#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – पञ्चाशीतितमोऽध्यायः

 
श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः – पञ्चाशीतितमोऽध्यायः



शुक उवाच–
(अनुष्टुप्)
अथैकदात्मजौ प्राप्तौ कृतपादाभिवन्दनौ ।
वसुदेवोऽभिनन्द्याह प्रीत्या सङ्‌कर्षणाच्युतौ ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ परीक्षित ! एकदिन भगवान श्रीकृष्ण र बलरामजी आफ्ना आमाबाबुलाई भेट्न भनी जानुभयो । वहाँहरुले पितामातालाई प्रणाम गरेपछि वासुदेवले दुवै छोराहरुलाई ठूलो प्रेमले अभिवादन गरेर भन्नुभयो ।।१।। 
मुनीनां स वचः श्रुत्वा पुत्रयोर्धामसूचकम् ।
तद्वीर्यैर्जातविश्रम्भः परिभाष्याभ्यभाषत ॥ २ ॥
बासुदेवले ऋषिहरूको मुखबाट आफ्ना छोराहरुको महिमा सुनेपछि र छोराहरुको पराक्रमलाई विचार गरेर यी स्वयं भगवान् हुन भन्ने कुरामा वहाँलाई बिश्वास भयो । त्यसपछि उहाँले आफ्ना दुवै छोराहरूलाई प्रेमपूर्वक सम्बोधन गरेर भन्नुभयो ।।२।। 
कृष्ण कृष्ण महायोगिन् सङ्‌कर्षण सनातन ।
जाने वामस्य यत् साक्षात् प्रधानपुरुषौ परौ ॥ ३ ॥
हे  महायोगी श्रीकृष्ण ! हे सनातन बलराम  तिमीहरू दुवै अनन्त छौ । तिमीहरू दुवै जना सम्पूर्ण जगतको मुख्य कारण हौ र कारणका कारणस्वरुप र पुरुषका नियामक पनि हौ भन्ने मलाई लाग्दछ ।।३।।।
यत्र येन यतो यस्य यस्मै यद् यद् यथा यदा ।
स्यादिदं भगवान् साक्षात् प्रधानपुरुषेश्वरः ॥ ४ ॥
यस संसारमा जुन समयमा, जसद्वारा, जसका लागि जुन रुपले, जे जति उत्पन्न भएका छन् र हुनेछन् त्यो सबैका कारण हजुर नै हो हजुरहरु सबै जगतका कारण रुप प्रकृति र पुरुष भन्दा पर रहेका साक्षात ईश्वर हुनुहुन्छ ।।४।। 
एतन्नानाविधं विश्वमात्मसृष्टमधोक्षज ।
आत्मनानुप्रविश्यात्मन् प्राणो जीवो बिभर्ष्यज ॥ ५ ॥
हे सबै जन्म तथा अस्तित्व आदि सबै विकारले रहित हुनुभएका भगवान् ! तपाईले यो विविध संसारको रचना हजुरले नै गर्नु भएको हो र यस सम्पूर्ण जगतमा हजुर नै आत्मा रुपले प्रवेश गरेर यसलाई प्राण (जीवनशक्ति) र जीव (ज्ञानशक्ति) को रूपमा यस जगतको पालन पोषण गर्नुहुन्छ ।।५।। 
प्राणादीनां विश्वसृजां शक्तयो याः परस्य ताः ।
पारतंत्र्याद् वै सादृष्याद् द्वयोश्चेष्टैव चेष्टताम् ॥ ६ ॥
यस संसारको कृयाशक्ति रुप प्राण आदि सबै शक्तिको  सृष्टि गर्ने सामर्थ हजुरमा नै छ । किनकि प्राणमा रहेको जुन चेतन छ त्यो आफैमा स्वतन्त्र छैन परतन्त्र छ । प्राणमा आदिमा देखिने चेष्टामा आफैमा चेष्टा गर्ने शक्तिै हुदैन । त्यो चैतन्यशक्ति त हजुर नै हुनुहुन्छ ।।६।।
कान्तिस्तेजः प्रभा सत्ता चन्द्राग्न्यर्कर्क्षविद्युताम् ।
यत्स्थैर्यं भूभृतां भूमेर्वृत्तिर्गन्धोऽर्थतो भवान् ॥ ७ ॥
हे भगवान् ! चन्द्रमाको तेज, अग्निको तेज, सूर्यको तेज, नक्षत्र र विद्युतको तरंग शक्ति, पर्वतको स्थिरता, पृथ्वीको धारण शक्ति र प्रकृतिको गन्धरुप जस्तो गुणहरू  यी सबै वास्तवमा हजुर नै हुनुहुन्छ ।।७।। 
तर्पणं प्राणनमपां देवत्वं ताश्च तद्रसः ।
ओजः सहो बलं चेष्टा गतिर्वायोस्तवेश्वर ॥ ८ ॥
हे भगवान् ! जलमा भएको तृप्त गर्ने र जीवन रक्षा गर्ने शक्ति त्यो हजुर नै हो ।  जलमा रहने रस र शक्ति पनि हजुर नै हो । त्यसैगरी इन्द्रिय शक्ति, अन्तःकरणको शक्ति र वायुको शक्ति, हल्लिने, हिंड्ने डुल्ने पनि हजुरकै शक्ति हो ।।८।।
दिशां त्वमवकाशोऽसि दिशः खं स्फोट आश्रयः ।
नादो वर्णस्त्वमोङ्‌कार आकृतीनां पृथक्‌कृतिः ॥ ९ ॥
हजुर नै दिशा हुनुहुन्छ र त्यस बिचको खाली भागहरू पनि हजुर नै हुनुहुन्छ । हजुर नै आकाश हो त्यसको आश्रय भएको स्फोट पनि हजुर नै हो अर्थात शब्दातन्मात्रा वा परावाणी, नाद अर्थात पश्यन्ति, ओंकार–मध्यमा र पद, रूप, वैखरी वाणी पनि हजुर नै हो ।।९।। 
इन्द्रियं त्विन्द्रियाणां त्वं देवाश्च तदनुग्रहः ।
अवबोधो भवान् बुद्धेर्जीवस्यानुस्मृतिः सती ॥ १० ॥
हजुर इन्द्रियहरू र तिनको विषय–प्रकाशन शक्ति तथा इन्द्रियका देवता पनि हजुर नै हुनुहुन्छ । त्यसै गरी बुध्दिको ज्ञानशक्ति र जीवात्माको विशुध्द स्मृति शक्ति पनि हजुर नै हुनुहुन्छ ।।१०।। 
भूतानामसि भूतादिरिन्द्रियाणां च तैजसः ।
वैकारिको विकल्पानां प्रधानमनुशायिनम् ॥ ११ ॥
हजुर पञ्चतत्वको भूतहरूमा, प्राणीहरूको कारण तमस अहंकार हुनुुहन्छ । इन्द्रियहरूको कारण राजस अहंकार हुनुहुन्छ । त्यसैगरी इन्द्रियहरूका अधिष्ठातृ  देवताहरूमा तिनीहरूको कारण सात्विक अहंकार रुप हजुर नै हुनुहुन्छ ।  र जीवहरुको कारणभूत माया पनि हजुर नै हुनुहुन्छ ।।११।।
नश्वरेष्विह भावेषु तदसि त्वमनश्वरम् ।
यथा द्रव्यविकारेषु द्रव्यमात्रं निरूपितम् ॥ १२ ॥
हे प्रभु ! जसरी माटो आदि द्रव्यहरूको विकार घैंटो गमला आदिमा निरन्तर माटो द्रव्यकै रुप हुन्छ । त्यसैगरी जति पनि नाशवान पदार्थहरू छन् ती सबको अविनाशी कारणरुप हजुर नै हुनुहुन्छ ।।१२।।
सत्त्वं रजस्तम इति गुणास्तद्‌वृत्तयश्च याः ।
त्वय्यद्धा ब्रह्मणि परे कल्पिता योगमायया ॥ १३ ॥
सत्व, रज, तम – यी तीन गुणहरू र यी तीन गुणहरूका प्रवृत्तिहरू (परिणामहरू) जति छन, ती सबै – योगमायाद्वारा हजुरमा कल्पित भएका कल्पना गरिएका हुन ।।१३।। 
तस्मान्न सन्त्यमी भावा यर्हि त्वयि विकल्पिताः ।
त्वं चामीषु विकारेषु ह्यन्यदाव्यावहारिकः ॥ १४ ॥
त्यसकारण जति पनि जन्मादि विकारहरु छन्, वास्तवमा यी छैनन पनि र तर जब हजुरको मायाले देखिन्छन् तव सत्य जस्तो भएर हजुर मै देखिन्छन् । तव हजुर पनि यिनमा कारणरुपले नै देखिनुहुन्छ । तर यी सबैको निवृत्ति भएपछि त्यसबेला सत्स्वरुप हजुर मात्र देखिनुहुन्छ ।।१४।।. 
गुणप्रवाह एतस्मिन्नबुधास्त्वखिलात्मनः ।
गतिं सूक्ष्मामबोधेन संसरन्तीह कर्मभिः ॥ १५ ॥
यो सम्पूर्ण जगत सत्व, रज, तम; यी तीन गुणको प्रवाह हो । अज्ञानीहरू हजुर सूक्ष्म रूप, परमात्माको रूपलाई जान्दैनन् त्यही भएर बारम्बार जन्म र मृत्युरुपी संसार चक्रमा भटकिरहन्छन् ।।१५।। 
यदृच्छया नृतां प्राप्य सुकल्पामिह दुर्लभाम् ।
स्वार्थे प्रमत्तस्य वयो गतं त्वन्माययेश्वर ॥ १६ ॥
हे भगवान ! मेरो सौभाग्यका कारण मलाई सबै कुराले सामथ्र्य भएको एकदमै दुर्लभ मानव शरीर मिल्यो, तर हजुरको मायाको प्रभावमा परेर म आफ्नो वास्तविक स्वार्थ र परोपकारप्रति बिमुख भएं । मेरो सम्पूर्ण जीवन यसरी नै बर्बाद भयो ।।१६।।. 
असावहं ममैवैते देहे चास्यान्वयादिषु ।
स्नेहपाशैर्निबध्नाति भवान्सर्वमिदं जगत् ॥ १७ ॥
हे भगवान् ! हजुर नै यो शरीर म हुँ, भनेर यस शरीरमा सम्बन्ध राख्ने बुध्दि र यी परिवार पुत्रादि आफन्तहरू मेरा आफ्नै हुन् भन्ने ममता, अहंता र स्नेहको पासोले बाँधिदिनु हुन्छ ।।१७।।. 
युवां न नः सुतौ साक्षान् प्रधानपुरुषेश्वरौ ।
भूभारक्षत्रक्षपण अवतीर्णौ तथाऽऽत्थ ह ॥ १८ ॥
मलाई थाहा छ कि हजुरहरु दुवै मेरा पुत्र हुनुहुन्न । हजुरहरु दुवैजना पृथ्वीको भार बनेको क्षत्रियको विनाशका लागि अवतिर्ण हुनुभएको हो । जुनकुरा स्वयं हजुरले आफ्नो जन्म कालमा मलाई बताउनुभएको थियो ।।१८।।  
(वसंततिलका)
तत्ते गतोऽस्म्यरणमद्य पदारविन्द(
     मापन्नसंसृतिभयापहमार्तबन्धो ।
एतावतालमलमिन्द्रियलालसेन
     मर्त्यात्मदृक् त्वयि परे यदपत्यबुद्धिः ॥ १९ ॥

त्यसकारण दुःखीहरुका मित्र हे भगवान् ! म अहिले आफ्ना शरणागतलाई संसारको भयबाट भुक्ति दिलाउने हजुरको चरण कमलको शरणमा छु; । अब म इन्द्रियहरूको भोग वासनाबाट अघाइसकेको छु । किनकि यही इन्द्रियको वासनाका कारण मैले यस मृत्युरुपी शरीरमा आत्मबुध्दि गरेर साक्षत परमेश्वर  हजुरलाई पुत्रका रुपमा मानें ।।१९।।
सूतीगृहे ननु जगाद भवानजो नौ
     सञ्जज्ञ इत्यनुयुगं निजधर्मगुप्त्यै ।
नानातनूर्गगनवद् विदधज्जहासि
     को वेद भूम्न उरुगाय विभूतिमायाम् ॥ २० ॥
निश्चय नै हजुरले म अजन्मा भए पनि मैले बनाएको धार्मिको संरक्षणका लागि हरेक युगमा तिमीहरू दुईबाट पुत्रको रुपमा अवतार लिन्छौं भनेर जन्मको समयमा बताउनु भएको थियो । हे भगवान ! हजुर आकाशमा देखिने अनेक रुप जस्तै आफ्नो मायाद्वारा अनेक स्वरुप धारण गर्नुहुन्छ र त्यसलाई छाड्दै जानुहुन्छ । वास्तवमा हजुरको यस्तो अद्भुत रहस्य भएको योगमायालाई कस्ले जान्न सक्छ र ? ।।२०।।
श्रीशुक उवाच–
(अनुष्टुप्)
आकर्ण्येत्थं पितुर्वाक्यं भगवान् सात्वतर्षभः ।
प्रत्याह प्रश्रयानम्रः प्रहसञ्श्लक्ष्णया गिरा ॥ २१ ॥
शुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित ! वासुदेवजीको यस्तो कुरा सुनेर यदुवंश शिरोमणि भक्तवत्सल भगवान श्रीकृष्ण हाँस्नुभयो र वहाँले नम्र भएर मधुर वाणीमा यसो भन्नुभयो ।।२१।। 
श्रीभगवानुवाच–
वचो वः समवेतार्थं तातैतदुपमन्महे ।
यन्नः पुत्रान् समुद्दिश्य तत्त्वग्राम उदाहृतः ॥ २२ ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे पिताजी ! हजुरले आफ्ना छोरा हामीलाई यो तत्तज्ञानको उपदेश दिनुभएको हो । हामी यसलाई उचित रुपमा मान्दछौं ।।२२।।
अहं यूयमसावार्य इमे च द्वारकौकसः ।
सर्वेऽप्येवं यदुश्रेष्ठ विमृश्याः सचराचरम् ॥ २३ ॥
हे यदुवंश शिरोमणि ! म, हजुर, भाई बलराम, द्वारिकावासी र सम्पूर्ण जगतले नै यो ब्रह्मज्ञान बारे बिचार गर्नुपर्दछ ।।२३।।
आत्मा ह्येकः स्वयंज्योतिर्नित्योऽन्यो निर्गुणो गुणैः ।
आत्मसृष्टैस्तत्कृतेषु भूतेषु बहुधेयते ॥ २४ ॥
खं वायुर्ज्योतिरापो भूस्तत्कृतेषु यथाशयम् ।
आविस्तिरोऽल्पभूर्येको नानात्वं यात्यसावपि ॥ २५ ॥
निश्चय नै आत्मतत्व अद्वितीय, स्वयंप्रकास, नित्य र निर्गुण छ तापनि आफैंले यो सम्पूर्ण जगतको सृष्टि गर्दछ । एक भएर पनि त्यो तत्व जीव र पञ्चमहाभूतहरुमा बिभिन्न रुपले देखा पर्दछ । त्यसैले त्यो आत्मा पनि उपादिको भेदले कहिले प्रकट हुने र कहिले प्रकट नहुँने हुन्छ । कहिले कम वा कहिले बढि देखिन्छ ।।२४–२५।। 
श्रीशुक उवाच–
एवं भगवता राजन् वसुदेव उदाहृतः ।
श्रुत्वा विनष्टनानाधीस्तूष्णीं प्रीतमना अभूत् ॥ २६ ॥
श्रीशुकदेवले भन्नुभयो– हे परीक्षित ! भगवान कृष्णका यी वचनहरू सुनेर, वसुदेवजीको नानत्व बुध्दि नष्टभयो । त्यसपछि उहाँ आनन्दमा मग्न हुनुभयो ।।२६।। 
अथ तत्र कुरुश्रेष्ठ देवकी सर्वदेवता ।
श्रुत्वानीतं गुरोः पुत्रमात्मजाभ्यां सुविस्मिता ॥ २७ ॥
कृष्णरामौ समाश्राव्य पुत्रान् कंसविहिंसितान् ।
स्मरन्ती कृपणं प्राह वैक्लव्यादश्रुलोचना ॥ २८ ॥
हे कुरुश्रेष्ठ परीक्षित ! एकदिन  श्रीकृष्ण र बलरामले आफ्ना गुरुका मृत छोरालाई यमलोकबाट फिर्ता ल्याएको भन्ने सुनेर विस्मित भएकी सर्वदेवरुपिणी देवकीलाई आफ्ना मारिएका छोराहरुको याद आयो र उनको मन चिन्तित भयो । कंसद्वारा मारिएका आफ्ना छोराहरु सम्झिएर वहाँले आँखाबाट आँसु खसालेर करुण स्वरले बलराम र श्रीकृष्णलाई भन्नुभयो–।।२८।।
देवक्युवाच–
राम रामाप्रमेयात्मन् कृष्ण योगेश्वरेश्वर ।
वेदाहं वां विश्वसृजामीश्वरावादिपूरुषौ ॥ २९ ॥
देवकीले भन्नुभयो– हे बलराम ! हजुरको शक्ति मन र वाणीभन्दा पर छ । हे श्रीकृष्ण ! हजुर योगेश्वरका पनि देवता हुनुहुन्छ । हजुर दुवै प्रजापतिहरूका पनि आदिपुरुष नारायण हुनुहुन्छ ।।२९।। 
कलविध्वस्तसत्त्वानां राज्ञां उच्छास्त्रवर्तिनाम् ।
भूमेर्भारायमाणानामवतीर्णौ किलाद्य मे ॥ ३० ॥
मलाई यो पनि निश्चित रुपमा थाहा छ कि काल क्रमले गर्दा आफ्नो सद्गुणहरु नष्ट भएकाले शास्त्रलाई उलंघन गरेर आफ्नो इच्छा अनुसार आचरण गर्ने राजाहरुलाई नष्ट गर्नका लागि अहिले हजुरहरु मेरो गर्भबाट अवतिर्ण हुनुभएको हो ।।३०।। 
यस्य अशांशांशभागेन विश्वोत्पत्तिलयोदयाः ।
भवन्ति किल विश्वात्मंस्तं त्वाद्याहं गतिं गता ॥ ३१ ॥
हे विश्वसत्मान ! हजुरको पुरुष रूप अंशबाट उत्पन्न भएका मायाबाट सत्वादि गुणहरू उत्पन्न हुन्छन् र तिनीहरूको सानो अंशबाट यस संसारको सृष्टि, स्थिति र प्रलय हुन्छ । आज म मेरो सम्पूर्ण हृदय देखि नै हजुरको शरणमा परेकीछु ।।३१।।
चिरान्मृतसुतादाने गुरुणा किलचोदितौ ।
आनिन्यथुः पितृस्थानाद् गुरवे गुरुदक्षिणाम् ॥ ३२ ॥
मैले सुनेको छु कि हजुरहरुले आफ्ना गुरु सन्दीपानीजीका छोराहरु जो धेरै समय अगाडि बितेका थिए । हजुरहरुले गुरुको आज्ञा र यमराजको इच्छाले गुरुदक्षिणाको दिनका लागि हजुरहरू दुवैले उहाँको छोरालाई यमपुरीबाट फिर्ता ल्याएर गुरुलाई बुझाउनु भएको थियो ।।३२।। 
तथा मे कुरुतं कामं युवां योगेश्वरेश्वरौ ।
भोजराजहतान् पुत्रान् कामये द्रष्टुमाहृतान् ॥ ३३ ॥
हजुरहरु दुवै योगेश्वरहरूका पनि इश्वर हुनुहुन्छ । मेरो पनि त्यस्तै इच्छा भैराखेकोछ । त्यसैले हजुरहरुले आफ्ना योगबलले कंसद्वार मारिएका मेरा छोराहरु लाई ल्याएर मलाई देखाइदिनुहोस । म उनीहरुलाई हेर्न चाहान्छु ।।३३।।
ऋषिरुवाच–
एवं सञ्चोदितौ मात्रा रामः कृष्णश्च भारत ।
सुतलं संविविशतुर्योगमायामुपाश्रितौ ॥ ३४ ॥
श्रीशुकदेवले भन्नुभयो– हे प्रिय परीक्षित ! यसरी माता देवकीका यी वचन सुनेर भगवान कृष्ण र भगवान बलराम दुवैले योगमायाको आश्रय लिए र सुतल लोकमा प्रवेश गर्नुभयो ।।३४।। 
(वशंस्था)
तस्मिन्प्रविष्टावुपलभ्य दैत्यराड्
     विश्वात्मदैवं सुतरां तथात्मनः ।
तद्दर्शनाह्लादपरिप्लुताशयः
     सद्यः समुत्थाय ननाम सान्वयः ॥ ३५ ॥
विश्वात्मा भगवान् श्रीकृष्ण र बलरामजी सुतल लोकमा प्रवेश गर्नुभएको देखेर दैत्यराज बलिल धेरै खुसी भए र आसनबाट उठेर वहाँ भगवान्लाई प्रणाम गरे ।।३५।। 
तयोः समानीय वरासनं मुदा
     निविष्टयोस्तत्र महात्मनोस्तयोः ।
दधार पादाववनिज्य तज्जलं
     सवृन्द आब्रह्म पुनद् यदम्बु ह ॥ ३६ ॥
भगवान्को आगमनमा आनन्दले मग्न भएका दैत्यराज बलिले भगवान श्रीकृष्ण र बलरामलाई सबैभन्दा राम्रो आसनमा बसाए । वहाँहरु दुवैजनालाई आसनमा बसाएर पाउ धोए अनि पाउको जल आफ्नो शिरमा सेचन गरे । हे परीक्षित भगवानको चरणोदकले सम्पूर्ण जगतलाई पबित्र पार्दछ ।।३६।।
समर्हयामास स तौ विभूतिभि(
     र्महार्हवस्त्राभरणानुलेपनैः ।
ताम्बूलदीपामृतभक्षणादिभिः
     स्वगोत्रवित्तात्मसमर्पणेन च ॥ ३७ ॥
यसपछि, दैत्यराज बलिले बहुमूल्य वस्त्र, आभुषण, आरती, अमृत जस्ता भोजन र अन्य विभिन्न सामग्रीहरूले उहाँहरुको पूजा गरे त्यसपछि आफ्नो सम्पूर्ण परिवार, धन र शरीर आदि उहाँको चरणमा अर्पण गरे ।।३७।। 
स इन्द्रसेनो भगवत्पदाम्बुजं
     बिभ्रन्मुहुः प्रेमविभिन्नया धिया ।
उवाच हानन्दजलाकुलेक्षणः
     प्रहृष्टरोमा नृप गद्‌गदाक्षरम् ॥ ३८ ॥
हे परीक्षित ! त्यतिबेला राजा बलिका दुवै आँखाबाट हर्षाश्रुको धारा बगेको थियो । उनी अत्यन्त रोमोञ्ति भएर प्रेमले भगवानको चरणलाई आफ्नो शिरमाथि राखे । त्यसपछि अत्यन्त आनन्दले गदगद भएर भगवान्को स्तुति गरे ।।३८।।
बलिरुवाच–
(अनुष्टुप्)
नमोऽनन्ताय बृहते नमः कृष्णाय वेधसे ।
साङ्ख्ययोगवितानाय ब्रह्मणे परमात्मने ॥ ३९ ॥
बलिले भने– हे सर्वव्यापक अनन्तरुप बलराम ! हजुर यो समस्त ब्रह्माण्डलाई धारण गर्नुहुन्छ, हजुरलाई नमस्कार छ । यस चराचर जगतका श्रृष्टिकर्ता योग शास्त्रका प्रवर्तक परंपरमात्मा श्रीकृष्णलाई नमस्कार छ ।।३९।। 
दर्शनं वां हि भूतानां दुष्प्रापं चाप्यदुर्लभम् ।
रजस्तमःस्वभावानां यन्नः प्राप्तौ यदृच्छया ॥ ४० ॥
निश्चय नै हजुरहरुको दर्शन प्राणीहरुका लागि धेरै दुर्लभ छ तापनि हजुरहरुको कृपा हुँदा सुलभ पनि हुन्छ । किनभने रजोगुणी र तमोगुणी स्वभाव भएका हामीहरुले पनि हजुरको कृपा पाएर हजुरको दर्शन गरेका छौं ।।४०।। 
दैत्यदानवगन्धर्वाः सिद्धविद्याध्रचारणाः ।
यक्षरक्षःपिशाचाश्च भूतप्रमथनायकाः ॥ ४१ ॥
विशुद्धसत्त्वधाम्न्यद्धा त्वयि शास्त्रशरीरिणि ।
नित्यं निबद्धवैरास्ते वयं चान्ये च तादृशाः ॥ ४२ ॥
केचनोद्‌बद्धवैरेण भक्त्या केचन कामतः ।
न तथा सत्त्वसंरब्धाः सन्निकृष्टाः सुरादयः ॥ ४३ ॥
हे भगवान् ! हामी र हामी समानका दैत्य दानव, गन्धर्व, सिद्ध, विद्याधर, चरण, यक्ष, राक्षस, भूत र प्रमथनायक आदि राजसी तथा तामसी प्रकृतिका प्राणीहरु हजुर जस्ता बिशुध्द सत्वमुर्ति साक्षात देवमुर्ति हजुरसंग सदा वैरभाव राख्दछन् तर धेरैले कसैले वैरभावले कसैले भक्तिले कसैले कामनाले हजुरको स्मरण गरेर हजुरको स्वरुप प्राप्त गर्दछन जुन पदलाई हजुरको नजिकमा रहने सात्विक स्वभावका देवातहरुले पाउन सकेका हुदैनन् ।।४१–४३।। 
इदमित्थमिति प्रायस्तव योगेश्वरेश्वर ।
न विदन्त्यपि योगेशा योगमायां कुतो वयम् ॥ ४४ ॥
हे योगेश्वरका भगवान ! हजुरको मायाको बारेमा ठला–ठुला योगीहरुले समेत थाहा पाउन सकेका हुदैनन् भने हामी दैत्यहरुले त कसरी थाहा पाउन सक्नु ? ।।४४।।
(वसंततिलका)
तन्नः प्रसीद निरपेक्षविमृग्ययुष्मत्
     पादारविन्दधिषणान्यगृहान्धकूपात् ।
निष्क्रम्य विश्वशरणाङ्‌घ्र्युपलब्धवृत्तिः
     शान्तो यथैक उत सर्वसखैश्चरामि ॥ ४५ ॥
त्यसैले हजुरले हामीलाई यस्तो कृपा गर्नुहोस, जसले गर्दा मेरो चित्तवृत्ति योगीहरुले समेत सदा खोजिरहने हजुरको चरणकमलमा लागिराखोस् । र हजुरको त्यही चरणकमलको आश्रय लिएर यो गृहस्थरुपी अन्धकार कुवाबाट बाहिर निस्कन सकुं । हे प्रभु ! सम्पूर्ण जगतको आश्रय भएको हजुरको चरण कमलमा मेरो मन लागिरहोस । जसले गर्दा म शान्त भएर एक्लै अथवा हजुरको भक्तका साथमा रहन सकुँ ।।४५।। 
(अनुष्टुप्)
शाध्यस्मानीशितव्येश निष्पापान् कुरु नः प्रभो ।
पुमान् यच्छ्रद्धयातिष्ठंश्चोदनाया विमुच्यते ॥ ४६ ॥
हे प्रभु ! हजुर सम्पूर्ण चराचर जगतका नियन्ता र स्वामी हुनुहुन्छ । हजुरले आज्ञा दिएर हाम्रा सबै पापलाई नाश गरिदिनुहोस् (निस्पाप बनाउनुहेस्)। किनकि हजुरले गरेको आचरणको श्रध्दा पूर्वक पालना गर्ने पुरुष विधि र निषेधको बन्धनबाट मुक्तहुन्छ ।।४६।।
श्रीभगवानुवाच–
आसन् मरीचेः षट्पुत्रा ऊर्णायां प्रथमेऽन्तरे ।
देवाः कं जहसुर्वीक्ष्य सुतं यभितुमुद्यतम् ॥ ४७ ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे दैत्यराज बलि ! स्वयंभूमन्वन्तरमा, प्रजापति मारिचीकी उर्णा नाम गरेकी पत्नीको गर्भबाट छ जना छोराहरूको जन्म भएको थियो । तिनीहरू सबै देवता थिए । एकपटक भगवान ब्रह्मा आफ्नी छोरीसँग समागम गर्न उद्यत भएको देखेर तिनीहरूले उपहास गरेर हाँस्न थाले ।।४७।। 

तेनासुरीमगन् योनिमधुनावद्यकर्मणा ।
हिरण्यकशिपोर्जाता नीतास्ते योगमायया ॥ ४८ ॥
देवक्या उदरे जाता राजन् कंसविहिंसिताः ।
सा ताञ्छोचत्यात्मजान् स्वांस्त इमेऽध्यासतेऽन्तिके ॥ ४९ ॥
आफ्ने कर्मको उपहास गरेकाले ब्रह्माजीले श्राप दिनु भएकाले उनीहरु आशुरी योनिमा पुगेर हिरण्यकशिपुको छोराको रूपमा रूपमा जन्मिए । त्यसपछि योगमायाले उनीहरुलाई त्यहाँबाट ल्याएर देवकीको गर्भमा राखिदिइन् र देवकीको गर्भबाट जन्मने बित्तिकै कंसले उनलाई मारिदिए । माता देवकी आफ्ना छोराहरू सम्झेर अत्यन्तै शोक गरिरहनुभएको छ र अहिले ती पुत्रहरु तिम्रा नजिकमा छन् ।।४८–४९।।
इत एतान् प्रणेष्यामो मातृशोकापनुत्तये ।
ततः शापाद् विनिर्मुक्ता लोकं यास्यन्ति विज्वराः ॥ ५० ॥
त्यसैले, हाम्री आमाको दुःख हटाउनका लागि हामी उनीहरुलाई यहाँबाट लिएर जान्छौं । यसपछि, उनीहरु श्रापबाट मुक्त हुनेछ र खुसीसाथ आफ्नो लोकतिर जानेछन् ।।५०।।
स्मरोद्‌गीथः परिष्वङ्‌गः पतङ्‌गः क्षुद्रभृद् घृणी ।
षडिमे मत्प्रसादेन पुनर्यास्यन्ति सद्‌गतिम् ॥ ५१ ॥
मेरो कृपाले ती स्मरण, उदगीथ, परिष्वङ्ग पतंग, क्षुद्रभृत र घ्रिणी यी छ वटा बालकले फेरि मुक्ति पाउनेछन् ।।५१।। 
इत्युक्त्वा तान् समादाय इन्द्रसेनेन पूजितौ ।
पुनर्द्वारवतीमेत्य मातुः पुत्रानयच्छताम् ॥ ५२ ॥
हे परीक्षित ! यसो भनेर भगवान श्रीकृष्ण चुप लाग्नुभयो । त्यसपछि दैत्यराज बलिले वहाँ श्रीकृष्ण र बलरामको पूजा गरे अनि वहाँहरुले ती छ जना दाजुभाईलाई (बालकहरु) ल्याएर माता देवकीलाई सुम्पनुभयो ।।५२।।
तान् दृष्ट्वा  बालकान् देवी पुत्रस्नेहस्नुतस्तनी ।
परिष्वज्याङ्‌कमारोप्य मूर्ध्न्यजिघ्रदभीक्ष्णशः ॥ ५३ ॥
देवेकीले ती बालकहरुलाई देख्दा पुत्रस्नेहले वहाँको स्तनबाट दुधका धारा बग्नलाग्यो । अनी वहाँले प्रेम पूर्वक ती बालकलाई काखमा राखेर बारम्बार अंगालो हाल्ने टाउको सुघ्ने गर्नुभयो ।।५३।। 
अपाययत् स्तनं प्रीता सुतस्पर्शपरिप्लुता ।
मोहिता मायया विष्णोर्यया सृष्टिः प्रवर्तते ॥ ५४ ॥
भगवान् विष्णुको मायाले संसार चल्दछ । सोही मायाद्वारा मोहित भएकी देवकीले आफ्ना पुत्रहरुलाई स्पर्श गर्न पाउँद धेरै आनन्द भएर बालकलाई दूध स्तनपान गराउनुभयो ।।५४।। 
पीत्वामृतं पयस्तस्याः पीतशेषं गदाभृतः ।
नारायणाङ्‌गसंस्पर्शप्रतिलब्धात्मदर्शनाः ॥ ५५ ॥
भगवान् श्रीकृष्णले पिएर बाँकी रहेको अमृतमय दूध देवकीको स्तनबाट पान गर्नाले र श्रीकृष्णको अंगको स्पर्श हुनाले ती छः वटै बालकलाई आत्म–साक्षात्कार भयो ।।५५।। 
ते नमस्कृत्य गोविन्दं देवकीं पितरं बलम् ।
मिषतां सर्वभूतानां ययुर्धाम दिवौकसाम् ॥ ५६ ॥
त्यसपछि ती बालकहरूले भगवान श्रीकृष्ण, माता देवकी, पिता वासुदेव र बलरामजीलाई नमस्कार गरे अनि सबैले हेर्दाहेर्दै उनीहरु स्वर्गतिर लागे ।।५६।। 
तं दृष्ट्वा  देवकी देवी मृतागमननिर्गमम् ।
मेने सुविस्मिता मायां कृष्णस्य रचितां नृप ॥ ५७ ॥
हे परीक्षित ती मरेका आफ्ना छोराहरु अकस्मात आएको र फेरी फर्केर गएको देखेर देवी देवकी अत्यन्त विष्मित हुनुभयो । उहाँले यो भगवान कृष्णको माया नै हो भन्ने ठान्नुभयो ।।५७।। 
एवंविधान्यद्‌भुतानि कृष्णस्य परमात्मनः ।
वीर्याण्यनन्तवीर्यस्य सन्त्यनन्तानि भारत ॥ ५८ ॥
हे भरतवंशी परीक्षित ! भगवान श्रीकृष्ण स्वयं परमात्मा हुनुहुन्छ, उहाँको शक्ति अनन्त छ । उहाँका चरित्रहरु यति अद्भुत छन् कि जसलाई पूर्णरुपमा कसैले पनि जान्न सक्दैन ।।५८।। 
सूत उवाच–
(मालिनी)
य इदमनुशृणोति श्रावयेद् वा मुरारे(
     श्चरितममृतकीर्तेर्वर्णितं व्यासपुत्रैः ।
जगदघभिदलं तद्‌भक्तसत्कर्णपूरं
     भगवति कृतचित्तो याति तत्क्षेमधाम ॥ ५९ ॥
सुतजीले भन्नुभयो– हे शौनकजी ! ब्यासपुत्र शुकदेवले वर्णन गर्नुभएको भगवान श्रीकृष्णको चरित्र अमर र अमृत समान छ । यसले सबै पापलाई नाश गराउछ । यस चरित्रले भगवानको भक्तलाई आनन्द दिलाउछ । जसले भगवान्को यो चरित्र सुन्छ अथवा वर्णन गरेर सुनाउछ भने उसको चित्त भगवानमा लाग्छ र अन्त्यमा भगवद्धाम प्राप्त गर्दछ ।।५९।।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
मृताग्रजानयनं नाम पञ्चाशीतितमोऽध्यायः ॥ ८५ ॥