/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

प्रथमः स्कंधः - षोडशोऽध्यायः

श्रीमद्भागवत महापुराण

प्रथमः स्कन्धः - षोडशोऽध्यायः



 

सूत उवाच -
ततः परीक्षिद् द्विजवर्यशिक्षया
    महीं महाभागवतः शशास ह ।
यथा हि सूत्यामभिजातकोविदाः
    समादिशन् विप्र महद्गुणस्तथा ॥ १ ॥
नेपाली भावानुवादः सूतजी भन्नुहुन्छहे शौनकजी! पाण्डवहरू परमधाम प्रस्थान गरेपछि ब्राह्मण र विद्वान्‌हरूको शिक्षाअनुसार भगवान्‌का परम भक्त राजा परीक्षितले पृथ्वीको शासन गर्न थाल्नुभयो। उहाँ जन्मिँदा ज्योतिषहरूले जे-जस्ता महान् गुणहरूको भविष्यवाणी गरेका थिए, ती सबै उहाँमा विद्यमान थिए ।।१।।
 
स उत्तरस्य तनयां उपयेम इरावतीम् ।
जनमेजयादीन् चतुरः तस्यामुत्पादयत् सुतान् ॥ २ ॥
नेपाली भावानुवादः राजा परीक्षितले उत्तरका छोरा (आफ्ना मामा) महाराज उत्तरकी छोरी इरावतीसँग विवाह गर्नुभयो। उहाँबाट जनमेजय आदि चार छोराहरू उत्पन्न भए ।।२।।
 
आजहाराश्वमेधान् त्रीन् गङ्गायां भूरिदक्षिणान् ।
शारद्वतं गुरुं कृत्वा देवा यत्राक्षिगोचराः ॥ ३ ॥
नेपाली भावानुवादः उहाँले कृपाचार्यलाई गुरु थापेर गङ्गाको तटमा धेरै दक्षिणा दिएर तीनवटा अश्वमेध यज्ञ गर्नुभयो। त्यस यज्ञमा देवताहरू स्वयं प्रकट भएर सबैको आँखाका सामुन्ने आफ्नो भाग ग्रहण गर्थे ।।३।।
 
निजग्राहौजसा वीरः कलिं दिग्विजये क्वचित् ।
नृपलिङ्गधरं शूद्रं घ्नन्तं गोमिथुनं पदा ॥ ४ ॥
नेपाली भावानुवादः एक पटक ती वीर राजा दिग्विजयका लागि निस्केका बेला बाटोमा एउटा अनौठो घटना देखे। राजाको भेष धारण गरेको एउटा शूद्र (कलि) ले गाई र गोरुको जोडीलाई लात्तीले हिर्काइरहेको थियो। त्यो देखेर राजाले उसलाई दमन गरी दण्ड दिनुभयो ।।४।।
 
शौनक उवाच -
कस्य हेतोर्निजग्राह कलिं दिग्विजये नृपः ।
नृदेवचिह्नधृक् शूद्र कोऽसौ गां यः पदाहनत् ।
तत्कथ्यतां महाभाग यदि कृष्णकथाश्रयम् ॥ ५ ॥
अथवास्य पदाम्भोज मकरन्दलिहां सताम् ।
किं अन्यैः असदालापैः आयुषो यदसद्व्ययः ॥ ६ ॥
नेपाली भावानुवादः शौनकजीले सोध्नुभयो– 'हे महाभाग सूतजी! राजा परीक्षितले दिग्विजयका समयमा कलिलाई किन दण्ड मात्र दिएर छोडिदिए? राजाको भेषमा गाईलाई लात्तीले हान्ने त्यो शूद्र को थियो? यदि यो प्रसङ्ग श्रीकृष्णको कथा वा उहाँका भक्तहरूसँग सम्बन्धित छ भने हामीलाई सुनाउनुहोस्, किनकि व्यर्थका कुरा सुनेर आयु खेर फाल्नुको कुनै अर्थ छैन' ।।५-६।।
 
क्षुद्रायुषां नृणामङ्ग मर्त्यानामृतमिच्छताम् ।
इहोपहूतो भगवान् मृत्युः शामित्रकर्मणि ॥ ७ ॥
नेपाली भावानुवादः 'हे सूतजी! यस लोकमा मोक्षको इच्छा राख्ने तर अल्पायु भएका मानिसहरूको कल्याणका लागि भगवान् मृत्युदेव (यमराज) लाई यस यज्ञको शान्ति कर्ममा आमन्त्रण गरिएको छ' ।।७।।
 
न कश्चिन् म्रियते तावद् यावदास्त इहान्तकः ।
एतदर्थं हि भगवान् आहूतः परमर्षिभिः ।
अहो नृलोके पीयेत हरिलीलामृतं वचः ॥ ८ ॥
 
नेपाली भावानुवादः 'जबसम्म यमराज यहाँ यज्ञमा व्यस्त रहनुहुन्छ, तबसम्म कसैको मृत्यु हुने छैन। त्यसैले ऋषिहरूले उहाँलाई यहाँ बोलाउनुभएको हो ताकि यस लोकका मानिसहरूले निर्धक्क भएर भगवान्‌को अमृतमय कथा पान गर्न सकून्' ।।८।।
 
मन्दस्य मन्दप्रज्ञस्य वयो मन्दायुषश्च वै ।
निद्रया ह्रियते नक्तं दिवा च व्यर्थकर्मभिः ॥ ९ ॥
नेपाली भावानुवादः 'मन्द बुद्धि र छोटो आयु भएका मानिसहरूको रात निद्रामा र दिन व्यर्थका कर्महरूमा बितिरहेको छ, उनीहरूले भगवान्‌को महिमा सुन्ने अवसर नै पाइरहेका छैनन्' ।।९।।
 
सूत उवाच -
यदा परीक्षित् कुरुजाङ्गलेऽश्रृणोत् 
    कलिं प्रविष्टं निजचक्रवर्तिते ।
निशम्य वार्तामनतिप्रियां ततः 
    शरासनं संयुगशौण्डिराददे ॥ १० ॥
नेपाली भावानुवादः सूतजी भन्नुहुन्छराजा परीक्षित जब कुरुजाङ्गल देशमा शासन गरिरहेका थिए, तब आफ्नो राज्यमा कलिको प्रवेश भएको अप्रिय समाचार सुने। युद्धमा निपुण राजाले तत्कालै कलिलाई दमन गर्न हातमा धनुष उठाए ।।१०।।
 
स्वलङ्कृतं श्यामतुरङ्गयोजितं
    रथं मृगेन्द्रध्वजमाश्रितः पुरात् ।
वृतो रथाश्वद्विपपत्तियुक्तया
    स्वसेनाया दिग्विजयाय निर्गतः ॥ ११ ॥
नेपाली भावानुवादः राम्ररी सिँगारिएको, काला घोडाहरू जोतिएको र सिंहको चिन्ह भएको ध्वजा फहराइरहेको रथमा चढेर राजा परीक्षित सहरबाट निस्किए। उनीसँगै हात्ती, घोडा, रथ र पैदल सैनिकहरूको विशाल सेना दिग्विजका लागि हिँड्यो ।।११।।
 
भद्राश्वं केतुमालं च भारतं चोत्तरान् कुरून् ।
किम्पुरुषादीनि वर्षाणि विजित्य जगृहे बलिम् ॥ १२ ॥
नेपाली भावानुवादः उनले भद्राश्व, केतुमाल, भारत, उत्तरकुरु र किम्पुरुष आदि विभिन्न वर्ष (खण्ड) हरू जिते र ती राज्यहरूबाट कर असुल गरे ।।१२।।
 
तत्र तत्रोपशृण्वानः स्वपूर्वेषां महात्मनाम् ।
प्रगीयमाणं च यशः कृष्णमाहात्म्यसूचकम् ॥ १३ ॥
नेपाली भावानुवादः ती देशहरूमा भ्रमण गर्दा राजाले जताततै आफ्ना पुर्खाहरूको यशोगाथा सुने, जसमा पाइला-पाइलामा भगवान् श्रीकृष्णको महिमा गाइएको हुन्थ्यो ।।१३।।
 
आत्मानं च परित्रातं अश्वत्थाम्नोऽस्त्रतेजसः ।
स्नेहं च वृष्णिपार्थानां तेषां भक्तिं च केशवे ॥ १४ ॥
नेपाली भावानुवादः अश्वत्थामाको ब्रह्मास्त्रबाट आफ्नो रक्षा भएको, पाण्डव र यादवहरू बीचको घनिष्ठ प्रेम र भगवान् श्रीकृष्णमा उनीहरूको अनन्य भक्तिका कथाहरू सुनेर उनी अत्यन्त प्रसन्न भए ।।१४।।
 
तेभ्यः परमसन्तुष्टः प्रीत्युज्जृम्भितलोचनः ।
महाधनानि वासांसि ददौ हारान् महामनाः ॥ १५ ॥
नेपाली भावानुवादः यस्ता पवित्र चरित्र सुनाउनेहरूलाई खुसी भएर उदार मन भएका राजाले बहुमूल्य वस्त्र, रत्नका हार र अनेकौँ उपहारहरू प्रदान गरे ।।१५।।
 
सारथ्यपारषदसेवनसख्यदौत्य ।
    वीरासनानुगमनस्तवनप्रणामान् ।
स्निग्धेषु पाण्डुषु जगत्प्रणतिं च विष्णोः ।
    भक्तिं करोति नृपतिश्चरणारविन्दे ॥ १६ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले पाण्डवहरूका लागि सारथी बनिदिएको, सभामा बसेको, सेवा गरेको, मित्रता निभाएको, दूत बनेको, राति पहरा दिएको र उनीहरूलाई संसारकै पुजनीय बनाएको वृत्तान्त सुनेर राजा परीक्षितको भक्ति श्रीकृष्णको चरणमा अझ प्रगाढ भयो ।।१६।।
 
तस्यैवं वर्तमानस्य पूर्वेषां वृत्तिमन्वहम् ।
नातिदूरे किलाश्चर्यं यदासीत् तन्निबोध मे ॥ १७ ॥
नेपाली भावानुवादः आफ्ना पुर्खाहरूको पदचिह्न पछ्याउँदै जाँदा एक दिन राजाको शिविर नजिकै एउटा आश्चर्यजनक घटना भयो, जुन म तिमीहरूलाई सुनाउँछु ।।१७।।
 
धर्मः पदैकेन चरन् विच्छायामुपलभ्य गाम् ।
पृच्छति स्माश्रुवदनां विवत्सामिव मातरम् ॥ १८ ॥
नेपाली भावानुवादः एउटा खुट्टाले मात्र उभिएको 'धर्म' रूपी गोरुले कान्तिहीन भएकी 'पृथ्वी' रूपी गाईलाई भेट्यो। बाछा हराएकी आमाझैँ पृथ्वीका आँखाबाट आँसु झरिरहेका थिए र उनी अत्यन्तै दुःखी देखिन्थिन् ।।१८।।
 
धर्म उवाच -
कच्चिद्भद्रेऽनामयमात्मनस्ते
    विच्छायासि म्लायतेषन्मुखेन ।
आलक्षये भवतीमन्तराधिं
    दूरे बन्धुं शोचसि कञ्चनाम्ब ॥ १९ ॥
नेपाली भावानुवादः धर्मले सोध्यो– 'हे कल्याणी! तिमीलाई सन्चै छ? तिम्रो मुख मलिन र कान्तिहीन देखिन्छ। तिमीलाई कुनै ठूलो मानसिक पीडा भए जस्तो छ। कतै टाढा गएका आफ्ना बन्धु-बान्धवहरूको सम्झनामा चिन्तित त छैनौ?' ।।१९।।
 
पादैर्न्यूनं शोचसि मैकपादं
    आत्मानं वा वृषलैर्भोक्ष्यमाणम् ।
आहो सुरादीन् हृतयज्ञभागान्
    प्रजा उत स्विन्मघवत्यवर्षति ॥ २० ॥
नेपाली भावानुवादः 'कतै मेरो तीन खुट्टा नष्ट भएर एउटा मात्र बाँकी भएको देखेर मेरो चिन्ता गरेकी हौ कि? अथवा अब शूद्रहरूले तिमीमाथि शासन गर्नेछन् भन्ने सोचेर डराएकी हौ? कि यज्ञको भाग नपाउने देवताहरू वा वर्षा नहुँदा भोकमरीमा परेका प्रजाहरूका लागि तिम्रो मन रोएको हो?' ।।२०।।
 
अरक्ष्यमाणाः स्त्रिय उर्विबालान्
    शोचस्यथो पुरुषादैरिवार्तान् ।
वाचं देवीं ब्रह्मकुले कुकर्मणि
    अब्रह्मण्ये राजकुले कुलाग्र्यान् ॥ २१ ॥
नेपाली भावानुवादः 'हे धर्ती! असुर जस्ता पुरुषहरूबाट प्रताडित महिला र बालबालिकाहरूको रक्षा हुन नसकेकोमा दुःखी छौ कि? वा कुकर्मीहरूको हातमा परेको ज्ञान र ब्राह्मण-द्रोही राजाहरूको सेवामा लागेका विद्वान्‌हरूको अवस्था देखेर शोक गरेकी हौ?' ।।२१।।
 
किं क्षत्रबन्धून् कलिनोपसृष्टान्
    राष्ट्राणि वा तैरवरोपितानि ।
इतस्ततो वाशनपानवासः
    स्नानव्यवायोन्मुखजीवलोकम् ॥ २२ ॥
नेपाली भावानुवादः 'अहिलेका नाम मात्रका राजाहरू कलिको प्रभावमा परेर राज्यलाई उजाड बनाउँदै छन्। कतै उनीहरूका कारण वा मर्यादाहीन खानपान र विहारमा डुबेका मानिसहरूलाई देखेर तिमीलाई कष्ट भएको त होइन?' ।।२२।।
 
यद्वाम्ब ते भूरिभरावतार
    कृतावतारस्य हरेर्धरित्रि ।
अन्तर्हितस्य स्मरती विसृष्टा
    कर्माणि निर्वाणविलम्बितानि ॥ २३ ॥
नेपाली भावानुवादः 'हे माता! भगवान् श्रीकृष्णले तिम्रो भार उतार्न अवतार लिनुभएको थियो। कतै उहाँ यस लोकबाट अन्तर्धान हुनुभएको र उहाँका ती मुक्तिदायक लीलाहरूको सम्झनाले तिमीलाई व्याकुल बनाएको त होइन?' ।।२३।।
 
इदं ममाचक्ष्व तवाधिमूलं
    वसुन्धरे येन विकर्शितासि ।
कालेन वा ते बलिनां बलीयसा
    सुरर्चितं किं हृतमम्ब सौभगम् ॥ २४ ॥
नेपाली भावानुवादः 'हे वसुन्धरा! तिम्रो यो दुःखको वास्तविक कारण मलाई भन। के बलवान् समयले देवताहरूद्वारा पूजित तिम्रो सौभाग्यलाई हरण गरिदियो?' ।।२४।।
 
धरण्युवाच -
भवान् हि वेद तत्सर्वं यन्मां धर्मानुपृच्छसि ।
चतुर्भिर्वर्तसे येन पादैर्लोकसुखावहैः ॥ २५ ॥
नेपाली भावानुवादः पृथ्वीले भनिन्– 'हे धर्म! तपाईंले मलाई जे सोधिरहनुभएको छ, ती सबैका बारेमा तपाईंलाई थाहै छ। तपाईं पहिले सत्य, शौच, दया र दानयी चार खुट्टाका माध्यमबाट संसारलाई सुख दिनुहुन्थ्यो' ।।२५।।
 
सत्यं शौचं दया क्षान्तिः त्यागः सन्तोष आर्जवम् ।
शमो दमस्तपः साम्यं तितिक्षोपरतिः श्रुतम् ॥ २६ ॥
ज्ञानं विरक्तिरैश्वर्यं शौर्यं तेजो बलं स्मृतिः ।
स्वातन्त्र्यं कौशलं कान्तिः धैर्यं मार्दवमेव च ॥ २७ ॥
प्रागल्भ्यं प्रश्रयः शीलं सह ओजो बलं भगः ।
गाम्भीर्यं स्थैर्यमास्तिक्यं कीर्तिर्मानोऽनहङ्कृतिः ॥ २८ ॥
नेपाली भावानुवादः 'सत्य, पवित्रता, दया, क्षमा, त्याग, सन्तोष, सरलता, मनको नियन्त्रण, इन्द्रिय दमन, तपस्या, समानता, सहनशीलता, वैराग्य, शास्त्रज्ञान, विवेक, ऐश्वर्य, वीरता, तेज, बल, स्मृति, स्वतन्त्रता, कौशल, कान्ति, धैर्य, कोमलता, निर्भयता, नम्रता, सदाचार, साहस, गम्भीरता, आस्तिकता, कीर्ति र निरहङ्कार जस्ता दिव्य गुणहरू जसमा सधैँ वास गर्थे...' ।।२६-२८।।
 
एते चान्ये च भगवन् नित्या यत्र महागुणाः ।
प्रार्थ्या महत्त्वमिच्छद्भिः नर्न वियन्ति स्म कर्हिचित् ॥ २९ ॥
नेपाली भावानुवादः 'यस्ता अनन्त दिव्य गुणहरूका आश्रय भगवान् श्रीकृष्ण यस लोकबाट बिदा हुनुभएको छ। महान् व्यक्तित्वहरूले सधैँ चाहना गर्ने ती गुणहरू अब उहाँसँगै गए' ।।२९।।
 
तेनाहं गुणपात्रेण श्रीनिवासेन साम्प्रतम् ।
शोचामि रहितं लोकं पाप्मना कलिनेक्षितम् ॥ ३० ॥
नेपाली भावानुवादः 'गुणहरूका खानी र लक्ष्मीका निवास भगवान् श्रीकृष्ण बिना यो संसार अहिले पापमय कलिको दृष्टिमा परेको छ। त्यसैले म यस संसारका लागि चिन्तित छु' ।।३०।।
 
आत्मानं चानुशोचामि भवन्तं चामरोत्तमम् ।
देवान् पितॄन् ऋषीन् साधून् सर्वान् वर्णांस्तथाश्रमान् ॥ ३१ ॥
नेपाली भावानुवादः 'म आफ्नो लागि मात्र होइन, तपाईं (धर्म), देवता, पितृ, ऋषि, साधु र सम्पूर्ण वर्ण तथा आश्रमका मानिसहरूको भविष्य देखेर शोक गरिरहेकी छु' ।।३१।।
 
ब्रह्मादयो बहुतिथं यदपाङ्गमोक्ष ।
    कामास्तपः समचरन् भगवत्प्रपन्नाः ।
सा श्रीः स्ववासमरविन्दवनं विहाय ।
    यत्पादसौभगमलं भजतेऽनुरक्ता ॥ ३२ ॥
नेपाली भावानुवादः 'जुन लक्ष्मीको कृपा पाउन ब्रह्मा आदि देवताहरूले धेरै समयसम्म तपस्या गरे, उनै लक्ष्मीले आफ्नो वासस्थान कमलको वन छोडेर जसको चरणको प्रेमपूर्वक सेवा गर्थिन्...' ।।३२।।
 
तस्याहमब्जकुलिशाङ्कुशकेतुकेतैः ।
    श्रीमत्पदैर्भगवतः समलङ्कृताङ्गी ।
त्रीनत्यरोच उपलभ्य ततो विभूतिं ।
    लोकान् स मां व्यसृजद् उत्स्मयतीं तदन्ते ॥ ३३ ॥
नेपाली भावानुवादः 'उनै भगवान्‌का कमल, वज्र र ध्वजा जस्ता चिन्हले युक्त चरणहरूले सुशोभित हुँदा म तीनै लोकमा सर्वश्रेष्ठ देखिन्थेँ। तर अहिले भगवान्‌ले मलाई छोडिदिनुभयो। सायद मलाई आफ्नो सौभाग्यमा अलि घमण्ड भएको थियो, त्यसैले आज मेरो यो दशा भयो' ।।३३।।
 
यो वै ममातिभरमासुरवंशराज्ञाम् ।
    अक्षौहिणी शतमपानुददात्मतन्त्रः ।
त्वां दुःस्थमूनपदमात्मनि पौरुषेण ।
    सम्पादयन् यदुषु रम्यमबिभ्रदङ्गम् ॥ ३४ ॥
नेपाली भावानुवादः 'उनै स्वतन्त्र परमात्माले असुर राजाहरूको विशाल सेनाको भारबाट मलाई मुक्त गराउनुभयो। तपाईंको तीन खुट्टा गुमेको दुःख बुझेर उहाँले आफ्नो पुरुषार्थद्वारा तपाईंलाई पूर्ण बनाउन यदुवंशमा अवतार लिनुभएको थियो' ।।३४।।
 
का वा सहेत विरहं पुरुषोत्तमस्य ।
    प्रेमावलोक रुचिरस्मित वल्गुजल्पैः ।
स्थैर्यं समानमहरन् मधुमानिनीनां ।
    रोमोत्सवो मम यदङ्घ्रि विटङ्कितायाः ॥ ३५ ॥
नेपाली भावानुवादः 'जसको प्रेमपूर्ण हेराइ, मधुर मुस्कान र मीठो बोलीले गोपिनी र रानीहरूको मान हर्थ्यो, उनै पुरुषोत्तमको वियोग कसले सहन सक्छ? जसको चरणस्पर्शले म सधैँ आनन्दित हुन्थेँ, आज उहाँको अभावमा म रित्तो भएकी छु' ।।३५।।
 
तयोरेवं कथयतोः पृथिवीधर्मयोस्तदा ।
परीक्षिन्नाम राजर्षिः प्राप्तः प्राचीं सरस्वतीम् ॥ ३६ ॥
नेपाली भावानुवादः यसरी पृथ्वी र धर्मले आपसमा कुरा गरिरहेका बेला राजर्षि परीक्षित पूर्वतर्फ बग्ने सरस्वती नदीको किनारमा आइपुग्नुभयो ।।३६।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे
पृथिवीधर्मसंवादो नाम षोडशोऽध्यायः ।।१६।।
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवतको यो १६ औँ अध्यायमा कलिको प्रभाव र पृथ्वी तथा धर्मको संवादको मार्मिक चित्रण गरिएको छ। पाण्डवहरूले राज्य छोडेपछि राजा परीक्षितले शासनको बागडोर सम्हाले। उनले ज्योतिषहरूको भविष्यवाणी अनुसार नै अत्यन्तै न्यायपूर्ण र कुशल शासन गरे। परीक्षितले इरावतीसँग विवाह गरे र उनका जनमेजय सहित चार सन्तान भए। उनले कृपाचार्यलाई गुरु बनाएर गङ्गा तटमा तीनवटा ठूला अश्वमेध यज्ञहरू सम्पन्न गरे। आफ्नो दिग्विजय यात्राका क्रममा उनले बाटोमा एउटा विरक्त लाग्दो दृश्य देखे। राजाको भेषमा आएको एउटा शूद्रले गाई र गोरुको जोडीलाई निर्ममतापूर्वक हिर्काइरहेको थियो। राजा परीक्षितले ती दुष्टलाई तुरुन्तै दण्डित गरे। यसै सन्दर्भमा शौनक ऋषिले सूतजीलाई सोधे कि राजाले कलिलाई किन पूर्णतया समाप्त गरेनन्। सूतजीले व्याख्या गरे कि यज्ञमा यमराजको उपस्थिति भएकाले कसैको मृत्यु नहुने समय थियो। मानिसहरूले भगवान्‌का कथाहरू सुन्न सकून् भनेर यमराजलाई नै यज्ञमा व्यस्त गराइएको थियो। परीक्षितले कुरुजाङ्गल देशमा कलिको प्रवेश भएको थाहा पाएपछि तुरुन्तै धनुष उठाए। उनले आफ्नो विशाल सेनासहित विभिन्न खण्डहरूमा विजय प्राप्त गरे। दिग्विजयका क्रममा उनले जताततै आफ्ना पुर्खाहरूको यश र श्रीकृष्णको माहात्म्य सुने। भगवान् श्रीकृष्णले पाण्डवहरूका लागि गरेको सारथीपन र दूत कार्यको स्मरणले राजाको भक्ति झन् बढ्यो। उनले श्रीकृष्णको महिमा सुनाउनेहरूलाई खुसी भएर बहुमूल्य उपहारहरू दिए। त्यसैबेला उनले धर्म र पृथ्वीको संवाद भइरहेको भेटे। धर्म गोरुको रूपमा एक खुट्टामा उभिएको थियो र पृथ्वी गाईको रूपमा रोइरहेकी थिइन्। धर्मले पृथ्वीलाई उनको दुःखको कारण सोध्दै अनेकौँ सम्भावनाहरू व्यक्त गर्‍यो। धर्मले सोध्यो कि के उनी वर्षा नभएरअधर्मी राजाहरू बढेर वा श्रीकृष्णको वियोगमा रोएकी हुन्। पृथ्वीले उत्तर दिइन् कि धर्मका चारै खुट्टा पहिले श्रीकृष्णको कृपाले बलिया थिए। श्रीकृष्णमा सत्यशौचदया र क्षमा जस्ता अनन्त दिव्य गुणहरू विद्यमान थिए। उहाँ यस लोकबाट अन्तर्धान भएपछि संसारमा कलिको कुदृष्टि परेको पृथ्वीले बताइन्। उनले भनिन् कि अब सारा आश्रमवर्ण र मानिसहरूको भविष्य सङ्कटमा छ। लक्ष्मीले समेत भगवान्‌को चरण सेवाका लागि आफ्नो वासस्थान छोडेकी थिइन्। श्रीकृष्णका चरणका चिन्हहरूले गर्दा पृथ्वी पहिले तीनै लोकमा शोभायमान थिइन्। अहिले ती चरणहरूको अभावमा आफूलाई अभागिनी महसुस गरिरहेको उनले बताइन्। भगवान्‌को मधुर मुस्कान र प्रेमपूर्ण बोलीको अभाव अब कसैले पुरा गर्न नसक्ने उनको पीडा थियो। यही संवादको अन्त्यमा राजा परीक्षित सरस्वती नदीको किनारमा पुगेको देखाइएको छ। यो अध्यायले कलिको आगमन र धर्मको क्षयको सुरुवातलाई दार्शनिक ढङ्गले प्रस्तुत गर्दछ। यसले ईश्वर बिनाको धर्ती र धर्मको अवस्था कति दयनीय हुन्छ भन्ने देखाउँछ

दार्शनिक पक्ष

यो अध्यायले 'धर्मर 'पृथ्वीलाई चेतन तत्त्वका रूपमा प्रस्तुत गर्दै मानव समाज र प्रकृतिको सम्बन्धलाई उजागर गर्दछ। धर्मका चार खुट्टासत्यशौच (पवित्रता)दया र दानसमाजका चार स्तम्भ हुन्जसको क्षयले कलिको प्रभाव बढ्छ। पृथ्वी र धर्मको संवादले ईश्वरीय सत्ता बिनाको भौतिक संसार 'कान्तिहीनहुने दर्शनलाई पुष्टि गर्दछ। यहाँ 'कलिलाई केवल एउटा पात्र मात्र नभई अधर्मलोभ र हिंसाको प्रतीकका रूपमा देखाइएको छ। श्रीकृष्णको अन्तर्धान हुनु भनेको संसारबाट 'सत्' (सत्य) र 'चित्' (चेतना) को प्रत्यक्ष प्रकट रूप हराउनु हो। पृथ्वीको शोकले भक्त र भगवान्‌को वियोगको पराकाष्ठा देखाउँछजहाँ भौतिक वैभव भए पनि आध्यात्मिक शून्यतले कष्ट दिन्छ। यसले बुझाउँछ कि जब शासक अधर्मी हुन्छतब जीव मात्र होइनधर्ती र धर्म पनि प्रताडित हुन्छन्। ईश्वरका ३९ वटा दिव्य गुणहरूको वर्णनले भगवान्‌को 'पूर्णत्वर मानवको 'अपूर्णताबीचको भिन्नता स्पष्ट पार्छ। यसले 'काल' (समय) को शक्तिको वर्णन गर्दै सौभाग्य र दुर्भाग्य समयको अधीनमा हुने कुरा सङ्केत गर्दछ। अन्त्यमायो अध्यायले कलियुगमा धर्मको रक्षाका लागि परीक्षित जस्तो सचेत शासक र भगवत् कथाको शरण आवश्यक छ भन्ने दर्शन दिन्छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...