#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

द्वितीय स्कंधः - सप्तमोऽध्यायः


श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः - सप्तमोऽध्यायः


ब्रह्मोवाच
(वसंततिलका)
यत्रोद्यतः क्षितितलोद्धरणाय बिभ्रत्
        क्रौडीं तनुं सकलयज्ञमयीमनन्तः
अन्तर्महार्णव उपागतमादिदैत्यं
        तं दंष्ट्रयाऽद्रिमिव वज्रधरो ददार

अनन्त भगवान्ले प्रलयकालमा जलमा डुवेकी पृथ्वीको उध्दार गर्न यज्ञमय वराह शरीर ग्रहण गर्नुभयो आदि दैत्य हिराण्यक्ष जल भित्रै भगवान् संग युध्द गर्न भनि आयो जसरी इन्द्रले आफ्नो वज्रले पर्वतको पखेटा काटेका थिए, त्यसरी नै वराह भगवान्ले आफ्नो दाह्राले त्यसलाई टुक्राटुक्रा पारिदिनुभयो ।।१।।

जातो रुचेरजनयत् सुयमान् सुयज्ञ
        आकूतिसूनुः अमरान् अथ दक्षिणायाम्
लोकत्रयस्य महतीं अहरद् यदार्तिं
        स्वायम्भुवेन मनुना हरिरित्यनूक्तः

उनै भगवानले रुचि नाम गरेका पजापतिकी पत्नी आकुतिको गर्भबाट सुयज्ञको रूपमा अवतार लीनुभयो त्यस अवतारमा वहाँले दक्षिणा नाम गरेकी पत्नीबाट सुयम नाम गरेको देवताहरू उत्पन्न गरेर तीनै लोकको ठुलो शंकट हरण गर्नु भएकाले स्वायम्भुव मुनले उहाँलार्ई हरि नाम राख्नुभयो ।।२।।

जज्ञे कर्दमगृहे द्विज देवहूत्यां
            स्त्रीभिः समं नवभिरात्मगतिं स्वमात्रे
ऊचे ययाऽत्मशमलं गुणसङ्गपङ्कम्
           अस्मिन् विधूय कपिलस्य गतिं प्रपेदे

नारद! कर्दम प्रजापतिकी पत्नी देवहुतीको गर्भबाट नौ बहिनी सहित भगवान्ले कपिलदेवका रूपमा अवतार लीनुभयो उहाँले आफ्नी आमालार्ई आत्मज्ञानको उपदेश दिनुभयो उनी त्यसै जन्ममा हृदयको मैलो पखालेर कपिल भगवान वास्तिविक स्वरूप प्राप्तगरिन ।।३।।

अत्रेः अपत्यमभिकाङ्क्षत आह तुष्टो
        दत्तो मयाहमिति यद् भगवान् दत्तः
यत् पादपङ्कजपराग पवित्रदेहा
        योगर्द्धिमापुरुभयीं यदुहैहयाद्याः

एकपटक ऋषि अत्रिको प्रार्थनालाई स्विकार गरेर भगवान्ले आफु उनको पुत्र भएर जन्मने वचन दिनु भएको थियो सोहि कारण अवतार लीनु हुँदा दत्त (दतात्रेय) हनुभयो वहाँकै चरणकमलको रजले आफ्नो शरीरलार्ई पवित्र गरेर राजा यदु सहस्रार्जुनले भोग मोक्ष प्राप्त गरे ।।४।।

तप्तं तपो विविधलोकसिसृक्षया मे
        आदौ सनात् स्वतपसः चतुःसनोऽभूत्
प्राक्कल्प संप्लवविनष्टमिह आत्मतत्त्वं
        सम्यग् जगाद मुनयो यदचक्षतात्मन्

सृष्टिको प्रारम्भमा मैले विभिन्न लोकको रचना गर्ने इच्छाले तपस्या गरें, मेरो तपस्याले खुसी भएर वहाँले तपः अर्थको सन नामले युक्त भएर सनक, सनन्दन, सनातन सनतकुमार को रूपमा प्रकट हुनुभयो यस अवतारमा प्रलयका कारण बिर्सिएको पहिलो कल्पको आत्मज्ञानको बारे ऋषिहरूलार्ई उपदेश दिनुभयो जुन उपदेशले गर्दा उनीहरूले आफ्नो हृदयमा तत्काल परमतत्वको साक्षात्कार गरे ।।५।।

धर्मस्य दक्षदुहितर्यजनिष्ट मूर्त्यां
        नारायणो नर इति स्वतपः प्रभावः
दृष्ट्वात्मनो भगवतो नियमावलोपं
        देव्यस्त्वनङ्गपृतना घटितुं शेकुः

धर्मकी पत्नी दक्षकन्या मुर्तीको गर्भबाट वहाँ नरनारायणको रूपमा प्रकट हुनुभयो यस अवतारमा उनीहरूको तपस्याको प्रभाव वहाँको जस्तै थियो इन्द्रले पठाएको कामीनी सेना अप्सराहरू वहाँहरूको नजीक पुग्दैमा तिनीहरूको आफ्नो स्वभाव हरायो उनीहरूले आफ्नो हाउभावले वहाँको तपस्या भंग गर्न सकेनन् ।।६।।

कामं दहन्ति कृतिनो ननु रोषदृष्ट्या
        रोषं दहन्तमुत ते दहन्त्यसह्यम्
सोऽयं यदन्तरमलं प्रविशन् बिभेति
        कामः कथं नु पुनरस्य मनः श्रयेत

नारद! शंकरजी आफ्नो रिषको वेगले कामदेवलार्ई जलार्ई दिनु हुन्छ तर आफुले आफैंलार्ई जलाउने क्रोधलार्ई जलाउन सक्नु हुन्न त्यहि क्रोध नारायणको हृदयमा प्रवेश गर्नु भन्दा पहिले नै डराएर भाग्दछ भने वहाँको हृदयमा कामको प्रवेश कसरी हुन सकछ ।।७।।

विद्धः सपत्न्युदितपत्रिभिरन्ति राज्ञो
        बालोऽपि सन्नुपगतस्तपसे वनानि
तस्मा अदाद् ध्रुवगतिं गृणते प्रसन्नो
        दिव्याः स्तुवन्ति मुनयो यदुपर्यधस्तात्

आफ्ना बाबु उत्तानपाद संग बसेका पाँच वर्षका वालक धु्रवलार्ई सौतेनी आमा सुरुचीले कटु वचन प्रहार गरिन, यस्तो कलीलो अवस्थामा पनि त्यो कठोर वचनले गर्दा ध्रुव तपस्या गर्न भनेर वनमा गए उनको प्रार्थनाबाट खुसी भएर भगवान् प्रकट भएर ध्रुवलोकको वरदान दिनुभयो आजपनि ध्रुवको प्रदक्षिणा गरेर महर्षिहरू उनको स्तुति गर्दछन ।।८।।

यद्वेनमुत्पथगतं द्विजवाक्यवज्र
        निष्प्लुष्टपौरुषभगं निरये पतन्तम्
त्रात्वाऽर्थितो जगति पुत्रपदं लेभे
        दुग्धा वसूनि वसुधा सकलानि येन

कुमार्गगामी भएको वेनको सम्पत्ति पौरख ब्राम्हणको हुंकाररूपी वज्रले भस्म भयो नरकमा खस्न लाग्यो ऋषिहरूको प्रार्थनाबाट पृथु अवतार धारण गरेर उसलार्ई नरक बाट उतार्नु भयो यसरी पुत्र शव्दको चरितार्थ गर्नु भयो सोहि अवतारमा पृथ्वीलार्ई गाई बनाएर सबै जगतका लागि अन्न आदि औषधि दोहन गर्नुभयो ।।९।।

नाभेरसावृषभ आस सुदेविसूनुः
        यो वै चचार समदृग् जडयोगचर्याम्
यत्पारमहंस्यमृषयः पदमामनन्ति
        स्वस्थः प्रशान्तकरणः परिमुक्तसङ्गः १०

राजा नाभिकी पत्नी सुदेवीको गर्भबाट भगवान्ले ऋषभदेवको रूपमा जन्म लीनुभयो यस अवतारमा सबै आशक्तिबाट रहित भएर इन्द्रिय मनलार्ई शान्त गर्नु भयो अनि आफ्नो स्वरूपमा स्थित भएर समदर्शीका रूपमा जड झैं भएर योगको आचरण गर्नुभयो महर्षिहरू यस स्थितिलार्ई परमहंश पद अथवा अवधृताचार्य भन्दछन् ।।१०।।

सत्रे ममाऽस भगवान् हयशीर्ष एव
        साक्षात् यज्ञपुरुषः तपनीयवर्णः
छन्दोमयो मखमयोऽखिलदेवतात्मा
        वाचो बभूवुरुशतीः श्वसतोऽस्य नस्तः ११

त्यसपछि वहाँ यज्ञपरुषले मेरै यज्ञमा स्वर्ण समान कान्तिरूप हयगृव अवतार लिएर आउनुभयो भगवान्को यो विग्रह वेदमय, यज्ञमय, सर्वदेवमय हो वहाँको नाशिकाबाट सासको रूपमा वेद प्रकट भयो ।।११।।

मत्स्यो युगान्तसमये मनुनोपलब्धः
        क्षोणीमयो निखिलजीवनिकायकेतः
विस्रंसितानुरुभये सलिले मुखान्मे
        आदाय तत्र विजहार वेदमार्गान् १२

चाक्षुष मन्वन्तरको अन्त्यमा पछिल्ला मनु सत्यब्रतले मत्स्यरूपमा भगवान्लार्ई प्राप्त गरेका थिए त्यस समयमा पृथ्वीरूप डुंगाको आश्रय लिएका कारण वहाँ सबै जीवको आश्रय बन्नुभयो प्रलयको त्यस भयंकर जलमा मेरो मुखबाट निस्किएको वेदलार्ई लिएर उसैमा विहार गर्नुभयो ।।१२।।

क्षीरोदधावमरदानवयूथपानाम्
        उन्मथ्नताममृतलब्धय आदिदेवः
पृष्ठेन कच्छपवपुर्विदधार गोत्रं
        निद्राक्षणोऽद्रिपरिवर्तकषाणकण्डूः १३

जव देवता दानवहरू अमृत प्राप्तिका लागि क्षरीसागर मन्थन गरिरहेको अवस्थामा भगवान्ले कक्षपरूप लिएर मन्दराचललार्ई आफ्नो पिठ्युमा धारण गर्नुभयो त्यो पाहाड घुम्दा वहाँलार्ई अलिकता चिलार्ई शान्त भएजस्तो भयो जसका कारण वहाँ केहिक्षण आनन्दले निदाउनु भयो ।।१३।।

त्रैविष्टपोरुभयहा नृसिंहरूपं
        कृत्वा भ्रमद् भ्रुकुटिदंष्ट्रकरालवक्त्रम्
दैत्येन्द्रमाशु गदयाऽभिपतन्तमारात्
        ऊरौ निपात्य विददार नखैः स्फुरन्तम् १४

देवताहरूको डर भगाउनको लागि वहाँले नृसिंहको रूप धारण गर्नुभयो वाङ्गो आँखा तथा तीखा दाह्राका कारण मुख डरलाग्दो देखिन्थ्यो वहाँलार्ई देखेर हिरण्यकसिपुले हातमा गदा लिएर जाईलाग्यो त्यस समयमा भगवान् नृसिंहले टाढैबाट उसलार्ई पक्रेर आफ्नो काखिमा राखेर नंग्राले उसको पेट चिरिदिनुभयो ।।१४।।

अन्तः सरस्युरुबलेन पदे गृहीतो
        ग्राहेण यूथपतिरम्बुजहस्त आर्तः
आहेदमादिपुरुषाखिललोकनाथ
        तीर्थश्रवः श्रवणमङ्गलनामधेय १५

ठुलो सरोवरमा महावली ग्राहले गजेन्द्रको खुट्टा पक्ड्यो ग्राहबाट उम्कन नसकि धेरै थाकेर गजेन्द्र दुःखी हुदै आफ्नो सुंडले कमल लिएर भगवान्को आराधना गर्नलाग्यो, हे आदिपुरुष! हे सम्पूर्णलोकका स्वामी! हे श्रवणले नै कल्याण गर्ने हजुर! ।।१५।।

श्रुत्वा हरिस्तमरणार्थिनमप्रमेयः
        चक्रायुधः पतगराजभुजाधिरूढः
चक्रेण नक्रवदनं विनिपाद्य तस्माद्
        धस्ते प्रगृह्य भगवान् कृपयोज्जहार १६

उस्को यस्तो पुकार सुनेर अनन्त शक्ति भगवान् चक्रपाणि गरुडको पिठ्युमा बसेर त्यस ठाउँमा आउनुभयो आफ्नो चक्रले त्यो ग्राहको मुख फोडिदिनु भयो यसरी आफ्नो सरणमा पर्न आएको गजेन्द्रको सुंड समातेर कृपा गरि भगवान्ले उस्को उध्दार गर्नुभयो ।।१६।।

ज्यायान् गुणैरवरजोऽप्यदितेः सुतानां
        लोकान् विचक्रम इमान् यदथाधियज्ञः
क्ष्मां वामनेन जगृहे त्रिपदच्छलेन
        याच्ञामृते पथि चरन् प्रभुभिर्न चाल्यः १७

भगवान् सबभन्दा सानो भएर अदितिको पुत्र हुनुभयो तर वहाँको गुण ठुलो थियो किनकि भगवान्ले यस अवतारमा बलिलाई छल गरेर सम्पूर्ण लोकलार्ई आफ्नो तीन पाउले नाप्नु भएको थियो वहाँले यो कुराको सिध्द गर्नुभयो कि सन्मार्गमा लागेका ब्यक्तिलार्ई याचना बाहेक अरु कुनै उपायले आफ्नो ठाँउबाट हटाउन सकिदैन ।।१८।।

नार्थो बलेरयमुरुक्रमपादशौचम्
        आपः शिखाधृतवतो विबुधाधिपत्यम्
यो वै प्रतिश्रुतमृते चिकीर्षदन्यद्
        आत्मानमङ्ग शिरसा हरयेऽभिमेने १८

दैत्यराज वलिले आफ्नो शिरमा स्वयं भगवानको चरणामृत धारण गरे यस्तो स्थितिमा उनलार्ई देवताका राजा इन्द्रको पदवी मिल्यो यसमा वलिको कुनै पुरुषार्थ थिएन शुक्राचार्यले रोक्न खोज्दा पनि आफ्नो प्रतिज्ञाबाट पछि अलिकता पनि पछि हटेनन अनि भगवान्ले तेश्रो पाउ पुरा गर्नको लागि वलिले भगवान्को चरणमा शिर राखेर आफुलार्ई समर्पित गर्यो।।१८।।

तुभ्यं नारद भृशं भगवान्विवृद्ध
        भावेन साधु परितुष्ट उवाच योगम्
ज्ञानं भागवतमात्मसतत्त्वदीपं
       यद्वासुदेवशरणा विदुरञ्जसैव १९

नारद तिम्रो अत्यन्त प्रेम भावबाट प्रशन्न भएर हंशको रूपमा भगवान्ले तिमीलार्ई योग, ज्ञान, आत्मतत्वको प्रकाश गर्ने भागवतधर्मको उपदेश दिनुभयो त्यो केवल भगवान्को शरणागत भक्तलाई मात्र सजिलै प्राप्त हुन्छ ।।१९।।

चक्रं दिक्ष्वविहतं दशसु स्वतेजो
            मन्वन्तरेषु मनुवंशधरो बिभर्ति
दुष्टेषु राजसु दमं व्यदधात्स्वकीर्तिं
        सत्ये त्रिपृष्ठ उशतीं प्रथयंश्चरित्रैः २०

उनै भगवान् स्वयम्भुव आदि मन्वन्तरमा मनुको रूपमा अवतार लिएर मनुवंशको रक्षा गर्नुभयो दशै दिशामा विना रोकतोक सुदर्शन चक्र समानको तेजले राज्य गर्नुभयो तीनलोक भन्दा माथि सत्यलोकमा समेत उहाँको चरित्रको कीर्ति फैलियो उहाँ समय समयमा पृथ्वीको भाररूप दुष्ट राजाहरूको दमन पनि गर्नुहुन्छ ।।२०।।

धन्वन्तरिश्च भगवान् स्वयमेव कीर्तिः
        नाम्ना नृणां पुरुरुजां रुज आशु हन्ति
यज्ञे भागममृतायुरवावचन्ध
        आयुश्च वेदमनुशास्त्यवतीर्य लोके २१

 कीर्तिरूप धन्वन्तरी भगवान्ले आफनो नामले नै जीर्ण रोगीको रोग समेत तत्कालै नष्ट गर्नुहुन्छ वहाँले देवताहरूलार्ई अमृत पिलाएर अमर गराउँनु भयो दैत्यहरूले हरण गरेका यज्ञभाग फेरि प्राप्त गर्नुभयो वहाँको यो अवतारबाटै संसारमा आयुर्वेदको प्रचार भयो ।।२१।।

क्षत्रं क्षयाय विधिनोपभृतं महात्मा
    ब्रह्मध्रुगुज्झितपथं नरकार्तिलिप्सु
उद्धन्त्यसाववनिकण्टकमुग्रवीर्यः
    त्रिःसप्तकृत्व उरुधारपरश्वधेन २२

जव संसारमा ब्राम्हणद्रोही, कुमार्गी, नरकको इच्छा गर्ने क्षेत्रियहरू आफ्नो नाशका लागि बढ्दछन् पृथ्वीको काँढा बन्दछन त्यतिवेला भगवान् महापराक्रमि परशुरामको रूपमा अवतिर्ण भएर आफ्नो धारीलो वन्चरोले एक्काइस पटक क्षत्रियहरूको संहार गर्नुभयो ।।२२।।

अस्मत्प्रसादसुमुखः कलया कलेश
        इक्ष्वाकुवंश अवतीर्य गुरोर्निदेशे
तिष्ठन् वनं सदयितानुज आविवेश
        यस्मिन् विरुध्य दशकन्धर आर्तिमार्च्छत् २३

मायापति भगवान् हामी माथि अनुग्रह गर्नको लागि आफ्नो कलाभरथ, सत्रुघ्न लक्ष्मणका साथै श्रीरामको रूपमा इक्ष्वाकु वंशमा अवतिर्ण हुनुभयो यस अवतारमा आफ्नो बाबुको आज्ञा पालन गर्नको लागि आफ्नी पत्नी भाइका साथमा वनवासमा निवास गर्नुभयो त्यहि समयमा वहाँको विरोध गर्ने राववण वहाँकै हातबाट मर्दछ  २३ 

यस्मा अदादुदधिरूढभयाङ्गवेपो
        मार्गं सपद्यरिपुरं हरवद् दिधक्षोः
दूरे सुहृन्मथितरोष सुशोणदृष्ट्या
        तातप्यमानमकरोरगनक्रचक्रः २४

त्रीपुर विमान जलाउनको लागि उद्यत शंकर समान भएर जुन समया भगवान् राम शत्रुको नगर लंकालार्ई भष्म गर्न समुद्र किनारमा पुग्दछन् त्यस समयमा सीताको वियोगको कारण बढेको क्रोधाग्निले उनको आँखा यति रातो हुन्छ कि त्यो देख्दैमा समुद्रका गोहि, माछा, साँपआदि जीवहरू जल्न लाग्दछन् त्यहि समयमा डरले कामिरहेको समुद्रले वहाँलार्ई बाटो दिए ।।२४।।

वक्षःस्थलस्पर्शरुग्णमहेन्द्रवाह
        दन्तैर्विडम्बितककुब्जुष ऊढहासम्
सद्योऽसुभिः सह विनेष्यति दारहर्तुः
        विस्फूर्जितैर्धनुष उच्चरतोऽधि सैन्ये २५

रावणको कठोर छातीमा ठोकिनाले इन्द्रको बाहन ऐरावतको दाँत टुक्राटुक्रा भएर चारैतिर फैलिएको थियो जसबाट दिशाहरू सफेद भएको थियो त्यतिवेला आफुलाई दिग्विजयी ठानेर रावण घमण्डले फुलेर हाँस्न लाग्यो त्यहि रावण जव भगवान् श्रीरामकी पत्नी सीताजीलार्ई हरण गरेर लिएर गयो, अनि गर्व संग लडाई गर्न भनि मैदानमा आएका वेलामा भगवान् श्रीरामको धनुषको टंकारले उसको सबै घमण्ड प्राणका साथ तत्कालै नष्ट गरिदिनु भयो ।।२५।।

भूमेः सुरेतरवरूथविमर्दितायाः
        क्लेशव्ययाय कलया सितकृष्णकेशः
जातः करिष्यति जनानुपलक्ष्यमार्गः
        कर्माणि चाऽऽत्ममहिमोपनिबन्धनानि २६

जुन समयमा दैत्यहरू पृथ्वीलाई पीडा पुर्याउँनेछन त्यस समयमा पृथ्वीको भार उतार्नको लागि भगवान् आफनो सेतो कालो कपालबाट बलराम श्रीकृष्णको रूपमा अवतार ग्रहण गर्नुहुन्छ कलाले आफ्नो अवतार प्रकट गर्ने वहाँले यस्तो अद्भुत चरित्र गर्नुहुन्छ कि सांसारका मानिसले वहाँको लीलालार्ई बुझ्न सक्तैनन् ।।२६।।

तोकेन जीवहरणं यदुलूकिकायाः
        त्रैमासिकस्य पदा शकटोऽपवृत्तः
यद् रिङ्गतान्तरगतेन दिविस्पृशोर्वा
        उन्मूलनं त्वितरथाऽर्जुनयोर्न भाव्यम् २७

बालक कालमा पुतनाको प्राण लीनु, तीन महिनाको हँदा खुट्टा उचालेर ठुलो गाडा पल्टाइदिनु घुँडा टेकेर आकाश छुनु, यमलार्जुनलाई उखेलिदिनु जस्ता लीला गर्नुभयो जुन काम भगवान् बाहेक अरु कसैले सक्तैन ।।२७।।

यद्वै व्रजे व्रजपशून् विषतोयपीतान्
        पालांस्त्वजीव यदनुग्रहदृष्टिवृष्ट्या
तच्छुद्धयेऽतिविषवीर्य विलोलजिह्वम्
        उच्चाटयिष्यदुरगं विहरन् ह्रदिन्याम् २८

कालियनागको विषले दुषित भएको पानी खाएर वाच्छाहरू ग्वाला मरेका अवस्थामा वहाँले अनुग्रहको क्रिपादृष्टि वर्षा गरेर उनीहरूलार्ई जीवित गराउँनु भयो यमुनाको पानी सुध्द पार्नको लागि त्यहाँ बिहार गर्नुहुन्छ विष युक्त कालियालार्ई त्यहाँबाट निकालिदिनिु हुन्छ ।।२८।।

तत्कर्म दिव्यमिव यन्निशि निःशयानं
        दावाग्निना शुचिवने परिदह्यमाने
उन्नेष्यति व्रजमतोऽवसितान्तकालं
        नेत्रे पिधाप्य सबलोऽनधिगम्यवीर्यः २९

सोहि दिन यमुनाको किनारमा सुतेका बखतमा मुजको वनमा दावाग्निले चारैतिरबाट डढाउँन लाग्यो, त्यतिवेला भगवान्ले बलरामको साथ लिएर प्राण शंकटमा परेका ब्रजवासिहरूको आँखा बन्द गराएर बचाउनुहुन्छ वहाँको यो लीला अलौकिको ।।२९।।

गृह्णीत यद् यदुपबन्धममुष्य माता
        शुल्बं सुतस्य तु तत् तदमुष्य माति
यज्जृम्भतोऽस्य वदने भुवनानि गोपी
        संवीक्ष्य शंकितमनाः प्रतिबोधिताऽऽसीत् ३०

वहाँलार्ई बाँध्न भनेर जव उनकी आमाले डोरी लिएर आउदछिन तर त्यो पेटमा दुई अंङ्गुल छोटो हुन गई पुग्दैन हाइ गर्दा कृष्णको मुखमा चौध भूवन देखेर यशोदा डराउदछिन् पछि आफैं संहाल्दछिन ।।३०।।

नन्दं मोक्ष्यति भयाद् वरुणस्य पाशात्
        गोपान् बिलेषु पिहितान् मयसूनुना
अह्न्यापृतं निशि शयानमतिश्रमेण
        लोकं विकुण्ठ मुपनेष्यति गोकुलं स्म ३१

वहाँले नन्दवावालार्ई अजिङ्गरको डर वरुणको पासो बाट वचाउनुहुन्छ जव मय दानवको छोरो ब्योमासुरले पाहाडको गुफामा लगेर थुनेको गोप वालकलार्ई थुनिदिन्छ त्यतिवेला श्रीकृष्ण आफैं गएर बचाएर ल्याउनुहुन्छ दिनभरको काम धन्दाले थाकेर रात्रीमा मस्त भएर सुतेका गोकुलबासिलार्ई पुण्य प्राप्ति नगर्दा पनि परमधाम लिएर जानुहुनेछ ।।३१।।

गोपैर्मखे प्रतिहते व्रजविप्लवाय
        देवेऽभिवर्षति पशून् कृपया रिरक्षुः
धर्तोच्छिलीन्ध्रमिव सप्तदिनानि सप्त
        वर्षो महीध्रमनघैककरे सलीलम् ३२

नारद! श्रीकृष्णको सल्लाहले गोपहरूले इन्द्रको यज्ञ बन्द गरिदिन्छन, आफ्नो पूजा बन्द गरेका कारण इन्द्रले ब्रजभूमिमा चारैतिरबाट मुसलधारे पानी वर्षाउदछन् त्यतिवेला पनि भगवानले गोप गोपी उनीहरूको पशुहरूको रक्षार्थ सात दिन सम्म एकै हातले छत्र पुष्पक सरह गोवर्धन पर्वतलार्ई खेलौना झैं उठाउनुभयो जसवेला वहाँ सात वर्षको हुनुहुन्थ्यो ।।
३२।।

क्रीडन् वने निशि निशाकररश्मिगौर्यां
        रासोन्मुखः कलपदायतमूर्च्छितेन
उद्दीपितस्मररुजां व्रजभृद्वधूनां
        हर्तुर्हरिष्यति शिरो धनदानुगस्य ३३

वृन्दावन विहार गर्दा रात्रीका समयमा जहाँ चन्द्रमाको उज्यालो चारैतिर फैलिएको थियो, वहाँले आफ्नो बासुरीमा संगीतको लामो धुन बजाउनु भयो त्यतिबेल प्रेम विवस भएर आएका गोपिनीहरूलार्ई शंखचुडले हरण गरेकाले उसको शिर भगवान्ले उडाई दिनु हुनेछ ।।३३।।

ये प्रलम्बखरदर्दुरकेश्यरिष्ट
        मल्लेभकंसयवनाः कपिपौण्ड्रकाद्याः
अन्ये शाल्वकुजबल्वलदन्तवक्र
        सप्तोक्षशम्बरविदूरथ रुक्मिमुख्याः ३४
ये वा मृधे समितिशालिन आत्तचापाः
        काम्बोजमत्स्यकुरुकैकयसृञ्जयाद्याः
यास्यन्त्यदर्शनमलं बलपार्थभीम
        व्याजाह्वयेन हरिणा निलयं तदीयम् ३५

प्रलम्बासुर, वकासुर, धेनुकासुर, केसी, अरिष्टासुर, दैत्य चाणु मुष्टि आदि पहलमान, कुवलयापीड हात्ती, कंश, कालयवन, भौमासुर, यवन, पौड्र्क, शाल्व द्विविद, वानर, बल्वल दन्त्रवक्त्र, राजा नग्नजितका सात गोरु, शंवरासुर, विदुरथ रुक्मि आदि त्यस्तै काम्वोज, मत्स्य, कुरु कैकय सृन्जय देशका राजाहरू त्यस्तै धनुष धारण गरेर युध्द मैदानमा जो जो योध्दाहरू आउनेछन उनीहरु सबै बलराम, भीमसेन अर्जुन द्वारा स्वयं भगवान बाट मारिनाले वहाँकै धाम वैकुण्ठ जानेछन ।।३४।३५।।

कालेन मीलितधियामवमृश्य नॄणां
        स्तोकायुषां स्वनिगमो बत दूरपारः
आविर्हितस्त्वनुयुगं हि सत्यवत्यां
        वेदद्रुमं विटपशो विभजिष्यति स्म ३६

जव समयको अन्तरले मानिसको स्मरणशक्ति कम हुदै जानेछ, आयु पनि क्षिण हुदै जानेछ त्यतिवेला भगवान्ले थाहा पाउनुहुनेछ कि अव यीनिहरूको यो भगवान्को तत्व बताउने वेदवाणी लार्ई सम्झन सक्तैनन् त्यसपछि वहाँले प्रत्तेक कल्पमा सत्यवतीको गर्भबाट व्यासका रूपमा प्रकट भएर वेदरूपी बृक्षलार्ई शाखामा विभाजन गर्नुहुनेछ ।।३६।।

देवद्विषां निगमवर्त्मनि निष्ठितानां
        पूर्भिर्मयेन विहिताभिरदृश्यतूर्भिः
लोकान् घ्नतां मतिविमोहमतिप्रलोभं
        वेषं विधाय बहु भाष्यत औपधर्म्यम् ३७

देवताहरूको सत्रु दैत्यले पनि वेदको साहारा लिएर मय दानवले बनाएको अदृश्य वेग भएको नगरमा बसेर सत्यानाश गर्न लाग्दछन तव भगवान्ले उनीहरूको बुध्दिमा मोह लोभ उत्पन्न गराउने भेष धारण गरेर बुध्दको रूपमा बिभिन्न पाखण्ड धर्मको उपदेश गर्नु हुनेछ ।।३७।।

यर्ह्यालयेष्वपि सतां हरेः कथाः स्युः
        पाषण्डिनो द्विजजना वृषला नृदेवाः
स्वाहा स्वधा वषडिति स्म गिरो यत्र
       शास्ता भविष्यति कलेर्भगवान् युगान्ते ३८

कलिको अन्त्यमा जव सत्पुरुषको घरमा पनि भगवान्को कथामा बाधा पुर्यायाउन लाग्नेछन्, ब्राम्हण, क्षेत्रिय, वैश्य पाखण्डी हुनेछन सूद्र राजा हुनेछन् पृथ्वीमा कहिपनि स्वाहा, स्वधा वषटकारको ध्वनि, देवता, पित्रृको यज्ञ श्राध्दको कुरा समेत सुन्न पाइदैन त्यतिवेला कलियुगमा शासन गर्नको लागि भगवान् कल्कि अवतार धारण गर्नुहनेछ ।।३८।।

सर्गे तपोऽहमृषयो नव ये प्रजेशाः
        स्थाने धर्ममखमन्वमरावनीशाः
अन्ते त्वधर्महरमन्युवशासुराद्या
        मायाविभूतय इमाः पुरुशक्तिभाजः ३९

जव संसारको रचनाको समय हुन्छ, त्यतिवेला मेरो तपस्या, नौ प्रजापति, मरिचि आदि ऋषिहरू मेरो रूपमा, जव सृष्टको रक्षाको समय हुन्छ त्यतिवेला धर्म, विष्णु, मनु, देवता राजाको रूपमा, तथा जव सृष्टिको प्रलयको समय हुन्छ अधर्म, रुद्र, एवं क्रोधादिको अधिनमा रहेका दैत्य आदिको रूपमा सर्वशक्तिमान भगवान्को माया विभुतिहरू प्रकट हुनेछ ।।३९।।

विष्णोर्नु वीर्यगणनां कतमोऽर्हतीह
        यः पार्थिवान्यपि कविर्विममे रजांसि
चस्कम्भ यः स्वरहसास्खलता त्रिपृष्ठं
        यस्मात् त्रिसाम्यसदनाद् उरुकम्पयानम् ४०

आफ्नो प्रतिभाको बलले पृथ्वीको धुलोको एक एक कण गन्न सकिएला तर भगवान्को शक्तिको गणना गर्न सक्ने जगतमा को होला जव वहाँ त्रीविक्रम अवतार लिएर तीनैलोकलार्ई नाप्दै रहनु भएको थियो त्यतिवेला वहाँको चरणको अदम्य वेगले प्रकृतिरूप अन्तिम आवरण देखि लिएर पाताल सम्मको ब्रम्हाण्ड काम्न थाल्यो पछि वहाँले नै आफ्नो शक्तिले ती लोकलाई स्थिर गराउनु भयो ।।४०।।

नान्तं विदाम्यहममी मुनयोऽग्रजास्ते
        मायाबलस्य पुरुषस्य कुतोऽपरे ये
गायन् गुणान् दशशतानन आदिदेवः
        शेषोऽधुनापि समवस्यति नास्य पारम् ४१

सबै सृष्टिको रचना संभार गराउने माया नै वहाँको शक्ति हो वहाँको अनन्त स्वरूपहरूको बारेमा जान्दछु तिम्रा दाजु सनकादि नै जान्दछन भने अरुको बारेमा के नै भन्नु आदिदेव भगवान् शेष आफ्नो हजारौं मुखले वहाँको वर्णन गर्दछन तापनि वहाँको अनन्तको कल्पना गर्न सक्तैनन ।।४१।।

येषां एष भगवान् दययेदनन्तः
        सर्वात्मनाऽश्रितपदो यदि निर्व्यलीकम्
ते दुस्तरामतितरन्ति देवमायां
        नैषां ममाहमिति धीः श्वशृगालभक्ष्ये ४२

जसले निष्कपट भावले आफ्नो सर्वस्व सहित उहाँको चरणमा पर्यो भने वहाँ भगवान्ले उसमाथि आफैं दया गर्नुहुन्छ वहाँको दयाको पात्र भएर नै वहाँको दुस्तर मायाको स्वरूपलार्ई जानेर त्यसबाट पार पाउँन सक्तदछ वास्तवमा यस्ता पुरुषहरू कुक्कुर वा स्यालको आहारा रूप यो शरीरमा मेरो भन्ने भाव हुदैन ।।४२।।

वेदाहमङ्ग परमस्य हि योगमायां
        यूयं भवश्च भगवानथ दैत्यवर्यः
पत्नी मनोः मनुश्च तदात्मजाश्च
        प्राचीनबर्हि ऋभुरङ्ग उत ध्रुवश्च ४३

प्यारा नारद! परम पुरुषको त्यो योगमायाको बारेमा जान्दछु त्यस्तै तिमी, भगवान् शंकर, दैत्यश्रेष्ठ प्रल्हाद, सतरूपा, मनु, मनुका छोरा पृयव्रत, प्राचिनवर्हि, ऋभु ध्रुव पनि जान्दछन ।।४३।।

क्ष्वाकुरैलमुचुकुन्दविदेहगाधि
        रघ्वम्बरीषसगरा गयनाहुषाद्याः
मान्धात्रलर्कशतधन्वनुरन्तिदेवा
        देवव्रतो बलिरमूर्त्तरयो दिलीपः ४४

सौभर्युतङ्कशिबिदेवलपिप्पलाद
        सारस्वतोद्धवपराशरभूरिषेणाः
येऽन्ये विभीषणहनूमदुपेन्द्रदत्त
        पार्थार्ष्टिषेणविदुरश्रुतदेव वर्याः ४५

यी बाहेक इक्ष्वाकु, इलापुत्र, पुरुरबा, मुचुकुन्द, जनक, गाधि, रघु, अम्बरिष, सगर, गय ययाति, तथा मान्धाता, त्यस्तै अलर्क, सतधन्वा, अनु, रन्तिदेव, भीष्म, बलि, अमूर्तरय, दिलीप आदि
त्यस्तै शौभरि उत्तंक, शिवि, देवल, पिप्पलाद, सारस्वत, उध्दव, पराशर, भूरिषेण, अनि विभीषण, हनुमान, सुकदेव, अर्जुन, आष्र्टिषेण, विदुर श्रुतदेव आदि महात्मा पनि जान्दछन ।।४४।४५।।

ते वै विदन्त्यतितरन्ति देवमायां
        स्त्रीशूद्रहूणशबरा अपि पापजीवाः
यद्यद्भुतक्रम परायणशीलशिक्षाः
        तिर्यग्जना अपि किमु श्रुतधारणा ये ४६

जसलार्ई भगवान्को प्रेमी भक्त जस्तै स्वभाव बन्ने शिक्षा मिलेको हुन्छ ती स्त्री, सुद्र, हुण, भील पापका कारण पशुपंक्षी योनीमा रहनेहरू पनि भगवान्को मायाको रहस्यका बारेमा जान्दछन यो संसारसागरबाट सधैका लागि पार पाउँदछन जसले वैदिक सनातन धर्म आचरणको पालना गर्दछन उनीहरूको बारेमा भन्नु नै के ।।४६।।

शश्वत् प्रशान्तमभयं प्रतिबोधमात्रं
        शुद्धं समं सदसतः परमात्मतत्त्वम्
शब्दो यत्र पुरुकारकवान् क्रियार्थो
        माया परैत्यभिमुखे विलज्जमाना ४७

परमात्माको वास्तविक स्वरूप सदा एकनासमा रहने शान्त अभय ज्ञानस्वरूप हो वहाँको मायाको मल हुन्छ वहाँको रचनाको विषयमा नै हुन्छ वहाँ यो सत् असत् दुवै बाट पर हुनुहुन्छ कुनै पनि वैदिक वा लौकिक शव्दको समेत त्यहाँ पुग्न सक्तैनन अनेक साधनले सम्पन्न भएका कर्मका फलपनि वहाँ सम्म पुग्न सक्तैन अरु के कुरा स्वयं माया पनि वहाँको अगाडि जान सक्तिन, लजाएर भाग्दछे ।।४७।।

तद्वै पदं भगवतः परमस्य पुंसो
        ब्रह्मेति यद्विदुरजस्रसुखं विशोकम्
सध्र्यङ् नियम्य यतयो यमकर्तहेतिं
        जह्युः स्वराडिव निपानखनित्रमिन्द्रः ४८

परमपुरुष भगवान्को त्यहि परम पद हो विद्वानहरू यसैलाई शोक रहित, अनन्त, आनन्द स्वरूपब्रम्हभन्दछन संयमशील पुरुष यसैलाई भगवान्कोरूपमा मनमा स्थापित गरेर लगाउदछन जसरी इन्द्र स्वयं मेघरूपले विराजमान हुने हंदा इनार खन्न कोदालीको आवस्यकता पर्दैन त्यसै गरि भेदभाव निवारण गर्ने साधनको समेत उनीहरूलाई आवस्यकता पदैन ।।४८।।

श्रेयसामपि विभुर्भगवान् यतोऽस्य
        भावस्वभावविहितस्य सतः प्रसिद्धिः
देहे स्वधातुविगमेऽनुविशीर्यमाणे
        व्योमेव तत्र पुरुषो विशीर्यतेऽजः ४९

सबै कर्मको फल भगवान्ले नै दिनुहुन्छ किनकि मानिस आफ्नो स्वभाव अनुसार जुन शुभकर्म गर्दछन त्यो सबै वहाँ कै प्रेरणा पाएर नै हो यस शरीरमा भएको पाञ्चभूत अलग भएपछि यो स्थूल शरीर नष्ट हुन्छ त्यसपछि पनि यसमा रहने आत्मरुप आकाश झैं नष्ट हुदैन ।।४९।।

(अनुष्टुप्)
सोऽयं तेऽभिहितस्तात भगवान् विश्वभावनः
समासेन हरेर्नान्यद् अन्यस्मात् सदसच्च यत् ५०

छोरा नारद! संकल्पबाट विश्वको रचना गर्ने षडैश्वर्य सम्पन्न श्रीहरिको बारेमा मैले तिमीलार्ई सारांसमा बताएं जे जति कार्य कारण भाव अभाव त्यो सबै भगवान्बाट भिन्न छैन फेरि पनि भगवान् यसबाट टाढा हुनुहुन्छ ।।५०।।

(अनुष्टुप)
इदं भागवतं नाम यन्मे भगवतोदितम्
सङ्ग्रहोऽयं विभूतीनां त्वमेतद् विपुली कुरु ५१

भगवान्ले मलार्ई जे उपदेश दिनु भएको थियो त्यहि भागवत हो यसमा भगवान्को विभूतिहरूको संक्षेपरूपमा वर्णन गरिएको ।। ५१।।

राजोवाच
यथा हरौ भगवति नृणां भक्तिर्भविष्यति
सर्वात्मन्यखिलाधारे इति सङ्कल्प्य वर्णय ५२

यसप्रकार सवका आश्रय सर्वस्वरूप श्रीहरिमा प्रेममयी भक्ति रहोस भन्ने निश्चय गरेर यसको वर्णन गर ।।५२।।

मायां वर्णयतोऽमुष्य ईश्वरस्यानुमोदतः
शृण्वतः श्रद्धया नित्यं माययाऽऽत्मा मुह्यति ५३

जो पुरुष भगवानको अचिन्त्य शक्ति मायाको वर्णन वा अरुबाट पाएको वर्णनको अनुमोदन गर्दछ अथवा श्रध्दाको साथ नित्य सुन्दछ भने उस्को चित्त मायाबाट कहिले पनि मोहित हुदैन ।।५३।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
द्वितीयस्कंधे सप्तमोऽध्यायः