#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

षष्ठः स्कन्धः – दशमोऽध्यायः

 श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – दशमोऽध्यायः


श्रीशुक उवाच –
इन्द्रमेवं समादिश्य भगवान् विश्वभावनः ।
पश्यतां अनिमेषाणां अत्रैवान्तर्दधे हरिः ॥ १ ॥
श्री शुकदेवजी भन्नुहुन्छ–
हे परीक्षित् ! विश्वको जीवनदाता श्रीहरि इन्द्रलाई यति भनेर वहाँ त्यहाँबाट अन्तर्धान हुनुभयो ।।१।।
तथाभियाचितो देवैः ऋषिः आथर्वणो महान् ।
मोदमान उवाचेदं प्रहसन्निव भारत ॥ २ ॥
त्यसपछि देवताहरूले उदारशिरोमणि अथर्ववेदी महात्मा दधीचि ऋषिकहाँ गएर उनीसंग भगवान्को आज्ञा अनुसार उनको शरीर मागे । देवताहरूको याचना सुनेर दधीचि ऋषिलाई धेरै आनन्द आयो ।।२।।
अपि वृन्दारका यूयं न जानीथ शरीरिणाम् ।
संस्थायां यस्त्वभिद्रोहो दुःसहश्चेतनापहः ॥ ३ ॥
देवताहरू ! के तपाईहरूलाई मर्ने समयमा प्राणीलाई धेरै कष्ट हुन्छ भन्ने कुरा थाहा छैन ? उनीहरूलाई जबसम्म प्राण रहन्छ तवसम्म धैरे अत्यन्त दुःख सहनु पर्दछ र अन्तमा त्यो मुर्छित हुन पुग्दछ ।।३।।
जिजीविषूणां जीवानां आत्मा प्रेष्ठ इहेप्सितः ।
क उत्सहेत तं दातुं भिक्षमाणाय विष्णवे ॥ ४ ॥
संसारमा जो जीव जीवित रहन चाहान्छ । उसका लागि शरीर अत्यन्तै प्रिय, अनमोल र अभिष्ट वस्तु हुन्छ, यस्थो स्थितिमा स्वयं विष्णु भगवान्ले नै उसको शरीर मागेमा कसले दिने मन र्गछ र ।।४।।
श्रीदेवा ऊचुः –
किं नु तद् दुस्त्यजं ब्रह्मन् पुंसां भूतानुकम्पिनाम् ।
भवद्विधानां महतां पुण्यश्लोकेड्यकर्मणाम् ॥ ५ ॥
देवताहरूले भने—
ब्रम्हन् ! तपाई जस्तो उदार र प्राणीहरूमा दया गर्ने महापुरुष, जसको पुण्य कीर्तिका बारेमा ठुलाठुला यशस्वी महानुभाव पनि प्रशंसा गर्दछन । प्राणीको भलाईका लागि कुन वस्तु त्याग गर्न सक्तैनन र ।।५।।
नूनं स्वार्थपरो लोको न वेद परसङ्कटम् ।
यदि वेद न याचेत नेति नाह यदीश्वरः ॥ ६ ॥
भगवन् यसमा सन्देह छैन कि माग्ने ब्यक्ति स्वार्थी हुन्छन । उनीहरूले दिनेको विवशतालाई विचार गर्दैनन । यदि यस्तो विचार गर्दथे भने किन नै माग्दथे र ? यसैगरी दाताले पनि माग्ने व्यक्तिको विपत्तिलाई जान्दैनन । त्यसैले हाम्रो विपत्तिलाई सम्झेर हाम्रो याचना पुरा गरिदिनु होस ।।६।।
श्रीऋषिरुवाच –
धर्मं वः श्रोतुकामेन यूयं मे प्रत्युदाहृताः ।
एष वः प्रियमात्मानं त्यजन्तं सन्त्यजाम्यहम् ॥ ७ ॥
दधीचि ऋषिले भने– देवताहरू ! मैले तपाईहरूको मुखबाट धर्मको कुरा सुन्नका लागि नै तपाईहरूको मागलाई उपेक्षा गरेको हुं । ल लिनुहोस म आफ्नो प्यारो शरीरलाई अहिले नै छोडिदिन्छु । किनकि एकदिन यसले स्वयं मलाई नै छाड्दछ ।।७।।
योऽध्रुवेणात्मना नाथा न धर्मं न यशः पुमान् ।
ईहेत भूतदयया स शोच्यः स्थावरैरपि ॥ ८ ॥
हे देवशिरोमणिहरू ! जो मासनस यस विनाशी शरीरद्वारा दुःखी प्राणीहरू प्रति दया गरेर धर्म, यस लाई जगेर्ना गर्दैन त्यो जड जीव जस्तै शोचनीय हुन्छ ।।८।।
एतावानव्ययो धर्मः पुण्यश्लोकैरुपासितः ।
यो भूतशोकहर्षाभ्यां आत्मा शोचति हृष्यति ॥ ९ ॥
त्यसको स्वरूप वस, यति होकि मानिसले कुनै पनि प्राणीको दुःखमा दुःखको र सुखमा सुखको अनुभव गरोस ठुला ठुला महात्माहरूले यस अविनाशी धर्मको उपसना गरेका छन ।।९।।
अहो दैन्यमहो कष्टं पारक्यैः क्षणभङ्गुरैः ।
यन्नोपकुर्यादस्वार्थैः मर्त्यः स्वज्ञातिविग्रहैः ॥ १० ॥
धन, जन, र शरीर आदि पदार्थ क्षणभङ्गुर हुन । त्यसको कुनै काम आउदैन । अन्तमा अरुको काममा आउँदछन । अहो ! मरणाधर्म मानिस यस शरीरले अरुको उपकार गर्दैन भने यो कस्तो कृपणता कस्तो दुःखको कुरा हो यो ।।१०।।
श्रीशुक उवाच–
एवं कृतव्यवसितो दध्यङ्ङाथर्वणस्तनुम् ।
परे भगवति ब्रह्मणि आत्मानं सन्नयन्जहौ ॥ ११ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! अथर्ववेदी महर्षि दधीचिले यस्तो निश्चय गरेर आफ्नो चित्त परब्रम्ह परमात्मा श्री भगवान्मा लीन गरेर आफ्नो स्थूल शरीरलाई त्यागे ।।१२।।
यताक्षासुमनोबुद्धिः तत्त्वदृग् ध्वस्तबन्धनः ।
आस्थितः परमं योगं न देहं बुबुधे गतम् ॥ १२ ॥
उनको इन्द्रिय, प्राण, मन र बुद्धि संयम थियो, दृष्टि तत्वमयी थियो, उनको सबै बन्धन काटि सकेकोले उनी भगवानबाट अत्यन्त युक्त भएर स्थित भए । तब उनलाई मेरो शरीर छुटेको छ भन्ने कुरा पनि थाहा भएन ।।१२।।
अथेन्द्रो वज्रमुद्यम्य निर्मितं विश्वकर्मणा ।
मुनेः शक्तिभिरुत्सिक्तो भगवत् तेजसान्वितः ॥ १३ ॥
वृतो देवगणैः सर्वैः गजेन्द्रोपर्यशोभत ।
स्तूयमानो मुनिगणैः त्रैलोक्यं हर्षयन्निव ॥ १४ ॥
वृत्रमभ्यद्रवच्छत्रुं असुरानीकयूथपैः ।
पर्यस्तमोजसा राजन् क्रुद्धो रुद्र इवान्तकम् ॥ १५ ॥
भगवान्को शक्ति पाएर इन्द्रको बल पौरुष उन्नतिको शिखरमा पुग्यो अब विश्वाकर्माले दधीचि ऋषिको हाडबाट बज्र बनाएर उनलाई दिए र इन्द्र त्यो वज्र लिएर ऐरावत हात्तिमा सबार भए । उनका साथै सबै देवताहरू पनि तयार भए । ठुला ठुला ऋषि मुनिहरू देवराज इन्द्रको स्तुति गर्न लागे । अब उनीहरूले तीनै लोकलाई हर्षित गराउदै वित्रासुरको वध गर्नाका लागि पुरै शक्ति लगाएर धावा बोलिदिए । त्यहाँ यस्तो देखिन्थ्यो कि भगवान् रुद्र रिसाएर स्वयं काललाई आक्रमण गर्न लागे जस्तो थियो । परीक्षित् ! वित्रासुर पनि सेनाका साथ मोर्चा बनाएर तयार भएको थियो ।१३।१५।।
ततः सुराणामसुरै रणः परमदारुणः ।
त्रेतामुखे नर्मदायां अभवत् प्रथमे युगे ॥ १६ ॥
त्यो समय वैवश्वत मन्वन्तरको समय र चतुर्युगी त्रेतायुग पनि आरम्भ भएको थियो । त्यसै समयमा नवर्दा कीनारमा देवताहरूको र दैत्यहरूसंग भीषण युद्ध भयो ।।१६।।
रुद्रैर्वसुभिरादित्यैः अश्विभ्यां पितृवह्निभिः ।
मरुद्भिः ऋभुभिः साध्यैः विश्वेदेवैः मरुत्पतिम् ॥ १७ ॥
दृष्ट्वा वज्रधरं शक्रं रोचमानं स्वया श्रिया ।
नामृष्यन्नसुरा राजन् मृधे वृत्रपुरःसराः ॥ १८ ॥
त्यस समय देवराज इन्द्र हातमा वज्र लिएर रुद्र, वसु, आदित्य, दुवै अश्निीकुमार पितृगण, अग्नि, मरुद्गण, ऋभुगण साध्य एवं विश्वेदेव आदिका साथमा अफ्नो कान्तिले शोभायमान भएका थिए । वृत्रासुर आदि दैत्यहरू उनको अगाडि आएको देखेर धेरै रिसाए ।१७।।१८।।
नमुचिः शम्बरोऽनर्वा द्विमूर्धा ऋषभोऽम्बरः ।
हयग्रीवः शङ्कुशिरा विप्रचित्तिः अयोमुखः ॥ १९ ॥
पुलोमा वृषपर्वा च प्रहेतिर्हेतिरुत्कलः ।
दैतेया दानवा यक्षा रक्षांसि च सहस्रशः ॥ २० ॥
सुमालिमालिप्रमुखाः कार्तस्वरपरिच्छदाः ।
प्रतिषिध्येन्द्रसेनाग्रं मृत्योरपि दुरासदम् ॥ २१ ॥
अभ्यर्दयन् असम्भ्रान्ताः सिंहनादेन दुर्मदाः ।
गदाभिः परिघैर्बाणैः प्रासमुद्गरतोमरैः ॥ २२ ॥
शूलैः परश्वधैः खड्गैः शतघ्नीभिर्भुशुण्डिभिः ।
सर्वतोऽवाकिरन्शस्त्रैः अस्त्रैश्च विबुधर्षभान् ॥ २३ ॥
तब नमुचि, सम्बर, अनर्वा, द्विमूर्धा, ऋषभ, अम्बर, हयग्रीव, शङ्कुशिरा, विप्रचित्ति, अयोमुख, पुलोमा, वृषपर्वा, प्रहेति, हेति, उत्कल, सुमाली, माली आदि हजारौं दैत्य दानव एवं यक्ष–राक्षसहरू सुवर्णका साज सामानले सजिएर देवराज इन्द्रको सेनालाई अगि बढ्नबाट रोक्न लागे । परीक्षित् ! त्यस समय देवताका सेना स्वयं मृत्युका लागि पनि अजेय थिए । उता ती घमण्डि असुरहरूले सिंहनाद गरेर धेरै सावधानी भएर देवताका सेनाहरूमाथि आक्रमण गर्नलागे । उनीहस्रुले गदा, परिध, बाण, प्रास, मुद्गर, तोमर, शूल, परस्वध खड्ग आदिले चारैतिर ढाकिदिए ।।१९।२३।।
न तेऽदृश्यन्त सञ्छन्नाः शरजालैः समन्ततः ।
पुङ्खानुपुङ्खपतितैः ज्योतींषीव नभोघनैः ॥ २४ ॥
एक एक गर्दै चारैतिरबाट आएका अस्त्रहरूले गर्दा बादलले ढाक्दा आकासका तारालाई नदेखिए झैं देवताहरूलाई देखिनै पनि नसकिने भएको थियो ।।२४।।
न ते शस्त्रास्त्रवर्षौघा ह्यासेदुः सुरसैनिकान् ।
छिन्नाः सिद्धपथे देवैः लघुहस्तैः सहस्रधा ॥ २५ ॥
परीक्षित् ! तर ती सस्त्र र अस्त्रको वर्षाले देवताहरूलाई छुन पनि सकेन । उनीहरूले आफ्नो हातका अस्त्रहरूले सावधानि पूर्वक आकासमै टुक्रा टुक्रा गरिदिए ।।२५।।
अथ क्षीणास्त्रशस्त्रौघा गिरिश्रृङ्गद्रुमोपलैः ।
अभ्यवर्षन् सुरबलं चिच्छिदुस्तांश्च पूर्ववत् ॥ २६ ॥

जब असुरहरूको अस्त्र सस्त्र सकियो तब उनीहरूले देवताहरू माथि पर्वतको शिखरबाट उनीहरूलाई रुख र ढुंगाहरू बर्साउँन थाले । तर देवताहरूले त्यसलाई पहिला झैं काटिदिए ।।२६।।
(इन्द्रवज्रा)
तानक्षतान् स्वस्तिमतो निशाम्य
     शस्त्रास्त्रपूगैरथ वृत्रनाथाः ।
द्रुमैर्दृषद्भिर्विविधाद्रिश्रृङ्गैः
     अविक्षतान् तत्रसुरिन्द्रसैनिकान् ॥ २७ ॥
सर्वे प्रयासा अभवन्विमोघाः
     कृताः कृता देवगणेषु दैत्यैः ।
कृष्णानुकूलेषु यथा महत्सु
     क्षुद्रैः प्रयुक्ता ऊषती रूक्षवाचः ॥ २८ ॥
परीक्षित ! जब वृत्रासुरका अनुयायी असुरहरूले देखेकि अनेक अस्त्र सस्त्रहरूले पनि देवताहरूलाई केहि गर्न सकेन । यहाँ सम्म कि पत्थर, रुख, पहाडका ढिस्काहरूले पनि उनीहरूलाई केहि गर्न सकेन, देवताहरू सबै सकुसल थिए तब यस्तो देखेर देत्यहरू धेरै डराए । दैत्यहरू देवताहरूलाई पराजित गर्न जे जे प्रयास गर्दथे त्यो सबै विफल हुन्थ्यो जसरी भगवान् श्रीकृष्णद्वारा सुरक्षित भएका भक्तमाथि छुद्र मानिसको कठोर र अमङ्गलमय दुर्वचनको कुनै प्रभाव पर्दैन ।।२७।२८।।
ते स्वप्रयासं वितथं निरीक्ष्य
     हरावभक्ता हतयुद्धदर्पाः ।
पलायनायाजिमुखे विसृज्य
    पतिं मनस्ते दधुरात्तसाराः ॥ २९ ॥
भगवद् विभुख असुरहरूले यसरी आफ्नो प्रयत्न विफल भएको देखेर उत्साह रहित भए । उनीहरूको वीरताको घमण्ड गयो । त्यसपछि उनीहरू आफ्नो नायक वृत्रासुरलाई युद्धभूमि छोडेर त्यहाँबाट भागे किनकि देवताहरूले उनीहरूको सबै बल पौरष तोडेका थिए ।२९।।
वृत्रोऽसुरान् तान् अनुगान् मनस्वी
     प्रधावतः प्रेक्ष्य बभाष एतत् ।
पलायितं प्रेक्ष्य बलं च भग्नं
     भयेन तीव्रेण विहस्य वीरः ॥ ३० ॥
जब त्यो वीर वृत्रासुरले आफ्ना अनुयायी असुर भाग्न लागेको देखेर अत्यन्त भयभीत भएर सेना पनि तहस नहस र यता उति भएको देखेर हाँसेर भन्न लाग्यो ।।३०।।
कालोपपन्नां रुचिरां मनस्विनां
     मुवाच वाचं पुरुषप्रवीरः ।
हे विप्रचित्ते नमुचे पुलोमन्
     मयानर्वन्छम्बर मे श्रृणुध्वम् ॥ ३१ ॥
वीरशिरोमणि वित्रासुरले समयानुसार वीरोचित वाणीले विप्रचित्ति, नमुचि, पुलोमा, मय, अनर्वा, सम्वर आदि दैत्यलाई सम्बोधन गरेर भन्यो असुरहरू ! नभाग, मेरो कुरा सुन ।।३१।।
जातस्य मृत्युर्ध्रुव एव सर्वतः
    प्रतिक्रिया यस्य न चेह कॢप्ता ।
लोको यशश्चाथ ततो यदि ह्यमुं
     को नाम मृत्युं न वृणीत युक्तम् ॥ ३२ ॥
जसको जन्म हुन्छ त्यसले एक दिन न एक दिन अवस्य मर्नु पर्दछ, यसमा सन्देह छैन । यस जगतमा विधाताले मृत्युबाट बच्ने कुनै उपाय बताएका छैनन । यस्तो स्थितिमा यदि मृत्युद्वारा स्वर्गाादि लोक र सुयश मिल्छ भने पनि कुन बुद्धिमानी छ र, उसले उत्तम मृत्युलाई नअपनाउने ।।३२।।
द्वौ सम्मताविह मृत्यू दुरापौ
    यद्ब्रह्मसन्धारणया जितासुः ।
कलेवरं योगरतो विजह्याद्
    यदग्रणीर्वीरशयेऽनिवृत्तः ॥ ३३ ॥
संसारमा दुई प्रकारको मृत्यु परम दुर्लभ र श्रेष्ठ मानिएको छ, एउटा योगी पुरुषले आफ्नो प्राणलाई वशमा राखेर ब्रम्हचिन्तनद्वारा शरीर परित्याग र अर्को युद्ध भूमिमा सेनाको अगाडि भएर पीठ देखाएर प्राण त्याग गर्नु ।।३३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे इन्द्रवृत्रासुरयुद्धवर्णनं नाम दशमोऽध्यायः ॥ १० ॥