#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमस्कंधः - द्वितीयोऽध्यायः


श्रीमद्भागवत महापुराण
प्रथमस्कंधः - द्वितीयोऽध्यायः


व्यास उवाच      
(अनुष्टुप्)
इति संप्रश्नसंहृष्टो विप्राणां रौमहर्षणिः
प्रतिपूज्य वचस्तेषां प्रवक्तुमुपचक्रमे ॥ १ ॥
व्यासजी भन्नुहुन्छ
हे शौनकजी ! ऋषिहरूको यस्तो प्रश्न सुनेर रोमहर्षणका छोरा उग्रश्रवालाई वडो आनन्द लाग्यो वहाँले ऋषिहरूको मंगलमय प्रश्नको अभिनन्दन गरेर भन्नुभयो ।।१।।

सूत उवाच
(वसंततिलका)
यं प्रव्रजन्तमनुपेतमपेतकृत्यं
       द्वैपायनो विरहकातर आजुहाव
पुत्रेति तन्मयतया तरवोऽभिनेदुः
       तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि
सूतजीले भन्नुभयो
जुनसमयमा श्री सुकदेवजीको यज्ञोपवीत संस्कार पनि भएको थिएन, लौकिक वैदिक कर्मको अनुष्ठानको अवसर पनि प्राप्त भएको थिएन, त्यतिवेला वहाँ एक्लै सन्यास लिने उद्येश्यले वनतिर जान लागेको देखेर वहाँका पिता व्यासजीले पुत्र विरहले व्याकुल भएर भन्नलाग्नुभयो छोरा ! छोरा ! तिमी कता जानलाग्यौ ? त्यति वेला सुकदेवकजीका तर्फबाट त्यहाँ भएका रुख विरुवाहरूले उत्तर दिए यस्ता सम्पूर्ण प्राणीहरूका आत्मामा विराजमान हुनुभएका श्री सुकदेव मुनिलाई नमस्कार गर्दछु ।।१।।

यः स्वानुभावमखिल श्रुतिसारमेकं
       मध्यात्मदीपमतितितीर्षतां तमोऽन्धम् ।
संसारिणां करुणयाऽऽह पुराणगुह्यं
       तं व्याससूनुमुपयामि गुरुं मुनीनाम्
यो श्रीमद्भागवत अत्यन्त गोप्य रहस्यात्मक पुराण हो यो भागवत स्वरूपको वर्णन गर्ने सम्पूर्ण वेदको सार हो सांसारिक विषयमा फसेका ब्यक्तिलाई यस घोर अन्धकारबाट पार गराउनको लागि अध्यात्मिक तत्वको प्रकाश गराउने अद्वितीय दीपक ठुलाठुला ऋषिहरूका आचार्य व्यासजीका छोरा श्री सुकदेवजीले वर्णन गर्नु भएको हो वहांकै शरण लिन्छु ।।।।

(अनुष्टुप्)
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्
मानिसहरूमा सर्वश्रेष्ठ भगवान्को अवतार नारायण ऋषिलाई, देवी सरस्वती व्यासजीलाई नमस्कार गरेर संसार समस्त अन्तःकरणको विकारलाई बिजय गराउने श्रीमद्भागवतको पाठ गर्नुपदर्छ ।।४।।

मुनयः साधु पृष्टोऽहं भवद्भिः लोकमङ्गलम्
यत्कृतः कृष्णसंप्रश्नो येनात्मा सुप्रसीदति
हे ऋषिहरू! तपाईहरूले सम्पूर्ण विश्व कल्याणको लागि राम्रो प्रश्न गर्नुभएको किनकि यो प्रश्न भगवान् श्रीकृष्णको सम्वन्धमा यस्ले पूर्णरूपमा आत्मालाई आनन्द गराउछ ।।।।

वै पुंसां परो धर्मो यतो भक्तिरधोक्षजे
अहैतुक्यप्रतिहता ययात्मा संप्रसीदति
मानिसको लागि सर्वश्रेष्ठ धर्म त्यहि हो, जस्मा कुनै प्रकारको कामना हुदैन जो ब्यक्ति नित्य अटलरूपमा रहिरहन्छ त्यस्ता भक्तहरूको हृदय आनान्द स्वरूप हुन्छ ।।६।।

वासुदेवे भगवति भक्तियोगः प्रयोजितः
जनयत्याशु वैराग्यं ज्ञानं च यदहैतुकम्  
भगवान् श्रीकृण (वासुदेव) मा भक्ति हुनासाथ अनन्य प्रेमले वहांमा चित्त लगाउने वितिक्कै निष्काम ज्ञान वैराग्यको ज्ञान उत्पन्न हुन्छ ।।७।।

धर्मः स्वनुष्ठितः पुंसां विष्वक्सेनकथासु यः
नोत्पादयेद् यदि रतिं श्रम एव हि केवलम्
धर्मलाई उचितरूपमा अनुष्ठान गरीएको भएपनि यदि मानिसको हृदयमा भगवान्को लीला कथा प्रति अनुरागको उदय भएन भने त्यसलाई केवल श्रम अर्थात निरर्थक मान्नुपर्छ ।।८।।

धर्मस्य ह्यापवर्ग्यस्य नार्थोऽर्थायोपकल्पते
नार्थस्य धर्मैकान्तस्य कामो लाभाय हि स्मृतः
धर्मको फल मोक्ष हो यस्को सार्थकता धन प्राप्ति होइन केवल मोक्षका लागि हो यो भागवतको फल भोग विलास होइन ।।९।।

कामस्य नेन्द्रियप्रीतिः लाभो जीवेत यावता
जीवस्य तत्त्वजिज्ञासा नार्थो यश्चेह कर्मभिः १०
भोग विलासको फल केवल इन्द्रिय तृप्ति गराउन होइन जीवन निर्वाहको लागि मात्र हो जीवनको उद्देश्य तत्वज्ञानका लागि हो धेरै कर्महरू गरेर स्वर्गादि फल प्राप्त गर्नु जीवनको उद्देश्य होइन ।।१०।।

वदन्ति तत्तत्त्वविदस्तत्त्वं यज्ज्ञानमद्वयम् ।
ब्रह्मेति परमात्मेति भगवानिति शब्द्यते ११
अखण्ड अद्वितीय सच्चिदानन्दस्वरूप ज्ञानलाई नै तत्व बताइएको तत्व जान्नेहरूका लागि यसमा कुनै भेद छैन त्यसैलाई ज्ञानीहरू ब्रम्ह, योगीहरू परमात्मा भक्तहरू भगवान्का नामले पुकार्दछन् ।।११।।

तच्छ्रद्दधाना मुनयो ज्ञानवैराग्ययुक्तया ।
पश्यन्त्यात्मनि चात्मानं भक्त्या श्रुतगृहीतया १२
श्रध्दालु मुनिहरू भागवत श्रवणबाट प्राप्त ज्ञान वैराज्ञयुक्त भक्तिले आफनो हृदयमा परमतत्वरूप त्यो परमात्माको अनुभव गर्दछन् ।।१२।।

अतः पुम्भिः द्विजश्रेष्ठा वर्णाश्रमविभागशः
स्वनुष्ठितस्य धर्मस्य संसिद्धिः हरितोषणम् १३
हे शौनकादि ऋषिहरू ! त्यसैले मानिसहले आफ्नो वर्णाश्रम अनुसार गरेको धर्मको अनुष्ठान भगवान्लाई प्रसन्न गराउनको लागि नै हो ।।१३।।

तस्मादेकेन मनसा भगवान् सात्वतां पतिः
श्रोतव्यः कीर्तितव्यश्च ध्येयः पूज्यश्च नित्यदा १४
त्यसैले एकाग्रमनले भक्तवत्सल भगवान् को नित्यरूपमा श्रवण, कीर्तन, ध्यान आराधना गनु पर्दछ ।।१४।।

यदनुध्यासिना युक्ताः कर्मग्रन्थिनिबन्धनम् ।
छिन्दन्ति कोविदास्तस्य को कुर्यात् कथारतिम् १५
कर्मको गाँठो सारै कडा हुन्छ बुध्दिमान मानिसले भगवान्को चिन्तनरूप तरवाले त्यो गाँठो लाई काट्दछन् यस्तो भगवान्को लीला कथा सुन्न मन नगर्ने मानिस को होला।।१५।।

शुश्रूषोः श्रद्दधानस्य वासुदेवकथारुचिः
स्यान्महत्सेवया विप्राः पुण्यतीर्थनिषेवणात् १६
हे शौनकादि ऋषिहरू हो ! पवित्र तीर्थहरूको सेवा गर्नाले सुन्ने इच्छा गर्नाले अनि श्रध्दा बढाउनाले मात्र भगवत कथामा रुचि हुन जान्छ ।।१६।।

श्रृण्वतां स्वकथां कृष्णः पुण्यश्रवणकीर्तनः
हृद्यन्तःस्थो ह्यभद्राणि विधुनोति सुहृत्सताम् १७
भगवान् श्रीकृष्णको यश कीर्तन दुवैले पवित्र गराउदछ जसले यस्तो पवित्र कथा सुन्ने इच्छा गर्दछ भने तत्कालै उसको हृदयमा भगवान् आएर बसिहाल्नु हुन्छ भगवान् हृदयमा आउनासाथ उसको मनमा भएका अशुभ वासनाहरूलाई पनि तत्कालै नाश गरीदिनुहुन्छ किनकि वहां भक्तको परोपकारी हुनुहुन्छ ।।१७।।

नष्टप्रायेष्वभद्रेषु नित्यं भागवतसेवया
भगवत्युत्तमश्लोके भक्तिर्भवति नैष्ठिकी  १८
यस्तो भागवत अथवा भगवान्का भक्तहरूको सेवा गर्नाले सबै अशुभ वासनाहरूको नास भएर जान्छ अनि भगवान् श्रीकृष्ण प्रति स्थाई प्रेम हुन्छ ।।१८।।

तदा रजस्तमोभावाः कामलोभादयश्च ये
चेत एतैरनाविद्धं स्थितं सत्त्वे प्रसीदति १९
त्यसपछि मनमा भएका रजोगुण तमोगुणको भाव तथा काम लोभको मात्रा कम हुन जान्छ सत्वगुणमा स्थित हुनजान्छ मन निर्मल हुन्छ ।।१९।।

एवं प्रसन्नमनसो भगवद्भक्तियोगतः
भगवत् तत्त्वविज्ञानं मुक्तसङ्गस्य जायते २०
यसप्रकार भगवान्को प्रेममयी भक्तिले गर्दा सबै आशक्तिहरू नष्ट हुन्छन् हृदयमा आनन्दको मात्रा बढ्छ त्यसपछि भगवान्को तत्वको अनुभव आफैं हुदै जान्छ ।।२०।।

भिद्यते हृदयग्रन्थिः छिद्यन्ते सर्वसंशयाः
क्षीयन्ते चास्य कर्माणि दृष्ट एवात्मनीश्वरे २१
जव मनमा आत्मस्वरूप भगवान्को साक्षात्कार हुन्छ अनि हृदयको ग्रन्थि छुट्न गइ सबै सन्देह कर्म वन्धन क्षिण हुदैजान्छ ।।२१।।

अतो वै कवयो नित्यं भक्तिं परमया मुदा
वासुदेवे भगवति कुर्वन्त्यात्मप्रसादनीम् २२
यसै गरी बुध्दिमान मानिसहरू सधैभरि आनन्द संग भगवान् वासुदेव श्रीकृष्णमा प्रेमपूर्वक भक्ति गर्दछन् यसै बाट आत्मज्ञान प्राप्ति हुन्छ ।।२२।।

(वसंततिलका)
सत्त्वं रजस्तम इति प्रकृतेर्गुणास्तैः
       युक्तः परः पुरुष एक इहास्य धत्ते
स्थित्यादये हरिविरिञ्चिहरेति संज्ञाः
       श्रेयांसि तत्र खलु सत्त्वतनोः नृणां स्युः २३
सत्व, रज तम आदि प्रकृतिका तीन गुण छन् यसैलाई स्विकारेर अद्वितीय परमात्माले सृष्टि, स्थिति पालनाका लागि ब्रम्हा, विष्णु शिवरूप धारण गर्नुहुन्छ तापनि मानिसको कल्याणको लागि सत्वगुणको स्विकार भने श्री विष्णुले गर्नुहुन्छ ।।२३।।

(अनुष्टुप्)
पार्थिवाद् दारुणो धूमः तस्मादग्निस्त्रयीमयः
तमसस्तु रजस्तस्मात् सत्त्वं यद् ब्रह्मदर्शनम् २४
जसरी पृथ्वीको विकार काठको अपेक्षा धुवाको श्रेष्ठ हो त्यस्मा पनि आगो श्रेष्ठ हुन्छ किनकि वेदले भनेको यज्ञ यज्ञादिहरूबाट अग्निले सत्गति दिन्छ त्यसै गरी तमोगुण भन्दा रजोगुण श्रेष्ठ रजोगुणभन्दा सत्वगुण श्रेष्ठ किनकि सत्वगुणले भगवान्को दर्शन गराउछ ।।२४।।

भेजिरे मुनयोऽथाग्रे भगवन्तमधोक्षजम् ।
सत्त्वं विशुद्धं क्षेमाय कल्पन्ते येऽनु तानिह २५
पूर्वकालमा महात्माहरू आफ्नो कल्याणको लागि विशुध्द सत्वमय भगवान् श्री विष्णुकै आराधना गर्दथे अहिले पनि जो उनै मुनिहरूको अनुशरण गरी श्रीविष्णुको आराधना गर्दछन् भने उनै समान कल्याणकारी हुन्छन् ।। २५।।

मुमुक्षवो घोररूपान् हित्वा भूतपतीनथ
नारायणकलाः शान्ता भजन्ति ह्यनसूयवः २६
संसार सागरबाट पार गर्न चाहने ब्यक्तिले कसैको निन्दा गर्दैनन् कसैमा दोष पनि देख्दैनन् उनीहरूले तमोगुणी (भूतप्रेत) आदिको उपासना नगरेर सत्वगुणी श्री विष्णुकै उपासना गर्दछन् ।।२६।।

रजस्तमःप्रकृतयः समशीला भजन्ति वै
पितृभूतप्रजेशादीन् श्रियैश्वर्यप्रजेप्सवः २७
तापनि जसको स्वभाव रजोगुणी अथवा तमोगुणी भने उनीहरूले धन सन्तानको इच्छाले भूतप्रेत आदिको उपासना गर्दछन् किनकि यिनीहरूको स्वभाव भूतादि देवाताहरू संग मिल्ने हुन्छ ।।२७।।

वासुदेवपरा वेदा वासुदेवपरा मखाः
वासुदेवपरा योगा वासुदेवपराः क्रियाः २८
वेदको तात्पर्य श्रीकृष्णलाई प्रप्ति गर्नु नै हो यज्ञको उद्देश्य पनि श्रीकृष्ण नै हो योग पनि श्रीकृष्णका लागि नै गरीन्छ कर्मको समाप्ति पनि श्रीकृष्णमा नै लगेर गरीन्छ ।।२८।।

वासुदेवपरं ज्ञानं वासुदेवपरं तपः
वासुदेवपरो धर्मो वासुदेवपरा गतिः २९
ज्ञानबाट ब्रम्ह स्वरूप श्रीकृष्णलाई नै प्राप्त गरिन्छ तपस्या श्रीकृष्णको प्रसन्नताको लागि नै हो सबै धर्महरू श्रीकृष्णकै लागि हुन् सबै गति पनि श्रीकृष्णमा नै गएर मिल्दछ ।।२९।।

स एवेदं ससर्जाग्रे भगवानात्ममायया ।
सदसद्‌रूपया चासौ गुणमय्यागुणो विभुः   ३०
यसो हुदांहुदै पनि भगवान् श्रीकृष्ण प्रकृति उसको गुणबाट पर हुनुहुन्छ तापनि आफ्नो गुणमयी मायाले गर्दा प्रपन्चका दृष्टिले तत्वका दृष्टिले होइन वहांले नै जगतको रचना गर्नु भएको थियो ।।३०।।

तया विलसितेष्वेषु गुणेषु गुणवानिव
अन्तःप्रविष्ट आभाति विज्ञानेन विजृम्भितः ३१
यो सत्व, रज तम तीन गुण वहांको विलास हो यसको भित्र रहेर भगवान् यसबाट मुक्त हुनुहुन्छ वहांले नै सर्गका आदिमा यस संसारको रचना गर्नु भएको थियो वस्तवमा त्यहि नै परिपुर्ण विज्ञानानन्द धन हो ।।३१।।

यथा ह्यवहितो वह्निः दारुष्वेकः स्वयोनिषु
नानेव भाति विश्वात्मा भूतेषु तथा पुमान् ३२
अग्नि एउटै हो तर दाउरामा फरक प्रकारको भएर देखिन्छ त्यस्तै सबको अत्मरूप भगवान् एउटै हुनुहुन्छ तर जीवहरूको अनेकताले गर्दा अनेक जस्तो देखिनु भएको हो ।।३२।।

असौ गुणमयैर्भावैः भूत सूक्ष्मेन्द्रियात्मभिः
स्वनिर्मितेषु निर्विष्टो भुङ्क्ते भूतेषु तद्गुणान् ३३
भगवान्ले शुक्ष्मभूत इन्द्रिय तथा अन्तःकरण आदि गुणको भाव द्वारा विभिन्न किसिमको योनिहरूको निर्माण गर्नुहुन्छ त्यस्मा फरक फरक जीवहरू प्रवेश गर्दछन् अनि त्यहि त्यहि योनि अनुसार जीवहरूले विषयहरूको भोग गर्दछन ।।३३।।
भावयत्येष सत्त्वेन लोकान्वै लोकभावनः
लीलावतारानुरतो देवतिर्यङ् नरादिषु ३४
वहां भगवान्ले नै सम्पूर्ण लोकको रचना गर्नु हुन्छ देवता, पशु, पक्षी, मानिस आदि योनिमा लीलावतार गरेर सत्वगुण द्वारा जीवको पालन पोषण गर्नुहुन्छ ।। ३४ ।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे नैमिषीयोपाख्याने द्वितीयोऽध्यायः