/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमः स्कंधः – षट्‌चत्वारिंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – षट्‌चत्वारिंशोऽध्यायः


शुक उवाच
(अनुष्टुप्)
वृष्णीनां प्रवरो मन्त्री कृष्णस्य दयितः सखा ।
शिष्यो बृहस्पतेः साक्षाद् उद्धवो बुद्धिसत्तमः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छहे राजन् ! वृष्णीवंशीहरूमा श्रेष्ठ, साक्षात् बृहस्पतिका शिष्य, परम बुद्धिमान् उद्धवजी श्रीकृष्णका अति प्रिय मन्त्री र सखा हुनुहुन्थ्यो ।। १ ।।
 
तमाह भगवान् प्रेष्ठं भक्तमेकान्तिनं क्वचित् ।
गृहीत्वा पाणिना पाणिं प्रपन्नार्तिहरो हरिः ॥ २ ॥
नेपाली भावानुवादः शरणागतको दुःख नाश गरिदिने भगवान् श्रीकृष्णले कुनै समय आफ्ना ती एकान्तप्रेमी एवं प्रिय भक्त उद्धवको हात आफ्नो हातले समातेर यसरी भन्नुभयो ।। २ ।।
 
गच्छोद्धव व्रजं सौम्य पित्रोर्नौ प्रीतिमावह ।
गोपीनां मद्वियोगाधिं मत्सन्देशैर्विमोचय ॥ ३ ॥
नेपाली भावानुवादः हे सौम्य उद्धव ! तिमी ब्रजमा जाऊ र हाम्रा मातापितालाई प्रसन्न बनाऊ। मेरो वियोगको व्यथाले पीडित गोपिनीहरूलाई मेरो सन्देश सुनाएर उनीहरूको दुःख हटाऊ ।। ३ ।।
 
ता मन्मनस्का मत्प्राणा मदर्थे त्यक्तदैहिकाः ।
मामेव दयितं प्रेष्ठमात्मानं मनसा गताः ।
ये त्यक्तलोकधर्माश्च मदर्थे तान् बिभर्म्यहम् ॥ ४ ॥
नेपाली भावानुवादः हे उद्धव ! ती गोपिनीहरूले आफ्नो चित्त ममा अर्पण गरेका छन्, म नै उनीहरूको प्राण हुँ। उनीहरूले मेरा निम्ति देहका सुख र लौकिक धर्मसमेत त्यागिसकेका छन्। मलाई नै आफ्नो प्रियतम र आत्मा मानेर उनीहरू ममै तल्लीन छन्। जसले मेरा निम्ति सबै कुरा त्यागेका छन्, उनीहरूको भार म आफैँ वहन गर्दछु ।। ४ ।।
 
मयि ताः प्रेयसां प्रेष्ठे दूरस्थे गोकुलस्त्रियः ।
स्मरन्त्योऽङ्ग विमुह्यन्ति विरहौत्कण्ठ्यविह्वलाः ॥ ५ ॥
नेपाली भावानुवादः हे प्यारा उद्धव ! म उनीहरूको प्राणप्रिय भएर पनि टाढा रहेकाले ती गोकुलका स्त्रीहरू मलाई सम्झेर विरहको उत्कण्ठाले व्याकुल भई मूर्च्छित हुने गर्दछन् ।। ५ ।।
 
धारयन्त्यतिकृच्छ्रेण प्रायः प्राणान् कथञ्चन ।
प्रत्यागमनसन्देशैर्बल्लव्यो मे मदात्मिकाः ॥ ६ ॥
नेपाली भावानुवादः ममा नै लीन भएका ती गोपिनीहरूले मेरो पुनरागमनको सन्देशको आशामा मात्र अत्यन्त कष्टपूर्वक कसैगरी आफ्नो प्राण धानेर बसिरहेका छन् ।। ६ ।।
 
शुक उवाच
 इत्युक्त उद्धवो राजन् सन्देशं भर्तुरादृतः ।
आदाय रथमारुह्य प्रययौ नन्दगोकुलम् ॥ ७ ॥
नेपाली भावानुवादः हे राजन् ! भगवान्‌को यस्तो आज्ञा पाएपछि उद्धवजीले स्वामीको सन्देशलाई सम्मानपूर्वक शिरोपर गर्दै रथमा चढेर नन्दगोकुलतिर प्रस्थान गर्नुभयो ।। ७ ।।
 
प्राप्तो नन्दव्रजं श्रीमान् निम्लोचति विभावसौ ।
छन्नयानः प्रविशतां पशूनां खुररेणुभिः ॥ ८ ॥
नेपाली भावानुवादः जब श्रीमान् उद्धव नन्दको व्रजमा पुग्नुभयो, तब सूर्यास्त हुँदै थियो। वनबाट फर्कँदै गरेका गाईवस्तुका खुरबाट उडेको धुलोले गर्दा उहाँको रथ छोपिएको थियो ।। ८ ।।
 
वासितार्थेऽभियुध्यद्‌भिर्नादितं शुष्मिभिर्वृषैः ।
धावन्तीभिश्च वास्राभिरूधोभारैः स्ववत्सकान् ॥ ९ ॥
नेपाली भावानुवादः त्यस बेला बाली खोज्ने गाईका लागि आपसमा जुध्दै गरेका साँढेहरूको गर्जन सुनिएको थियो भने थुनमा दूधको भार बोकेका गाईहरू आफ्ना बाच्छाबाच्छी भेट्न कुदिरहेका थिए ।। ९ ।।
 
इतस्ततो विलङ्घद्‌भिर्गोवत्सैर्मण्डितं सितैः ।
गोदोहशब्दाभिरवं वेणूनां निःस्वनेन च ॥ १० ॥
नेपाली भावानुवादः यताउता उफ्रिरहेका सेता बाच्छाबाच्छीहरूले गर्दा व्रज सुशोभित थियो। गाई दुहुँदा निस्किएको आवाज र बाँसुरीको धुनले गर्दा व्रजको वातावरण गुञ्जायमान थियो ।। १० ।।
 
गायन्तीभिश्च कर्माणि शुभानि बलकृष्णयोः ।
स्वलङ्कृताभिर्गोपीभिर्गोपैश्च सुविराजितम् ॥ ११ ॥
नेपाली भावानुवादः राम्रोसँग सजिएका गोपिनीहरू बलराम र श्रीकृष्णका शुभ चरित्रहरूको गायन गरिरहेका थिए। गोपाङ्गना र गोपहरूका कारण सम्पूर्ण व्रजभूमि शोभायमान देखिन्थ्यो ।। ११ ।।
 
अग्न्यर्कातिथिगोविप्रपितृदेवार्चनान्वितैः ।
धूपदीपैश्च माल्यैश्च गोपावासैर्मनोरमम् ॥ १२ ॥
नेपाली भावानुवादः अग्नि, सूर्य, अतिथि, गाई, ब्राह्मण, पितृ र देवताहरूको अर्चनाका लागि बालिएका धूप, दीप र मालाले सजिएका गोपका घरहरू अत्यन्त मनोरम देखिन्थे ।। १२ ।।
 
सर्वतः पुष्पितवनं द्विजालिकुलनादितम् ।
 हंसकारण्डवाकीर्णैः पद्मषण्डैश्च मण्डितम् ॥ १३ ॥
नेपाली भावानुवादः चारैतिर फुलेका वनहरू चराचुरुङ्गी र भ्रमरहरूको शब्दले गुञ्जायमान थिए। हाँस र कारण्डव आदि पक्षीहरूले भरिएका कमलका फूलहरूले गर्दा त्यहाँका जलाशयहरू सुशोभित थिए ।। १३ ।।
 
तमागतं समागम्य कृष्णस्यानुचरं प्रियम् ।
नन्दः प्रीतः परिष्वज्य वासुदेवधियाऽर्चयत् ॥ १४ ॥
नेपाली भावानुवादः श्रीकृष्णका प्रिय सेवक उद्धव आएको देखेर नन्दबाबाले हर्षित हुँदै अङ्कमाल गर्नुभयो र साक्षात् वासुदेव (कृष्ण) नै आएको भावले उहाँको स्वागत-सत्कार गर्नुभयो ।। १४ ।।
 
भोजितं परमान्नेन संविष्टं कशिपौ सुखम् ।
गतश्रमं पर्यपृच्छत् पादसंवाहनादिभिः ॥ १५ ॥
नेपाली भावानुवादः परमान्न (मिठो भोजन) गराई ओछ्यानमा सुखपूर्वक बसेका र गोडा मिचिदिएर थकाई मेटिएका उद्धवसँग नन्दबाबाले यसरी सोध्न लाग्नुभयो ।। १५ ।।
 
कच्चिदङ्ग महाभाग सखा नः शूरनन्दनः ।
आस्ते कुशल्यपत्याद्यैर्युक्तो मुक्तः सुहृद्‌व्रतः ॥ १६ ॥
नेपाली भावानुवादः हे महाभाग उद्धव ! हाम्रा मित्र शूरसेनपुत्र वसुदेवजी अब त कारागारबाट मुक्त भई आफ्ना सन्तान र इष्टमित्रका साथ कुशलै हुनुहुन्छ होला नि ? ।। १६ ।।
 
दिष्ट्या कंसो हतः पापः सानुगः स्वेन पाप्मना ।
साधूनां धर्मशीलानां यदूनां द्वेष्टि यः सदा ॥ १७ ॥
नेपाली भावानुवादः सज्जन, धर्मात्मा र यादवहरूसँग सधैँ द्वेष गर्ने त्यो पापी कंस आफ्नै पापका कारण अनुयायीहरूसहित मारियो, यो सौभाग्यको कुरा हो ।। १७ ।।
 
अपि स्मरति नः कृष्णो मातरं सुहृदः सखीन् ।
गोपान्व्रजं चात्मनाथं गावो वृन्दावनं गिरिम् ॥ १८ ॥
नेपाली भावानुवादः के श्रीकृष्णले कहिलेकाहीँ हामीलाई, आफ्नी आमा यशोदालाई, इष्टमित्रलाई, गोठालो साथीहरूलाई र आफ्नो आश्रयमा रहेको यो व्रज, गाईवस्तु, वृन्दावन र गोवर्धन पर्वतलाई सम्झनुहुन्छ ? ।। १८ ।।
 
अप्यायास्यति गोविन्दः स्वजनान् सकृदीक्षितुम् ।
तर्हि द्रक्ष्याम तद्वक्त्रं सुनसं सुस्मितेक्षणम् ॥ १९ ॥
नेपाली भावानुवादः के गोविन्द आफ्ना स्वजनहरूलाई भेट्न एक पटक यहाँ आउनुहोला त ? यदि उहाँ आउनुभएमा उहाँको त्यो सुन्दर नाक र मधुर मुस्कानयुक्त मुखकमल पुनः देख्न पाउने थियौँ ।। १९ ।।
 
दावाग्नेर्वातवर्षाच्च वृषसर्पाच्च रक्षिताः ।
दुरत्ययेभ्यो मृत्युभ्यः कृष्णेन सुमहात्मना ॥ २० ॥
नेपाली भावानुवादः महात्मा श्रीकृष्णले हामीलाई डढेलो, ठुलो वर्षा र हावाहुरी, वृषासुर र कालिय नागजस्ता टार्न नसकिने मृत्युका कारणहरूबाट पटक-पटक रक्षा गर्नुभएको थियो ।। २० ।।
 
स्मरतां कृष्णवीर्याणि लीलापाङ्गनिरीक्षितम् ।
हसितं भाषितं चाङ्ग सर्वा नः शिथिलाः क्रियाः ॥ २१ ॥
नेपाली भावानुवादः हे उद्धव ! श्रीकृष्णका पराक्रमहरू, उहाँको लीलापूर्ण कटाक्ष, मुस्कान र मधुर वाणी स्मरण गर्दा हाम्रा सबै इन्द्रिय र क्रियाहरू शिथिल हुन्छन् ।। २१ ।।
 
सरिच्छैलवनोद्देशान् मुकुन्दपदभूषितान् ।
आक्रीडानीक्ष्यमाणानां मनो याति तदात्मताम् ॥ २२ ॥
नेपाली भावानुवादः मुकुन्दको चरणकमलले अङ्कित भएका यी नदी, पर्वत, वन र क्रीडास्थलहरू देख्दा हाम्रो मन कृष्णमय भई उहाँमै लीन हुन पुग्दछ ।। २२ ।।
 
मन्ये कृष्णं च रामं च प्राप्ताविह सुरोत्तमौ ।
सुराणां महदर्थाय गर्गस्य वचनं यथा ॥ २३ ॥
नेपाली भावानुवादः गर्ग मुनिको वचन अनुसार मलाई लाग्छ कि कृष्ण र बलराम देवताहरूको ठुलो कार्य सिद्ध गर्नका लागि यहाँ प्रकट हुनुभएका श्रेष्ठ देवताहरू नै हुनुहुन्छ ।। २३ ।।
 
कंसं नागायुतप्राणं मल्लौ गजपतिं यथा ।
अवधिष्टां लीलयैव पशूनिव मृगाधिपः ॥ २४ ॥
नेपाली भावानुवादः जसरी सिंहले पशुलाई मार्दछ, त्यसैगरी उहाँहरूले दस हजार हात्तीको बल भएको कंस, चाणूर र मुष्टिकजस्ता मल्लहरू र कुवलयापीड हात्तीलाई खेलैखेलमा मारिदिनुभयो ।। २४ ।।
 
तालत्रयं महासारं धनुर्यष्टिमिवेभराट् ।
बभञ्जैकेन हस्तेन सप्ताहमदधाद् गिरिम् ॥ २५ ॥
नेपाली भावानुवादः मत्त हात्तीले उखु भाँचेझैँ उहाँले तीन ताल (ठुलो धनुष) जस्तो बलियो धनुषलाई एकै हातले भाँच्नुभयो र सात दिनसम्म पर्वतलाई थाम्नुभयो ।। २५ ।।
 
प्रलम्बो धेनुकोऽरिष्टस्तृणावर्तो बकादयः ।
दैत्याः सुरासुरजितो हता येनेह लीलया ॥ २६ ॥
नेपाली भावानुवादः देवता र असुरहरूलाई समेत जित्ने प्रलम्बासुर, धेनुकासुर, अरिष्टासुर, तृणावर्त र बकासुरजस्ता महादैत्यहरूलाई उहाँले यहाँ लीलापूर्वक संहार गर्नुभयो ।। २६ ।।
 
शुक उवाच
 इति संस्मृत्य संस्मृत्य नन्दः कृष्णानुरक्तधीः ।
अत्युत्कण्ठोऽभवत्तूष्णीं प्रेमप्रसरविह्वलः ॥ २७ ॥
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छयसरी श्रीकृष्णमा अनुरक्त बुद्धि भएका नन्दबाबा उहाँका लीलाहरू बारम्बार स्मरण गर्दै प्रेमको आवेगले विह्वल भई उत्कण्ठापूर्वक मौन हुनुभयो ।। २७ ।।
 
यशोदा वर्ण्यमानानि पुत्रस्य चरितानि च ।
शृण्वन्त्यश्रूण्यवास्राक्षीत् स्नेहस्नुतपयोधरा ॥ २८ ॥
नेपाली भावानुवादः आफ्नो पुत्रका चरित्रहरू सुन्दासुन्दै माता यशोदाका आँखाबाट आँसुको धारा बग्न थाल्यो र पुत्रप्रेमका कारण उहाँको स्तनबाट दूध स्रिन थाल्यो ।। २८ ।।
 
तयोरित्थं भगवति कृष्णे नन्दयशोदयोः ।
वीक्ष्यानुरागं परमं नन्दमाहोद्धवो मुदा ॥ २९ ॥
नेपाली भावानुवादः नन्द र यशोदाको भगवान् श्रीकृष्णप्रति यस्तो अगाध प्रेम देखेर उद्धवजीले प्रसन्न हुँदै नन्दबाबालाई भन्नुभयो ।। २९ ।।
 
उद्धव उवाच
युवां श्लाघ्यतमौ नूनं देहिनामिह मानद ।
नारायणेऽखिलगुरौ यत्कृता मतिरीदृशी ॥ ३० ॥
नेपाली भावानुवादः उद्धवले भन्नुभयोहे मानद ! तपाईंहरू दुवै दम्पती सम्पूर्ण देहधारीहरूमा निश्चय नै प्रशंसनीय हुनुहुन्छ, किनकि जगद्गुरु श्रीनारायणमा तपाईंहरूको यस्तो उच्च भाव छ ।। ३० ।।
 
(इन्द्रवज्रा)
एतौ हि विश्वस्य च बीजयोनी
    रामो मुकुन्दः पुरुषः प्रधानम् ।
अन्वीय भूतेषु विलक्षणस्य
    ज्ञानस्य चेशात इमौ पुराणौ ॥ ३१ ॥
नेपाली भावानुवादः यी बलराम र श्रीकृष्ण नै विश्वको निमित्त र उपादान कारण हुनुहुन्छ। उहाँहरू नै पुरुष र प्रकृति हुनुहुन्छ। सम्पूर्ण प्राणीमा प्रविष्ट भएर उनीहरूलाई सत्ता र विलक्षण ज्ञान प्रदान गर्ने यी आदिपुरुष ईश्वर हुनुहुन्छ ।। ३१ ।।
 
यस्मिन्जनः प्राणवियोगकाले
    क्षणं समावेश्य मनो विशुद्धम् ।
निर्हृत्य कर्माशयमाशु याति 
    रां गतिं ब्रह्ममयोऽर्कवर्णः ॥ ३२ ॥
नेपाली भावानुवादः मृत्युकालमा जसले आफ्नो शुद्ध मनलाई एक क्षणका लागि मात्र भए पनि उहाँमा लगाउँछ भने त्यसले आफ्ना समस्त कर्मका संस्कारहरूलाई पखालेर तत्कालै ब्रह्ममय परम गति प्राप्त गर्दछ ।। ३२ ।।
 
तस्मिन् भवन्तावखिलात्महेतौ
    नारायणे कारणमर्त्यमूर्तौ ।
भावं विधत्तां नितरां महात्मन्
    किं वावशिष्टं युवयोः सुकृत्यम् ॥ ३३ ॥
नेपाली भावानुवादः हे महात्मा ! तपाईंहरूले उनै सर्वात्मा र विश्वको कारण भएर पनि लीलाका लागि मनुष्य शरीर धारण गर्नुभएका नारायणमा यति धेरै भक्ति राख्नुभएको छ। अब तपाईंहरूका लागि कुन सुकर्म गर्न बाँकी छ र ? ।। ३३ ।।
 
(अनुष्टुप्)
आगमिष्यत्यदीर्घेण कालेन व्रजमच्युतः ।
प्रियं विधास्यते पित्रोः भगवान् सात्वतां पतिः ॥ ३४ ॥
नेपाली भावानुवादः यादवका स्वामी भगवान् अच्युत अब थोरै समयपछि नै व्रजमा आउनुहुनेछ र आफ्ना मातापितालाई प्रिय कार्य गरेर आनन्दित तुल्याउनुहुनेछ ।। ३४ ।।
 
हत्वा कंसं रङ्गमध्ये प्रतीपं सर्वसात्वताम् ।
यदाह वः समागत्य कृष्णः सत्यं करोति तत् ॥ ३५ ॥
नेपाली भावानुवादः सबैको शत्रु कंसलाई रङ्गभूमिमा मारेर उहाँले तपाईंहरूका सामु जे प्रतिज्ञा गर्नुभएको थियो, त्यसलाई उहाँले अवश्य सत्य सिद्ध गर्नुहुनेछ ।। ३५ ।।
 
मा खिद्यतं महाभागौ द्रक्ष्यथः कृष्णमन्तिके ।
अन्तर्हृदि स भूतानामास्ते ज्योतिरिवैधसि ॥ ३६ ॥
नेपाली भावानुवादः हे महाभागहरू ! अब चिन्ता नगर्नुहोस्, तपाईंहरूले श्रीकृष्णलाई चाँडै आफ्नै अगाडि देख्नुहुनेछ। जसरी काठमा आगो अन्तर्निहित रहन्छ, त्यसैगरी उहाँ सम्पूर्ण प्राणीहरूको हृदयमा सधैँ विराजमान हुनुहुन्छ ।। ३६ ।।
 
न ह्यस्यास्ति प्रियः कश्चिन्नाप्रियो वास्त्यमानिनः ।
नोत्तमो नाधमो वापि समानस्यासमोऽपि वा ॥ ३७ ॥
नेपाली भावानुवादः यी निरभिमानी प्रभुको कोही प्रिय वा अप्रिय छैन। उहाँका लागि न कोही उत्तम छ, न कोही अधम। उहाँ सबैमा समान हुनुहुन्छ र उहाँको समान पनि कोही छैन ।। ३७ ।।
 
न माता न पिता तस्य न भार्या न सुतादयः ।
नात्मीयो न परश्चापि न देहो जन्म एव च ॥ ३८ ॥
नेपाली भावानुवादः उहाँका न त कोही मातापिता, न पत्नी र न छोराछोरी नै छन्। उहाँका लागि न कोही आफ्नो छ, न कोही अर्को। उहाँको न त कुनै भौतिक देह छ, न त जन्म नै ।। ३८ ।।
 
न चास्य कर्म वा लोके सदसन्मिश्रयोनिषु ।
क्रीडार्थः सोऽपि साधूनां परित्राणाय कल्पते ॥ ३९ ॥
नेपाली भावानुवादः यस लोकमा उहाँलाई गर्नु पर्ने कुनै कर्म छैन, तापनि साधुहरूको रक्षा र क्रीडाका लागि मात्र उहाँ सत्त्व, रज वा तम प्रधान योनिहरूमा अवतार धारण गर्नुहुन्छ ।। ३९ ।।
 
सत्त्वं रजस्तम इति भजते निर्गुणो गुणान् ।
क्रीडन्नतीतोऽत्र गुणैः सृजत्यवति हन्त्यजः ॥ ४० ॥
नेपाली भावानुवादः स्वयं निर्गुण भएर पनि अजन्मा भगवान् लीलाका लागि सत्त्व, रज र तम गुणलाई स्वीकार गरी संसारको सृष्टि, पालन र संहार गर्नुहुन्छ ।। ४० ।।
 
यथा भ्रमरिकादृष्ट्या भ्राम्यतीव महीयते ।
चित्ते कर्तरि तत्रात्मा कर्तेवाहंधिया स्मृतः ॥ ४१ ॥
नेपाली भावानुवादः जसरी फनफनी घुम्ने व्यक्तिलाई पृथ्वी घुमेजस्तो लाग्दछ, त्यसैगरी अहङ्कारयुक्त चित्तले गर्दा अकर्ता आत्मा पनि कर्ता जस्तो प्रतीत हुन्छ ।। ४१ ।।
 
युवयोरेव नैवायमात्मजो भगवान् हरिः ।
सर्वेषामात्मजो ह्यात्मा पिता माता स ईश्वरः ॥ ४२ ॥
नेपाली भावानुवादः यी भगवान् हरि तपाईंहरूका मात्र छोरा हुनुहुन्न। उहाँ त सम्पूर्ण प्राणीका पुत्र, आत्मा, माता, पिता र स्वामी हुनुहुन्छ ।। ४२ ।।
 
(इन्द्रवज्रा)
दृष्टं श्रुतं भूतभवद् भविष्यत्
    स्थास्नुश्चरिष्णुर्महदल्पकं च ।
विनाच्युताद् वस्तु तरां न वाच्यं
    स एव सर्वं परमात्मभूतः ॥ ४३ ॥
नेपाली भावानुवादः जे-जति देखिन्छ वा सुनिन्छ; भूत, वर्तमान वा भविष्य; स्थावर वा जङ्गम; ठुलो वा सानोती सबै अच्युत भगवान्‌भन्दा भिन्न छैनन्। उहाँ नै सर्वात्मा र सर्वस्व हुनुहुन्छ ।। ४३ ।।
 
एवं निशा सा ब्रुवतोर्व्यतीता 
    नन्दस्य कृष्णानुचरस्य राजन् ।
गोप्यः समुत्थाय निरूप्य दीपान्
    वास्तून् समभ्यर्च्य दधीन्यमन्थन् ॥ ४४ ॥
नेपाली भावानुवादः हे राजन् ! यसरी नन्दबाबा र कृष्णका सेवक उद्धवका बीचमा संवाद हुँदाहुँदै रात बित्यो। बिहान गोपिनीहरू उठेर दियो बाली देउली (वास्तु) पूजा गरी दही मथ्न लागे ।। ४४ ।।
 
(मिश्र)
ता दीपदीप्तैर्मणिभिर्विरेजू
    रज्जूर्विकर्षद् भुजकङ्कणस्रजः ।
चलन्नितम्बस्तनहारकुण्डल
    त्विषत्कपोलारुणकुङ्कुमाननाः ॥ ४५ ॥
नेपाली भावानुवादः दही मथ्दा डोरी तान्ने क्रममा हल्लिएका हातका चुराहरू, कुण्डल, स्तनहार र मणिहरूको कान्तिले गर्दा कुङ्कुमसहितका गोपिनीका गाला र अनुहारहरू झलमल चम्किरहेका थिए ।। ४५ ।।
 
उद्गायतीनामरविन्दलोचनं व्र
    जाङ्गनानां दिवमस्पृशद् ध्वनिः ।
दध्नश्च निर्मन्थनशब्दमिश्रितो
    निरस्यते येन दिशाममङ्गलम् ॥ ४६ ॥
नेपाली भावानुवादः कमलनयन श्रीकृष्णको महिमा गान गरिरहेका ती ब्रजाङ्गनाहरूको स्वर र दही मथ्दाको आवाज मिसिएर आकाशसम्म पुग्थ्यो, जसले दिशा-दिशाहरूको अमङ्गल नाश गर्थ्यो ।। ४६ ।।
 
(अनुष्टुप्)
भगवत्युदिते सूर्ये नन्दद्वारि व्रजौकसः ।
दृष्ट्वा रथं शातकौम्भं कस्यायमिति चाब्रुवन् ॥ ४७ ॥
नेपाली भावानुवादः सूर्योदय भएपछि नन्दबाबाको दैलोमा स्वर्णजडित रथ देखेर व्रजवासीहरूले 'यो कसको रथ होला ?' भनी आपसमा सोधखोज गर्न लागे ।। ४७ ।।
 
अक्रूर आगतः किं वा यः कंसस्यार्थसाधकः ।
येन नीतो मधुपुरीं कृष्णः कमललोचनः ॥ ४८ ॥
नेपाली भावानुवादः के फेरि त्यही कंसको स्वार्थ पूरा गर्ने अक्रूर आएको हो, जसले कमलनयन कृष्णलाई मथुरा लगेको थियो ? ।। ४८ ।।
 
किं साधयिष्यत्यस्माभिर्भर्तुः प्रीतस्य निष्कृतिम् ।
इति स्त्रीणां वदन्तीनामुद्धवोऽगात् कृताह्निकः ॥ ४९ ॥
नेपाली भावानुवादः 'के अब यसले हाम्रो मासुद्वारा आफ्नो मृत स्वामीको तृप्ति गर्न खोजेको हो ?' गोपिनीहरू यसरी शङ्का र चर्चा गर्दै गर्दा नित्यकर्म सकेर उद्धवजी त्यहाँ आइपुग्नुभयो ।। ४९ ।।
 
इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे पूर्वार्धे नन्दशोकापनयनं नाम षट्‌चत्वारिंशोऽध्यायः ॥ ४६ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गतको ४६औँ अध्यायमा भगवान् श्रीकृष्णले आफ्ना अनन्य मित्र तथा परम ज्ञानी भक्त उद्धवलाई गोकुल पठाउनुभएको प्रसङ्ग वर्णन गरिएको छ। मथुरामा रहेका श्रीकृष्णले आफ्ना मातापिता नन्द-यशोदा र विरहले व्याकुल गोपिनीहरूको सन्ताप कम गर्नका लागि उद्धवलाई सन्देशवाहकका रूपमा छनोट गर्नुभएको हो। उद्धवजी जब सूर्यास्तको समयमा नन्दगाउँ पुग्नुहुन्छतब त्यहाँको भक्तिमय र कृष्णमय वातावरण देखेर अचम्मित हुनुहुन्छ। नन्दबाबाले उद्धवलाई श्रीकृष्णको स्वरूप मानी भव्य स्वागत गर्नुहुन्छ र श्रीकृष्णका बाल्यकालका लीलाहरूको स्मरण गर्दै भावविह्वल हुनुहुन्छ। नन्द र यशोदाको प्रेम यति प्रगाढ छ कि उहाँहरू श्रीकृष्णलाई भगवान् भन्दा पनि आफ्नो प्यारो छोराका रूपमा बढी सम्झनुहुन्छ।

उद्धवजीले नन्द र यशोदालाई सम्झाउँदै श्रीकृष्ण साक्षात् परब्रह्म परमात्मा हुनुहुन्छ भन्ने कुराको बोध गराउनुहुन्छ। उहाँले श्रीकृष्ण सबै प्राणीका आत्मा भएकाले कसैसँग टाढा नहुने र चाँडै नै व्रजमा आएर उहाँहरूलाई आनन्द प्रदान गर्ने आश्वासन दिनुहुन्छ। यस अध्यायले भक्त र भगवान् बीचको अलौकिक सम्बन्धलाई चित्रण गरेको छ। रातभरि उद्धव र नन्दबाबाबीच आध्यात्मिक संवाद चल्छ। बिहान गोपिनीहरूले दही मथ्दै श्रीकृष्णको नाम र महिमा गाएको सुन्दा उद्धवजी उनीहरूको अनन्य भक्ति देखेर निकै प्रभावित हुनुहुन्छ। गोपिनीहरू नन्दको ढोकामा स्वर्ण रथ देखेर अक्रूर आएको आशंका गर्दै डराउँछन्तर पछि त्यहाँ सौम्य स्वरूपका उद्धवलाई देख्छन्। यसरी यो अध्यायले विरहभक्ति र ज्ञानको अनुपम संगम प्रस्तुत गरेको छ।

दार्शनिक पक्ष

यस अध्यायले ज्ञानयोग र भक्तियोगको सुन्दर समन्वय प्रस्तुत गरेको छ। उद्धवजी बृहस्पतिका शिष्य र ठुला ज्ञानी हुन्तर व्रज पुगेपछि उनले बुझ्छन् कि शास्त्रको ज्ञानभन्दा गोपिनी र नन्द-यशोदाको प्रेमपूर्ण भक्ति धेरै श्रेष्ठ छ। दर्शनको दृष्टिले श्रीकृष्णलाई 'अखिल गुरुर 'विश्वको कारणमानिएको छजो निर्गुण भएर पनि भक्तका लागि सगुण रूप धारण गर्नुहुन्छ। यहाँ आत्माको व्यापकता र अकर्तापनको बारेमा गम्भीर दर्शन प्रस्तुत गरिएको छजहाँ भनिएको छ कि जसरी घुम्ने मान्छेलाई संसार घुमेको देखिन्छत्यसै गरी अहङ्कारले गर्दा मानिसले आत्मालाई कर्ता देख्छ। वास्तवमा परमात्मा सबैमा समरूपले व्याप्त हुनुहुन्छ र उहाँको कोही शत्रु वा मित्र हुँदैन। अन्त्यमायो अध्यायले द्वैत प्रेमबाट अद्वैत अनुभूतिको मार्ग देखाउँछ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...