#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - सप्तविंशोऽध्यायः


श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - सप्तविंशोऽध्यायः




श्रीभगवानुवाच –
(अनुष्टुप)
प्रकृतिस्थोऽपि पुरुषो नाज्यते प्राकृतैर्गुणैः ।
अविकारात् अकर्तृत्वात् निर्गुणत्वाज्जलार्कवत् ॥ १ ॥

भगवान् भन्नुहुन्छ—
माताजी! जसरी जलमा प्रतिविम्वित सूर्यको साथ जलको शीतलता, चन्चलता, आदि गुणको सम्बन्ध हुदैन त्यसै गरी प्रकृतिको कार्यरूप आत्मा शरीरमा स्थित भएर पनि वास्तवमा उसको सुख दुःखादिबाट लिप्त हुदैन । किनकि त्यो स्वभावले निर्विकार, अकर्ता र निर्गुण छ ।।१।।

स एष यर्हि प्रकृतेः गुणेष्वभिविषज्जते ।
अहङ्क्रियाविमूढात्मा कर्तास्मीति अभिमन्यते ॥ २ ॥

तर जव त्यहि प्रकृति गुणले आफ्नो सम्बन्ध स्थापित गर्दछ अनि त्यै आत्मा त्यसपछि अहंकारबाट मोहित भएर म कर्ता हुँ भन्ने सम्झन लाग्दछ ।।२।।

तेन संसारपदवीं अवशोऽभ्येत्यनिर्वृतः ।
प्रासङ्गिकैः कर्मदोषैः सदसन् मिश्रयोनिषु ॥ ३ ॥

त्यहि अभिमानका कारण उ देहको संसर्गबाट गरिएको पाप पुण्य कर्मको दोषले आफ्नो स्वाधिनता शान्ति खोज्दछ तथा उत्तम, मध्यम र निच योनीमा उत्पन्न भएर संसार चक्रमा घुमिरहन्छ ।।३।।

अर्थे हि अविद्यमानेऽपि संसृतिर्न निवर्तते ।
ध्यायतो विषयानस्य स्वप्नेऽनर्थागमो यथा ॥ ४ ॥

जसरी सपनामा भय शोकादिको कुनै कारण नभएर पनि सपनाको विषयमा आस्था भएका कारण दुःख लाग्द थाल्दछ त्यसै गरी भय, शोक, अहं, एवं जन्मादिरूप ससारको कुनै सत्ता नभएर पनि अविद्याका कारण विषयहरूको चिन्तन गर्नाले जीवको ससार चक्र कहिल्यै पनि निवृत्ति हुदैन ।।४।।

अत एव शनैश्चित्तं प्रसक्तं असतां पथि ।
भक्तियोगेन तीव्रेण विरक्त्या च नयेद्वशम् ॥ ५ ॥

यसैले बुध्दिमान मानिसको लागि उचित यो हो कि असन्मार्ग (विषय चिन्तन) मा फसेको चित्तलाई तिव्र भक्तियोग र वैराग्यद्वारा विस्तारै विस्तारै वशमा ल्याउनु पर्दछ ।।५।।

यमादिभिः योगपथैः अभ्यसन् श्रद्धयान्वितः ।
मयि भावेन सत्येन मत्कथाश्रवणेन च ॥ ६ ॥

यमादि योग साधनाद्वारा श्रध्दापूर्वक अभ्यास गरिएको चित्तलाई वारम्बार एकाग्र गरेर ममा सच्चभाव राख्नाले मेरो कथा श्रवण गर्ने ।६।।

सर्वभूतसमत्वेन निर्वैरेणाप्रसङ्गतः ।
ब्रह्मचर्येण मौनेन स्वधर्मेण बलीयसा ॥ ७ ॥

सबै प्राणीमा समभाव राख्ने, कसैसित दुश्मनी नगर्ने आशक्तिलाई त्याग्ने ब्रह्मचर्य मौनब्रत र बलिष्ठ अर्थात भगवान्मा समर्पित गरिएको स्वधर्मबाट जसलाई यस्तो स्थित प्राप्त भएको छ ॥ ७ ॥

यदृच्छयोपलब्धेन सन्तुष्टो मितभुङ् मुनिः ।
विविक्तशरणः शान्तो मैत्रः करुण आत्मवान् ॥ ८ ॥

त्यो प्रारब्ध अनुसार जे मिल्दछ उसैमा सन्तुष्ट हुन्छ, परिमित भोजन गर्दछ र सधै एकान्तमा रहन्छ, शान्तभावको छ, सबैको मित्र, दयालु र धैर्यबान छ ।।८।।

सानुबन्धे च देहेऽस्मिन् अकुर्वन् असदाग्रहम् ।
ज्ञानेन दृष्टतत्त्वेन प्रकृतेः पुरुषस्य च ॥ ९ ॥

त्यसले प्रकृति र पुरुषको अनुभवले प्राप्त भएको तत्वज्ञानका कारण स्त्री पुत्रादि सम्बन्धिहरूको सहित यस देहमा म र मेरोपनको मिथ्या आग्रह गर्दैन ।।९।।

निवृत्तबुद्ध्यवस्थानो दूरीभूतान्यदर्शनः ।
उपलभ्यात्मनात्मानं चक्षुषेवार्कमात्मदृक् ॥ १० ॥

बुध्दिको जाग्रदादि अवस्थाबाट पनि अलग भएको छ तथा परमात्मा बाहेक अरु कुनै वस्तु देख्दैन, त्यो आत्मदर्शी मुनिले आँखाले सूर्यलाई हेरे झैं आफ्नो सुध्द अन्तःकरणद्वारा परमात्मा को साक्षात्कार गरेर ।।१०।।

मुक्तलिङ्गं सदाभासं असति प्रतिपद्यते ।
सतो बन्धुमसच्चक्षुः सर्वानुस्यूतमद्वयम् ॥ ११ ॥

त्यो अद्वितीय ब्रह्मपद प्राप्त गर्दछ, जुन देहादि गरिएका सम्पूर्ण उपाधिहरूबाट पृथक, अहंकारादि मिथ्या वस्तुमा सत्यरूपले देखिने जगत कारण भूता प्रकृतिको अधिष्ठान महदादि कार्य वर्गको प्रकाशक र कार्य कारणरूप सम्पूर्ण पदार्थमा ब्याप्त छ ।।११।।

यथा जलस्थ आभासः स्थलस्थेनावदृश्यते ।
स्वाभासेन तथा सूर्यो जलस्थेन दिवि स्थितः ॥ १२ ॥

जसप्रकार जलमा परेको सूर्यको प्रतिविम्ब भित्तामा परेको हो भन्ने भान हुन्छ र जलमा देखिने प्रतिविम्वले आकाश स्थित सूर्यको ज्ञान हुन्छ ॥ १२ ॥

एवं त्रिवृद् अहङ्कारो भूतेन्द्रियमनोमयैः ।
स्वाभासैः लक्षितोऽनेन सदाभासेन सत्यदृक् ॥ १३ ॥

त्यसै गरी वैकारिक भेदले तीन प्रकारको अहंकार देह, इन्द्रिय र मनमा स्थित आफ्नो प्रतिविम्व बाट लक्षित हुन्छ र फेरी सत् परमात्माको प्रतिविम्व युक्त त्यस   अहंकारद्वारा सत्यज्ञान स्वरूप परमात्माको दर्शन हुन्छ ।।१४।।

भूतसूक्ष्मेन्द्रियमनो बुद्ध्यादिष्विह निद्रया ।
लीनेष्वसति यस्तत्र विनिद्रो निरहङ्क्रियः ॥ १४ ॥

जुन सुषुप्तिका समय निद्राबाट शव्दादि भूत सूक्ष्म, इन्द्रिय र मन बुध्दि आदिको अब्याकृत प्रकृतिमा मा लीन हुनाले स्वयं जागिरहन्छ र सधै भरि अहंकार सून्य हुन्छ ।।१४।।

मन्यमानस्तदात्मानं अनष्टो नष्टवन्मृषा ।
नष्टेऽहङ्करणे द्रष्टा नष्टवित्त इवातुरः ॥ १५ ॥

जाग्रत अवस्थामा यो आत्मा भूत सूक्ष्मादि दृष्यवर्गको द्रष्टारूपको अनुभवमा आउछ तर सुषुप्तीको समय उपाधिभूत अहंकारको नाश हुनाले यो भ्रमवश आफैं नष्ट भएको मान्दछ । जसरी धनको नाश हुँदा आफुनै नष्ट भएको मानेर अत्यन्त व्याकुल हुन्छ त्यसै गरी त्यो पनि विवश भएर नष्ट हुन्छ ।।१५।।  
                                                                                                                                
एवं प्रत्यवमृश्यादौ आत्मानं प्रतिपद्यते ।
साहङ्कारस्य द्रव्यस्य योऽवस्थानमनुग्रहः ॥ १६ ॥

माताजी! । यी सबै कुराको मनन गरेर विवेकी पुरुष आफ्नो आत्मालाई अनुभव गर्दछ, जुन अहंकार सहित सम्पूर्ण तत्वको अधिष्ठान र प्रकाशक हो, भन्ने ज्ञान भएप्छि आत्माको ज्ञान हुन्छ ।।१६।।

देवहूतिरुवाच—
पुरुषं प्रकृतिर्ब्रह्मन् न विमुञ्चति कर्हिचित् ।
अन्योन्यापाश्रयत्वाच्च नित्यत्वाद् अनयोः प्रभो ॥ १७ ॥

देवहुतिले सोधिन्—
प्रभो! पुरुष र प्रकृति दुवै नित्य र एक आर्काको आश्रयले रहने हुन त्यसैले प्रकृतिले पुरुषलाई कहिल्यै छोड्नै सक्तिनन ।।१७।।

यथा गन्धस्य भूमेश्च न भावो व्यतिरेकतः ।
अपां रसस्य च यथा तथा बुद्धेः परस्य च ॥ १८ ॥

ब्रह्मन्! जसप्रकार गन्ध र पृथ्वी तथा रस र जलको पृथक पृथक स्थिति हुदैन त्यसै गरी प्रकृति पनि एक अर्कोमा छुट्टिएर रहन सक्तैनन ।।१८।।

अकर्तुः कर्मबन्धोऽयं पुरुषस्य यदाश्रयः ।
गुणेषु सत्सु प्रकृतेः कैवल्यं तेष्वतः कथम् ॥ १९ ॥

त्यसैले जस्को आश्रयले अकर्ता पुरुषलाई यो कर्मबन्धन प्राप्त भएको हुन्छ त्यो प्रकृतिको गुणबाट रहित भएको छ भने उसलाई कैवल्य पद कसरी प्राप्त हुन्छ ? ।।१९।।

क्वचित् तत्त्वावमर्शेन निवृत्तं भयमुल्बणम् ।
अनिवृत्तनिमित्तत्वात् पुनः प्रत्यवतिष्ठते ॥ २० ॥

यदि तत्वको विचार गर्नाले केहि गरि यो संसार बन्धनको तिव्र निबृत्ति भयो भने पनि उसको निमित्त भूत प्राकृत गुणको अभाव नहुनाले त्यो भय फेरी उपस्थित हुन सक्छ ।।२०।।

श्रीभगवानुवाच–
अनिमित्तनिमित्तेन स्वधर्मेणामलात्मना ।
तीव्रया मयि भक्त्या च श्रुतसम्भृतया चिरम् ॥ २१ ॥

भगवानले भन्नुभयो—
माताजी! जस प्रकार अग्निको आफैबाट उत्पन्न अग्निबाट जलेर भष्म हुन्छ त्यसै गरी निष्काम भावले गरिएको स्वधर्मद्वारा अन्तःकरण सुध्द हुनाले धेरै समय सम्म भगवद् कथा सुन्नाले— ।।२१।।

ज्ञानेन दृष्टतत्त्वेन वैराग्येण बलीयसा ।
तपोयुक्तेन योगेन तीव्रेणात्मसमाधिना ॥ २२ ॥

पुष्ट भएको तिब्र भक्तिले, तत्व साक्षात्कार गराउने ज्ञानले, प्रवल वैरागयले, ब्रतनियमादि सहित गरिएको ध्यनाभ्यसले— ।।२२।।

प्रकृतिः पुरुषस्येह दह्यमाना त्वहर्निशम् ।
तिरोभवित्री शनकैः अग्नेर्योनिरिवारणिः ॥ २३ ॥

र चित्तको प्रगाढा एकाग्रताले पुरुषको प्रकृति (अविद्या) दिनरात क्षीण हुदै गएर विस्तारै विस्तारै लीन हुन्छ ।।२३।।

भुक्तभोगा परित्यक्ता दृष्टदोषा च नित्यशः ।
नेश्वरस्याशुभं धत्ते स्वे महिम्नि स्थितस्य च ॥ २४ ॥

फेरी नित्य दोष देख्नाले, भोग गरेर त्यागिएको त्यो प्रकृति, आफ्नो स्वरपमा स्थित र स्वतन्त्र भएको मानिसको केहि पनि विगार्न सक्तिन ।।२४।।

 यथा हि अप्रतिबुद्धस्य प्रस्वापो बह्वनर्थभृत् ।
स एव प्रतिबुद्धस्य न वै मोहाय कल्पते ॥ २५ ॥

जसरी सुतेको मानिस सपनामा कति अनर्थको अनुभव गनुपर्दछ तर विउझेपछि त्यो स्वप्नको अनुभवबाट कुनै प्रकारको मोह हुदैन ।।२५।।

एवं विदिततत्त्वस्य प्रकृतिर्मयि मानसम् ।
युञ्जतो नापकुरुत आत्मारामस्य कर्हिचित् ॥ २६ ॥

त्यसै प्रकार जसलाई तत्वज्ञान प्राप्त भएको छ र जो निरन्तर ममा नै मन लगाउदछ त्यो आत्माराम मुनिको प्रकृति कुनै विगार्न शक्तिनन ।२६।।

यदैवमध्यात्मरतः कालेन बहुजन्मना ।
सर्वत्र जातवैराग्य आब्रह्मभुवनान्मुनिः ॥ २७ ॥

जव मानिस अनेक जन्ममा धेरै समय सम्म यस प्रकार आत्म चिन्तमा निमग्न भइरहन्छ तव उसलाई ब्रह्मलोक सम्मका सबै प्रकारको भोगले वैराज्ञ हुन्छ ।।२७।।

 मद्भक्तः प्रतिबुद्धार्थो मत्प्रसादेन भूयसा ।
निःश्रेयसं स्वसंस्थानं कैवल्याख्यं मदाश्रयम् ॥ २८ ॥

प्राप्नोतीहाञ्जसा धीरः स्वदृशा च्छिन्नसंशयः ।
यद्गत्वा न निवर्तेत योगी लिङ्गाद् विनिर्गमे ॥ २९ ॥

मेरो त्यो धैर्यवान भक्त मेरै कृपाले तत्वज्ञान प्राप्त गरेर आत्मज्ञानद्वारा सबै संशयबाट मुक्त हुन्छ र फेरी लिंगदेहको (वासनामय शरीर) नाश भएर एकमात्र मेरो नै आश्रित आफ्नो स्वरूपभूत कैवल्य मंगलमय पदलाई सजिलै संग प्राप्त गर्दछ । जहाँ पुगेर योगी फेरी फर्केर आउदैनन ।।२८।२९।।

(इन्द्रवज्रा)
यदा न योगोपचितासु चेतो
        मायासु सिद्धस्य विषज्जतेऽङ्ग ।
अनन्यहेतुष्वथ मे गतिः स्याद्
        आत्यन्तिकी यत्र न मृत्युहासः ॥ ३० ॥

माताजी! यदि योगिको चित्त योग साधनाबाट बढेको मायामयी अणिमादि सिध्दिहरूमा, फस्दैन भने उसलाई मेरो त्यो अविनाशी परमपद प्राप्त हुन्छ जहाँ मृत्युले कुनै उपहास गर्न सक्तैन ।।३०।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे सप्तविंशोऽध्यायः ॥ २७ ॥