श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – षट्चत्वारिंशोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
वृष्णीनां प्रवरो मंत्री कृष्णस्य दयितः सखा ।
शिष्यो बृहस्पतेः साक्षाद् उद्धवो बुद्धिसत्तमः ॥१॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे राजन ! श्रीकृष्णका अति प्रिय मित्र साक्षात बृहस्पतिका शिष्य परम बुद्धिमान बृष्णी वंशीय उद्धवजी यादवहरूका बुद्धिमानमन्त्री थिए ।।१।।
तमाह भगवान् प्रेष्ठं भक्तमेकान्तिनं क्वचित् ।
गृहीत्वा पाणिना पाणिं प्रपन्नार्तिहरो हरिः ॥२॥
शरणागतको दुःखलाई नाश गरिदिने भगवान श्रीकृष्णले एक दिन आफ्ना प्रिय भक्त उद्धवलाई बोलाएर उनको हातमाथि हात राख्दै भन्नुभयो ।।२।।
गच्छोद्धव व्रजं सौम्य पित्रोर्नौ प्रीतिमावह ।
गोपीनां मद्वियोगाधिं मत्सन्देशैर्विमोचय ॥३॥
शान्त स्वभाव भएका उद्धवजी ! तिमी ब्रजमा गएर मेरा मातापिता र गोपिनीहरुलाई मैले पठाएको सन्देश सुनाएर उनीहरुलाई आनन्द गराउ ।।३।।
ता मन्मनस्का मत्प्राणा मदर्थे त्यक्तदैहिकाः ।
मामेव दयितं प्रेष्ठमात्मानं मनसा गताः ।
ये त्यक्तलोकधर्माश्च मदर्थे तान् बिभर्म्यहम् ॥४॥
हे उद्धव ! ती गोपिनीहरूले हरबखत आफ्नो चित्त ममा अर्पण गरेर मेरा निम्ति सबै घर परिवार त्यागेर लौकिक धर्मलाई पनि त्यागेका छन् त्यसैले मैले उनीहरूको पालनपोषण गर्नुपर्दछ ।।४।।
मयि ताः प्रेयसां प्रेष्ठे दूरस्थे गोकुलस्त्रियः ।
स्मरन्त्योऽङ्ग विमुह्यन्ति विरहौत्कण्ठ्यविह्वलाः ॥५॥
हे उद्धव ! मैले उनीहरूलाई छोडेर मथुरा आएपछि ती गोपिनीहरू मलाई सम्झेर बिरह व्यथाले व्याकुल भएर बसिरहेका छन् ।।५।।
धारयन्त्यतिकृच्छ्रेण प्रायः प्राणान् कथञ्चन ।
प्रत्यागमनसन्देशैर्बल्लव्यो मे मदात्मिकाः ॥६॥
ममा नै मन लगाएका ती गोपिनीहरूले मेरो फर्कने समयलाई कुरेर अत्यन्त कष्टपूर्वक आफ्नो प्राण धारण गरिराखेका छन् ।।६।।
शुक उवाच –
इत्युक्त उद्धवो राजन् संदेशं भर्तुरादृतः ।
आदाय रथमारुह्य प्रययौ नन्दगोकुलम् ॥७॥
हे महाराज परीक्षित ! भगवानले उद्धवलाई यस्तो आज्ञा दिएपछि आफ्नो स्वामीको वचनलाई सिरोपर गर्दै उद्धवजी रथमा चढेर गोकुलतिर लागे ।।७।।
प्राप्तो नन्दव्रजं श्रीमान् निम्लोचति विभावसौ ।
छन्नयानः प्रविशतां पशूनां खुररेणुभिः ॥८॥
उद्धवजी पुग्न लाग्दा सूर्यनारायण अस्ताउन लाग्नुभएको थियो । त्यतिबेला गाईहरु व्रजतिर फर्कँदै थिए उनी ब्रजमा पुग्दा पशुको खुरको धुलोले रथ छोपिएको थियो ।।८।।
वासितार्थेऽभियुध्यद्भिर्नादितं शुष्मिभिर्वृषैः ।
धावन्तीभिश्च वास्राभिरूधोभारैः स्ववत्सकान् ॥९॥
त्यसबेलामा साँढेहरु बाली हुन खोजेका गाईका पछाडि लागेर ठूलो स्वरमा कराइरहेका थिए भने भर्खरका लैना गाईहरू ठूलो कल्चौडाका कारण आफ्ना बाछा खोज्दै दौडिरहेका थिए ।।९।।
इतस्ततो विलङ्घद्भिर्गोवत्सैर्मण्डितं सितैः ।
गोदोहशब्दाभिरवं वेणूनां निःस्वनेन च ॥१०॥
त्यतिबेला गाई दुने समय भएको थियो । ती सेता बाच्छाहरू आफ्नै आमालाई सुम्स्याउँदै उफ्रिरहेका थिए भने गाई दुहुँदाको आवाज र बाँसुरीको धुनले ब्रजभूमि सुशोभित भएको थियो ।।१०।।
गायन्तीभिश्च कर्माणि शुभानि बलकृष्णयोः ।
स्वलङ्कृताभिर्गोपीभिर्गोपैश्च सुविराजितम् ॥११॥
गोपिनीहरू बलराम र श्रीकृष्णका चरित्र हरू गाइरहेका थिए । गोप पनि राम्रा राम्रा बस्त्रमा सजिएका थिए जसले गर्दा व्रजभूमि सुशोभित भएको थियो ।।११।।
अग्न्यर्कातिथिगोविप्रपितृदेवार्चनान्वितैः ।
धूपदीपैश्च माल्यैश्च गोपावासैर्मनोरमम् ॥१२॥
अग्नि, सूर्य, अतिथि, पितृ ,ब्राह्मण लगायत देवताहरूको पूजाका अर्चनाका लागि सजाइएका धुपदीप माला आदिले सिँगारिएको गोपका घरहरुले गर्दा व्रजभूमि रमाइलो थियो ।।१२।।
सर्वतः पुष्पितवनं द्विजालिकुलनादितम् ।
हंसकारण्डवाकीर्णैः पद्मषण्डैश्च मण्डितम् ॥१३॥
वनमा फुल्ने कमलका फूल र त्यहाँ रहेका हाँस, वन कुखुरा आदि पंछी लगायत भ्रमराहरूको आवाजले वृन्दावन गुञ्जयमान भएको थियो ।।१३।।
तमागतं समागम्य कृष्णस्यानुचरं प्रियम् ।
नन्दः प्रीतः परिष्वज्य वासुदेवधियाऽऽर्चयत् ॥१४॥
नन्द बाबाले भगवानका प्रिय उद्धव आइरहनु भएको देखेर खुसी भएर अङ्कमाल गरे अनि उनले उद्धवलाई बसुदेव नै सम्झेर पूजा गरे ।।१४।।
भोजितं परमान्नेन संविष्टं कशिपौ सुखम् ।
गतश्रमं पर्यपृच्छत् पादसंवाहनादिभिः ॥१५॥
उन्दवजीले मिठो मिठो भोजन ग्रहण गरेर पलङ्गमा बसेर थकाई मेटाइरहेका थिए । केही समयमा नन्दले उनलाई सोधे ।।१५।।
कच्चिदङ्ग महाभाग सखा नः शूरनन्दनः ।
आस्ते कुशल्यपत्याद्यैर्युक्तो मुक्तः सुहृद्व्रतः ॥१६॥
हे परम भाग्यशाली उद्धव ! हाम्रा मित्र बसुदेवजीबाट दुःखबाट मुक्त भएर आफ्ना पुत्रबन्धु बान्धवले घेरिएर कुशलै रहनु भएका होलानि ? ।।१६।।
दिष्ट्या कंसो हतः पापः सानुगः स्वेन पाप्मना ।
साधूनां धर्मशीलानां यदूनां द्वेष्टि यः सदा ॥१७॥
त्यो धर्मात्मा सज्जन यादवहरूको रिस गर्ने कंश आफ्नै पापले मारियो । यो त धेरै खुसीको कुरा हो ।।१७।।
अपि स्मरति नः कृष्णो मातरं सुहृदः सखीन् ।
गोपान्व्रजं चात्मनाथं गावो वृन्दावनं गिरिम् ॥१८॥
श्रीकृष्णले हामीहरूलाई आफ्नी यशोदालाई आत्मीय स्वजनलाई साथीहरुलाई र आफ्नो सर्वस्व सम्झेका व्रजलाई गाईहरुलाई वृन्दावनलाई र गोवर्धन पर्वतलाई कहिलेकाहीँ सम्झनुहुन्छ त ? ।।१८।।
अप्यायास्यति गोविन्दः स्वजनान् सकृदीक्षितुम् ।
तर्हि द्रक्ष्याम तद्वक्त्रं सुनसं सुस्मितेक्षणम् ॥१९॥
के आफ्ना बन्दुबान्धवलाई भेट्न श्री कृष्ण भगवान एकपटक यहाँ आउनुहोला त ? यहाँ आउनुभए त हामीले उहाँको सुन्दर नाक र मुस्कान सहितको हेराईले युक्त भएको मुख कमललाई हेर्न पाउने थियौ ।।१९।।
दावाग्नेर्वातवर्षाच्च वृषसर्पाच्च रक्षिताः ।
दुरत्ययेभ्यो मृत्युभ्यः कृष्णेन सुमहात्मना ॥२०॥
श्रीकृष्णले हामीलाई डढेलो, पानी, वृषासुरबाट कालियसर्पबाट एवं अरु अरु टार्न नसकिने मृत्युबाट बचाएर हाम्रो रक्षा गर्नुभएको हो ।।२०।।
स्मरतां कृष्णवीर्याणि लीलापाङ्गनिरीक्षितम् ।
हसितं भाषितं चाङ्ग सर्वा नः शिथिलाः क्रियाः ॥२१॥
हे प्यारा उद्धवजी ! श्रीकृष्णजीका विचित्र चरित्र, मनलाई लठ्ठ पार्ने कर्के हेराइ र मुस्कानयुक्त बोलीले कुरा गर्दा हाम्रो सबै अङ्ग लठ्ठ हुन्छन् हामीबाट कुनै काम हुँदैन ।।२१।।
सरिच्छैलवनोद्देशान् मुकुन्दपदभूषितान् ।
आक्रीडानीक्ष्यमाणानां मनो याति तदात्मताम् ॥२२॥
उहाँको चरण चिन्हले सुशोभित भएको नदी, पर्वत, वन तथा उहाँले गरेका कृडास्थल हेर्दैखेरिमा हाम्रो मन कृष्णमय भइहाल्दछ ।।२२।।
मन्ये कृष्णं च रामं च प्राप्ताविह सुरोत्तमौ ।
सुराणां महदर्थाय गर्गस्य वचनं यथा ॥२३॥
गर्गजीले बताउनु भए अनुसार मैले श्रीकृष्ण र बलराम दुवैलाई श्रेष्ठ देवता सम्झिराखेको छु । उहाँहरू देवताको कार्यसद्धिका लागि नै यस धर्तीमा आउनुभएको हो ।।२३।।
कंसं नागायुतप्राणं मल्लौ गजपतिं यथा ।
अवधिष्टां लीलयैव पशूनिव मृगाधिपः ॥२४॥
उहाँले सिंहले सामान्य पशुलाई मारे जस्तै गरी खेलबाडमै दसहजार हात्तीको बल भएको कंशलाई, चाँडुर र मुस्टी जस्ता पहलमानलाई र गजराज कुबलयापीडलाई लाई मारिदिनुभयो ।।२४।।
तालत्रयं महासारं धनुर्यष्टिमिवेभराट् ।
बभञ्जैकेन हस्तेन सप्ताहमदधाद् गिरिम् ॥२५॥
हात्तीले उखुको लाक्रा भाँचे झैँ गरी उहाँले दुइसय हात लामो ताडको वृक्ष जस्तो धनुषलाई सजिलैसित भाँची दिनुभयो र एउटै हातले सात दिनसम्म गोवर्धन पर्वत उचाली राख्नुभयो ।।२५।।
प्रलम्बो धेनुकोऽरिष्टस्तृणावर्तो बकादयः ।
दैत्याः सुरासुरजितो हता येनेह लीलया ॥२६॥
देवताहरूलाई पनि विजय गरेका प्रलम्बासुर, धेनुकासुर, अरिष्टासुर, तृणावर्त र बकासुर जस्ता बडाबडा दैत्यहरुलाई उहाँले खेलबाड गरेजस्तो गरी मारिदिनुभयो ।।२६।।
शुक उवाच–
इति संस्मृत्य संस्मृत्य नन्दः कृष्णानुरक्तधीः ।
अत्युत्कण्ठोऽभवत्तूष्णीं प्रेमप्रसरविह्वलः ॥२७॥
शुकदेवजी भन्नुहुन्छ– श्रीकृष्णमा मन बुद्धि चित्त लगाएका नन्दबाबा उहाँको लीला स्मरण गर्दागर्दै प्रेमका कारण उनको घाँटी अवरुद्ध भएकोले बोल्न नसकेर चुपो लागे ।।२७।।
यशोदा वर्ण्यमानानि पुत्रस्य चरितानि च ।
शृण्वन्त्यश्रूण्यवास्राक्षीत् स्नेहस्नुतपयोधरा ॥२८॥
छोराको चरित्रको वर्णन सुन्दा माता यशोदाका आँखाभरि आँसु रसायो र पुत्र स्नेहको बेगले गर्दा उनको स्तनबाट दुधको धारा बग्न थाल्यो ।।२८।।
तयोरित्थं भगवति कृष्णे नन्दयशोदयोः ।
वीक्ष्यानुरागं परमं नन्दमाहोद्धवो मुदा ॥२९॥
नन्द यशोदाको कृष्ण भगवानप्रति यस्तो अघात अनुराग देख्दा उद्धवजी अतिशय प्रसन्न भई नन्द बाबालाई भन्न लागे ।।२९।।
उद्धव उवाच–
युवां श्लाघ्यतमौ नूनं देहिनामिह मानद ।
नारायणेऽखिलगुरौ यत्कृता मतिरीदृशी ॥३०॥
उद्धवले भने– हे सम्मान गर्न योग्यनन्द र यशोदा ! तपाईँ दुवै दम्पति सम्पूर्ण देहदारीमा अत्यन्त भाग्यमानी प्रशंसनीय हुनुहुन्छ किनकि जगतगुरु श्री नारायणमा तपाईहरुले यस प्रकारसँग प्रेम गर्नु भएको छ ।।३०।।
(इंद्रवज्रा)
एतौ हि विश्वस्य च बीजयोनी
रामो मुकुन्दः पुरुषः प्रधानम् ।
अन्वीय भूतेषु विलक्षणस्य
ज्ञानस्य चेशात इमौ पुराणौ ॥३१॥
यी राम र कृष्ण आदिपुरुष सारा संसारको उपादान कारण र निमित्त कारण हुनुहुन्छ । कृष्ण भगवान पुरुष र बलराम प्रकृति हुनुहुन्छ । सम्पूर्ण प्राणीहरूको शरीरमा प्रविष्ट भएर उनलाई जीवन दान दिनुहुन्छ र विलक्षण ज्ञान स्वरूप जीवलाई नियमन गर्नुहुन्छ ।।३१।।
यस्मिन्जनः प्राणवियोगकाले
क्षणं समावेश्य मनो विशुद्धम् ।
निर्हृत्य कर्माशयमाशु याति
परां गतिं ब्रह्ममयोऽर्कवर्णः ॥३२॥
जुन जीवले मृत्युको समयमा आफ्नो शुद्ध मनलाई एकछिनको निम्ति भएपनि उहाँ परमात्मामा लगाउँछ भने त्यसले आफ्नो समस्त कर्मवासनालाई पखालिदिन्छ र झट्टै परमपद भेट्टाउँछ ।।३२।।
तस्मिन् भवन्तावखिलात्महेतौ
नारायणे कारणमर्त्यमूर्तौ ।
भावं विधत्तां नितरां महात्मन्
किं वावशिष्टं युवयोः सुकृत्यम् ॥३३॥
उनै भगवान विश्वत्मा र विश्वकाकारण भएतापनि भक्तहरूको अभिलाषा पूर्ण गर्न र पृथ्वीको भार हलुको गर्नको निमित्त मनुष्यको जस्तो शरीर ग्रहण गरी प्रकट हुनुभएको छ । यस्ता नारायणमा तपाईहरुले यस्तो अनन्य भक्ति राख्नुभएको छ । अब तपाईं दुवैको निम्तिमा कुन शुभ कर्म बाँकी छ र ।।३३।।
(अनुष्टुप्)
आगमिष्यत्यदीर्घेण कालेन व्रजमच्युतः ।
प्रियं विधास्यते पित्रोः भगवान् सात्वतां पतिः ॥३४॥
भक्तवत्सल यदुवंश शिरोमणि कृष्ण भगवान कोही समयपछि व्रजमा आउनु हुनेछ र आफ्ना आमाबाबुलाई आनन्दित गर्नुहुनेछ ।।३४।।
हत्वा कंसं रङ्गमध्ये प्रतीपं सर्वसात्वताम् ।
यदाह वः समागत्य कृष्णः सत्यं करोति तत् ॥३५॥
सम्पूर्ण यादवहरूको शत्रु कंशलाई रङ्गभूमिमा मारिसकेपछि उहाँले सबैको सामुन्नेमा तपाईहरू लाई जुन कुरा बन्नुभएथ्यो यस कुरालाई उहाँले सत्य गर्नुहुनेछ ।।३५।।
मा खिद्यतं महाभागौ द्रक्ष्यथः कृष्णमन्तिके ।
अन्तर्हृदि स भूतानामास्ते ज्योतिरिवैधसि ॥३६॥
तपाईँ दुवै परम भाग्यशाली हुनुहुन्छ । अब तपाईँहरूले चिन्ता नगर्नुस् चाँडै नै तपाईहरुले कृष्ण भगवानको दर्शन पाउनुहुने छ किनकि जसरी काठमा आगो सदा व्यापक रुपले रहन्छ त्यसैगरी उहाँ पनि सम्पूर्ण प्राणीहरूको हृदयमा सदा सर्वदा विराजमान हुनुहुन्छ ।।३६।।
न ह्यस्यास्ति प्रियः कश्चिन्नाप्रियो वास्त्यमानिनः ।
नोत्तमो नाधमो वापि समानस्यासमोऽपि वा ॥३७॥
उहाँमा अभिमान भन्ने कुराछँदै छैन । त्यसैले उहाँको न कोही प्रिय छ न अप्रिय उहाँ त समदर्शी हुनुहुन्छ तसर्थ उहाँको दृष्टिमा न त कोही शत्रु पनि छैन र मृत्रु पनि छैन ।।३७।।
न माता न पिता तस्य न भार्या न सुतादयः ।
नात्मीयो न परश्चापि न देहो जन्म एव च ॥३८॥
उहाँका आमाबाबु स्वास्नी छोरा इत्यादि कोही पनि छैनन् न आफ्नो भन्ने कोही छ न पराई छ उहाँ त शरीर रहित आजन्मा हुनुहुन्छ ।।३८।।
न चास्य कर्म वा लोके सदसन्मिश्रयोनिषु ।
क्रीडार्थः सोऽपि साधूनां परित्राणाय कल्पते ॥३९॥
उहाँलाई यस लोकमा कुनै काम गर्नुपरेको छैन । तापनि साधुहरूको रक्षा र केवल कृडा गर्नको निम्ति कहिले देवता आदि सात्विक योनिमा कहिले मनुष्य आदि राजस योनिमा र कहिले मत्स्य आदि तामस यौनिमा अवतार धारण गर्नुहुन्छ ।।३९।।
सत्त्वं रजस्तम इति भजते निर्गुणो गुणान् ।
क्रीडन्नतीतोऽत्र गुणैः सृजत्यवति हन्त्यजः ॥४०॥
भगवान गुणले रहित र हुनुहुन्छ तापनि उहाँ सत्व, रज र तमलाई स्वीकार गरेर संसारको सृष्टि रक्षा र संहार गर्नुहुन्छ यो सबै भगवानको कृडा हो । ॥४०॥
यथा भ्रमरिकादृष्ट्या भ्राम्यतीव महीयते ।
चित्ते कर्तरि तत्रात्मा कर्तेवाहंधिया स्मृतः ॥४१॥
जसरी बेसरी घुम्ने व्यक्तिले पृथ्वी नै घुमेजस्तो देख्दछ त्यसैगरी उहाँ भगवान अकर्ता भएर पनि जीवको चित्तमा कर्ता जस्तो भएर रहनुहुन्छ ।।४१।।
युवयोरेव नैवायमात्मजो भगवान् हरिः ।
सर्वेषामात्मजो ह्यात्मा पिता माता स ईश्वरः ॥४२॥
वहाँ कृष्ण भगवान केवल तपाईंका दुई छोरा हुनुहुन्न उहाँ त सम्पूर्ण प्राणीका छोरा आत्मा पिता माता र स्वामी सबै थोक हुनुहुन्छ ।।४२।।
(इंद्रवज्रा)
दृष्टं श्रुतं भूतभवद् भविष्यत्
स्थास्नुश्चरिष्णुर्महदल्पकं च ।
विनाच्युताद् वस्तु तरां न वाच्यं
स एव सर्वं परमात्मभूतः ॥४३॥
संसारमा जतिपनि वस्तु देखिन्छन् अथवा सुनिन्छ चाहे त्यसको भूतकालसित होस् चाहे वर्तमान सित अथवा भविष्य कालसित सम्बन्ध राख्ने होस्, चाहे त्यो स्थावर होस् वा जङ्गम होस्, ठूलो होस् वा सानो होस् अचुत भगवान बिना भिन्न होइन । परमात्मा सबैका लागि एकै हुन् ।।४३।।
एवं निशा सा ब्रुवतोर्व्यतीता
नन्दस्य कृष्णानुचरस्य राजन् ।
गोप्यः समुत्थाय निरूप्य दीपान्
वास्तून् समभ्यर्च्य दधीन्यमंथन् ॥४४॥
हे राजन ! यसप्रकार उद्धव र नन्दका बीचमा कुरा हुँदाहुँदै त्यो रात बित्यो । यता गोपिनीहरू उठेर दियो बालेर घरको दैलोमा वास्तुदेव पूजन गरी दही मथ्न लागे ।।४४।।
(मिश्र)
ता दीपदीप्तैर्मणिभिर्विरेजू
रज्जूर्विकर्षद् भुजकङ्कणस्रजः ।
चलन्नितम्बस्तनहारकुण्डल–
त्विषत्कपोलारुणकुङ्कुमाननाः ॥४५॥
दही मथ्दाखेरि कानमा कुण्डल स्तनहार हल्ली राखेको थियो । दियोको प्रकाशले कुण्डल हलिनाले उनीहरूको अनुहार मणि जस्तै चम्किलो देखिन्थ्यो ।।४५।।
उद्गायतीनामरविन्दलोचनं
व्रजाङ्गनानां दिवमस्पृशद् ध्वनिः ।
दध्नश्च निर्मन्थनशब्दमिश्रितो
निरस्यते येन दिशाममङ्गलम् ॥४६॥
उनीहरूको त्यो दही मथ्दाखेरी घार घुर आवाजमा आफ्नो स्वर मिलाएर श्रीकृष्णको लिला चरित्रको गायन गर्दथे । यसरी गाउँदा उनीहरूको त्यो स्वर शब्दसँग मिसिएर स्वर्गलोकसम्म पुग्थ्यो ।।४६।।
(अनुष्टुप्)
भगवत्युदिते सूर्ये नन्दद्वारि व्रजौकसः ।
दृष्ट्वाि रथं शातकौम्भं कस्यायमिति चाब्रुवन् ॥४७॥
केहीबेरमा सूर्य भगवानको उदय भएपछि व्रजवासीनी गोपिनीहरूले नन्दवाका बाबाको ढोकामा एउटा मय रथ देखे र उनीहरुले आपसमा यो कसको रथ हो भनेर आपसमा सोध साध गर्न लागे ।।४७।।
अक्रूर आगतः किं वा यः कंसस्यार्थसाधकः ।
येन नीतो मधुपुरीं कृष्णः कमललोचनः ॥४८॥
कंशको प्रयोजनसिद्ध गर्नको निम्ति जसले यहाँ आएर कमललोचन कृष्णजीलाई मथुरा लगेको थियो अहिले पनि उही अक्रुर फेरि आएको हो कि ।।४८।।
किं साधयिष्यत्यस्माभिर्भर्तुः प्रीतस्य निष्कृतिम् ।
इति स्त्रीणां वदन्तीनामुद्धवोऽगात् कृताह्निकः ॥४९॥
अबलाई त्यसले हामीलाई लगेर हाम्रो शरीरको मासुले आफ्नो मरेको मालिक कंशको पिण्डदान गर्न आटेको होइन भनी गोपिनी यस प्रकारसँग कुरा गर्दागर्दै उद्धवजी पनि आफ्नो स्नान सन्ध्या नित्यकर्म सिध्याएर उनीहरूको नजिक आइपुगे ।।४९।।
इति श्रीमद्भा गवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे नंदशोकापनयनं षट्चत्वारिंशोऽध्यायः ॥४६॥