श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - सप्तदशोऽध्यायः
श्रीशुक उवाच -
(अनुष्टुप्)
इत्युक्ता सादिती राजन्
स्वभर्त्रा कश्यपेन वै ।
अन्वतिष्ठद् व्रतमिदं
द्वादशाहं अतन्द्रिता ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
महाराज परीक्षित ! आफ्ना पतिदेव
महर्षि कस्श्पजीबाट यस्तो उपदेश प्राप्त गरेपछि अदितिले सावधानी भएर बारह दिनसम्म यस
व्रतको अनुष्ठान गरीन ।।१।
।
चिन्तयन्ति एकया बुद्ध्या
महापुरुषमीश्वरम् ।
प्रगृह्येन्द्रियदुष्टाश्वान्
मनसा बुद्धिसारथिः ॥ २ ॥
बुद्धिलाई सारथि बनाएर मनको लगामले
उनले इन्द्रियरुप दुष्ट घोडाहरुलाई आफ्नो वशमा लिइन र एकाग्र भएर वहाँ पुरुषोत्तम भगवान्को
आराधना गर्न लागिन ।।२।।
मनश्चैकाग्रया बुद्ध्या
भगवति अखिलात्मनि ।
वासुदेवे समाधाय चचार
ह पयोव्रतम् ॥ ३ ॥
उनले एकाग्रबुद्धिले र पूर्णरुपले
आफ्नो मन सर्वात्मा वासुदेवमा लगाएर पयोव्रतको अनुष्ठान गरीन ।।३।।
तस्याः प्रादुरभूत्
तात भगवान् आदिपुरुषः ।
पीतवासाश्चतुर्बाहुः
शंखचक्रगदाधरः ॥ ४ ॥
यसरी ब्रत गरेपछि सोही ब्रतका
प्रभावले पुरुषोत्तम भगवान् उनको अगाडि प्रकट हुनुभयो । परीक्षित ! वहाँले पीताम्बर
धारण गर्नु भएको थियो । चार हातहरुमा शंख, चक्र, गदा, पद्यम लिनुभएको थियो ।।४।।
तं नेत्रगोचरं वीक्ष्य
सहसोत्थाय सादरम् ।
ननाम भुवि कायेन दण्डवत्
प्रीतिविह्वला ॥ ५ ॥
आफ्नो आँखा अगाडि नै भगवान् यसरी
प्रत्यक्ष प्रकट हुनुभएको देखेर अदिति आदरपूर्वक उठिन । फेरी प्रेमले विह्वल भएर पृथ्वीमा
भूमिमा लम्पसार परेर दण्डवत प्रणाम गरीन ।।५।।
सोत्थाय बद्धाञ्जलिरीडितुं
स्थिता
नोत्सेह आनन्दजलाकुलेक्षणा ।
बभूव तूष्णीं पुलकाकुलाकृतिः
तद् दर्शनात्युत्सवगात्रवेपथुः ॥ ६ ॥
फेरी उठेर हात जोडेर भगवान्को
स्तुति गर्ने चेष्टा गरीन । तर आँखामा आनन्दको आँसु भरिएर बग्न थाल्यो । उनले बोल्न
सकिनन । सारा शरीर रोमाञ्च भएको थियो । दर्शनको आनन्दोल्लासले उनको शरीर कन्पन हुन
लाग्यो, उनी त्यसै चोपो लागेर उभिरहिन ।।६।।
प्रीत्या शनैर्गद्ग्दया
गिरा हरिं
तुष्टाव सा देव्यदितिः कुरूद्वह ।
उद्वीक्षती सा पिबतीव
चक्षुषा
रमापतिं यज्ञपतिं जगत्पतिम् ॥ ७ ॥
अदितिले आफ्नो प्रेमपूर्ण नेत्रले
एकोहोरो रुपमा भगवान्लाई हेरिरहिन् । अलिबेर पछि फेरी बडो प्रेमले विस्तारै बिस्तारै
लक्ष्मीपति, विश्वपति, यज्ञेश्वर भगवान्को यस प्रकार स्तुति गर्न लागिन ।।७।।
अदितिरुवाच -
यज्ञेश यज्ञपुरुषाच्युत
तीर्थपाद
तीर्थश्रवः श्रवणमंगलनामधेय ।
आपन्नलोकवृजिनोपशमोदयाद्य
शं नः कृधीश भगवन् असि दीननाथः ॥ ८ ॥
अदितिले भनिन्–
तपाई यज्ञका स्वामी हुनुहुन्छ
र स्वयं यज्ञ पनि तपाई नै हो । अच्युत ! तपाईको चरणको आश्रय लिएर मानिसहरु यस भवसागरबाट
पार गर्दछन । तपाईको यश–कीर्तनको श्रवणले पनि संसरलाई तार्दछ । तपाईको
नामको स्मरणले पनि सबैको कल्याण हुन्छ । आदि पुरुष ! तपाई आफ्नो शरणमा पर्नेहरुको सबै
विपत्तिहरु तपाई नाश गरिदिनु हुन्छ । भगवान् तपाई दीन दुखीहरुका स्वामी हुनुहुन्छ ।
तपाईले हाम्रो कल्याण गर्नुहोस ।।८।।
विश्वाय विश्वभवनस्थितिसंयमाय
स्वैरं गृहीतपुरुशक्तिगुणाय भूम्ने ।
स्वस्थाय शश्वदुपबृंहितपूर्णबोध
व्यापादितात्मतमसे हरये नमस्ते ॥ ९ ॥
तपाई विश्वको उत्पत्ति, स्थिति
र प्रलयको कारण हुनुहुन्छ र विश्वरुप पनि तपाई नै हुनुहुन्छ । अनन्त भएर पनि स्वेच्छाले
अनेक शक्ति र गुणलाई स्वीकार गर्नुहुन्छ । तपाई सधैं आफ्नो स्वरुपमा नै स्थित हुनुहुन्छ
। नित्य निरन्तर बढेको पूर्ण बोधद्वारा तपाईले हृदयको अन्धकारलाई नष्ट गरिदिनु हुन्छ
। भगवान् ! म तपाईलाई नमस्कार गर्दछु ।।९।।
आयुः परं वपुरभीष्टमतुल्यलक्ष्मीः
द्योभूरसाः सकलयोगगुणास्त्रिवर्गः ।
ज्ञानं च केवलमनन्त
भवन्ति तुष्टात्
त्वत्तो नृणां किमु सपत्न्जयादिराशीः ॥ १० ॥
हे अनन्त ! तपाई प्रसन्न हुनु भएपछि मानिसलाई ब्रह्माजीको दीर्घ
आयु, वहाँ समान नै दिव्य शरीर, प्रत्येक इच्छा अनुसारको वस्तु, अतुल धन, स्वर्ग पृथ्वी,
पाताल, योगका सिद्धिहरु, अर्थ, धर्म र कापरुप त्रिवर्ग र ज्ञान समेत प्राप्त हुन्छ
। फेरी सत्रुहरुमा विजय प्राप्त गर्ने जस्ता साना तिना कामको बारेमा त के नै भन्नु
छ ।।१०।।
श्रीशुक उवाच -
(अनुष्टुप्)
अदित्यैवं स्तुतो राजन्
भगवान् पुष्करेक्षणः ।
क्षेत्रज्ञः सर्वभूतानां
इति होवाच भारत ॥ ११ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! अदितिले कमल नयन भगवान्को
यस प्रकार स्तुति गरे पछि समस्त प्राणीको हृदयमा
रहेर उनको गतिविधि जान्ने भएका भगवान्ले यस प्रकार भन्नुभयो ।।११।।
श्रीभगवानुवाच -
देवमातर्भवत्या मे विज्ञातं
चिरकांक्षितम् ।
यत् सपत्नैः् हृतश्रीणां
च्यावितानां स्वधामतः ॥ १२ ॥
भगवान्ले भन्नुभयो–
देवताहरुकी आमा हे अदिति ! तिम्रो
मनमा पहिला देखिको कुरा म जान्दछु । सत्रुहरुले तिम्रो छोराहरुको सम्पत्ति खेसेर लिए
र उनीहरुलाई स्वर्गबाट निकाले ।।१२।।
तान्विनिर्जित्य समरे
दुर्मदान् असुरर्षभान् ।
प्रतिलब्धजयश्रीभिः
पुत्रैः इच्छसि उपासितुम् ॥ १३ ॥
तिमी युद्धमा आफ्ना छोराले ती
मतवाला र बली असुरहरुलाई जितेर विजयलक्ष्मी प्रप्त गरुन भन्ने चाहान्छ्यौ ।।१३।।
इन्द्रज्येष्ठैः स्वतनयैः
हतानां युधि विद्विषाम् ।
स्त्रियो रुदन्तीरासाद्य
द्रष्टुमिच्छसि दुःखिताः ॥ १४ ॥
इन्द्रादि छोराहरुले आफ्ना सत्रुहरुलाई
मारुन । उनका स्त्रीहरु पनि यसरी नै रोइरहेको देख्न पाउँ भन्ने पनि तिम्रो चाहना छ
।।१४।।
आत्मजान् सुसमृद्धान्
त्व प्रत्याहृतयशःश्रियः ।
नाकपृष्ठं अधिष्ठाय
क्रीडतो द्रष्टुमिच्छसि ॥ १५ ॥
अदिति ! यसै गरी तिमी आफ्ना छोराहरु
धन र समृद्धिले सम्पन्न हुन । उनीहरुको कीर्ति र ऐश्वर्य फेरी प्राप्ति होस र स्वर्गमा
अधिकार जमाएर फेरी पहिलाको जस्तो विहार गरुन भन्ने पनि तिमी चाहान्छ्यौ ।।१५।।
प्रायोऽधुना तेऽसुरयूथनाथा
अपारणीया इति देवि मे मतिः ।
यत्तेऽनुकूलेश्वरविप्रगुप्ता
न विक्रमस्तत्र सुखं ददाति ॥ १६ ॥
तर देवी ! यतिबेला असुर सेनाहरुलाई
जित्न सक्ने अवस्था छैन । किनकि ईश्वर र ब्राह्मणहरु पनि यस समय उनीहरुकै साथमा छन
। यस परिस्थितिमा उनीहरुसंग लडाई गरेर पनि केही हाथ लाग्ने छैन भन्ने मेरो विचार छ
।।१६।।
अथाप्युपायो मम देवि
चिन्त्यः
सन्तोषितस्य व्रतचर्यया ते ।
ममार्चनं नार्हति गन्तुमन्यथा
श्रद्धानुरूपं फलहेतुकत्वात् ॥ १७ ॥
फेरी पनि हे देबि ! तिम्रो यस
व्रतको अनुष्ठानले म धेरै प्रसन्न भएको छु । त्यसैले मैले यस सम्बन्धमा केहि न केहि
उपाय सोच्नु पर्दछ । किनकि मेरो आराधना व्यर्थ हुनुहुर्दैन । श्रद्धा अनुसार त्यसको
फल अवस्य हिल्दछ ।।१७।।
त्वयार्चितश्चाहमपत्यगुप्तये
पयोव्रतेनानुगुणं समीडितः ।
स्वांशेन पुत्रत्वमुपेत्य
ते सुतान्
गोप्तास्मि मारीचतपस्यधिष्ठितः ॥ १८ ॥
तिमीले आफ्ना छोराहरुको रक्षाका
लागि विधिवत यो पयोव्रत गरेर मेरो पूजा एवं स्तुति गरेकी छ्यौ । त्यसैले म अंशरुपले
कश्यपको वीर्यमा प्रवेश गर्दछु । र तिम्रो छोरा बनेर तिम्रा सन्तानको रक्षा गर्नेछु
।।१८।।
(अनुष्टुप्)
उपधाव पतिं भद्रे प्रजापतिं
अकल्मषम् ।
मां च भावयती पत्यौ
एवं रूपमवस्थितम् ॥ १९ ॥
कल्याणी ! तिमी आफ्नो पति कश्यपमा
मलाई यस रुपमा स्थित भएको देखेर ती निष्पाप प्रजापतिको सेवा गर ।।१९।।
नैतत् परस्मा आख्येयं
पृष्टयापि कथञ्चन ।
सर्वं संपद्यते देवि
देवगुह्यं सुसंवृतम् ॥ २० ॥
देवि ! हेर, यस विषयका बारेमा
कसैले सोध्यो भने पनि कुरा अरुलाई नभन्नु । देवताहरुको रहस्य जति गोप्य हुन्छ त्यतिनै
रुपमा सफल हुन्छ ।।२०।।
श्रीशुक उवाच -
एतावदुक्त्वा भगवान्
तत्रैवान्तरधीयत ।
अदितिर्दुर्लभं लब्ध्वा
हरेर्जन्मात्मनि प्रभोः ॥ २१ ॥
उपाधावत् पतिं भक्त्या
परया कृतकृत्यवत् ।
स वै समाधियोगेन कश्यपस्तदबुध्यत
॥ २२ ॥
प्रविष्टं आत्मनि हरेः
अंशं हि अवितथेक्षणः ।
सोऽदित्यां वीर्यमाधत्त
तपसा चिरसम्भृतम् ।
समाहितमना राजन् दारुण्यग्निं
यथानिलः ॥ २३ ॥
शुकदेव भन्नुहुन्छ–
यति भनेर भगवान् त्यहाँबाट अन्तर्धान
हुनुभयो । अदितिले आफ्नो गर्भबाट स्वयं भगवान्ले गर्भ लिदै हुनुहुन्छ भन्ने कुरा थाहा
पाएर उनले आफुलाई कृतार्थ भएको अनुभव गरिन् । त्यसपछि अदिति बडो प्रेमले आफ्ना पतिदेवको
सेवा गर्न लागिनि । कश्यपजी सत्यदर्शी थिए । उनको दृष्टिमा कुनै कुरा पनि लुक्दैन थियो
। उनले भगवान् आफ्नो अंशको रुपले म भित्र प्रविष्ट हुनुभएको छ आफ्नो समाधि योगले थाहा
पाए । परिक्षित ! जसरी वायु काठमा प्रवेश गरेर अग्नि उत्प्पन्न गर्दछ, त्यसरी नै कश्यपजीले
आफ्नो समाहित चित्तले सञ्चित भएको आफ्नो वीर्यलाई अदितिको गर्भमा स्थपित गरे ।।२१।२३।।
अदितेर्धिष्ठितं गर्भं
भगवन्तं सनातनम् ।
हिरण्यगर्भो विज्ञाय
समीडे गुह्यनामभिः ॥ २४ ॥
जब ब्रह्माजीलाई यो कुरा थाहा
भयो कि स्वयं भगवान् अदितिको गर्भमा आउनु भएको छ भन्ने कुरा थाहा पाउनभयो अनि वहाँले
भगवान्को रहस्यमय नामले स्तुति गर्नलाग्नु भयो ।।२४।।
श्रीब्रह्मोवाच -
जयोरुगाय भगवन् उरुक्रम
नमोऽस्तु ते ।
नमो ब्रह्मण्यदेवाय
त्रिगुणाय नमो नमः ॥ २५ ॥
समग्र कीर्तिका आश्रय भगवन् !
तपाईको जय होस । अनन्तशक्तिका अधिष्ठान ! तपाईको चरणमा नमस्कार छ । हे ब्रह्मण्यदेव
! हे त्रिगुणका नियामक ! तपाईलाई मेरो बारम्बार नमस्कार छ ।।२५।।
नमस्ते पृश्निगर्भाय
वेदगर्भाय वेधसे ।
त्रिनाभाय त्रिपृष्ठाय
शिपिविष्टाय विष्णवे ॥ २६ ॥
पृश्निको पुत्ररुपमा उन्पन्न हुने,
वेदको समस्त ज्ञानलाई आफु भित्र राख्ने प्रभो ! तपाई नै सबैका विधाता हुनुहुन्छ, म
तपाईलाई नमस्कार गर्दछु । यो तीनै लोक तपाईको नाभिमा स्थित भएको छ । तीनै लोक भन्दा
पर वैकुण्ठमा तपाई निवास गर्नुहुन्छ । जीवको अन्तःकरणमा तपाई सधैं विराजमान गर्नु हुन्छ
। यस्ता सर्वव्यापक विष्णुलाई म नमस्कार गर्दछु ।।२६।।
त्वमादिरन्तो भुवनस्य
मध्यं
अनन्तशक्तिं पुरुषं यमाहुः ।
कालो भवानाक्षिपतीश
विश्वं
स्रोतो यथान्तः पतितं गभीरम् ॥ २७ ॥
ब्रह्माजीले भन्नुभयो–
प्रभो ! तपाई नै संसारको आदि,
मध्य र अन्त हुनुहुन्छ । यसैकारण वेद अनन्त शक्ति पुरुषको रुपमा तपाईको वर्णन गर्दछ
। जसरी गहिरो छालले आफु भित्र रहेका घँस पतिंगरलाई आफुसंगै बगाएर लिएर जान्छ त्यसरी
नै तपाई पनि कालरुपले सम्पूर्ण जगतलाई सञ्चालन गर्दे आफु तिर खिचिरहनु हुन्छ ।।२७।।
त्वं वै प्रजानां स्थिरजंगमानां
प्रजापतीनामसि सम्भविष्णुः ।
दिवौकसां देव दिवश्च्युतानां
परायणं नौरिव मज्जतोऽप्सु ॥ २८ ॥
तपाई चराचर जगत र प्रजापतिहरुको
पनि उत्पन्न गर्ने मूल कारण हुनुहुन्छ । हे देव ! जलमा डुब्न लागेका लागि डुंगा नै
सहारा भएझैं स्वर्गबाट भागेका देवताहरुका लागि तपाई नै एक मात्र आधार हुनुहुन्छ ।।२८।।
इति श्रीमद्भागवते
महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे वामनप्रादुर्भावे
सप्तदशोऽध्यायः ॥ १७ ॥