॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशः स्कंधः – त्रयोदशोऽध्यायः
श्रीमद्भागवत महापुराण
एकादशः स्कंधः – त्रयोदशोऽध्यायः
श्रीभगवानुवाच
सत्वं रजस्तम इति गुणा बुद्धेर्न चात्मनः ।
सत्वेनान्यतमौ हन्यात् सत्वं सत्वेन चैव हि ।। १ ।।
हे उद्धव ! सत्व, रज र तम यि तीनगुण प्रकृतिका हुन्, आत्माका होइनन् । सत्वगुणले रज र तमोगुणलाई नाश गर्नु पर्दछ, सत्व गुणले सत्वगुणलाई पनि नाश गर्नुपर्दछ, ।।१।।
सत्वाद् धर्मो भवेद् वृद्धात् पुंसो मद्भक्तिलक्षणः ।
सात्त्विकोपासया सत्वं ततो धर्मः प्रवर्तते ।। २ ।।
सत्वगुण बढ्नाले मेरो भक्तिको लक्षण मानिएको धर्म पुरुषमाबढ्दछ, सात्विक पदार्थको सेवन गर्नाले सत्वगुण बढ्दछ, त्यसपछि धर्म गर्न
लाग्दछ ।।२।।
धर्मो रजस्तमो हन्यात् सत्व वृद्धिरनुत्तमः
आशु नश्यति तन्मूलो ह्यधर्म उभये हते ।। ३।।
सत्वगुणबाट प्राप्त धर्मबाट रज र तम गुण नष्ट हुन्छन्, जब रज र तम गुण नष्ट भएपछि तिनै दुइटा गुण कारण हुने अधर्म चाँडै नै नाश हुन्छ ।।३।।
आगमोऽपः प्रजा देशः कालः कर्म च जन्म च ।
ध्यानं मन्त्रोऽथ संस्कारो दशैते गुणहेतवः ।। ४ ।।
आगम शास्त्र, जल, प्रजा, देश, काल, कर्म, जन्म, ध्यान, मन्त्र र संस्कार यी दश कुरा गुण बढाउने कारण हुन् ।।४।।
तत्तत् सात्विकमेवैषां यद् यद् वृद्धाः प्रचक्षत
विन्दन्ति तामसं तत्तद् राजसं तदुपेक्षितम् ।। ५ ।।
यी दशमध्येमा शास्त्र जान्ने महात्माहरूले जुन जुन वस्तुको प्रशंसा गर्दछन्, ती ती वस्तु सात्विक हुन्, जुन जुन वस्तुको निन्दा गर्दछन् ती ती वस्तु तामस हुन् र जुन वस्तुको प्रशंसा गर्दैनन् र निन्दा पनि गर्दैनन ती वस्तु राजस हुन् ।।५।।
सात्विकान्येव सेवेत पुमान् सत्वविवृद्धये ।
यतो धर्मस्ततो ज्ञानं यावत् स्मृतिरपोहनम् ।। ६ ।।
जब सम्म आफुमा आत्मसाक्षात्कार हुदैन तथा स्थूल शरीर र सूक्ष्म शरीर त्यसको कारण भएको तीन गुणको निवृत्ति हुदैन तबसम्म सत्वगुण बढाउनको लागि मनुष्यले सात्विक वस्तु नै सेवन गरून्, जसबाट धर्मको बृद्धि हुन्छ र धर्मबाट ज्ञान प्राप्त हुन्छ, ।।६।।
वेणुसङ्घर्षजो वह्निर्दग्ध्वा शाम्यति तद्वनम् ।
एवं गुणव्यत्ययजो देहः शाम्यति तत्क्रियः ।। ७ ।।
बाँसको सङ्घर्षबाट उत्पन्न भएको आगोले त्यही बाँसको वनलाई डढाएर मात्र शान्त हुन्छ, यसरी नै बाँसको आगाको जस्तो स्वभाव भएको तीन गुणको समन्वयबाट उत्पन्न यो देह पनि सबै गुणलाई भष्म पारेर मात्र शान्त हुन्छ ।।७।।
उद्धव उवाच
विदन्ति मत्र्याः प्रायेण विषयान् पदमापदाम् ।
तथाऽपि भुञ्जते कृष्ण तत् कथंश्वखराजवत् ।। ८ ।।
उद्धवले भने– हे कृष्ण ! धेरै मानिस विषयलाई आपत्तिको स्थान हो भनेर भन्दछन् तैपनि कुकुर, गदा र बोको जस्तो भएर तिनीहरू ती विषयहरुलाई भोग गर्न किन तत्पर हुन्छन् ।।८।।
श्रीभगवानुवाच
अहमित्यन्यथाबुद्धिः प्रमत्तस्य यथा हृदि ।
उत्सर्पति रजो घोरं ततो वैकारिकं मनः ।। ९।।
भगवान्ले भन्नुभयो– विवेक हराएका प्रमादि मानिसको हृदयमा जब शरीरलाई नै म हुँ भन्ने यो झूटो बुद्धि उत्पन्न हुन्छ, पछि त्यही अहं बुद्धिबाट सत्वगुणले प्रधान भएको मनमा पनि दुःखदायक रजोगुण उत्पन्न हुन्छ ।।९।।
रजोयुक्तस्य मनसः सङ्कल्पः सविकल्पकः ।
ततः कामो गुणध्यानाद् दुःसहः स्याद्धि दुर्मतेः ।। १० ।।
विवेक हराएका मानिसमा रजोगुणले भरिएको मनबाट यो गर्ने ऊ गर्ने भन्ने अनेक प्रकारका
भोग सम्बन्धि विचारहरू आउँछन्, त्यसबाट यो राम्रो उ राम्रो भन्दै अनेक विषयभोग गर्ने अभिलाषा उत्पन्न हुन्छ ।।१०।।
करोति कामवशगः कर्माण्यविजितेन्द्रियः ।
दुःखोदर्काणि सम्पश्यन् रजोवेगविमोहितः ।।। ११ ।।
त्यस्तो रजोगुणले ढाकिएर चाहनाको वशमा परेर इन्द्रिय जित्न नसक्ने व्यक्ति कर्मबाट दुःख हुन्छ भन्ने जान्दा जान्दै पनि ती कर्म गर्न पुग्दछ ।।११।।
रजस्तमोभ्यां यदपि विद्वान् विक्षिप्तधीः पुनः ।
अतन्द्रितो मनो युञ्जन् दोषदृष्टिर्न सज्जते ।। १२ ।।
यति हुँदापनि विवेकी पुरुषको चित्त कहिले कहिं रज र तमगुणले गर्दा बुद्धि भ्रष्ट भएपनि सावधान भएर विषयमा दोष देख्ने व्यक्तिले फेरि ममा मन लगाउँछ । जसले गर्दा उसमा विषयमा आसक्त हुँदैन ।।१२।।
अप्रमत्तोऽनुयुञ्जीत मनो मव्यर्पयञ्छनैः ।
अनिर्विण्णो यथाकालं जितश्वासो जितासनः ।। १३ ।।
साधकले स्थिर आसन गरी, प्राण वायु माथि विजय प्राप्त गरेर आफ्नो शक्ति र समय अनुसार साबधान भएर विस्तारै विस्तारै आफ्नो मन ममा लगाओस् ।।१३।।
एतावान् योग आदिष्टो मच्छिष्यैः सनकादिभिः ।
सर्वतो मन आकृष्य मय्यद्धाऽऽवेश्यते यथा ।। १४ ।।
मेरा सनक आदि मुनिहरूले मनलाई सबै तिरबाट खिचेर ममा लगाउनु नै योग हो भनेर मानेका छन् र उनीहरुले अरुलाई पनि यही शिक्षा दिएका छन् ।।१४।।
उद्धव उवाच
यदा त्वं सनकादिभ्यो येन रूपेण केशव ।
योगमादिष्टवानेतद् रूपमिच्छामि वेदितुम् ।। १५ ।।
उद्धवले भन्नुभयो– हे केशव ! जहिले जुन रूपले हजुरले सनकादिहरूलाई योगको विषयमा उपदेश गर्नुभएको थियो, यो रूपलाई म जान्न चाहन्छु ।१५।।
श्रीभगवानुवाच
पुत्रा हिरण्यगर्भस्य मानसाः सनकादयः ।
पप्रच्छुः पितरं सूक्ष्मां योगस्यैकान्तिकीं गतिम् ।। १६ ।।
भगवान्ले भन्नुभयो– ब्रह्माजीका मनबाट पैदा भएका सनकादि चार छोराहरूले सूक्ष्म अर्थात् जान्न नसकिने र परमपद प्राप्त गर्न सकिने योगमार्गका बारेमा आफ्ना पिताजीसँग सोधे ।।१६।।
सनकादय ऊचुः
गुणेष्वाविशते चेतो गुणाश्चेतसि च प्रभो ।
कथमन्योन्यसंत्यागो मुमुक्षोरतितितीर्षोः ।। १७ ।।
सनकादिले सोधे– हे पिताजी ! चित्त गुणरूप विषयवस्तुमा पस्तछ । त्यसैगरी ती गुण या विषय पनि चित्तको एक एक विषयमा पस्दछन् । यो संसार सागरबाट पार तरी मोक्ष चाहनेहरूले परस्परको प्रवेशलाई अलग पारेर यी गुण र चित्तलाई कसरी छुट्टयाउन सक्दछन् ? ।।१७।।
श्रीभगवानुवाच
एवं पृष्टो महादेवः स्वयंभूर्भूतभावनः ।
ध्यायमानः प्रश्नबीजं नाभ्यपद्यत कर्मधीः ।। १८ ।।
भगवान्ले भन्नुभयो– यसरी प्रश्न गरेपछि सबै प्राणीलाई जन्म दिने ब्रह्माजीले ध्यान गरेर धेरै यस प्रश्नको मूल कारणको बारेमा जान्न सक्नु भएन, उत्तर दिन सक्नु भएन । किनकि वहाँको बुद्धि पनि कर्म प्रधान थियो ।।१८।।
स मामचिन्तयद् देवः प्रश्नपारतितीर्षया ।
तस्याहं हंसरूपेण सकाशमगमं तदा ।। १९ ।।
यस प्रश्नको उत्तर पाउँने इच्छाले ब्रह्माजीले मेरो ध्यान गरे । त्यसपछि म तुरुन्तै हाँस रूपको भएर उनको नजिकमा गएँ ।।१९।।
दृष्ट्वा मां त उपव्रज्य कृत्वा पादाभिवन्दनम् ।
ब्रह्माणमग्रतः कृत्वा पप्रच्छुः को भवानिति ।। २० ।।
मलाई देखेर सनकादिहरुले ब्रह्मालाई अगाडि लगाएर मेरो नजिकै आएर प्रणाम गरे अनि तपाईं को हुनुहुन्छ, भनी मलाई सोधे ।।२०।।
इत्यहं मुनिभिः पृष्टस्तत्वजिज्ञासुभिस्तदा ।
यदवोचमहं तेभ्यस्तदुद्धव निबोध मे ।। २१ ।।
हे उद्धव, सनकादिहरु परमार्थ तत्वजान्नको लागि इच्छुक थिए । उनीहरुले गरेका प्रश्नहरुमा मैजे जुन उत्तर दिएं त्यो कुरा तिमीले सुन ।।।२१।।
वस्तुनो यद्यनानात्वमात्मनः प्रश्न ईदृशः ।
कथं घटेत वो विप्रा वक्तुर्वा मे क आश्रयः ।। २२ ।।
हे ब्राह्मणहरु ! यदि पारमार्थिक वस्तुहरु नानात्वबाट सदा रहित छ भने आत्माको विषयमा यस्तो प्रश्न कसरी गर्नुभयो । यदि आत्मालाई मानेर प्रश्न गरेको हो भने तपाईंहरुको र मेरो आत्मा एउटै छ, आफैँले आफैँलाई के उत्तर न्
पञ्चात्मकेषु भूतेषु समानेषु च वस्तुतः ।
को भवानिति वः प्रश्नो वाचारम्भो ह्यनर्थकः ।। २३ ।।
यदि शरीरलाई मानेर प्रश्न गर्नुभएको भए देव, मनुष्य पशु पक्षी अदि सबैका शरीर पञ्चमहाभूतले बनेकोले समान छन्, यस्तो स्थितिमा एउटा पञ्चमहाभूतले अर्को पञ्चमहाभूतलाई प्रश्न गर्नु बाणीको विकार मात्र हो । व्यर्थ छ, निरर्थक छ ।।२३।।
मनसा वचसा दृष्ट्या गृह्यतेऽन्यैरपीन्द्रियैः ।
अहमेव न मत्तोऽन्यदिति बुध्यध्वमञ्जसा ।। २४ ।।
मनले, वचनले, दृष्टिले र अरु इन्द्रियहरूले पनि जे जति ग्रहण गर्दछ, त्यो म नै हुँ, म बाहेक अरु केही छैन । यस कुरालाई तिमी विचार पूर्वक तत्वद्वारा जान ।।२४।।
गुणेष्वाविशते चेतो गुणाश्चेतसि च प्रजाः ।
जीवस्य देह उभयं गुणाश्चेतो मदात्मनः ।। २५ ।।
हे पुत्रहरु ! यो चित्त चिन्तन गर्दा गर्दै विषयाकार भएर गुणमा प्रवेश गर्दछ । गुण अर्थात विषय चित्तमा प्रवेश गर्दछ । यो विषय र चित्त दुवै मेरै स्वरुप जीवका उपाधि हुन् ।।२५।।
गुणेषु चाविशच्चित्तमभीक्ष्णं गुणसेवया ।
गुणाश्च चित्तप्रभवा मद्रूप उभयं त्यजेत् ।। २६ ।।
वारम्वार विषयभोग गर्नाले जुन चित्त विषयमा आशक्त भएको हुन्छ र विषय चित्तमा प्रविष्ट हुनजान्छ । त्यसैले आत्मस्वरुप परामात्माको साक्षात्कार गरेर यी दुवैलाई ।।२६।।
जाग्रत् स्वप्नः सुषुप्तं च गुणतो बुद्धिवृत्तयः ।
तासां विलक्षणो जीवः साक्षित्वेन विनिश्चितः ।। २७ ।।
जाग्रत अवस्था, स्वप्न अवस्था र सुषुप्त अवस्था यी तीनै अवस्था गुण अनुसार प्राप्त हुन्छ । जस्तो सत्व गुणबाट जाग्रत, रजगुणबाट स्वप्न र तमगुणबाट सुषुप्ति अवस्था प्राप्त हुन्छ । यी सबै बुद्धिका काम हुन् । यो सच्चिदानन्दको स्वभाव होइन । जीव त यी सबै बाट फरक छ किनकि जीव यी सबैको साक्षी मात्र हो ।।२७।।
यर्हि संसृतिबन्धोऽयमात्मनो गुणवृत्तिदः ।
मयि तुर्ये स्थितो जह्यात् त्यागस्तद् गुणचेतसाम् ।। २८ ।।
बुध्दिको बृध्दिबाट हुने यो बन्धनले नै आत्मामा त्रिगुणमयी बृत्ति प्रदान गर्दछ त्यसैले तीनै अवस्थाबाट विलक्षण तुरीय तत्वमा स्थित भएर बुद्धिको बन्धनलाई छिनाउनु पर्दछ । यसो गर्दा विषय र चित्त दुवैको त्याग हुन्छ ।।२८।।
अहङ्कारकृतं बन्धमात्मनोऽर्थविपर्ययम् ।
विद्वान् निर्विद्य संसारचिन्तां तुर्ये स्थितस्त्यजेत् ।। २९ ।।
अहङ्कारबाट भएको बन्धनले आत्माको स्वरुपलाई लुकाएको हुन्छ । यस्तो कुरालाई जानेर विरक्त भएर यो संसारको चिन्ताबाट मुक्त होओस् ।।२९।।
यावन्नानार्थधीः पुंसो न निवर्तेत युक्तिभिः ।
जागत्र्यपि स्वपन्नज्ञः स्वप्ने जागरणं यथा ।। ३० ।।
जबसम्म भिन्न भिन्न पदार्थमा सत्यत्व बुध्दि, अहं बुध्दि युक्तिद्वारा हट्दैन, तवसम्म अज्ञानी जागा रहेर पनि निदाए झैं हुन्छ, निदाएर पनि जागा रहे झैं हुन्छ ।।३०।।
असत्वादात्मनोऽन्येषां भावानां तत्कृता भिदा ।
गतयो हेतवश्चास्य मृषा स्वप्नदृशो यथा ।। ३१ ।।
यो आत्मा बाहेक अरु देहादि प्रपञ्च पदार्थको अस्तिव छैन । सबै मिथ्या हुन् । त्यसैले यसको कारण भएको वणश्रमादि भेद –जस्तो शरीर, धर्म, आश्रम) तथा त्यसको कारणभूत कर्म यी सबै आत्माका लागि मिथ्या हुन ।।३१।।
यो जागरे बहिरनुक्षणधर्मिणोऽर्थान्
भुङ्क्ते समस्तकरणैर्हृदि तत्सदृक्षान् ।
स्वप्ने सुषुप्त उपसंहरते स एकः
स्मृत्यन्वयान्त्रिगुणवृत्तिदृगिन्द्रियेशः ।। ३२ ।।
जो जाग्रत् अवस्थामा सबै इन्द्रियका मालिक आत्माले बाहिर देखिने भएका समस्त स्थूल पदार्थहरुको उपभोग गर्दछ । फेरी स्वप्त अवस्थामा हृदयमा जाग्रित भएको आत्माले वासनामय विषयको अनुभव गर्दछ । यसैगरी सुषुप्ति अवस्थामा यी सबै विषयलाई समेटेर लीन गर्दछ । यो तीनै अवस्थालाई देख्ने इन्द्रियको मालिक यौटै आत्मा छ । त्यो आत्मा अद्वितीय (एकमाज्ञ) छ ।।३२।।
एवं विमृश्य गुणतो मनसस्त्र्य्रवस्था
मन्मायया मयि कृता इति निश्चितार्थाः ।
संछिद्य हार्दमनुमानसदुक्तितीक्ष्ण–
ज्ञानासिना भजत माऽखिलसंशयाधिम् ।। ३३ ।।
यस्तो जानेर मनको जाग्रत आदि यी तीनै अवस्था मेरो मायाले मेरै अंश स्वरुप जीवमा भासित मात्र भएका हुन् । यस्तो निश्चयमा पुगेर त्यो रूप तरवारले काटेर आफ्नो हृदयमा बसेको मलाई भजन गर ।।३३।।
ईक्षेत विभ्रममिदं मनसो विलासं
दृष्टं विनष्टमतिलोलमलातचक्रम् ।
विज्ञानमेकमुरुधेव विभाति माया
स्वप्नस्त्रिधा गुणविसर्गकृतो विकल्पः ।। ३४ ।।
यो देखिएको जगत् मनको विलाश हो । भ्रमपूर्ण जान । ज्ञाता र ज्ञेयको भेदले रहित एक मात्र ज्ञान स्वरुप आत्मा नै अनेक प्रकारले कल्पित हुने हुन् । गुणको परिणामले स्थूल शरीर इन्द्रिय र अन्तःकरण आदि भेदरुपले रहेको पदार्थलाई मेरो मायाले कल्पित स्वप्न मात्र हो ।।३४।।
दृष्टिं ततः प्रतिनिवत्र्य निवृत्ततृष्ण–
स्तूष्णीं भवेन्निजसुखानुभवो निरीहः ।
संदृश्यते क्व च यदीदमवस्तुबुद्ध्या ।।
त्यक्तं भ्रमाय न भवेत् स्मृतिरानिपातात् ।। ३५ ।।
त्यसैले यी दृश्य शरीरादि बाट पदार्थबाट दृष्टि फर्काएर तृष्णा छाडेर मौन हुने र आत्मआनन्दको अनुभव गरेर शान्त होओस् । कहिले कहिी यो देहादि प्रपंच देख्न आउँदछ तर पनि यसलाई आत्म वस्तु भन्दा बाहिरको सम्झेर छोडिदेओस् । जस्ले गर्दा कुनै भ्रम तथा मोह उत्पन्न हुँदैन । तर देह रहुञ्जेल संसारको सम्झना भइरहन्छ ।।३५।।
देहं च नश्वरमवस्थितमुत्थितं वा
सिद्धो न पश्यति यतोऽध्यगमत् स्वरूपम् ।
दैवादपेतमुत दैववशादुपेतं
बासो यथा परिकृतं मदिरामदान्धः ।। ३६ ।।
जसरी मद्यपान गरेर उन्मत्त भएको ब्यक्तिले आफुले लगाएको कपडा खसेको पनि थाहा पाउँदैन त्यसैगरी आत्मज्ञानी सिद्ध पुरुष जसले आफ्नो स्वरुपको साक्षात्कार गरेका हुन्छन, उनले यो नाशवान् शरीर बसोस् वा उठोस् क्ये देख्तैन यस कुरामा कुनै ख्याल नै राख्दैनन्
।।३६।।
देहोऽपि दैववशगः खलु कर्म यावत्
स्वारम्भकं प्रतिसमीक्षत एव सासुः ।
तं सप्रपञ्चमधिरूढसमाधियोगः
स्वाप्नं पुनर्न भजते प्रतिबुद्धवस्तुः ।। ३७ ।।
दैववशात् पाएको यो शरीरमा जबसम्म पूर्व प्ररम्भ कर्म रहन्छ तबसम्म तवसम्म प्राण र इन्द्रिय सहित यो देह बाँचेकै हुन्छ । योगद्वारा समाधिमा लागेर ज्ञान प्राप्त गरिसकेको योगीले त्यो देह आदि संसारमा फेरि जान चाहँदैन् स्वीकार नै गर्दैनन् ।।३७।।
मयैतदुक्तं वो विप्रा गुह्य यत् सांख्ययोगयोः ।
जानीत माऽऽगतं यज्ञं युष्मद्धर्मविवक्षया ।। ३८ ।।
हे ब्राह्मण ऋषिहरु ! आत्मा र अनात्मा सम्बन्धी साङ्ख्य र योग दर्शनको यो गोप्य रहस्य मैले तिमीहरूलाई बताएँ । तिमीहरुले मलाई मोक्ष धर्मको उपदेश दिन आएको यज्ञपुरुष विष्णु भनेर जान ।।३८।।
अहं योगस्य सांख्यस्य सत्यस्यर्तस्य तेजसः ।
परायणं द्विजश्रेष्ठाः श्रियः कीर्तेर्दमस्य च ।। ३९ ।।
हे श्रेष्ठ ब्राह्मणहरु ! म योगको, साङ्ख्यको, सत्यको अर्थात् अनुष्ठान गरिने धर्म, ऋतको अर्थात् पालना गरिने धर्म, तेजको, ऐश्वर्यको, कीर्तिको र दमको पनि परम आश्रयस्थान हुँ ।।३९।।
मां भजन्ति गुणाः सर्वे निर्गुणं निरपेक्षकम् ।
सुहृदं प्रियमात्मानं साम्यासङ्गादयोऽगुणाः ।। ४० ।।
सबै गुणले रहित असंग, कसैको अपेक्षा नगर्ने निरपेक्ष, सबैका मित्र, प्यारो आत्मस्वरूप मेरो भजन गर्दछन् ।।४०।।
इति मे छिन्नसन्देहा सुनयः सनकादयः ।
सभाजयित्वा परया भक्त्याऽगृणत संस्तवैः ।। ४१ ।।
यसरी हंसरुपी मद्वारा शङ्का समाधान गरिएका सनकादि मुनिहरूले अति भक्तिभावले मेरो स्वागत गरेर राम्रा स्तोत्रद्वारा स्तुति गरे ।।४१।।
तैरहं पूजितः सम्यक् संस्तुतः परमर्षिभिः ।
प्रत्येयाय स्वकं धाम पश्यतः परमेष्ठिनः ।। ४२ ।
ती महर्षिहरूले राम्रोसँग मेरो पूजा र स्तुति गरिएको म ब्रह्माले हेर्दाहेर्दै आफ्नो धामतिर फर्किएँ ।। ४२ ।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे त्रयोदशोऽध्यायः ।। १३ ।।
श्रीभगवानुवाच
सत्वं रजस्तम इति गुणा बुद्धेर्न चात्मनः ।
सत्वेनान्यतमौ हन्यात् सत्वं सत्वेन चैव हि ।। १ ।।
हे उद्धव ! सत्व, रज र तम यि तीनगुण प्रकृतिका हुन्, आत्माका होइनन् । सत्वगुणले रज र तमोगुणलाई नाश गर्नु पर्दछ, सत्व गुणले सत्वगुणलाई पनि नाश गर्नुपर्दछ, ।।१।।
सत्वाद् धर्मो भवेद् वृद्धात् पुंसो मद्भक्तिलक्षणः । सात्त्विकोपासया सत्वं ततो धर्मः प्रवर्तते ।। २ ।।
सत्वगुण बढ्नाले मेरो भक्तिको लक्षण मानिएको धर्म
पुरुषमा
बढ्दछ, सात्विक पदार्थको सेवन गर्नाले सत्वगुण बढ्दछ, त्यसपछि धर्म गर्न
लाग्दछ ।।२।।
धर्मो रजस्तमो हन्यात् सत्व वृद्धिरनुत्तमः
आशु नश्यति तन्मूलो ह्यधर्म उभये हते ।। ३।।
सत्वगुणबाट प्राप्त धर्मबाट रज र तम गुण नष्ट हुन्छन्, जब रज र तम गुण नष्ट भएपछि तिनै दुइटा गुण कारण हुने अधर्म चाँडै नै नाश हुन्छ ।।३।।
आगमोऽपः प्रजा देशः कालः कर्म च जन्म च ।
ध्यानं मन्त्रोऽथ संस्कारो दशैते गुणहेतवः ।। ४ ।।
आगम शास्त्र, जल, प्रजा, देश, काल, कर्म, जन्म, ध्यान, मन्त्र र संस्कार यी दश कुरा गुण बढाउने कारण हुन् ।।४।।
तत्तत् सात्विकमेवैषां यद् यद् वृद्धाः प्रचक्षत
विन्दन्ति तामसं तत्तद् राजसं तदुपेक्षितम् ।। ५ ।।
यी दशमध्येमा शास्त्र जान्ने महात्माहरूले जुन जुन वस्तुको प्रशंसा गर्दछन्, ती ती वस्तु सात्विक हुन्, जुन जुन वस्तुको निन्दा गर्दछन् ती ती वस्तु तामस हुन् र जुन वस्तुको प्रशंसा गर्दैनन् र निन्दा पनि गर्दैनन ती वस्तु राजस हुन् ।।५।।
सात्विकान्येव सेवेत पुमान् सत्वविवृद्धये ।
यतो धर्मस्ततो ज्ञानं यावत् स्मृतिरपोहनम् ।। ६ ।।
जब सम्म आफुमा आत्मसाक्षात्कार हुदैन तथा स्थूल शरीर र सूक्ष्म शरीर त्यसको कारण भएको तीन गुणको निवृत्ति हुदैन तबसम्म सत्वगुण बढाउनको लागि मनुष्यले सात्विक वस्तु नै सेवन गरून्, जसबाट धर्मको बृद्धि हुन्छ र धर्मबाट ज्ञान प्राप्त हुन्छ, ।।६।।
वेणुसङ्घर्षजो वह्निर्दग्ध्वा शाम्यति तद्वनम् ।
एवं गुणव्यत्ययजो देहः शाम्यति तत्क्रियः ।। ७ ।।
बाँसको सङ्घर्षबाट उत्पन्न भएको आगोले त्यही बाँसको वनलाई डढाएर मात्र शान्त हुन्छ, यसरी नै बाँसको आगाको जस्तो स्वभाव भएको तीन गुणको समन्वयबाट उत्पन्न यो देह पनि सबै गुणलाई भष्म पारेर मात्र शान्त हुन्छ ।।७।।
उद्धव उवाच
विदन्ति मत्र्याः प्रायेण विषयान् पदमापदाम् ।
तथाऽपि भुञ्जते कृष्ण तत् कथंश्वखराजवत् ।। ८ ।।
उद्धवले भने– हे कृष्ण ! धेरै मानिस विषयलाई आपत्तिको स्थान हो भनेर भन्दछन् तैपनि कुकुर, गदा र बोको जस्तो भएर तिनीहरू ती विषयहरुलाई भोग गर्न किन तत्पर हुन्छन् ।।८।।
श्रीभगवानुवाच
अहमित्यन्यथाबुद्धिः प्रमत्तस्य यथा हृदि ।
उत्सर्पति रजो घोरं ततो वैकारिकं मनः ।। ९।।
भगवान्ले भन्नुभयो– विवेक हराएका प्रमादि मानिसको हृदयमा जब शरीरलाई नै म हुँ भन्ने यो झूटो बुद्धि उत्पन्न हुन्छ, पछि त्यही अहं बुद्धिबाट सत्वगुणले प्रधान भएको मनमा पनि दुःखदायक रजोगुण उत्पन्न हुन्छ ।।९।।
रजोयुक्तस्य मनसः सङ्कल्पः सविकल्पकः ।
ततः कामो गुणध्यानाद् दुःसहः स्याद्धि दुर्मतेः ।। १० ।।
विवेक हराएका मानिसमा रजोगुणले भरिएको मनबाट यो गर्ने ऊ गर्ने भन्ने अनेक प्रकारका
भोग सम्बन्धि विचारहरू आउँछन्, त्यसबाट यो राम्रो उ राम्रो भन्दै अनेक विषयभोग गर्ने अभिलाषा उत्पन्न हुन्छ ।।१०।।
करोति कामवशगः कर्माण्यविजितेन्द्रियः ।
दुःखोदर्काणि सम्पश्यन् रजोवेगविमोहितः ।।। ११ ।।
त्यस्तो रजोगुणले ढाकिएर चाहनाको वशमा परेर इन्द्रिय जित्न नसक्ने व्यक्ति कर्मबाट दुःख हुन्छ भन्ने जान्दा जान्दै पनि ती कर्म गर्न पुग्दछ ।।११।।
रजस्तमोभ्यां यदपि विद्वान् विक्षिप्तधीः पुनः ।
अतन्द्रितो मनो युञ्जन् दोषदृष्टिर्न सज्जते ।। १२ ।।
यति हुँदापनि विवेकी पुरुषको चित्त कहिले कहिं रज र तमगुणले गर्दा बुद्धि भ्रष्ट भएपनि सावधान भएर विषयमा दोष देख्ने व्यक्तिले फेरि ममा मन लगाउँछ । जसले गर्दा उसमा विषयमा आसक्त हुँदैन ।।१२।।
अप्रमत्तोऽनुयुञ्जीत मनो मव्यर्पयञ्छनैः ।
अनिर्विण्णो यथाकालं जितश्वासो जितासनः ।। १३ ।।
साधकले स्थिर आसन गरी, प्राण वायु माथि विजय प्राप्त गरेर आफ्नो शक्ति र समय अनुसार साबधान भएर विस्तारै विस्तारै आफ्नो मन ममा लगाओस् ।।१३।।
एतावान् योग आदिष्टो मच्छिष्यैः सनकादिभिः ।
सर्वतो मन आकृष्य मय्यद्धाऽऽवेश्यते यथा ।। १४ ।।
मेरा सनक आदि मुनिहरूले मनलाई सबै तिरबाट खिचेर ममा लगाउनु नै योग हो भनेर मानेका छन् र उनीहरुले अरुलाई पनि यही शिक्षा दिएका छन् ।।१४।।
उद्धव उवाच
यदा त्वं सनकादिभ्यो येन रूपेण केशव ।
योगमादिष्टवानेतद् रूपमिच्छामि वेदितुम् ।। १५ ।।
उद्धवले भन्नुभयो– हे केशव ! जहिले जुन रूपले हजुरले सनकादिहरूलाई योगको विषयमा उपदेश गर्नुभएको थियो, यो रूपलाई म जान्न चाहन्छु ।१५।।
श्रीभगवानुवाच
पुत्रा हिरण्यगर्भस्य मानसाः सनकादयः ।
पप्रच्छुः पितरं सूक्ष्मां योगस्यैकान्तिकीं गतिम् ।। १६ ।।
भगवान्ले भन्नुभयो– ब्रह्माजीका मनबाट पैदा भएका सनकादि चार छोराहरूले सूक्ष्म अर्थात् जान्न नसकिने र परमपद प्राप्त गर्न सकिने योगमार्गका बारेमा आफ्ना पिताजीसँग सोधे ।।१६।।
सनकादय ऊचुः
गुणेष्वाविशते चेतो गुणाश्चेतसि च प्रभो ।
कथमन्योन्यसंत्यागो मुमुक्षोरतितितीर्षोः ।। १७ ।।
सनकादिले सोधे– हे पिताजी ! चित्त गुणरूप विषयवस्तुमा पस्तछ । त्यसैगरी ती गुण या विषय पनि चित्तको एक एक विषयमा पस्दछन् । यो संसार सागरबाट पार तरी मोक्ष चाहनेहरूले परस्परको प्रवेशलाई अलग पारेर यी गुण र चित्तलाई कसरी छुट्टयाउन सक्दछन् ? ।।१७।।
श्रीभगवानुवाच
एवं पृष्टो महादेवः स्वयंभूर्भूतभावनः ।
ध्यायमानः प्रश्नबीजं नाभ्यपद्यत कर्मधीः ।। १८ ।।
भगवान्ले भन्नुभयो– यसरी प्रश्न गरेपछि सबै प्राणीलाई जन्म दिने ब्रह्माजीले ध्यान गरेर धेरै यस प्रश्नको मूल कारणको बारेमा जान्न सक्नु भएन, उत्तर दिन सक्नु भएन । किनकि वहाँको बुद्धि पनि कर्म प्रधान थियो ।।१८।।
स मामचिन्तयद् देवः प्रश्नपारतितीर्षया । तस्याहं हंसरूपेण सकाशमगमं तदा ।। १९ ।।
यस प्रश्नको उत्तर पाउँने इच्छाले ब्रह्माजीले मेरो ध्यान गरे । त्यसपछि म तुरुन्तै हाँस रूपको भएर उनको नजिकमा गएँ ।।१९।।
दृष्ट्वा मां त उपव्रज्य कृत्वा पादाभिवन्दनम् ।
ब्रह्माणमग्रतः कृत्वा पप्रच्छुः को भवानिति ।। २० ।।
मलाई देखेर सनकादिहरुले ब्रह्मालाई अगाडि लगाएर मेरो नजिकै आएर प्रणाम गरे अनि तपाईं को हुनुहुन्छ, भनी मलाई सोधे ।।२०।।
इत्यहं मुनिभिः पृष्टस्तत्वजिज्ञासुभिस्तदा ।
यदवोचमहं तेभ्यस्तदुद्धव निबोध मे ।। २१ ।।
हे उद्धव, सनकादिहरु परमार्थ तत्वजान्नको लागि इच्छुक थिए । उनीहरुले गरेका प्रश्नहरुमा मैजे जुन उत्तर दिएं त्यो कुरा तिमीले सुन ।।।२१।।
वस्तुनो यद्यनानात्वमात्मनः प्रश्न ईदृशः ।
कथं घटेत वो विप्रा वक्तुर्वा मे क आश्रयः ।। २२ ।।
हे ब्राह्मणहरु ! यदि पारमार्थिक वस्तुहरु नानात्वबाट सदा रहित छ भने आत्माको विषयमा यस्तो प्रश्न कसरी गर्नुभयो । यदि आत्मालाई मानेर प्रश्न गरेको हो भने तपाईंहरुको र मेरो आत्मा एउटै छ, आफैँले आफैँलाई के उत्तर न्
पञ्चात्मकेषु भूतेषु समानेषु च वस्तुतः ।
को भवानिति वः प्रश्नो वाचारम्भो ह्यनर्थकः ।। २३ ।।
यदि शरीरलाई मानेर प्रश्न गर्नुभएको भए देव, मनुष्य पशु पक्षी अदि सबैका शरीर पञ्चमहाभूतले बनेकोले समान छन्, यस्तो स्थितिमा एउटा पञ्चमहाभूतले अर्को पञ्चमहाभूतलाई प्रश्न गर्नु बाणीको विकार मात्र हो । व्यर्थ छ, निरर्थक छ ।।२३।।
मनसा वचसा दृष्ट्या गृह्यतेऽन्यैरपीन्द्रियैः ।
अहमेव न मत्तोऽन्यदिति बुध्यध्वमञ्जसा ।। २४ ।।
मनले, वचनले, दृष्टिले र अरु इन्द्रियहरूले पनि जे जति ग्रहण गर्दछ, त्यो म नै हुँ, म बाहेक अरु केही छैन । यस कुरालाई तिमी विचार पूर्वक तत्वद्वारा जान ।।२४।।
गुणेष्वाविशते चेतो गुणाश्चेतसि च प्रजाः ।
जीवस्य देह उभयं गुणाश्चेतो मदात्मनः ।। २५ ।।
हे पुत्रहरु ! यो चित्त चिन्तन गर्दा गर्दै विषयाकार भएर गुणमा प्रवेश गर्दछ । गुण अर्थात विषय चित्तमा प्रवेश गर्दछ । यो विषय र चित्त दुवै मेरै स्वरुप जीवका उपाधि हुन् ।।२५।।
गुणेषु चाविशच्चित्तमभीक्ष्णं गुणसेवया ।
गुणाश्च चित्तप्रभवा मद्रूप उभयं त्यजेत् ।। २६ ।।
वारम्वार विषयभोग गर्नाले जुन चित्त विषयमा आशक्त भएको हुन्छ र विषय चित्तमा प्रविष्ट हुनजान्छ । त्यसैले आत्मस्वरुप परामात्माको साक्षात्कार गरेर यी दुवैलाई ।।२६।।
जाग्रत् स्वप्नः सुषुप्तं च गुणतो बुद्धिवृत्तयः ।
तासां विलक्षणो जीवः साक्षित्वेन विनिश्चितः ।। २७ ।।
जाग्रत अवस्था, स्वप्न अवस्था र सुषुप्त अवस्था यी तीनै अवस्था गुण अनुसार प्राप्त हुन्छ । जस्तो सत्व गुणबाट जाग्रत, रजगुणबाट स्वप्न र तमगुणबाट सुषुप्ति अवस्था प्राप्त हुन्छ । यी सबै बुद्धिका काम हुन् । यो सच्चिदानन्दको स्वभाव होइन । जीव त यी सबै बाट फरक छ किनकि जीव यी सबैको साक्षी मात्र हो ।।२७।।
यर्हि संसृतिबन्धोऽयमात्मनो गुणवृत्तिदः ।
मयि तुर्ये स्थितो जह्यात् त्यागस्तद् गुणचेतसाम् ।। २८ ।।
बुध्दिको बृध्दिबाट हुने यो बन्धनले नै आत्मामा त्रिगुणमयी बृत्ति प्रदान गर्दछ त्यसैले तीनै अवस्थाबाट विलक्षण तुरीय तत्वमा स्थित भएर बुद्धिको बन्धनलाई छिनाउनु पर्दछ । यसो गर्दा विषय र चित्त दुवैको त्याग हुन्छ ।।२८।।
अहङ्कारकृतं बन्धमात्मनोऽर्थविपर्ययम् ।
विद्वान् निर्विद्य संसारचिन्तां तुर्ये स्थितस्त्यजेत् ।। २९ ।।
अहङ्कारबाट भएको बन्धनले आत्माको स्वरुपलाई लुकाएको हुन्छ । यस्तो कुरालाई जानेर विरक्त भएर यो संसारको चिन्ताबाट मुक्त होओस् ।।२९।।
यावन्नानार्थधीः पुंसो न निवर्तेत युक्तिभिः ।
जागत्र्यपि स्वपन्नज्ञः स्वप्ने जागरणं यथा ।। ३० ।।
जबसम्म भिन्न भिन्न पदार्थमा सत्यत्व बुध्दि, अहं बुध्दि युक्तिद्वारा हट्दैन, तवसम्म अज्ञानी जागा रहेर पनि निदाए झैं हुन्छ, निदाएर पनि जागा रहे झैं हुन्छ ।।३०।।
असत्वादात्मनोऽन्येषां भावानां तत्कृता भिदा ।
गतयो हेतवश्चास्य मृषा स्वप्नदृशो यथा ।। ३१ ।।
यो आत्मा बाहेक अरु देहादि प्रपञ्च पदार्थको अस्तिव छैन । सबै मिथ्या हुन् । त्यसैले यसको कारण भएको वणश्रमादि भेद –जस्तो शरीर, धर्म, आश्रम) तथा त्यसको कारणभूत कर्म यी सबै आत्माका लागि मिथ्या हुन ।।३१।।
यो जागरे बहिरनुक्षणधर्मिणोऽर्थान्
भुङ्क्ते समस्तकरणैर्हृदि तत्सदृक्षान् ।
स्वप्ने सुषुप्त उपसंहरते स एकः
स्मृत्यन्वयान्त्रिगुणवृत्तिदृगिन्द्रियेशः ।। ३२ ।।
जो जाग्रत् अवस्थामा सबै इन्द्रियका मालिक आत्माले बाहिर देखिने भएका समस्त स्थूल पदार्थहरुको उपभोग गर्दछ । फेरी स्वप्त अवस्थामा हृदयमा जाग्रित भएको आत्माले वासनामय विषयको अनुभव गर्दछ । यसैगरी सुषुप्ति अवस्थामा यी सबै विषयलाई समेटेर लीन गर्दछ । यो तीनै अवस्थालाई देख्ने इन्द्रियको मालिक यौटै आत्मा छ । त्यो आत्मा अद्वितीय (एकमाज्ञ) छ ।।३२।।
एवं विमृश्य गुणतो मनसस्त्र्य्रवस्था
मन्मायया मयि कृता इति निश्चितार्थाः ।
संछिद्य हार्दमनुमानसदुक्तितीक्ष्ण–
ज्ञानासिना भजत माऽखिलसंशयाधिम् ।। ३३ ।।
यस्तो जानेर मनको जाग्रत आदि यी तीनै अवस्था मेरो मायाले मेरै अंश स्वरुप जीवमा भासित मात्र भएका हुन् । यस्तो निश्चयमा पुगेर त्यो रूप तरवारले काटेर आफ्नो हृदयमा बसेको मलाई भजन गर ।।३३।।
ईक्षेत विभ्रममिदं मनसो विलासं
दृष्टं विनष्टमतिलोलमलातचक्रम् ।
विज्ञानमेकमुरुधेव विभाति माया
स्वप्नस्त्रिधा गुणविसर्गकृतो विकल्पः ।। ३४ ।।
यो देखिएको जगत् मनको विलाश हो । भ्रमपूर्ण जान । ज्ञाता र ज्ञेयको भेदले रहित एक मात्र ज्ञान स्वरुप आत्मा नै अनेक प्रकारले कल्पित हुने हुन् । गुणको परिणामले स्थूल शरीर इन्द्रिय र अन्तःकरण आदि भेदरुपले रहेको पदार्थलाई मेरो मायाले कल्पित स्वप्न मात्र हो ।।३४।।
दृष्टिं ततः प्रतिनिवत्र्य निवृत्ततृष्ण–
स्तूष्णीं भवेन्निजसुखानुभवो निरीहः ।
संदृश्यते क्व च यदीदमवस्तुबुद्ध्या ।।
त्यक्तं भ्रमाय न भवेत् स्मृतिरानिपातात् ।। ३५ ।।
त्यसैले यी दृश्य शरीरादि बाट पदार्थबाट दृष्टि फर्काएर तृष्णा छाडेर मौन हुने र आत्मआनन्दको अनुभव गरेर शान्त होओस् । कहिले कहिी यो देहादि प्रपंच देख्न आउँदछ तर पनि यसलाई आत्म वस्तु भन्दा बाहिरको सम्झेर छोडिदेओस् । जस्ले गर्दा कुनै भ्रम तथा मोह उत्पन्न हुँदैन । तर देह रहुञ्जेल संसारको सम्झना भइरहन्छ ।।३५।।
देहं च नश्वरमवस्थितमुत्थितं वा
सिद्धो न पश्यति यतोऽध्यगमत् स्वरूपम् ।
दैवादपेतमुत दैववशादुपेतं
बासो यथा परिकृतं मदिरामदान्धः ।। ३६ ।।
जसरी मद्यपान गरेर उन्मत्त भएको ब्यक्तिले आफुले लगाएको कपडा खसेको पनि थाहा पाउँदैन त्यसैगरी आत्मज्ञानी सिद्ध पुरुष जसले आफ्नो स्वरुपको साक्षात्कार गरेका हुन्छन, उनले यो नाशवान् शरीर बसोस् वा उठोस् क्ये देख्तैन यस कुरामा कुनै ख्याल नै राख्दैनन्
।।३६।।
देहोऽपि दैववशगः खलु कर्म यावत्
स्वारम्भकं प्रतिसमीक्षत एव सासुः ।
तं सप्रपञ्चमधिरूढसमाधियोगः
स्वाप्नं पुनर्न भजते प्रतिबुद्धवस्तुः ।। ३७ ।।
दैववशात् पाएको यो शरीरमा जबसम्म पूर्व प्ररम्भ कर्म रहन्छ तबसम्म तवसम्म प्राण र इन्द्रिय सहित यो देह बाँचेकै हुन्छ । योगद्वारा समाधिमा लागेर ज्ञान प्राप्त गरिसकेको योगीले त्यो देह आदि संसारमा फेरि जान चाहँदैन् स्वीकार नै गर्दैनन् ।।३७।।
मयैतदुक्तं वो विप्रा गुह्य यत् सांख्ययोगयोः ।
जानीत माऽऽगतं यज्ञं युष्मद्धर्मविवक्षया ।। ३८ ।।
हे ब्राह्मण ऋषिहरु ! आत्मा र अनात्मा सम्बन्धी साङ्ख्य र योग दर्शनको यो गोप्य रहस्य मैले तिमीहरूलाई बताएँ । तिमीहरुले मलाई मोक्ष धर्मको उपदेश दिन आएको यज्ञपुरुष विष्णु भनेर जान ।।३८।।
अहं योगस्य सांख्यस्य सत्यस्यर्तस्य तेजसः ।
परायणं द्विजश्रेष्ठाः श्रियः कीर्तेर्दमस्य च ।। ३९ ।।
हे श्रेष्ठ ब्राह्मणहरु ! म योगको, साङ्ख्यको, सत्यको अर्थात् अनुष्ठान गरिने धर्म, ऋतको अर्थात् पालना गरिने धर्म, तेजको, ऐश्वर्यको, कीर्तिको र दमको पनि परम आश्रयस्थान हुँ ।।३९।।
मां भजन्ति गुणाः सर्वे निर्गुणं निरपेक्षकम् ।
सुहृदं प्रियमात्मानं साम्यासङ्गादयोऽगुणाः ।। ४० ।।
सबै गुणले रहित असंग, कसैको अपेक्षा नगर्ने निरपेक्ष, सबैका मित्र, प्यारो आत्मस्वरूप मेरो भजन गर्दछन् ।।४०।।
इति मे छिन्नसन्देहा सुनयः सनकादयः ।
सभाजयित्वा परया भक्त्याऽगृणत संस्तवैः ।। ४१ ।।
यसरी हंसरुपी मद्वारा शङ्का समाधान गरिएका सनकादि मुनिहरूले अति भक्तिभावले मेरो स्वागत गरेर राम्रा स्तोत्रद्वारा स्तुति गरे ।।४१।।
तैरहं पूजितः सम्यक् संस्तुतः परमर्षिभिः ।
प्रत्येयाय स्वकं धाम पश्यतः परमेष्ठिनः ।। ४२ ।
ती महर्षिहरूले राम्रोसँग मेरो पूजा र स्तुति गरिएको म ब्रह्माले हेर्दाहेर्दै आफ्नो धामतिर फर्किएँ ।। ४२ ।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे त्रयोदशोऽध्यायः ।। १३ ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment