श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – एकोनत्रिंशोऽध्यायः
प्राचीनबर्हिरुवाच –
(अनुष्टुप्)
भगवंस्ते वचोऽस्माभिः न सम्यक् अवगम्यते ।
कवयस्तद्विजानन्ति न वयं कर्ममोहिताः ॥ १ ॥
भगवन् ! मेरो बुझाईमा तपाईको वचनको अभिप्राय पुरारूपमा आउँदैन । विवेकी पुरुषले मात्र यसकोे तात्पर्य बुझ्न सक्छन् हामी कर्म मोहित जीवले सक्तैनौं ।।१।।
नारद उवाच –
पुरुषं पुरञ्जनं विद्याद् यद् व्यनक्त्यात्मनः पुरम् ।
एक द्वि त्रि चतुष्पादं बहुपादमपादकम् ॥ २ ॥
नारदजीले भने– राजन ! पुरन्जन र नगरको निर्माता जीव हो । जुन आफ्ना लागि तीन, चार, अथवा धेरै खुट्टा भएका बिना खुट्टाका शरीर रूप तयार गर्दछ ।।२।।
योऽविज्ञाताहृतस्तस्य पुरुषस्य सखेश्वरः ।
यन्न विज्ञायते पुम्भिः नामभिर्वा क्रियागुणैः ॥ ३ ॥
त्यस जीवको साथी जुन अविज्ञात नाम गरीएको छ त्यो इश्वर हो । किनकि कुनै पनि प्रकारको नाम, रूप अथवा कर्मले जीवलार्ई उसकोे बारेमा थाहा हुदैन ।।३।।
यदा जिघृक्षन् पुरुषः कार्त्स्न्येन प्रकृतेर्गुणान् ।
नवद्वारं द्विहस्ताङ्घ्रि तत्रामनुत साध्विति ॥ ४ ॥
जीवनमा जव सुख दुःख आदि सबै प्राकृत वस्तुको भोग्ने इच्छा हुन्छ तर अर्को शरीरको अपेक्षा नौद्वार, दुईहात, दुई खुट्टा को मानव शरीरलाई नै उत्तम मान्दछ ।।४।।
बुद्धिं तु प्रमदां विद्यान् ममाहमिति यत्कृतम् ।
यामधिष्ठाय देहेऽस्मिन् पुमान् भुङ्क्तेऽक्षभिर्गुणान् ॥ ५ ॥
बुध्दि अथवा अविद्यालार्ई नै तिमी पुरञ्जनी नामकी स्त्री जान । त्यसैले देह र इन्द्रिय आदिमा म र मेरो पनको भाव उत्पन्न हुन्छ र पुरुष यसैको आश्रय लिएर इन्द्रियद्वारा विषयको भोग भोग्दछ ।।५।।
सखाय इन्द्रियगणा ज्ञानं कर्म च यत्कृतम् ।
सख्यस्तद्वृत्तयः प्राणः पञ्चवृत्तिर्यथोरगः ॥ ॥ ६ ॥
दस इन्द्रिहरू नै उसकोे मित्र हो । जसबाट सबैप्रकारको ज्ञान र कर्म हुन्छ । इन्द्रियको वृध्दिहरु ब्यापार नै उसका सखी हुन हा र प्राण, अपान, व्यान, उदान, समानरूप पाँच वृत्तिहरूको प्राण वायुले नगर.को रक्षा गर्ने पाँच फणा भएको सर्प हो ।।६।।
बृहद्बलं मनो विद्याद् उभयेन्द्रियनायकम् ।
पञ्चालाः पञ्च विषया यन्मध्ये नवखं पुरम् ॥ ७ ॥
दुवै प्रकारको इन्द्रियको नायक मन नै एघारौं महावली योध्दा भनेर जान्नुपर्दछ । शव्दादि पाँच विषय पाञ्चाल देश हो , जसको बिचमा त्यो नौ ढोका भएको नगर बसेको छ ।।७।।
अक्षिणी नासिके कर्णौ मुखं शिश्नगुदौ इति ।
द्वे द्वे द्वारौ बहिर्याति यस्तद् इन्द्रियसंयुतः ॥ ८ ॥
त्यस सहरमा जुन एक एक ठाँउमा दुई दुई द्वार बताईएको छ त्यो दुई नेत्र, दुइ नाकका पोरा र दुई कानका प्वाल हुन । यसकोे साथ मुख, लिंग र गुदा यी तिन मिलाएर कूल नौढोका हुन्छ । यसैमा रहेर जीव इन्द्रियका साथ बाहिरि जीवलार्ई जान्दछ ।।८।।
अक्षिणी नासिके आस्यं इति पञ्च पुरः कृताः ।
दक्षिणा दक्षिणः कर्ण उत्तरा चोत्तरः स्मृतः ॥ ९ ॥
पश्चिमे इत्यधो द्वारौ गुदं शिश्नमिहोच्यते ।
खद्योताऽऽविर्मुखी चात्र नेत्रे एकत्र निर्मिते ।
रूपं विभ्राजितं ताभ्यां विचष्टे चक्षुषेश्वरः ॥ १० ॥
राजा प्राचीनवर्हिले भने–
यि पाँच पूर्वको ढोका हो जस्मा दाहिने कान पूर्वको देव्रेका कान उत्तरको ढोका भनि जान्नु पर्दछ ।। गुदा र लिंग यी तलका छिद्र पश्चिमका द्वार हुन, खद्योता र अर्भिमुखि नामका जुन दुई ढोका एकै स्थानमा बताईएको थियो त्यो नेत्र गोलोक हो । तथा रूप विभ्राजित नामको देश हो । जसले यस शरीरबाट चक्षु इन्द्रियको सहायताले अनुभव गर्दछ । (चक्षु इन्द्रियलार्ई नै पहिलो द्युमान नामको शाखा भनिएको छ) ।।१०।।
नलिनी नालिनी नासे गन्धः सौरभ उच्यते ।
घ्राणोऽवधूतो मुख्यास्यं विपणो वाग् रसविद्रसः ॥ ११ ॥
दुवै नाकको प्वाल नलिनी र नालिनी नामको द्वार हुन । र नाकको विषय गन्ध नै सौरभ देश हो त्यस्तै घ्राणेन्द्रिय अवधुत नामको मित्र हो । मुख्य मुख्या नामको ढोका हो तस्मा रहने वाक्शक्ति विपण हो र स्वादको अनुभव गर्ने रसना (जिभ्रो) रसज्ञ नामको मित्र हो ।।११।।
आपणो व्यवहारोऽत्र चित्रमन्धो बहूदनम् ।
पितृहूर्दक्षिणः कर्ण उत्तरो देवहूः स्मृतः ॥ १२ ॥
वाणी व्यापार बोल्नु आपण नामको देश हो विभिन्न अन्नहरू वहुदन देश हो । दाहिने कानलार्ई पितृहु र देव्रे कानलार्ई देवहु भनिएको हो ।।१२।।
प्रवृत्तं च निवृत्तं च शास्त्रं पञ्चालसंज्ञितम् ।
पितृयानं देवयानं श्रोत्रात् श्रुतधराद्व्रजेत् ॥ १३ ॥
कर्मकाण्डरूप प्रवृत्ति मार्गको शास्त्र क्रमशः दक्षिण र उत्तर पाञ्चाल देश हो । यसबाट श्रवणेन्द्रिय रूप श्रुतिधर मित्रको सहायताले सुनेर जीव क्रमशः पितृयान र देवयान मार्गमा जान्छ ।।१३।।
आसुरी मेढ्रमर्वाग्द्वाः व्यवायो ग्रामिणां रतिः ।
उपस्थो दुर्मदः प्रोक्तो निर्ऋतिर्गुद उच्यते ॥ १४ ॥
लिङ्ग नै आसुरी नामको पश्चिमी ढोका हो । स्त्री प्रसंग ग्रामक नामको देश हो । र लिङ्ग मा रहने उपस्थेन्द्रिय दुर्मद नामको मित्र हो । गुदा निऋति नामको पश्चिम ढोका हो ।।१४।।
वैशसं नरकं पायुः लुब्धकोऽन्धौ तु मे शृणु ।
हस्तपादौ पुमांस्ताभ्यां युक्तो याति करोति च ॥ १५ ॥
नरक वैशस नामको देश हो र गुदामा स्थित पायु इन्द्रिय लुव्धक नामको मित्र हो । यस बाहेक दुई पुरुष अन्धो बताइएको थियो त्यसको रहस्य सुन त्यो हात र खुट्टा हो । यसैको सहायताले जीव क्रमशः सबै काम गर्दछ । यताउती जान्छ ।।१५।।
अन्तःपुरं च हृदयं विषूचिर्मन उच्यते ।
तत्र मोहं प्रसादं वा हर्षं प्राप्नोति तद्गुणैः ॥ १६ ॥
हृदय अन्तःपुर हो, त्यसमा बस्ने मन नै विषुचि नामको प्रधान सेवक हो । जीव मनको सत्वादि गुणका कारण नै प्रसन्नता, हर्षरूप विकार अथावा मोह प्राप्त हुन्छ ।।१६।।
यथा यथा विक्रियते गुणाक्तो विकरोति वा ।
तथा तथोपद्रष्टात्मा तद्वृत्तीरनुकार्यते ॥ १७ ॥
बुध्दिरुप पुरञ्जनी जुनजुन प्रकार स्वप्नावस्थामा विकार प्राप्त हुन्छ र अरु जाग्रत अवस्थामा इन्द्रियादिलार्ई विकृत गर्दछ उसकोे गुणले लिप्त भएर आत्मा (जीव) पनि त्यसैरूपमा उसकोे. बृध्दिहरूको अनुकरण गर्न वाध्य हुन्छ । यद्यपि वस्तुतः त्यो उसकोे निर्विकार साक्षी मात्र हो ।।१७।।
देहो रथस्त्विन्द्रियाश्वः संवत्सररयोऽगतिः ।
द्विकर्मचक्रस्त्रिगुण ध्वजः पञ्चासुबन्धुरः ॥ १८ ॥
शरीर नै रथ हो त्यसमा पाँच ज्ञानेन्द्रिय रूप घोडाहरू जोतिएका छन । सम्बत्सरहरु आउनु जानु नै कालरुप रथको गति हो वेग हो । पुण्य र पाप यी दुवै प्रकारको कर्म नै उसकोे पांग्रा हो । तीन गुण ध्वजा हो । पाँच प्राण डोरी (बन्धन) हुन ।।१८।।
मनोरश्मिर्बुद्धिसूतो हृन्नीडो द्वन्द्वकूबरः ।
पञ्चेन्द्रियार्थप्रक्षेपः सप्तधातुवरूथकः ॥ १९ ॥
मन वाग्डोर हो । बुध्दि सारथी हो । हृदय बस्ने स्थान हो । सुख दुःखादि द्वन्द जुवा हुन । इन्द्रियको पाँच विषय त्यस्मा राखिएको शस्त्र हुन । र त्वचा आदि सात धातु उसकोे आवरण (पर्दा) हो ।।१९।।
आकूतिर्विक्रमो बाह्यो मृगतृष्णां प्रधावति ।
एकादशेन्द्रियचमूः पञ्चसूनाविनोदकृत् ॥ २० ॥
पाँच कर्मेन्द्रिय उसकोे पाँच प्रकारको गति हो । यस रथमा चढेर रथिरूप त्यो जीव मृगतृष्णाको समान मित्थ्याको विषय तिर लाग्दछ । एघार इन्द्रिय उसकोे सेना हो । तथा पाँच ज्ञानेन्द्रियद्वारा ती इन्द्रियको विषयलार्ई अन्याय पूर्वक ग्रहण गर्नु नै उसकोे सिकार खेल्नु हो ।।२०।।
संवत्सरश्चण्डवेगः कालो येनोपलक्षितः ।
तस्याहानीह गन्धर्वा गन्धर्व्यो रात्रयः स्मृताः ।
हरन्त्यायुः परिक्रान्त्या षष्ट्युत्तरशतत्रयम् ॥ २१ ॥
जसबाट कालको ज्ञान हुन्छ त्यो सम्वत्सर नै चण्डवेग नाम गरेको गन्धर्वराज हो । उसकोे अधिनमा जुन तीन सय साठी गन्धर्व बताइएको थियो त्यो तिनसय साठी दिन हो र तीनसय साठी रात्री हो । यो पटक पटक घुमोर मानिसको आयुमा हर्दछ ।।२१।।
कालकन्या जरा साक्षात् लोकस्तां नाभिनन्दति ।
स्वसारं जगृहे मृत्युः क्षयाय यवनेश्वरः ॥ २२ ॥
वृध्दवस्था नै साक्षात कालकन्या हो उसलार्र्ई कुनै पनि पुरुषले मन पराउँदैनन् । तव मृत्यु यवनराजले लोकको संहार गर्नाका लागि उसलार्र्ई बहिनी मानेर स्वीकार गरेको हो ।।२२।।
आधयो व्याधयस्तस्य सैनिका यवनाश्चराः ।
भूतोपसर्गाशुरयः प्रज्वारो द्विविधो ज्वरः ॥ २३ ॥
आधि (मानसिक क्लेश) ब्याधि (रोगादि शारीरिक कष्ट) नै यवनराजको पैदल हिड्ने शैनिक हुन् । प्राणीहरूमा पीडा पुर्याएर हिड्ने मृत्युको मुखमा लिएर जाने शीत र ताप दुइ प्रकारको प्रज्वार नामक उसको भाईहरू हुन ।।२३।।
एवं बहुविधैर्दुःखैः दैवभूतात्मसम्भवैः ।
क्लिश्यमानः शतं वर्षं देहे देही तमोवृतः ॥ २४ ॥
यसप्रकार देहाभिमानी जीव अज्ञानले आच्छादित भएर अनेक प्रकारको आधि भौतिक, आध्यात्मिक र आधिदैविक कष्ट भोगेर सय वर्षसम्म मानिसरूप शरीरमा पर्दछ ।।२४।।
प्राणेन्द्रियमनोधर्मान् आत्मन्यध्यस्य निर्गुणः ।
शेते कामलवान्ध्यायन् ममाहं इति कर्मकृत् ॥ २५ ॥
वस्तुतः उ निर्गुण हो तर प्राण, इन्द्रिय र मनको धर्मलार्ई आफुमा आरोपित गरेर म र मेरो पनको अभिमानले बाँधिएर क्षुद्र विषयको चिन्तन गरेर अनेक कर्महरू गर्दछ ।।२५।।
यद् आत्मानं अविज्ञाय भगवन्तं परं गुरुम् ।
पुरुषस्तु विषज्जेत गुणेषु प्रकृतेः स्वदृक् ॥ २६ ॥
जीव यद्यपि स्वयंप्रकाशहो तापनि जवसम्म सबका परमगुरु अत्मस्वरूप श्री भगवानको स्वरूपलार्ई जान्दैन तव सम्म प्रकिृतिको गुणमा नै बाधिन्छि ।।२६।।
गुणाभिमानी स तदा कर्माणि कुरुतेऽवशः ।
शुक्लं कृष्णं लोहितं वा यथाकर्माभिजायते ॥ २७ ॥
त्यस गुणको अभिमानि हुनाले त्यो विवश भएर सात्विक, राजस र तामस कर्महरू गर्दछ । अनि कर्म अनुसार विभिन्न योनीमा जन्म लिन्छ ।।२७।।
शुक्लात् प्रकाशभूयिष्ठान् लोकान् आप्नोति कर्हिचित् ।
दुःखोदर्कान् क्रियायासान् तमःशोकोत्कटान् क्वचित् ॥ २८ ॥
त्यो सात्विक कर्मद्वारा कहिले स्वर्गलोक प्राप्त गर्दछ, कहिले राजसी कर्मद्वारा दुःखमय रजोगुणी लोक जान्छ, जहाँ उसलार्र्ई अनेकौ किसिमका कामको क्लेश उठाउनु पर्दछ भने कहिले तमोगुणी कर्मद्वारा शोक वहुल तमोमयी योनिमा जन्म लिन्छ ।।२८।।
क्वचित् पुमान् क्वचिच्च स्त्री क्वचिद् नोभयमन्धधीः ।
देवो मनुष्यस्तिर्यग्वा यथाकर्मगुणं भवः ॥ २९ ॥
यसप्रकार आफ्नो कर्म र गुण अनुसार देवयोनि, मनुस्य योनि अथवा पशुपक्षी योनिमा जन्म लिएर त्यो अज्ञानान्ध जीव कहिले पुरुष कहिले स्त्री र कहिले नपुषक हुन्छ ।।२९।।
क्षुत्परीतो यथा दीनः सारमेयो गृहं गृहम् ।
चरन्विन्दति यद्दिष्टं दण्डमोदनमेव वा ॥ ३० ॥
तथा कामाशयो जीव उच्चावचपथा भ्रमन् ।
उपर्यधो वा मध्ये वा याति दिष्टं प्रियाप्रियम् ॥ ३१ ॥
जसरी भोकले ब्याकुल भएर विचरा कुकुर यताउती भड्कीएर आफ्नु प्रारव्ध अनुसार कहिले डण्डा खान्छ कहिले भात खान्छ, त्यसैगरी जीव अनेकप्रकारको वासनाहरू लिएर उच, निच मार्गद्वारा तल माथि अथवा माझको लोकमा भड्किएर आफ्नो कर्म अनुसारको सुख दुःख भोग्दछ ।।३०।३१।।
दुःखेष्वेकतरेणापि दैवभूतात्महेतुषु ।
जीवस्य न व्यवच्छेदः स्यात् चेत् तत्तत् प्रतिक्रिया ॥ ३२ ॥
आधिदैविक, आधिभौतिक र आध्यात्मिक यि तीनप्रकारको दुःखमद्धे एउटाले कहिले पनि छोड्दैन यदि छुटकारा पाइयो भने भनेता उसकोे तात्कालिन निवृत्ति नै भयो ।।३२।।
यथा हि पुरुषो भारं शिरसा गुरुमुद्वहन् ।
तं स्कन्धेन स आधत्ते तथा सर्वाः प्रतिक्रियाः ॥ ३३ ॥
त्यो यस्तो हो जसरी टाउकोमा भारी लिएर जाँदा टाउकोलाई पीडा हुँदा काँधमा राखिन्छ भने त्यतिबेला काउको को पीडा काँधमा सर्दछ तर पीडाले छोड्दैन । यसरी सबै प्रतिक्रिया जान्नु पर्दछ । यदि कुनै उपायले मानिस यसप्रकार दुःखबाट छुटकारा पाउँछ भने अर्को दुःख आएर उसकोे सिरमा बस्दछ ।।३३।।
नैकान्ततः प्रतीकारः कर्मणां कर्म केवलम् ।
द्वयं ह्यविद्योपसृतं स्वप्ने स्वप्न इवानघ ॥ ३४ ॥
सुध्द हृदय राजन ! जसरी सपनामा देखिने अर्को सपना बराबरी भए पनि एउटा सपना अर्को सपना छुट्ने उपाय हुदैन त्यसरी नै कर्मफल भोगबाट सधैंका लागि छुट्टिने उपाय केवल कर्म हुन सक्तैन । किनकि कर्म र कर्मफल दुवै नै अविद्यायुक्त हुन ।।३४।।
अर्थे हि अविद्यमानेऽपि संसृतिर्न निवर्तते ।
मनसा लिङ्गरूपेण स्वप्ने विचरतो यथा ॥ ३५ ॥
जसरी स्वप्नावस्थामा आफ्नो मनोमय लिङ्ग शरीरले विचार गरीरहेको प्राणीको सपनाको पदार्थ नभएर पनि हो जस्तो हुन्छ । त्यसैगरी यो दृष्य पदार्थहरू वास्तवमा नभएर पनि जवसम्म यो अज्ञानरूपी निद्रा छुट्दैन रहिरहन्छ र जीवले यो जन्ममरणरूप संसारबाट छ्ट्कारा पाउँदैन । त्यसैले यसकोे आत्यान्तिक निवृतिको उपाय एकमात्र आत्मज्ञान हो ।।३५।।
अथात्मनोऽर्थभूतस्य यतोऽनर्थपरंपरा ।
संसृतिस्तद्व्यवच्छेदो भक्त्या परमया गुरौ ॥ ३६ ॥
राजन ! जुन अविद्याका कारण पदार्थ स्वरूप आत्मालार्ई यो जन्म मरणरूप अनर्थ परम्परा प्राप्त भएको छ त्यसकोे निवृत्ति गुण स्वरूप श्रीहरि मा सुदृढ भक्तिले हुन्छ ।।३६।।
वासुदेवे भगवति भक्तियोगः समाहितः ।
सध्रीचीनेन वैराग्यं ज्ञानं च जनयिष्यति ॥ ३७ ॥
भगवान् वासुदेवमा एकाग्र पुर्वक सम्यक प्रकार बाट गरीएको भक्तिभावले ज्ञान र वैराज्ञको उदय गरीदिन्छ ।।३७।।
सोऽचिराद् एव राजर्षे स्याद् अच्युतकथाश्रयः ।
श्रृण्वतः श्रद्दधानस्य नित्यदा स्यादधीयतः ॥ ३८ ॥
राजर्षि ! यो भक्तिभाव भगवानका् कथाहरूमा आश्रित हुन्छ त्यसैले जसले श्रध्दापूर्वक प्रतिदिन सुन्दछ अथवा पढ्दछ उसले चाढैं नै त्यो भक्तिभाव प्राप्त गर्दछ ।।३८।।
यत्र भागवता राजन्साधवो विशदाशयाः ।
भगवद्गुणानुकथन श्रवणव्यग्रचेतसः ॥ ३९ ॥
(इंद्रवज्रा)
तस्मिन्महन्मुखरिता मधुभिच्चरित्र
पीयूषशेषसरितः परितः स्रवन्ति ।
ता ये पिबन्त्यवितृषो नृप गाढकर्णैः
तान्न स्पृशन्त्यशनतृड्भयशोकमोहाः ॥ ४० ॥
राजन ! जहाँ भगवानका गुणहरू भन्ने र सुन्ने विशुध्दचित्त भक्तहरू रहन्छन, त्यस्तो भक्त समाजमा महापुरुषको मुखबाट निक्लिएको मदुसुदन भगवानको चरित्ररूप सुध्द अमृतको अनेकौ नदीहरू बगिरहन्छन् । जो मानिस अतृप्तचित्तले श्रवणमा निरन्तर आफ्नो कर्णक्ट द्वारा त्यो अमृत पान गर्दछ भने उसलार्ई भोक प्यास, भय, शोक र मोह आदि कुनै कुराले पनि वाधा पुर्याउन सक्तैन ।।३९।४०।।
(अनुष्टुप्)
एतैरुपद्रुतो नित्यं जीवलोकः स्वभावजैः ।
न करोति हरेर्नूनं कथामृतनिधौ रतिम् ॥ ४१ ॥
अहो ! स्वभावतः प्राप्त हुने त्यस सुधालाई पिपासादि वाधाहरूले सधैं घेरिएका जीव समुदायले श्रीहरिको कथामृत सिन्धुलार्ई प्रेम गर्दैन ।।४१।।
प्रजापतिपतिः साक्षाद् भगवान् गिरिशो मनुः ।
दक्षादयः प्रजाध्यक्षा नैष्ठिकाः सनकादयः ॥ ४२ ॥
मरीचिः अत्रि अङ्गिरसौ पुलस्त्यः पुलहः क्रतुः ।
भृगुर्वसिष्ठ इत्येते मदन्ता ब्रह्मवादिनः ॥ ४३ ॥
अद्यापि वाचस्पतयः तपोविद्यासमाधिभिः ।
पश्यन्तोऽपि न पश्यन्ति पश्यन्तं परमेश्वरम् ॥ ४४ ॥
अरुको त के कुरा भयो र साक्षत प्रजापतिहरूका पति ब्रम्हाजी, भगवान् शंकर, स्वायम्भूव मनु, दक्षादि प्रजापतिहरू, सनकादि नैष्ठिक ब्रम्हचारी, मरिचि, अत्रि, अंङ्गिरा, पुलह, क्रतु, भृगु, बसिष्ठ र म–यी जति ब्रम्हवादि मुनिहरू छन उनीहरू वाङ्गमयको अधिपति भएर पनि तप उपासना र समाधिबाट खोज्दा पनि हार खाएका छन् र वहाँँ सर्वसाक्षी परमेश्वरलार्ई आज सम्म देख्न सकेका छैनन ।।४२।।४४।।
शब्दब्रह्मणि दुष्पारे चरन्त उरुविस्तरे ।
मन्त्रलिङ्गैः व्यवच्छिन्नं भजन्तो न विदुः परम् ॥ ४५ ॥
वेद पनि अत्यन्त विस्तृत छ त्यसवाट पार पाउनु हाँसी मज्जाको कुरा हो । अनेकौ महानुभावहरूले आलोचना गरेर मन्त्रमा बताएका वज्रहस्त्वादि गुणले युक्त इन्द्रादि देवताहरूको रूपले भिन्न भिन्न कर्मद्वारा त्यस परमात्माको यजन गर्दछन् । तापनि उसकोे स्वरूपको बारेमा जान्दैनन ।।४५।।
यदा यस्य अनुगृह्णाति भगवान् आत्मभावितः ।
स जहाति मतिं लोके वेदे च परिनिष्ठिताम् ॥ ४६ ॥
हृदयमा वारम्वार चिन्तन गर्नाले भगवान्ले जुन समयमा जीवहहरू मथि कृपा गर्दछन, त्यसरी नै त्यो लौकिक ब्यवहारिक एवं वैदिक कर्ममार्गको वध्दमूल आस्थाबाट छट्टकारा पाउँदछ ।।४७।।
तस्मात्कर्मसु बर्हिष्मन् अज्ञानात् अर्थकाशिषु ।
मार्थदृष्टिं कृथाः श्रोत्र स्पर्शिष्वस्पृष्टवस्तुषु ॥ ४७ ॥
वर्हिष्मन ! तिमी यस कर्ममा वुध्दि नलगाउ, यो सुन्नमा प्योरो लाग्दछ परमार्थको त स्पर्श पनि गर्दैन । यो जुन परमार्थवत देखिन्छ । यसकोे केवल अज्ञान नै कारण हो ।।४७।।
स्वं लोकं न विदुस्ते वै यत्र देवो जनार्दनः ।
आहुर्धूम्रधियो वेदं सकर्मकमतद्विदः ॥ ४८ ॥
जो भलिभाँती कर्मवादि व्यक्ति वेदलार्ई कर्मपरक बताउँदछन् उनीहरू वास्तवमा त्यसकोे मर्म जान्दैनन । यसकोे कारण यो हो कि त्यो आफ्नो स्वरूपभूत लोक (आत्मतत्व) लार्ई जान्दैनन । वहाँँ साक्षात श्री जनार्दन भगवान् विराजमान हुनुहुन्छ ।।४८।।
आस्तीर्य दर्भैः प्रागग्रैः कार्त्स्न्येन क्षितिमण्डलम् ।
स्तब्धो बृहद् वधात् मानी कर्म नावैषि यत्परम् ।
तत्कर्म हरितोषं यत् सा विद्या तन्मतिर्यया ॥ ४९ ॥
पूर्वतिर टुप्पो भएको कुशले सम्पूर्ण भूमण्डललार्ई ढाकिदिनाले तथा अनेकौ पशुहरूलार्ई मारेर यज्ञ गर्नाले तिमी ठुलो कर्माभिमानी हुँ भन्ने भएको छ । तर वास्तवमा तिमीलाई कर्म अथवा उपासना रहस्यको बारेमा केहि थाहा छैन । वास्तवमा कर्म त त्यहि हो जसबाट श्रीहरिलार्ई प्रसन्न गराउन सकिन्छ । र विद्या पनि त्यहि हो जसबाट भगवान्मा चित्त लागोस ।।४९।।
हरिर्देहभृतामात्मा स्वयं प्रकृतिरीश्वरः ।
तत्पादमूलं शरणं यतः क्षेमो नृणामिह ॥ ५० ॥
श्रीहरि सम्पूर्ण देहधारीहरूको आत्मा, नियामक, र स्वतन्त्र कारण हो, त्यसैले वहाँको चरणतल नै मानिसको एकमात्र आश्रय हो । वहाँँ बाटै संसारका सबै जीवको कल्याण हुन्छ ।।५०।।
स वै प्रियतमश्चात्मा यतो न भयमण्वपि ।
इति वेद स वै विद्वान् यो विद्वान् स गुरुर्हरिः ॥ ५१ ॥
जसबाट कसै प्रति पनि अणुमात्र पनि डर हुदैन त्यहि नै उसकोे पृयत्तम आत्मा हो, यस्तो जसले जान्दछ उहि ज्ञानी हो र जो ज्ञानी हो उहि नै साक्षात श्रीहरि हुन । ।५१।।
नारद उवाच –
प्रश्न एवं हि सञ्छिन्नो भवतः पुरुषर्षभ ।
अत्र मे वदतो गुह्यं निशामय सुनिश्चितम् ॥ ५२ ॥
नरदजी भन्दछन–
पुरुश्रेष्ठ यहाँ सम्म जे जति भनियो त्यसबाट तिम्रो प्रश्नको उत्तर मिलेको छ अव भलिभाँति निश्चित गरीएका गुप्त साधन बताउँछु ध्यान दिएर सुन ।।५२।।
(वसंततिलका)
क्षुद्रं चरं सुमनसां शरणे मिथित्वा
रक्तं षडङ्घ्रिगणसामसु लुब्धकर्णम् ।
अग्रे वृकान् असुतृपोऽविगणय्य यान्तं
पृष्ठे मृगं मृगय लुब्धकबाणभिन्नम् ॥ ५३ ॥
पुष्प वाटिकामा आफ्नी हरिणीका साथ विहाँर गर्ने एउटा हरिण मस्त घुमिरहेको छ । त्यो दुवो आदि मसिनो अंकुरमा चरिरहेको छ ।उसकोे कानमा भ्रमराहरूको मधुर आवाज गुञ्जिरहेको छ । उसको अगाडि अरुलार्ई मारेर पेट पाल्ने हुडारहरुले भेडा माथि आँखा लगाएर उभिएको छ र पछाडिबाट सिकारी ब्याधाले मार्नका ेलागि उसलार्र्ई वाण छोड्यो । तर हरिण यति मस्त छ कि उसले कुनै कुरा थाहा पाएको छैन । एकपटक त्यस हरिणको दशामा विचार गर ।।५३।।
(भृंगनाद)
अस्यार्थः ( सुमनःसमधर्मणां स्त्रीणां शरण आश्रमे
पुष्पमधु गन्धवत् क्षुद्रतमं । काम्यकर्मविपाकजं
कामसुखलवं जैह्व्यौपस्थ्यादि विचिन्वन्तं मिथुनीभूय
तद् अभिनिवेशित मनसं । षडङ्घ्रिगण सामगीतवत्
अतिमनोहर वनितादि जन आलापेषु अतितरां अति
प्रलोभित कर्णमग्रे । वृकयूथवदात्मन आयुर्हरतो
अहोरात्रान् तान् काल लव विशेषान् अविगणय्य
गृहेषु विहरन्तं पृष्ठत एव । परोक्षमनुप्रवृत्तो लुब्धकः
कृतान्तोऽन्तः शरेण यमिह पराविध्यति तं इमं
आत्मानमहो । राजन् भिन्नहृदयं द्रष्टुमर्हसीति ॥ ५४ ॥
राजन ! यस रूपकको आशय सुन । यो मृतप्राय हरिण तिमीनै हौ । तिमी आफ्नो दशा प्रति विचार गर । फूल झैं यी स्त्रीहरू केवल हेर्नमा राम्रा छन् । यी स्त्रीहरू रहने घर पनि पुष्प वाटिका हो । यस्मा रहेर तिमी फूलको मह र गन्ध समान छुद्र सकाम कर्मको फलरूप जीव्रो र जनेन्द्रियलाई प्यारो लाग्ने भोजन तथा स्त्रीसंग आदिको तुच्छ भोगलार्ई खोजिरहेका छौ, स्त्रीहरूले घेरिएको छौ र आफ्नो मन पनि उनीहरूमै फसाएका छौ । स्त्री पुत्रको प्यारो भाषण नै भ्रमराको मिठो गुञ्जार हो । तिम्रो कान त्यसैमा आशक्त भएको छ । अगाडि भेडाहरूको वथान समान कालको अंश दिन र रात तिम्रोको आयुलार्ई छोट्याईरहेका छन तर तिमी त्यसलार्ई कुनै परवाह नगरी गृहस्थीको सुखमा नै मस्त भएका छौ । तिम्रो पछि गुपचुप लागेका शिकारी काल आफ्नो टाढाबाट लुकाएको वाणले तिम्रो हृदयलार्ई विघ्न पारिरहेको छ ।।५४।।
स त्वं विचक्ष्य मृगचेष्टितमात्मनोऽन्तः
चित्तं नियच्छ हृदि कर्णधुनीं च चित्ते ।
जह्यङ्गनाश्रममसत् तमयूथगाथं
प्रीणीहि हंसशरणं विरम क्रमेण ॥ ५५ ॥
यसप्रकार आफुलार्ई मृगको स्थितिमा देखेर तिमी आफ्नो चित्तलार्ई हृदय भित्र निरुध्द गर र नदीको जसरी प्रभावित भएको श्रवणेन्द्रियको बाहिरी बृत्तिलार्ई चित्तमा स्थापित गर । जहाँ कामी पुरुषको चर्चा भइरहन्छ त्यस गृहाश्रमलार्ई छोडेर परमांशको आश्रय श्रीहरिलार्ई प्रशन्न गर र क्रमशः सबै विषयबाट टाढा होउ ।।५५।।
राजोवाच –
(अनुष्टुप्)
श्रुतमन्वीक्षितं ब्रह्मन् भगवान् यदभाषत ।
नैतज्जानन्ति उपाध्यायाः किं न ब्रूयुर्विदुर्यदि ॥ ५६ ॥
भगवन् ! तपाई म माथि कृपा गरेर जुन उपदेश दिनुभयो त्यसलार्ई मैले सुनेर त्यसमा विशेषरूपले बिचार पनि गरें । मलार्ई कर्मको उपदेश दिने आचार्यले निश्चय नै ज्ञानका विषयमा जान्दैन थिए । यदि उनीहरुले यस विषयमा जान्दथे भने मलार्ई किन उपदेश गर्दैन थिए ।।५६।।
संशयोऽत्र तु मे विप्र सञ्छिन्नस्तत्कृतो महान् ।
ऋषयोऽपि हि मुह्यन्ति यत्र नेन्द्रियवृत्तयः ॥ ५७ ॥
विप्रवर ! मेरा उपाध्यायले आत्मतत्वको विषयमा मेरो हृदयमा जुन ठुलो संशय खडा गरीदिएका थिए त्यसलार्ई तपाईले पुरैरूपमा काटिदिनुभयो । यस बिषयमा इन्द्रियको गति नहुनाले गर्दा मन्त्र द्रष्टा ऋषिहरूलार्ई पनि मोह हुन्छ ।।५७।।
कर्माण्यारभते येन पुमानिह विहाय तम् ।
अमुत्रान्येन देहेन जुष्टानि स यदश्नुते ॥ ५८ ॥
इति वेदविदां वादः श्रूयते तत्र तत्र ह ।
कर्म यत्क्रियते प्रोक्तं परोक्षं न प्रकाशते ॥ ५९ ॥
वेदवादिहरूले भनेका छन् कि पुरुष यस लोकमा जसद्वारा कर्म गर्दछ त्यस स्थूल शरीरलार्ई यहिं छाडेर परलोकमा कर्मद्वारा बनेको अर्को देहमा त्यसकोे फल भोग्दछ तर यो कुरा कसरी हुन सक्दछ (किनकि त्यो कर्मको कर्ता स्थूल शरीर यहिं नाश हुन्छ) यस बाहेक जुनजुन कर्म यहाँ गरीन्छ त्यो त अदृश्य भइहाल्छ अनि त्यो परलोकमा फल दिन कसरी प्रकट हुन सक्लान ।।५८।।५९।।
नारद उवाच –
येनैवारभते कर्म तेनैवामुत्र तत्पुमान् ।
भुङ्क्ते हि अव्यवधानेन लिङ्गेन मनसा स्वयम् ॥ ६० ॥
नारदजीले भने– राजन ! स्थूल शरीर त लिङ्ग शरीरको अधिनमा हुन्छ त्यसैले कर्मको उत्तरदायित्व पनि उसैमा हुन्छ जुन मन प्रधान लिङ्ग शरीरको सहायताले मानिस कर्म गर्दछ त्यो त मरेपछि पनि उसकोे साथै रहन्छ । त्यसैले परलोकमा अपरोक्ष रूपले स्वयं त्यसैद्वारा त्यसकोे फल भोग्दछ ।।६०।।
शयानं इमं उत्सृज्य श्वसन्तं पुरुषो यथा ।
कर्मात्मन्याहितं भुङ्क्ते तादृशेनेतरेण वा । ॥ ६१ ॥
राजा प्राचीनवर्हिले भने–
जसरी स्वप्नावस्थामा मानिस त्यस जीवित शरीरको अभिमान छाडिदिन्छ तर त्यस समान अथवा त्यसबाट भिन्न प्रकारको पशु पक्षी आदि शरीरबाट उ मनमा संस्काररूपले स्थित कर्मको फल भोग्दछ ।।६१।।
ममैते मनसा यद्यद् असौ अहं इति ब्रुवन् ।
गृह्णीयात् तत्पुमान् राद्धं कर्म येन पुनर्भवः ॥ ६२ ॥
त्यस मनद्वार जीव जुन स्त्री पुत्रादिलार्ई यो मेरो हो र देहादिलार्ई यो म हुँ भन्छ भने उसले. गरेका पाप पुण्यादि कर्मलार्ई पनि उ आफैमा लिएर जान्छ र त्यसैको कारणले गर्दा उसले ब्यर्थमा पुनः जन्म लिनुपर्छ ।।६२।।
यथानुमीयते चित्तं उभयैरिन्द्रियेहितैः ।
एवं प्राग्देहजं कर्म लक्ष्यते चित्तवृत्तिभिः ॥ ६३ ॥
नानुभूतं क्व चानेन देहेनादृष्टमश्रुतम् ।
कदाचिद् उपलभ्येत यद् रूपं यादृगात्मनि ॥ ६४ ॥
कहिले कहिं देखिन्छ कि जुन वस्तुको यस शरीरमा कुनै अनुभव गरीदैन जसलार्ई न कहिल्यै देखिएको हुन्छ न सुनिएको नै हुन्छ । त्यसलाई सपनामा त्या जस्ताको त्यस्तै अनुभव हुन्छ ।।६४।।
तेनास्य तादृशं राजन् लिङ्गिनो देहसम्भवम् ।
श्रद्धत्स्वाननुभूतोऽर्थो न मनः स्प्रष्टुमर्हति ॥ ६५ ॥
राजन ! तिमी निश्चय मानकि लिङ्गदेहको अभिमानि जीवलार्ई उसकोे अनुभव पूर्वजन्ममा भैसकेको छ । किनकि जुन वस्तुको पहिले अनुभव हुदैन त्यसकोे मनमा वासना पनि हुदैन ।।६५।।
मन एव मनुष्यस्य पूर्वरूपाणि शंसति ।
भविष्यतश्च भद्रं ते तथैव न भविष्यतः ॥ ६६ ॥
राजन ! तिम्रो कल्याण होस । मनले नै मानिसको पूर्वरूपको तथा भावि शरीरादिलाई प्रकट गर्दछ र जसकोे भावि जन्म हुनेवाला छैन ती तत्ववेत्ताहरूको विदेह मुक्तिको पत्तो पनि उसकोे मनदरा नै लाग्दछ ।।६६।।
अदृष्टमश्रुतं चात्र क्वचित् मनसि दृश्यते ।
यथा तथानुमन्तव्यं देशकालक्रियाश्रयम् ॥ ६७ ॥
कहिलेकहिं स्वपनामा देश, काल अथवा क्रिया सम्बन्धि यस्तो कुरा पनि देखिन्छ जुन पहिले कहिल्यै देखेको वा सुनेको हुदैन । (जस्तो पर्वतको टुप्पामा समुद्र, दिनमा तारा अथवा आफ्नो शिर काटिएको देखिने इत्यादि) यस्तो देखिनुमा निद्रा दोषको नै कारण मान्नुपर्दछ ।।६७।।
सर्वे क्रमानुरोधेन मनसीन्द्रियगोचराः ।
आयान्ति बहुशो यान्ति सर्वे समनसो जनाः ॥ ६८ ॥
मनका अगाडि इन्द्रियबाट अनुभव हुने योग्य पदार्थ नै भोगरूपमा पटक पटक आउँदछ र भोग समाप्ति भएपछि भाग्दछ । यस्तो कुनै पदार्थ आउँदैन जसकोे इन्द्रियबाट अनुभव हुनु नसकोस । यसकोे कारण यहिँ हो कि सबै जीव मन सहित हो ।।६८।।
सत्त्वैकनिष्ठे मनसि भगवत्पार्श्ववर्तिनि ।
तमश्चन्द्रमसीवेदं उपरज्यावभासते ॥ ६९ ॥
यदि कुनै समय भगवानको चिन्तामा लागेको मन विशुध्द सत्वमा स्थित भयो भने त त्यसमा भगवानको संसर्ग हुनाको कारण एक सत्यबाट समस्त विश्वको पनि भान हुन्छ । जसरी राहुको दृष्टि को विषय नहुदा पनि ग्रहणको समयमा चन्द्रमाको संसर्गले देखिने हुन्छ ।।६९।।
नाहं ममेति भावोऽयं पुरुषे व्यवधीयते ।
यावद्बुद्धिमनोऽक्षार्थ गुणव्यूहो ह्यनादिमान् ॥ ७० ॥
राजन ! जवसम्म गुणको परिणाम एवं बुध्दि मन इन्द्रिय र शव्दादि विषयको संघात यो अनादि लिङ्ग देह वर्तमान रहन्छ, त्यसबेला सम्म जीवको भित्र स्थूल देहको प्रति म र मेरो यस्तो भावको अभाव हुन सक्तैन ।।७०।।
सुप्तिमूर्च्छोपतापेषु प्राणायनविघाततः ।
नेहतेऽहमिति ज्ञानं मृत्युप्रज्वारयोरपि ॥ ७१ ॥
सुषुप्ति, मुर्छा अत्यन्त दुःख तथा मृत्यु र तीव्र ज्वरादि को समयमा पनि इन्द्रियहरूको व्याकुलताका कारण म र मेरो पनको स्पष्ट प्रतीति हुदैन तर त्यस समयमा पनि सुक्ष्मरुपले अभिमान चाँहि रहिरहन्छ ।।७१।।
गर्भे बाल्येऽप्यपौष्कल्याद् एकादशविधं तदा ।
लिङ्गं न दृश्यते यूनः कुह्वां चन्द्रमसो यथा ॥ ७२ ॥
जसप्रकार आंैसीको रात्रीमा चन्द्रमा रहदा पनि देख्न सकिदैन त्यसैप्रकार युवावस्थामा स्पष्ट प्रतीत हुने यो एकादश इन्द्रिय विशिष्ट लिङ्ग शरीर गर्भावस्थामा र वल्यकालमा रहेर पनि इन्द्रियको पूर्ण विकाश नभएका कारण प्रतीत हुदैन ।।७२।।
अर्थे हि अविद्यमानेऽपि संसृतिर्न निवर्तते ।
ध्यायतो विषयानस्य स्वप्नेऽनर्थागमो यथा ॥ ७३ ॥
जसरी सपनामा कुनै वस्तुको अस्तित्व नहुदा पनि नब्युझे सम्म स्वप्न जनित अन्यर्थको निवृति हुदैन, त्यसैप्रकार सांसारिक वस्तु यद्यपि असत हो तर पनि अविद्यावश जीव त्यसलार्ई चिन्तन गरीरहन्छ, त्यसैले उ जन्म मरणको बन्धनबाट छुटकारा पाउँदैन ।।७३।।
एवं पञ्चविधं लिङ्गं त्रिवृत्षोडश विस्तृतम् ।
एष चेतनया युक्तो जीव इत्यभिधीयते ॥ ७४ ॥
यसप्रकार पञ्चतन्मात्राले बनेको तथ सोह्र तत्वको रूपमा विकशित यो त्रिगुणमयि संघात नै लिङ्ग शरीर हो । यहि चेतन शक्तिले युक्त भएर जीव भनिन्छ ।।७४।।
अनेन पुरुषो देहान् उपादत्ते विमुञ्चति ।
हर्षं शोकं भयं दुःखं सुखं चानेन विन्दति ॥ ७५ ॥
यसै द्वारा पुरुष भिन्न भिन्न देहलार्ई ग्रहण गर्दछ र त्याग्दछ । यसैबाट उसलार्ई हर्ष, शोक, भय, दुख र सुखको पनि अनुभव हुन्छ ।।७५।।
यथा तृणजलूकेयं नापयात्यपयाति च ।
न त्यजेन्म्रियमाणोऽपि प्राग्देहाभिमतिं जनः ॥ ७६ ॥
अदृष्टं दृष्टवन्नङ्क्षेद्भूतं स्वप्नवदन्यथा ।
भूतं भवद्भविष्यच्च सुप्तं सर्वरहोरहः ॥ ७७ ॥
यावदन्यं न विन्देत व्यवधानेन कर्मणाम् ।
मन एव मनुष्येन्द्र भूतानां भवभावनम् ॥ ७७ ॥
जस प्रकार घाँसमा रहने जुकाले जवसम्म अर्कौ अर्को घाँसलार्ई पक्रदैन तवसम्म पहिलेको घाँसलाई छोड्दैन । त्यसै गरी जीव मरण समय आउँदा पनि पूर्व शरिरको आरम्भमा गरिएको कर्मको समाप्ति हुंदापनि स्थूल शरीर छाडे पनि तवसम्म पहिलो शरीरको अभिमानलार्ई छोड्दैन जबसम्म अर्को शरीर प्राप्त गर्दैन । राजन ! यो मन प्रधान लिङ्गशरीर नै जीवको जन्मादिको कारण हो ।।७६।७७।।
यदाक्षैश्चरितान् ध्यायन् कर्माण्याचिनुतेऽसकृत् ।
सति कर्मण्यविद्यायां बन्धः कर्मण्यनात्मनः ॥ ७८ ॥
जीव जव इन्द्रिय जनित भोगको चिन्तन गरेर पटक पटक त्यसैकालािग काम गर्दछ तव त्यस कर्ममा रहनाले अविद्यावश त्यो देहादि कर्ममा बाधिन्छ ।।७८।।
अतस्तद् अपवादार्थं भज सर्वात्मना हरिम् ।
पश्यन् तदात्मकं विश्वं स्थित्युत्पत्त्यप्यया यतः ॥ ७९ ॥
त्यसैले यस कर्मबन्धनबाट छुटकारा पाउँनको लागि सम्पूर्ण विश्वलार्ई भगवानरूप देखेर सबप्रकारले श्रीहरिको भजन गर । उनैबाट विश्वको उत्पत्ति, स्थिति र अन्त्यमा लय हुन्छ ।।७९।।
मैत्रेयजीले भने–
मैत्रेय उवाच –
भागवतमुख्यो भगवान् नारदो हंसयोर्गतिम् ।
प्रदर्श्य ह्यमुमामन्त्र्य सिद्धलोकं ततोऽगमत् ॥ ८० ॥
विदुरजी ! भक्तश्रेष्ठ श्री नारदजीले राजा प्राचीनबर्हिलार्ई जीवर इश्वरको स्वरूपको दिग्दर्शन गराए त्यसपछि उनीहरूबाट बिदाभएर सिध्दलोकमा गए ।।८०।।
प्राचीनबर्ही राजर्षिः प्रजासर्गाभिरक्षणे ।
आदिश्य पुत्रानगमत् तपसे कपिलाश्रमम् ॥ ८१ ॥
तब राजर्षि प्रचिनबर्हि पनि प्रजापलनको भार आफ्ना छोराहरूलार्ई सुम्पेर तपस्या गर्नका लागि कपिलाश्रम तिर लागे ।।८१।।
तत्रैकाग्रमना धीरो गोविन्द चरणाम्बुजम् ।
विमुक्तसङ्गोऽनुभजन् भक्त्या तत्साम्यतामगात् ॥ ८२ ॥
त्यहाँ ती वीरश्रेष्ठले सबै विषयहरूको आशक्तिलार्ई छाडेर एकाग्रमनले भक्तिपूर्वक श्रीहरिको चरणकमलको चिन्तन गरेर सारूपयपद प्राप्त गरे ।।८२।।
एतदध्यात्मपारोक्ष्यं गीतं देवर्षिणानघ ।
यः श्रावयेत् यः श्रृणुयात् स लिङ्गेन विमुच्यते ॥ ८३ ॥
निष्पाप विदुरजी ! देवर्षि नारदले परोक्षरूपले भनेका यस आत्मज्ञानलार्ई जुन पुरुषले सुन्दछ अथवा सुनाउँदछ त्यो चाँडै नै लिङ्ग देहबाट छुटकारा पाउँछ ।।८३।।
(वसंततिलका)
एतन्मुकुन्दयशसा भुवनं पुनानं
देवर्षिवर्यमुखनिःसृतमात्मशौचम् ।
यः कीर्त्यमानमधिगच्छति पारमेष्ठ्यं
नास्मिन् भवे भ्रमति मुक्तसमस्तबन्धः ॥ ८४ ॥
देवर्षि नारदको मुखबाट निक्लिएको यो आत्मज्ञान भगवान् मुकुन्दको यसमा सम्बन्ध भएका कारण तीनै लोकलार्ई पवित्र गराउँने, अन्तःकरणलार्ई अथवा परमात्मपद प्रकाशित गराउँने वाला हो । जो पुरुष यो कथा सुन्दछ त्यो सबै बन्धनबाट मुक्त हुन्छ र फेरी उसले यस संसार चक्रमा आउँनु पर्दैन ।।८४।।
(अनुष्टुप्)
अध्यात्मपारोक्ष्यमिदं मयाधिगतमद्भुतम् ।
एवं स्त्रियाऽऽश्रमः पुंसश्छिन्नोऽमुत्र च संशयः ॥ ८५ ॥
विदुरजी ! गृहाश्रमी पुरञ्जनको रूपकले परोक्षरूपमा भनिएको यो अद्भूत आत्मज्ञान मैले गुरुजीको कृपाले प्राप्त गरेको थिएं । यसकोे तात्पर्यलाई बुझ्नाले मानिसको देहाभिमान निवृत्त हुन्छ तथा उसलार्ई परलोकमा कुनप्रकार कर्मको फल भोग्दछ भन्ने संसय पनि हराउँदछ ।।८५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे प्राचीनबर्हिर्नारदसंवादो मान एकोनत्रिंशोऽध्यायः ॥ २९ ॥