देवता र ऋत्विजहरू घाइते भएकाछन, उनीहरू सबै ठिक होउन ।।५२।।
एष ते रुद्र भागोऽस्तु
यदुच्छिष्टोऽध्वरस्य वै ।
यज्ञस्ते रुद्र भागेन कल्पतां अद्य
यज्ञहन् ॥ ५३ ॥
यज्ञ पूर्ण भएपछि जे जति शेष बाकी
रहन्छ त्यो सबै तपाईको भाग हुनेछ । अब यो यज्ञ तपाईकै भागले पूर्णहोस ।।५३।।
इति श्रीमद्भागवते महापुराणे
पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे रुद्रसान्त्वनं नाम
षष्ठोऽध्यायः ॥ ६ ॥