/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशः स्कंधः – द्वाविंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण

एकादशः स्कंधः – द्वाविंशोऽध्यायः



उद्धव उवाच –
कति तत्वानि विश्वेश सङ्ख्यातान्यृषिभिः प्रभो । 
नवैकादश पञ्च त्रीण्यात्थ त्वमिह शुश्रुम ।।१।।
उद्धवले सोध्नुभयो— हे विश्वेश्वर! हे प्रभो! ऋषिहरूले तत्वहरूको सङ्ख्या कति बताएका छन्? मैले त हजुरबाट २८ तत्वहरू (९+११+५+३) को बारेमा सुनेको थिएँ ।।१।।

केचित् षड्विंशतिं प्राहुरपरे पञ्चविंशतिम् । 
सप्तैके नव षट् केचिच्चत्वार्येकादशापरे । 
।। कोही ऋषिहरू २६ तत्व भन्छन्, कोही २५, कोही ७, कोही ९, कोही ६, कोही ४, कोही ११, कोही १७, कोही १६ त कोही १३ तत्व मात्र छन् भन्छन्।

केचित्सप्तदश प्राहुः षोडशैके त्रयोदश ।
एतावत्त्वं हि सङ्ख्यानामृषयो यद्विवक्षया ।।
गायन्ति पृथगायुष्मन्निदं नो वक्तुमर्हसि ।।३।।
हे दीर्घायु  कसैले सत्ताईस भनेका छन्, कसैले सोह्र भनेका छन्, र कसैले तेह्र तत्वको बारेमा बताएका छन् । ! यति धेरै प्रकारका सङ्ख्याहरू भन्नुमा ती ऋषिहरूको के अभिप्राय छ? हामीलाई यो प्रस्ट पारिदिनुहोस् ।।३।।

श्रीभगवानुवाच –
युक्तं च सन्ति सर्वत्र भाषन्ते ब्राह्मणा यथा । 
मायां मदीयामुद्गृह्य वदतां किं नु दुर्घटम् ।।४।। 
भगवान् भन्नुहुन्छ– ती विद्वान् ब्राह्मणहरूले जे–जे सङ्ख्या बताएका छन्, ती सबै सही छन्। मेरो मायाको आश्रय लिएर तर्क गर्नेहरूका लागि के असम्भव छ र? (जुनसुकै सङ्ख्या पनि तर्कले सिद्ध गर्न सकिन्छ) ।।४।।

नैतदेवं यथाऽऽत्थ त्वं यदहं वच्मि तत् तथा । 
एवं विवदतां हेतुं शक्तयो मे दुरत्ययाः ।।५।। 
“मैले भनेको मात्र सही हो, तिमीले भनेको गलत हो“ भनी विवाद गर्नेहरूको मुख्य कारण मेरो दुरत्यय (पार गर्न कठिन) शक्तिहरू अर्थात् त्रिगुणहरू नै हुन् ।।५।।

यासां व्यतिकरादासीद् विकल्पो वदतां पदम् । 
प्राप्ते शमदमेऽप्येति वादस्तमनुशाम्यति ।।६।। 
जबसम्म यी गुणहरूको हलचल रहन्छ, तबसम्म वाणीमा विकल्प (विवाद) रहन्छ। तर जब साधकले शम र दम (शान्ति) प्राप्त गर्छ, तब सबै विवादहरू आफैँ शान्त हुन्छन् ।।६।।

परस्परानुप्रवेशात् तत्वानां पुरुषर्षभ । 
पौर्वापर्यप्रसङ्ख्यानं यथा वक्तुर्विवक्षितम् ।।७।। 
हे पुरुषश्रेष्ठ! तत्वहरू एक–अर्कामा प्रवेश गरेका हुन्छन् (एक आपसमा मिलेका हुन्छन्) । त्यसैले वक्ताले कुन तत्वलाई कार्य वा कारण मानेर गणना गर्छ, त्यसैमा सङ्ख्या निर्भर हुन्छ।।७।।

एकस्मिन्नपि दृश्यन्ते प्रविष्टानीतराणि च । 
पूर्वस्मिन् वा परस्मिन् वा तत्त्वे तत्त्वानि सर्वशः ।।८।।
एउटै तत्वभित्र अन्य सबै तत्वहरू प्रविष्ट भएको देखिन्छन्। कारण तत्वमा कार्य र कार्य तत्वमा कारण सधैँ विद्यमान रहन्छ । त्यसैेले कुन तत्व कोसंग मिल्दछन् र कति हुन्छन् भन्ने कुरा ठेगान हुदैन ।।८।।

पौर्वापर्यमतोऽमीषां प्रसङ्ख्यानमभीप्सताम् । 
यथा विविक्तं यद्वक्त्रं गृह्णीमो युक्तिसम्भवात् ।।९।।
त्यसकारण जसले पहिले वा पछिको क्रमले तत्वहरूको गणना गरेकाछन् ती सबै तर्कसंगत भएकाले म स्वीकार गर्दछु।।९।।

अनाद्यविद्यायुक्तस्य पुरुषस्यात्मवेदनम् । 
स्वतो न सम्भवादन्यस्तत्त्वज्ञो ज्ञानदो भवेत् ।।१०।। 
अनादि कालदेखि अविद्यामा फसेको जीवले आफैँलाई चिन्न सक्दैन। त्यसैले आत्मज्ञानका लागि तत्वज्ञानी गुरु वा परमात्माको कृपा आवश्यक हुन्छ ।।१०।।

पुरुषेश्वरयोरत्र न वैलक्षण्यमण्वपि । 
तदन्यकल्पनापार्था ज्ञानं च प्रकृतेर्गुणः ।।११।।
वास्तवमा जीव र ईश्वरमा अलिकति पनि विलक्षणता (भिन्नता) छैन। यिनलाई भिन्न देख्नु व्यर्थ छ। ज्ञान पनि प्रकृतिको एउटा गुण (सत्व) मात्र हो, यसलाई पृथकरुपमा गणना गर्नु पर्दैन ।।११।।

प्रकृतिर्गुणसाम्यं वै प्रकृतेर्नात्मनो गुणाः । 
सत्वं रजस्तम इति स्थित्युत्पत्त्यन्तहेतवः ।।१२।। 
सत्व, रज र तम—यी तीन गुण प्रकृतिका हुन्, आत्माका होइनन्। यिनै गुणहरू जगतको स्थिति, उत्पत्ति र विनाशका कारण हुन्।।१२।।

सत्वं ज्ञानं रजः कर्म तमोऽज्ञानमिहोच्यते । 
गुणव्यतिकरः कालः स्वभावः सूत्रमेव च ।।१३।। 
सत्व ’ज्ञान’ हो, रज ’कर्म’ हो र तम ’अज्ञान’ हो। गुणहरूलाई क्षोभित पार्ने शक्ति ’काल’ हो र ’स्वभाव’ नै ’सूत्र’ (प्रधान) हो भनेर भनिएको छ ।।१३।।

पुरुषः प्रकृतिव्र्यक्तमहङ्कारो नभोऽनिलः । 
ज्योतिरापः क्षितिरिति तत्वान्युक्तानि मे नव ।।१४।। 
पुरुष (जीव), प्रकृति, महत्तत्व, अहंकार र पाँच महाभूत (आकाश, वायु, तेज, जल, पृथ्वी)—मैले बताएका ९ तत्व यी हुन्।

श्रोत्रं त्वग्दर्शनं घ्राणो जिह्वेति ज्ञानशक्तयः । 
वाक्पाण्युपस्थपाय्वङ्घ्रिकर्माण्यङ्गोभयं मनः ।।१५।। 
पाँच ज्ञानेन्द्रिय (कान, छाला, आँखा, नाक, जिब्रो), पाँच कर्मेन्द्रिय (वाणी, हात, जननेन्द्रिय, मलद्वार, खुट्टा) र मन—यी ११ तत्व हुन् ।।१५।।

हे उद्धव ! शब्दः स्पर्शो रसो गन्धो रूपं चेत्यर्थजातयः । 
गत्युक्त्युत्सर्गशिल्पानि कर्मायतनसिद्धयः ।।१६।।
शब्द, स्पर्श, रूप, रस, गन्ध—यी ५ विषय हुन् । हिड्नु, बोल्नु, मलमूत्र, त्याग आदि कर्मेन्द्रियका कार्य हुन्।१६।।

सर्गादौ प्रकृतिह्यस्य कार्यकारणरूपिणी ।
सत्वादिभिर्गुणैर्धत्ते पुरुषोऽव्यक्त ईक्षते ।।१७ 
सृष्टिको आदिमा यी सबै पाँच ज्ञानेन्द्रिय पाँच कर्मेन्द्रिय लगायतका मनरुप कार्य नै सृष्टिको आरम्भमा महतत्व आदि बन्ने प्रकृतिको  कार्य र कारणको रूपमा रहन्छ । पुरुषले (परमात्माले) त केवल साक्षी भावले हेर्नुहुन्छ ।।१।।

व्यक्तादयो विकुर्वाणा धातवः पुरुषेक्षया । 
लब्धवीर्याः सृजन्त्यण्डं संहताः प्रकृतेर्बलत् ।।१८।। 
परमात्माको हेराईको शक्तिले नै महत्तत्व आदि विकारहरू शक्तिमान भई परस्परमा मिलेर यो ब्रह्माण्ड (अण्ड) रचना गर्छन्।

सप्तैव धातव इति तत्रार्थाः पञ्च खादयः ।।
ज्ञानमात्मोभयाधारस्ततो देहेन्द्रियासवः ।।१९।।
जसले सात तत्व मानेका छन् उनीहरू पाँच महाभूत, जीवात्मा र परमात्मालाई गणना गर्छन् ।।१९।।

षडित्यत्रापि भूतानि पञ्च षष्ठः परः पुमान् । 
तैर्युक्त आत्मसम्भूतैः सृष्ट्वेदं समुपाविशत् ।।२०।। 
जसले ६ तत्वलाई स्वीकार गरेकाछन् उनीहरुले पाँच महाभूत र छैटौँमा परम पुरुष परमात्मा गरी छः मानेका हुन्छन् ।।२०।।

चत्वार्येवेति तत्रापि तेज आपोऽन्नमात्मनः । 
जातानि तैरिदं जातं जन्मावयविनः खलु ।।२१।।
जसरले कारणरुप चार तत्व मान्नेहरू हुन्छन् उनीहरुले तेज, जल, पृथ्वी (अन्न) र आत्मालाई मात्र गणना गर्छन् ।।२१।।

सङ्ख्याने सप्तदशके भूतमात्रेन्द्रियाणि च । 
पञ्च पञ्चैकमनसा आत्मा सप्तदशः स्मृतः ।।२२।।
सत्र तत्वको गणनामा पाँच महाभूत, पाँच तन्मात्रा, पाँच इन्द्रिय, १ मन र १ आत्मा पर्छन्, यीनैलाई सत्र तत्व मान्दछन् ।।२२।।

तद्वत् षोडशसङ्ख्याने आत्मैव मन उच्यते । 
भूतेन्द्रियाणि पञ्चैव मन आत्मा त्रयोदश ।।२३।।
तत्वको गणना गर्दा आत्मा र मनलाई एउटै मानिन्छ । तेह्र तत्वमा पाँच भूत, पाँच इन्द्रिय, मन, जीवात्मा र परमात्मा हुन्छन् ।।२३।।

एकादशत्व आत्मासौ महाभूतेन्द्रियाणि च ।
अष्टौ प्रकृतयश्चैव पुरुषश्च नवेत्यथ ।।२४।।
एघार तत्वमा एक आत्मा, पाँच भूत र पाँच इन्द्रिय मानिन्छ । नौ तत्वमा आठ प्रकृति र एक पुरुष मानिन्छ ।।२४।।

इति नानाप्रसङ्ख्यानं तत्त्वानां ऋषिभिः कृतम् । 
सर्वं न्याय्यं युक्तिमत्त्वाद् विदुषां किमशोभनम् ।।२५।। 
यसरी ऋषिहरूले अनेक प्रकारले तत्वहरूको गणना गरेका छन्। ती सबै युक्तिसंगत र सही छन् ।।२५।।


प्रकृतिः पुरुषश्चोभौ यद्यप्यात्मविलक्षणौ । 
अन्योन्यापाश्रयात् कृष्ण दृश्यते न भिदा तयोः ।।२६।।
(यसपछि उद्धवजीको प्रश्न र भगवानको उत्तर सुरु हुन्छ)
उद्धवले सोध्नुभयो– हे कृष्ण ! प्रकृति र पुरुष स्वभावले भिन्न भए तापनि एक–अर्कामा आश्रित हुनाले यिनको भेद देखिँदैन र छुट्याउन पनि सकिदैन पनि ।।२६।।

प्रकृतौ लक्ष्यते ह्यात्मा प्रकृतिश्च तथाऽत्मनी । 
एवं मे पुण्डरीकाक्ष महान्तं संशयं हृदि ।
छेत्तुमर्हसि सर्वज्ञ वचोभिर्नयनैपुणैः ।।२७।।
हे सर्वज्ञ भगवान् ! प्रकृतिमा आत्मा र आत्मामा प्रकृति देखिन्छ । हे कमलनयन ! मेरो यो ठूलो संशयलाई हजुरको तर्कपूर्ण वचनले हटाइदिनुहोस् । हजुर समर्थवान हुनुहुन्छ ।।२७।।

त्वत्तो ज्ञानं हि जीवानां प्रमोषस्तेऽत्र शक्तितः । 
त्वमेव ह्यात्ममायाया गतिंं वेत्थ न चापरः ।।२८।। 
निश्चय नै हजुरबाट नै जीवलाई ज्ञान मिल्छ र हजुरकै मायाले ज्ञान हराउँछ । हजुर बाहेक कसैले पनि हजुरको मायाको गति जान्न सक्दैन ।।२८।। 

प्रकृतिः पुरुषश्चेति विकल्पः पुरुषर्षभ । 
एष वैकारिकः सर्गो गुणव्यतिकरात्मकः ।।२९।। 
भगवान् भन्नुहुन्छ– हे पुरुषश्रेष्ठ! प्रकृति र पुरुषको यो जुन भेद छ, यो केवल गुणहरूको विकार (खेल) मात्र हो ।।२९।।

ममाङ्ग माया गुणमय्यनेकधा 
िवकल्पबुद्धीश्च गुणैर्विधत्ते । 
वैकारिकस्त्रिविधोऽध्यात्ममेक
मथाधिदैवमधिभूतमन्यत् ।।३०।।
हे उद्धव ! मेरो यो त्रिगुणात्मिका मायाले नै अनेक प्रकारका विकल्प र बुद्धि उत्पन्न गराउँछ । यो संसार अध्यात्म, अधिदैव र अधिभूत गरी तीन प्रकारको छ ।।३०।।

दृग् रूपमार्कं वपुरत्र रन्ध्रे 
परस्परं सिध्यति यः स्वतः खे । 
आत्मा यदेषामपरो य आद्यः 
स्वयानुभूत्याखिलसिद्धसिद्धिः ।
 एवं त्वगादि श्रवणादि चक्षु– 
र्जिह्वादि नासादि च चित्तयुक्तम् ।।३१।।
चक्षु इन्द्रिय (आँखा) अध्यात्म हो । त्यसको विषय रूप अधिभूत हो र सूर्य अधिदैव हुन् । यी तीनै एक–अर्कामा आश्रित छन् किनकि यी एक बिना अर्कोको ज्ञान सिद्ध हुन सक्तैन तर आत्मा यी सबैभन्दा अलग र सबैको प्रकाशक हो। त्यसैगरी अन्य इन्द्रियहरूलाई पनि बुझ्नुपर्छ ।।३२।।

योऽसौ गुणक्षोभकृतो विकारः प्रधानमूलान्महतः प्रसूतः । 
अहं त्रिवृन्मोहविकल्पहेतुर्वैकारिकस्तामस ऐन्द्रियश्च ।।३२।। 
प्रकृतिबाट महतत्व उत्पन्न हुन्छ । महतत्वबाट अहंकार उत्पन्न हुन्छ, र अहंकारबाट प्रकृतिको उत्पन्न हुन्छ । यो अहंकार गुणले विकार भएको प्रकृति एउटा विकार हो । अहंकारमा सात्विक, तामस र राजस गरी तीन प्रकारको भेद छ, यसैले जीवलाई मोहमा पादर्छ ।।३२।।

आत्मापरिज्ञानमयो विवादो ह्यस्तीति नास्तीति भिदार्थनिष्ठः । 
व्यर्थोऽपि नैवोपरमेत पुंसां मत्तः परावृत्तधियां स्वलोकात् ।।३३।। 
जबसम्म मानिसले आफ्नो वास्तविक आत्मालाई चिन्दैन, तबसम्म “यो छ“, “यो छैन“ भन्ने विवाद कहिल्यै समाप्त हुँदैन । यो विवाद व्यर्थ छ । त्यही भएर मानिसले मेरो वास्तविक स्वरुपको दर्शन बाट विमुख हुन्छ र उसलाई मोक्ष मिल्न पनि कठिन हुन्छ ।।३३।।

त्वत्तः परावृत्तधियः स्वकृतैः कर्मभिः प्रभो । 
उच्चावचान् यथा देहान् गृह्णन्ति विसृजन्ति च ।।३४।। 
उद्धवले सोध्नुभयो– हे प्रभ ! हजुरबाट विमुख भएका जीवहरूले आफ्ना कर्म अनुसार कसरी उच्च र नीच शरीर धारण गर्छन् र त्याग गछन् यस बारेमा मलाई बताउनुहोस् ।।३४।।

तन्ममाख्याहि गोविन्द दुर्विभाव्यमनात्मभिः । 
न ह्येतत् प्रायशो लोके विद्वांसः सन्ति वञ्चिताः ।।३५।। 
हे गोविन्द ! आत्मज्ञानले रहित भएका अल्पज्ञानीहरूका लागि यो जन्म–मृत्युको रहस्य बुझ्न निकै कठिन छ, मलाई यस बारेमा पनि बताइदिनुहोस् ।।३५।।

मनः कर्ममयं नृणमिन्द्रियैः पञ्चभिर्युतम् । 
लोकाल्लोकं प्रयात्यन्य आत्मा तदनुवर्तते ।।३६।। 
भगवान् श्रीकृष्णले भन्नुभयो– हे उद्धव ! मानिसको कर्मले बनेको मन र पाँच इन्द्रियहरू एउटा लोकबाट अर्को लोकमा जान्छन् । तर आत्मा त केवल त्यसको साक्षी भएर पछि लाग्छ (आत्मा) हिँड्दैन) ।।३६।।

ध्यायन् मनोऽनु विषयान् दृष्टान् वानुश्रुतानथ । 
उद्यत् सीदत् कर्मतन्त्रं स्मृतिस्तदनु शाम्यति ।।३७।। 
मनले पहिले देखेका वा सुनेका विषयहरूको ध्यान गर्छ। जब नयाँ शरीरको कर्म बलियो हुन्छ, तब पुरानो शरीरको स्मृति विस्तारै हराउँछ ।।३७।।

विषयाभिनिवेशेन नात्मानं यत् स्मरेत् पुनः । 
जन्तोर्वै कस्यचित् हेतोः मृत्युरत्यन्तविस्मृतिः ।।३८।। 
विषयमा अत्यन्त आसक्त हुनाले जीवले आफ्नो पुरानो पहिचान भुल्छ। कुनै पनि कारणले हुने त्यो “अत्यन्त विस्मृति“ (पूर्ण बिर्सनु) नै मृत्यु हो भनेर भनिन्छ ।।३८।।

जन्म त्वात्मतया पुंसः सर्वभावेन भूरिद । 
विषयस्वीकृतिं प्राहुर्यथा स्वप्नमनोरथः ।।३९।। 
कर्म अनुसार प्राप्त भएको नयाँ शरीरलाई “म“ भनेर स्वीकार गर्नु नै जन्म हो, जसरी सपनामा नयाँ शरीरलाई मानिसले आफ्नै शरीर हो भनेर ठान्दछ ।।३९।।

स्वप्नमनोरथं चेत्थं प्राक्तनं न स्मरत्यसौ ।
तत्र पूर्वमिवात्मानमपूर्वं चानुपश्यति ।।४०।। 
जसरी सपनाको अवस्थामा रहेको मानिसले आफ्नो जागृत अवस्थाको शरीर बिर्सन्छ र नयाँ शरीरलाई नै सत्य मान्छ त्यसरी नै वर्तमान शरीरमा रहेको जीवले पूर्व शरीरको स्मरण गर्दैन ।।४०।। 

इन्द्रियायनसृष्ट्येदं त्रैविध्यं भाति वस्तुनि । 
बहिरन्तर्भिदाहेतुर्जनोऽसज्जनकृद् यथा ।।४१।। 
इन्द्रियहरूको आश्रय भएको यो मनको कारणले नै एउटै वस्तुमा अनेक थरी भिन्नता देखिन्छ ।।४१।।

नित्यदा ह्यङ्ग भूतानि भवन्ति न भवन्ति च । 
कालेनालक्ष्यवेगेन सूक्ष्मत्वात्तन्न दृश्यते ।।४२।। 
हे उद्धव ! यो संसारका वस्तुहरू प्रतिक्षण उत्पत्ति र विनाश भइरहेका छन्। तर समयको गति यति सूक्ष्म छ कि हामीले त्यो देख्न सक्दैनौँ ।।४२।।

यथार्चिषां स्रोतसां च फलानां वा वनस्पतेः । 
तथैव सर्वभूतनां वयोऽवस्थादयः कृताः ।।४३।। 
जसरी बलेको दियोको ज्वाला, खोलाको पानी र रुखको फल प्रतिक्षण बदलिइरहेका हुन्छन्, त्यसरी नै कालद्वारा सबै प्राणीको आयु र अवस्था पनि बदलिरहन्छ ।।४३।।

सोऽयं दीपोऽर्चिषां यद्वत्स्रोतसां तदिदं जलम् । 
सोऽयं पुमानिति नृणां मृषा गीर्धीर्मृषायुषाम् ।।४४।। 
“यो परिवर्तन भइरहने दियोको ज्वलालाई त्यही ज्वला हो । गतिशील भइरहने पानीलाई त्यही जल हो र आयु बितिरहेको शरीरलाइै त्यही यो त्यही मानिस हो भन्नु एउटा भ्रम मात्र हो, किनकि त्यो पहिलेकै अवस्थामा रहँदैन ।।४४।।

मा स्वस्य कर्मबीजेन जायते सोऽप्ययं पुमान् । 
म्रियते वामरो भ्रान्त्या यथाग्निर्दारुसंयुतः ।।४५।। 
वास्तवमा कर्मकमो संस्कार अनुसार जीव जन्मदैन र मर्दैन पनि तर केवल भ्रमवश शरीरसँगको सम्बन्धले गर्दा ऊ जन्मेको वा मरेको जस्तो देखिन्छ।. ।।४५।।

निषेकगर्भजन्मानि बाल्यकौमारयौवनम् । 
वयोमध्यं जरा मृत्युरित्यवस्थास्तनोर्नव ।।४६।। 
गर्भाधान, गर्भ, जन्म, बाल्यकाल, कौमार्य, यौवन, प्रौढता, वृद्धावस्था र मृत्यु—यी शरीरका नौ अवस्थाहरू हुन्।

एता मनोरथमयीह्र्यन्यस्योच्चावचस्तनूः । 
गुणसङ्गादुपादत्ते क्वचित् कश्चिज्जहाति च ।।४७।। 
जीवले आफ्नो मनोरथ र गुणहरूको सङ्गतले गर्दा यी उच्च र नीच आदि शरीरहरू धारण गर्छ र त्यागिदिन्छ ।।४७।।

आत्मनः पितृपुत्राभ्यामनुमेयौ भवाप्ययौ । 
न भवाप्ययवस्तुनामभिज्ञो द्वयलक्षणः ।।४८।। 
जसरी छोरो जन्मेको र बाबु मरेको देखेर शरीरको जन्म–मृत्युको अनुमान गरिन्छ, त्यसरी नै आत्मा यी दुवै (जन्म र मृत्यु) भन्दा अलग छ पर छ भन्ने बुझ्नुपर्छ।

तरोर्बीजविपाकाभ्यां यो विद्वान् जन्मसंयमौ । 
तरोर्विलक्षणो द्रष्टा एवं द्रष्टा तनोः पृथक् ।।४९।। 
जसरी रुखको जन्म र विनाश देख्ने मानिस रुखभन्दा अलग हुन्छ, त्यसरी नै शरीरको अवस्था देख्ने आत्मा शरीरभन्दा अलग छ ।।५०।।

प्रकृतेरेवमात्मानमविविच्याबुधः पुमान् । 
तत्त्वेन स्पर्शसम्मूढः संसारं प्रतिपद्यते ।।५०।। 
प्रकृति र आत्माको भेद नबुझ्ने अज्ञानी मानिस विषय भोगमा फसेर संसारको चक्रमा परिरहन्छ ।।५०।।

सत्वसङ्गादृषीन् देवान् रजसासुरमानुषान् ।
तमसा भूततिर्यक्त्वं भ्रामितो याति कर्मभिः ।।५१।। 
कर्म संस्कार अनुसार जीव सत्वगुणको सङ्गतले ऋषि र देवता, रजोगुणको संगतले असुर र मानिस र तमोगुणले पश भूतप्रेत र पशु आदि योनिमा जीव भौँतारिन्छ ।।५१।।

नृत्यतो गायतः पश्यन् यथैवानुकरोति तान् । 
एवं बुद्धिगुणान् पश्यन्ननीहोऽप्यनुकार्यते ।।५२।। 
जसरी नाच्ने र गाउनेलाई हेर्दा मानिस आफैँ त्यसको अनुकरण गर्न थाल्छ, त्यसरी नै बुद्धिको गुणमा लाग्दा आत्मा पनि कर्ता जस्तो भएको देखिन्छ ।।५२।।

यथाम्भसा प्रचलता तरवोऽपि चला इव । 
चक्षुसा भ्राम्यमाणेन दृश्यते भ्रमतीव भूः ।।५३।। 
जसरी पानी हल्लिँदा किनारको रुख हल्लिएको देखिन्छ र आँखा घुमाउँदा पृथ्वी घुमेको देखिन्छ, त्यसरी नै मन चञ्चल हुँदा आत्मा पनि चञ्चल देखिन्छ ।।५३।।

यथा मनोरथधियो विषयानुभवो मृषा । 
स्वप्नदृष्टाश्च दाशार्ह तथा संसार आत्मनः ।।५४।। 
हे उद्धव! जसरी सपना र कल्पनाका विषयहरू झुटा हुन्छन्, त्यसरी नै आत्माका लागि यो संसारको भोग पनि असत्य नै हो ।।५४।।

अर्थे ह्यविद्यमानेऽपि संसृतिर्न निवर्तते । 
ध्यायतो विषयानस्य स्वप्नेऽनर्थागमो यथा ।।५५।। 
विषयहरू वास्तवमा नभए पनि, तिनको ध्यान गर्ने मानिसका लागि संसारको दुःख समाप्त हुँदैन । जसरी सपनामा देखिने अनर्थ मिथ्या वस्तुहरु सत्य जस्तो लाग्छ । समनामा आनेकौ पीडाहरु देख्दा त्यो साँचो लाग्छ ।।५५।।

तस्मादुद्धव मा भुङ्क्ष्व विषयानसदिन्द्रियैः । 
आत्माग्रहणनिर्भातं पश्य वैकल्पिकं भ्रमम् ।।५६।। 
त्यसकारण हे उद्धव! यी असत् इन्द्रियहरूद्वारा प्राप्त हुने कुनै पनि विषय भोग नगर। यो सबै भ्रम हो भन्ने बुझ ।।५६।।

क्षिप्तोऽवमानितोऽसद्भिः प्रलब्धोऽसूयितोऽथवा । 
ताडितः सन्निबद्धो वा वृत्या वा परिहापितः ।।५७ 
निष्ठितो मूत्रितो वाज्ञैर्बहुधैवं प्रकम्पितः । 
श्रेयस्कामः कृच्छ्रगत आत्मनाऽऽत्मानमुद्धरेत् ।।५८।।
यदि दुष्टहरूले तिम्रो निन्दा गरे, अपमान गरे, ठट्टा गरे, ईष्र्या गरे, कुटे वा बाँधेर राखे पनि...
तिमीमाथि थुके वा पिसाब गरिदिए पनि, आफ्नो कल्याण चाहनेले धैर्य धारण गरी आफ्नो विवेकद्वारा आफ्नो उद्धार गर्नुपर्छ ।।५८।।

उद्धव उवाच – 
यथैवमनुबुध्येयं वद नो वदतां वर । 
सुदुःसहमिमं मन्य आत्मन्यसदतिक्रमम् ।।५९।। 
उद्धवले भन्नुभयो— हे प्रभु! यस्तो दुष्टहरूले गर्ने दुःसह अपमानलाई कसरी सहने? मलाई सम्झाइदिनुहोस् ।।५९।।

विदुषामपि विश्वात्मन् प्रकृतिर्हि बलीयसी । 
ऋते त्वद्धर्मनिरतान् शान्तांस्ते चरणालयान् ।।६०।। 
हे विश्वात्मन् ! हजुरका शान्त भक्तहरू बाहेक ठूला–ठूला विद्वान्का लागि पनि यो प्रकृति (स्वभाव) निकै बलियो छ, जसलाई जित्न कठिन छ ।।६०।।

इति श्रीमद्‍भागवते महापुराणे पारमहंस्यांसंहितायां 
एकादशस्कन्धे द्वाविंशोऽध्यायः ॥ २२ ॥ 

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...