#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः -सप्तदशोऽध्यायः

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः -  सप्तदशोऽध्यायः 


मैत्रेय उवाच–
(अनुष्टुप)
निशम्यात्मभुवा गीतं कारणं शङ्कयोज्झिताः ।
ततः सर्वे न्यवर्तन्त त्रिदिवाय दिवौकसः ॥ १ ॥

मैत्रेयजीले भने—
विदुरजी! ब्रह्माजीले अन्धकारको कारणका बारे बताउनु भएपछि सबैकुरा थाहा पाएर देवताहरूको शंका हटेर गयो, अनि उनीहरू सबै स्वर्गलोक फर्के ।।१।।

दितिस्तु भर्तुरादेशाद् अपत्यपरिशङ्किनी ।
पूर्णे वर्षशते साध्वी पुत्रौ प्रसुषुवे यमौ ॥ २ ॥

यता दितिलाई आफ्ना पतिदेवले बताए अनुसार आफ्ना छोराहरूको उपद्रवले देवताहरूलाई कष्ट हुने भन्ने आसंका बढिरहेको थियो । त्यसैले सय वर्ष सम्म गर्भ धारण गरिन अनि जव वर्ष वित्यो अनि ति साध्वीले दुई (जम्ल्याहा) पुत्र जन्माईन ।।२।।

उत्पाता बहवस्तत्र निपेतुर्जायमानयोः ।
दिवि भुव्यन्तरिक्षे च लोकस्य उरु भयावहाः ॥ ३॥

तिनीहरूको जन्म हुनासाथ स्वर्ग, पृथ्वी र अन्तरिक्षमा ठुलो उत्पात हुनलाग्यो । जसबाट मानिसहरू धेरै डराउन लागे ।।३।।

सहाचला भुवश्चेलुः दिशः सर्वाः प्रजज्वलुः ।
स उल्काश्च अशनयः पेतुः, केतवश्चार्तिहेतवः ॥ ४ ॥

जताततै पृथ्वी र पर्वतहरू काम्न लाग्यो, सबै दिशाहरूमा दाह हुनलाग्यो ठाउठाउमा उल्कापात, वज्रपात हुनलाग्यो । र आकाशमा अनिष्टको सूचक (पुछ्रेतारा) देखिन लाग्यो ।।४।।

ववौ वायुः सुदुःस्पर्शः फूत्कारानीरयन्मुहुः ।
उन्मूलयन् नगपतीन् वात्यानीको रजोध्वजः ॥ ५ ॥


पटकपटक सुसाउदै र ठुलाठुला रूखहरू समेत लडाउने गरि अशह्य वायु चल्न लाग्यो । त्यस समयमा आँधी र उस्का सेना तथा उडेको धुलाले ध्वजा जस्तो देखिन्थ्यो ।।५।।

उद्धसत् तडिदम्भोद घटया नष्टभागणे ।
व्योम्नि प्रविष्टतमसा न स्म व्यादृश्यते पदम् ॥ ६ ॥

खित्का छोडेर हाँसे झैं गरी विजुली चम्कन लाग्यो । घटनाहरूले यस्तो रूपधारण ग¥योकि सूर्य, चन्द्रमा आदि ग्रहहरू लुप्त हुनाले आकासमा निष्पट्ट अध्यारो भयो । त्यस समयमा कतै केहि देखिदैन थियो ।।६।।

चुक्रोश विमना वार्धिरुदूर्मिः क्षुभितोदरः ।
सोदपानाश्च सरितः चुक्षुभुः शुष्कपङ्कजाः ॥ ७ ॥

समुद्र दुःखी मानिसको झैं कोलाहला गर्नलाग्यो, अग्लो अग्लो छाल उठ्न लाग्यो र त्यहाँ रहेका जीवहरूमा ठुलो हलचल मच्चियो । नदी तथा अन्य जलाशयमा पनि बढि खलवल मच्चियो र तलाउका कमलहरू सुक्न लाग्यो ।।७।।

मुहुः परिधयोऽभूवन् सराह्वोः शशिसूर्ययोः ।
निर्घाता रथनिर्ह्रादा विवरेभ्यः प्रजज्ञिरे ॥ ८ ॥

राहुले ग्रस्त पारेकोले सूर्य र चन्द्र वैठक वस्न लाग्यो । विना वादल नै गर्जनको शव्द निस्कन लाग्यो । गुफहरूबाट रथ घरघर गरे जस्तो शव्द निस्कन लाग्यो ।।८।।

अन्तर्ग्रामेषु मुखतो वमन्त्यो वह्निमुल्बणम् ।
सृगाल उलूक टङ्कारैः प्रणेदुः अशिवं शिवाः ॥ ९ ॥

गाँउहरूमा स्यालिनी आगोको ज्वाला निकालेर अमंगल शव्द ले चिच्याउन लागे त्यस्तै स्याल र उल्लुहरूले पनि भयानक शव्द निकालेर कराउन लागे ।।९।।

सङ्गीतवद् रोदनवद् उन्नमय्य शिरोधराम् ।
व्यमुञ्चन् विविधा वाचो ग्रामसिंहाः ततस्ततः ॥ १० ॥

जताततै कुकुरहरू आफ्नो गर्धन उठाएर कहिले गाउने र कहिले रुने जस्तो गरि विभिन्न शव्द निकाल्न लागे ।।१०।।
                                                                           
खराश्च कर्कशैः क्षत्तः खुरैर्घ्नन्तो धरातलम् ।
खार्कार रभसा मत्ताः पर्यधावन् वरूथशः ॥ ११ ॥

विदुरजी! बथानका बथान गधाहरू आफ्नो खुरले पृथ्वी खोस्रदै तथा कराउदै भएर यताउता दौडन लागे ।।११।।

रुदन्तो रासभत्रस्ता नीडाद् उदपतन्खगाः ।
घोषेऽरण्ये च पशवः शकृन् मूत्रमकुर्वत ॥ १२ ॥

पंक्षीहरू गधाको शव्द सुनेर तर्सदै रुने कराउने गर्दै आफ्नो गुडबाट उड्न लागे । गोठमा बाँधेका तथा जंगलमा चरिरहेका गाई साँढे आदि पशुहरू डराएर मलमुत्र त्याग गर्नलागे ।।१२।।

गावः अत्रसन् असृग्दोहाः तोयदाः पूयवर्षिणः ।
व्यरुदन् देवलिङ्गानि द्रुमाः पेतुर्विनानिलम् ॥ १३ ॥

गाई यस्तो डराउन लागिन कि उनको थुनबाट दुधको सट्टा रगत आउन थाल्यो । बादलबाट पीपको वर्षा हुनलाग्यो । देवताका मुर्तिहरूको आँखाबाट आँसु वग्न लाग्यो र विना आँधी नै रूखहरू उखलिएर ढल्न लागे ।।१३।।

ग्रहान् पुण्यतमानन्ये भगणांश्चापि दीपिताः ।
अतिचेरुः वक्रगत्या युयुधुश्च परस्परम् ॥ १४ ॥

शनि, राहु, आदि क्रुर ग्रहहरू प्रवल भएर चन्द्र, बृहस्पति आदि शुभ ग्रहहरू तथा धेरै नक्षत्रहरू  वक्रगतिले चल्न लाग्यो र परस्पर युध्द गर्नलागे ।।१४।।

दृष्ट्वा अन्यांश्च महोत्पातान् अतत्(तत्त्वविदः प्रजाः ।
ब्रह्मपुत्रान् ऋते भीता मेनिरे विश्वसंप्लवम् ॥ १५ ॥

यस्तो अनेकौ उत्पातहरू देखेर सनकादि वाहेक सबै जीवहरू डराउन लागे तथा त्यो उत्पातको मर्म नबुझेका कारण उनीहरूले सोचे कि अव संसार प्रलय हुन्छ ।।१५।।

तौ आदिदैत्यौ सहसा व्यज्यमान आत्मपौरुषौ ।
ववृधातेऽश्मसारेण कायेन अद्रिपती इव ॥ १६ ॥

ती दुवै आदि दैत्य जन्मनासाथ फलाम समान कठोर शरीरले बढेर पहाड समान भए र उनीहरूको पूर्व पराक्रम पनि प्रकट हुन लाग्यो ।।१६।।

(इंद्रवज्रा)
दिविस्पृशौ हेमकिरीटकोटिभिः
        निरुद्धकाष्ठौ स्फुरदङ्गदाभुजौ ।
गां कंपयन्तौ चरणैः पदे पदे
        कट्या सुकाञ्च्यार्कमतीत्य तस्थतुः ॥ १७ ॥

उनीहरू यति अग्ला थिए कि उनीहरूको सुवर्णमय मुकुटको अगाडिको भागले स्वर्गलाई छुन पुग्दथ्यो । र उनीहरूको ठुलो शरीरले सबै दिशाहरू ढाकेको थियो । उनीहरूको हातहरूमा सुनको वाजुवन्द चंकिएको थियो । पृथ्वीमा जो एकएक कदम राख्दथे त्यसबाट भुकम्प भएको जस्तो हुन्थ्यो र जव उनीहरू उभिन्थे तव उनीहरूको कम्मर जगमगाएको चम्किलो करधनीले सुशोभित देखिन्थ्यो । आफ्नो प्रकाशले सूर्यलाई पनि माथ गर्दथ्यो ।।१७।।

प्रजापतिर्नाम तयोरकार्षीद्
        यः प्राक् स्वदेहाद्यमयोरजायत ।
तं वै हिरण्यकशिपुं विदुः प्रजा
        यं तं हिरण्याक्षमसूत साग्रतः ॥ १८ ॥

ती दुवै जम्ल्याहा थिए । प्रजापति कस्यपले उनीहरूको नामाकरण गरे उनमा जुन उन्को वीर्य दितिको गर्भमा पहिला स्थापित भएको थियो उसको नाम हिरण्यकशिपु राखे र जुन दितिको पेटबाट पहिला निक्ल्यो त्यो हिराण्याक्ष नामले प्रसिध्द भयो ।।१८।।

(अनुष्टुप)
चक्रे हिरण्यकशिपुः दोर्भ्यां ब्रह्मवरेण च ।
वशे सपालान् लोकान् त्रीन् अकुतोमृत्युरुद्धतः ॥ १९ ॥

हिराण्यकसिपु ब्रह्माजीको वर लिएर मृत्युभयबाट मुक्त हुने इच्छाले बढि उद्यत भयो । उसले आफ्नो बाहुवलले लोकपाल सहित तिनैलोकलाई आफ्नो वशमा लियो ।।१९।।

हिरण्याक्षो अनुजस्तस्य प्रियः प्रीतिकृदन्वहम् ।
गदापाणिर्दिवं यातो युयुत्सुः मृगयन् रणम् ॥ २० ॥

आफ्नो भाई हिरण्याक्षलाई धेरै मनपराउदथ्यो । भाइ पनि सधै आफ्नो दाजुको इच्छा अनुसारको काम गर्दथ्यो । एकदिन त्यो हिराण्याक्ष हातमा गदा लिएर युध्दको अवसर खोज्दै स्वर्गलोकमा गयो ।।२०।।

तं वीक्ष्य दुःसहजवं रणत् काञ्चन नूपुरम् ।
वैजयन्त्या स्रजा जुष्टं अंस न्यस्त महागदम् ॥ २१ ॥

उसको असह्य वेग थियो उसको हिडाइमा सुनको नपुरको झंंकार भइरहन्थ्यो । गलामा वैजयन्ती माला धारणा गरेको थियो । काँधमा गदा राखेको थियो ।।२१।।

मनोवीर्यवर उत्सिक्तं असृण्यं अकुतोभयम् ।
भीता निलिल्यिरे देवाः तार्क्ष्य त्रस्तः इवाहयः ॥ २२ ॥

मनोवल, शारिरिक वल तथा ब्रह्माजीको वरले उसलाई घमण्ड बढेको थियो । त्यसैले निरंकुश र निर्भय भएको थियो । उसलाई देखेर देवताहरू डराउदै त्यसै लुक्न लागे, जसरी गरुडको डरले साँप लुक्दछ ।।२२।।

स वै तिरोहितान् दृष्ट्वा महसा स्वेन दैत्यराट् ।
इन्द्रान् देवगणान् क्षीबान् अपश्यन् व्यनदद्भृशम् ॥ २३ ॥

दैत्यराज हिरण्याक्षले देख्योकि उसको तेजले इन्द्रादि देवताहरू पनि डरले भागिरहेकाछन् । उनीहरूलाई आफ्नो अगाडि नदेखेर उ पटक पटक गर्जन थाल्यो ।।२३।।

ततो निवृत्तः क्रीडिष्यन् गम्भीरं भीमनिस्वनम् ।
विजगाहे महासत्त्वो वार्धिं मत्त इव द्विपः ॥ २४ ॥

फेरी त्यो महावली दैत्य त्यहाबाट फर्केर जलकृडा गर्ने मनसायले मत्त भएको हात्ती झैं गहिरो समुद्रमा पस्यो ।। २४।।

 (इन्द्रवज्रा)
तस्मिन्प्रविष्टे वरुणस्य सैनिका
        यादोगणाः सन्नधियः ससाध्वसाः ।
अहन्यमाना अपि तस्य वर्चसा
        प्रधर्षिता दूरतरं प्रदुद्रुवुः ॥ २५ ॥

जव उसले समुद्रमा खुट्टा राख्यो अनि वरुणका शैनिक जलचरआदि जीवहरू डरले थर्कमान भए । उनीहरूले  कुनै प्रकारको छेडछाड नगर्दा नै उसको धाकले डराएर त्यहाँबाट टाढा लागे ।।२५।।

स वर्षपूगान् उदधौ महाबलः
        चरन् महोर्मीन् श्वसनेरितान्मुहुः ।
मौर्व्याभिजघ्ने गदया विभावरीं
        आसेदिवान् तास्तात पुरीं प्रचेतसः ॥ २६ ॥

महावली हिरण्याक्ष धेरै वर्ष सम्म समुद्रमा घुम्दा पनि उसका अगाडि कुनै प्रतिपक्षि नदेखेर वारवार वायुवेगले उठेको उसको प्रचण्ड तरंगमा नै आफ्नो फलामको गदा प्रहार गर्दथ्यो । यसरी घुम्दैघुम्दै उ वरुणको राजधानी विभावरिपुरी मा पुग्यो ।।२६।।

तत्रोपलभ्यासुरलोकपालकं
        यादोगणानां ऋषभं प्रचेतसम् ।
स्मयन् प्रलब्धुं प्रणिपत्य नीचवत्
        जगाद मे देह्यधिराज संयुगम् ॥ २७ ॥

त्यहाँ पाताललोकका स्वामी जलचरका अधिपती वरुणजीलाई देखेर हाँसो उडाएर निच मानिसको जसरी प्रणाम ग¥यो र केहि मुस्कुराउदै ब्यंग गदै भन्नलाग्यो । महाराज मलाई युध्दको भिक्षा दिनुहोस ।।२७।।

त्वं लोकपालोऽधिपतिर्बृहच्छ्रवा
        वीर्यापहो दुर्मदवीरमानिनाम् ।
विजित्य लोकेऽखिलदैत्यदानवान्
        यद् राजसूयेन पुरायजत्प्रभो ॥ २८ ॥

हे प्रभो! तपाई लोकपालका राजा र वडो यशस्वी हुनुहुन्छ । जो आफुलाई बहादुरी सम्झन्थे उनीहरूको वीर्यमदलाई पनि तपाईले चूर्ण गर्नु भएको छ । पहिले एकपटक तपाईले संसारका सबै दैत्यदानवलाई जितेर राजसूय यज्ञ गर्नुभएको थियो ।।२८।।

स एवं उत्सिक्त मदेन विद्विषा
        दृढं प्रलब्धो भगवान् अपां पतिः ।
रोषं समुत्थं शमयन् स्वया धिया
        व्यवोचदङ्गोपशमं गता वयम् ॥ २९ ॥

त्यस मदोन्मत्त सत्रुले यस प्रकार खिस्सी गरेकोले बरुणलाई धेरै क्रोध त आयो तर आफ्नो बुध्दिबलले त्यसलाई पिए । अनि जवाफमा उसलाई भन्नलागे भाई हामीलाई त युध्द आदिको कुनै चाहना छैन ।।२९।।

पश्यामि नान्यं पुरुषात् पुरातनाद्
        यः संयुगे त्वां रणमार्गकोविदम् ।
आराधयिष्यति असुरर्षभेहि तं
        मनस्विनो यं गृणते भवादृशाः ॥ ३० ॥

भगवान् पुराणपुरुष वाहेक त्यस्तो कुनै ब्यक्ति देखिदैन जो तिमी जस्तो रणकुशल वीरलाई युध्दमा सन्तुष्ट गर्न सकुन । दैत्यराज ! त्यसैले तिमी वहाँ संग जाउ । वहाँले नै तिम्रो इच्छा पुरा गरिदिनु हुनेछ जसले तिमी जस्तो वीरले वहाँको वीरताले सन्तुष्ट भएर उसैको गुणगान गाँउदछन ।।३०।।

तं वीरमारादभिपद्य विस्मयः
        शयिष्यसे वीरशये श्वभिर्वृतः ।
यस्त्वद्विधानां असतां प्रशान्तये
        रूपाणि धत्ते सदनुग्रहेच्छया ॥ ३१ ॥

उनी धेरै वीर छन उनी छेउ पुग्दा नै तिम्रो सबै शेखी झर्दछ र तिमी कुकुरले घेरिएर वीर शैयामा सयन गर्दछौ । उहाँ तिमी जस्ता दुष्टलाई मार्न र सत्पुरुषलाईकृपा गर्नका लागि अनेक प्रकारको रूप धारण गर्नुहुन्छ ।।३१।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे सप्तदशोऽध्यायः ॥ १७ ॥