श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – एकादशोऽध्यायः
श्रीशुक उवाच –
ते एवं शंसतो धर्मं वचः पत्युरचेतसः ।
नैवागृह्णन् भयत्रस्ताः पलायनपरा नृप ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
महाराज परीक्षित् असुर सेनाहरू अर्धचेत अवस्थामा डराएर भागिरहेको थिए त्यसैले उनीहरूले आफ्ना स्वामी वृत्रासुरले भनेका धर्मानुकुल वचनलाई कुनै ध्यान दिएनन ।।१।।
विशीर्यमाणां पृतनां आसुरीं असुरर्षभः ।
कालानुकूलैः त्रिदशैः काल्यमानामनाथवत् ॥ २ ॥
देवताहरूले असुर सेनालाई लखेटिरहेको थिए । उनीहरू मानौ विना नायक जस्तै भएका थिए । यस्तो अवस्था देखेर वृत्रासुरलाई असह्य भयो ।।२।।
दृष्ट्वातप्यत सङ्क्रुद्ध इन्द्रशत्रुरमर्षितः ।
तान्निवार्यौजसा राजन् निर्भर्त्स्येदमुवाच ह ॥ ३ ॥
राजन् ! यो देखेर वृत्रासुर असहिष्णुता र क्रोधले गर्दा बरबराउँन लाग्यो । उसले बलपूर्वक देवताका सेनाहरूलाई अगाडि बढ्नबाट रोकेर उनीहरूलाई हप्काउदै भन्नलाग्यो ।।३।।
किं व उच्चरितैर्मातुः धावद्भिः पृष्ठतो हतैः ।
न हि भीतवधः श्लाघ्यो न स्वर्ग्यः शूरमानिनाम् ॥ ४ ॥
देवताहरू ! रुणभूमिमा पीठ फर्काएर भागेका असुरलाई पछाडिबाट प्रहार गरेर के फाईदा छ र । यिनीहरूता आफ्ना आमा बाबुका विष्ठा समान हुन । आफुलाई सूरवीर मान्नेहरूले डराएर भागेकालाई मार्न खोज्नु कुनै कुनै प्रशंसाको कुरा होइन र न यस समयमा तिमीहरूलाई स्वर्ग नै मिल्न सक्दछ ।।४।।
यदि वः प्रधने श्रद्धा सारं वा क्षुल्लका हृदि ।
अग्रे तिष्ठत मात्रं मे न चेद्ग्राम्यसुखे स्पृहा ॥ ५ ॥
यदि तिमीहरूको मनमा युद्ध गर्ने शाहस र उत्साह छ र अब जीवित रहेर विषय सुख भोग्ने लालसा छैन भने तुरुन्तै मेरो अगाडि आएर युद्धको मजा लेउ ।।५।।
एवं सुरगणान् क्रुद्धो भीषयन् वपुषा रिपून् ।
व्यनदत्सुमहाप्राणो येन लोका विचेतसः ॥ ६ ॥
तेन देवगणाः सर्वे वृत्रविस्फोटनेन वै ।
निपेतुर्मूर्च्छिता भूमौ यथैवाशनिना हताः ॥ ७ ॥
परीक्षित् ! यस्तो ठुलो गर्जना गर्दै वृत्रासुर आफ्ना सत्रुहरूलाई भयभीत गर्न लाग्यो । उसले रिसाँउदै यति ठुलो सिंहनाद गर्यो कि उसको भयानक गर्जनाले गर्दा सबै देवताहरू शरीरमा बिजुली लागेझै मूर्छित भएर पृथ्वीमा ढल्न लागे ।।७।।
ममर्द पद्भ्यां सुरसैन्यमातुरं
निमीलिताक्षं रणरङ्गदुर्मदः ।
गां कम्पयन् उद्यतशूल ओजसा
नालं वनं यूथपतिर्यथोन्मदः ॥ ८ ॥
मदोन्मत्त भएको गजराजले नर्कटको वन फाँडेझैं वृत्रासुरले हातमा त्रिशूल लिएर, डरले आँखा बन्द गरेका देवसेनालाई खुट्टाले कुल्चन लाग्यो । उसको वेगले गर्दा पृथ्वी समेत काम्न थालिन ।।८।।
विलोक्य तं वज्रधरोऽत्यमर्षितः
स्वशत्रवेऽभिद्रवते महागदाम् ।
चिक्षेप तामापततीं सुदुःसहां
जग्राह वामेन करेण लीलया ॥ ९ ॥
वज्रधारी देवराज इन्द्रले उसको यस्तो कुरा सहन सकेनन । जब वृत्रासुर इन्द्रमाथि जाइलाग्यो तब इन्द्र धेरै रिसाउँदै आफ्ना सत्रुमाथि ठुलो गदा चलाए । आफुतिर आउँन लागेको त्यो हसह्य गदालाई वृत्रासुरले खेलखेलमै समात्यो ।।९।।
स इन्द्रशत्रुः कुपितो भृशं तया
महेन्द्रवाहं गदयोरुविक्रमः ।
जघान कुम्भस्थल उन्नदन् मृधे
तत्कर्म सर्वे समपूजयन् नृप ॥ १० ॥
पराक्रमी वित्रासुरले रिसले चुर भएर इन्द्रको वाहन ऐरावत हात्ती माथि बडो जोडले प्रहार गर्यो । उसको यस्तो कार्यको सबैले प्रशंसा गर्न लागे ।।१०।।
ऐरावतो वृत्रगदाभिमृष्टो
विघूर्णितोऽद्रिः कुलिशाहतो यथा ।
अपासरद् भिन्नमुखः सहेन्द्रो
मुञ्चन्नसृक् सप्तधनुर्भृशार्तः ॥ ११ ॥
वृत्रासुरको गदाको आघातले ऐरावत हात्ती पर्वत समान फनफनिएर अत्यन्त व्याकुल भयाृ । उसको टाउको फुटेकोले रगत बगिरहेको थियो । त्यसपछि इन्द्रलाई लिएर हात्ती नै अठ्ठाइस हात पछाडि हट्यो ।।११।।
न सन्नवाहाय विषण्णचेतसे
प्रायुङ्क्त भूयः स गदां महात्मा ।
इन्द्रोऽमृतस्यन्दिकराभिमर्श
वीतव्यथक्षतवाहोऽवतस्थे ॥ १२ ॥
आफ्नो वाहन ऐरावत मूर्छित भएको देखेर देवराज इन्द्र दुखित भए । यो देखेर युद्ध मैदानका मर्मज्ञ वृत्रासुरले उनीमाथि फेरी गदा चलाएन । यहि समयमा इन्द्रले आफने अमृतमय हातले स्पर्शले घाइने ऐरावतको चोट शान्त पारे, त्यसपछि फेरी रणभूमिमा आएर लड्न तयार भए ।।१२।।
स तं नृपेन्द्राहवकाम्यया रिपुं
वज्रायुधं भ्रातृहणं विलोक्य ।
स्मरंश्च तत्कर्म नृशंसमंहः
शोकेन मोहेन हसन् जगाद ॥ १३ ॥
परीक्षित् ! आफ्ना भाई विश्वरूपको हत्या गर्ने इन्द युद्धका लागि हातमा वज्र लिएर फेरी अगाडि आईरहेको वृत्रासुरले देखेर उसलाई उनको त्यो क्रुर पापकर्मको स्मरण भयो र शोक र मोहले युक्त भएर हाँस्दै भन्न लाग्यो ।।१३।।
श्रीवृत्र उवाच–
दिष्ट्या भवान् मे समवस्थितो रिपुः
यो ब्रह्महा गुरुहा भ्रातृहा च ।
दिष्ट्यानृणोऽद्याहमसत्तम त्वया
मच्छूलनिर्भिन्न दृषद्धृदाचिरात् ॥ १४ ॥
वृत्रासुरले भन्यो–
आज मेरा लागि धेरै सौभाग्यको दिन हो किनकि ब्राम्हण एवं आफ्ना गुरु, तथा मेरो दाजु विश्वरूपको हत्या गर्ने ब्यक्ति आज मेरै अगाडि परेका छा । हेर दुष्ट ! अब म चाँडैनै, पत्थर समानको तेरो हृदयलाई आफ्नो त्रिशूलले टुक्रा टुक्रा गरेर भाई ऋणबाट मुक्त हुनेछु । अहो ! यो मेरा लागि धेरै आनन्दको कुरा हो ।।१४।।
यो नोऽग्रजस्यात्मविदो द्विजातेः
गुरोरपापस्य च दीक्षितस्य ।
विश्रभ्य खड्गेन शिरांस्यवृश्चय्
पशोरिवाकरुणः स्वर्गकामः ॥ १५ ॥
इन्द्र ! तैले आत्मवेत्ता र निष्पाप मेरो दाजु जो ब्राम्हण हुनाका साथै यज्ञका दिक्षित थिए र तिमीहरूका गुरु पनि थिए उसलाई विश्वासमा लिएर जसरी तरवारले तीनै सिर उडाइ दिइस, अब म स्वर्गको इच्छा गर्ने मानिसले यज्ञमा पशुको सिर काटेझै तेरो पनि सिर पनि उडाइदिन्छु ।।१५।।
ह्रीश्रीदयाकीर्तिभिरुज्झितं त्वां
स्वकर्मणा पुरुषादैश्च गर्ह्यम् ।
कृच्छ्रेण मच्छूलविभिन्नदेहं
अस्पृष्टवह्निं समदन्ति गृध्राः ॥ १६ ॥
दया, लज्जा, लक्ष्मी र कीर्तिले तलाई छोडि सकेको छ । तेरो यस्तो कुकर्मको निन्दा ता मानिसको के कुरा राक्षस समेत गर्दछन । आज मेरो त्रिशूलले तेरो शरीर टुक्रा टुक्रा हुने छ । धेरै कष्ट संग तेरो मृत्यु हुनेछ । तँ जस्ता पापीलाई त आगोले पनि जलाउँदैन । गीद्धादिले ठुँगेर तेरो मासु खाने छ । ।।१६।।
अन्येऽनु ये त्वेह नृशंसमज्ञा
ये ह्युद्यतास्त्राः प्रहरन्ति मह्यम् ।
तैर्भूतनाथान् सगणान् निशात
त्रिशूलनिर्भिन्नगलैर्यजामि ॥ १७ ॥
यी अज्ञानी देवताहरू यस्ता नीच र क्रूरको अनुयायी बनेर मलाई शस्त्रले प्रहार गरीरहेका छन । म आफ्नो तीखो त्रिशूलले उनीहरूको गर्दन काटिदिने छु । उनीहरूलाई भैरव भूतनाथलाई बलि चढाउँने छु ।।१७।।
अथो हरे मे कुलिशेन वीर
हर्ता प्रमथ्यैव शिरो यदीह ।
तत्रानृणो भूतबलिं विधाय
मनस्विनां पादरजः प्रपत्स्ये ॥ १८ ॥
वीर इन्द्र ! तैले मेरा सेनालाई छिन्न भिन्न गरेर आफ्नो सिर काट्न पनि सक्छस तब म मेरो शरीरलाई पशु पक्षीलाई समर्पित गरेर कर्मवन्धनबाट मुक्त भएर महापुरुषको चरणरजको आश्रय लिनेछु र जुन लोकमा महापुरुषहरू जान्छन त्यहाँ पुग्नेछु ।।१८।।
सुरेश कस्मान्न हिनोषि वज्रं
पुरः स्थिते वैरिणि मय्यमोघम् ।
मा संशयिष्ठा न गदेव वज्रः
स्यान्निष्फलः कृपणार्थेव याच्ञा ॥ १९ ॥
देवराज ! म तेरो अगाडि उभिएको छु, तेरो सत्रु हुँ अब तैले म उपर आफ्नो अमोघ वज्र किन छोड्दैनस ? अब कृपण पुरुषले गरेको याचना समान नै तेरो यो वज्र पनि निष्फल हुनेछ ।।१९।।
नन्वेष वज्रस्तव शक्र तेजसा
हरेर्दधीचेस्तपसा च तेजितः ।
तेनैव शत्रुं जहि विष्णुयन्त्रितो
यतो हरिर्विजयः श्रीर्गुणास्ततः ॥ २० ॥
इन्द्र ! तेरो यो वज्र श्रीहरिको तेज र दधीचि ऋषिको तपस्याले शक्तिमान भएको छ । विष्णु भगवान्ले मलाई मार्नका लागि तलाई आज्ञा पनि दिनु भएको छ । त्यसैले अब तैले त्यसै वज्रले मलाई मारिहाल । किनकि जसको पक्षमा भगवान् श्रीहरि हुनुहुन्छ, त्यहिं नै विजय, लक्ष्मी र सबै गुणहरू निवास गर्दछन ।।२०।।
अहं समाधाय मनो यथाऽऽह
नः सङ्कर्षणस्तच्चरणारविन्दे ।
त्वद्वज्ररंहोलुलितग्राम्यपाशो
गतिं मुनेर्याम्यपविद्धलोकः ॥ २१ ॥
देवराज ! भगवान् शङ्कर्षणको आज्ञा अनुसार म आफ्नो मन वहाँकै चरणमा लीन गराउँदछु । तेरो वज्रको वेगले मलाई हैन मेरो विषय भोगरूप वासनालाई काट्ने छ र मैले यो शरीर त्यागेर मुनि जनले पाउँने गति प्राप्त गर्नेछु ।।२१।।
पुंसां किलैकान्तधियां स्वकानां
याः सम्पदो दिवि भूमौ रसायाम् ।
न राति यद् द्वेष उद्वेग आधिः
मदः कलिर्व्यसनं सम्प्रयासः ॥ २२ ॥
जसले भगवान्लाई अनन्य प्रेम गर्दछ, उसलाई वहाँले यो स्वर्ग, पृथ्वी अथवा रसातलको सम्पत्ति दिनु हुदैन । किनकि त्यसबाट परमानन्दको उपलव्धि ता हुदैन । बरु उल्टै द्वेष, उद्वेग, अभिमान, मानसिक पीडा, कलह, दुःख र परिश्रम मात्रै हात लाग्दछ ।।२२।।
त्रैवर्गिकायासविघातमस्मत्
पतिर्विधत्ते पुरुषस्य शक्र ।
ततोऽनुमेयो भगवत्प्रसादो
यो दुर्लभोऽकिञ्चनगोचरोऽन्यैः ॥ २३ ॥
इन्द्र ! हाम्रा स्वामी आफ्ना भक्तलाई धर्म, अर्थ, तथा काम सम्बन्धि प्रयासलाई नाश गरिदिनु हुन्छ । यसबाट नै भगवान्को कृपाको अनुमान हुन्छ । किनकि उसको यस्तो कृपा प्रसाद अकिञ्चन भक्तका लागि मात्र प्राप्त हुन्छ अरुका लागि त अत्यन्त दुर्लभ हुन्छ ।।२३।।
अहं हरे तव पादैकमूल
दासानुदासो भवितास्मि भूयः ।
मनः स्मरेतासुपतेर्गुणांस्ते
गृणीत वाक्कर्म करोतु कायः ॥ २४ ॥
(भगवान्को प्रत्यक्ष अनुभव गरेर वृत्रासुरले प्रर्थन गर्यो) प्रभो ! तपाईले म माथि यस्तो कृपा गर्नुहोस कि अनन्यभावले तपाईको चरणकमलमा आश्रित सेवकलाई सेवा गर्ने अवसर मलाई अर्को जन्ममा पनि प्राप्त होस । प्राणवल्लभ ! मेरो मन तपाईको मङ्गलमय गुणको स्मरणमा लागि रहोस । मेरो वाणीले तपाईकै गान गरिरहोस र शरीर तपाईको सेवामा लागिरहोस ।।२४।।
न नाकपृष्ठं न च पारमेष्ठ्यं
न सार्वभौमं न रसाधिपत्यम् ।
न योगसिद्धीरपुनर्भवं वा
समञ्जस त्वा विरहय्य काङ्क्षे ॥ २५ ॥
सर्वसौभाग्यनिधे ! म तपाईलाई छोडेर स्वर्ग ब्रम्लोक, भूमण्डलको साम्राज्य, रसातलको एकछत्र राज्य, योग सिद्धिहरू ता के हो र, जहाँसम्म मोक्ष पनि चाहादिन ।।२५।।
अजातपक्षा इव मातरं खगाः
स्तन्यं यथा वत्सतराः क्षुधार्ताः ।
प्रियं प्रियेव व्युषितं विषण्णा
मनोऽरविन्दाक्ष दिदृक्षते त्वाम् ॥ २६ ॥
जसरी प्वाखहीन पंक्षीका बच्चाहरू आफ्नो आमाको प्रतिक्षामा हुन्छन, जसरी भोकाएका वाच्छाहरू आफ्नो आमाको दूध पीउनका लागि आतुर हुन्छन र जसरी वियोगिनी पत्नी आफ्नो प्रवासी प्रियत्तमसंग मिल्नका लगि उत्कण्ठित हुन्छिन त्यसरी नै हे कमलनयन ! मेरो मन तपाईको दर्शनका लागि छटपटाइरहेको छ ।।२६।।
ममोत्तमश्लोकजनेषु सख्यं
संसारचक्रे भ्रमतः स्वकर्मभिः ।
त्वन्माययात्मात्मजदारगेहे
ष्वासक्तचित्तस्य न नाथ भूयात् ॥ २७ ॥
प्रभो ! मलाई मुक्ति चाँहिदैन मेरो कर्मको फलस्वरूप मलाई बारम्बार जन्म मृत्युको चक्करमा पर्नु परेमा पनि कुनै आपत्ति छैन । तर म जहाँ जहाँ जाउँ, जुन जुन योनिमा जन्मु त्यहाँ त्यहाँ भगवान्का प्यारा भक्तजनहरूमा मेरो प्रेम मैत्री बनी रहोस । म केवल यहि चाहनछु कि जो मानिस तपाईको मायाले देह गेह र स्त्री पुत्र आदिमा आशक्त भएर रहनेहरूसंग मेरो कुनै प्रकारको सम्बन्ध नरहोस ।।२७।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे इन्द्रवृत्रासुरयुद्धवर्णनं नाम एकादशोऽध्यायः ॥ ११ ॥