श्रीमद्भागवत महापुराण
द्वादश स्कन्धः–चतुर्थोऽध्यायः
(चतुर्विध प्रलय वर्णन)
शुक उवाच –
कालस्ते परमाण्वादिद्र्विपरार्धावधिर्नृप ।
कथितो युगमानं च शृणु कल्पलयावपि ।। १ ।।
नेपाली भावानुवाद — श्रीशुकदेवजीले भन्नुभयो– हे राजन्! मैले तिमीलाई परमाणुदेखि द्विपरार्धसम्मको समय र युगहरूको गणनाको बारेमा बताए। अब कल्प र प्रलयको बारेमा पनि सुन ।।१।।
चतुर्युगसहस्रं तु ब्रह्मणो दिनमुच्यते ।
स कल्पो यत्र मनवश्चतुर्दश विशांपते ।। २ ।।
नेपाली भावानुवाद — हे प्रजापालक! एक हजार चतुर्युगको ब्रह्माजीको एक दिन हुन्छ, जसलाई ’कल्प’ भनिन्छ। एउटा कल्पमा चौध जना मनुहरू परिवर्तन हुन्छन् ।।२।।
तदन्ते प्रलयस्तावान् ब्राह्मी रात्रिरुदाहृता ।
त्रयो लोका इमे तत्र कल्पन्ते प्रलयाय हि ।। ३ ।।
नेपाली भावानुवाद — कल्पको अन्त्यमा त्यति नै लामो ब्रह्माजीको रात हुन्छ, जसलाई ’प्रलय’ भनिन्छ। त्यस समयमा पृथ्वी, अन्तरिक्ष र स्वर्ग— यी तीनै लोकहरू लय हुन्छन् ।।३।।
एष नैमित्तिकः प्रोक्तः प्रलयो यत्र विश्वसृक् ।
शेतेऽनन्तासनो विश्वमात्मसात्कृत्य चात्मभूः ।। ४ ।।
नेपाली भावानुवाद — यसलाई ’नैमित्तिक प्रलय’ भनिन्छ। यस समयमा विश्वका सृष्टिकर्ता ब्रह्माजीले सम्पूर्ण विश्वलाई आफूमा विलीन गराई अनन्त शय्यामा शयन गर्नुहुन्छ ।।४।।
द्विपरार्धे त्वतिक्रान्ते ब्रह्मणः परमेष्ठिनः ।
तदा प्रकृतयः सप्त कल्पन्ते प्रलयाय वै ।। ५ ।।
नेपाली भावानुवाद — जब ब्रह्माजीको दुई परार्ध (एक सय वर्ष) को आयु समाप्त हुन्छ, तब महत्तत्व आदि सात प्रकृतिको लय हुने महाप्रलय सुरु हुन्छ ।।५।।
एष प्राकृतिको राजन् प्रलयो यत्र लीयते ।
अण्डकोषस्तु सङ्घातो विघाट उपसादिते ।। ६ ।।
नेपाली भावानुवाद — हे राजन्! यसलाई ’प्राकृतिक प्रलय’ भनिन्छ। यस समयमा यो ब्रह्माण्ड रूपी अण्ड र यसका सबै आवरणहरू आफ्नो कारणमा विलीन हुन्छन् ।।६।।
पर्जन्यः शतवर्षाणि भूमौ राजन् न वर्षति ।
तदा निरन्ने ह्यन्योन्यं भक्ष्यमाणाः क्षुधार्दिताः ।। ७ ।।
नेपाली भावानुवाद — प्रलयको समयमा सय वर्षसम्म पृथ्वीमा पानी पर्दैन। अनिकाल पर्छ र मानिसहरू भोकले व्याकुल भई एक–अर्कालाई खान थाल्छन् ।।७।।
क्षयÞं यास्यन्ति शनकैः कालेनोपद्रुताः प्रजाः ।
सामुद्रं दैहिकं भौमं रसं सांवर्तको रविः ।। ८ ।।
नेपाली भावानुवाद — कालको प्रभावले प्रजाहरू बिस्तारै नष्ट हुन्छन्। संवर्तक नामक सूर्यले आफ्नो प्रचण्ड किरणद्वारा समुद्र, शरीर र पृथ्वीको सबै रस सोसेर लिन्छ ।।८।।
रश्मिभिः पिबते घोरैः सर्वं नैव विमुञ्चति ।
ततः संवर्तको वह्निः सङ्कर्षणमुखोत्थितः ।। ९ ।।
नेपाली भावानुवाद — सूर्यले सबै पानी सुकाइदिन्छन्। त्यसपछि सङ्कर्षण (शेषनाग) को मुखबाट संवर्तक नामक अग्नि उत्पन्न हुन्छ ।।९।।
दहत्यनिलवेगोत्थः शून्यान् भूविवरानथ ।
उपर्यधः समन्ताच्च शिखाभिर्वह्निसूर्ययोः ।। १० ।।
नेपाली भावानुवाद — वायुको वेगले बढेको त्यो आगोले पाताल र पृथ्वीका सबै भाग डढाउँछ। माथि र तल सबैतिर सूर्य र अग्निको ज्वालाले ब्रह्माण्ड जल्न थाल्छ ।।१०।।
दह्यमानं विभात्यण्डं दग्धगोमयपिण्डवत् ।
ततः प्रचण्डपवनो वर्षाणामधिकं शतम् ।। ११ ।।
नेपाली भावानुवाद — जल्दै गरेको यो ब्रह्माण्ड डढेको गुइँठोको डल्लो जस्तै देखिन्छ। त्यसपछि सय वर्षभन्दा बढी समयसम्म प्रचण्ड हावा चल्छ ।।११।।
परः सांवर्तको वाति धूम्रं खं रजसाऽऽवृतम् ।
ततो मेघकुलान्यङ्ग चित्र वर्णान्यनेकशः ।। १२ ।।
नेपाली भावानुवाद — त्यो संवर्तक वायुले आकाशलाई धूलो र धुवाँले भरिदिन्छ। त्यसपछि हे प्यारे! विभिन्न रङका बादलहरू आकाशमा देखा पर्छन् ।।१२।।
शतं वर्षाणि वर्षन्ति नदन्ति रभसस्वनैः ।
तत एकोदकं विश्वं ब्रह्माण्डविवरान्तरम् ।। १३ ।।
नेपाली भावानुवाद — ती बादलहरू सय वर्षसम्म घोर गर्जनका साथ बर्सिन्छन्। त्यसपछि यो सम्पूर्ण ब्रह्माण्ड जलमग्न भई एकार्णव बन्दछ ।।१३।।
तदा भूमेर्गन्धगुणं ग्रसन्त्याप उदप्लवे ।
ग्रस्तगन्धा तु पृथिवी प्रलयत्वाय कल्पते ।। १४ ।।
नेपाली भावानुवाद — प्रलयको पानीले पृथ्वीको ’गन्ध’ गुणलाई सोस्छ। गन्ध नष्ट भएपछि पृथ्वी जलमा विलीन हुन्छ ।।१४।।
अपां रसमथो तेजस्ता लीयन्तेऽथ नीरसाः ।
ग्रसते तेजसो रूपं वायुस्तद्रहितं तदा ।। १५ ।।
नेपाली भावानुवाद — जलको ’रस’ गुणलाई तेज (अग्नि) ले सोस्छ र जल अग्निमा लीन हुन्छ। अग्निको ’रूप’ गुणलाई वायुले सोस्छ र अग्नि वायुमा विलीन हुन्छ ।।१५।।
लीयते चानिले तेजो वायोः खं ग्रसते गुणम् ।
स वै विशति खं राजंस्ततश्च नभसो गुणम् ।। १६ ।।
नेपाली भावानुवाद — वायुको ’स्पर्श’ गुणलाई आकाशले सोस्छ र वायु आकाशमा लीन हुन्छ। त्यसपछि आकाशको ’शब्द’ गुणलाई अहङ्कारले सोस्छ र आकाश अहङ्कारमा विलीन हुन्छ ।।१६।।
शब्दं ग्रसति भूतादिर्नभस्तमनुलीयते ।
तैजसश्चेन्द्रियाण्यङ्ग देवान् वैकारिको गुणैः ।। १७ ।।
नेपाली भावानुवाद — तामस अहङ्कारले आकाशलाई, इन्द्रियहरूलाई राजस अहङ्कारले र इन्द्रियका देवताहरूलाई सात्त्विक अहङ्कारले आफूमा समाहित गर्दछन् ।।१७।।
महान् ग्रसत्यहङ्कारं गुणाः सत्त्वादयश्च तम् ।
ग्रसतेऽव्याकृतं राजन् गुणान् कालेन चोदितम् ।। १८ ।।
नेपाली भावानुवाद — महत्तत्वले अहङ्कारलाई र गुणहरूले (सत्त्व, रज, तम) महत्तत्वलाई सोस्छन्। अन्त्यमा प्रकृतिको अव्यक्त शक्तिले ती गुणहरूलाई आफूमा विलीन गराउँछ ।।१८।।
न तस्य कालावयवैः परिणामादयो गुणाः ।
अनाद्यनन्तमव्यक्तं नित्यं कारणमव्ययम् ।। १९ ।।
नेपाली भावानुवाद — त्यो मूल प्रकृतिमा समयको प्रभाव, परिणाम वा विनाश हुँदैन। यो अनादि, अनन्त, अव्यक्त, नित्य र कहिल्यै नाश नहुने कारण हो ।।१९।।
न यत्र वाचो न मनो न सत्त्वं
तमो रजो वा महदादयोऽमी ।
न प्राणबुद्धीन्द्रियदेवता वा
न सन्निवेशः खलु लोककल्पः ।। २० ।।
नेपाली भावानुवाद — जहाँ वाणी, मन, सत्त्व, रज, तम वा महत्तत्व केही पनि हुँदैन। जहाँ प्राण, बुद्धि, इन्द्रिय, देवता वा लोकहरूको कुनै अस्तित्व हुँदैन ।।२०।।
न स्वप्नजाग्रन्न च तत्सुषुप्तं
न खं जलं भूरनिलोऽग्निरर्कः ।
संसुप्तवच्छून्यवदप्रतक्र्यं
तन्मूलभूतं पदमामनन्ति ।। २१ ।।
नेपाली भावानुवाद — जहाँ न जाग्रत, न स्वप्न, न सुषुप्ति अवस्था हुन्छ। जहाँ आकाश, जल, पृथ्वी, वायु र अग्नि पनि हुँदैनन्। त्यो पद गहिरो निद्रा जस्तो, शून्य जस्तो र तर्कभन्दा परको छ, जसलाई विद्वान्हरू ’मूलभूत पद’ (ब्रह्म) भन्दछन् ।।२१।।
लयः प्राकृतिको ह्येष पुरुषाव्यक्तयोर्यदा ।
शक्तयः सम्प्रलीयन्ते विवशाः कालविद्रुताः ।। २२ ।।
नेपाली भावानुवाद — यो नै ’प्राकृतिक प्रलय’ हो, जहाँ पुरुष (जीव) र प्रकृतिका सबै शक्तिहरू कालको प्रभावले विवश भई ब्रह्ममा विलीन हुन्छन् ।।२२।।
बुद्धीन्द्रियार्थरूपेण ज्ञानं भाति तदाश्रयम् ।
दृश्यत्वाव्यतिरेकाभ्यामाद्यन्तवदवस्तु यत् ।। २३ ।।
नेपाली भावादुवाद — बुद्धि, इन्द्रिय र विषयका रूपमा त्यही एउटा ज्ञान (ब्रह्म) मात्र प्रकाशित हुन्छ। जे देखिन्छ र जे उत्पन्न तथा नष्ट हुन्छ, त्यो वास्तवमा सत्य होइन ।।२३।।
दीपश्चक्षुश्च रूपं च ज्योतिषो न पृथग् भवेत् ।
एवं धीः खानि मात्राश्च न स्युरन्यतमादृतात् ।। २४ ।।
नेपाली भावानुवाद — दियो, आँखा र रूप— यी तीनै प्रकाशभन्दा भिन्न छैनन्। त्यसै गरी बुद्धि, इन्द्रिय र विषयहरू पनि परम सत्य (ब्रह्म) भन्दा भिन्न छैनन् ।।२४।।
बुद्धेर्जागरणं स्वप्नः सुषुप्तिरिति चोच्यते ।
मायामात्रमिदं राजन् नानात्वं प्रत्यगात्मनि ।। २५ ।।
नेपाली भावानुवाद — बुद्धिका जाग्रत, स्वप्न र सुषुप्ति— यी तीन अवस्थाहरू मात्र हुन्। हे राजन्! आत्मामा देखिने यो अनेकता (भेद) केवल माया मात्र हो ।।२५।।
यथा जलधरा व्योम्नि भवन्ति न भवन्ति च ।
ब्रह्मणीदं तथा विश्वमवयव्युदयाप्ययात् ।। २६ ।।
नेपाली भावानुवाद — जसरी आकाशमा बादलहरू आउँछन् र हराउँछन्, त्यसै गरी ब्रह्ममा यो विश्व उत्पत्ति र विनाश भइरहन्छ ।।२६।।
सत्यं ह्यवयवः प्रोक्तः सर्वावयविनामिह ।
विनार्थेन प्रतीयेरन् पटस्येवाङ्ग तन्तवः ।। २७ ।।
नेपाली भावानुवाद — संसारमा कारणलाई नै सत्य मानिन्छ। जसरी धागो बिना कपडाको अस्तित्व हुँदैन, त्यसै गरी ब्रह्म बिना यो जगत्को कुनै सत्ता छैन ।।२७।।
यत् सामान्यविशेषाभ्यामुपलभ्येत स भ्रमः ।
अन्योन्यापाश्रयात् सर्वमाद्यन्तवदवस्तु यत् ।। २८ ।।
नेपाली भावानुवाद — सामान्य र विशेष रूपमा जे देखिन्छ, त्यो भ्रम मात्र हो। जुन वस्तु सुरु र अन्त्यमा हुँदैन, त्यो बीचमा देखिए पनि असत्य नै हो ।।२८।।
विकारः ख्यायमानोऽपि प्रत्यगात्मानमन्तरा ।
न निरूप्योऽस्त्यणुरपि स्याच्चेच्चित्सम आत्मवत् ।। २९ ।।
नेपाली भावानुवाद — आत्मा बिना कुनै पनि विकार वा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन। यदि केही सत्य देखिन्छ भने त्यो आत्माको प्रकाशले गर्दा मात्र हो ।।२९।।
न हि सत्यस्य नानात्वमविद्वान् यदि मन्यते ।
नानात्वं छिद्रयोर्यद्वज्ज्योतिषोर्वातयोरिव ।। ३० ।।
नेपाली भावानुवाद — एउटै सत्यमा धेरै रूप देख्नु अज्ञानता हो। जसरी एउटै आकाश घैँटोमा अलग देखिन्छ, त्यसरी नै एउटै आत्मा धेरै जस्तो देखिएको मात्र हो ।।३०।।
यथा हिरण्यं बहुधा समीयते
नृभिः क्रियाभिव्र्यवहारवत्र्मसु ।
एवं वचोभिर्भगवानधोक्षजो
व्याख्यायते लौकिकवैदिकैर्जनैः ।। ३१ ।।
नेपाली भावानुवाद — जसरी सुनलाई मानिसहरूले गहना बनाएर धेरै नाम (अ औँठी, हार आदि) दिन्छन्, त्यसै गरी लौकिक र वैदिक वाणीहरूद्वारा एउटै भगवान्को अनेक रूपमा व्याख्या गरिन्छ ।।३१।।
यथा घनोऽर्कप्रभवोऽर्कदर्शितो
ह्यर्कांशभूतस्य च चक्षुषस्तमः ।
एवं त्वहं ब्रह्मगुणस्तदीक्षितो
ब्रह्मांशकस्यात्मन आत्मबन्धनः ।। ३२ ।।
नेपाली भावानुवाद — जसरी सूर्यबाट उत्पन्न भएको बादलले सूर्यलाई नै छेक्छ र आँखालाई अन्धकार बनाउँछ, त्यसरी नै ब्रह्मबाट उत्पन्न भएको अहङ्कारले ब्रह्मलाई नै छोप्छ र आत्मालाई बन्धनमा पार्छ ।।३२।।
घनो यदार्कप्रभवो विदीर्यते
चक्षुः स्वरूपं रविमीक्षते तदा ।
यदा ह्यहङ्कार उपाधिरात्मनो
जिज्ञासया नश्यति तह्र्यनुस्मरेत् ।। ३३ ।।
नेपाली भावानुवाद — जब बादल फाट्छ, तब आँखाले सूर्यको दर्शन पाउँछ। त्यसै गरी जब जिज्ञासा (ज्ञान) द्वारा अहङ्कार नष्ट हुन्छ, तब जीवले आफ्नो वास्तविक ब्रह्म स्वरूपलाई देख्दछ ।।३३।।
यदैवमेतेन विवेकहेतिना
मायामयाहङ्करणात्मबन्धनम् ।
छित्त्वाच्युतात्मानुभवोऽवतिष्ठते
तमाहुरात्यन्तिकमङ्ग सम्प्लवम् ।। ३४ ।।
नेपाली भावानुवाद — जब विवेक रूपी हतियारले माया रूपी अहङ्कारको बन्धन काटिन्छ र आत्माको अनुभव हुन्छ, त्यसलाई नै ’आत्यन्तिक प्रलय’ (मोक्ष) भनिन्छ ।।३४।।
नित्यदा सर्वभूतानां ब्रह्मादीनां परन्तप ।
उत्पत्तिप्रलयावेके सूक्ष्मज्ञाः सम्प्रचक्षते ।। ३५ ।।
नेपाली भावानुवाद — हे शत्रुतापन! ब्रह्मादेखि तृणसम्म सबै प्राणीहरूको हरेक क्षण उत्पत्ति र विनाश भइरहन्छ, जसलाई सूक्ष्मदर्शी विद्वान्हरूले बुझ्दछन् ।।३५।।
कालस्रोतोजवेनाशु ह्रियमाणस्य नित्यदा ।
परिणामिनामवस्थास्ता जन्मप्रलयहेतवः ।। ३६ ।।
नेपाली भावानुवाद — कालको प्रवाहमा बग्दै गर्दा शरीरको जुन अवस्था परिवर्तन भइरहन्छ, त्यसैलाई नै ’नित्य जन्म’ र ’नित्य प्रलय’ भनिन्छ ।।३६।।
अनाद्यनन्तवतानेन कालेनेश्वरमूर्तिना ।
अवस्था नैव दृश्यन्ते वियति ज्योतिषामिव ।। ३७ ।।
नेपाली भावानुवाद — ईश्वर रूपी यो अनादि र अनन्त कालले गर्दा हुने परिवर्तनहरू साधारण आँखाले देख्न सकिँदैन, जसरी आकाशमा ताराहरूको गति देखिँदैन ।।३७।।
नित्यो नैमित्तिकश्चैव तथा प्राकृतिको लयः ।
आत्यन्तिकश्च कथितः कालस्य गतिरीदृशी ।। ३८ ।।
नेपाली भावानुवाद — यसरी मैले नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक— चार प्रकारका प्रलय र कालको गतिको बारेमा बताए ।।३८।।
एताः कुरुश्रेष्ठ जगद्विधातु–
र्नारायणस्याखिलसत्त्वधाम्नः ।
लीलाकथास्ते कथिताः समासतः
कात्स्न्र्येन नाजोऽप्यभिधातुमीशः ।। ३९ ।।
नेपाली भावानुवाद — हे कुरुश्रेष्ठ! जगत्का सृष्टिकर्ता भगवान् नारायणका यी लीला कथाहरू मैले तिमीलाई सङ्क्षेपमा सुनाएँ। उहाँको महिमा पूर्ण रूपमा ब्रह्माजीले पनि भन्न सक्नुहुन्न ।।३९।।
संसारसिन्धुमतिदुस्तरमुत्तितीर्षो–
र्नान्यः प्लवो भगवतः पुरुषोत्तमस्य ।
लीलाकथारसनिषेवणमन्तरेण
पुंसो भवेद् विविधदुःखदवार्दितस्य ।। ४० ।।
नेपाली भावानुवाद — दुःखको डढेलोले डढिरहेको र यो दुस्तर संसार रूपी समुद्र तर्न चाहने मानिसका लागि भगवान् पुरुषोत्तमको लीला कथाको रस पिउनु बाहेक अर्को कुनै डुङ्गा छैन ।।४०।।
पुराणसंहितामेतामृषिर्नारायणोऽव्ययः ।
नारदाय पुरा प्राह कृष्णद्वैपायनाय सः ।। ४१ ।।
नेपाली भावानुवाद — यो पुराण संहिता स्वयं अविनाशी ऋषि नारायणले पहिले नारदलाई भन्नुभयो र नारदले कृष्णद्वैपायन (व्यास) लाई सुनाउनुभयो ।।४१।।
स वै मह्यं महाराज भगवान् बादरायणः ।
इमां भागवतीं प्रीतः संहितां वेदसम्मिताम् ।। ४२ ।।
नेपाली भावानुवाद — हे महाराज! तिनै भगवान् व्यासले प्रसन्न भएर मलाई यो वेद समान भागवत संहिता सिकाउनुभयो ।।४२।।
इमां वक्ष्यत्यसौ सूत ऋषिभ्यो नैमिषालये । दीर्घसत्रे कुरुश्रेष्ठ सम्पृष्टः शौनकादिभिः ।। ४३ ।।
नेपाली भावानुवाद — हे कुरुश्रेष्ठ! पछि शौनकादि ऋषिहरूले सोधेपछि सुतजीले नैमिषारण्यको दीर्घ सत्रमा यही भागवत कथा सुनाउनुहुनेछ ।।४३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
द्वादशस्कन्धे चतुर्थोऽध्यायः ।। ४ ।।
No comments:
Post a Comment