/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

तृतीय स्कंधः - विंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः– विंशोऽध्यायः



शौनक उवाच
महीं प्रतिष्ठामध्यस्य सौते स्वायम्भुवो मनुः ।
कानि अन्वतिष्ठद् द्वाराणि मार्गाय अवर जन्मनाम् ॥ १ ॥
नेपाली भावानुवादः शौनकजीले सोध्नुभयोहे सूतजी! पृथ्वीरूपी आधार पाएपछि स्वायम्भुव मनुले आफ्ना सन्तानहरूको वृद्विका लागि कुन-कुन उपायहरूको अवलम्बन गर्नुभयो? ।।१।।
 
क्षत्ता महाभागवतः कृष्णस्यैकान्तिकः सुहृत् ।
यस्तत्याजाग्रजं कृष्णे सापत्यं अघवानिति ॥ २ ॥
नेपाली भावानुवादः विदुरजी महान् भगवद्भक्त र श्रीकृष्णका अनन्य सुहृद् हुनुहुन्थ्यो। त्यसैले उनले आफ्ना दाजु धृतराष्ट्र र भतिजा दुर्योधनहरू श्रीकृष्णप्रति अपराधी भएकाले उनीहरूलाई त्यागी दिनुभयो ।।२।।
 
द्वैपायनादनवरो महित्वे तस्य देहजः ।
सर्वात्मना श्रितः कृष्णं तत्परांश्चाप्यनुव्रतः ॥ ३ ॥
नेपाली भावानुवादः उनी महर्षि द्वैपायन व्यासका छोरा थिए र महिमामा उनीभन्दा कम थिएनन्। उनी पूर्ण रूपले भगवान् श्रीकृष्णमा आश्रित र कृष्णभक्तहरूका अनुगामी थिए ।।३।।
 
किं अन्वपृच्छन् मैत्रेयं विरजास्तीर्थसेवया ।
उपगम्य कुशावर्त आसीनं तत्त्ववित्तमम् ॥ ४ ॥
नेपाली भावानुवादः तीर्थ सेवनद्वारा अन्तःकरण शुद्ध भएका विदुरजीले कुशावर्त क्षेत्र (हरिद्वार) मा रहनुभएका परम तत्त्वज्ञानी मैत्रेयजीको समीपमा गएर अरू के-के कुरा सोध्नुभयो? ।।४।।
 
तयोः संवदतोः सूत प्रवृत्ता ह्यमलाः कथाः ।
आपो गाङ्गा इवाघघ्नीः हरेः पादाम्बुजाश्रयाः ॥ ५ ॥
नेपाली भावानुवादः हे सूतजी! उहाँहरूका बीचमा संवाद हुँदा श्रीहरिका चरणको आश्रय लिने गङ्गाजल समान पापनाशक पवित्र कथाहरू पक्कै पनि चर्चा भए होलान् ।।५।।
 
ता नः कीर्तय भद्रं ते कीर्तन्योदारकर्मणः ।
रसज्ञः को नु तृप्येत हरिलीलामृतं पिबन् ॥ ६ ॥
नेपाली भावानुवादः हे सूतजी! तपाईंको कल्याण होस्, हामीलाई भगवान्‌का ती पवित्र कथाहरू सुनाउनुहोस्। भगवान्‌का उदार चरित्रहरू कीर्तन योग्य छन्। यस्तो कुन रसज्ञ होला, जो श्रीहरिको लीलामृत पान गरेर तृप्त नहोस्? ।।६।।
 
एवं उग्रश्रवाः पृष्ट ऋषिभिः नैमिषायनैः ।
भगवति अर्पिताध्यात्मः तान् आह श्रूयतामिति ॥ ७ ॥
नेपाली भावानुवादः नैमिषारण्यवासी मुनिहरूले यसरी प्रश्न गरेपछि सूतजीले भगवान्‌मा आफ्नो चित्त एकाग्र गर्दै भन्नुभयो— "अब सुन्नुहोस्" ।।७।।
 
सूत उवाच
हरेर्धृतक्रोडतनोः स्वमायया
निशम्य गोरुद्धरणं रसातलात् ।
लीलां हिरण्याक्षमवज्ञया हतं
सञ्जातहर्षो मुनिमाह भारतः ॥ ८ ॥
नेपाली भावानुवादः सूतजीले भन्नुभयोहे मुनिगण! आफ्नो मायाले वराहरूप धारण गर्नुभएका श्रीहरिले रसातलबाट पृथ्वीको उद्धार गर्दा हिरण्याक्षलाई खेलखेलमै मारेको कथा सुनेर विदुरजी निकै हर्षित हुनुभयो र मैत्रेयजीसँग पुनः सोध्न थाल्नुभयो ।।८।।
 
विदुर उवाच
प्रजापतिपतिः सृष्ट्वा प्रजासर्गे प्रजापतीन् ।
किं आरभत मे ब्रह्मन् प्रब्रूह्यव्यक्तमार्गवित् ॥ ९ ॥
नेपाली भावानुवादः विदुरजीले भन्नुभयोहे ब्रह्मन्! तपाईं परोक्ष विषयका ज्ञाता हुनुहुन्छ। प्रजाका स्वामी ब्रह्माजीले मरिचि आदि प्रजापतिहरूलाई उत्पन्न गरेपछि पुनः सृष्टि बढाउनका लागि के-के गर्नुभयो? मलाई बताउनुहोस् ।।९।।
 
ये मरीच्यादयो विप्रा यस्तु स्वायम्भुवो मनुः ।
ते वै ब्रह्मण आदेशात् कथं एतद् अभावयन् ॥ १० ॥
नेपाली भावानुवादः मरिचि आदि मुनिहरू र स्वायम्भुव मनुले ब्रह्माजीको आज्ञा शिरोपर गरी कसरी प्रजाहरूको वृद्धि गर्नुभयो? ।।१०।।
 
सद्वितीयाः किमसृजन् स्वतन्त्रा उत कर्मसु ।
आहो स्वित्संहताः सर्व इदं स्म समकल्पयन् ॥ ११ ॥
नेपाली भावानुवादः के उनीहरूले आ-आफ्ना पत्नीहरूको सहयोगले यो संसार रचे वा स्वतन्त्र भएर, अथवा सबै मिलेर यसको रचना गरे? ।।११।।
 
मैत्रेय उवाच दैवेन दुर्वितर्क्येण परेणानिमिषेण च ।
जातक्षोभाद् भगवतो महान् आसीद् गुणत्रयात् ॥ १२ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुरजी! जसको गति बुझ्न कठिन छ, त्यस्तो जीवको प्रारब्ध र ईश्वरको संकल्पले त्रिगुणमयी प्रकृतिमा क्षोभ उत्पन्न हुँदा महत्तत्त्वको उत्पत्ति भयो ।।१२।।
 
रजःप्रधानान् महतः त्रिलिङ्गो दैवचोदितात् ।
जातः ससर्ज भूतादिः वियदादीनि पञ्चशः ॥ १३ ॥
नेपाली भावानुवादः रजोगुण प्रधान भएको महत्तत्त्वबाट अहङ्कार र त्यसपछि आकाश आदि पाँच भूतहरूको उत्पत्ति भयो ।।१३।।
 
तानि चैकैकशः स्रष्टुं असमर्थानि भौतिकम् ।
संहत्य दैवयोगेन हैमं अण्डं अवासृजन् ॥ १४ ॥
नेपाली भावानुवादः ती पञ्चभूतहरू छुट्टाछुट्टै रहँदा केही पनि रचना गर्न समर्थ भएनन्। त्यसैले ईश्वरको शक्तिले ती सङ्गठित भएर एउटा सुवर्णमय अण्ड (ब्रह्माण्ड) को रचना गरे ।।१४।।
 
सोऽशयिष्टाब्धिसलिले आण्डकोशो निरात्मकः ।
साग्रं वै वर्षसाहस्रं अन्ववात्सीत् तं ईश्वरः ॥ १५ ॥
नेपाली भावानुवादः त्यो अण्ड चेतनाशून्य अवस्थामा एक हजार वर्षभन्दा बढी समयसम्म जलमा रह्यो। त्यसपछि भगवान्‌ स्वयं त्यसमा प्रवेश गर्नुभयो ।।१५।।
 
तस्य नाभेर्भूत्पद्मं सहस्रार्कोरुदीधिति ।
सर्वजीवनिकायौको यत्र स्वयं अभूत्स्वराट् ॥ १६ ॥
नेपाली भावानुवादः उहाँ प्रवेश गरेपछि उहाँको नाभिकमलबाट हजारौँ सूर्य समान देदीप्यमान एउटा कमल प्रकट भयो, जसमा स्वयं ब्रह्माजी उत्पन्न हुनुभयो ।।१६।।
 
सोऽनुविष्टो भगवता यः शेते सलिलाशये ।
लोकसंस्थां यथा पूर्वं निर्ममे संस्थया स्वया ॥ १७ ॥
नेपाली भावानुवादः जब भगवान् श्रीनारायणले ब्रह्माजीको अन्तःकरणमा प्रवेश गर्नुभयो, तब ब्रह्माजीले पूर्व कल्पमा जस्तै गरी लोकको रचना गर्न थाल्नुभयो ।।१७।।
 
ससर्ज च्छाययाविद्यां पञ्चपर्वाणमग्रतः ।
तामिस्रं अन्धतामिस्रं तमो मोहो महातमः ॥ १८ ॥
नेपाली भावानुवादः सबैभन्दा पहिले उहाँले आफ्नो छायाबाट तामिस्र, अन्धतामिस्र, तम, मोह र महामोह गरी पाँच प्रकारका अविद्या उत्पन्न गर्नुभयो ।।१८।।
 
विससर्जात्मनः कायं नाभिनन्दन् तमोमयम् ।
जगृहुर्यक्षरक्षांसि रात्रिं क्षुत्तृट्समुद्भवाम् ॥ १९ ॥
नेपाली भावानुवादः ब्रह्माजीलाई आफ्नो त्यो तमोमय शरीर मन परेन र उहाँले त्यसलाई त्यागिदिनुभयो। भोक र प्यास उत्पन्न गर्ने त्यो रात्रिरूप शरीरलाई यक्ष र राक्षसहरूले ग्रहण गरे ।।१९।।
 
क्षुत्तृड्भ्यां उपसृष्टास्ते तं जग्घुमभिदुद्रुवुः ।
मा रक्षतैनं जक्षध्वं इति ऊचुः क्षुत्तृडर्दिताः ॥ २० ॥
नेपाली भावानुवादः भोकप्यासले व्याकुल भएका ती राक्षसहरू ब्रह्माजीलाई नै खान दौडिए। उनीहरू भन्दै थिए— "यसलाई रक्षा नगर, यसलाई खाऊ" ।।२०।।
 
देवस्तानाह संविग्नो मा मां जक्षत रक्षत ।
अहो मे यक्षरक्षांसि प्रजा यूयं बभूविथ ॥ २१ ॥
नेपाली भावानुवादः ब्रह्माजीले डराउँदै भन्नुभयो— "हे राक्षसहरू हो! मलाई नखाओ, मेरो रक्षा गर। तिमीहरू त मेरा सन्तान हौ।" जसले 'खाऊ' (जक्ष) भने ती यक्ष भए र जसले 'रक्षा नगर' (रक्ष) भने ती राक्षस भए ।।२१।।
 
देवताः प्रभया या या दीव्यन् प्रमुखतोऽसृजत् ।
ते अहार्सुर्देवयन्तो विसृष्टां तां प्रभामहः ॥ २२ ॥
नेपाली भावानुवादः त्यसपछि ब्रह्माजीले सात्त्विक प्रभाद्वारा मुख्य देवताहरूको रचना गर्नुभयो र त्यो प्रकाशमय शरीरलाई त्यागिदिनुभयो, जसलाई देवताहरूले 'दिन' का रूपमा ग्रहण गरे ।।२२।।
 
देवोऽदेवाञ्जघनतः सृजति स्मातिलोलुपान् ।
ते एनं लोलुपतया मैथुनायाभिपेदिरे ॥ २३ ॥
नेपाली भावानुवादः ब्रह्माजीले आफ्नो जघन देशबाट अत्यन्त कामी असुरहरू उत्पन्न गर्नुभयो। ती असुरहरू उत्पन्न हुनासाथ कामासक्त भई मैथुनका लागि ब्रह्माजीकै पछि लागे ।।२३।।
 
ततो हसन् स भगवान् असुरैर्निरपत्रपैः ।
अन्वीयमानस्तरसा क्रुद्धो भीतः परापतत् ॥ २४ ॥
नेपाली भावानुवादः सुरुमा त उहाँ हाँस्नुभयो, तर ती निर्लज्ज असुरहरू पछि लागेको देखेर ब्रह्माजी डराउँदै र रिसाउँदै त्यहाँबाट भाग्नुभयो ।।२४।।
 
स उपव्रज्य वरदं प्रपन्नार्तिहरं हरिम् ।
अनुग्रहाया भक्तानां अनुरूपात्मदर्शनम् ॥ २५ ॥
नेपाली भावानुवादः उहाँले शरणागतको दुःख हर्ने र भक्तको भावना अनुसार दर्शन दिने वरदायक श्रीहरिको शरणमा गएर प्रार्थना गर्नुभयो ।।२५।।
 
पाहि मां परमात्मंस्ते प्रेषणेनासृजं प्रजाः ।
ता इमा यभितुं पापा उपाक्रामन्ति मां प्रभो ॥ २६ ॥
नेपाली भावानुवादः हे परमात्मन्! मेरो रक्षा गर्नुहोस्। हजुरकै आज्ञाले मैले प्रजाहरू उत्पन्न गरेँ, तर यी पापीहरू मलाई नै मैथुनका लागि लखेट्दै छन् ।।२६।।
 
त्वमेकः किल लोकानां क्लिष्टानां क्लेशनाशनः ।
त्वमेकः क्लेशदस्तेषां अनासन्न पदां तव ॥ २७ ॥
नेपाली भावानुवादः हे नाथ! दुःखमा परेका जीवहरूको क्लेश नाश गर्ने हजुर नै हुनुहुन्छ। हजुरको शरणमा नआउनेहरूलाई दण्ड दिने पनि हजुर नै हुनुहुन्छ ।।२७।।
 
सोऽवधार्यास्य कार्पण्यं विविक्ताध्यात्मदर्शनः ।
विमुञ्चात्मतनुं घोरां इत्युक्तो विमुमोच ह ॥ २८ ॥
नेपाली भावानुवादः ब्रह्माजीको व्याकुलता बुझेर भगवान्‌ले भन्नुभयो— "तिम्रो यो काम-कलुषित शरीरलाई त्यागिदेऊ।" भगवान्‌को आज्ञा पाएपछि ब्रह्माले त्यो शरीर त्यागिदिनुभयो ।।२८।।
 
तां क्वणच्चरणाम्भोजां मदविह्वल लोचनाम् ।
काञ्चीकलापविलसद् दुकूलत् छन्न रोधसम् ॥ २९ ॥
नेपाली भावानुवादः ब्रह्माजीले त्याग्नुभएको त्यो शरीर एक सुन्दरी स्त्री (सन्ध्यादेवी) का रूपमा परिणत भयो। उनका खुट्टाका पाउजेबहरू छमछम बज्थे, आँखा मदले लठ्ठ थिए र कम्मरमा साडी सुशोभित थियो ।।२९।।
 
अन्योन्यश्लेषयोत्तुङ्ग निरन्तरपयोधराम् ।
सुनासां सुद्विजां स्निग्ध हासलीलावलोकनाम् ॥ ३० ॥
नेपाली भावानुवादः उनका अङ्गहरू अत्यन्त पुष्ट र सुन्दर थिए। उनी मुस्कुराउँदै आफ्ना हाउभाउ र दृष्टिले असुरहरूलाई आकर्षित गरिरहेकी थिइन् ।।३०।।
गूहन्तीं व्रीडयात्मानं नीलालकवरूथिनीम् ।
उपलभ्यासुरा धर्म सर्वे सम्मुमुहुः स्त्रियम् ॥ ३१ ॥ नेपाली भावानुवादः ती सुन्दरी कुमारीलाई देखेर सबै असुरहरू मोहित भए ।।३१।।
 
अहो रूपमहो धैर्यं अहो अस्या नवं वयः ।
मध्ये कामयमानानां अकामेव विसर्पति ॥ ३२ ॥
नेपाली भावानुवादः उनीहरू भन्न लागे— "अहो! कस्तो विचित्र रूप, कस्तो धैर्य र कस्तो नवयौवन! हामी कामासक्तहरूका बीचमा उनी कति निर्धक्कसँग डुलिरहेकी छिन्" ।।३२।।
 
वितर्कयन्तो बहुधा तां सन्ध्यां प्रमदाकृतिम् ।
अभिसम्भाव्य विश्रम्भात् पर्यपृच्छन् कुमेधसः ॥ ३३ ॥
नेपाली भावानुवादः ती मन्दबुद्धि असुरहरूले सन्ध्यारूपी स्त्रीका विषयमा अनेक तर्क गरे र आदरपूर्वक उनलाई सोध्न थाले ।।३३।।
 
कासि कस्यासि रम्भोरु को वार्थस्तेऽत्र भामिनि ।
रूपद्रविणपण्येन दुर्भगान्नो विबाधसे ॥ ३४ ॥
नेपाली भावानुवादः हे सुन्दरी! तिमी को हौ र यहाँ आउनुको प्रयोजन के हो? तिमी आफ्नो रूप देखाएर हामी अभागीहरूलाई किन तड्पाइरहेकी छौ? ।।३४।।
 
या वा काचित्त्वमबले दिष्ट्या सन्दर्शनं तव ।
उत्सुनोषीक्षमाणानां कन्दुकक्रीडया मनः ॥ ३५ ॥
नेपाली भावानुवादः तिमी जो भए पनि तिम्रो दर्शन पाउनु हाम्रो सौभाग्य हो। तिम्रो यो खेलले हाम्रो मनलाई मथिरहेको छ ।।३५।।
 
नैकत्र ते जयति शालिनि पादपद्मं
घ्नन्त्या मुहुः करतलेन पतत्पतङ्गम् ।
मध्यं विषीदति बृहत्स्तनभारभीतं
शान्तेव दृष्टिरमला सुशिखासमूहः ॥ ३६ ॥
नेपाली भावानुवादः हे सुन्दरी! भकुण्डो खेल्दा तिम्रा चरणहरू स्थिर छैनन्। तिम्रो कम्मर थाके जस्तो देखिन्छ र कपाल निकै सुन्दर छ ।।३६।।
 
इति सायन्तनीं सन्ध्यां असुराः प्रमदायतीम् ।
प्रलोभयन्तीं जगृहुः मत्वा मूढधियः स्त्रियम् ॥ ३७ ॥
नेपाली भावानुवादः यसरी स्त्रीरूपमा प्रकट भएको सायङ्कालीन सन्ध्याले असुरहरूलाई मोहित पारिन् र ती मूढहरूले उनलाई स्त्री ठानेर ग्रहण गरे ।।३७।।
 
प्रहस्य भावगम्भीरं जिघ्रन्ति आत्मानमात्मना ।
न्त्या ससर्ज भगवान् गन्धर्वाप्सरसां गणान् ॥ ३८ ॥
नेपाली भावानुवादः त्यसपछि ब्रह्माजीले गम्भीरतापूर्वक हाँसेर आफ्नो कान्तिमय मूर्तिबाट गन्धर्व र अप्सराहरूको सृष्टि गर्नुभयो ।।३८।।
 
विससर्ज तनुं तां वै ज्योत्स्नां कान्तिमतीं प्रियाम् ।
ते एव चाददुः प्रीत्या विश्वावसुपुरोगमाः ॥ ३९ ॥
नेपाली भावानुवादः उहाँले फेरि त्यो ज्योत्स्नामय शरीरलाई त्यागिदिनुभयो, जसलाई विश्वावसु आदि गन्धर्वहरूले प्रसन्नतापूर्वक ग्रहण गरे ।।३९।।
 
सृष्ट्वा भूतपिशाचांश्च भगवान् आत्मतन्द्रिणा ।
दिग्वाससो मुक्तकेशान् वीक्ष्य चामीलयद् दृशौ ॥ ४० ॥
नेपाली भावानुवादः त्यसपछि ब्रह्माजीले आफ्नो तन्द्रा (आलस्य) बाट भूत, प्रेत र पिशाचहरू उत्पन्न गर्नुभयो। उनीहरूलाई वस्त्रहीन र अस्तव्यस्त कपालमा देखेर ब्रह्माजीले आँखा बन्द गर्नुभयो ।।४०।।
 
जगृहुस्तद्विसृष्टां तां जृम्भणाख्यां तनुं प्रभोः ।
निद्रां इन्द्रियविक्लेदो यया भूतेषु दृश्यते ।
येनोच्छिष्टान्धर्षयन्ति तमुन्मादं प्रचक्षते ॥ ४१ ॥
नेपाली भावानुवादः ब्रह्माजीले त्याग्नुभएको त्यो 'जृम्भण' (हाइ गराई) रूप शरीरलाई भूत-पिशाचहरूले ग्रहण गरे। यसैलाई निद्रा पनि भनिन्छ, जसले इन्द्रियहरूलाई शिथिल बनाउँछ। अशुद्ध अवस्थामा सुत्नेहरूलाई यिनैले उन्माद गराउँछन् ।।४१।।
 
ऊर्जस्वन्तं मन्यमान आत्मानं भगवानजः ।
साध्यान् गणान् पितृगणान् परोक्षेणासृजत्प्रभुः ॥ ४२ ॥
नेपाली भावानुवादः फेरि आफूलाई तेजोमय ठानी ब्रह्माजीले आफ्नो अदृश्य रूपबाट साध्य र पितृगणहरू उत्पन्न गर्नुभयो ।।४२।।
 
ते आत्मसर्गं तं कायं पितरः प्रतिपेदिरे ।
साध्येभ्यश्च पितृभ्यश्च कवयो यद्वितन्वते ॥ ४३ ॥
नेपाली भावानुवादः पितृहरूले त्यो अदृश्य शरीरलाई ग्रहण गरे। त्यसैले विद्वान्हरू श्राद्धादि कर्ममा पितृहरूलाई पिण्ड र हवि अर्पण गर्दछन् ।।४३।।
 
सिद्धान् विद्याधरांश्चैव तिरोधानेन सोऽसृजत् ।
तेभ्योऽददात् तं आत्मानं अन्तर्धानाख्यमद्भुतम् ॥ ४४ ॥
नेपाली भावानुवादः आफ्नो अन्तर्धान शक्तिले ब्रह्माजीले सिद्ध र विद्याधरहरूको सृष्टि गरी उनीहरूलाई अद्भुत अन्तर्धान शरीर प्रदान गर्नुभयो ।।४४।।
 
स किन्नरान् किम्पुरुषान् प्रत्यात्म्येनासृजत्प्रभुः ।
मानयन् नात्मनात्मानं आत्माभासं विलोकयन् ॥ ४५ ॥
नेपाली भावानुवादः एकपटक ब्रह्माजीले आफ्नो प्रतिविम्ब देखेर खुसी हुँदै त्यस प्रतिविम्बबाट किन्नर र किम्पुरुषहरूको सृष्टि गर्नुभयो ।।४५।।
 
ते तु तज्जगृहू रूपं त्यक्तं यत्परमेष्ठिना ।
मिथुनीभूय गायन्तः तं एवोषसि कर्मभिः ॥ ४६ ॥
नेपाली भावानुवादः उनीहरूले ब्रह्माजीको त्यो प्रतिविम्ब शरीर ग्रहण गरे। उनीहरू बिहानको समयमा ब्रह्माजीको गुणगान गाउने गर्दछन् ।।४६।।
 
देहेन वै भोगवता शयानो बहुचिन्तया ।
सर्गेऽनुपचिते क्रोधात् उत्ससर्ज ह तद्वपुः ॥ ४७ ॥
नेपाली भावानुवादः सृष्टि वृद्धि नभएकाले चिन्तित भई सुतिरहनुभएका ब्रह्माजीले पछि रिसको आवेगमा त्यो शरीरलाई पनि त्यागिदिनुभयो ।।४७।।
 
येऽहीयन्तामुतः केशा अहयस्तेऽङ्ग जज्ञिरे ।
सर्पाः प्रसर्पतः क्रूरा नागा भोगोरुकन्धराः ॥ ४८ ॥
नेपाली भावानुवादः त्यो शरीरबाट झरेका कपालहरू 'अहि' (सर्प) भए। हात-खुट्टा खुम्च्याएर हिँड्ने हुनाले ती क्रूर स्वभावका सर्प र नाग बने ।।४८।।
 
स आत्मानं मन्यमानः कृतकृत्यमिवात्मभूः ।
तदा मनून् ससर्जान्ते मनसा लोकभावनान् ॥ ४९ ॥
नेपाली भावानुवादः अन्तमा ब्रह्माजीले आफूलाई सफल अनुभव गर्दै आफ्नो मनबाट मनुहरूको सृष्टि गर्नुभयो, जो प्रजा वृद्धिका आधार हुन् ।।४९।।
 
तेभ्यः सोऽसृजत्स्वीयं पुरं पुरुषमात्मवान् ।
तान् दृष्ट्वा ये पुरा सृष्टाः प्रशशंसुः प्रजापतिम् ॥ ५० ॥
नेपाली भावानुवादः ब्रह्माजीले उनीहरूका लागि आफ्नो पुरुषाकार शरीर प्रदान गर्नुभयो। मनुहरूलाई देखेर पहिलेका देवता र गन्धर्वहरूले ब्रह्माजीको स्तुति गरे ।।५०।।
 
अहो एतत् जगत्स्रष्टः सुकृतं बत ते कृतम् ।
प्रतिष्ठिताः क्रिया यस्मिन् साकं अन्नमदाम हे ॥ ५१ ॥
नेपाली भावानुवादः उनीहरूले भने— "हे विश्वविधाता! हजुरको यो मनुको सृष्टि निकै सुन्दर छ। अब हामी यिनले गर्ने यज्ञ-कर्मबाट आफ्नो भाग प्राप्त गर्न सक्नेछौँ" ।।५१।।
 
तपसा विद्यया युक्तो योगेन सुसमाधिना ।
ऋषीन् ऋषिः हृषीकेशः ससर्जाभिमताः प्रजाः ॥ ५२ ॥
नेपाली भावानुवादः फेरि ब्रह्माजीले तप, विद्या, योग र समाधिले सम्पन्न आफ्ना प्रिय सन्तान ऋषिगणहरूको रचना गर्नुभयो ।।५२।।
 
तेभ्यश्चैकैकशः स्वस्य देहस्यांशमदादजः ।
यत्तत् समाधियोगर्द्धि तपोविद्याविरक्तिमत् ॥ ५३ ॥
नेपाली भावानुवादः उहाँले ती प्रत्येक ऋषिलाई आफ्नो समाधि
, तप, विद्या र वैराग्यमय शरीरको एक-एक अंश प्रदान गर्नुभयो ।।५३।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे विंशोऽध्यायः ॥ २० ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

यस अध्यायमा विदुरजीले मैत्रेयजीलाई ब्रह्माजीले मरिचि आदि प्रजापतिहरू पछि कसरी सृष्टिको विस्तार गर्नुभयो भनी सोध्नुहुन्छ। मैत्रेयजीका अनुसारसृष्टि प्रक्रियामा महत्तत्त्वअहङ्कार र पञ्चभूतहरूको मेलबाट एउटा सुवर्ण अण्ड बन्यो। सो अण्डमा भगवान् विष्णु प्रवेश गरेपछि ब्रह्माजीको जन्म भयो। ब्रह्माजीले सबैभन्दा पहिले पञ्च अविद्या (अज्ञान) को सृष्टि गर्नुभयोजसलाई उहाँले मन पराउनुभएन। उहाँले त्याग्नुभएको तमोमय शरीरबाट यक्ष र राक्षसहरूको जन्म भयो। भोकप्यासले व्याकुल राक्षसहरूले आफ्नै पिता ब्रह्मालाई खान खोजे। ब्रह्माले उनीहरूलाई 'मलाई नखाऊभनी रक्षाको याचना गर्नुभयो। त्यसपछि उहाँले आफ्नो सात्त्विक प्रभाबाट देवताहरूको सृष्टि गर्नुभयोजसलाई 'दिनभनिन्छ। उहाँको जघन देशबाट असुरहरूको उत्पत्ति भयोजो निकै कामासक्त थिए। ती असुरहरू ब्रह्माजीकै पछि लागेपछि उहाँ डराएर भगवान् विष्णुको शरणमा जानुभयो। विष्णुको आज्ञाले ब्रह्माले आफ्नो कामासक्त शरीर त्यागिदिनुभयो। सो शरीरबाट एक अत्यन्त सुन्दरी स्त्री 'सन्ध्याको रूप प्रकट भयो। ती सुन्दरीलाई देखेर असुरहरू मोहित भए र उनलाई प्राप्त गर्न अनेक प्रयत्न गरे। असुरहरूले उनलाई स्त्री ठानेर अङ्गालेजुन वास्तवमा ब्रह्माले त्यागेको कायरूप थियो। यसपछि ब्रह्माले आफ्नो कान्तिमय शरीरबाट गन्धर्व र अप्सराहरूको सृष्टि गर्नुभयो। उहाँको तन्द्रा र आलस्यबाट भूतप्रेत र पिशाचहरूको जन्म भयो। निद्रा र उन्माद यिनै भूत-पिशाचका रूप हुन् भन्ने कुरा यहाँ बताइएको छ। ब्रह्माजीले आफ्नो अदृश्य शरीरबाट साध्य र पितृगणहरू उत्पन्न गर्नुभयो। श्राद्ध कर्ममा पितृहरूलाई दिइने पिण्डको महत्त्व यहाँबाट सुरु भएको देखिन्छ। उहाँले आफ्नो अन्तर्धान शक्तिले सिद्ध र विद्याधरहरूको सृष्टि गर्नुभयो। आफ्नो प्रतिविम्ब देखेर खुसी हुँदै उहाँले किन्नर र किम्पुरुषहरू रच्नुभयो। यी किन्नरहरू बिहानको समयमा ब्रह्माको महिमा गाउँछन्। सृष्टिको गति नबढेपछि ब्रह्माजी सुतिरहनुभएको बेला रिस उठेर फेरि शरीर त्याग्नुभयो। सो शरीरबाट खसेको कपाल सर्प र नागमा परिणत भयो। अन्ततः ब्रह्माजीले मनबाट मनुहरूको सृष्टि गर्नुभयो। मनुको सृष्टि देखेपछि देवताहरू निकै खुसी भए किनभने अब यज्ञ-कर्म सुरु हुनेवाला थियो। मनुबाट नै मानिसहरूको वंश विस्तार भयोजसलाई मैथुन सृष्टि भनिन्छ। त्यसपछि ब्रह्माले तप र योगले सम्पन्न सप्तऋषिहरूको सृष्टि गर्नुभयो। उहाँले प्रत्येक ऋषिलाई आफ्नो तप र ज्ञानको अंश प्रदान गर्नुभयो। यसरी ब्रह्माजीले विभिन्न मानसिक र शारीरिक अवस्थाबाट विविध सृष्टि गर्नुभएको कथा यो अध्यायमा छ।

दार्शनिक पक्ष

दार्शनिक पक्ष

यो अध्यायले सृष्टिको विविधता र यसको पछाडि रहेको ईश्वरको इच्छालाई प्रस्ट पार्छ। अविद्याबाट सुरु भएको सृष्टि ज्ञान र तपमा गएर पूर्ण हुन्छ भन्ने सन्देश यसले दिन्छ। कामक्रोधलोभ र मोह जस्ता अवगुणहरू पनि सृष्टिका अङ्ग हुन् तर ती त्याग योग्य छन्। भगवान् विष्णुको शरणमा नजाउन्जेल ब्रह्माजीलाई पनि असुरहरूले सताउनुले 'शरण गतिको महत्त्व बुझाउँछ। निद्राआलस्य र अस्वच्छता भूत-पिशाचको बासस्थान हुन् भन्ने कुराले जीवनशैलीमा शुद्धताको माग गर्छ। पितृ र देवताहरूलाई गरिने हवि-कव्य कर्मको आधार हाम्रो सृष्टिसँगै गाँसिएको छ। मनुको सृष्टिले कर्मकाण्ड र अग्निहोत्रको सुरुवातलाई संकेत गर्छजसले लोकको कल्याण गर्छ। शरीर त्याग्नु भनेको रूपान्तरण हुनु होजसरी ब्रह्माका विभिन्न शरीरबाट विभिन्न योनि बने। संसारका सबै प्राणीहरू अन्ततः एउटै स्रोत ब्रह्माबाट आएका हुन्त्यसैले सबैमा सद्भाव हुनुपर्छ। ज्ञानवैराग्य र भक्ति नै सृष्टिको अन्तिम लक्ष्य हो भन्ने कुरा ऋषिहरूको सृष्टिबाट बुझिन्छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...