#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - षोडशोऽध्यायः


श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - षोडशोऽध्यायः


 सूत उवाच।
(इन्द्रवज्रा)
ततः परीक्षिद् द्विजवर्यशिक्षया
        महीं महाभागवतः शशास
यथा हि सूत्यामभिजातकोविदाः
        समादिशन् विप्र महद्गुणस्तथा

सुतजी भन्छन्
शौनकजी!  पाण्डवहरू परमधाम गएपछि विद्वानहरूको सल्लाह लिएर भगवान्का परमभक्त राजा परीक्षित पृथ्वीको राज्य गर्नलागे उनी जन्मदा ज्योतिषहरूले बताएका सबै गुणहरू उनीमा थियो ।।१।।

(अनुष्टुप्)
उत्तरस्य तनयां उपयेम इरावतीम्
जनमेजयादीन् चतुरः तस्यामुत्पादयत् सुतान्

उनले उत्तराकी छोरी इरावती संग विवाह गरे उनीबाट जनमेजय आदि गरीएका चार छोराहरू भए ।।२।।

आजहाराश्वमेधान् त्रीन् जङ्गायां भूरिदक्षिणान्
शारद्वतं गुरुं कृत्वा देवा यत्राक्षिगोचराः

राजा परीक्षितले कृपाचार्यलाई आचार्य वनाएर गंगाको किनारमा तीन यज्ञ गरे यज्ञमा ब्राम्हणहरूलाई धेरै दक्षिणा दिए त्यस यज्ञमा देवताहरू स्वयं उपस्थित भएर आफ्नो भाग लिए ।।३।।

निजग्राहौजसा वीरः कलिं दिग्विजये क्वचित्
नृपलिङ्गधरं शूद्रं घ्नन्तं गोमिथुनं पदा

एक दिन उनै राजा परीक्षित दिग्विजय गर्न निस्केका बेलामा उनले बाटोमा सूद्रको रूपमा कलियुगले राजाको भेष धारण गरेर एउटी गाई गोरुलाई कुट्न लागेको देखे यो देखेर परीक्षितले उसलाई दण्डदिए ।।४।।

शौनक उवाच -
कस्य हेतोर्निजग्राह कलिं दिग्विजये नृपः
नृदेवचिह्नधृक् शूद्र कोऽसौ गां यः पदाहनत्
तत्कथ्यतां महाभाग यदि कृष्णकथाश्रयम्
अथवास्य पदाम्भोज मकरन्दलिहां सताम्
किं अन्यैः असदालापैः आयुषो यदसद्व्ययः

शौनकजीले सोधे
महाभाग्यमानी सूतजी! परीक्षितले कलिलाई दण्ड दिएर किन छोडिदिए ? किन मारेनन् ? त्यो गाईलाई लात्ताले हान्ने अधम सूद्र थियो यो प्रशंगले श्रीकृष्णको लीला अथवा वहांको चरणकमलको मकरन्द रसको पान गर्नेहरूका लागि सम्बन्ध राख्दछ भने हामीलाई सुनाउनुहोस् अरु वेकारका कुरा सुनेर आयुलाई घटाउनु छैन ।।५।६।।

क्षुद्रायुषां नृणामङ्ग मर्त्यानामृतमिच्छताम्
इहोपहूतो भगवान् मृत्युः शामित्रकर्मणि

मोक्षको इच्छा राख्ने तर अल्पायु भएकाहरूले मृत्युबाट ग्रस्त भएका हुदा उनीहरूको कल्याणका लागि भगवान् यमलाई आवाहन गरेर उनलार्ई शान्ति कार्यमा नियुक्त गरीएको ।।७।।

कश्चिन् म्रियते तावद् यावदास्त इहान्तकः
एतदर्थं हि भगवान् आहूतः परमर्षिभिः
अहो नृलोके पीयेत हरिलीलामृतं वचः

यस मृत्युग्रस्त लोकका मानिसहरूले भगवान्को अमृत तुल्य कथाहरू पान गर्न सकुन् भन्ने इच्छाले महात्माहरूले भगवान् यमलाई यहाँ बोलाई रहेकाछन जव सम्म यमराज यस कार्यका लागि नियुक्त भैरहन्छन्, त्यतिवेला सम्म कसैको मृत्यु हुने छैन ।।८।।

मन्दस्य मन्दप्रज्ञस्य वयो मन्दायुषश्च वै
निद्रया ह्रियते नक्तं दिवा व्यर्थकर्मभिः

आयु छोटो स्मरण शक्ति पनि कम भएका यस्तो अवस्थाका मानिसहरूले भगवान्को गुणानुवादको श्रवण कीर्तन नगर्ने मन्दभाग्य भएकाहरूको रातमा निन्द्रा दिउसमा ब्यर्थको काममा बितेर जान्छ ।।९।।

सूत उवाच
(इन्द्रवज्रा)
यदा परीक्षित् कुरुजाङ्गलेऽश्रृणोत्
        कलिं प्रविष्टं निजचक्रवर्तिते
निशम्य वार्तामनतिप्रियां ततः
        शरासनं संयुगशौण्डिराददे १०

सूतजीले भने
राजा परीक्षित कुरुजांङ्गल देशमा राजकाज गरेर बसिरहेको अवस्थामा आफ्ना सेनाहरूबाट सुरक्षित भएको राज्यमा कलि पस्यो भन्नेकुरा सुने यो समाचार सुन्दा उनलार्ई दुःख लाग्यो तर युध्द गर्ने अवसर प्राप्त भएको भनि दुःखी भएनन् त्यसपछि महापराक्रमी परीक्षितले कलिलाई दमन गर्ने हिसावले हातमा धनुष लिए ।।१०।।

स्वलङ्कृतं श्यामतुरङ्गयोजितं
        रथं मृगेन्द्रध्वजमाश्रितः पुरात्
वृतो रथाश्वद्विपपत्तियुक्तया
        स्वसेनया दिग्विजयाय निर्गतः ११

श्यामवर्णको घोडाले जोतिएको, सिंहको ध्वजाले सुशोभित भएको रथमा बसेर राजा परीक्षित दिग्विजय गर्न भनि सहरबाट बाहिर निस्के उनको साथमा हात्ती, घोडा पैदल यात्रीहरू पनि संगै निस्के ।।११।।

(अनुष्टुप्)
भद्राश्वं केतुमालं भारतं चोत्तरान् कुरून्
किम्पुरुषादीनि वर्षाणि विजित्य जगृहे बलिम् १२

उनले भद्राश्व, केतुमाल, भारत, उत्तरकुरु, किंपुरुवर्ष आदि गरीएका राज्यहरू जिते अनि त्यहाँका राज्यहरू बाट कर लिए ।।१२।।

तत्र तत्रोपशृण्वानः स्वपूर्वेषां महात्मनाम्
प्रगीयमाणं यशः कृष्णमाहात्म्यसूचकम् १३

ती देशका सबै ठाँउमाहरूमा उनले आफ्ना देशका पुर्खाहरूको बखानहरू सुने ती यशोगानका पद, पदमा श्रीकृष्ण भगवान्को महिमा प्रकट हुन्थ्यो ।।१३।।

आत्मानं परित्रातं अश्वत्थाम्नोऽस्त्रतेजसः
स्नेहं वृष्णिपार्थानां तेषां भक्तिं केशवे १४

त्यस्तै अश्वत्थामाको ब्रम्हास्त्रको ज्वालाबाट उनको रक्षा कसरी भयो, यादव वंश पाण्डवहरूमा कस्तो प्रेम थियो, भगवान् श्रीकृष्ण्मा उनीहरूको कस्तो भक्ति थियो भन्ने कुराहरू सुन्न पाए ।।१४।।

तेभ्यः परमसन्तुष्टः प्रीत्युज्जृम्भितलोचनः
महाधनानि वासांसि ददौ हारान् महामनाः १५

जसले यस्तो चरित्रहरू सुनाउदथ्यो त्यस वेलाराजा परीक्षित दंग भएर हास्दै उदारमनले धेरै हार तथा वस्त्रहरू उपहार दिन्थे ।।१५।।

(वसंततिलका)
सारथ्यपारषदसेवनसख्यदौत्य
        वीरासनानुगमनस्तवनप्रणामान्
स्निग्धेषु पाण्डुषु जगत्प्रणतिं विष्णोः
        भक्तिं करोति नृपतिश्चरणारविन्दे १६

भगवान् श्रीकृष्ण पाण्डवहरूको प्रेममा रहेर सारथी वने, सभाषद वने, मन बुझेर सेवा गरे कहिले दुत पनि वने रात्रीको समयमा सस्त्र लिएर विरासनामा बसेर छाउनीको पहरा दिए भने कहिले उनीहरूको पछि लागेर स्तुुति प्रणाम पनि गरे यति मात्रै हैन पाण्डवको चरणमा सबै राजाहरूलाई झुकाईदिए भन्ने कुराहरू सुनेर राजा परीक्षितमा श्रीकृष्णको चरणकमलको भक्ति अझ बढेर आउथ्यो ।।१६।।

 (अनुष्टुप्)
तस्यैवं वर्तमानस्य पूर्वेषां वृत्तिमन्वहम्
नातिदूरे किलाश्चर्यं यदासीत् तन्निबोध मे १७

यसरी राजा पाण्डवहरूको आचरण अनुसार दिग्विजय गर्दै रहे यसैसमयमा उनको सिविरको नजिकै एउटा आश्चर्यमय घटना भयो त्यसबारेमा तपाईहरूलाई सुनाउदछु ।१७।।

धर्मः पदैकेन चरन् विच्छायामुपलभ्य गाम्
पृच्छति स्माश्रुवदनां विवत्सामिव मातरम् १८

धर्म गोरुको रूप धारणा गरेर एउटा खुट्टाले टेकिरहेको बेलामा उसले गाईका रूपमा पृथ्वीलाई भेट्यो त्यस वेला छोराको मृत्युमा दुःखीत भएकी आमा झैं पृथ्वीले आँखाबाट आँसु झारिरहेकी थिइन् भने शरीर पनि श्रीहिन थिइन् ।।१८।।

धर्म उवाच
(इंद्रवजा)
कच्चिद्भद्रेऽनामयमात्मनस्ते
        विच्छायासि म्लायतेषन्मुखेन
आलक्षये भवतीमन्तराधिं
        दूरे बन्धुं शोचसि कञ्चनाम्ब १९

धर्मले सोध्यो
हे कल्याणी! तिमीलाई आरामै ? मुख पनि मलिन श्रीहराए जस्तो देखिन्छ तिमीलाई कुनै दुःख परे जस्तो तिम्रा आफन्त कहि टाढा देशमा गएकाले चिन्ता गरेकी हौ कि ? ।।१९।।

पादैर्न्यूनं शोचसि मैकपादं
        आत्मानं वा वृषलैर्भोक्ष्यमाणम्
आहो सुरादीन् हृतयज्ञभागान्
        प्रजा उत स्विन्मघवत्यवर्षति २०

कतै मेरो तीन खुट्टा नष्ट भएर एक खुट्टा मात्र बाँकी भएकोले मेरै चिन्ता भएको हो कि ? अथवा अव सूद्रले तिमी माथि शासन गर्न लागेको कारणले हो ? यज्ञमा आहुति नपाउने देवताहरूको निम्ति अथवा इन्द्रले वर्षा नगराउदा अनिकालले पीडित भएका जनताका निम्ति हो ? ।।२०।।

अरक्ष्यमाणाः स्त्रिय उर्विबालान् 
        शोचस्यथो पुरुषादैरिवार्तान्
वाचं देवीं ब्रह्मकुले कुकर्मणि
        अब्रह्मण्ये राजकुले कुलाग्र्यान् २१

हे देवी ! राक्षस झैं मानिसहरूले पनि स्त्री वालकलाई सताइ रहेकाछन्, उनीहरूका लागि शोक गरेकी होइनौ ? अथवा कुकर्मी ब्राम्हणहरूको हातमा परेकाले उनीहरू विप्रद्रोहि राजाको सेवा गर्न लागेका छन् त्यहि देखेर यो दुःख भएको हो कि ? ।।२१।।

किं क्षत्रबन्धून् कलिनोपसृष्टान्
        राष्ट्राणि वा तैरवरोपितानि
इतस्ततो वाशनपानवासः
        स्नानव्यवायोन्मुखजीवलोकम् २२

अहिलेका नाम मात्रका राजाहरुमा कलिको प्रभाव परिसकेको उनीहरूले ठुला ठुला देशलाई उजाड पारिदिएका छन कतै यीनै राजा अथवा देशका विषयमा दुःखित भएकी हौनौ अहिलेका मानिसमा खानपान, वस्त्र, स्नान, स्त्री सहवासमा शास्त्रीय नियमको पानलना नगरी आफ्नै ढंगले चलेका छन कतै यसैका निम्ति पो दुखी भएकी हौ कि ।।२२।।

यद्वाम्ब ते भूरिभरावतार
        कृतावतारस्य हरेर्धरित्रि
अन्तर्हितस्य स्मरती विसृष्टा
        कर्माणि निर्वाणविलम्बितानि २३

भगवान् श्रीकृष्णले तिम्रो भार उतार गर्नका लागि नै अवतारलिनु भएको हो वहांका लीलाहरू जीवको मोक्षका लागि उत्तम मानिएको कि वहां कृष्णलाई संझेरै दुःखी भएकी हौ ।।२३।।

इदं ममाचक्ष्व तवाधिमूलं
        वसुन्धरे येन विकर्शितासि
कालेन वा ते बलिनां बलीयसा
        सुरार्चितं किं हृतमम्ब सौभगम् २४

देवी तिमी धन रत्नका खानी नै हौ तर आफ्नो क्लेशका कारण यति दुःखी भएकी छ्यौ ठुला ठुला बलवानहरूलाई समेत परास्त गर्ने कालले देवताहरू द्वारा पूजित शौभाग्यलाई हरण गदिदिएकोले हो कि ?

धरण्युवाच
(अनुष्टुप्)
भवान् हि वेद तत्सर्वं यन्मां धर्मानुपृच्छसि
चतुर्भिर्वर्तसे येन पादैर्लोकसुखावहैः २५

पृथ्वीले भनिन
धर्म ! तिमी मलाई जेकुरा सोधिरहेका छौ त्यसका बारेमा तिमी आफैं सबै जान्दछौ भगवान्को सहारा पाएर नै सबै संसारलाई सुख दिने चार खुट्टाले युक्त थियौ

सत्यं शौचं दया क्षान्तिः त्यागः सन्तोष आर्जवम्
शमो दमस्तपः साम्यं तितिक्षोपरतिः श्रुतम् २६
ज्ञानं विरक्तिरैश्वर्यं शौर्यं तेजो बलं स्मृतिः 
स्वातन्त्र्यं कौशलं कान्तिः धैर्यं मार्दवमेव   २७ 
प्रागल्भ्यं प्रश्रयः शीलं सह ओजो बलं भगः 
गाम्भीर्यं स्थैर्यमास्तिक्यं कीर्तिर्मानोऽनहङ्कृतिः  २८ 

जसमा सत्य, पवित्रता, दया, क्षमा, त्याग, सन्तोष, सरलता, सम, दम, तप, समता, तितिक्षा, उपरति, शास्त्र, विचारज्ञान, वैराज्ञ, ऐश्वर्य, वीरता, तेज, वल, स्मृति, स्वतन्त्रता, कौशल, कान्ति, धैर्य, कोमलता,निर्भिकता, विनय, शिल, साहस, कीर्ति, गौरव निरहंकता यी उनान्चालिस अप्राकृतिक गुण तथा ठुला महापुरुषद्वारा इच्छा गरीने शरणवत्सल आदि धेरै गुणहरू वहांको सेवा गर्न सधै रहिरन्छन् ।।२६,२७,२८।।

एते चान्ये भगवन् नित्या यत्र महागुणाः
प्रार्थ्या महत्त्वमिच्छद्भिः नर्न वियन्ति स्म कर्हिचित् २९                                                                                                     
यी गुणहरू एकछिनका लागि पनि अलग रहन सक्तैनन् उनै संपूर्ण गुणका आश्रय शौन्दर्यधाम भगवान् श्रीकृष्णका लीलाहरू यतिवेला सकिएको ।।२९।।

तेनाहं गुणपात्रेण श्रीनिवासेन साम्प्रतम्
शोचामि रहितं लोकं पाप्मना कलिनेक्षितम् ३०

अहिले यो संसारमा पापमय कलिको कुदृष्टिको शिकार भएको यहि कारणले धेरै शोक भइरहेको हो ।।३०।

आत्मानं चानुशोचामि भवन्तं चामरोत्तमम्
देवान् पितॄन् ऋषीन् साधून् सर्वान् वर्णांस्तथाश्रमान् ३१

अहिले आफ्नो निम्ति, देवताहरूमा श्रेष्ट निम्रो निम्ति, देवता, पितृ, ऋषि, साधु, सबैमा आश्रमका मानिसका निम्ति शोक गरीरहेको छु ।।३१।।

(वसंततिलका)
ब्रह्मादयो बहुतिथं यदपाङ्गमोक्ष
        कामास्तपः समचरन् भगवत्प्रपन्नाः
सा श्रीः स्ववासमरविन्दवनं विहाय
        यत्पादसौभगमलं भजतेऽनुरक्ता ३२

जुन लक्ष्मीको कृपाकटाक्ष प्राप्त गर्नका लागि ब्रम्हा आदि देवताहरू शरणगत भएर भगवान्को धेरै दिन सम्म तपस्या गरेका थिए उनै लक्ष्मी आफ्नो कमल वनलाई छाडेर बडो प्रम संग जसको चरणकमलको सेवा गर्दछिन् ।।३२।।

तस्याहमब्जकुलिशाङ्कुशकेतुकेतैः
        श्रीमत्पदैर्भगवतः समलङ्कृताङ्गी
त्रीनत्यरोच उपलभ्य ततो विभूतिं
        लोकान् मां व्यसृजद् उत्स्मयतीं तदन्ते ३३

उनै भगवान्को कमल, वज्र, अंकुश, ध्वजा आदि चिन्हले युक्तभएको श्रीचरणले विभुषित हुनाले मलाई बैभव प्राप्त भएको थियो तीनै लोकमा भन्दा बढि शोभायमान थिएं तर अव मेरो शौभाग्यको अन्त भएको । भगवान्ले अभागिनीलाई छाडिदिनु भयो मलाई आफ्नो शौभाग्यमा गर्व भएका कारण यो दण्ड दिएको जस्तो लाग्दछ ।।३३।।

यो वै ममातिभरमासुरवंशराज्ञाम्
        अक्षौहिणी शतमपानुददात्मतन्त्रः
त्वां दुःस्थमूनपदमात्मनि पौरुषेण
        सम्पादयन् यदुषु रम्यमबिभ्रदङ्गम् ३४

उनै भगवन्ले असुरवंशी राजाहरूको सयौं अक्षोहिणि सेनाको रूपमा रहेको मेरो अतिशय गह्रौ भारलाई नष्ट गरीदिनु भयो तिमी आफ्नो तीन खुट्टा नहुदा मनमनै कुडिएका थियौ त्यसैले पुरुषोत्तम भगवान्ले आफ्नो पुरुषार्थका कारण सबै अङ्ग पूर्ण गरीदिनु भएको थियो जो अत्यन्त श्यामसुन्दर भगवान् यदुवंशमा प्रकट हुनुभएको थियो

का वा सहेत विरहं पुरुषोत्तमस्य
        प्रेमावलोक रुचिरस्मित वल्गुजल्पैः
स्थैर्यं समानमहरन् मधुमानिनीनां
        रोमोत्सवो मम यदङ्घ्रि विटङ्कितायाः ३५

जसको प्रेमपूर्ण हेराई मिठो बोलिले सत्यभामा आदि मानिनि स्त्रीहरूको मान हरण गर्नुभयो उनलार्ई मुग्ध बानाउनु भयो जसको चरणकमलको स्पर्शले सधै आनन्दले रोमान्चित हुन्थें, यस्ता कृष्ण भगवान्को वियोग कस्ले सहन सक्ला ।।३५।।

तयोरेवं कथयतोः पृथिवीधर्मयोस्तदा
परीक्षिन्नाम राजर्षिः प्राप्तः प्राचीं सरस्वतीम् ३८

धर्म पृथ्वी यसरी कुरा गरीरहेको बेलामा महाराज परीक्षित पूर्वबाहिनी सरस्वतिको तीरमा आउनुभयो ।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे पृथिवीधर्मसंवादो नाम षोडशोऽध्यायः १६