श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – एकचत्वारिंशोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
स्तुवतस्तस्य भगवान् दर्शयित्वा जले वपुः ।
भूयः समाहरत् कृष्णो नटो नाट्यमिवात्मनः ॥१॥
श्री शुकदेवजीले भन्नुभयो– अक्रुरले यसरी श्रीकृष्णको स्तुति गरिरहेको अवस्थामा रङ्गमञ्चमा नट झैँ अभिनय गर्ने भएका श्रीकृष्णले आफ्नो दिव्यरूपको दर्शन दिनुभयो र त्यसपछि फेरि त्यो रूपलाई लुकाउनु भयो ।।१।।
सोऽपि चान्तर्हितं वीक्ष्य जलादुन्मज्ज्य सत्वरः ।
कृत्वा चावश्यकं सर्वं विस्मितो रथमागमत् ॥२॥
अक्रुरले भगवानको त्यो दिव्यरूप अन्तर्धान हुनुvभएको देखेर जलबाट बाहिर निस्कीए अनि आफ्नो मध्यान्नको कर्म सकेर आश्चर्य चकित भएर फेरि रथमा आए ।।२।।
तमपृच्छद् हृषीकेशः किं ते दृष्टमिवाद्भुातम् ।
भूमौ वियति तोये वा तथा त्वां लक्षयामहे ॥३॥
भगवान श्रीकृष्णले अक्रुरलाई सोध्नुभयो– हे काका ! हजुरले जलमा पृथ्वी अथवा आकाशमा कुनै अद्भुत दृश्य देख्नुभयो कि के हो ? हामीलाई यस्तै लागिरहेछ ।।३।।
अक्रूर उवाच–
अद्भुरतानीह यावन्ति भूमौ वियति वा जले ।
त्वयि विश्वात्मके तानि किं मेऽदृष्टं विपश्यतः ॥४॥
अक्रुरले भने– हे प्रभु ! पृथ्वी आकाश अथवा जलमा जति पनि अद्भुत पदार्थ छन् ती सबै मा हजुर नै हुनुहुन्छ मैले त यस्तो देखे ।।४।।
यत्राद्भु्तानि सर्वाणि भूमौ वियति वा जले ।
तं त्वानुपश्यतो ब्रह्मन् किं मे दृष्टमिहाद्भुरतम् ॥५॥
हे भगवान ! जति पनि अद्भुत वस्तु छन् त्यो पृथ्वी अथवा जल अथवा आकाश मा किन नहोस् ती सबैको आश्रयको रूपमा मैले हजुरलाई नै देखेँ । यहाँभन्दा अरु कुरा केही देखिन ।।५।।
इत्युक्त्वा चोदयामास स्यन्दनं गान्दिनीसुतः ।
मथुरामनयद् रामं कृष्णं चैव दिनात्यये ॥६॥
गान्दिनीका छोरा अक्रुरले यसो भनेर रथ चलाए समय बिति सकेकोले भगवान श्रीकृष्ण र बलरामलाई लिएर मथुरातिर लागे ।।६।।
मार्गे ग्रामजना राजंस्तत्र तत्रोपसङ्गताः ।
वसुदेवसुतौ वीक्ष्य प्रीता दृष्टिं न चाददुः ॥७॥
हे परीक्षित ! यसरी रथमा लिएर जाँदा गाउँका व्यक्ति हरु श्रीकृष्णलाई भेट्न भनेर आए र उनीहरुले श्रीकृष्णलाई देख्दा धेरै प्रसन्न भए ती गाउँलेहरूले श्रीकृष्ण र बलरामलाई हेर्दा उनीहरूको नजर अन्त लागेन ।।७।।
तावद् व्रजौकसस्तत्र नन्दगोपादयोऽग्रतः ।
पुरोपवनमासाद्य प्रतीक्षन्तोऽवतस्थिरे ॥८॥
अक्रुर पुग्नुभन्दा अगाडि नै नन्दादि ब्रजवासीहरू मथुरा पुगिसकेका थिए । त्यसैले उनीहरुले बाहिर वनमा बसेर प्रतीक्षा गरिरहेका थिए ।।८।।
तान् समेत्याह भगवानक्रूरं जगदीश्वरः ।
गृहीत्वा पाणिना पाणिं प्रश्रितं प्रहसन्निव ॥९॥
नन्दबाबा भएको ठाउँमा पुगेपछि भगवान श्रीकृष्णले अक्रुरको दुवै हात समातेर हाँस्दै भन्नुभयो ।।९।।
भवान् प्रविशतामग्रे सहयानः पुरीं गृहम् ।
वयं त्विहावमुच्याथ ततो द्रक्ष्यामहे पुरीम् ॥१०॥
हे काका ! तपाईँ रथ लिएर पहिला मथुरा नगरमा जानुहोस्, त्यसपछि आफ्नो घरमा जानुहोला हामी त्यहाँ ओर्लेर नगरलाई हेर्नेछौं ।।१०।।
अक्रूर उवाच –
नाहं भवद्भ्यां रहितः प्रवेक्ष्ये मथुरां प्रभो ।
त्यक्तुं नार्हसि मां नाथ भक्तं ते भक्तवत्सल ॥११॥
अक्रुरले भने– हे प्रभु ! हजुरहरू बिना म एक्लै मथुरा जाँदिन म हजुरको भक्त हुँ त्यसैले मलाई नछोड्नुहोस् ।।११।।
आगच्छ याम गेहान् नः सनाथान् कुर्वधोक्षज ।
सहाग्रजः सगोपालैः सुहृद्भिश्च सुहृत्तम ॥१२॥
हे भगवान ! हजुर सहित दाजु बलराम र गोपहरु सबैलाई लिएर सँगै जाउँ । हे भगवान हामीसँगै मेरै घरमा जाउँ । सँगै गएर मेरो घरलाई पवित्र बनाउनुहोस् ।।१२।।
पुनीहि पादरजसा गृहान्नो गृहमेधिनाम् ।
यच्छौचेनानुतृप्यन्ति पितरः साग्नयः सुराः ॥१३॥
हामी गृहस्थ हौँ । त्यसैले हजुरको चरणको धुलोले हाम्रो घरलाई पवित्र बनाउनुस् । हजुरको चरण भएको जलले अग्नि देवताहरु र हाम्रा पित्रीहरु सबै तृप्त हुनेछन् ।।१३।।
अवनिज्याङ्घ्रियुगलमासीच्छ्लोक्यो बलिर्महान् ।
ऐश्वर्यमतुलं लेभे गतिं चैकान्तिनां तु या ॥१४॥
हजुरको चरणलाई पखालेर महात्मा बलि महान बने । यति मात्र होइन उनले देवताहरूको भन्दापनि अतुलनीय सम्पत्ति प्राप्त गरेर अनन्य प्रेमी भक्तले पाउने गति प्राप्त गरे ।।१४।।
आपस्तेऽङ्घ्र्यवनेजन्यस्त्रींल्लोकान् शुचयोऽपुनन् ।
शिरसाधत्त याः शर्वः स्वर्याताः सगरात्मजाः ॥१५॥
गंगाजीले हजुरको चरणोदकले तिनै लोकलाई पवित्र पारिदिइन् । जुन गङ्गालाई भगवान शिवले आफ्नो शिरमा धारण गर्नुभएको थियो । त्यही गंगा जलको स्पर्श पाएर सागरका छोरा हरू स्वर्ग गए ।।१५।।
देवदेव जगन्नाथ पुण्यश्रवणकीर्तन ।
यदूत्तमोत्तमश्लोक नारायण नमोऽस्तु ते ॥१६॥
हे यदुवंश शिरोमणि ! हजुर देवताका पनि आराध्य देव हुनुहुन्छ । तिनै लोकका स्वामी हुनुहुन्छ हजुरको गुण र लीला किर्तन आदिले सबैको कल्याण गर्दछ हे नारायण हजुरलाई नमस्कार छ ।।१६।।
श्रीभगवनुवाच –
आयास्ये भवतो गेहमहमार्यसमन्वितः ।
यदुचक्रद्रुहं हत्वा वितरिष्ये सुहृत्प्रियम् ॥१७॥
श्री भगवानले भन्नुभयो– हेकाका ! यो यदुवंशका द्रोही कंशलाई मारेर म दाइलाई लिएर तपाईंको घरमा आउनेछु । अनि आफ्ना हितैषिसँग बसेर उनीहरूलाई आनन्द दिनेछु ।।१७।।
शुक उवाच –
एवमुक्तो भगवता सोऽक्रूरो विमना इव ।
पुरीं प्रविष्टः कंसाय कर्मावेद्य गृहं ययौ ॥१८॥
श्रीकृष्णले यसो भनेपछि अक्रुर अनकनाउँदै मथुरामा प्रवेश गरेर श्रीकृष्ण र बलराम मथुरा आएको समाचार कंशलाई बताएर आफ्नो घरमा फर्के ।।१८।।
अथापराह्णे भगवान् कृष्णः सङ्कर्षणान्वितः ।
मथुरां प्राविशद् गोपैर्दिदृक्षुः परिवारितः ॥१९॥
अक्रुर गएपछि भगवान श्रीकृष्ण भोलिपल्टको मध्यान्नमा बलरामजी र ग्वालाका साथ नगर हेर्नको लागि मथुरापुरीमा प्रवेश गर्नुभयो ।।१९।।
(मिश्र)
ददर्श तां स्फाटिकतुङ्ग गोपुर–
द्वारां बृहद्धेमकपाटतोरणाम् ।
ताम्रारकोष्ठां परिखादुरासदा–
मुद्यान रम्योपवनोपशोभिताम् ॥२०॥
त्यहाँ नगरका ढोकाहरू अग्ला स्फटिक मणिले बनेका थिए त्यसैगरी सुनका खापा र तामा पित्तलले बनेका कोठाहरू थियो भने । नजिकै राम्रो फूलबारी र बगैँचाहरूले शोभायमान भएको नगरलाई भगवान श्रीकृष्णले देख्नुभयो ।।२०।।
सौवर्णशृङ्गाटकहर्म्यनिष्कुटैः
श्रेणीसभाभिर्भवनैरुपस्कृताम् ।
वैदूर्यवज्रामलनीलविद्रुमै–
र्मुक्ताहरिद्भिर्वलभीषु वेदिषु ॥२१॥
जुष्टेषु जालामुखरन्ध्रकुट्टिमे–
ष्वाविष्टपारावतबर्हिनादिताम् ।
संसिक्तरथ्यापणमार्गचत्वरां
प्रकीर्णमाल्याङ्कुरलाजतण्डुलाम् ॥२२॥
त्यसैगरी सुनले बनेका चौबाटाहरू ठूलाठूला धनीमानीका महलहरू त्यसैगरी बगैंचाहरु र कालीगढले बनाएका सौन्दर्ययुक्त सभागृहहरूले युक्त थियो त्यहाँ हिरा, स्पटिक र पन्नाहरु जोडिएको पर्खाल थियो भने मणिले निर्मित भएको आँखीझ्याल थियो । उद्यानमा परेवा, मयुर आदि पक्षहरू कराइरहेका थिए बजार राजमार्ग गल्ली र चौरहरूमा फुल माला जमरा आदि छरिएका थिए । यस्तो किसिमको नगरी श्री कृष्ण भगवानले देख्नुभयो ।।२१–२२।।
आपूर्णकुम्भैर्दधिचन्दनोक्षितैः
प्रसूनदीपावलिभिः सपल्लवैः ।
सवृन्दरम्भाक्रमुकैः सकेतुभिः
स्वलङ्कृतद्वारगृहां सपट्टिकैः ॥२३॥
घरका ढोकाहरूमा दही अक्षताले रंगाइएको थियो भने जल भरिएका कलशहरू राखिएको थियो । ती कलशहरूमा फुल्का गुच्छाहरु, ध्वजा पता, केरा, नरिवल आदिले सजाइएको थियो ।।२३।।
तां सम्प्रविष्टौ वसुदेवनन्दनौ
वृतौ वयस्यैर्नरदेववर्त्मना ।
द्रष्टुं समीयुस्त्वरिताः पुरस्त्रियो
हर्म्याणि चैवारुरुहुर्नृपोत्सुकाः ॥२४॥
यसरी नगर हेर्दै हेर्दै बलरामजी र श्रीकृष्ण गोपहरुका साथमा राजमार्गबाट मथुरानगरमा प्रवेश गर्नुभयो । त्यसबखत नगरका नारीहरूले उहाँलाई हेर्नको लागि आफ्ना घरका अटालीमा चढे भने कोही चाहिँ बाहिर निस्केर हेरे ।।२४।।
काश्चिग् विपर्यग्धृतवस्त्रभूषणा
विस्मृत्य चैकं युगलेष्वथापराः ।
कृतैकपत्रश्रवणैकनूपुरा
नाङ्क्त्वा द्वितीयं त्वपराश्च लोचनम् ॥२५॥
अश्नन्त्य एकास्तदपास्य सोत्सवा
अभ्यज्यमाना अकृतोपमज्जनाः ।
स्वपन्त्य उत्थाय निशम्य निःस्वनं
प्रपाययन्त्योऽर्भमपोह्य मातरः ॥२६॥
भगवान श्रीकृष्ण आउँनुभएको थाहा पाएर उहाँलाई हेर्नका लागि हतार हतारमा कसैले उल्टो कपडा लगाएर निस्केका थिए भने कसैले आफूले लगाएका गहनाहरू पनि उल्टापाल्टा थिए । कसैले एउटा मात्र गहना लगाएका थिए भने कसैले एउटा गोडामा मात्र पाउजु लगाएर हतार हतारमा निस्किए । कसैले एउटा आँखामा मात्रै गाजल लगाएको देखिन्थ्यो भने कोही भोजन गरिरहेको अवस्थामा बीचैमा छाडेर निस्केका देखिन्थे । स्नान गर्न लागेका स्त्रीहरू स्नान नै नगरिकन निस्किएका थिए भने कोही सुतेको अवस्थामा हतार हतार उठेर निस्किएका थिए । कोही दूध चुसाउँदै गरेको आफ्ना बच्चालाई त्यसै छाडेर हतार हतारमा भगवानको दर्शन गर्न भनी निस्किए ।।२५–२६।।
मनांसि तासामरविन्दलोचनः
प्रगल्भलीलाहसितावलोकनैः ।
जहार मत्तद्विरदेन्द्रविक्रमो
दृशां ददच्छ्रीरमणात्मनोत्सवम् ॥२७॥
भगवान श्रीकृष्ण मदले मात्तिएको हात्ती झैँ मन्द गतिमा हिँडिरहनु भएको थियो । त्यसबखत उहाँको शरीरले नगरवासीको आँखालाई हर्षित बनाईरहेको थियो । उहाँले आफ्नो उत्कृष्ट हेराइ र हाँसोले नगरवासीको मनलाई आफूतिर खिच्नुभयो ।।२७।।
(वसंततिलका)
दृष्ट्वाव मुहुःश्रुतमनुद्रुतचेतसस्तं
तत्प्रेक्षणोत्स्मितसुधोक्षणलब्धमानाः ।
आनन्दमूर्तिमुपगुह्य दृशात्मलब्धं
हृष्यत्त्वचो जहुरनन्तमरिन्दमाधिम् ॥२८॥
मथुराका स्त्रीहरूले धेरै दिन पहिलादेखि नै भगवान श्रीकृष्णको अद्भुत लीलाहरु सुन्दै आएका थिए । आज उनीहरूले भगवान श्रीकृष्णको दर्शन पाए । भगवानले उनीहरूलाई मुस्कुराएर हेर्दै हिँड्नुभएको थियो यसरी उनीहरुले श्रीकृष्णको दर्शन पाउँदा आनन्द भएर भगवानलाई आफ्नो मनमा आलिङ्गन गरे । यसोगर्दा उनीहरूको धेरै दिन देखिको पीडा शान्त भयो ।।२८।।
(अनुष्टुप्)
प्रासादशिखरारूढाः प्रीत्युत्फुल्लमुखाम्बुजाः ।
अभ्यवर्षन् सौमनस्यैः प्रमदा बलकेशवौ ॥२९॥
मथुराका नारीहरू आफ्नो घरको छतमा बसेर भगवान श्रीकृष्ण बलरामलाई फूलको वर्षा गर्नलागे । त्यसबेला उनीहरूको मुख प्रफुल्लित भइरहेको थियो ।।२९।।
दध्यक्षतैः सोदपात्रैः स्रग्गन्धैरभ्युपायनैः ।
तावानर्चुः प्रमुदितास्तत्र तत्र द्विजातयः ॥३०॥
भगवान श्रीकृष्णलाई हेर्न भनि त्यहाँ जम्मा भएका ब्राह्मण, क्षेत्रीय, वैश्यहरुले ठाउँ–ठाउँमा दही अक्षता र उहाँका चरण पखाल्ने जल, फल मिष्ठान्न आदिले पूजा गरे ।।३०।।
ऊचुः पौरा अहो गोप्यस्तपः किमचरन् महत् ।
या ह्येतावनुपश्यन्ति नरलोकमहोत्सवौ ॥३१॥
भगवानलाई देखेर नगरवासीहरू आनन्द मान्दै भन्न थाले अहो यी गोपिनीहरुले त्यस्तो कुन तपस्या गरेका होलान् जसले गर्दा सम्पूर्ण मानिसलाई आनन्द दिने बलराम र श्री कृष्णको दर्शन गर्ने गर्दछन् ।।३१।।
रजकं कञ्चिदायान्तं रङ्गकारं गदाग्रजः ।
दृष्ट्वाचयाचत वासांसि धौतान्यत्युत्तमानि च ॥३२॥
यसरी हिँडिरहेको अवस्थामा भगवान श्रीकृष्णले एउटी कपडा रङ्गाउने धोबी आफूतिर आइरहेको देख्नुभयो भगवान श्रीकृष्णले उनीसँग भएका सफा वस्त्रहरू माग्नुभयो ।।३२।।
देह्यावयोः समुचितानि अङ्ग वासांसि चार्हतोः ।
भविष्यति परं श्रेयो दातुस्ते नात्र संशयः ॥३३॥
ए प्रिय ! तिमीले यि वस्त्रहरु हामीलाई देउ, जुन वस्त्रहरु हाम्रा लागि योग्य छन् र सुहाउने पनि छन् तिमीले यो वस्त्र हामीलाई दिँदा तिम्रो कल्याण हुनेछ तिमीले यसमा कुनै संकोच मान्नु पर्दैन ।।३३।।
स याचितो भगवता परिपूर्णेन सर्वतः ।
साक्षेपं रुषितः प्राह भृत्यो राज्ञः सुदुर्मदः ॥३४॥
भगवानले यसो भनेर कपडा माग्दा कंशको जस्तो दुष्ट स्वभाव भएको त्यो धोबीले कपडा दिएन बरु उल्टै श्रीकृष्णलाई गाली गर्दै भन्नलाग्यो ।।३४।।
ईदृशान्येव वासांसी नित्यं गिरिवनेचराः ।
परिधत्त किमुद्वृत्ता राजद्रव्याण्यभीप्सथ ॥३५॥
ए तिमीहरू त सधैं पहाड र जंगलमा बस्ने गोठाला हौ । तिमीहरुले कहिले यस्तो लुगा लगाएका छौ ? ।।३५।।
याताशु बालिशा मैवं प्रार्थ्यं यदि जिजीवीषा ।
बध्नन्ति घ्नन्ति लुम्पन्ति दृप्तं राजकुलानि वै ॥३६॥
हे मूर्खहरू ! तिमीहरूलाई बाँच्ने इच्छा छ भने यहाँबाट भागिहाल । यसरी राजाका लुगा कहिल्यै नमाग्नु यहाँ राजाका कर्मचारीहरूले तिमीहरूलाई दण्ड दिनेछन् बन्दी बनाउनेछन् अथवा मारिदिन पनि सक्छन् ।।३६।।
एवं विकत्थमानस्य कुपितो देवकीसुतः ।
रजकस्य कराग्रेण शिरः कायादपातयत् ॥३७॥
त्यो धोबीको यस्तो कुरा सुनेर भगवान श्रीकृष्ण रिसाउनुभो र आफ्नो हातको अगाडिको भागले उसको टाउकोमा हानेर भुइमा लडाई दिनुभयो ।।३७।।
तस्यानुजीविनः सर्वे वासः कोशान् विसृज्य वै ।
दुद्रुवुः सर्वतो मार्गं वासांसि जगृहेऽच्युतः ॥३८॥
भगवान श्रीकृष्णको मुक्का प्रहारले डराएर धोबीसँगै आएका मानिसहरू त्यहाँबाट भागे त्यसपछि भगवान श्रीकृष्णले कपडा लिनुभयो ।।३८।।
वसित्वाऽऽत्मप्रिये वस्त्रे कृष्णः सङ्कर्षणस्तथा ।
शेषाण्यादत्त गोपेभ्यो विसृज्य भुवि कानिचित् ॥३९॥
भगवान श्रीकृष्ण र बलरामले ती कपडाहरू मध्ये आफूलाई मिल्ने कपडाहरु छानेर लगाउनुभयो । र मिल्ने कपडा अरु गोपलाई दिनुभयो र बाँकी रहेका कपडा त्यही छाडेर हिँड्नुभयो ।।३९।।
ततस्तु वायकः प्रीतस्तयोर्वेषमकल्पयत् ।
विचित्रवर्णैश्चैलेयैराकल्पैरनुरूपतः ॥४०॥
यसरी कपडा लगाएर हिँड्दा उहाँको एक दर्जीसँग भेट भयो त्यो दर्जीले भगवानले लगाउनु भएको कपडालाई छाँटकाँट गरी सिलाएर उहाँलाई सुहाउने गरी लगाइदियो । यसरी सो कपडा लगाउँदा दुवै जना एकदम सुन्दर देखिनुभयो ।।४०।।
नानालक्षणवेषाभ्यां कृष्णरामौ विरेजतुः ।
स्वलङ्कृतौ बालगजौ पर्वणीव सितेतरौ ॥४१॥
यसरी उत्तम वस्त्रहरू लगाउनाले दुवै दाजुभाई उत्सवमा सजायका हात्तीका बच्चा जस्तै शोभायमान देख्नुभयो।।४०।।
तस्य प्रसन्नो भगवान् प्रादात् सारूप्यमात्मनः ।
श्रियं च परमां लोके बलैश्वर्यस्मृतीन्द्रियम् ॥४२॥
भगवान श्रीकृष्ण त्यो दर्जीसँग धेरै खुसी हुनुभयो र त्यस दर्जीलाई अतुल सम्पत्ति बल ऐश्वर्य स्मरण शक्ति र मृत्यु पश्चातको सारुप्य मुक्ति समेत दिनुभयो ।।४२।।
ततः सुदाम्नो भवनं मालाकारस्य जग्मतुः ।
तौ दृष्ट्वो स समुत्थाय ननाम शिरसा भुवि ॥४३॥
त्यसपछि भगवान श्रीकृष्ण सुदामा नाम गरेको मालीको घरमा जानुभयो । भगवान आफ्नो घरमा आएको देखेर पृथ्वीमा शिर राखेर उहाँलाई प्रणाम गरे ।।४३।।
तयोरासनमानीय पाद्यं चार्घ्यार्हणादिभिः ।
पूजां सानुगयोश्चक्रे स्रक्ताम्बूलानुलेपनैः ॥४४॥
त्यसपछि उनले भगवानलाई आसनमा राखेर उहाँको पाउ धोइदिए र सँगै गएका गोपहरुलाई विभिन्न फुल पान चन्दन आदि सामग्रीले विधि पूर्वक पूजा गरे ।।४४।।
प्राह नः सार्थकं जन्म पावितं च कुलं प्रभो ।
पितृदेवर्षयो मह्यं तुष्टा ह्यागमनेन वाम् ॥४५॥
त्यसपछि ती सुदामा मालीले भने हे प्रभु ! आज हजुरहरूको मेरो घरमा आगमन हुँदा मेरा सबै पितृहरु देवता ऋषि सन्तुष्ट हुनुभएको छ हाम्रो कुल पवित्र बनेको छ र हाम्रो जन्म पनि सार्थक बनेको छ ।।४५।।
भवन्तौ किल विश्वस्य जगतः कारणं परम् ।
अवतीर्णाविहांशेन क्षेमाय च भवाय च ॥४६॥
हजुर दुवैजना सम्पूर्ण संसारको कारण हुनुहुन्छ यस संसारको कल्याणका लागि हजुर हरू यस पृथ्वीमा अवतीर्ण हुनुभएको हो ।।४६।।
न हि वां विषमा दृष्टिः सुहृदोर्जगदात्मनोः ।
समयोः सर्वभूतेषु भजन्तं भजतोरपि ॥४७॥
हजुरहरू सबै प्राणीका मित्र हुनुहुन्छ, सबैमा समभाव राख्नुहुन्छ, यस जगतका आत्मा हुनुहुन्छ । हजुरहरु आफूलाई प्रेम गर्नेलाई प्रेम गर्ने भएपनि कसैमा पक्षपात गर्नुहुन्न ।।४७।।
तावज्ञापयतं भृत्यं किमहं करवाणि वाम् ।
पुंसोऽत्यनुग्रहो ह्येष भवद्भिर्यन्नियुज्यते ॥४८॥
म हजुरको सेवक हुँ, अब म हजुरहरूको के सेवा गरौँ आज्ञा दिनुहोस् । हजुरले आज्ञा दिएर कुनै मानिसलाई कार्यमा नियुक्ति गर्नु उसमाथि हजुरको कृपा हुनेछ ।।४८।।
इत्यभिप्रेत्य राजेन्द्र सुदामा प्रीतमानसः ।
शस्तैः सुगन्धैः कुसुमैर्माला विरचिता ददौ ॥४९॥
हे राजन ! सुदामा मालीले यसप्रकार प्रार्थना गरेपछि भगवानको अभिप्रायलाई बुझेर उनले भगवानलाई सुन्दर वासनादार फूलका मालाहरू बनाइदिए ।।४९।।
ताभिः स्वलङ्कृतौ प्रीतौ कृष्णरामौ सहानुगौ ।
प्रणताय प्रपन्नाय ददतुर्वरदौ वरान् ॥५०॥
भगवानले ति सुधामाले लगाइदिएको सुन्दर मालाहरू पहिरनु भयो र त्यसपछि प्रसन्न हुँदै दुवै भाइले ती मालीलाई बर दिनुभयो ।।५०।।
सोऽपि वव्रेऽचलां भक्तिं तस्मिन्नेवाखिलात्मनि ।
तद्भिक्तेषु च सौहार्दं भूतेषु च दयां पराम् ॥५१॥
सुधामा मालीले पनि बर माग्दै भनेकी हे प्रभु ! हजुर समस्त प्राणीका आत्मा हुनुहुन्छ सर्वस्वरूप हजुरको चरणमा मेरो निश्चल भक्ति रहोस् । यसैगरी भगवानका भक्तहरूमा दयाभाव जागोस भनेर बर मागे ।।५१।।
इति तस्मै वरं दत्त्वा श्रियं चान्वयवर्धिनीम् ।
बलमायुर्यशः कान्तिं निर्जगाम सहाग्रजः ॥५२॥
भगवान श्रीकृष्णले पनि ति सुधामाले मागेको बर दिनुभयो र श्री सम्पत्ति पनि दिनुभयो त्यसैगरी बल आयु किर्ति तथा कान्तिको पनि वर दिनुभयो त्यसपछि बिदा भएर भगवान श्री कृष्ण बलरामजी का साथमा त्यहाँबाट जानुभयो ।।५२।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे पुरप्रवेशो नाम एकचत्वारिंशोऽध्यायः ॥४१॥