#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

नवमः स्कंधः - एकोनविंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
नवमः स्कंधः - एकोनविंशोऽध्यायः

ययातेर्गृहत्यागः -


श्रीशुक उवाच 
स इत्थमाचरन् कामान् स्त्रैणोऽपह्नवमात्मनः । 
बुद्ध्वा प्रियायै निर्विण्णो गाथामेतामगायत ॥ १ ॥ 

श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! राजा ययाति यसरी स्त्रीको बसमा रहेर विषयका भोग गरेर रहे । एकदिन उनलाई जब आफ्नो पतनको बाटो आएको देखे तब उनलाई वैराग्या आयो त्यसपछि देवयानीलाई यो बखान सुनाए ।।१।।

श्रृणु भार्गव्यमूं गाथां मद्विधाचरितां भुवि । 
धीरा यस्यानुशोचन्ति वने ग्रामनिवासिनः ॥ २ ॥ 

भृगुनन्दिनी ! तिमी यो इतिहास सुुन, पृथ्वीमा म समानका विषयीलाई यो इतिहास सत्य र मल्दोजुल्दो हुन्छ । कुरा के हो भने बनमा बस्ने जितेन्द्रिय पुरुषहरुले गाउँमा बस्ने विषयी पुरुषको दुःख देखेर यिनीहरुको कल्याण कसरी होला भनेर विचार गरे ।।२।।

बस्त एको वने कश्चिद् विचिन्वन् प्रियमात्मनः । 
ददर्श कूपे पतितां स्वकर्मवशगामजाम् ॥ ३ ॥ 

एउटा बाख्रो थियो उ वनमा आफुलाई मनपर्ने वस्तुको खोजिको लागि घुमिरहेको बेलामा जंगलमा एक्लै भेट्टायो । उसले त्यहाँ एउटी बाख्री आफ्नो कर्मका कारण कुवामा खसेको देख्यो ।।३।।

तस्या उद्धरणोपायं बस्तः कामी विचिन्तयन् । 
व्यधत्त तीर्थमुद्‌धृत्य विषाणाग्रेण रोधसी ॥ ४ ॥ 

त्यो बाख्रो धेरै कामुक थियो । उसले त्यो बाख्रालाई कसरी इनारबाट निकाल्ने भनेर सोच्न थाल्यो । उसले आफ्नो सिङले इनारको छेउमा जमिन खनेर बाटो बनाइदियो ।।४।। 

सोत्तीर्य कूपात् सुश्रोणी तमेव चकमे किल । 
तया वृतं समुद्वीक्ष्य बह्व्योऽजाः कान्तकामिनीः ॥ ५ ॥ 

पीवानं श्मश्रुलं प्रेष्ठं मीढ्वांसं याभकोविदम् । 
स एकोऽजवृषस्तासां बह्वीनां रतिवर्धनः । 
रेमे कामग्रहग्रस्त आत्मानं नावबुध्यत ॥ ६ ॥ 

जब त्यो कुवाबाट निक्लिएकी सुन्दर बाख्री इनारबाट बाहिर आइ तब उसले त्यो बाख्रालाई पति बनाउन चाही । त्यो दाह्री र कपाल मिलेको बाख्रा स्वस्थ, हृष्टपुष्ट र जवान देखिन्थ्यो ।  बाख्रीहरूलाई मनपर्ने, हिँड्न माहिर र धेरै प्यारो थियो । जब अरु बाख्राहरूले इनारमा खसेकी बाख्रीलाई प्रेम गर्न लागेको थाहा पए तब उनीहरूले पनि उसलाई आफ्नो पति बनाए । उनीहरु त पहिलेदेखि नै आफनो पतिको खोजीमा थिए । अब कामरूप पिशाच त्यो बाख्राको टाउकोमा सवार भयो । ऊ धेरै बाख्रा लिएर एक्लै घुम्न थाल्यो र सबै होश गुमायो ।।५–६।।

तमेव प्रेष्ठतमया रममाणमजान्यया । 
विलोक्य कूपसंविग्ना नामृष्यद् बस्तकर्म तत् ॥ ७ ॥ 

त्यो इनार बाट निकालिएकी बाख्रले आफ्नो पतिले अरु बाख्रीहरुसंग बिहार गरेको देखि तब उसले त्यो कुरालाई सहन सकिन ।।७।। 

तं दुर्हृदं सुहृद्‌रूपं कामिनं क्षणसौहृदम् । 
इन्द्रियाराममुत्सृज्य स्वामिनं दुःखिता ययौ ॥ ८ ॥ 

यो पति बाख्रो धेरै कामुक छ यसको कुनै भरोसा छैन किनकि यो साथीको रुपमा  शत्रुको काम गरिरहेको छ । यस्तो सोचेर त्यो बाख्री त्यो कामुक बाख्रालाई छोडेर दुःखी हुँदै आफुलाई पाल्ने मालिक कहाँ गई ।।८।। 

सोऽपि चानुगतः स्त्रैणः कृपणस्तां प्रसादितुम् । 
कुर्वन्निडविडाकारं नाशक्नोत् पथि संधितुम् ॥ ९ ॥ 

त्यो दीन कामुक बाख्राले उसलाई मनाउन म्या–म्या भन्दै उनको पछि लाग्यो तर उसले बाटोमा मनाउन सकेनन् ।।९।।  

तस्य तत्र द्विजः कश्चिदजास्वाम्यच्छिनद् रुषा । 
लम्बन्तं वृषणं भूयः सन्दधेऽर्थाय योगवित् ॥ १० ॥ 

त्यो बाख्राको मालिक ब्राह्मण थियो उनले रिसाएर उनले बाख्राको अण्डकोष काटिदिए । फेरी त्यो बाख्रीको भलाइ गर्न उसले फेरि अण्डकोष जोडिदियो उनलाई यस्ता धेरै उपायहरुको बारेमा थाहा थियो ।।१०।। 

सम्बद्धवृषणः सोऽपि ह्यजया कूपलब्धया । 
कालं बहुतिथं भद्रे कामैर्नाद्यापि तुष्यति ॥ ११ ॥ 

हे प्रिये ! यसरी अण्डकोष जोडिएपछि बाख्राले धेरै दिनसम्म इनारबाट निस्केको बाख्री सँग विषय भोग गरिरह्यो तर आजसम्म पनि उसलाई सन्तुष्टी मिलेन ।।११।। 

तथाहं कृपणः सुभ्रु भवत्याः प्रेमयन्त्रितः । 
आत्मानं नाभिजानामि मोहितस्तव मायया ॥ १२ ॥ 

सुन्दर ! म पनि यस्तै अवस्थामा छु । म पनि तिम्रो मायाको बन्धनमा परेर अत्यन्त दीन भएँ । तिम्रो मायामा मोहित भएर मैले आफैलाई पनि बिर्से छु । 

यत् पृथिव्यां व्रीहियवं हिरण्यं पशवः स्त्रियः । 
न दुह्यन्ति मनःप्रीतिं पुंसः कामहतस्य ते ॥ १३ ॥ 

प्रिये ! पृथ्वीमा भएका सबै अन्न (चामल, जौ आदि), सुन, पशु र स्त्रीहरु– यी सबै मिल्दा पनि विषयको प्रहारबाट जर्जर भएका मानिसहरु सन्तुष्ट हुन सक्दैनन् ।।१३।।
 
न जातु कामः कामानामुपभोगेन शाम्यति । 
हविषा कृष्णवर्त्मेव भूय एवाभिवर्धते ॥ १४ ॥ 

विषयको भोगले मानिसको काम वासना कहिल्यै मेटाउन सकिँदैन । बरु, आगोमा घिउ हाल्दा आगो झन दन्केर बल्छ त्यसरी नै त्यसरी नै सुख भोगको कामनाले यो भोग झन बढेर आउँछ ।।१४।। 

यदा न कुरुते भावं सर्वभूतेष्वमङ्‌गलम् । 
समदृष्टेस्तदा पुंसः सर्वाः सुखमया दिशः ॥ १५ ॥ 

जब मानिसमा कुनै प्राणी वा कुनै पनि वस्तुप्रति आसक्ति वा द्वेषको भावना हुँदैन, तब ऊ समदर्शी बन्दछ र सबै दिशाहरू उसको लागि सुखद हुन्छन् ।।१५

या दुस्त्यजा दुर्मतिभिः जीर्यतो या न जीर्यते । 
तां तृष्णां दुःखनिवहां शर्मकामो द्रुतं त्यजेत् ॥ १६ ॥ 

विषय तृष्णा नै दुःख उत्पत्तिको कारण हो मन्दबुध्दि भएका व्यक्तिहरूले यसलाई ठूलो कठिनाइमा छोड्न सक्छन् । शरीर बुढो हुँदै जान्छ तर इच्छा र कामनाहरु दिनदिनै नयाँ रहन्छन् । त्यसैले आफ्नो कल्याण चाहनेले यो तृष्णा जतिसक्दो चाँडो त्याग्नु पर्छ ।।१६।।

मात्रा स्वस्रा दुहित्रा वा नाविविक्तासनो भवेत् । 
बलवानिन्द्रियग्रामो विद्वांसमपि कर्षति ॥ १७ ॥ 

अरु त के कुरा – आफ्नी आमा, बहिनी वा छोरीसँग पनि एक्लै ठाउँमा बस्नु हुँदैन । इन्द्रियहरू यति बलबान् छन् कि ठूला–ठूला विद्वानहरूलाई पनि विचलित गरिदिन्छन् ।।१७।।

पूर्णं वर्षसहस्रं मे विषयान् सेवतोऽसकृत् । 
तथापि चानुसवनं तृष्णा तेषूपजायते ॥ १८ ॥ 

बारम्बार इंद्रिय सुख उपभोग गर्दागर्दै मैले एक हजार वर्ष पूरा गरेको छु, तर पनि ती भोगको चाहना हरेक पाइला पाइलामा बढिरहेको छ ।।१८।। 

तस्मादेतामहं त्यक्त्वा ब्रह्मण्यध्याय मानसम् । 
निर्द्वन्द्वो निरहंकारश्चरिष्यामि मृगैः सह ॥ १९ ॥ 

तसर्थ अब म आफ्नो काम वासना र तृष्णालाई त्यागेर आफ्नो तन्तःकरण ईश्वरमा समर्पण गर्नेछु र चिसो–ताप सुख–दुःख आदि भावनाबाट माथि उठेर अहंकारबाट मुक्त भएर मृगहरूका साथमा वनमा विचरण गर्नेछु ।। १९।। 

दृष्टं श्रुतमसद् बुद्ध्वा नानुध्यायेन्न सन्दिशेत् । 
संसृतिं चात्मनाशं च तत्र विद्वान् स आत्मदृक् ॥ २० ॥ 

यो लोक र परलोक दुबैको भोग असत छ भन्ने सोचेर यिनको चिन्तन गर्दा मात्र मृत्युलोक प्राप्त हुन्छ र भोग गर्दा मात्र विनाश हुन्छ भन्ने बुझ्नुपर्छ । वास्तवमा, तिनीहरूका रहस्यहरू जान्ने र तिनीहरूबाट टाढा रहने व्यक्तिलाई मात्र आत्मज्ञान प्राप्त हुन्छ ॥ २० ॥ 

इत्युक्त्वा नाहुषो जायां तदीयं पूरवे वयः । 
दत्त्वा स्वां जरसं तस्मादाददे विगतस्पृहः ॥ २१ ॥ 

हे परीक्षित ! ययातिनाले आफ्नी पत्नीलाई यो कुरा भन्दै पुरुको युवावस्था उनलाई फर्काइदिए र उनको बुढ्यौली उनीबाट आफुमा फिर्ता लिए ।।२१।।

दिशि दक्षिणपूर्वस्यां द्रुह्युं दक्षिणतो यदुम् । 
प्रतीच्यां तुर्वसुं चक्र उदीच्यामनुमीश्वरम् ॥ २२ ॥ 

यो कारणले गर्दा उसको मनमा विषय वासनाको कामना भएन यसपछि उनले दक्षिण–पूर्वमा द्रुह्यु, दक्षिणमा यदु, पश्चिममा तुर्वसु र उत्तरमा अनुलाई राज्य दिए ।।२२।।

भूमण्डलस्य सर्वस्य पूरुमर्हत्तमं विशाम् । 
अभिषिच्याग्रजांस्तस्य वशे स्थाप्य वनं ययौ ॥ २३ ॥ 

भूमण्डलको राज्यमा आफ्ना सबैभन्दा योग्य पुरुलाई आफ्नो राज्यमा अभिषेक गरी अरु ठूला भाइहरूलाई उनको अधीनमा राखेर उनी वनमा गए ।।२३।।

आसेवितं वर्षपूगान् षड्वर्गं विषयेषु सः । 
क्षणेन मुमुचे नीडं जातपक्ष इव द्विजः ॥ २४ ॥ 

राजा ययातिले धेरै वर्षसम्म इन्द्रियले विषयको सुख भोगेको भए पनि जसरी पखेटा पलाएपछि चराले आफ्नो गुँड छाडिदिन्छ त्यसरी नै एकैक्षणमा राजाले सबै कुरा त्यागिदिए ।।२४।। 

स तत्र निर्मुक्तसमस्तसङ्‌ग 
             आत्मानुभूत्या विधुतत्रिलिंङ्‌गः । 
परेऽमले ब्रह्मणि वासुदेवे 
             लेभे गतिं भागवतीं प्रतीतः ॥ २५ ॥ 

वनमा गएर राजा ययाति सबै मोहबाट मुक्त भए । आत्मबोधले उनको त्रिगुणमय लिंग शरीर नष्ट भयो । मायामल बाट मुक्त परम भगवान वासुदेवमा लीन भएर उनले भगवती गति प्राप्त गरे, जुन भगवान्का ठुला ठुला भक्तहरुले प्राप्त गर्छन् ।।२५।।

श्रुत्वा गाथां देवयानी मेने प्रस्तोभमात्मनः । 
स्त्रीपुंसोः स्नेहवैक्लव्यात् परिहासमिवेरितम् ॥ २६ ॥ 

जब देवयानिले यो बखान सुनिन तब उनले मलाई ख्याल ठट्टा मा नै मोक्षमार्गमा प्रवृत्ति हुन प्रोत्साहन गरिरहेका छन् भन्ने बुझिन् किनकि स्त्री पुरुष आपसी प्रेममा विच्द्धेद हुँदा दुःखी हुन्छन् भनेर यो सुनएका  हुन् भन्ने सोचिन् ।।२६।।

सा सन्निवासं सुहृदां प्रपायामिव गच्छताम् । 
विज्ञायेश्वर तन्त्राणां मायाविरचितं प्रभोः ॥ २७ ॥ 

सर्वत्र सङ्‌गमुत्सृज्य स्वप्नौपम्येन भार्गवी । 
कृष्णे मनः समावेश्य व्यधुनोल्लिङ्‌गमात्मनः ॥ २८ ॥ 

आफन्तहरु, सम्बन्धिहरु यी सबै ईश्वरका अधिनमा छन् । चौतारामा एकैछिन जम्मा भएर भेटे जस्तै हो भन्ने यस्तो कुरा बुझेर देवयानीले सबै आसक्तिलाई त्यगिन र आफ्नो मन भगवान् श्रीकृष्णमा एकाग्र गरिन् र यो बन्धन रुप शरीरलाई त्यागिदिन् ।।२७–२८।।

नमस्तुभ्यं भगवते वासुदेवाय वेधसे । 
सर्वभूताधिवासाय शान्ताय बृहते नमः ॥ २९ ॥ 

यस बेलामा उनले भगवानलाई नमस्कारे गरेर भनिन्– सम्पूर्ण विश्वका रचयिता र सम्पूर्ण प्राणिहरुका आधार शान्त र सर्वशक्तिमान स्वरुप भगवान वासुदेवलाई म नमस्कार गर्दछु ।।२९।।

इति श्रीमद्भाेगवते महापुराणे पारमहंस्यां 
संहितायां नवमस्कन्धे एकोनविंशोऽध्यायः ॥ १९ ॥