#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – त्रयोदशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – त्रयोदशोऽध्यायः


(अनुष्टुप्)
शुक उवाच–
साधु पृष्टं महाभाग त्वया भागवतोत्तम ।
यन्नूतनयसीशस्य शृण्वन्नपि कथां मुहुः ॥१॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! तपाईं धेरै भाग्यमानी हुनुहुन्छ । भक्तहरूमा तपाईको स्थान श्रेष्ठ छ । त्यसैले तपाईले भगवानका लीला कथाहरू पटक पटक सुनेर पनि फेरी त्यही कथा सुन्नका लागि सुन्दर प्रश्न गर्नुभयो ।।१।। 

(मिश्र)
सतामयं सारभृतां निसर्गो
     यदर्थवाणीश्रुतिचेतसामपि ।
प्रतिक्षणं नव्यवदच्युतस्य यत्
     स्त्रियां विटानामिव साधु वार्ता ॥२॥

जसरी कामुक पुरुषका अगाडि महिलाहरुको चर्चा गर्दा नयाँ नयाँ अनुभव हुन्छ त्यसरी नै कान भगवान्को गुण कथा सुन्ने, गाउने र मन चिन्तनमा लगाउने तत्वग्राही सज्जनहरुका लागि भगवान्को सुन्दर कथाहरु सधैं नयाँ लाग्छ ।।२।।
(अनुष्टुप्)

शृणुष्वावहितो राजन् अपि गुह्यं वदामि ते ।
ब्रूयुः स्निग्धस्य शिष्यस्य गुरवो गुह्यमप्युत ॥३॥

हे परीक्षित ! भगवानको यो लीला अत्यन्त रहस्यमयी छ तापनि म तपाईलाई सुनाउँछु सावधान भएर सुन्नुहोस । किनभने गुरुमा श्रध्दाभाव राख्ने प्यारो शिष्यहरुलाई गुरुले गुह्य रहस्य पनि बताइदिन्छन् ।।३।। 

तथाघवदनान्मृत्यो रक्षित्वा वत्सपालकान् ।
सरित्पुलिनमानीय भगवानिदमब्रवीत् ॥४॥

मैले तपाईलाई पहिल्यै बताए अनुसार भगवान श्रीकृष्णले बाच्छा र आफ्ना साथी गोप बालक मृत्यु स्वरूप अघासुरको मुखबाट बचाएर यमुनाकोतिरमा ल्याएर भन्नलाग्नुभयो– ।।४।। 
(वंशस्था)

अहोऽतिरम्यं पुलिनं वयस्याः
     स्वकेलिसम्पन्मृदुलाच्छवालुकम् ।
स्फुटत्सरोगन्धहृतालिपत्रिक–
     ध्वनिप्रतिध्वानलसद्द्रुमाकुलम् ॥५॥

मेरा प्रिय साथीहरू ! हेर यो मुनाजीको यो तट निकै सुन्दर छ । यहाँका बालुवा कति नरम र सफा छन्, हामीलाई खेल्नका लागि सबै सामग्रीहरू यहाँ उपलब्ध छन् । यहाँ पोखरीमा फुलेका रंगीन कमलका फूलहरुबाट आकर्षित भएर भ्रवराहरु भूं भूं गरिरहेकाछन् । वनमा अनेक फूल फुलिरहेका छन् र भ्रवराहरू तिनीहरूको सुगन्धले आकर्षित भएर गुन्जिरहेका छन् भने अर्को तर्फ सुन्दर चराहरूको मिठो बोलिको चिरबिरले यहाँका सुन्दर वृक्षहरूको सौन्दर्य बढाइरहेको छ ।।५।। 

(अनुष्टुप्)
अत्र भोक्तव्यमस्माभिर्दिवारूढं क्षुधार्दिताः ।
वत्साः समीपेऽपः पीत्वा चरन्तु शनकैस्तृणम् ॥६॥

साथीहरु अब दिन बितिसकेकोले हामीले यही भोजन गर्नुपर्छ किनकि हामी भोकले सताइसकेको छ । अब हामीले यहाँ खाना खानुपर्छ; बाच्छाहरूले पानी पिएर बिस्तारै नजिकैको हरियो घाँसमा चरुन् ।।६।।

तथेति पाययित्वार्भा वत्सानारुध्य शाद्वले ।
मुक्त्वा शिक्यानि बुभुजुः समं भगवता मुदा ॥७॥

यो कुरा सुनेर बालकहरूले एक स्वरमा ठीक छ भनेर बाच्छालाई पानी दिएर हरियो चउरमा छोडिदिए अनि आ–आफ्ना खाजाको पोका खेलेर भगवान श्रीकृष्ण नजिकै बसेर खाजा खान थाले ।।७।। 

(मिश्र)
कृष्णस्य विष्वक् पुरुराजिमण्डलै–
     रभ्याननाः फुल्लदृशो व्रजार्भकाः ।
सहोपविष्टा विपिने विरेजु–
     श्छदा यथाम्भोरुहकर्णिकायाः ॥८॥

त्यतिबेला भगवान श्रीकृष्ण सबैको बिचमा बस्नुभयो, गोठालाहरूले उहाँको वरिपरि गोलाकार भएर वहाँतिर मुख फर्काएर बसे । सबैका आँखा प्रफुल्ल थिए । यसरी बस्दा जसरी कमलको फूल वरिपरि रहेका पातले शोभा पाउँछ त्यसरीनै कृष्ण नजिक रहेका ती बालकहरुको सुन्दर शोभा थियो ।।८।। 

 (अनुष्टुप्)
केचित् पुष्पैर्दलैः केचित् पल्लवैरङ्‌कुरैः फलैः ।
शिग्भिस्त्वग्भिर्दृषद्‌भिश्च बुभुजुः कृतभाजनाः ॥९॥

कसैले फूलमा, कसैले पातमा, कसैले अंकुरमा, कोही फलमा कोही बोक्रामा त कोहीले ढुङ्गामा राखेर खाजा खान थाले ।।९।।

सर्वे मिथो दर्शयन्तः स्वस्वभोज्यरुचिं पृथक् ।
हसन्तो हासयन्तश्चाभ्यवजह्रुः सहेश्वराः ॥१०॥

ती गोप बालकहरूले आ–आफ्नो रुचि अनुसार फरक फरक तरिकाले कोही हाँस्ने, कोही हसाँउने गरी खाजा खान थाले ।।१०।। 

(मंदाक्रांता)
बिभ्रद् वेणुं जठरपटयोः शृङ्‌गवेत्रे च कक्षे ।
     वामे पाणौ मसृणकवलं तत्फलान्यङ्‌गुलीषु ।
तिष्ठन् मध्ये स्वपरिसुहृदो हासयन् नर्मभिः स्वैः
     स्वर्गे लोके मिषति बुभुजे यज्ञभुग् बालकेलिः ॥११॥

त्यसबेला यज्ञका भोक्ता भगवान् श्री कृष्णको आकर्षण फरक ढंगको थियो । वहाँले आफ्नो कम्मरमा फटुकाको दुई फेरोको बिचमा बाँसुरी घुसार्नु भएको थियो । काखीमा सिंगको बाजा र वेतको लौरी च्याप्नु भएको थियो । दाहिने हातमा ठुलो गाँस लिनुभएको थियो भने देव्रे हातमा फलहरु लिनुभएको, आफु ग्वालाहरुको बिचमा बसेर वरिपरि रहेका बालकहरुसंग ठट्टा गर्दै भोजन गरिरहनु भएको थियो । भगवान्को यस्तो लीला स्वर्गमा बसेका देवताहरुले पनि आश्चर्य मानेर हेरिरहेका थिए ।।११।।   

(अनुष्टुप्)
भारतैवं वत्सपेषु भुञ्जानेष्वच्युतात्मसु ।
वत्सास्त्वन्तर्वने दूरं विविशुस्तृणलोभिताः ॥१२॥

हे भरतवंश शिरोमणि ! यसरी खाना खाँदा गोठाला केटाहरू भगवानको यो आनन्ददायक मनोरञ्जनमा मग्न भए । उही समयमा, हरियो घाँसको लोभमा तिनीहरूका बाछोहरू घना जंगलमा गए ॥१२॥

तान् दृष्ट्वार भयसंत्रस्तानूचे कृष्णोऽस्य भीभयम् ।
मित्राण्याशान्मा विरमतेहानेष्ये वत्सकानहम् ॥१३॥

गोठालाहरूको ध्यान त्यतातिर गएपछि तिनीहरू डराए । त्यसबेला आफ्ना भक्तहरूको डर हटाउने भगवान श्रीकृष्णले भने– हे मेरा प्रिय मित्रहरू ! तिमिहरु खान बन्द नगर । म बाछो खोजेर आउनेछु ।।१३।। 

इत्युक्त्वाद्रिदरीकुञ्जगह्वरेष्वात्मवत्सकान् ।
विचिन्वन् भगवान् कृष्णः सपाणिकवलो ययौ ॥१४॥

गोठालाहरूलाई यसो भनेर भगवान कृष्ण हातमा दही र भात लिएर पहाड, गुफा गुफाहरू र अन्य ठाउँहरूमा आफ्नो र आफ्ना साथीहरूको बाछो खोज्न निस्कनुभयो ।।१४।।

(शार्दूलविक्रीडित)
अम्भोजन्मजनिस्तदन्तरगतो मायार्भकस्येशितु– ।
     र्द्रष्टुं मञ्जु महित्वमन्यदपि तद्वत्सानितो वत्सपान् ।
नीत्वान्यत्र कुरूद्वहान्तरदधात् खेऽवस्थितो यः पुरा ।
     दृष्ट्वाहघासुरमोक्षणं प्रभवतः प्राप्तः परं विस्मयम् ॥१५॥

परीक्षित ! ब्रह्माजी पहिले नै आकाशमा बसेर भगवानको प्रभावले अघासुरको मुक्ति देखेर निकै आश्चर्यमा पर्नुभएको थियो । ब्रह्माजीलाई मानव बनेका भगवान् कृष्णको अरु सुन्दर लीला हेर्ने इच्छा गर्नु भएको थियो । यस्तो सोचेर ब्रह्माजीले श्रीकृष्ण बाच्छा खोज्न गएपछि गोपबालक र बाच्छाहरुलाई यमुनाको तिरबाट अन्त कतै आफ्नो लोकमा लगेर लुकाउँनु भयो । आखिर ब्रह्माजी पनि कमलको डाँट जडबाट उत्पन्न भएका त हुन् ।।१५।।

(अनुष्टुप्)
ततो वत्सानदृष्ट्वैवत्य पुलिनेऽपि च वत्सपान् ।
उभौ अपि वने कृष्णो विचिकाय समन्ततः ॥१६॥

बाच्छा नभेटेपछि भगवान कृष्ण यमुनाको पुलमा फर्किए आउँनु भयो तर त्यहाँ आउँदा वहाँले गोप बालकहरुलाई पनि देख्नुभएन । त्यसपछि वहाँले जङ्गलमा घुमेर सबैतिर खोज्नुभयो ।।१६।। 

क्वाप्यदृष्ट्वावन्तर्विपिने वत्सान् पालांश्च विश्ववित् ।
सर्वं विधिकृतं कृष्णः सहसावजगाम ह ॥१७॥

तर गाई र बाछो कतै नभेट्दा विश्वका ज्ञाता भगवान् श्रीकृष्णले यो सबै ब्रह्माको काम हो भन्ने थाहा पाउँनुभयो ।।१७।। 
ततः कृष्णो मुदं कर्तुं तन्मातॄणां च कस्य च ।
उभयायितमात्मानं चक्रे विश्वकृदीश्वरः ॥१८॥

अब, बाछो र गोठाला केटाहरू र भगवान ब्रह्मालाई पनि प्रसन्न बनाउँन, सर्वशक्तिमान एवं सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता भगवान श्रीकृष्णले आफूलाई दुवै बाछो र गोठाला बच्चाहरूको रूप बनाउँनुभयो ।।१८।। 

(शार्दूलविक्रीडित)
यावद् वत्सपवत्सकाल्पकवपुर्यावत् कराङ्‌घ्र्यादिकं ।
            यावद् यष्टिविषाणवेणुदलशिग्यावद् विभूषाम्बरम् ।
यावत् शीलगुणाभिधाकृतिवयो यावद् विहारादिकं ।
            सर्वं विष्णुमयं गिरोऽङ्‌गवदजः सर्वस्वरूपो बभौ ॥१९॥

हे परीक्षित ! ती केटाकेटी र बाछोको संख्या कति थियो, शरीर कति सानो थियो, हात खुट्टाको आकार कस्तो थियो, लठ्ठी, सिङ, बाँसुरी, पात र लठ्ठीको संख्या कति थियो, लुगा र गहनाको  सङ्ख्या कति थियो ? उनीहरुको विनम्रता, स्वभाव, गुण, नाम, रूप र अवस्था, खान, पिउने र हिँड्ने अनुसारकैं समान रूपमा प्रकट गर्नुभयो । त्यसबेला ’यो सारा संसार विष्णुको रूपमा छ’– यो वेदवाणी भनाईलाई चरितार्थ गर्नुभयो ।।१९।। 

 (अनुष्टुप्)
स्वयमात्मात्मगोवत्सान् प्रतिवार्यात्मवत्सपैः ।
क्रीडन्नात्मविहारैश्च सर्वात्मा प्राविशद् व्रजम् ॥२०॥

त्यसबखत भगवान स्वयम् बाछो बन्नुभयो र स्वयं गोपबाल पनि बन्नुभयो । आफ्नै रूपमा बाछोहरू र आफ्नै रूपमा गोठाला केटाहरूले आफैंसँग विभिन्न खेल खेल्दै वहाँ व्रजमा प्रवेश गर्नुभयो ।।२०।।

तत्तद्वत्सान् पृथङ्‌ नीत्वा तत्तद्गो्ष्ठे निवेश्य सः ।
तत्तद् आत्माभवद् राजंस्तत्तत्सद्म प्रविष्टवान् ॥२१॥

हे परीक्षित ! जुन गोपबालका जुन बाच्छा थिए त्यही बाच्छा र आफुपनि गोपबालको रुप बनेर आफ्नो आफ्नो गोठमा पठाइदिनुभयो ।।२१।। 

 (मिश्र)
तन्मातरो वेणुरवत्वरोत्थिता
     उत्थाप्य दोर्भिः परिरभ्य निर्भरम् ।
स्नेहस्नुतस्तन्यपयःसुधासवं
     मत्वा परं ब्रह्म सुतानपाययन् ॥२२॥

गोपबालका आमाहरू बाँसुरीको आवाज सुन्ने बित्तिकै दौडिए । परब्रह्म श्री कृष्णलाई आफ्नो बालकको रूपमा सोचेर, उहाँलाई हृदयमा जोडेर अँगालोमा हाले । उनीहरुलको प्रशस्त माया र स्नेहको कारण स्तनबाट अमृत भन्दा पनि मीठो दूध पियाउन थाले ।।२२।। 

ततो नृपोन्मर्दनमज्जलेपना–
     लङ्‌काररक्षातिलकाशनादिभिः ।
संलालितः स्वाचरितैः प्रहर्षयन्
     सायं गतो यामयमेन माधवः ॥२३॥

हे परीक्षित ! त्यसैगरी, हरेक साँझ भगवान श्रीकृष्ण ती गोपबाल केटाहरूको रूपमा वनबाट फर्किनुहुन्थ्यो र आमाहरूलाई आफ्ना बाललीला मनोरञ्जनले रमाइलो गर्नुहुन्थ्यो । ती आमाहरूले उनीहरूलाई नुहाउने, चन्दनको लेप लगाउने र राम्रा राम्र गहना वस्त लगाइदिने आदि गरेर पालनपोषण गर्दथे ।।२३।। 

गावस्ततो गोष्ठमुपेत्य सत्वरं
     हुङ्‌कारघोषैः परिहूतसङ्‌गतान् ।
स्वकान् स्वकान् वत्सतरानपाययन्
     मुहुर्लिहन्त्यः स्रवदौधसं पयः ॥२४॥

उता गाईहरू जङ्गलमा चर्दै छिट्टै फर्कने र तिनीहरूको गर्जना सुनेर बाछोहरू तिनीहरूतिर दौडिन्थे त्यसपछि तिनीहरूलाई आफ्नो जिब्रोले बारम्बार चाट्ने र दूध खुवाउने गर्थे ।  त्यतिबेला स्नेहले गर्दा उनीहरुको स्तनबाट आफैं दूध बग्न थाल्दथ्यो ।।२४।।

 (अनुष्टुप्)
गोगोपीनां मातृतास्मिन् सर्वा स्नेहर्धिकां विना ।
पुरोवदास्वपि हरेस्तोकता मायया विना ॥२५॥

यी गाई र गोपिनीहरुको कृष्णरुप छोरामा मातृत्वको भावना लालनपालन पहिले जस्तै शुद्ध थियो । यस समयमा आफ्ना वास्तविक छोराहरू भन्दा बढी स्नेह थियो । त्यसैगरी, भगवानले पनि अघिका छोराहरू जस्तै पुत्रत्वको भाव देखाउनु भएको थियो, तर भगवानलाई ती सन्तानहरू जस्तै म तिनीहरूको पुत्र हुँ भन्ने अनुभूति थिएन ।।२५।। 

व्रजौकसां स्वतोकेषु स्नेहवल्ल्याब्दमन्वहम् ।
शनैर्निःसीम ववृधे यथा कृष्णे त्वपूर्ववत् ॥२६॥

यसरी सन्तानप्रति व्रजवासीको माया एक वर्षसम्म दिनप्रतिदिन बढ्दै गयो । वास्तवमा, पहिले श्रीकृष्णको लागि जुन असीम र अद्वितीय प्रेम थियो, अहिले पनि आफ्ना बच्चाहरूप्रति पनि उस्तै माया थियो ।।२६।। 

इत्थमात्माऽऽत्मनाऽऽत्मानं वत्सपालमिषेण सः ।
पालयन् वत्सपो वर्षं चिक्रीडे वनगोष्ठयोः ॥२७॥

यसरी परमात्मा श्रीकृष्णले बाछो र गोठाला केटाहरूको भेषमा गोपालको भेषमा आफ्नो बाल्यकालको रूप धारण गर्दै एक वर्षसम्म वन र चरनमा खेलिरहनुभयो ॥२७॥

एकदा चारयन् वत्सान् सरामो वनमाविशत् ।
पञ्चषासु त्रियामासु हायनापूरणीष्वजः ॥२८॥

जब एक वर्ष पूरा हुन पाँच–छ रात बाँकी थियो, एक दिन भगवान कृष्ण बलरामजीसँग बाछा चराउन वनमा जानुभयो ।।२८।। 

ततो विदूराच्चरतो गावो वत्सानुपव्रजम् ।
गोवर्धनाद्रिशिरसि चरन्त्यो ददृशुस्तृणम् ॥२९॥

त्यतिबेला गोवर्धनको चुचुरोमा गाईहरू चरिरहेका थिए । केही गाईहरुले त्यहाँबाट उनले आफ्ना बाछोहरूलाई व्रज नजिकैको घाँसमा चरिरहेको देखे ।।२९।। 

(मिश्र)
दृष्ट्वामथ तत्स्नेहवशोऽस्मृतात्मा
     स गोव्रजोऽत्यात्मपदुर्गमार्गः ।
द्विपात्ककुद्ग्री व उदास्यपुच्छो–
     ऽगाद्धुङ्‌कृतैरास्रुपया जवेन ॥३०॥

बाछा देख्नेबित्तिकै गाईहरू माया र स्नेहले भरिए । तिनीहरूले आफ्नो होश गुमाए थिए । गोठालाहरूले उनीहरुलाई रोक्ने प्रयास गर्दा पनि कुनै वास्ता नगरी, तिनीहरू असजिलो बाटोमा गर्जन गर्दै तीव्र गतिमा दौडे । त्यतिबेला थुनबाट दूध बगिरहेको थियो । तिनीहरू आफ्नो घाँटी जुरोतिर उचालेर टाउको र पुच्छर ठाडो पार्दै यति छिटो दौडिरहेकी थिइन् कि मानौं दुईवटा मात्र खुट्टा छन् जस्तो लाग्थ्यो ।।३०।। 

(अनुष्टुप्)
समेत्य गावोऽधो वत्सान् वत्सवत्योऽप्यपाययन् ।
गिलन्त्य इव चाङ्‌गानि लिहन्त्यः स्वौधसं पयः ॥३१॥

अर्को बाच्छा पाइसकेका भएपनि आफ्नो पहिलो बाछोलाई देख्नासाथ गोवर्धनमा दौडेर आए र स्नेहले दूध बगाएर खुवाउन थाले । त्यतिबेला उनी आफ्ना बच्चाहरूको हरेक अंगलाई निलौंला जस्तो गरी जोडले चाट्दै थिए ।।३१।। 

गोपास्तद्‌रोधनायासमौघ्यलज्जोरुमन्युना ।
दुर्गाध्वकृच्छ्रतोऽभ्येत्य गोवत्सैर्ददृशुः सुतान् ॥३२॥

गोपहरूले गाईलाई रोक्न धेरै प्रयास गरे, तर तिनीहरूको सबै प्रयास व्यर्थ भएको थियो । उनीहरुलाई आफ्नो असफलतामा अलिकति लाज लाग्यो र गाईहरूमा रिस उठ्यो । धेरै कष्ट भोगेर र त्यो कठिन बाटो भएर त्यो ठाउँमा पुग्दा उनीहरूले आफ्ना बालकलाई बाछोसँगै देखे । ३२ 

(मिश्र)
तदीक्षणोत्प्रेमरसाप्लुताशया
     जातानुरागा गतमन्यवोऽर्भकान् ।
उदुह्य दोर्भिः परिरभ्य मूर्धनि
     घ्राणैरवापुः परमां मुदं ते ॥३३॥

आफ्ना बालकलाई देख्ने बित्तिकै उनको मन मायाले भरियो । बालकहरूप्रति मायाले गर्दा पहिलाको रिस पनि शान्त भयो । उनीहरूले आफ्ना छोराछोरीहरूलाई काखमा लिएर हृदयमा अँगालो हालेर टाउकोमा सुँघेर असाध्यै खुसी भए ॥३३॥

(अनुष्टुप्)
ततः प्रवयसो गोपास्तोकाश्लेषसुनिर्वृताः ।
कृच्छ्राच्छनैरपगतास्तदनुस्मृत्युदश्रवः ॥३४॥

बूढा गोपहरूले आफ्ना छोराहरुलाई आलिंगन गरेर धेरै आनन्दित र अति हर्षित भए । त्यसपछि छोराहरुलाई त्यही छाडेर बिस्तारै त्यहाँबाट फर्किए यसरी फर्किदा छोराहरुको मायाले उनीहरुको आँखामा आँसु बगेको थियो ।।३४।। 

व्रजस्य रामः प्रेमर्द्धेर्वीक्ष्यौत्कण्ठ्यमनुक्षणम् ।
मुक्तस्तनेष्वपत्येष्वहेतुविदचिन्तयत् ॥३५॥

व्रजवासी गोपबालक र बाच्छाहरुले आमाको दुध पिउन छोडेका र गाईहरुको बाच्छा माथि प्रेम बढ्दै गएको देखेर यसको कारण थाहा नपाउँनुभएको बलरामजीलाई बिचार गर्न थाल्नुभयो ।।३५।। 

किमेतदद्भुषतमिव वासुदेवेऽखिलात्मनि ।
व्रजस्य सात्मनस्तोकेष्वपूर्वं प्रेम वर्धते ॥३६॥

व्रजवासी परमात्मा श्री कृष्णको गाईहरुमा जुन प्रेम थियो त्यही प्रेम बाच्छा माथि बढेको छ र मेरो प्रेम पनि यी बाच्छाहरु माथि बढेको यो के आश्चर्यले गर्दा हो ? ।।३६।।

केयं वा कुत आयाता दैवी वा नार्युतासुरी ।
प्रायो मायास्तु मे भर्तुर्नान्या मेऽपि विमोहिनी ॥३७॥

यो कस्तो माया हो ? यो कहाँबाट आयो ? यो कुनै देवताको माया हो अथवा कुनै मानिसको हो कि राक्षसको हो ? जसले यो मायाबाट मलाई मोहित गरायो यो पक्कै श्रीकृष्णको माया हो । मलाई मोहित गर्ने शक्ति अरु हुन सक्तैन ।।३७।। 

इति सञ्चिन्त्य दाशार्हो वत्सान् सवयसानपि ।
सर्वानाचष्ट वैकुण्ठं चक्षुषा वयुनेन सः ॥३८॥

यसरी बिचार गरेर बलरामजीले ज्ञानदृष्टिले हेर्दा यी सबै बाछा र बालकको रूपमा श्रीकृष्णलाई मात्र देख्नुभयो ।।३८।।

(मिश्र)
नैते सुरेशा ऋषयो न चैते
     त्वमेव भासीश भिदाश्रयेऽपि ।
सर्वं पृथक्त्वं निगमात् कथं वदे–
     त्युक्तेन वृत्तं प्रभुणा बलोऽवैत् ॥३९॥

त्यसपछि उहाँले श्रीकृष्णलाई भन्नुभयो– ‘हे भगवान ! यी गाई गोठालाहरू न देवता हुन् न ऋषिहरू । यी विभिन्न रूपका आश्रय लिदापनि एकमात्र तपाई हुनुभएको छ । कृपया यसको कारण को बारेमा बताउँनुहोस् । तब भगवानले ब्रह्माको सबै बृत्तान्त सुनाइदिनुभयो त्यसपछि  बलरामजीलाई सबैकुरा थाहा थियो ।।३९।।

 (अनुष्टुप्)
तावदेत्यात्मभूरात्ममानेन त्रुट्यनेहसा ।
पुरोवदाब्दं क्रीडन्तं ददृशे सकलं हरिम् ॥४०॥

परीक्षित ! त्यतिन्जेल ब्रह्माजी ब्रह्मलोक पुगेर व्रजमा फर्कनुभयो । उहाँको पालादेखि अहिलेसम्म एउटा एक त्रुटि (छोटो समय) बितिसकेको थियो । उहाँले भगवान कृष्ण एक वर्ष पहिले जस्तै गाई र बाछोसँग खेलिरहेको देख्नुभयो ।।४०।। 

यावन्तो गोकुले बालाः सवत्साः सर्व एव हि ।
मायाशये शयाना मे नाद्यापि पुनरुत्थिताः ॥४१॥

यो देखेर ब्रह्माजी सोच्न लाग्नुभयो– ‘गोकुलका सबै गोठाला र बाछोहरू मेरो मायाले बेहोश बनाएको थिएँ । अहिलसम्म उनीहरुमा होश अएकोछैन तर यहाँ अहिले के देखिरहेको छु ।।४१।। 

इत एतेऽत्र कुत्रत्या मन्माया मोहितेतरे ।
तावन्त एव तत्राब्दं क्रीडन्तो विष्णुना समम् ॥४२॥

फेरी यहाँ मेरो मायाले मोहित भएका गोप बालक र बाछाहरू बाहेकका यी अरू गोपबालकहरू र बाछाहरू कहाँबाट आए, जो एक वर्षदेखि भगवानसँग खेलिरहेका छन् ? ।।४२।। 

एवमेतेषु भेदेषु चिरं ध्यात्वा स आत्मभूः ।
सत्याः के कतरे नेति ज्ञातुं नेष्टे कथञ्चन ॥४३॥

ब्रह्माजीले दुवैलाई दुवै स्थानमा रहेका गोपबालक र बाच्छाहरुमा कुनचाँही सत्यहुन भनेर ज्ञानदृष्टिले हेर्दापनि सत्य पत्ता लगाउँन सक्नुभएन ।।४३।। 

एवं सम्मोहयन् विष्णुं विमोहं विश्वमोहनम् ।
स्वयैव माययाजोऽपि स्वयमेव विमोहितः ॥४४॥

भगवान श्रीकृष्णको मायाले सबैलाई मोहित बनाइरहन्छ तर भगवानको मायालाई कसैले छुन सक्दैन । ब्रह्माजी त्यही भगवान् श्रीकृष्णलाई आफ्नो मोहले मोहित गर्न गएका थिए । तर उनलाई मोहित पार्नुको सट्टा आफैं मोहित हुनुभयो ।।४४।। 

तम्यां तमोवन्नैहारं खद्योतार्चिरिवाहनि ।
महतीतरमायैश्यं निहन्त्यात्मनि युञ्जतः ॥४५॥

जसरी रातको अन्धकारमा कुहिरोको अन्धकारले प्रभावित पार्न सक्तैन र दिउँसको उज्यालोमा जुनकिरीको उज्यालोले प्रभाव पार्न सक्दैन, त्यसैगरी आफुभन्दा श्रेष्ठ महापुरुषमा गर्ने मायाले केही प्रभाव पार्न सक्तैन बरु यसले आफ्नो प्रभाव गुमाउँछ ।।४५।।

तावत्सर्वे वत्सपालाः पश्यतोऽजस्य तत्क्षणात् ।
व्यदृश्यन्त घनश्यामाः पीतकौशेयवाससः ॥४६॥

चतुर्भुजाः शङ्‌खचक्रगदाराजीवपाणयः ।
किरीटिनः कुण्डलिनो हारिणो वनमालिनः ॥४७॥

ब्रह्माले सोचिरहेकै बेलामा सबै गाई र बाछोहरू श्रीकृष्णको रूपमा देखा पर्न थाल्नुभयो । पानी भरिएको मेघसमान ती सबै श्याम वर्णका थिए । सबैले पहेँलो वस्त्र लगाएका, शंख, चक्र, गदा र पद्म – चार हातधारी । सबैले शिरमा मुकुट पहिरिएका, कानमा झुम्का, घाँटीमा सुन्दर हार र मालाले सजिएका थिए ॥ ४६–४७ ॥

श्रीवत्साङ्‌गददोरत्न कम्बुकङ्‌कणपाणयः ।
नूपुरैः कटकैर्भाताः कटिसूत्राङ्‌गुलीयकैः ॥४८॥

उहाँका छातीमा श्रीवत्स चिन्ह, बाहुलिमा बाजु उहाँको नाडीमा रत्नले जडित कंगन थिए त्यसैगरी खुट्टामा कल्लि र कम्मरमा कर्धनी र औंलाहरुमा औंठीहरुले सशोभित थियो । ४८ 

आङ्‌घ्रिमस्तकमापूर्णास्तुलसीनवदामभिः ।
कोमलैः सर्वगात्रेषु भूरिपुण्यवदर्पितैः ॥४९॥

उहाँले आफ्नो खुट्टाको औंला देखि शिखासम्म पुण्यवान भक्तहरुले पहिर्याइदिएको तुलसीको माला थिए ।।४९।। 

चन्द्रिकाविशदस्मेरैः सारुणापाङ्‌गवीक्षितैः ।
स्वकार्थानामिव रजःसत्त्वाभ्यां स्रष्टृपालकाः ॥५०॥

उहाँको अरुण वर्णको मुस्कान र चन्द्रमा समान उज्जल हास्य थियो मन्दमुस्कान लालीमा युक्त कटाक्ष्यद्वारा सत्त्वगुण र रजोगुण ग्रहण गरी भक्तको हृदयमा विशुद्ध कामनाको उत्पत्ति गरिरहनुभएको छ जस्तो लाग्थ्यो ॥५०॥

आत्मादिस्तम्बपर्यन्तैर्मूर्तिमद्‌भिश्चराचरैः ।
नृत्यगीताद्यनेकार्हैः पृथक् पृथगुपासिताः ॥५१॥

भगवान् ब्रह्माले देख्नुभयो कि आफु देखि लिएर अरु ब्रह्मादेखि त्रिणसम्मका प्राणिहरु मुर्तिमान भएर अनेक पूजोपचारद्वारा भगवानका विभिन्न रूपहरूको पूजा गरिरहेका थिए ।।५१।। 

अणिमाद्यैर्महिमभिरजाद्याभिर्विभूतिभिः ।
चतुर्विंशतिभिस्तत्त्वैः परीता महदादिभिः ॥५२॥

वहाँलाई अणिमा–महिमा आदि अष्ट सिद्धिहरू, माया–विद्या आदि बिभूतिहरु महातत्व आदि चौबीस तत्वहरूले घेरेरेका थिए ।।५२।। 

कालस्वभावसंस्कारकामकर्मगुणादिभिः ।
स्वमहिध्वस्तमहिभिर्मूर्तिमद्‌भिरुपासिताः ॥५३॥

भगवान्को सत्ताको अगाडि आफ्नो महिमा नष्ट भएका ती काल, स्वभाव, संस्कार र कर्मपनि मुर्तिमान भएर भगवान्को रुपको उपाशना गरिरहेका थिए ।।५३।। 

सत्यज्ञानानन्तानन्दमात्रैकरसमूर्तयः ।
अस्पृष्टभूरिमाहात्म्या अपि ह्युपनिषद्‌दृशाम् ॥५४॥

ब्रह्माजीले देख्नुभयो कि ती गोपबालक र बाच्छाहरु सत्य, ज्ञान र आनन्दस्वरुपका साक्षात परब्रह्म जस्तै । उपनिषद् का ज्ञानीहरुको ज्ञानले पनि उनीहरुको महिमालाई छुन सक्दैन थियो ।।५४।।

एवं सकृद् ददर्शाजः परब्रह्मात्मनोऽखिलान् ।
यस्य भासा सर्वमिदं विभाति सचराचरम् ॥५५॥

यसरी ब्रह्माजीले ती सबै परम परमात्मा श्रीकृष्णको रूप हुन् जसको प्रकाशले यो सम्पूर्ण जीव जगत उज्यालो भइरहेको छ भन्ने देख्नुभयो ।।५५।।

ततोऽतिकुतुकोद्‌वृत्तस्तिमितैकादशेन्द्रियः ।
तद्धाम्नाभूदजस्तूष्णीं पूर्देव्यन्तीव पुत्रिका ॥५६॥

यो अचम्मको दृश्य देखेर ब्रह्माजी छक्क पर्नुभयो । उहाँका सबै इन्द्रियहरू, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय  स्तब्ध भयो । परमेश्वरको महिमाको कारणले उहाँ चुप लाग्नुभयो । त्यतिखेर वहाँ स्तब्ध भएर व्रजको अधिष्ठाता देवताको छेउमा पुतली झैं उभिनुभयो ।।५६।। 

(शिखरिणी)
इतीरेशेऽतर्क्ये निजमहिमनि स्वप्रमितिके ।
         परत्राजातोऽतन्निरसनमुखब्रह्मकमितौ ।
अनीशेऽपि द्रष्टुं किमिदमिति वा मुह्यति सति
         च्छादाजो ज्ञात्वा सपदि परमोऽजाजवनिकाम् ॥५७॥

हे परीक्षित ! ईश्वरको प्रकृति तर्कभन्दा बाहिर छ । उहाँको महिमा असाधारण छ । उहाँ आत्म–प्रकाशित, आनन्दित र मायाबाट पर हुनुहुन्छ । वेदान्तले पनि यसलाई प्रत्यक्ष रूपमा वर्णन गर्न असमर्थ छन्, त्यसैले यस भन्दा भिन्न कुरालाई निषेध गरेर वहाँको विषय बताउँछ । यस्ता सरस्वतीका स्वामी ब्रह्माजीले भगवानको यस्तो लीला देखेर पनि मैले के देखें भनेर ठम्याउन सक्नुभएन । आफैं मोति भएका कारण भगवान्को यस्तो दिव्य महिमालाई जान्न सक्नु भएन र हेर्नपनि  सक्नुभएन । ब्रह्माजीको यस्तो असमर्थता देखेर कुनै प्रयास बिना नै भगवान्ले आफ्नो मयामयी मोहशक्तिको पर्दा हटाउँनुभयो ।।५७।। 

(अनुष्टुप्)
ततोऽर्वाक् प्रतिलब्धाक्षः कः परेतवदुत्थितः ।
कृच्छ्रादुन्मील्य वै दृष्टीराचष्टेदं सहात्मना ॥५८॥

यसबाट ब्रह्माजीले बाह्य ज्ञान प्राप्त गर्नुभयो र मरेको ब्यक्ति फेरि जिउँदै आएजस्तो लाग्यो । होश आएपछि धेरै मुस्किलले आँखा खोल्ने प्रयास गर्नुभयो । त्यसपछि वहाँले आफ्नो शरीर र यो संसार देख्नुभयो ।।५८।। 

सपद्येवाभितः पश्यन् दिशोऽपश्यत् पुरःस्थितम् ।
वृन्दावनं जनाजीव्यद्रुमाकीर्णं समाप्रियम् ॥५९॥

त्यसपछि ब्रह्माजीले आँखा उघारेर चारैतिर हेनुभयो त्यहाँ वहाँले जीवलाई जीवनदान दिने हरियाली एवं फलफूलहरुले युक्त वृक्ष भएको वृन्दावनलाई देख्नुभयो ।।५९।।

यत्र नैसर्गदुर्वैराः सहासन् नृमृगादयः ।
मित्राणीवाजितावासद्रुतरुट्तर्षकादिकम् ॥६०॥

भगवान श्रीकृष्णको वासस्थान भएकोले वृन्दावनमा क्रोध, लोभ आदि दुर्गुणहरू प्रवेश गर्न सक्दैनन् र वृन्दावनमा स्वभावैले आपसी द्वेष सत्रुता भएका भएका मानिस बाघ आदि प्राणि, पशुपक्षीहरू पनि मित्रको रूपमा बस्छन् ।।६०।। 

(वसंततिलका)
तत्रोद्वहत्पशुपवंशशिशुत्वनाट्यं
       ब्रह्माद्वयं परमनन्तमगाधबोधम् ।
वत्सान् सखीनिव पुरा परितो विचिन्व–
       देकं सपाणिकवलं परमेष्ठ्यचष्ट ॥६१॥

वृन्दावन पुगेपछि ब्रह्माजीले श्रीकृष्णलाई गोप वंशका बालकहरुसंग नाटक गरिरहेको देख्नभयो । श्रीकृष्ण आफैंमा अपार ज्ञान सम्पन्न भएर पनि हातमा दही र भात लिएर अहिले पनि हराएका बाच्छा र गोपबालकहरु खोजिरहेको देख्नुभयो ।।६१।।

दृष्ट्वा  त्वरेण निजधोरणतोऽवतीर्य
     पृथ्व्यां वपुः कनकदण्डमिवाभिपात्य ।
स्पृष्ट्वाी चतुर्मुकुटकोटिभिरङ्‌घ्रियुग्मं
     नत्वा मुदश्रुसुजलैरकृताभिषेकम् ॥६२॥

ब्रह्माजीले भगवानलाई देख्नेबित्तिकै आफ्नो वाहन, हंसबाट ओर्लनुभयो र आफ्नो सुनको जस्तै चम्किरहेको शरीर डण्डी जस्तै गरी पृथ्वीमा लम्पसार पर्नुभयो । उहाँले आफ्नो चारै मुकुटको टुप्पोले भगवानको चरण कमलको श्पर्श गर्नुभयो र हर्षको आँसुले भगवान्को पाउ पखाल्नुभयो ।।६२।।
 
 (अनुष्टुप्)
उत्थायोत्थाय कृष्णस्य चिरस्य पादयोः पतन् ।
आस्ते महित्वं प्राग्दृष्टं स्मृत्वा स्मृत्वा पुनः पुनः ॥६३॥

वहाँ ब्रह्माजीले पहिले देखेको भगवान् कृष्णको महिमालाई बारम्बार स्मरण गरी उहाँको पाउमा छुने र बारम्बार लड्ने, उठ्ने गरी धेरै बेरसम्म भगवान्को पाउमा पर्नुभयो ।।६३।। 

(वंशस्थ)
शनैरथोत्थाय विमृज्य लोचने
     मुकुन्दमुद्वीक्ष्य विनम्रकन्धरः ।
कृताञ्जलिः प्रश्रयवान् समाहितः
     सवेपथुर्गद्गमदयैलतेलया ॥६४॥

त्यसपछि बिस्तारै उठेर आँखाबाट आँसु पुछेर भगवान तिर हेरेर लाजले आफ्नो सिर झुकाउनु भयो । डरले काम्दै अन्यन्त गदगद भएर भगवान्को स्तुति गर्न लाग्नुभयो ।।६४।। 

इति श्रीमद्भावगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे त्रयोदशोऽध्यायः ॥१३॥