/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशः स्कंधः – द्वादशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण

एकादशः स्कंधः – द्वादशोऽध्यायः

श्रीभगवानुवाच
न रोधयति मां योगो न सांख्यं धर्म एव च ।
न स्वाध्यायस्तपस्त्यागो नेष्टापूर्त न दक्षिणा ।।। १।।
व्रतानि यज्ञश्छन्दांसि तीर्थानि नियमा यमाः । 
यथावरुन्धे सत्सङ्गः सर्वसङ्गापहो हि माम् ।। २ ।।
भगवान्ले भन्नुभयो– हे पृय उद्धव ! सत्संगले सबै आशक्तिलाई नाश गरिदिन्छ । वशमा लिन सांख्य, योग, धर्मपालन, स्वाध्यायन आदिले पनि मलाई आफ्ना वशमा पार्न सक्तैन । त्यसैगरी व्रत, यज्ञ, वेद, तीर्थ, नियम, यम आदिले पनि मलार्य वशमा पार्न सकिदैन । तर सत्संगले सजिलै संग मलाई वसमा पार्न सक्दछ । ।।१–२

सत्सङ्गेन हि दैतेया यातुधाना मृगाः खगाः । 
गन्धर्वाप्सरसो नागाः सिद्धाश्चारणगुह्यकाः ।। ३।।
विद्याधरा मनुष्येषु वैश्याः शूद्राः स्त्रियोऽन्त्यजाः । 
रजस्तमः प्रकृतयस्तस्मिंस्तस्मिन् युगेऽनघ ।। ४ ।।
बहवो मत्पदं प्राप्तास्त्वाष्ट्रकायाधवादयः । 
वृषपर्वा बलिर्वाणो मयश्चाथ विभीषणः ।। ५ ।।
सुग्रीवो हनुमानृक्षो गजो गृध्रो वणिक्पथः । 
व्याधः कुब्जा व्रजे गोप्यो यज्ञपत्न्यस्तथापरे ।। ६।।
हे उद्धव ! सत्सङ्गको कारण नै रजोगुण र तमोगुणले युक्त स्वभाव  भएका दैत्य, राक्षस, मशु, पक्षी, गन्धर्व, अप्सराहरु, नाग, सिद्ध, चारण, गुह्यक र विद्याधरहरुले मलाई प्राप्त गरे । यसै गरी मनुष्यमा वैश्य, शूद्र, स्त्रीजाति, चाण्डाल, त्यस्तै वृत्रासुर, प्रह्लाद, वृषपर्वा, भएका बलि बाणासुर, मय, विभीषण र सुग्रीव, हनुमान, जाम्बवान्, गजेन्द्र, जटायु, तुलाधार आदि धेरैले सत्सङ्गले नै मेरो पद प्राप्त गरेका छन् ।३–६।।

ते नाधीतश्रुतिगणा नोपासितमहत्तमाः ।
अव्रतातप्ततपसः सत्सङ्गान्मामुपागताः ।। ७ ।।
तिनीहरूले न वेद पढेका थिए, न महापुरुषहरूको उपासना नै गरेका थिए, न व्रत लिएका थिए, न तपस्या गरेका थिए, केवल सत्सङ्गको कारणले नै मेरो पद प्राप्त गरेका थिए ।। ७ ।।

केवलेन हि भावेन गोप्यो गावो नगा मृगाः ।
येऽन्ये मूढधियो नागाः सिद्धा मामीयुरञ्जसा ।। ८ ।।
हे उद्धव ! केवल प्रेमपूर्ण भावले नै गोपिनीहरू, गाई, यमलार्जुनवृक्ष, व्रजका हरिण कालीआदि पशु तथा अज्ञानी कालियनाग आदिले सजिलै मलाई प्राप्त गरे ।।८।।

यं न योगेन सांख्येन दानव्रततपोऽध्वरैः ।
व्याख्यास्वाध्यायसंन्यासैःप्राप्नुयाद् यत्नवानपि ।। ९ ।।
ठुला ठुला साधकहरुले योगद्वारा, साङ्ख्यद्वारा, दान व्रत, तपस्या, यज्ञ, वेदपाठद्वारा, ठूलो प्रयास गरे पनि जुन पद प्राप्त गर्न सकिदैन तर त्यो पद सत्सङ्गद्वारा प्राप्त गर्न सकिन्छ ।।९।।

रामेण सार्धं मथुरां प्रणीते 
        श्वाफल्किना मय्यनुरक्तचित्ताः । 
विगाढभावेन न मे वियोग– 
        तीव्राधयोऽन्यंददृशुः सुखाय ।। १० ।।
जुन समयमा अक्रुरजीले म सहित दाजु बलरामलाई मथुरामा ल्याए, त्यस समयमा म मा अत्यन्त भक्ति राखेका कारण गोपिनीहरुको  आसक्त चित्त र मेरो वियोगको कडा मानसिक रुपले विक्षप्त भएका त्यो बेलामा म बाहेक अरु केही देखेनन् ।।१०।।

तास्ताः क्षपाः प्रेष्ठतमेन नीता 
        मयैव वृन्दावनगोचरेण । 
क्षणार्धवत्ताः पुनरङ्ग तासां
        हीना मया कल्पसमा बभूवुः ।। ११ ।।
हे उद्धव ! म प्रियतमसँग वृन्दावनमा डुल्दा ती रातहरू एकक्षण जस्तो भई बितेका थिए, फेरि तिनै रातहरू म नहुँदा गोपिनीका लागि एक कल्प समानका भए ।।११।।

ता नाविदन् मय्यनुषङ्गबद्ध–
        धियः स्वमात्मानमदस्तथेदम् । 
यथा समाधौ मुनयोऽब्धितोये
        नद्यः प्रविष्टा इव नामरूपे ।। १२ ।।
जसरी समाधि अवस्थामा रहेका मुनिहरुले मुनिले स्वयं आफुलाई थाहा पाउँदैनन् त्यसरी नै ममा चित्त आसक्त भई बाँधिएकोले ती गोपिनीहरूले स्वयं आफूलाई र यो वरको यो परको भन्ने कुरा  थाहा पाएनन् किनभने उनीहरु समुद्रको पानीमा नदीको बेग्लै नामरूप नभएर समुद्र नै हुन्छन् त्यसरी नै ती गोपिनीहरू ममा मिलेर मेरै रूप भएका थिए ।।१२।।

मत्कामा रमणं जारमस्वरूपविदोऽबलाः ।
ब्रह्म मां परमं प्रापुः सङ्गाच्छतसहस्रशः ।। १३ ।।
मेरो स्वरुपलाई थाहा नपाएका तर मेरो सत्संगले गर्दा ती सयौं र हजारौं अबला गोपिनीहरूले यौटा जार सम्झिएर मलाई चाहे पनि सत्सङ्गत्ले गर्दा परब्रह्मस्वरूप मलाई पाए ।।१३।।

तस्मात्त्वमुद्धवोत्सृज्य चोदनां प्रतिचोदनाम् ।
प्रवृत्तं च निवृत्तं च श्रोतव्यं श्रुतमेव च ।। १४ ।। 
मामेकमेव शरणमात्मानं सर्वदेहिनाम् ।
याहि सर्वात्मभावेन मया स्या कुतोभयः ।। १५ ।।
हे उद्धव ! त्यसैले तिमी श्रुति र स्मृतिले विधान गरिएका र निषेध गरिएका सुन्न योग्य र सुनेका सबै बिषयलाई पूर्णरूपले त्यागेर सबै प्राणीका आत्मस्वरूप यौटा मेरै शरणमा जाऊ, यसरी मेरो शरणमा आउँनाले तिमी भयरहित हुनेछौ ।।१४–१५।।

उद्धव उवाच
संशयः शृण्वतो वाचं तव योगेश्वरेश्वर ।
न निवर्तत आत्मस्थो येन भ्राम्यति मे मनः ।। १६ ।। 
उद्धवले भने– हे योगेश्वरका पनि ईश्वर ! हे भगवन् ! मैले हजुरको उपदेश सुनिरहेको छु । तर पनि मेरो मनबाट शंका हट्न सकेको छैन किनकि हजुरले मैले बताएको धर्मको पालना गरेर मेरो शरणागत हुनु भने जुन कुरा भन्नुभयो त्यसबाट म दोधारमा परें त्यसैले हजुरले राम्ररी बुझ्ने गरि सम्झाउँनु होस् ।।१६।।

श्री भगवानुवाच
स एष जीवो विवरप्रसूतिः 
        प्राणेन घोषेण गुहां प्रविष्टः । 
मनोमयं सूक्ष्ममुपेत्य रूपं
        मात्रा स्वरो वर्ण इति स्थविष्ठः ।। १७ ।।
भगवान्ले भन्नुभयो– आधार आदि चक्रमा अभिव्यक्त हुने जीव जीवरुप परमात्मा परानामक वाणीले युक्त भएर प्राणवायुद्वारा आधारचक्र रूप गुफामा प्रवेश गर्दछ  त्यसपछि क्रमैले त्यो मनोमय सूक्ष्मरूपले पश्यन्ती, मध्यमा नाम धारण गरी वायुद्वारा  ह्रस्वादि मात्रा, उदात्तादि स्वर, क, ख, आदि वर्णमा पुगी वैखरी नामको स्थुल बाणी बनेर बाहिर प्रकट हुन्छ ।।१७।।

यथानलः खेऽनिलबन्धुरूष्मा
        बलेन दारुण्यधिमथ्यमानः ।
अणुः प्रजातो हविषा समिध्यते
        तथैव मे व्यक्तिरियं हि वाणी ।। १८ ।।
जसरी वायुको सखा अग्नि आकाशमा उष्मा रुपले अथवा विद्युत रुपले अव्यक्त भएर बसेको हुन्छ । पछि काठमा बलपूर्वक मन्थन गर्दा वायुको सहयोगले भित्र रहेको आगो झिल्काको रूपमा बाहिर निस्कन्छ र पछि हव्य पदार्थ दिएपछि आगाको रूप धारण गर्दछ, त्यसरी नै म शव्द ब्रह्मरुपले क्रमशः परा, पश्यन्ती, मध्यमा हुँदै वैखरी वाणीको रूपमा प्रकट हुनछु । लिई स्थूलरूपमा परिणत हुन्छु ।।१८।। 

एवं गदिः कर्म गतिर्विसर्गो
        घ्राणो रसो दृक् स्पर्शः श्रुतिश्च । 
सङ्कल्पविज्ञानमथाभिमानः
        सूत्रं रजः सत्वतमोविकारः ।। १९ ।।
यसैगरी मुखले बोल्नु, हातले काम गर्न, गोडाले हिंड्नु, पायु इन्दियले मलमूत्र त्याग गर्नु, अहंकारद्वारा अभिमान गर्नु, छुनु, सुंघ्नु, स्वाद लिनु, हेर्नु, यी वृत्ति ज्ञानेन्द्रियका हुन्, राम्रो नराम्रो चिताउनु मनको वृत्ति हो,त ज्ञान प्राप्त गर्नु बुद्धिको चिन्तन गर्नु चित्तको वृत्ति हो, अभिमान गर्नु अहङ्कारको वृत्ति हो, महत्तत्व तथा रजोगुण, सत्वगुण र तमोगुणको विकार आदि सबै मेरै अभिव्यक्ति हुन् ।। १९ ।।

अयं हि जीवस्त्रिवृदब्जयोनि–
        रव्यक्त एको वयसा स आद्यः ।
विश्लिष्टशक्तिर्बहुधेव भाति
        बीजानि योनिं प्रतिपद्य यद्वत् ।। २० ।।
यि सबैलाई जीवित गराउने इश्वर त्रिगुणमय ब्रह्माण्डको कारण हुन् । यिनै जीव पहिले अव्यक्त र एक मात्र थिए । जसरी खेतमा राखिएका बीउ पछि अनेक रुप धारण गर्दछन्, उन परमात्मा माया शक्तिको आश्रय लिएर अनेक रुपमा प्रकट हुन्छन् ।।२०।।

यस्मिन्निदं प्रोतमशेषमोतं
        पटो यथा तन्तुवितानसंस्थः ।।
य एष संसारतरुः पुराणः 
        कर्मात्मकः पुष्पफले पुष्पफले प्रसूते ।। २१ ।।
धागाको तानमा मिलेको कपडा जस्तै यो सम्पूर्ण विश्व परमात्मामा ओतप्रोत भएको छ । जुन यो संसार रुपी वृक्ष छ त्यो अनादि कर्म रुप छ । यसको फूलेन फूल र फल्ने फल मोक्ष र भोग हो ।।२१।।

द्वेअस्य बीजे शतमूलस्त्रिनालः 
        पञ्चस्कन्धःपञ्चरसप्रसूतिः ।
दशैकशाखो द्विसुपर्णनीड–
        स्त्रिवल्कलो द्विफलोऽर्कं प्रविष्टः ।। २२ ।।
यो संसार रुपी वृक्षका पुण्य र पाप नामका दुइटा बीऊ छन् । यसका सयौं वासनारूप जरा छन्, यो रुखको फेददेखि नै तीन गुणका तीन भाग तीनतिर निस्किएका छन्, दश इन्द्रिय र एक मन सहित एघार यसका साना हाँगा छन् । पाँच महाभूतका पाँच हाँगा फैलिएका छन्, जुन रस हुन् । जीव र इश्वर दुई पक्षी हुन् जुन दुई चराले गुँड बनाएर रहेका छन् । यो रुखका वात, पित्त र कफ नामका तीन प्रकारका बोक्रा छन्, सुख र दुःख, दुइटा फल लाग्दछन् र यो रुख सूर्यमण्डलसम्म फैलिएको छ ।।२२।।

अदन्ति चैकं फलमस्य गृध्रा
        ग्रामेचरा एकमरण्यवासाः ।
हंसा य एकं बहुरूपमिज्यै–
        मायामयं वेद स वेद वेदम् ।। २३ ।।
।।
लोभी भएका गृहस्थहरूले यो रुखको यौटा ’दुःख’ रूप फल खान्छन् । आर्को सुख रुपी फल जङ्गलमा बस्ने परमहंस ज्ञानीले खान्छन् जसले गुरुको सेवाद्वारा मायाले अनेकरूप धारण गर्ने परमात्मालाई जान्दछ, त्यसले तत्वज्ञान प्राप्त गर्दछ ।।२३।।

एवं गुरूपासनयैकभक्त्या
        बिद्याकुठारेण शितेन धीरः ।
विवृश्च्य जीवाशयमप्रमत्तः
        सम्पद्य चात्मानमथ त्यजास्त्रम् ।। २४ ।।
हे उद्धव ! यसरी गुरुको उपसनारुप अनन्य भक्तिद्वरा प्राप्त गरेको ज्ञानरूप धारिलो बञ्चराले देहाभिमानलाई काटेर आत्म साक्षात्कार गरेर त्यो साधनरुप सबै ज्ञानलाई पनि छाडिदेओस् ।।२४।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे
द्वादशो ऽध्यायः ।। १२ ।।


ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...