श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - त्रयस्त्रिंशोऽध्यायः
मैत्रेय उवाच –
(वसंततिलका)
एवं निशम्य कपिलस्य वचो जनित्री
सा कर्दमस्य दयिता किल देवहूतिः ।
विस्रस्तमोहपटला तमभिप्रणम्य
तुष्टाव तत्त्वविषयाङ्कित सिद्धिभूमिम् ॥ १ ॥
मैत्रेयजीले भने—
बिदुरजी! कपिल भगवानको यस्तो वचन सुनेर कदर्मजीकी प्रियपत्नी माता देवहुतिको मोहको पर्दा फाटेर गयो र वहाँ तत्व प्रतिपादक शांख्यशास्त्रको आधार मूमि भगवान् कपिलदेवजीलाई प्रणाम गरेर वहाँको स्तुति गर्न लागिन् ।।१।।
देवहूतिरुवाच –
(इन्द्रवज्रा)
अथाप्यजोऽन्तःसलिले शयानं
भूतेन्द्रियार्थात्ममयं वपुस्ते ।
गुणप्रवाहं सदशेषबीजं
दध्यौ स्वयं यत् जठराब्जजातः ॥ २ ॥
देवहुतिले भनिन—
कपिलजी ब्रह्माजी हजूरकै नाभिकमलबाट प्रकट हुनुभएको थियो वहाँले प्रलयकालिन जलमा सयन गर्नु हुने हजूरको पञ्चमूत इन्द्रियादि विषय र मनोमय विग्रहको जुन सत्वादि गुणको प्रवाहले युक्त सत्स्वरूप र कार्य एवं कारण दुवैको विज हो, यसैको ध्यान गरेका थिए ।।२।।
स एव विश्वस्य भवान् विधत्ते
गुणप्रवाहेण विभक्तवीर्यः ।
सर्गाद्यनीहोऽवितथाभिसन्धिः
आत्मेश्वरोऽतर्क्य सहस्रशक्तिः ॥ ३ ॥
हजूरको निष्कृय सत्य संकल्प सम्पूर्ण जीवहरूको ईश्वर त हजारौं अचिन्त्य शक्तिहरूबाट सम्पन्न हुनुहुन्छ हजूरको शक्तिको गुणको प्रवाहरूपले ब्रह्मादि अनन्त मुर्तिहरूमा विभक्त गरेर उनीहरूद्वारा आफु स्वयं नै विश्वको रचना आदि गर्नुहुन्छ ।।३।।
स त्वं भृतो मे जठरेण नाथ
कथं नु यस्योदर एतदासीत् ।
विश्वं युगान्ते वटपत्र एकः
शेते स्म मायाशिशुरङ्घ्रिपानः ॥ ४ ॥
नाथ! यो कस्तो विचित्रको कुरा छ कि जस्को पेटमा प्रलयकाल आउदा यो सारा प्रपञ्च लीन हुन्छ र जो कल्पान्तमा मायमय बालक रूपधारणा गरेर चरणको औला चुसेर एकलै नै पटवृक्षको पातमा सुत्नुहुन्छ, उहि हजूरलाई मैले गर्भमा धारण गरें ।।४।।
त्वं देहतन्त्रः प्रशमाय पाप्मनां
निदेशभाजां च विभो विभूतये ।
यथावतारास्तव सूकरादयः
तथायमप्यात्म पथोपलब्धये ॥ ५ ॥
हे विभो! हजूर पापीहरूलाई दमन र आफ्ना आज्ञाकारी भक्तहरूको अभ्युदय एवं कल्याण गर्नको लागि स्वेच्छाले देह धारण गर्नुहुन्छ । त्यसैले जसप्रकार हजूरको वराह आदि अवतार भएको छ ।। त्यसै गरी यो कपिलावतार पनि मुमुक्षुहरूलाई ज्ञानमार्ग देखाउनका लागि भएको हो ।।५।।
यन्नामधेयश्रवणानुकीर्तनाद्
यत्प्रह्वणाद् यत् स्मरणादपि क्वचित् ।
श्वादोऽपि सद्यः सवनाय कल्पते
कुतः पुनस्ते भगवन्नु दर्शनात् ॥ ६ ॥
भगवान् हजूरको नाम श्रवण या कीर्तन गर्नाले नै पनि कुकुरको मासु खाने चाण्डाल पनि सोमयाजी ब्राह्मण समान पूजनीय हुन सक्दछ । फेरी हजूरको दर्शन गर्नाले मानिस कृत्यकृत्य हुनेछ, यसमा त भन्नु नै के छ र ।।६।।
अहो बत श्वपचोऽतो गरीयान्
यज्जिह्वाग्रे वर्तते नाम तुभ्यम् ।
तेपुस्तपस्ते जुहुवुः सस्नुरार्या
ब्रह्मानूचुर्नाम गृणन्ति ये ते ॥ ७ ॥
अहो त्यो जिव्ब्रामा हजूरको पवित्र नाम राख्दछ भने त्यो ता चाण्डाल भएपनि श्रेष्ठ हो । जो श्रेष्ठ पुरुष हजूरको नाम उच्चारण गर्दछ उसले पूर्वमा तप, हवन, तीर्थ स्थान, सदाचारको पालन र वेधाध्यायन आदि गरेको हुनुपर्दछ ।।७।।
तं त्वामहं ब्रह्म परं पुमांसं
प्रत्यक्स्रोतस्यात्मनि संविभाव्यम् ।
स्वतेजसा ध्वस्तगुणप्रवाहं
वन्दे विष्णुं कपिलं वेदगर्भम् ॥ ८ ॥
कपिदलेवजी! हजूर साक्षात परब्रह्म हुनुहुन्छ, हजूरनै परम पुरुष हुनुहुन्छ । इन्द्रियहरूको बृत्तिले एकाग्र भएर अन्तःकरणमा हजूरकै चिन्तन गरिन्छ । हजूर आफ्नो तेजले मायाको कार्य गुणप्रवाहलाई शान्त गरिदिनुहुन्छ । तथा हजूरकै पेटमा सम्पूर्ण वेद तत्व निहित छन । यस्ता साक्षत विष्णुस्वरूप हजूरलाई म नमस्कार गर्दछु ।।८।।
मैत्रेय उवाच –
(अनुष्टुप)
ईडितो भगवानेवं कपिलाख्यः परः पुमान् ।
वाचाविक्लवयेत्याह मातरं मातृवत्सलः ॥ ९ ॥
मैत्रेयजी भन्दछन—
माताले यस प्रकार स्तुति गरेपछि मातृवत्सल परमपुरुष भगवान् कपिलदेवजीले वहाँलाई गम्भिर वाणीमा भन्नुभयो ।
कपिल उवाच -
मार्गेणानेन मातस्ते सुसेव्येनोदितेन मे ।
आस्थितेन परां काष्ठां अचिराद् अवरोत्स्यसि ॥ १० ॥
कपिलदेवजीले भन्नुभयो—
माताजी! मैले तपाईलाई यो सुमार्गका बारेमा बताएं यसलाई पालना गर्नाले तपाई चाढैं परमपद प्राप्त गर्नुहुन्छ ।।१०।।
श्रद्धत्स्वैतन्मतं मह्यं जुष्टं यद्ब्रह्मवादिभिः ।
येन मां अभयं याया मृत्युमृच्छन्त्यतद्विदः ॥ ११ ॥
तपाई मेरो यस मतलाई विश्वास गर्नुहोस, ब्रह्मावादिहरूले यसलाई सेवन गरेकाछन, यसबाट तपाई मेरो मरण रहित स्वरूपलाई प्राप्त गर्नुहुनेछ । जो मानिस मेरो यो मतलाई जान्दैन उ जन्म मृत्युको चक्करमा पर्दछ ।।११।।
मैत्रेय उवाच–
इति प्रदर्श्य भगवान् सतीं तां आत्मनो गतिम् ।
स्वमात्रा ब्रह्मवादिन्या कपिलोऽनुमतो ययौ ॥ १२ ॥
मैत्रेयजीले भने—
यस प्रकार आफ्नो श्रेष्ठ ज्ञानको उपदेश गरेर कपिलदेवजी आफ्नी ब्रह्मवादिनी आमाको अनुमति लिएर त्यहाँबाट हिड्नुभयो ।।१२।।
सा चापि तनयोक्तेन योगादेशेन योगयुक् ।
तस्मिन् आश्रम आपीडे सरस्वत्याः समाहिता ॥ १३ ॥
त्यसपछि देवहुतिजी पनि सरस्वतिको मुकुट सदृश आफ्नो आश्रममा आफ्ना छोराले उपदेश दिएको योग साधनाद्वारा योगाभ्यास गरेर समाधीमा रहन लागिन ।। १३।।
अभीक्ष्ण अवगाहकपिशान् जटिलान् कुटिलालकान् ।
आत्मानं च उग्रतपसा बिभ्रती चीरिणं कृशम् ॥ १४ ॥
त्रिकाल स्नान गर्नाले उनको कपाल घुम्रिएर जटामा परिणत भएको थियो । चिरवस्त्रले ढाकिएको शरीर उग्र तपस्याका कारण दुर्वल भयो ।।१४।।
प्रजापतेः कर्दमस्य तपोयोगविजृम्भितम् ।
स्वगार्हस्थ्यमनौपम्यं प्रार्थ्यं वैमानिकैरपि ॥ १५ ॥
प्रजापति कर्दमको योगवलले प्राप्त अनुपम गार्हस्थ्य सुख, जुन देखेर देवताहरू पनि लोभिन्थे, उनले त्यसलाई त्यागिदिइन ।।१५।।
पयःफेननिभाः शय्या दान्ता रुक्मपरिच्छदाः ।
आसनानि च हैमानि सुस्पर्शास्तरणानि च ॥ १६ ॥
जुन गृहमा दुग्धको फीज जस्तै, स्वच्छ र सुकोमल सैयाले युक्त हात्तीको दाँतको पलङ्ग सुवर्णको पात्र, सुनको सिंहासन र कोमल गध्दाहरू विच्छ्याइएको थियो ।
स्वच्छस्फटिककुड्येषु महामारकतेषु च ।
रत्नप्रदीपा आभान्ति ललना रत्नसंयुताः ॥ १७ ॥
स्वच्छ स्फटिक र मरतकमणिले बनेका भित्ताहरू जहाँ मणिमय दीपक बलिरहेका थिए त्यस्तै राम्रा स्त्रीहरुको मुर्तिले त्यस घरको शौन्दर्य बढाएको थियो ।।१७।।
गृहोद्यानं कुसुमितै रम्यं बह्वमरद्रुमैः ।
कूजद् विहङ्गमिथुनं गायन् मत्तमधुव्रतम् ॥ १८ ॥
जहाँ फूलले भरिएको अनेक वृक्षले सुशोभित थियो । जसमा अनेक प्रकारका पक्षीहरूको मिठो स्वर निकाल्दथे र मतवाला भ्रमराको भूँ भूँ भएरहन्थ्यो ।१८।।
यत्र प्रविष्टमात्मानं विबुधानुचरा जगुः ।
वाप्यां उत्पलगन्धिन्यां कर्दमेनोपलालितम् ॥ १९ ॥
जहाँ कमल गन्धले सुवासित भएको तलाउमा मा कर्दमजीका साथ क्रीडा गर्दा धन्र्धवगण गुन गान गर्दथे ।।१९।।
हित्वा तदीप्सिततमं अप्याखण्डलयोषिताम् ।
किञ्चिच्चकार वदनं पुत्रविश्लेषणातुरा ॥ २० ॥
जसलाई पाउनका लागि इन्द्रयाणी पनि लालयीत हुन्थिन त्यस्तो घरको ममता पनि उनले त्यागदिइन । तर पुत्रवियोगले व्याकुल भएका कारण उनको मुख केहि उदाश देखिन्थ्यो ।।२०।।
वनं प्रव्रजिते पत्यौ अपत्यविरहातुरा ।
ज्ञाततत्त्वाप्यभून्नष्टे वत्से गौरिव वत्सला ॥ २१ ॥
पतिको वनागमनको अनन्तरमा पुत्रको पनि वियोगले व्याकुल भएका कारण उनी आत्मज्ञानले सम्पन्न भएपनि यस्तो व्याकुल भएकी थिइन कि जसरी बाच्छावाट विछोड हुदा उसलाई प्यार गर्ने गाई व्याकुल हुन्छिन ।।२१।।
तमेव ध्यायती देवं अपत्यं कपिलं हरिम् ।
बभूवाचिरतो वत्स निःस्पृहा तादृशे गृहे ॥ २२ ॥
वत्स विदुर! आफ्नो छोरा कपिलदेवरूप भगवान् हरिको नै चिन्तन गर्दै गर्दै केहिदिन पछि यस्तो ऐश्वर्य सम्पन्न घरबाट निस्पृय भइन ।।२२।।
ध्यायती भगवद्रूपं यदाह ध्यानगोचरम् ।
सुतः प्रसन्नवदनं समस्तव्यस्तचिन्तया ॥ २३ ॥
फेरी कपिलदेवजीले भगवानको जुन ध्यान गर्न योग्य प्रसन्न वदनयुक्त स्वरूपको वर्णन गर्नुभएको थियो त्यस्को एक एक अब्ययको समस्त (पूर्ण) र व्यस्त (पृथक पृथक) रूपको पनि चिन्तन गर्दै ध्यान गर्न लागिन ।।२३।।
भक्तिप्रवाहयोगेन वैराग्येण बलीयसा ।
युक्तानुष्ठानजातेन ज्ञानेन ब्रह्महेतुना ॥ २४ ॥
भगवद्भक्तिको प्रवाह, प्रवल वैराग्य र यथोचित कर्मानुष्ठानले उत्पन्न भएको ब्रह्म साक्षात्कार गराउने ज्ञान प्राप्त भयो ।।२४।।
विशुद्धेन तदात्मानं आत्मना विश्वतोमुखम् ।
स्वानुभूत्या तिरोभूत मायागुणविशेषणम् ॥ २५ ॥
त्यस ज्ञानद्वारा चित्त सुध्द भएपछि उनी त्यो सर्बब्यापक आत्माको ध्यानमा मग्न भइन । जसले आफ्नो स्वरूपको प्रकाशबाट उनको मायाजनित आवरणलाई हटाइदियो ।।२५।।
ब्रह्मण्यवस्थितमतिः भगवति आत्मसंश्रये ।
निवृत्तजीवापत्तित्वात् क्षीणक्लेशाऽऽप्त निर्वृतिः ॥ २६ ॥
यस प्रकार जीवको अधिष्ठान भूत परब्रह्म श्री भगवान्मा नै बुध्दि स्थित हुन जानाले उनको जीवभाव निबृत्त भयो र उनी सबै क्लेश बाट मुक्त भएर परमानन्दमा मग्न भईन ।२६।।
नित्यारूढसमाधित्वात् परावृत्तगुणभ्रमा ।
न सस्मार तदाऽऽत्मानं स्वप्ने दृष्टमिवोत्थितः ॥ २७ ॥
उनी निरन्तर समाधिमा रहेका कारण उनको विषयको सत्वादि गुणजनित भ्रान्ति मेटियो र उनलाई आफ्नो शरीरको पत्ता भएन । जसरी स्वप्नबाट विउझेको मानिसलाई आफ्ना स्वप्नमा देखिएको शरीर रहदैन ।।२७।।
तद्देहः परतः पोषोऽपि अकृशश्चाध्यसम्भवात् ।
बभौ मलैरवच्छन्नः सधूम इव पावकः ॥ २८ ॥
उनको शरीरको पोषण पनि अर्कैद्वारा भएको थियो । तर कुनै प्रकार मानसिक क्लेश नभएका कारण ती दुर्वल भएकी थिइनन्, उनको तेज अझ निखर भएको थियो र उनी मैलोको कारण धुवा सहितको अग्नि जस्तो सुशोभित थिइन ।।२८।।
स्वाङ्गं तपोयोगमयं मुक्तकेशं गताम्बरम् ।
दैवगुप्तं न बुबुधे वासुदेवप्रविष्टधीः ॥ २९ ॥
उनको कपाल विग्रिएको थियो । वस्त्र पनि खसेको थियो तापनि निरन्तर भगवान् भै चित्त लागेका कारण उनलाई आफ्नो तप योगमय शरीरको कुनै सुर्ता थिएन । दैवले नै उनको रक्षा गरेको थयो ।।२९।।
एवं सा कपिलोक्तेन मार्गेणाचिरतः परम् ।
आत्मानं ब्रह्मनिर्वाणं भगवन्तं अवाप ह ॥ ३० ॥
विदुरजी! यस प्रकार देवहुतिले कपिलदेवजी वताए अनुसारको मार्गद्वारा केहि समय मै नित्य मुक्त परमात्मस्वरूप श्रीभगावनलाई प्राप्त गरिन ।।३०।।
तद्वीरासीत् पुण्यतमं क्षेत्रं त्रैलोक्यविश्रुतम् ।
नाम्ना सिद्धपदं यत्र सा संसिद्धिमुपेयुषी ॥ ३१ ॥
हे वीर! जुनठाउमा उनले सिध्दि प्राप्त गरेकी थिइन त्यो परम पवित्र क्षेत्र तिनैलोकमा “सिध्दपद” नामले विख्यात भयो ।।३१।।
तस्यास्तद्योगविधुतं आर्त्यं मर्त्यमभूत्सरित् ।
स्रोतसां प्रवरा सौम्य सिद्धिदा सिद्धसेविता ॥ ३२ ॥
साधु स्वभाव विदुरजी! योग साधनद्वारा जव देवहुतिले शरीर त्यागिन त्यो नयाँ नदीकारूपमा परिणत भयो । जुन सिध्द गणले सेवा गरिएको र सबै प्रकारको सिध्दि दिने भएको छ ।।३२।।
कपिलोऽपि महायोगी भगवान् पितुराश्रमात् ।
मातरं समनुज्ञाप्य प्राग् उदीचीं दिशं ययौ ॥ ३३ ॥
मायोगी भगवान् कपिलजी माताको अज्ञाले पिताको आश्रमको इशान कोणतिर गए ।।३३।।
सिद्धचारण गन्धर्वैः मुनिभिश्च अप्सरोगणैः ।
स्तूयमानः समुद्रेण दत्तार्हणनिकेतनः ॥ ३४ ॥
त्यहाँ उनी समुद्रको तीरमा पुग्दा स्वयं समुद्रले उनलाई पूजा गरेर स्थान दिए । उनी तिनैलोकलाई शान्ति प्रदान गर्नको लागि योगमार्गको अविलम्वन गरेर समाधिमा स्थित भए । सिध्द, चरण, गन्धर्व, मुनि र अप्सरागण उनको स्तुति गर्दछन् ।।३४।।
आस्ते योगं समास्थाय साङ्ख्याचार्यैरभिष्टुतः ।
त्रयाणामपि लोकानां उपशान्त्यै समाहितः ॥ ३५ ॥
तथा शांख्याचार्यहरू पनि उनको सबै प्रकारले बन्दना गर्दे तीनैलोकलाई शान्ति प्रदान योग गरीरहन्छन ।।३५।।
एतन्निगदितं तात यत्पृष्टोऽहं तवानघ ।
कपिलस्य च संवादो देवहूत्याश्च पावनः ॥ ३६ ॥
निष्पाप विदुरजी! तिमीले सोधेकोले मैले तिमीलाई यो भगवान् कपिल र देवहुतिको परम पवित्र सम्वाद सुनएं ।।३६।।
(पुष्पिताग्रा)
य इदमनुशृणोति योऽभिधत्ते
कपिलमुनेर्मतं आत्मयोगगुह्यम् ।
भगवति कृतधीः सुपर्णकेतौ
उपलभते भगवत् पदारविन्दम् ॥ ३७ ॥
यो कपिलदेवजीको मत अध्यात्मयोगको गुढ रहस्य हो । जो पुरुष यसको श्रवण या वर्णन गर्दछ, त्यो भगवान् गरुडध्वजको भक्तिले युक्त भएर चाँडै नै श्रीहरिको चरणारविन्दलाई प्राप्त गर्दछ ।। ३७।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे कापिलेयोपाख्याने त्रयस्त्रिंशोऽध्यायः ॥ ३३ ॥
तृतीयस्कन्धे कापिलेयोपाख्याने त्रयस्त्रिंशोऽध्यायः ॥ ३३ ॥
