श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - एकविंशोऽध्यायः
श्रीशुक उवाच -
सत्यं समीक्ष्याब्जभवो नखेन्दुभिः
हतस्वधामद्युतिरावृतोऽभ्यगात् ।
मरीचिमिश्रा ऋषयो बृहद्व्रताः
सनन्दनाद्या नरदेव योगिनः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! जब भगवान्को चरणकमल सत्यलोकमा पुग्यो । वहाँको नखचन्द्रको आभाले सत्यलोकलाई नै मलिन गर्ने गरि छुट्टै शोभा पायो । स्वयं ब्रह्मा पनि वहाँको प्रकाशमा डुब्नु भयो । ब्रह्मा सहित मरिचि आदि ऋषिहरु, सनन्दन आदि नैष्ठिक व्रह्मचारी एवं ठुला ठुला योगिहरुको साथ भगवान्को चरणकमलको वन्दना गर्न लागे ।।१।।
वेदोपवेदा नियमान्विता यमाः
तर्केतिहासाङ्गपुराणसंहिताः ।
ये चापरे योगसमीरदीपित
ज्ञानाग्निना रन्धितकर्मकल्मषाः ।
ववन्दिरे यत्स्मरणानुभावतः
स्वायम्भुवं धाम गता अकर्मकम् ॥ २।।
ब्रह्मलोकमा मूर्तिमान भएर निवास गर्ने वेद, उपवेद, नियम, यम, तर्क, इतिहास, वेदांग र पुराण, संहिताहरु जो तथा योगरुप वायुले ज्ञानाग्निलाई प्रज्वलित गरेर कर्मफललाई भष्म गरेका छन, ती महात्माहरु समेत भएर भगवान्को चरणको वन्दना गरे । यहि चरणकमलको स्मरणको महिमाले गर्दानै सब कर्मले पनि प्राप्त नहुने योग्य ब्रह्मलोक पुगेका हुन ।।२।।
अथाङ्घ्रये प्रोन्नमिताय विष्णोः
उपाहरत्पद्मभवोऽर्हणोदकम् ।
समर्च्य भक्त्याभ्यगृणाच्छुचिश्रवा
यन्नाभिपङ्केरुहसम्भवः स्वयम् ॥ ३ ॥
भगवान् ब्रह्माको कीर्ति बडो पवित्र छ । वहाँ विष्णु भगवान्को नाभिकमलबाट उत्पन्न हुनुभएको हो । वहाँले आफैनै विश्वरुप भगवान्को माथि उठेको चरण पखाल्नु भयो त्यसपछि अघ्र्य, पाद्यले पूजा गर्नु भयो अनि बडो प्रेमले भक्तिले वहाँको स्तुति गर्नु भयो ।।३।।
धातुः कमण्डलुजलं तदुरुक्रमस्य
पादावनेजनपवित्रतया नरेन्द्र ।
स्वर्धुन्यभून्नभसि सा पतती निमार्ष्टि
लोकत्रयं भगवतो विशदेव कीर्तिः ॥ ४ ॥
परीक्षित ! ब्रह्माको कमण्डलुको त्यहि जल विश्वरुप भगवान्को पाउमा पर्नाले गंगाजीको रुपमा परिणत भयो, जुन आकाश मार्गबाट पृथ्वीमा झरेर तीनैलोकलाई पवित्र गर्दछिन । यिनी भगवानको मुर्तीमान उज्ज्वल कीर्ति हुन ।।४।।
(अनुष्टुप्)
ब्रह्मादयो लोकनाथाः स्वनाथाय समादृताः ।
सानुगा बलिमाजह्रुः संक्षिप्तात्मविभूतये ॥ ५ ॥
जब भगवान्ले आफ्नो शरीरलाई केहि सानो गर्नु भयो, तव ब्रह्मा आदि लोकपालले आफ्नो अनुचरका साथ बडो आदरभावले आफ्ना स्वामी भगवान्लाई भेट समर्पण गर्नु भयो ।।५।।
तोयैः समर्हणैः स्रग्भिः दिव्यगन्धानुलेपनैः ।
धूपैर्दीपैः सुरभिभिः लाजाक्षतफलाङ्कुरैः ॥ ६ ॥
स्तवनैर्जयशब्दैश्च तद्वीर्यमहिमांकितैः ।
नृत्यवादित्रगीतैश्च शंखदुन्दुभिनिःस्वनैः ॥ ७ ॥
वहाँहरुले जल, उपहार, माला, दिव्य गन्धले भरिएको चन्दन, सुगन्धित धूप, दीप, लावा, अक्षता, फल, अंकुर, भगवानको महिमा र प्रभावले युक्त स्तोत्र, जय जयकारका स्तोत्र, नृत्य, नाच गान बाजा गाजा एवं शंख र दुन्दुभिको शव्दले भगवान्को आराधना गरे ।।६।।७।।
जाम्बवान् ऋक्षराजस्तु भेरीशब्दैर्मनोजवः ।
विजयं दिक्षु सर्वासु महोत्सवमघोषयत् ॥ ८ ॥
त्यस समय ऋक्षराज जाम्ववान मन समान वेगले दौडेर सब दिशाहरुमा भेरी बजाएर भगवान्को विजयको घोषण गरेर आए ।।८।।
महीं सर्वां हृतां दृष्ट्वा त्रिपदव्याजयाच्ञया ।
ऊचुः स्वभर्तुरसुरा दीक्षितस्यात्यमर्षिताः ॥ ९ ॥
तीन पाइला जमीन माग्ने बहानामा सबै पृथ्वी खोसेको देखेर दैत्यहरुले बिचार गरे कि हाम्रा स्वामी बलि यस समय यज्ञको दिक्षित छन् उनी त केहि बोल्र्दनन । यस्तो देखेर उनीहरु अत्यन्त रिसाउदै भने ।।९।।
न वा अयं ब्रह्मबन्धुः विष्णुर्मायाविनां वरः ।
द्विजरूपप्रतिच्छन्नो देवकार्यं चिकीर्षति ॥ १० ॥
हेर यो ब्रह्मण नै होइन । यो त सबभन्दा ठुलो मायावि विष्णु हो । ब्राह्मणको रुपमा लुकेर यी देवताको काम बनाउन आएका हुन ।।१०।।
अनेन याचमानेन शत्रुणा वटुरूपिणा ।
सर्वस्वं नो हृतं भर्तुः न्यस्तदण्डस्य बर्हिषि ॥ ११ ॥
हाम्रा मालिक यज्ञमा दीक्षित भएकाले कसैलाई दण्ड दिदैनन त्यसैले यिनले पहिलो याचना गरे पछि फेरी हाम्रो सर्वस्व हरण गरे ।।११।।
सत्यव्रतस्य सततं दीक्षितस्य विशेषतः ।
नानृतं भाषितुं शक्यं ब्रह्मण्यस्य दयावतः ॥ १२ ॥
हाम्रा स्वामी सधैं सत्यमा रहनु हुन्छ । अहिले यज्ञमा दीक्षित हुनाले वहाँ यस कुराको विशेष ध्यान राख्नु हुन्छ । उनी ब्राह्मणका भक्त हुनुहुन्छ र उनको हृदयमा दया पनि धेरैछ । त्यसैले उनी कहिले पनि झुट बोल्न सक्नु हुन्न ।।१२।।
तस्मादस्य वधो धर्मो भर्तुः शुश्रूषणं च नः ।
इत्यायुधानि जगृहुः बलेरनुचरासुराः ॥ १३ ॥
यस अवस्थामो सत्रुलाई मार्नुनै हाम्रो धर्म हो कि । यसले हाम्रो मालिक बलिको सेवा पनि हुन्छ । यस्तो सोचेर राजा बलिका अनुचरहरुले आफ्नो आफ्नो हतियार उठाए ।।१३।।
ते सर्वे वामनं हन्तुं शूलपट्टिशपाणयः ।
अनिच्छन्तो बले राजन् प्राद्रवन् जातमन्यवः ॥ १४ ॥
परीक्षित ! राजा बलिको इच्छा नहुँदा पनि उनीहरु सबै रिसाउँदै हातमा शूल, पट्टिस आदि लिएर भगवान् वामनलाई मार्नका लागि भनि आफ्नो अस्त्र उठाए ।।१४।।
तान् अभिद्रवतो दृष्ट्वा दितिजानीकपान् नृप ।
प्रहस्यानुचरा विष्णोः प्रत्यषेधन्नुदायुधाः ॥ १५ ॥
परीक्षित ! दैत्यका सेनापति आक्रमण गर्नको लागि दौडेर आउँदै गरेको देखेर विष्णुभगवान्को पार्षदहरुले पनि हाँस्दै आफ्नो आफ्नो हतियार उठाए र उनीहरुलाई रोके ।।१५।।
नन्दः सुनन्दोऽथ जयो विजयः प्रबलो बलः ।
कुमुदः कुमुदाक्षश्च विष्वक्सेनः पतत्त्रिराट् ॥ १६ ॥
जयन्तः श्रुतदेवश्च पुष्पदन्तोऽथ सात्वतः ।
सर्वे नागायुतप्राणाः चमूं ते जघ्नुरासुरीम् ॥ १७ ॥
नन्द, सुनन्द, जय, विजय, प्रबल, बल, कुमुद, कुमुदाक्ष, विष्वक्सेन, गरुड, जयन्त, श्रुतदेव, पुष्पदन्त र सात्वत यी सबै भगवान्का पार्षद दसहजार हात्तिको बल बराबरीका छन । उनीहरु असुरका सेनालाई संहार गर्न लागे ।।१६।१७।।
हन्यमानान् स्वकान् दृष्ट्वा पुरुषानुचरैर्बलिः ।
वारयामास संरब्धान् काव्यशापमनुस्मरन् ॥ १८ ॥
यता राजा बलिले भगवान्का पार्षदले आफ्ना सैनिकलाई मारिरहेका देख, आफ्ना सैनिकहरु पनि रिसाउँदै उनीहरुसंग लड्न तयार भएका देखे । उनले यो सबै शुक्राचार्यको श्रापको कारण हो भन्ने बुझेर युद्ध गर्नबाट रोके ।।१८।।
हे विप्रचित्ते हे राहो हे नेमे श्रूयतां वचः ।
मा युध्यत निवर्तध्वं न नः कालोऽयमर्थकृत् ॥ १९ ॥
उनले विप्रचित्ति, राहु, नेमि, आदि दैत्यलाई सम्बोधन गरेर भने– भाईहरु ! मेरो कुरा सुन, अब युद्धलाइ रोकेर फर्केर आउ । अहिले यो समय हाम्रो कार्यको अनुकुल छैन ।।१९।।
यः प्रभुः सर्वभूतानां सुखदुःखोपपत्तये ।
तं नातिवर्तितुं दैत्याः पौरुषैरीश्वरः पुमान् ॥ २० ॥
दैत्यहरु ! समस्त प्राणीलाई सुख र दुःख दिनका लागि समर्थ राख्ने जुन काल छन् उसलाई दबाएर आफ्नो काबुमा राख्न कसैले पनि सक्तैन उ ता सबैको शक्ति भन्दा बाहिर छ ।।२०।।
यो नो भवाय प्राग् आसीत् अभवाय दिवौकसाम् ।
स एव भगवान् अद्य वर्तते तद्विपर्ययम् ॥ २१ ॥
जुन पहिले हाम्रो उन्नति र देवताहरुको अवन्नति भएको थियो, उनै काल भगवान् अब उनीहरुको उन्नति र हाम्रो अवन्नति को कारण भएका छन ।।२१।।
बलेन सचिवैर्बुद्ध्या दुर्गैर्मन्त्रौषधादिभिः ।
सामादिभिरुपायैश्च कालं नात्येति वै जनः ॥ २२ ॥
बल, मन्त्री, बुद्धि, दुर्ग, मन्त्र, औषधि र समादि उपाय, यसमा कुनै पनि साधनले अथवा सबैको द्वारा पनि मानिसले काल माथि विजय प्राप्त गर्न सक्तैन ।।२२।।
भवद्भिः निर्जिता ह्येते बहुशोऽनुचरा हरेः ।
दैवेनर्द्धैस्त एवाद्य युधि जित्वा नदन्ति नः ॥ २३ ॥
जब दैव तिमीहरुको अनुकुल थियो तब तिमीहरुले भगवान्का यी पार्षदलाई धेरै पटक जितेका थियौ । तर हेर आज उनीहरु नै युद्धमा आज हामी माथि विजय प्राप्त गरेर सिंहनाद गरिरहेका छन ।।२३।।
एतान्वयं विजेष्यामो यदि दैवं प्रसीदति ।
तस्मात्कालं प्रतीक्षध्वं यो नोऽर्थत्वाय कल्पते ॥ २४ ॥
यदि दैव हाम्रो अनुकुल भयो भने हामी पनि यिनीहरुलाई जित्ने छौं । त्यसैले काम सिद्धिका लागि अनुकुल हुने समयको प्रतीक्षा गर ।।२४।।
श्रीशुक उवाच -
पत्युर्निगदितं श्रुत्वा दैत्यदानवयूथपाः ।
रसां निर्विविशू राजन् विष्णुपार्षद ताडिताः ॥ २५ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! आफ्ना स्वामी बलिको कुरा सुनेर भगवान्का पार्षदसंग हारेका दैत्य र सेनापति रसातल तिर लागे ।।२५।।
अथ तार्क्ष्यसुतो ज्ञात्वा विराट् प्रभुचिकीर्षितम् ।
बबन्ध वारुणैः पाशैः बलिं सूत्येऽहनि क्रतौ ॥ २६ ॥
उनीहरु गएपछि भगवान्को हृदयको कुरा बुझेर पक्षीराज गरुडले बरुणको पाशोले बलिलाई बाँधिदिए । त्यसदिन उनको अश्वमेध यज्ञको समाप्ति हुने दिन थियो ।।२६।।
हाहाकारो महान् आसीत् रोदस्योः सर्वतो दिशम् ।
निगृह्यमाणेऽसुरपतौ विष्णुना प्रभविष्णुना ॥ २७ ॥
सर्वशक्तिमान भगवान् विष्णुले यसरी बलिालई बाँधिदिनु भएपछि पृथ्वी, आकाश र सबै दिशाहरुका हाहाकार मच्चिन लाग्यो ।।२७।।
तं बद्धं वारुणैः पाशैः भगवान् आह वामनः ।
नष्टश्रियं स्थिरप्रज्ञः उदारयशसं नृप ॥ २८ ॥
यद्यपि बलि वरुणको पाशले बाँधिएका थिए । उनको सम्पत्ति पनि उनको हातबाट फुत्किएको थियो । फेरी पनि उनको बुद्धि स्थिर थियो र सबैले उनको उदार यशको वर्णन गर्नलागे । परीक्षित त्यस समय भगवान्ले बलिसंग भन्नु भयो ।।२८।।
पदानि त्रीणि दत्तानि भूमेर्मह्यं त्वयासुर ।
द्वाभ्यां क्रान्ता मही सर्वा तृतीयं उपकल्पय ॥ २९ ॥
असुर ! तिमीले मलाई पृथ्वीको तीन पाउ दिएका थियौ दुई पाउले मैले सारा पृथ्वी नापिदिएं, अब तेश्रो पाउ राख्ने ठाँउ देखाउ ।।२९।।
यावत्तपत्यसौ गोभिः यावदिन्दुः सहोडुभिः ।
यावद्वर्षति पर्जन्यः तावती भूरियं तव ॥ ३० ॥
जहाँसम्म सूर्यको गर्मी पुग्दछ, जहाँसम्म नक्षत्र र चन्द्रमाको किरण पुग्दछ र जहाँसम्म बादल गएर बर्सन्छ, त्यहाँसम्मको सबै पृथ्वी तिम्रो अधिकारमा थियो ।।३०।।
पदैकेन मयाक्रान्तो भूर्लोकः खं दिशस्तनोः ।
स्वर्लोकस्ते द्वितीयेन पश्यतस्ते स्वमात्मना ॥ ३१ ॥
तिमीले हेर्दा हेर्दै मैले एक पाइलाले भूलोक, शरीरले आकाश र दिशाहरु एवं अर्को पाउले स्वर्ग नापि दिएं । अब यो सबै मेरो भयो ।।३१।।
प्रतिश्रुतमदातुस्ते निरये वास इष्यते ।
विश त्वं निरयं तस्माद् गुरुणा चानुमोदितः ॥ ३२ ॥
तिमीले जुन प्रतिज्ञा गरेका थियौ त्यसलाई पुरा गर्न नसकेकोले अब तमीले नरकमा बस्नु पर्दछ । तिम्रो गुरु सित यस विषयमा त सम्मति थियो नै । अब जाउ तिमी नरकमा प्रवेश गर ।।३२।।
वृथा मनोरथस्तस्य दूरः स्वर्गः पतत्यधः ।
प्रतिश्रुतस्यादानेन योऽर्थिनं विप्रलंभते ॥ ३३ ॥
जसले याचकलाई दिने प्रतिज्ञा गरेर यस प्रकार उसलाई धोका दिन्छ, उसको सबै मनोरथ व्यर्थ हुन्छ । स्वर्गको कुरा त टाढा रहन्छ, उसले झन नरकमा पर्नु पर्दछ ।।३३।।
विप्रलब्धो ददामीति त्वयाहं चाढ्यमानिना ।
तद्व्यलीकफलं भुङ्क्ष्व निरयं कतिचित्समाः ॥ ३४ ॥
तिमीलाई म धनी हुँ भन्ने कुराको बडो घमण्ड थियो । तिमीले मलाई दिन्छु भन्ने यस्तो प्रतिज्ञा गरेर फेरी धोका दियौ । अब तिमी केहि वर्षसम्म झुटको बोलेको फल नरकमा गएर भोग ।।३४।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे बलिनिग्रहो नाम एकविंशोऽध्यायः ॥ २१ ॥