#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

षष्ठः स्कन्धः – द्वितीयोध्याऽयः

 

श्रीमद्‌भागवत महापुराण
षष्ठः स्कन्धः – द्वितीयोध्याऽयः



श्रीशुक उवाच –
(अनुष्टुप्)
एवं ते भगवद्दूता यमदूताभिभाषितम् । 
उपधार्याथ तान् राजन् प्रत्याहुर्नयकोविदाः ॥ १ ॥ 

श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! नितिनिपुण एवं धर्मका मर्म जान्ने भगवान्का पार्षदहरूले यमदूतका यस्तो वचन सुनेर उनीहरूलाई यसप्रकार भने ।।१।।

श्रीविष्णुदूता ऊचुः –
अहो कष्टं धर्मदृशां अधर्मः स्पृशते सभाम् । 
यत्रादण्ड्येष्वपापेषु दण्डो यैर्ध्रियते वृथा ॥ २ ॥ 

विष्णुका दूतहरूले भने–
यमदूतहरू ! यो धेरै आश्चर्य र दुःखको कुरो हो, धर्मज्ञहरूको सभामा अधर्मको प्रवेश भइरहेछ  किनकि यहाँ व्यर्थैमा निरापराधी र अदण्डनीय व्यक्तिलाई दण्ड दिन लागिएको छ ।।२।।

प्रजानां पितरो ये च शास्तारः साधवः समाः । 
यदि स्यात्तेषु वैषम्यं कं यान्ति शरणं प्रजाः ॥ ३ ॥ 

जो प्रजाको पालक र शासक भएर र समदर्शी र परोपकारी हुनु पर्नेमा उहि नै प्रजामा विषमताको व्यवहार गर्न लागे भने प्रजा कसको शरणमा जाने ? ।।३।।

यद् यद् आचरति श्रेयान् इतरः तत् तदीहते । 
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ॥ ४ ॥

सत्पुरुष जस्तो आचरण गर्दछन् साधारणहरू पनि त्यस्तै गर्दछन् । उनीहरू आफ्नो आचरणद्वारा जुन कर्मलाई धर्मानुकुल प्रमाणित गरिदिन्छन अरु मानिसहरू पनि उनीहरूकै अनुशरण गर्दछन ।।४।।

यस्याङ्‌के शिर आधाय लोकः स्वपिति निर्वृतः । 
स्वयं धर्ममधर्मं वा न हि वेद यथा पशुः ॥ ५ ॥ 

जगतका साधारण मानिसहरू धर्म र अधर्मका बारेमा नजानेर पशु समान कुनै सत्पुरुषमा विश्वास गर्दछन उसको काखमा सिरान राखेर निश्चित्त भएर सुत्दछन ।।५।।

स कथं न्यर्पितात्मानं कृतमैत्रमचेतनम् । 
विस्रम्भणीयो भूतानां सघृणो द्रोग्धुमर्हति ॥ ६ ॥ 

प्राणीहरूको अत्यन्त विश्वास पात्र भएका तिनै दयालु सत्पुरुषले जसमा मित्रभाव राखेर उनीहरूमा आत्मसमर्पण गर्दछन, ती अज्ञानी जीवहरूमा उल्टै विश्वासघात गर्छ भने के भन्नु र ।।६।।

अयं हि कृतनिर्वेशो जन्मकोट्यंहसामपि । 
यद् व्याजहार विवशो नाम स्वस्त्ययनं हरेः ॥ ७ ॥ 

यमदूत हरू ! यसले कोटियौ जन्मको पापको प्रायश्चित्त गरेको छ । किनकि यसले विवश भएर भएपनि भगवान्को परमकल्याण नामको उच्चारण भए पनि गरेको छ ।।७।।

एतेनैव ह्यघोनोऽस्य कृतं स्यादघनिष्कृतम् । 
यदा नारायणायेति जगाद चतुरक्षरम् ॥ ८ ॥ 

जुन बेला यसले ‘नारायण’ यो चार अक्षरको उच्चारण गर्यो त्यसैखत त्यसरी नै यसको सबै पापको प्रायश्चित्त भयो ।।८।।

स्तेनः सुरापो मित्रध्रुग् ब्रह्महा गुरुतल्पगः । 
स्त्रीराजपितृगोहन्ता ये च पातकिनोऽपरे ॥ ९ ॥ 

सर्वेषां अप्यघवतां इदमेव सुनिष्कृतम् । 
नामव्याहरणं विष्णोः यतस्तद् विषया मतिः ॥ १० ॥ 

चोर, सराव पिउने, मित्रद्रोही, ब्रम्हघाती, गुरूपत्नी गमन गर्ने यस्ता मानिसका संसर्ग गर्ने, स्त्री, राजा, पिता, र गाईलाई मार्ने, चाहे जस्तो ठुलो पाप गर्ने भएपनि उसका लागि सबैभन्दा ठुलो प्रायश्चित्त भगवान्को नाम उच्चारण गर्नु हो किनकि भगवान्को नाम उच्चारणले मानिसको बुद्धि भगवान्को गुण, लीला र स्वरूपमा रमाउदछ र स्वयं भगवान्मा उस्को आत्मियता बड्दछ ।।९।१०।।

(इंद्रवज्रा)
न निष्कृतैरुदितैर्ब्रह्मवादिभिः 
     तथा विशुद्ध्यत्यघवान् व्रतादिभिः । 
यथा हरेर्नामपदैरुदाहृतैः 
     तदुत्तमश्लोक गुणोपलम्भकम् ॥ ११ ॥ 

ठुला ठुला ब्रम्हवादी ऋषिहरूले पापको प्रायश्चित्तको बारेमा चान्द्रायण ब्रत गर्नुपर्ने बताएका छन तर त्यसबाट पापी सजिलै सुद्धि हुदैन तर भगवान्को नामको उचारण गर्नाले सजिलै संग सुद्धि हुन्छ । किनकि भगवान्को नामले पवित्र कीर्ति र भगवान्को गुणको ज्ञान गराउँछ ।।११।।

(अनुष्टुप्)
अथैनं मापनयत कृताशेषाघनिष्कृतम् । 
यदसौ भगवन्नाम म्रियमाणः समग्रहीत् ॥ १३ ॥ 

यसैले यमदूतहरू ! तिमीहरूले अजामिललाई लैजान पाउदैनौ । यसले सबै पापको प्रायश्चित्त गरेको छ । किनकि यसले मर्ने बेलामा भगवान्को नाम उच्चारण गरेको छ ।।१३।।

साङ्‌केत्यं पारिहास्यं वा स्तोभं हेलनमेव वा । 
वैकुण्ठनामग्रहणं अशेषाघहरं विदुः ॥ १४ ॥ 

ठुला ठुला महात्माहरू यस्तो कुरा बताउँछन् कि संकेतमा ठट्टामा, गानामा अलापनमा, अथवा अरु कसैको अवहेलनामा समेत यदि कसैले भगवान्को नाम उच्चारण गर्दछ भने उसको सबै पाप नष्ट हुन्छन ।।१४।।

पतितः स्खलितो भग्नः सन्दष्टस्तप्त आहतः । 
हरिरित्यवशेनाह पुमान्नार्हति यातनाम् ॥ १५ ॥ 

जो मानिस पतन हुन लागेको समय, चिप्लिदा, अंगभंग भएका बखत र सर्पले डसेका बखतमा, आगोले  पोलेका बखतमा, चोट लागेको समयमा विवशताले नै भए पनि ‘हरि’ भनेर यसरी नाम उच्चारण गर्दछ भने त्यो कुनै पनि यतनाको पात्र हुदैन ।।१५।।

गुरूणां च लघूनां च गुरूणि च लघूनि च । 
प्रायश्चित्तानि पापानां ज्ञात्वोक्तानि महर्षिभिः ॥ १६ ॥ 

महर्षिहरूले  जानेबुझेर नै ठुला पापका लागि ठुलै र साना पापका लागि सानै प्रायश्चित्त गर्नुपर्ने बताएका छन ।।१६।।

तैस्तान्यघानि पूयन्ते तपोदानजपादिभिः । 
नाधर्मजं तद् हृदयं तदपीशाङ्‌घ्रिसेवया ॥ १७ ॥ 

तपस्या, दान, जप आदि बाट उस्को पाप नष्ट हुन्छ यसमा कुनै शंका छैन तर त्यसको मलिनताले गर्दा हृदय शुद्ध हुदैन तर भगवान्को चरणको सेवाले त्यो हृदय शुद्ध हुन्छ     ।।१७।।

अज्ञानादथवा ज्ञानात् उत्तमश्लोकनाम यत् । 
सङ्‌कीर्तितमघं पुंसो दहेदेधो यथानलः ॥ १८ ॥ 

यमदूतहरू ! जसरी जान्दा वा नजान्दा दाउरामा आगोको स्पर्श हुँदा दाउरा भस्म हुन्छ, त्यसरी नै जानेर होस् वा अन्जानमार भगवान्को नामको संकिर्तन गर्ने मानिसको सबै पाप भष्म हुन्छ ।।१८।।

यथागदं वीर्यतमं उपयुक्तं यदृच्छया । 
अजानतोऽप्यात्मगुणं कुर्यान् मंत्रोऽप्युदाहृतः ॥ १९ ॥ 

जसरी कुनै परम अमृतको गुणलाई नजान्दा पनि अन्जानमा पियो भने त्यो पिउने ब्यक्ति अमर हुन्छ त्यसैगरी अन्जानमा उच्चारण गर्दा पनि भगवान्को नामले आफ्नो फल दिएकै हुन्छ ।।१९।।

श्रीशुक उवाच– 
ते एवं सुविनिर्णीय धर्मं भागवतं नृप । 
तं याम्यपाशान्निर्मुच्य विप्रं मृत्योरमूमुचन् ॥ २० ॥ 

श्री शुकदेवजी भन्नुहुन्छ–
राजन ! यसप्रकार भगवान्का पार्षदहरूले भागवत धर्मको बारेमा राम्रो निर्णय सुनाइदिए र अजामिललाई यमपाशबाट छुटाएर मृत्युको मुखाबाट बचाए ।।२०।।

इति प्रत्युदिता याम्या दूता यात्वा यमान्तिके । 
यमराज्ञे यथा सर्वं आचचक्षुररिन्दम ॥ २१ ॥ 

हे परीक्षित ! पार्षदहरू को यस्तो कुरा सुनेर यमदूतहरू यमराजको पास गए र उनीहरूले यो सबै बृत्तान्त सुनाए ।।२१।।

द्विजः पाशाद्विनिर्मुक्तो गतभीः प्रकृतिं गतः । 
ववन्दे शिरसा विष्णोः किङ्‌करान् दर्शनोत्सवः ॥ २२ ॥ 

अजामिल यमदूतको पासोबाट छुटेर निर्भय र स्वस्थ भयो । उसले भगवान्का पार्षदहरूको दर्शन पाउँदा आनन्द भएर सिर झुकाएर उनीहरूलाई प्रणाम गर्यो ।।२२।।

तं विवक्षुमभिप्रेत्य महापुरुषकिङ्‌कराः । 
सहसा पश्यतस्तस्य तत्रान्तर्दधिरेऽनघ ॥ २३ ॥ 

निष्पाप परीक्षित ! भगवान्का पार्षदहरूले अजामिल केहि भन्न लागेको देखे, तर उसको अगाडि नै उनिहरू त्यहाँबाट अन्तर्धान भए ।।२३।।

अजामिलोऽप्यथाकर्ण्य दूतानां यमकृष्णयोः । 
धर्मं भागवतं शुद्धं त्रैवेद्यं च गुणाश्रयम् ॥ २४ ॥ 

यस बखतमा अजामिलले भगवान्का पार्षदहरूको मुखबाट विशद्ध भगवतधर्म र यमदूतहरूको मुखबाट वेदोक्त सगुण धर्मको बारेमा श्रवण गरेको थियो ।।२४

भक्तिमान्भगवत्याशु माहात्म्यश्रवणाद्धरेः । 
अनुतापो महानासीत्स्मरतोऽशुभमात्मनः ॥ २५ ॥ 

यस प्रकार सबै पापलाई नाश गर्ने यस्तो भगवान्को महिमा सुन्नाले अजामिलको हृदयमा छिटैनै भक्तिको उदय भयो । तब उसलाई आफ्नो पापलाई संझेर धेरै पश्चाताप हुनलाग्यो ।।२५।।

अहो मे परमं कष्टं अभूद् अविजितात्मनः । 
येन विप्लावितं ब्रह्म वृषल्यां जायतात्मना ॥ २६ ॥ 

अहो ! म ता इन्द्रियको दाश भएछु मैले दासीको गर्भबाट पुत्र उत्पन्न गरेर आफ्नो ब्राम्हणत्वलाई नष्ट गरिदिए यो ज्यादै दुःखको कुरा हो ।।२६।।

धिङ्‌मां विगर्हितं सद्‌भिः दुष्कृतं कुलकज्जलम् । 
हित्वा बालां सतीं योऽहं सुरापीमसतीमगाम् ॥ २७ ॥ 

धिक्कार छ ! मलाई बारम्बार धिक्कार छ ! म सन्तहरूद्वारा निन्दित हुं, पापी हु । मैले आफ्नो कुलमा कलंकको टीका लगाईदिए । मैले आफ्नी सती एवं अबोध पत्नीलाई त्यगिदिएं र मदीरा पान गर्ने कुलटासित सम्पर्क गरे ।।२७।।

वृद्धावनाथौ पितरौ नान्यबन्धू तपस्विनौ । 
अहो मयाधुना त्यक्तौ अकृतज्ञेन नीचवत् ॥ २८ ॥ 

म यति नीच भए कि मेरा बाबु आमा असहाय तथा तपस्वी थिए, उनीहरूको हेरचाह गर्ने म बाहेक अरुकोहि थिएन । उनीहरूलाई मैले त्यागिदिए । म कृतघ्न हुं ।।२८।।

सोऽहं व्यक्तं पतिष्यामि नरके भृशदारुणे । 
धर्मघ्नाः कामिनो यत्र विन्दन्ति यमयातनाः ॥ २९ ॥ 

अब म अबस्य पनि भयानक नरकमा पर्नु पर्नेछ । जहाँ परेपछि धर्मघाती पापी पुरुष अनेक किसिमको यातना भोग्दछन ।।२९।।

किमिदं स्वप्न आहो स्वित् साक्षाद् दृष्टमिहाद्‍भुतम् । 
क्व याता अद्य ते ये मां व्यकर्षन् पाशपाणयः ॥ ३० ॥ 

भर्खरै मैले जुन अद्भुत दृष्य देखे, त्यो स्वप्न हो अथवा जाग्रत अवस्था कै अनुभव हो । ति हातमा पाशो लिएर मलाई तान्नेहरु अहिले कथा गए ।।३०।।

अथ ते क्व गताः सिद्धाः चत्वारश्चारुदर्शनाः । 
व्यामोचयन् नीयमानं बद्ध्वा पाशैरधो भुवः ॥ ३१ ॥ 

भर्खरै मलाई पशोमा पारेर पृथ्वीको तल लिएर जादै थिए तर चारजना सुन्दर सिद्ध आएर मलाई छुटाए उनीहरूअहिले कहाँ गए ।।३१।।

अथापि मे दुर्भगस्य विबुधोत्तमदर्शने । 
भवितव्यं मङ्‌गलेन येनात्मा मे प्रसीदति ॥ ३२ ॥ 

यद्यपि म यस जन्मको महापापी हुँ तापनि मैले पूर्वजन्ममा अवस्य पनि शुभकार्य गरेको हुनुपर्छ त्यसैले यी श्रेष्ठ देवताहरूले मलाई दर्शन दिए । उनीहरूको सम्झनाले अहिले पनि मेरो हृदय आनन्दले भरिएको छ ।।३२।।

अन्यथा म्रियमाणस्य नाशुचेर्वृषलीपतेः । 
वैकुण्ठनामग्रहणं जिह्वा वक्तुमिहार्हति ॥ ३३ ॥ 


म कुलटामा लागेको र महाअपवित्र हुं । यदि मैले पूर्वजन्ममा पुण्य नगरेको भए भगवान्को  नाम कसरी उच्चारण गर्न पाँउथें ।।३३।।

क्व चाहं कितवः पापो ब्रह्मघ्नो निरपत्रपः । 
क्व च नारायणेत्येतद् भगवन्नाम मङ्‌गलम् ॥ ३४ ॥ 

कहाँको पापी, कपटी, निर्लज्ज र ब्रम्हतेजलाई नष्टगर्ने म कहाँ भगवान्को त्यो परम मंगलपय नारायणको नाम ! ।।३४।।

सोऽहं तथा यतिष्यामि यतचित्तेन्द्रियानिलः । 
यथा न भूय आत्मानं अन्धे तमसि मज्जये ॥ ३५ ॥ 

अब म आफ्नो मन, इन्द्रिय र प्राणलाई वशमा राखेर यस्तो प्रयत्न गर्दछुकि फेरी पनि आफुलाई यो घोर अन्धकारमय नरकमा नपारुं ।।३५।।

विमुच्य तमिमं बन्धं अविद्या कामकर्मजम् । 
सर्वभूतसुहृच्छान्तो मैत्रः करुण आत्मवान् ॥ ३६ ॥ 

अज्ञानवश मैले आफुलाई शरीर सम्झेर त्यसैको कामना पुर्तिका लागि अनेकौ कर्म गरें त्यसैको फल यो बन्धन हो । अब यो वन्धनलाई काटेर सबै प्राणीहरूको हित गर्दछु । वासनाहरूलाई हटाउदछु । सबैसंग मित्रताको व्यवहार गर्दछु । दुखीहरूमाथि दया गर्दछु र पुरा संयम पूर्वक रहनेछु ।।३६।।

मोचये ग्रस्तमात्मानं योषिन्मय्याऽऽत्ममायया । 
विक्रीडितो ययैवाहं क्रीडामृग इवाधमः ॥ ३७ ॥ 

भगवान्को मायाले स्त्रीरूप धारण गरेर म अधमलाई फसाए कृडामृगको जस्तै मलाई अनेकौं नचाए । अब म आफैं त्यस मायाबाट मुक्त गर्दछु ।।३७।।

ममाहमिति देहादौ हित्वामिथ्यार्थधीर्मतिम् । 
धास्ये मनो भगवति शुद्धं तत्कीर्तनादिभिः ॥ ३८ ॥ 

मैले सत्यस्वरूप परमात्मालाई चिने त्यसैले अब म शरीर आदिमा म तथा मेरो भन्ने भावलाई छोडेर भगवान् नामको कीर्तन गरेर आफ्नो मनलाई शुद्ध गराएर यो मनलाई भगवान् मै लगाउँदछु ।।३८।।

श्रीशुक उवाच–
इति जातसुनिर्वेदः क्षणसङ्‌गेन साधुषु । 
गङ्‌गाद्वारमुपेयाय मुक्तसर्वानुबन्धनः ॥ ३९ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! भगवान्का पार्षदहरूको केहिक्षणको सत्संगले नै अजामीलमा वैराज्ञ आयो अनि सबै मोह र सम्बन्धलाई छाडेर हरिद्वार तिर लाग्यो ।।३९।।

स तस्मिन् देवसदन आसीनो योगमास्थितः । 
प्रत्याहृतेन्द्रियग्रामो युयोज मन आत्मनि ॥ ४० ॥ 

उ त्यस देवस्थानमा गएर भगवान्को मन्दिरमा आसन जमाएर बस्यो अनि योगमार्गको आश्रय लिएर सबै इन्द्रियलाई विषयबाट हटाएर मनमा लीन गरायोे ।।४०।।

ततो गुणेभ्य आत्मानं वियुज्यात्मसमाधिना । 
युयुजे भगवद् धाम्नि ब्रह्मण्यनुभवात्मनि ॥ ४१ ॥ 

त्यासपछि आत्मचिन्तनद्वारा उनीहरूलाई बुद्धिको विषयबाट अलग गरायो र भगवान्को धामस्वरूप परब्रम्हमा लगेर मिलायो ।।४१।।

यर्ह्युपारतधीस्तस्मिन् अद्राक्षीत् पुरुषान्पुरः । 
उपलभ्योपलब्धान् प्राग् ववन्दे शिरसा द्विजः ॥ ४२ ॥ 


यसरी अजामीलको बुद्धि त्रिगुणमयी प्रकृतिबाट माथि उठेर भगवान्को स्वरूपमा स्थित भयो अनि उसले पहिले देखेको उहि समानका चार पार्षदहरूलाई देख्यो, त्यसपछि अजामिलले सिर झुकाएर वहाँहरूलाई प्रणाम गर्यो ।।४२।।

हित्वा कलेवरं तीर्थे गङ्‌गायां दर्शनादनु । 
सद्यः स्वरूपं जगृहे भगवन् पार्श्ववर्तिनाम् ॥ ४३ ॥ 


उनीहरूको दर्शन पाएपछि उसले त्यस तीर्थस्थान गंगाको कीनारमा आफ्नो शरीर त्यागदियो र तत्कालै भगवान्को पार्षदको स्वरूप प्राप्त गर्यो ।।४३।।

साकं विहायसा विप्रो महापुरुषकिङ्‌करैः । 
हैमं विमानमारुह्य ययौ यत्र श्रियः पतिः ॥ ४४ ॥ 

अजामिल भगवान्को साथ स्वर्णमय विमानमा चढेर आकाश मार्ग हुदैं लक्ष्मिपतिको निवासस्थान वैकुण्ठ गयो ।।४४।।

(इंद्रवज्रा)
एवं स विप्लावितसर्वधर्मा 
     दास्याः पतिः पतितो गर्ह्यकर्मणा । 
निपात्यमानो निरये हतव्रतः 
     सद्यो विमुक्तो भगवन्नाम गृह्णन् ॥ ४५ ॥ 

परीक्षित ! अजामिल दासीसंगको संसर्ग र सहवासले सबै धर्मकर्मबाट च्युत भएको थियो । उ आफ्नो निन्दित कर्मका कारण पतित भएको थियो । नियमादिबाट च्युत भएका कारण नरकमा पर्न लागेको थियो । तर भगवान्को एक नाम उच्चारण गरेका कारण तत्काल मुक्त भयो ।।४५।।

नातः परं कर्मनिबन्धकृन्तनं 
     मुमुक्षतां तीर्थपदानुकीर्तनात् । 
न यत्पुनः कर्मसु सज्जते मनो 
     रजस्तमोभ्यां कलिलं ततोऽन्यथा ॥ ४६ ॥ 

जो मानिस यस संसार बन्धनबाट मुक्त हुन चहान्छ भने उसका लागि आफ्नो चरणको स्पर्शले तीर्थहरूको  पनि तीर्थ बनाउने भगवान्को नाम कीर्तन बाहेक ठुलो अरु कुनै साधन छैन किनकि नामको अश्रय लिनाले मानिसको मन फेरी कर्मबन्धनमा पर्दैन । भगवान् नाम भन्दा बाहेकको अर्को अरु कुनै प्रायश्चित्तको आश्रय लिनाले मन रजोगुण र तमो गुणबाट ग्रस्त हुन्छ तथा पापको पुरा नाश हुदैन ।।।४६।।

य एतं परमं गुह्यं इतिहासमघापहम् । 
        श्रृणुयात् श्रद्धया युक्तो यश्च भक्त्यानुकीर्तयेत् ॥ ४७ ॥ 
न वै स नरकं याति नेक्षितो यमकिङ्‌करैः । 
        यद्यप्यमङ्‌गलो मर्त्यो विष्णुलोके महीयते ॥ ४८ ॥ 

परीक्षित ! यो इतिहास अत्यन्त गोपनीय र सबै पापलाई नाश गराउने हो । जसले यसलाई श्रद्धा र भक्ति पूर्वक श्रवण गर्द अथवा कीर्तन गर्दछ भने उसले नरकमा कहिले पनि पर्नु पर्दैन । यमराजका दूतहरूले आँखा उठाएर पनि उसलाई हेर्न सक्तैनन । त्यो मानिसको जीवन चाहे पापमय नै किन नहोस, वैकुण्ठमा उसको पूजा हुन्छ ।।४७।४८।।

म्रियमाणो हरेर्नाम गृणन् पुत्रोपचारितम् । 
अजामिलोऽप्यगात् धाम किमुत श्रद्धया गृणन् ॥ ४९ ॥ 

हे राजन् ! हेर अजामिले जस्तो पापी मृत्युको समयमा छोराको वहानाले भगवान् नामको उच्चारण गर्दा पनि वैकुण्ठ प्राप्त गर्यो भने जसले श्रद्धाका साथ भगवानको नाम उच्चरण गर्दछ भने उसको त कुरा नै के भयो र ।।४९।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
षष्ठस्कन्धे अजामिलोपाख्याने द्वितीयोध्याऽयः ॥ २ ॥