श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – प्रथमोध्याऽयः
श्रीपरीक्षिदुवाच –
(अनुष्टुप्)
निवृत्तिमार्गः कथित आदौ भगवता यथा ।
क्रमयोगोपलब्धेन ब्रह्मणा यदसंसृतिः ॥ १ ॥
राजा परीक्षितले सोधे–
भगवन् तपाईले अर्चिरादि मार्गद्वारा जीव क्रमशः ब्रम्हलोक पुग्दछ र ब्रम्हामा गएर मुक्त हुन्छ भन्ने कुरा द्वितीस्कन्धमा निवृत्तिमार्गको वर्णन गर्दा बताऊनु भयो ।।१।।
प्रवृत्तिलक्षणश्चैव त्रैगुण्यविषयो मुने ।
योऽसावलीनप्रकृतेः गुणसर्गः पुनः पुनः ॥ २ ॥
हे मुनिवर ! त्यसैगरी तृतियस्कन्धमा प्रवृत्तिमार्गको वर्णन गर्दै, जसबाट स्वर्गादिलोक प्राप्त भएपनि त्यसमा प्रकृतिको सम्बन्ध नछुट्ने हुनाले फेरी जन्ममृत्युको चक्करमा पर्नुपर्दछ भन्ने कुरा बताऊँनु भयो ।।२।।
अधर्मलक्षणा नाना नरकाश्चानुवर्णिताः ।
मन्वन्तरश्च व्याख्यात आद्यः स्वायम्भुवो यतः ॥ ३ ॥
पाँचौ स्कन्धमा अधर्म गर्नाले अनेक किसिमका नरक प्राप्ति हुनेकुरा बताऊनु भयो । स्वायम्भुव मनुको अधिपति भएको प्रथम मन्वन्तरका बारेमा पनि चतुर्थ स्कन्धमा बर्णन गर्नुभयो ।।३।।
प्रियव्रतोत्तानपदोः वंशस्तत् चरितानि च ।
द्वीपवर्षसमुद्राद्रि नद्युद्यान वनस्पतीन् ॥ ४ ॥
त्यसैगरी चौथो र पाँचौं स्कन्धमा प्रियव्रत र उत्तानपादका वंश तथा चरित्र तथा द्वीप, वर्ष, समुद्रा, पर्वत, नदी, उद्यान र विभिन्न रुखहरूको बारेमा वर्णन गर्नुभयो ।।४।।
धरामण्डलसंस्थानं भागलक्षणमानतः ।
ज्योतिषां विवराणां च यथेदं असृजद्विभुः ॥ ५ ॥
भूमण्डलको स्थिति र त्यसका द्वीप, वर्षको विभाग र त्यसका लक्षण तथा परिमाण नक्षत्रको स्थिति, अतल वितल आदि पाताल र भगवानले गरेका सबै सृष्टिको वर्णन पनि सुनाउनु भयो ।।५।।
अधुनेह महाभाग यथैव नरकान्नरः ।
नानोग्रयातनान्नेयात् तन्मे व्याख्यातुमर्हसि ॥ ६ ॥
हे महाभाग ! अब ती डरलाग्दा यातनापूर्ण नरकमा जानु नपर्ने उपायहरू के हुन कृपा गरेर मलाई यसका बारेमो बताऊनुहोस ।।६।।
श्रीशुक उवाच –
न चेदिहैवापचितिं यथांहसः
कृतस्य कुर्यान् मनौक्तपाणिभिः ।
ध्रुवं स वै प्रेत्य नरकानुपैति
ये कीर्तिता मे भवतः तिग्मयातनाः ॥ ७ ॥
शुकदेवजीले भन्नुभयो–
मानिसले, मन वाणी र शरीरले अनेक किसिमका पाप गर्दछ । मानिसले ति पापको प्रायश्त्ति यसै जन्ममा गरेन भने मरेपछि उसले भयंकर नरकको यातना भोग्नु पर्दछ भन्नेकुरा मैले पाँचौ स्कन्धमा नै बताइसकें ।।७।।
तस्मात्पुरैवाश्विह पापनिष्कृतौ
यतेत मृत्योरविपद्यतात्मना ।
दोषस्य दृष्ट्वा गुरुलाघवं यथा
भिषक्चिकित्सेत रुजां निदानवित् ॥ ८ ॥
त्यसै कारण जसरी विरामीलाई वैद्यले उसको रोगको लक्षण जानेर उपचार गरे झै मानिसले मृत्यु भन्दा पहिला नै आफ्ना सबै खालका पापको प्रायश्त्ति गरिहाल्नु पर्दछ ।।८।।
श्रीराजोवाच –
दृष्टश्रुताभ्यां यत्पापं जानन् अपि आत्मनोऽहितम् ।
करोति भूयो विवशः प्रायश्चित्तमथो कथम् ॥ ९ ॥
राजा परीक्षितले सोधे–
भगवन् ! मानिसले प्रत्यक्षरूपमा अनुभव र लौंकिक र शास्त्रले भनेका नरकको कष्टलाई बुझेर पनि विवश भएर बारम्बार त्यहि कर्ममा लागिरहन्छ भने यस्तो अवस्थामा उसले गरेको पापको प्रायश्चित्त गर्न कसरी सक्छ ? ।।९।।
क्वचित् निवर्तते अभद्रात् क्वचित् चरति तत्पुनः ।
प्रायश्चित्तमथोऽपार्थं मन्ये कुञ्जरशौचवत् ॥ १० ॥
मानिस कहिले प्रायश्त्ति आदिद्वारा आफ्नो पाप कर्मबाट छुटकारा पाउछ र कहिले फेरी त्यहि पाप कर्म गर्दछ भने यस्तो स्थितिमा ता नुहाई सकेको हात्तिले फेरी धुलो आफ्नो शरीरमा हाल्दा नुहाएको व्यर्थं भए झैं त्यसरी नै मानिसको प्रायश्त्ति पनि व्यर्थ हुन्छ भन्ने सम्झन्छु ।।१०।।
श्रीशुक उवाच –
कर्मणा कर्मनिर्हारो न ह्यात्यन्तिक इष्यते ।
अविद्वदधिकारित्वात् प्रायश्चित्तं विमर्शनम् ॥ ११ ॥
कर्मद्वारा नै कर्मको बीज नाश हुदैन किनकि कर्मको अधिकारी अज्ञानी हुन्छ अज्ञान रहेसम्म पाप पुरै हट्दैन । त्यसैले सच्चा प्रायश्त्ति भनेको भगवत् तत्वज्ञान हो ।।११।।
नाश्नतः पथ्यमेवान्नं व्याधयोऽभिभवन्ति हि ।
एवं नियमकृद् राजन् शनैः क्षेमाय कल्पते ॥ १२ ॥
पथ्यलाई आफ्नो वशमा लिएर भोजन गर्दछ भने उसले आफ्नो रोगलाई वशमा लिन सक्दछ त्यसैगरी परीक्षित ! जो मानिस नियमको पालना गर्दछ भने उ विस्तारै विस्तारैे कल्याणकारी तत्वज्ञान प्राप्त गर्नमा समथ्र्य हुन्छ र पाप वासना बाट मुक्त हुन ।।१२।।
तपसा ब्रह्मचर्येण शमेन च दमेन च ।
त्यागेन सत्यशौचाभ्यां यमेन नियमेन वा ॥ १३ ॥
देहवाग्बुद्धिजं धीरा धर्मज्ञाः श्रद्धयान्विताः ।
क्षिपन्त्यघं महदपि वेणुगुल्ममिवानलः ॥ १४ ॥
जसरी बाँसको झांगमा लागेको आगोले बाँस लाई जलाउछ त्यसरी नै धर्मज्ञ र श्रद्धावान धीर पुरुष तपस्या, व्रम्हचर्य, इन्द्रियदमन, मनलाई स्थिर गरेर, दान, सत्य, भित्र बाहिरको पवित्रता तथा यम र नियम यी नौ साधनले मन वाणी र .शरीरद्वारा गरिएका ठुला–ठुला पापलाई पनि नष्ट गर्दछन ।।१३।१४।।
केचित्केवलया भक्त्या वासुदेवपरायणाः ।
अघं धुन्वन्ति कार्त्स्न्येन नीहारमिव भास्करः ॥ १५ ॥
भगवान्को शरणमा पर्ने भक्तहरू कमै हुन्छन । भगवान्को शरण पर्नेहरूले— सूर्यले कुहिरोलाई नष्ट पारे झैं ज्ञानले आफ्ना पापलाई त्यसरी नै नष्ट गरिदिन्छन ।।१५।।
न तथा ह्यघवान् राजन् पूयेत तप आदिभिः ।
यथा कृष्णार्पितप्राणः तत्पूरुषनिषेवया ॥ १६ ॥
परीक्षित ! भगवान्मा शरण पर्नाले र भगवान्का भक्तहरूको सेवा गर्नाले पापी पुरुषको जसरी शुद्धि हुन्छ त्यसरी नै तपस्या आदिद्वारा हुदैन ।।१६।।
सध्रीचीनो ह्ययं लोके पन्थाः क्षेमोऽकुतोभयः ।
सुशीलाः साधवो यत्र नारायणपरायणाः ॥ १७ ॥
जगतमा यो भक्तिको बाटो नै सर्वश्रेष्ठ भय रहित र कल्याण स्वरूप हो । किनकि यस मार्गमा सुशिल एवं भगवत परायण साधुहरू रहन्छन ।।१७।।
प्रायश्चित्तानि चीर्णानि नारायणपराङ्मुखम् ।
न निष्पुनन्ति राजेन्द्र सुराकुम्भमिवापगाः॥ १८ ॥
परीक्षित ! जसरी रक्सीले भरिएको घैंटोलाई नदीले पवित्र गर्न सक्तैन त्यसैगरि नै ठुलो–ठुलो प्रायश्चित्त गर्ने मानिस पनि भगवद् विमुख छ भने सुद्ध हुन सक्तैन ।।१८।।
सकृन्मनः कृष्णपदारविन्दयोः
र्निवेशितं तद्गुणरागि यैरिह ।
न ते यमं पाशभृतश्च तद्भटान्
स्वन्स्वप्नेऽपि पश्यन्ति हि चीर्णनिष्कृताः ॥ १९ ॥
जसले आफ्नो भगवद्गुणानुरागी मनलाई एक पटक भए पनि भगवान् श्रीकृष्णको चरणारविन्द मकरन्दको पान गरेको छ भने उसले सबै प्रायश्चित्त गर्यो भन्ने मान्नु पर्दछ । उसले सपना पनि यमराजको र हातमा पाशलिने उनका दूतलाई देख्नु पर्दैन भने नरकको ता के नै कुरा भयो र ।।१९।।
अत्र च उदाहरन्ति इमं इतिहासं पुरातनम् ।
दूतानां विष्णुयमयोः संवादस्तं निबोध मे ॥ २० ॥
परीक्षित् ! यस विषयमा महात्माहरू एउटा प्राचीन इतिहास बताऊँछन । जसमा भगवान विष्णु र यमका दूतहरूको संवाद छ जुन कुरा तिमीलाई भन्दछु सुन ।।२०।।
कान्यकुब्जे द्विजः कश्चित् दासीपतिरजामिलः ।
नाम्ना नष्टसदाचारो दास्याः संसर्गदूषितः ॥ २१ ॥
कान्यकुब्ज नगरमा एउटा अजामिल नाम गरेको दासी पति ब्राम्हण थियो । दासीहरू संगको संसर्गले दुषित भएका कारण उसको सदाचार नष्ट भएको थियो ।।२१।।
बन्द्यक्षैः कैतवैश्चौर्यैः गर्हितां वृत्तिमास्थितः ।
बिभ्रत्कुटुम्बं अशुचिः यातयामास देहिनः ॥ २२ ॥
त्यो असुद्ध भएर बस्दथ्यो । उसले कहिले बटुवालाई पक्रेर लुट्दथ्यो भने कहिल जुवा खेल्ने र कसैको झुक्याएर धन हरण गर्दथ्यो, अरुको धन चोर्ने आदि जस्ता अत्यन्त निन्दनीय कामले उसले आफ्ना कुटुम्बको पेट पाल्ने गर्दथ्यो त्यसैगरी अरु प्राणीहरूलाई धेरै सताउदथ्यो ।।२२।।
एवं निवसतस्तस्य लालयानस्य तत्सुतान् ।
कालोऽत्यगान् महान् राजन् नष्टाशीत्यायुषः समाः ॥ २३ ॥
राजन् ! यसैगरी त्यसले कमारीका वच्चाहरूको पालन गर्दैमा उसको आयुको अठासी वर्ष वित्यो ।।२३।।
तस्य प्रवयसः पुत्रा दश तेषां तु योऽवमः ।
बालो नारायणो नाम्ना पित्रोश्च दयितो भृशम् ॥ २४ ॥
त्यो बुढो अजामिललको दस वटा छोराहरू थिए । तिमद्धे कान्छोको नाम नारायण थियो । आमा बाबु उसलाई धेरै माया गर्दथे ।।२४।।
स बद्धहृदयस्तस्मिन् अर्भके कलभाषिणि ।
निरीक्षमाणस्तल्लीलां मुमुदे जरठो भृशम् ॥ २५ ॥
बृद्ध अजामिलले अत्यन्त मोहका कारण आफ्नो सबै मन आफ्नो छोरा नारायणमा नै लगाएको थियो । आफ्नो छोराको तोते बोली सुनेर र खेलेको देखेर धेरै दंग पर्दथ्यो ।।२५।।
भुञ्जानः प्रपिबन् खादन् बालकं स्नेहयन्त्रितः ।
भोजयन् पाययन्मूढो न वेदागतमन्तकम् ॥ २६ ॥
अजामिल छोराको स्नेह बन्धनमा बाँधिएका कारण उसले खाने, पिउने गर्दा उसलाई पनि ख्वाँउथ्यो । यसरी मोहमा रहदा रहदै उसलाई आफ्नो नजिक आएको मृत्युको बारेमा पनि ज्ञान भएन । सबै बिर्सिसकेको थियो । ।।२६।।
स एवं वर्तमानोऽज्ञो मृत्युकाल उपस्थिते ।
मतिं चकार तनये बाले नारायणाह्वये ॥ २७ ॥
त्यो मुर्ख यस प्रकार आफ्नो जीवन विताई रहेको थियो त्यसैबेला उसको मृत्युको समय आयो अनि उसले आफ्नो छोरा नारायणको बारेमा नै विचार गर्न थाल्यो ।।२७।।
स पाशहस्तान् त्रीन् दृष्ट्वा पुरुषान् अति दारुणान् ।
वक्रतुण्डान् ऊर्ध्वरोम्ण आत्मानं नेतुमागतान् ॥ २८ ॥
यसै अवस्थामा अजामलिले उसलाई लैजानका लागि अत्यन्त डरलाग्दा तीन यमदुद आएका देख्यो । उनीहरूको हातमा डोरी थिए । उनीहरूको मुख बाङ्गो र शरीरको रौं पनि ठाडा थिए ।।२८।।
दूरे क्रीडनकासक्तं पुत्रं नारायणाह्वयम् ।
प्लावितेन स्वरेणोच्चैः आजुहावाकुलेन्द्रियः ॥ २९ ॥
त्यस बखत यम दूतलाई देखेर अत्यन्त ब्याकुल हुँदै ठुलो स्वरले केहि पर खेलिरहेकोे छोरोलाई ‘नारायण’ भनेर बोलायो ।।२९।।
निशम्य म्रियमाणस्य मुखतो हरिकीर्तनम् ।
भर्तुर्नाम महाराज पार्षदाः सहसाऽपतन् ॥ ३० ॥
भगवान्का पार्षदहरूले उसले मर्ने बेलामा भगवानको नाम लिएको र उहाँकै नामको कीर्तन गरेको हो भन्ने थाहा पाए । अनि छिटोछिटो त्यहाँ आए ।।३०।।
विकर्षतोऽन्तर्हृदयाद् दासीपतिमजामिलम् ।
यमप्रेष्यान् विष्णुदूता वारयामासुरोजसा ॥ ३१ ॥
त्यस बखत यमराजका दूतहरूले त्यस दासीपति अजामिलको शरीरबाट उसको जीवात्मालाई निकाल्न लागेका थिए । तर विष्णुका पार्षदहरूले त्यसलाई बल पूर्वक रोके ।।३१।।
ऊचुर्निषेधितास्तांस्ते वैवस्वतपुरःसराः ।
के यूयं प्रतिषेद्धारो धर्मराजस्य शासनम् ॥ ३२ ॥
त्यसरी रोककोले यमदूतले उनीहरूलाई भने, अरे ! धर्मराजको शासनलाई रोक्ने तिमीहरूको हौ ? ।।३२।।
कस्य वा कुत आयाताः कस्मादस्य निषेधथ ।
किं देवा उपदेवा या यूयं किं सिद्धसत्तमाः ॥ ३३ ॥
तिमीहरू कसका दूत हौं ?, कहाँबाट आएका हौं ? यसलाई लिएर लानमा किन रोकेका हौ ? तिमीहरू कुनै देवता वा उपदेवता अथवा सिद्ध मद्धे को हौ ? ।।३३।।
सर्वे पद्मपलाशाक्षाः पीतकौशेयवाससः ।
किरीटिनः कुण्डलिनो लसत्पुष्करमालिनः ॥ ३४ ॥
तिमीहरू सबैले पहेला रेशमी वस्त्र धारण गरेका छौ । सबैको कमलदल समान भरिएको आँखा देखिन्छ । कानमा किरिट, कुण्डल र गलामा हार लर्किरहेको छ ।।३४।।
सर्वे च नूत्नवयसः सर्वे चारुचतुर्भुजाः ।
धनुर्निषङ्गासिगदा शङ्खचक्राम्बुजश्रियः ॥ ३५ ॥
सबैको नया किसोर अवस्था छ सुन्दर चार हातहरू छन, सबैको हातमा धनुष, तर्कस, तरवार, गदा शंख, चक्र, कमल आदिले सुशोभित छन ।।३५।।
दिशो वितिमिरालोकाः कुर्वन्तः स्वेन तेजसा ।
किमर्थं धर्मपालस्य किङ्करान्नो निषेधथ ॥ ३६ ॥
तिमीहरूको शरीरको कान्तिले सबै दिशाको अन्धकारलाई हटाएर स्वयं प्रकाश फैलिएको छ । तिमीहरूले हामी धर्मराजका सेवकलाई किन रोकेका हौ ? ।।३६।।
श्रीशुक उवाच –
इत्युक्ते यमदूतैस्ते वासुदेवोक्तकारिणः ।
तान् प्रत्यूचुः प्रहस्येदं मेघनिर्ह्रादया गिरा ॥ ३७ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! यमका दूतहरूले यसो भनेपछि भगवान् वासुदेवका आज्ञाकारी पार्षदहरूले हाँस्दै मेघ समान वाणीले उनीहरूलाई भने ।।३७।।
श्रीविष्णुदूता ऊचुः –
यूयं वै धर्मराजस्य यदि निर्देशकारिणः ।
ब्रूत धर्मस्य नस्तत्त्वं यच्च धर्मस्य लक्षणम् ॥ ३८ ॥
यमदूतहरू ! यदि तिमीहरू धर्मराजका आज्ञा पालना गर्ने हौ भने धर्मको लक्षण र तत्वका बारेमा बताऊ ।।३८।।
कथं स्विद् ध्रियते दण्डः किं वास्य स्थानमीप्सितम् ।
दण्ड्याः किं कारिणः सर्वे आहो स्वित् कतिचिन्नृणाम् ॥ ३९ ॥
विष्णुका दूतहरूले भने–
दण्डको प्रकार कस्तो हो ? दण्ड कसलाई दिइन्छ ? मानिसहरूमा सबै पापी दण्डनीय हुन्छन अथवा कुनै मात्र हुन्छन ? ।।३९।।
यमदूता ऊचुः –
वेदप्रणिहितो धर्मो ह्यधर्मस्तद्विपर्ययः ।
वेदो नारायणः साक्षाय् स्वयम्भूः इति शुश्रुम ॥ ४० ॥
यमदूतहरूले भने–
वेदले व्याख्या गरेका कर्महरू धर्म हुन । जसले वेदको विपरित विरोध गर्दछ अथवा कर्म गर्छ भने त्यो अधर्म हो । वेद स्वयं नारायण भगवान्को स्वरूप हो र वहाँको श्वास प्रश्वासले स्वयं उत्पन्न भएको हो भन्ने हामीले सुनेका छौं ।।४०।।
येन स्वधाम्न्यमी भावा रजःसत्त्वतमोमयाः ।
गुणनामक्रियारूपैः विभाव्यन्ते यथातथम् ॥ ४१ ॥
जगतको सत्वमय, रजमय, तमोमयका सबै प्राणी र सबै पदार्थहरूको परम आश्रय भगवानमैं स्थित रहन्छ । वेदले नै गुण, नाम, क्रिया र रूप अनुसार उनको यथायोग्य विभाग गर्दछन ।।४१।।
सूर्योऽग्निः खं मरुद्गावः सोमः सन्ध्याहनी दिशः ।
कं कुः स्वयं धर्म इति ह्येते दैह्यस्य साक्षिणः ॥ ४२ ॥
जीवको शरीर अथावा मनोवृत्तिले हुने सबै कर्मको साक्षी सूर्य, अग्नि, आकाश, वायु, इन्द्रिय, चन्द्रमा, सन्ध्या, रात, दिन, दिशाहरू, जल पृथ्वी, काल हुन ।।४२।।
एतैरधर्मो विज्ञातः स्थानं दण्डस्य युज्यते ।
सर्वे कर्मानुरोधेन दण्डमर्हन्ति कारिणः ॥ ४३ ॥
यिनै कर्मबाट अधर्मको बारेमा जानिन्छ अनि दण्डको पात्र हुन्छन । पाप कर्म गर्ने सबै मानिसहरू आफ्नो आफ्नो कर्म अनुसार दण्डनीय हुन्छन ।।४३।।
सम्भवन्ति हि भद्राणि विपरीतानि चानघाः ।
कारिणां गुणसङ्गोऽस्ति देहवान् न ह्यकर्मकृत् ४४ ॥
निष्पाप पुरुषहरू हो ! जुन प्राणीले कर्म गर्दछन त्यसमा गुणलको सम्बन्ध हुन्छ । त्यसैले सबैमा केहि पुण्य र पाप हुन्छन । देहवान भएर कुनै पनि पुरुषले कर्म नगरि रहन सक्तैन ।।४४।।
येन यावान् यथाधर्मो धर्मो वेह समीहितः ।
स एव तत्फलं भुङ्क्ते तथा तावदमुत्र वै ॥ ४५ ॥
यसलोकमा जो मानिस जसरी धर्म वा अधर्म गर्दछ त्यो परलोकमा त्यसरी नै फल भोग्दछ ।।४५।।
यथेह देवप्रवराः त्रैविध्यं उपलभ्यते ।
भूतेषु गुणवैचित्र्यात् तथान्यत्रानुमीयते ॥ ४६ ॥
देवशिरोमणिहरू ! सत्व, रज र तम यी तीन गुणको भेदका कारण यसलोकमा पुण्यात्मा पापात्मा र पापपुण्य दुवै भएका तीनप्रकारका प्राणी देखा पर्दछने त्यसैगरी परलोकमा पनि तीन किसिमको विभाग गरिएको अनुमान गरिन्छ ।।४६।।
वर्तमानोऽन्ययोः कालो गुणाभिज्ञापको यथा ।
एवं जन्मान्ययोरेतद् धर्माधर्मनिदर्शनम् ॥ ४७ ॥
वर्तमान समयले नै भूत र भविष्यको अनुमान गराउदछ । त्यसैगरी नै अहिलेको जन्मको पापपुण्यले पनि भूत र भविष्य जन्मको अनुमान गराउँदछ ।।४७।।
मनसैव पुरे देवः पूर्वरूपं विपश्यति ।
अनुमीमांसतेऽपूर्वं मनसा भगवानजः ॥ ४८ ॥
हाम्रा स्वामी आजन्मा भगवान यमराज सबका अन्तःकरणमा विराजमान हुनुहुन्छ । त्यसैले वहाँ मनले नै सबैका आचरण र कर्मलाई देख्नुहुन्छ र उसको भाविष्यको स्वरूपको पनि विचार गर्नुहुन्छ ।।४८।।
यथाज्ञस्तमसा युक्त उपास्ते व्यक्तमेव हि ।
न वेद पूर्वमपरं नष्टजन्मस्मृतिस्तथा ॥ ४९ ॥
जसरी सुतेको मानिसले सपनाको कल्पित शरीरलाई आफ्नै वास्तविक शरीर ठान्दछ तर आफ्नो वास्तविक शरीरलाई बिर्सन्छ । त्यसरी नै जीवले पनि आफ्नो पूर्वजन्मको सम्झन नसक्ने भएकोले वर्तमान शरीर बाहेक पहिले र पछिको बारेमा जान्दैन ।।४९।।
पञ्चभिः कुरुते स्वार्थान् पञ्च वेदाथ पञ्चभिः ।
एकस्तु षोडशेन त्रीन् स्वयं सप्तदशोऽश्नुते ॥ ५० ॥
सिद्धपुरुष ! जीव यस शरीरमा पाँच कर्मेन्द्रियद्वारा दिनु–लिनु, हिड्नु–डुल्नु आदि काम गर्दछ । पाँच ज्ञानेन्द्रियद्वारा रूप–रस आदि पाँच विषयको अनुभव गर्दछ र सोह्र मनका साथ सत्रौ त्यो स्वयं मिलेर एक्लै नै मन, ज्ञानेन्द्रिय र कर्मेन्द्रिय यि तीन विषयको भोग गर्दछ ।।५०।।
तदेतत् षोडशकलं लिङ्गं शक्तित्रयं महत् ।
धत्तेऽनुसंसृतिं पुंसि हर्षशोकभयार्तिदाम् ॥ ५१ ॥
जीवको यो सोह्र कला र सत्वादि गुणवाला लिङ्ग शरीर अति दारुण छ । यै शरीरले जीवलाई बारम्बार हर्ष, शोक, भय, पीडा दिलाउने जन्म मृत्युको चक्करमा पार्दछ ।।५१।।
देह्यज्ञोऽजितषड्वर्गो नेच्छन् कर्माणि कार्यते ।
कोशकार इवात्मानं कर्मणाऽऽच्छाद्य मुह्यति ॥ ५२ ॥
काम, क्रोध, लोभ, मोह, मद, मत्सर यी सत्रु माथि विजय प्राप्त गर्न नसक्ने अज्ञानी जीवलाई भने उसको इच्छा नहुदा पनि विभिन्न वाशना अनुसार अनेक कर्म गर्नु पर्दछ र रेशमी किराझैं आफुलाई कर्मको जालमा फसाँउछ र त्यसैमा मोहित हुन्छ ।।५२।।
न हि कश्चित् क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म गुणैः स्वाभाविकैर्बलात् ॥ ५३ ॥
कुनै शरीरधारी जीव काम नगरी एकक्षण पनि बस्न सक्तैन । प्रत्तेक प्राणीलाई पूर्व कर्मको स्वभाविक गुणले विवश गराएर वलपूर्वक काम गराउँदछ ।।५३।।
लब्ध्वा निमित्तमव्यक्तं व्यक्ताव्यक्तं भवत्युत ।
यथायोनि यथाबीजं स्वभावेन बलीयसा ॥ ५४ ॥
जीवले पूर्व जन्मको संस्कार अनुसार पाप–पुण्यमय स्थूल शरीर प्राप्त गर्दछ । उसको स्वाभाविक एवं प्रवल वासनाहरू कहिले उसको आमाको जस्तो स्त्रीरूप बन्छ भने कहिले बाबुको जस्तो पुरुषरूप बन्छ ।।५४।।
एष प्रकृतिसङ्गेन पुरुषस्य विपर्ययः ।
आसीत्स एव न चिराद् ईशसङ्गाद् विलीयते ॥ ५५ ॥
प्रकृतिक संसर्ग हुनाले पुरुष आफुलाई आफ्नो वास्तविक स्वरूपको विपरित लिङ्गशरीर ठान्दछ । भगवान्को भजन गर्नाले यो विपर्यय (संसार चक्र) चाँढैं हट्दछ ।
अयं हि श्रुतसम्पन्नः शीलवृत्तगुणालयः ।
धृतव्रतो मृदुर्दान्तः सत्यवान् मंत्रविच्छुचिः ॥ ५६ ॥
देवताहरू ! कि यो अजामिल धेरै शास्त्र जान्ने थियो भन्ने कुरा तपाईहरू जान्नुहुन्छ । शील, सदाचार र सद्गुणको खानी नै थियो । ब्रम्हचारी, विनयी, जितेन्द्रिय, सत्यनिष्ठ, मन्त्रवेत्ता र पवित्र आचरण गर्दथ्यो ।।५६।।
गुर्वग्न्यतिथिवृद्धानां शुश्रूषुर्निरहङ्कृतः ।
सर्वभूतसुहृत्साधुः मिर्मितवागनसूयकः ॥ ॥ ५७ ॥
उसले गुरु अग्नि र वृद्ध पुरुषको सेवा गरेकोले यसलाई अहंकार भन्ने कुरा थाहा नै थिएन । उसले सबै प्राणीहरूको भलो चिताउदथ्यो, सबैलाई उपकार गर्दथ्यो । आवस्यक अनुसार बोल्दथ्यो, कसैको गुण दोषको बारेमा केलाउदैनथ्यो ।।५७।।
एकदासौ वनं यातः पितृसन्देशकृद् द्विजः ।
आदाय तत आवृत्तः फलपुष्पसमित्कुशान् ॥ ५८ ॥
बाबुको आज्ञा पालन गर्न एकदिन त्यो ब्राम्हण वनमा गएर समिधा, फलफूल कुश लिएर घर फक्र्यो ।।५८।।
ददर्श कामिनं कञ्चित् शूद्रं सह भुजिष्यया ।
पीत्वा च मधु मैरेयं मदाघूर्णितनेत्रया ॥ ५९ ॥
मत्तया विश्लथन्नीव्या व्यपेतं निरपत्रपम् ।
क्रीडन्तं अनुगायन्तं हसन्तमनयान्तिके ॥ ६० ॥
फर्कने समयमा उसले कुनै एक भ्रष्ट, कामी र निर्लज्ज शूद्रले रक्सी पिएर वेश्यासंग विहार गरिरहेको देख्यो । वेश्या पनि रक्सी पिएर मत्त भएकी थिई । नशाले उसको आँखा नाचिरहेको थियो र उ अर्धनग्न अवस्थामा थिई । त्यो शूद्र कहिले गाउदै कहिले हास्दै अनेक तरहको चेष्टा गरेर उसलाई फकाउन लागेको थियो ।।५९।६०।।
दृष्ट्वा तां कामलिप्तेन बाहुना परिरम्भिताम् ।
जगाम हृच्छयवशं सहसैव विमोहितः ॥ ६१ ॥
निष्पाप पुरुषहरू ! शूद्रले हातमा अंगरागादि कामेद्पि वस्तु लगाएको थियो । उसले ती कुलटालाई आलिंगन गरिरहेको थियो । यस्तो अवस्था देखेर अजामिल कामदेवको वशमा पर्यो ।।६१।।
स्तम्भयन् आत्मनात्मानं यावत्सत्त्वं यथाश्रुतम् ।
न शशाक समाधातुं मनो मदनवेपितम् ॥ ६२ ॥
त्यो अजामिलले आफुमा भएको धैर्यले ज्ञानले विचलित भएको आफ्नो मनलाई रोक्ने अनेक प्रयास गर्यो तर जति शक्ति लगाउँदा पनि त्यसलाई रोक्न सकेन ।।६२।।
तन्निमित्तस्मरव्याज ग्रहग्रस्तो विचेतनः ।
तामेव मनसा ध्यायन् स्वधर्माद् विरराम ह ॥ ६३ ॥
त्यो वेश्यालाई निमित्त बनाएर कामरूप पिशाचले अजामिलको मनलाई ग्रस्यो । उसको सदाचार र शास्त्र सम्बन्धि चेतना नष्ट भयो । अब उ मन मनै त्यस वेश्यालाई सम्झना गर्दा गर्दैमा धर्मबाट विमुख भयो ।।६३।।
तामेव तोषयामास पित्र्येणार्थेन यावता ।
ग्राम्यैर्मनोरमैः कामैः प्रसीदेत यथा तथा ॥ ६४ ॥
अजामिलले राम्रा राम्रा वस्तुहरू कपडा, गहनाहरू लिएर त्यो वेश्याका जान लाग्यो । यहाँ सम्मकि उसले आफ्नो बाबुको सबै सम्पत्ति दिएर त्यस वेश्यालाई रिझायो ।। ६४ ।।
विप्रां स्वभार्यामप्रौढां कुले महति लम्भिताम् ।
विससर्जाचिरात्पापः स्वैरिण्यापाङ्गविद्धधीः ॥ ६५ ॥
त्यो स्वच्छन्दचारी अनुहारले उसलाई यस्तो लोभ्यायो कि उसले आफ्नी कुलीन विवाहिता पत्नीलाई समेत त्यागिदियो । यसको पापको पनि कुनै सिमा छैन ।।६५।।
यतस्ततश्चोपनिन्ये न्यायतोऽन्यायतो धनम् ।
बभारास्याः कुटुम्बिन्याः कुटुम्बं मन्दधीरयम् ॥ ६६ ॥
यो कुबुद्धि न्याय वा अन्यायको विचारै नगरि जहाँ जसरी धन मिल्छ त्यसरी नै लिन्थ्यो । त्यस वेश्याको कुटुम्ब पाल्नमैं ब्यस्त भयो ।।६६।।
यदसौ शास्त्रमुल्लङ्घ्य स्वैरचार्यतिगर्हितः ।
अवर्तत चिरं कालं अघायुः अशुचिर्मलात् ॥ ६७ ॥
उसले शास्त्रज्ञनालाई उलंघन गरेर धेरै दिन सम्म वेश्याको मल समानको अपवित्र अन्नले आफ्नो जीवन गुजारेको छ । त्यसैले यसको सबै जीवन पापले भरिएको छ ।।६७।।
तत एनं दण्डपाणेः सकाशं कृतकिल्बिषम् ।
नेष्यामोऽकृतनिर्वेशं यत्र दण्डेन शुद्ध्यति ॥ ६८ ॥
यसले अहिलेसम्म आफ्नो पापको कुनै प्रायश्त्ति गरेको छैन त्यसैले यस पापीलाई हामी दण्डपाणि भगवान् यमराज समक्ष लैजान्छौं । त्यहाँ यस पापीले आफ्नो पापको दण्ड भोगेर शुद्ध हुनेछ ।।६८।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे अजामिलोपाख्याने प्रथमोऽध्यायः ॥ १ ॥