श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - सप्तदशोऽध्यायः
श्रीशुक
उवाच –एवं
पुत्रेषु नष्टेषु देवमातादितिस्तदा ।हृते
त्रिविष्टपे दैत्यैः पर्यतप्यद् अनाथवत् ॥ १ ॥ नेपाली भावानुवादः श्रीशुकदेवजी
भन्नुहुन्छ– परीक्षित् ! यस
प्रकार पुत्रहरू (देवताहरू) स्वर्ग छाडेर नष्ट (ओझेल) भएपछि र दैत्यहरूले स्वर्गमा
अधिकार जमाएपछि देवमाता अदिति अनाथजस्तै भएर धेरै दुःखी हुनुभयो ।। १ ।। एकदा
कश्यपस्तस्या आश्रमं भगवान् अगात् । निरुत्सवं
निरानन्दं समाधेर्विरतश्चिरात् ॥ २ ॥नेपाली भावानुवादः धेरै समयपछिको
समाधिबाट व्युत्झिएर भगवान् कश्यप अदितिको आश्रममा आउनुभयो । त्यहाँ आउँदा उहाँले
आश्रमलाई उत्सवविहीन, आनन्दहीन र अत्यन्त
सुनसान देख्नुभयो ।। २ ।। स
पत्नीं दीनवदनां कृतासनपरिग्रहः । सभाजितो
यथान्यायं इदमाह कुरूद्वह ॥ ३ ॥नेपाली भावानुवादः हे कुरुनन्दन
परीक्षित् ! आसन ग्रहण गरेपछि अदितिले उहाँको विधिवत् सत्कार गर्नुभयो । त्यसपछि
कश्यपले आफ्नी पत्नीको अनुहार मलिन र उदास देखेपछि यस प्रकार भन्नुभयो ।। ३ ।। अप्यभद्रं
न विप्राणां भद्रे लोकेऽधुनाऽऽगतम् ।न
धर्मस्य न लोकस्य मृत्योश्छन्दानुवर्तिनः ॥ ४ ॥नेपाली भावानुवादः कल्याणी ! यस समयमा
ब्राह्मणहरूलाई कुनै विपत्ति त आएको छैन ?
संसारमा धर्मको पालना र मृत्युको अधीनमा रहेका मानिसहरूमा कुनै
अमङ्गल त भएको छैन ? ।। ४ ।। अपि
वाकुशलं किञ्चिद्गृहेषु गृहमेधिनि । धर्मस्यार्थस्य
कामस्य यत्र योगो ह्ययोगिनाम् ॥ ५ ॥नेपाली भावानुवादः हे गृहमेधिनी !
गृहस्थाश्रममा बस्ने असमर्थहरूका लागि पनि धर्म,
अर्थ र कामको सिद्धि हुन्छ । यस्तो यस आश्रममा कुनै विघ्न त आएको
छैन ? ।। ५ ।। अपि
वा अतिथयोऽभ्येत्य कुटुंबासक्तया त्वया । गृहादपूजिता
याताः प्रत्युत्थानेन वा क्वचित् ॥ ६ ॥नेपाली भावानुवादः कतै पारिवारिक भरणपोषणमा
मात्र आसक्त भएर तिमीले घरमा आएका अतिथिहरूको उठेर स्वागत-सम्मान नगरेका कारण
उनीहरू निरास भएर त फर्केनन् ? तिमी उदास हुनुको कारण यही त होइन ? ।। ६ ।। गृहेषु
येष्वतिथयो नार्चिताः सलिलैरपि । यदि
निर्यान्ति ते नूनं फेरुराजगृहोपमाः ॥ ७ ॥नेपाली भावानुवादः जुन घरबाट अतिथिहरू
जलसम्म पनि नपाई अपमानित भएर फर्कन्छन्,
त्यस्तो घरलाई स्यालको ओडार समान मान्नुपर्दछ ।। ७ ।। अप्यग्नयस्तु
वेलायां न हुता हविषा सति । त्वयोद्विग्नधिया
भद्रे प्रोषिते मयि कर्हिचित् ॥ ८ ॥नेपाली भावानुवादः हे सती ! म बाहिर गएको
समयमा कतै तिम्रो मन विचलित भएर समयमा अग्निमा हविष्यद्वारा हवन गर्न त छुटेन ? ।। ८ ।। यत्पूजया
कामदुघान् याति लोकान् गृहान्वितः । ब्राह्मणोऽग्निश्च
वै विष्णोः सर्वदेवात्मनो मुखम् ॥ ९ ॥नेपाली भावानुवादः सर्वदेवमय भगवान्
विष्णुका मुख ब्राह्मण र अग्नि हुन् । जसको पूजा गरेर गृहस्थले सबै मनोरथ पूरा
हुने उत्तम लोक प्राप्त गर्दछन् ।। ९ ।। अपि
सर्वे कुशलिनः तव पुत्रा मनस्विनि ।लक्षयेऽस्वस्थमात्मानं
भवत्या लक्षणैरहम् ॥ १० ॥नेपाली भावानुवादः हे मनस्विनी ! तिम्रो
अनुहारको लक्षण हेर्दा तिमी अस्वस्थ जस्तो देखिन्छौ । तिम्रा सबै पुत्रहरू त कुशलै
छन् नि ? ।। १० ।। अदितिरुवाच
– भद्रं
द्विजगवां ब्रह्मन् धर्मस्यास्य जनस्य च ।त्रिवर्गस्य
परं क्षेत्रं गृहमेधिन् गृहा इमे ॥ ११ ॥ नेपाली भावानुवादः अदितिले भन्नुभयो– हे ब्रह्मन् ! ब्राह्मण, गाई, धर्म र यस दासीको सबै कुशल छ । हे गृहस्थी ! यो
घर धर्म, अर्थ र काम (त्रिवर्ग) को साधनाको परम क्षेत्र हो
।। ११ ।। अग्नयोऽतिथयो
भृत्या भिक्षवो ये च लिप्सवः । सर्वं
भगवतो ब्रह्मन् अनुध्यानान्न रिष्यति ॥ १२ ॥नेपाली भावानुवादः हे प्रभु ! हजुरको
निरन्तर चिन्तन र प्रभावले गर्दा अग्नि,
अतिथि, सेवक, भिक्षु र
याचक कसैको पनि यहाँ अनादर भएको छैन ।। १२ ।। को
नु मे भगवन् कामो न सम्पद्येत मानसः । यस्या
भवान् प्रजाध्यक्ष एवं धर्मान् प्रभाषते ॥ १३ ॥नेपाली भावानुवादः हे भगवन् ! हजुरजस्ता
प्रजापतिले जहाँ धर्मको उपदेश गर्नुहुन्छ,
त्यहाँ मेरो कुन चाहिँ मनोकामना पूरा नहोला र ? ।। १३ ।। तवैव
मारीच मनःशरीरजाः प्रजा इमाः सत्त्वरजस्तमोजुषः । समो
भवान् तास्वसुरादिषु प्रभो तथापि भक्तं भजते महेश्वरः ॥ १४ ॥नेपाली भावानुवादः हे मारीच कश्यप !
सत्त्व, रज र तम गुण भएका यी
सम्पूर्ण प्रजाहरू हजुरकै मन र शरीरबाट उत्पन्न भएका हुन् । हजुर त सुर-सुर सबैमा
समान हुनुहुन्छ, तापनि महेश्वरले झैँ हजुरले पनि भक्तहरूमाथि
विशेष कृपा राख्नुपर्दछ ।। १४ ।। तस्मादीश
भजन्त्या मे श्रेयश्चिन्तय सुव्रत । हृतश्रियो
हृतस्थानान् सपत्नैः पाहि नः प्रभो ॥ १५ ॥नेपाली भावानुवादः हे प्रभु ! म हजुरकै
शरणमा छु । हे सुव्रत ! मेरो कल्याणको विचार गर्नुहोस् । सौताका छोरा (दैत्यहरू)
ले हाम्रा छोराहरूको श्री र स्थान (स्वर्ग) खोसेका छन्, त्यसैले हाम्रो रक्षा गर्नुहोस् ।। १५ ।। परैर्विवासिता
साहं मग्ना व्यसनसागरे । ऐश्वर्यं
श्रीर्यशः स्थानं हृतानि प्रबलैर्मम ॥ १६ ॥नेपाली भावानुवादः शत्रुहरूले हामीलाई
पदच्युत गरी घरबाट निकालिदिएका छन् । प्रबल शत्रुहरूले मेरो ऐश्वर्य, लक्ष्मी, यश र स्थान सबै
हरण गरेपछि म दुःखको सागरमा डुबेकी छु ।। १६ ।। यथा
तानि पुनः साधो प्रपद्येरन् ममात्मजाः । तथा
विधेहि कल्याणं धिया कल्याणकृत्तम ॥ १७ ॥नेपाली भावानुवादः हे साधु ! हे
कल्याणकारी ! हजुरले आफ्नो बुद्धिले यस्तो उपाय गरिदिनुहोस्, जसबाट मेरा पुत्रहरूले ती सबै हराएका वस्तु
पुनः प्राप्त गर्न सकून् ।। १७ ।। श्रीशुक
उवाच – एवं
अभ्यर्थितोऽदित्या कस्तामाह स्मयन्निव ।अहो
मायाबलं विष्णोः स्नेहबद्धं इदं जगत् ॥ १८ ॥ नेपाली भावानुवादः श्रीशुकदेव भन्नुहुन्छ– अदितिले यसरी प्रार्थना गरेपछि कश्यपले मन्द
मुस्कानका साथ भन्नुभयो– 'अहो ! भगवान् विष्णुको माया कति
प्रबल छ, जसले गर्दा यो सारा जगत् स्नेहको बन्धनमा बाँधिएको
छ' ।। १८ ।। क्व
देहो भौतिकोऽनात्मा क्व चात्मा प्रकृतेः परः । कस्य
के पतिपुत्राद्या मोह एव हि कारणम् ॥ १९ ॥नेपाली भावानुवादः कहाँ यो पञ्चभौतिक जड
शरीर र कहाँ प्रकृतिभन्दा पर रहेको आत्मा ?
को कसको पति, पुत्र वा आफन्त ? यी सबैको कारण त केवल मोह मात्र हो ।। १९ ।। उपतिष्ठस्व
पुरुषं भगवन्तं जनार्दनम् । सर्वभूतगुहावासं
वासुदेवं जगद्गुदरुम् ॥ २० ॥नेपाली भावानुवादः त्यसैले प्रिये ! अब
तिमी समस्त प्राणीहरूको हृदयमा निवास गर्ने,
भक्तहरूको दुःख मेटाउने जगद्गुरु भगवान् वासुदेवको आराधना गर ।। २०
।। स
विधास्यति ते कामान् हरिर्दीनानुकंपनः । अमोघा
भगवद्भतक्तिः न इतरेति मतिर्मम ॥ २१ ॥नेपाली भावानुवादः दीनदयालु श्रीहरिले नै
तिम्रो कामना पूरा गरिदिनुहुनेछ । भगवान्को भक्ति कहिल्यै निष्फल हुँदैन, मेरो यस्तै दृढ निश्चय छ ।। २१ ।। अदितिरुवाच
– केनाहं
विधिना ब्रह्मन् उपस्थास्ये जगत्पतिम् ।यथा
मे सत्यसंकल्पो विदध्यात् स मनोरथम् ॥ २२ ॥ नेपाली भावानुवादः अदितिले सोध्नुभयो– हे ब्रह्मन् ! म कुन विधिले जगत्पतिको आराधना
गरूँ ? जसबाट सत्यसङ्कल्प प्रभुले मेरो मनोरथ पूर्ण
गरिदिनुहोस् ।। २२ ।। आदिश
त्वं द्विजश्रेष्ठ विधिं तदुपधावनम् । आशु
तुष्यति मे देवः सीदन्त्याः सह पुत्रकैः ॥ २३ ॥नेपाली भावानुवादः हे द्विजश्रेष्ठ !
मलाई त्यस्तो विधि बताइदिनुहोस्, जसबाट म र मेरा छोराहरूको दुःख देखेर भगवान् शीघ्र प्रसन्न हुनुहोस् ।। २३
।। कश्यप
उवाच – एतन्मे
भगवान् पृष्टः प्रजाकामस्य पद्मजः ।यदाह
ते प्रवक्ष्यामि व्रतं केशवतोषणम् ॥ २४ ॥ नेपाली भावानुवादः कश्यपजीले भन्नुभयो– हे देवि ! सन्तानको इच्छा हुँदा मैले
ब्रह्माजीलाई यही प्रश्न सोधेको थिएँ । त्यस बेला उहाँले भगवान् केशवलाई प्रसन्न
पार्ने जुन 'पयोव्रत' को उपदेश
दिनुभएको थियो, त्यही म तिमीलाई बताउँछु ।। २४ ।। फाल्गुनस्यामले
पक्षे द्वादशाहं पयोव्रतम् । अर्चयेत्
अरविन्दाक्षं भक्त्या परमयान्वितः ॥ २५ ॥नेपाली भावानुवादः फागुन महिनाको शुक्ल
पक्षमा १२ दिनसम्म केवल दूध मात्र पिएर व्रत बस्नु र परम भक्तिले कमलनयन भगवान्को
पूजा गर्नु ।। २५ ।। सिनीवाल्यां
मृदालिप्य स्नायात् क्रोडविदीर्णया ।यदि
लभ्येत वै स्रोतसि एतं मंत्रं उदीरयेत् ॥ २६ ॥नेपाली भावानुवादः औँसीको दिन (व्रत सुरु
गर्नुअघि) यदि पाइन्छ भने वराहले खनेको माटो शरीरमा लेपन गरी नदीको प्रवाहमा स्नान
गर्नु र यो मन्त्र उच्चारण गर्नु ।। २६ ।। त्वं
देव्यादिवराहेण रसायाः स्थानमिच्छता ।उद्धृतासि
नमस्तुभ्यं पाप्मानं मे प्रणाशय ॥ २७ ॥नेपाली भावानुवादः 'हे देवि (पृथ्वी) ! स्थानको इच्छा राख्ने
आदिबराहले रसातलबाट हजुरको उद्धार गर्नुभएको थियो । हजुरलाई नमस्कार छ, मेरा पापहरू नष्ट गरिदिनुहोस्' ।। २७ ।। निर्वर्तितात्म
नियमो देवं अर्चेत् समाहितः । अर्चायां
स्थण्डिले सूर्ये जले वह्नौ गुरौ अपि ॥ २८ ॥नेपाली भावानुवादः आफ्नो नित्यकर्म सकेर
एकाग्र चित्तले प्रतिमा, वेदी, सूर्य, जल, अग्नि वा गुरुमध्ये
कुनै एकमा भगवान्को यस प्रकार स्तुति गर्दै पूजा गर्नु ।। २८ ।। नमस्तुभ्यं
भगवते पुरुषाय महीयसे । सर्वभूतनिवासाय
वासुदेवाय साक्षिणे ॥ २९ ॥नेपाली भावानुवादः हे सर्वशक्तिमान् !
हजुर समस्त प्राणीमा निवास गर्ने वासुदेव र सबैको साक्षी हुनुहुन्छ । हजुर पूजनीय
पुरुषलाई मेरो नमस्कार छ ।। २९ ।। नमोऽव्यक्ताय
सूक्ष्माय प्रधानपुरुषाय च ।चतुर्विंशद्गुणज्ञाय
गुणसंख्यानहेतवे ॥ ३० ॥नेपाली भावानुवादः हजुर अव्यक्त, सूक्ष्म र प्रकृति-पुरुषका रूपमा हुनुहुन्छ ।
चौबीस गुणका ज्ञाता र साङ्ख्यशास्त्रका प्रवर्तक हजुरलाई मेरो नमस्कार छ ।। ३० ।। नमो
द्विशीर्ष्णे त्रिपदे चतुःश्रृंगाय तन्तवे । सप्तहस्ताय
यज्ञाय त्रयीविद्यात्मने नमः ॥ ३१ ॥नेपाली भावानुवादः दुई शिर (प्रायणीय र
उदयनीय इष्टि), तीन पाउ (सवन),
चार सिङ (वेद), सात हात (छन्द) भएका
यज्ञस्वरूप वेदप्रतिपादित हजुरलाई नमस्कार छ ।। ३१ ।। नमः
शिवाय रुद्राय नमः शक्तिधराय च । सर्वविद्याधिपतये
भूतानां पतये नमः ॥ ३२ ॥नेपाली भावानुवादः कल्याणकारी शिव, संहारकारी रुद्र र शक्तिधर हजुरलाई नमस्कार छ
। समस्त विद्याका अधिपति र भूतहरूका स्वामी हजुरलाई बारम्बार नमस्कार छ ।। ३२ ।। नमो
हिरण्यगर्भाय प्राणाय जगदात्मने । योगैश्वर्यशरीराय
नमस्ते योगहेतवे ॥ ३३ ॥नेपाली भावानुवादः जगतका आत्मा, प्राणस्वरूप हिरण्यगर्भ र योगको कारण तथा
योगैश्वर्यमय शरीर भएका हजुरलाई नमस्कार छ ।। ३३ ।। नमस्ते
आदिदेवाय साक्षिभूतया ते नमः । नारायणाय
ऋषये नराय हरये नमः ॥ ३४ ॥नेपाली भावानुवादः आदिदेव र सबैका साक्षी
हजुरलाई नमस्कार छ । नर-नारायण ऋषि र हरि रूप हजुरलाई मेरो नमस्कार छ ।। ३४ ।। नमो
मरकतश्याम वपुषेऽधिगतश्रिये ।केशवाय
नमस्तुभ्यं नमस्ते पीतवाससे ॥ ३५ ॥नेपाली भावानुवादः मरतकमणि झैँ श्याम
वर्ण भएका र लक्ष्मीको आश्रयस्थल केशव हजुरलाई नमस्कार छ । हे पीताम्बरधारी !
हजुरलाई नमस्कार छ ।। ३५ ।। त्वं
सर्ववरदः पुंसां वरेण्य वरदर्षभ ।अतस्ते
श्रेयसे धीराः पादरेणुं उपासते ॥ ३६ ॥नेपाली भावानुवादः हजुर सबैलाई वरदान
दिनेहरूमध्ये श्रेष्ठ हुनुहुन्छ । त्यसैले धीर पुरुषहरू आफ्नो कल्याणका लागि
हजुरको चरणकमलको धूलोको उपासना गर्दछन् ।। ३६ ।। अन्ववर्तन्त
यं देवाः श्रीश्च तत्पादपद्मयोः ।स्पृहयन्त
इवामोदं भगवान् मे प्रसीदताम् ॥ ३७ ॥नेपाली भावानुवादः जसको चरणको सुगन्धका
लागि लक्ष्मी र देवताहरू लालायित रहन्छन्,
उही भगवान् ममाथि प्रसन्न हुनुहोस् ।। ३७ ।। एतैः
मंत्रैः हृर्हृषीकेशं आवाहनपुरस्कृतम् । अर्चयेत्
श्रद्धया युक्तः पाद्योपस्पर्शनादिभिः ॥ ३८ ॥नेपाली भावानुवादः यी मन्त्रहरूद्वारा
भगवान् हृषीकेशको आवाहन गरी श्रद्धापूर्वक पाद्य,
आचमन आदिले पूजा गर्नुपर्दछ ।। ३८ ।। अर्चित्वा
गन्धमाल्याद्यैः पयसा स्नपयेद् विभुम् । वस्त्रोपवीताभरण
पाद्योपस्पर्शनैस्ततः ।गन्धधूपादिभिश्चार्चेद्
द्वादशाक्षरविद्यया ॥ ३९ ॥नेपाली भावानुवादः गन्ध, पुष्प र मालाले पूजा गरेपछि भगवान्लाई दूधले
स्नान गराउनु । त्यसपछि वस्त्र, यज्ञोपवीत, आभूषण, गन्ध र धूप आदि अर्पण गर्दै 'ॐ नमो भगवते वासुदेवाय' यो द्वादशाक्षर मन्त्रले
पूजा गर्नु ।। ३९ ।। श्रृतं
पयसि नैवेद्यं शाल्यन्नं विभवे सति । ससर्पिः
सगुडं दत्त्वा जुहुयान् मूलविद्यया ॥ ४० ॥नेपाली भावानुवादः सामर्थ्य भएमा दूधमा
पकाएको र घिउ-सख्खर मिसाइएको चामलको नैवेद्य अर्पण गर्नु र मूल मन्त्रले हवन गर्नु
।। ४० ।। निवेदितं
तद्भक्ताय दद्याद्भुञ्जीत वा स्वयम् ।दत्त्वाऽऽचमनमर्चित्वा
तांबूलं च निवेदयेत् ॥ ४१ ॥नेपाली भावानुवादः त्यो नैवेद्य भगवान्का
भक्तलाई दिनु वा आफूले खानु । त्यसपछि आचमन गराई ताली (पान) अर्पण गर्नु ।। ४१ ।। जपेत्
अष्टोत्तरशतं स्तुवीत स्तुतिभिः प्रभुम् ।कृत्वा
प्रदक्षिणं भूमौ प्रणमेद् दण्डवन्मुदा ॥ ४२ ॥नेपाली भावानुवादः मन्त्रलाई १०८ पटक जप
गर्नु र स्तुति गर्नु । त्यसपछि प्रदक्षिणा गरी जमिनमा दण्डवत् प्रणाम गर्नु ।। ४२
।। कृत्वा
शिरसि तच्छेषां देवं उद्वासयेत् ततः ।द्व्यवरान्
भोजयेद् विप्रान् पायसेन यथोचितम् ॥ ४३ ॥नेपाली भावानुवादः प्रसादलाई शिरमा लगाएर
देव विसर्जन गर्नु र कम्तीमा दुईजना ब्राह्मणलाई खिरको भोजन गराउनु ।। ४३ ।। भुञ्जीत
तैरनुज्ञातः सेष्टः शेषं सभाजितैः ।ब्रह्मचार्यथ
तद् रात्र्यां श्वो भूते प्रथमेऽहनि ॥ ४४ ॥स्नातः
शुचिर्यथोक्तेन विधिना सुसमाहितः ।पयसा
स्नापयित्वार्चेद् यावद् व्रतसमापनम् ॥ ४५ ॥नेपाली भावानुवादः ब्राह्मणको अनुमति
लिएर इष्टमित्रका साथ भोजन गर्नु । राति ब्रह्मचर्य पालन गर्नु र भोलिपल्ट बिहानै
स्नान गरी व्रत नसकिउन्जेल प्रतिदिन दूधले स्नान गराई भगवान्को पूजा गर्नु ।।
४४-४५ ।। पयोभक्षो
व्रतमिदं चरेत् विष्णु अर्चनादृतः ।पूर्ववत्
जुहुयादग्निं ब्राह्मणांश्चापि भोजयेत् ॥ ४६ ॥नेपाली भावानुवादः केवल दूध मात्र पिएर
विष्णुको आराधना गर्दै यो व्रत बस्नु । पहिले झैँ हवन र ब्राह्मण भोजन गराइरहनु ।।
४६ ।। एवं
तु अहः अहः कुर्याद् द्वादशाहं पयोव्रतम् ।हरेः
आराधनं होमं अर्हणं द्विजतर्पणम् ॥ ४७ ॥नेपाली भावानुवादः यस प्रकार बाह्र
दिनसम्म प्रतिदिन भगवान्को आराधना,
होम, पूजा र ब्राह्मण तृप्ति गराउनु ।। ४७ ।। प्रतिपत्-दिनं
आरभ्य यावत् शुक्लत्रयोदशीम् । ब्रह्मचर्यमधःस्वप्नं
स्नानं त्रिषवणं चरेत् ॥ ४८ ॥नेपाली भावानुवादः फागुन शुक्ल
प्रतिपदादेखि त्रयोदशीसम्म ब्रह्मचर्यमा रहनु,
भुइँमा सुत्नु र त्रिकाल स्नान गर्नु ।। ४८ ।। वर्जयेत्
असद् आलापं भोगान् उच्चावचान् तथा । अहिंस्रः
सर्वभूतानां वासुदेवपरायणः ॥ ४९ ॥नेपाली भावानुवादः नराम्रो कुरा नगर्नु, भोगविलास त्याग्नु, अहिंसा
पालन गर्नु र केवल वासुदेवको चिन्तनमा रहनु ।। ४९ ।। त्रयोदश्यां
अथो विष्णोः स्नपनं पञ्चकैर्विभोः । कारयेत्
शास्त्रदृष्टेन विधिना विधिकोविदैः ॥ ५० ॥नेपाली भावानुवादः त्रयोदशीको दिन विधान
जान्ने ब्राह्मणद्वारा शास्त्रोक्त विधिले पञ्चामृतद्वारा भगवान्को स्नान गराउनु
।। ५० ।। पूजां
च महतीं कुर्यात् वित्त शाठ्य विवर्जितः ।चरुं
निरूप्य पयसि शिपिविष्टाय विष्णवे ॥ ५१ ॥नेपाली भावानुवादः कन्जुस्याइँ नगरी
श्रद्धापूर्वक महापूजा गर्नु र दूधमा पकाएको चरु (खिर) भगवान् विष्णुलाई अर्पण
गर्नु ।। ५१ ।। श्रृतेन
तेन पुरुषं यजेत सुसमाहितः ।नैवेद्यं
चातिगुणवद् दद्यात् पुरुषतुष्टिदम् ॥ ५२ ॥नेपाली भावानुवादः त्यस पकाइएको चरुले
एकाग्र भई यज्ञ गर्नु र भगवान्लाई सन्तोष दिने उत्तम नैवेद्यहरू अर्पण गर्नु ।। ५२
।। आचार्यं
ज्ञानसम्पन्नं वस्त्राभरणधेनुभिः ।तोषयेत्
ऋत्विजश्चैव तद् विद्धि आराधनं हरेः ॥ ५३ ॥नेपाली भावानुवादः ज्ञानसम्पन्न आचार्य र
ऋत्विजहरूलाई वस्त्र, आभूषण र गाई दिएर
सन्तुष्ट पार्नु । यसैलाई भगवान्को वास्तविक आराधना सम्झनु ।। ५३ ।। भोजयेत्
तान्गुणवता सदन्नेन शुचिस्मिते । अन्याँश्च
ब्राह्मणान् शक्त्या ये च तत्र समागताः ॥ ५४ ॥नेपाली भावानुवादः हे सुस्मिते ! ती
ब्राह्मण र अन्य आगन्तुकहरूलाई पनि सामर्थ्यअनुसार शुद्ध र गुणकारी भोजन गराउनु ।।
५४ ।। दक्षिणां
गुरवे दद्याद् ऋत्विग्भ्यश्च यथार्हतः ।अन्नाद्येन
अश्वपाकांश्च प्रीणयेत् समुपागतान् ॥ ५५ ॥भुक्तवत्सु
च सर्वेषु दीनान्ध कृपणादिषु ।विष्णोस्तत्
प्रीणनं विद्वान् भुञ्जीत सह बन्धुभिः ॥ ५६ ॥नेपाली भावानुवादः गुरु र ऋत्विजलाई
यथायोग्य दक्षिणा दिनु । चाण्डाल, दीन, अन्धा र दुःखीहरूलाई पनि अन्नले तृप्त पार्नु ।
ती सबैमा भगवान्को बास छ भन्ने सम्झेर अन्तमा आफू र आफ्ना दाजुभाइ मिलेर भोजन
गर्नु ।। ५५-५६ ।। नृत्यवादित्रगीतैश्च
स्तुतिभिः स्वस्तिवाचकैः । कारयेत्
तत्कथाभिश्च पूजां भगवतोऽन्वहम् ॥ ५७ ॥नेपाली भावानुवादः नाच-गान,
बाजागाजा, स्तुति र भगवान्को कथा सुन्दै
प्रतिदिन आराधना गर्नु ।। ५७ ।। एतत्
पयोव्रतं नाम पुरुषाराधनं परम् । पितामहेनाभिहितं
मया ते समुदाहृतम् ॥ ५८ ॥नेपाली भावानुवादः यसको नाम 'पयोव्रत' हो, जुन पुरुषोत्तमको आराधना गर्ने सर्वश्रेष्ठ उपाय हो । ब्रह्माजीले मलाई
भनेअनुसार नै मैले तिमीलाई बताएँ ।। ५८ ।। त्वं
चानेन महाभागे सम्यक् चीर्णेन केशवम् । आत्मना
शुद्धभावेन नियतात्मा भजाव्ययम् ॥ ५९ ॥नेपाली भावानुवादः हे महाभागे ! अब तिमी संयमित भएर शुद्ध भावले
अविनाशी भगवान् केशवको यो व्रत अनुष्ठान गर ।। ५९ ।। अयं
वै सर्वयज्ञाख्यः सर्वव्रतमिति स्मृतम् ।तपःसारं
इदं भद्रे दानं च ईश्वरतर्पणम् ॥ ६० ॥नेपाली भावानुवादः कल्याणी ! यो व्रत सबै यज्ञको सार र सबै व्रतको
शिरोमणि हो । यही नै परम तपस्या, वास्तविक दान र ईश्वरलाई प्रसन्न पार्ने माध्यम हो ।। ६० ।। ते
एव नियमाः साक्षात् ते एव च यमोत्तमाः । तपो
दानं व्रतं यज्ञो येन तुष्यति अधोक्षजः ॥ ६१ ॥नेपाली भावानुवादः जुन कर्मले भगवान्
प्रसन्न हुनुहुन्छ, त्यही नै वास्तविक
नियम, यम, तप, दान,
व्रत र यज्ञ हो ।। ६१ ।। तस्मात्
एतद्व्रतं भद्रे प्रयता श्रद्धयाचर । भगवान्
परितुष्टस्ते वरानाशु विधास्यति ॥ ६२ ॥नेपाली भावानुवादः त्यसैले हे भद्रे ! पूर्ण श्रद्धाका साथ यो व्रत
गर । भगवान् तिमीसँग प्रसन्न भई तिम्रो इच्छा अवश्य पूरा गरिदिनुहुनेछ ।। ६२ ।। इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे अदितिपयोव्रतकथनं नाम षोडशोऽध्यायः ॥ १६ ॥
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको अष्टम स्कन्धको सत्रौँ अध्यायमा माता अदितिले भगवान् विष्णुको आराधना गरी पाएको वरदान र वामन अवतारको पृष्ठभूमिको वर्णन गरिएको छ। दैत्यराज बलिले स्वर्ग कब्जा गरेपछि देवताहरू असहाय भएका थिए। आफ्ना छोराहरूको यो दुर्गति देखेर माता अदिति अत्यन्त दुःखी भइन्। उनले आफ्ना पति महर्षि कश्यपसँग यस समस्याको समाधान मागिन्। कश्यप ऋषिको सल्लाह अनुसार अदितिले फाल्गुन शुक्ल पक्षको प्रतिपदादेखि द्वादशीसम्म १२ दिन 'पयोव्रत' को कठोर अनुष्ठान गरिन्। यस व्रतमा उनले केवल दूध मात्र सेवन गरी एकाग्र चित्तले भगवान् विष्णुको ध्यान गरिन्। उनको भक्ति र नियमबाट प्रसन्न भई भगवान् विष्णु शङ्ख, चक्र, गदा र पद्म धारण गरी चतुर्भुज रूपमा प्रकट हुनुभयो। भगवान्को दिव्य स्वरूप देखेर अदिति भावविह्वल भइन् र उनको आँखाबाट आनन्दको आँसु बग्यो। उनले गद्गद वाणीमा भगवान्को स्तुति गर्दै आफ्ना छोराहरूको राज्य फिर्ता गराइदिन प्रार्थना गरिन्। भगवान्ले अदितिको मनको कुरा बुझेर उनीमाथि अनुग्रह गर्ने वचन दिनुभयो। भगवान्ले भन्नुभयो कि अहिले असुरहरू शक्तिशाली छन् र उनीहरूलाई ब्राह्मणहरूको साथ छ, त्यसैले सिधै युद्ध गर्नु उचित छैन। तर आफ्नो भक्तको पुकार सुन्नु भगवान्को स्वभाव भएकाले उहाँले अदितिको गर्भबाट अवतार लिने घोषणा गर्नुभयो। भगवान्ले अदितिलाई पति कश्यपको सेवा गर्न र यो रहस्य गोप्य राख्न आज्ञा दिनुभयो। कश्यप ऋषिले आफ्नो योगबलद्वारा भगवान् आफ्नो अंशका रूपमा आफूभित्र प्रविष्ट भएको थाहा पाए। त्यसपछि कश्यपजीले त्यो दिव्य शक्ति अदितिको गर्भमा स्थापित गर्नुभयो। जब ब्रह्माजीले भगवान् अदितिको गर्भमा आउनुभएको थाहा पाउनुभयो, तब उहाँले गर्भस्तुति गर्नुभयो। ब्रह्माजीले भगवान्लाई सृष्टिको आदि, मध्य र अन्तको रूपमा वर्णन गर्दै स्तुति गर्नुभयो। उहाँले भगवान् नै संसारको एक मात्र उद्धारक र कालको रूपमा सबैलाई नियन्त्रण गर्ने शक्ति भएको बताउनुभयो। यो अध्यायले भगवान् आफ्ना भक्तहरूको दुःख निवारण गर्न कसरी अवतार लिनुहुन्छ भन्ने कुरा पुष्टि गर्दछ। यसरी वामन अवतारको लागि दिव्य आधार तयार भएको यस कथाले स्पष्ट पार्दछ। अन्ततः भगवान्ले अदितिको कोखबाट वामन रूपमा जन्म लिई देवताहरूको उद्धार गर्नुभयो।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो छ। यसले 'भक्ति' र 'शरणगति' को महिमालाई उजागर गर्दछ। पहिलो पक्ष, भगवान् अन्तर्यामी हुनुहुन्छ, उहाँले भक्तको इच्छा उनीहरूले नभन्दै बुझ्नुहुन्छ भन्ने कुरालाई यसले पुष्टि गर्छ। दोस्रो, यसले 'काल' को महत्त्व दर्शाउँछ; भगवान्ले पनि असुरहरू बलियो भएको बेला धैर्य गर्न र उपयुक्त समय पर्खन सल्लाह दिनुहुन्छ, जसले समयको शक्तिलाई बुझाउँछ। तेस्रो, यसले ईश्वरको सर्वव्यापकता र 'निर्गुण' ईश्वर कसरी भक्तको प्रेमका कारण 'सगुण' रूपमा प्रकट हुनुहुन्छ भन्ने देखाउँछ। चौथो, यसमा गरिएको ब्रह्माजीको स्तुतिले ईश्वरलाई सृष्टिको निमित्त र उपादान दुवै कारण मान्छ। पाँचौँ, यसले 'पयोव्रत' मार्फत इन्द्रिय निग्रह र तपस्याको आध्यात्मिक महत्त्वलाई प्रकाश पार्छ। छैटौँ, दार्शनिक दृष्टिले ईश्वर र जीवको सम्बन्धलाई यसले प्रेम र सेवाको सम्बन्धका रूपमा व्याख्या गर्छ। सातौँ, यसले धर्मको रक्षाका लागि ईश्वर आफैँ मानवरूपमा आउने 'अवतारवाद' को सिद्धान्तलाई पुष्टि गर्दछ। आठौँ, यसले देखाउँछ कि जब ब्राह्मण शक्ति र दैवीय कृपा एकसाथ हुन्छ, तब मात्र विजय सम्भव छ। नवौँ, यो अध्यायले कर्मकाण्ड (व्रत) र ज्ञान (ब्रह्माको स्तुति) को सुन्दर समन्वय प्रस्तुत गर्दछ। दशौँ, यसको सार यो हो कि संसारमा जतिसुकै दुःख र अधर्म फैलिए पनि परम सत्य (ईश्वर) सधैँ सत्यको पक्षमा रहन्छ।
No comments:
Post a Comment