श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - विंशोऽध्यायः
शौनक उवाच -
(अनुष्टुप)
महीं प्रतिष्ठामध्यस्य सौते स्वायम्भुवो मनुः ।
कानि अन्वतिष्ठद् द्वाराणि मार्गाय अवर जन्मनाम् ॥ १ ॥
शौनकजीले भने—
सूतजी पृथ्वीरूप आधार पाएर स्वयम्भुव मनुले पछि हुने सन्तान उत्पन्न गर्नका लागि कुन कुन उपायको अवलम्वन गरे ।।१।।
क्षत्ता महाभागवतः कृष्णस्यैकान्तिकः सुहृत् ।
यस्तत्याजाग्रजं कृष्णे सापत्यं अघवानिति ॥ २ ॥
विदुरजी ठुला भगवद्भक्त र श्रीकृष्णका सुहृद थिए, त्यसैले उनले आफ्ना दाजु धृतराष्ट्र् र उनका छोरा दर्योधनलाई पनि भगवान् श्रीकृष्णलाई अनादर गरेका कारण उनीहरूलाई त्यगिदिएका थिए ।।२।।
द्वैपायनादनवरो महित्वे तस्य देहजः ।
सर्वात्मना श्रितः कृष्णं तत्परांश्चाप्यनुव्रतः ॥ ३ ॥
उनी महर्षि दै्वपायन का छोरा थिए महिमामा उनको कुनै प्रकारको कमि थिएन । उनी सबै प्रकारले भगवान् श्रीकृष्णमा आश्रित र कृष्णभक्तका अनुगामी थिए ।।३।।
किं अन्वपृच्छन् मैत्रेयं विरजास्तीर्थसेवया ।
उपगम्य कुशावर्त आसीनं तत्त्ववित्तमम् ॥ ४ ॥
तीर्थ सेवनबाट उनको अन्तःकरण पनि सुध्द भएको थियो । उनी कुशावर्त क्षेत्र (हरिद्वार) मा बसेका तत्वाज्ञानी मध्देमा श्रेष्ठ मैत्रेयजी नजिक गएर फेरि के सोधे ।।४।।
तयोः संवदतोः सूत प्रवृत्ता ह्यमलाः कथाः ।
आपो गाङ्गा इवाघघ्नीः हरेः पादाम्बुजाश्रयाः ॥ ५ ॥
सूतजी वहाँहरू विचमा कुराकानि हुदा श्रीहरिको चरणको सम्बन्ध राख्ने खालको पवित्र कथाहरू भएको होला, जुन वहाँको चरणबाट निक्लिएको गंगाजल समान सबै पापलाई नाश गर्ने खालको हो ।।५।।
ता नः कीर्तय भद्रं ते कीर्तन्योदारकर्मणः ।
रसज्ञः को नु तृप्येत हरिलीलामृतं पिबन् ॥ ६ ॥
सूतजी हजूरको मंगल होस हजूर हामीलाई भगवानको पवित्र कथा सुनाउनु होस । भगावन्को उदार चरित्र त कीर्नन गर्नका लागि योग्य हुन्छ, यस्तो कुन रसज्ञ हुन्छ जो श्रीहरिका लीलामृत पान गरेर तृप्त होवोस ।।६।।
एवं उग्रश्रवाः पृष्ट ऋषिभिः नैमिषायनैः ।
भगवति अर्पिताध्यात्मः तान् आह श्रूयतामिति ॥ ७ ॥
नैमिषरण्यवासी मुनिहरूले यस प्रकारप्रश्न गर्दा सूतजीले भगवान्मा चित्त लगाँउदै उनीहरूलाई यस प्रकार भन्नुभयो, त्यो सुन ।।७।।
सूत उवाच –
(इन्द्रवज्रा)
हरेर्धृतक्रोडतनोः स्वमायया
निशम्य गोरुद्धरणं रसातलात् ।
लीलां हिरण्याक्षमवज्ञया हतं
सञ्जातहर्षो मुनिमाह भारतः ॥ ८ ॥
सूतजीले भने—
मुनिगण! आफ्नो मायाले वराहरूप धारण गरेका श्रीहरिले रसातलमा डुवेकी पृथ्वीलाई निकाल्दा खेलखेलमै तिरस्कार पूर्वक हिरण्याक्षलाई मारेको कथा सुनेर विदुरजीलाई धेरै आनन्द आयो अनि उनेले मुनिवर मैत्रेयजीलाई भने ।।८।।
विदुर उवाच-
(अनुष्टुप)
प्रजापतिपतिः सृष्ट्वा प्रजासर्गे प्रजापतीन् ।
किं आरभत मे ब्रह्मन् प्रब्रूह्यव्यक्तमार्गवित् ॥ ९ ॥
विदुरजीले भने—
ब्रह्मन्! हजूर परोक्ष विषय पनि जान्नुहुन्छ त्यसैले यो वताउनुहोस कि प्रजाहरूका पति ब्रह्माजीले मरिचि आदि प्रजापतिहरूलाई उत्पन्न गरेर फेरी सृष्टि बढाउनका लागि के गरे ? ।।९।।
ये मरीच्यादयो विप्रा यस्तु स्वायम्भुवो मनुः ।
ते वै ब्रह्मण आदेशात् कथं एतद् अभावयन् ॥ १० ॥
मरिचि आदि मुनिहरूले र स्वायम्भुव मुनिले पनि ब्रह्माजीको आज्ञाले कुन प्रकारले प्रजाहरूको बृध्दि गरे ।।१०।।
सद्वितीयाः किमसृजन् स्वतन्त्रा उत कर्मसु ।
आहो स्वित्संहताः सर्व इदं स्म समकल्पयन् ॥ ११ ॥
के उनले यस जगतलाई पत्नीहरूको सहयोग लिएर उत्पन्न गरे कि आफ्नो कार्यमा स्वतन्त्र भएर, अथवा सबैजना मिलेर यस जगतको रचना गरे ।।११।
मैत्रेय उवाच–
दैवेन दुर्वितर्क्येण परेणानिमिषेण च ।
जातक्षोभाद् भगवतो महान् आसीद् गुणत्रयात् ॥ १२ ॥
मैत्रेयजीले भने—
विदुरजी! जस्को गतिलाई जान्न अत्यन्त कठिन छ . त्यस जीवको प्रारव्ध, प्रकृतिको नियन्ता पुरुष र काल यी तिनको हेतुबाट तथा भगवानको सन्निधिले त्रीगुणमय प्रकृतिमा क्षोभ हुनाले त्यसमा महतत्वको उत्पन्न भयो ।।१२।।
रजःप्रधानान् महतः त्रिलिङ्गो दैवचोदितात् ।
जातः ससर्ज भूतादिः वियदादीनि पञ्चशः ॥ १३ ॥
तानि चैकैकशः स्रष्टुं असमर्थानि भौतिकम् ।
संहत्य दैवयोगेन हैमं अण्डं अवासृजन् ॥ १४ ॥
ती सबै अलग अलग भएर जव केहि रचना गर्न सकेका थिएनन त्यसैले उनीहरूले भगवानको शक्तिबाट परस्पर संगठित भएर एक सुवर्ण मय अण्डको रचना गरे ।।१४।।
सोऽशयिष्टाब्धिसलिले आण्डकोशो निरात्मकः ।
साग्रं वै वर्षसाहस्रं अन्ववात्सीत् तं ईश्वरः ॥ १५ ॥
त्यो अण्ड चेतना सुन्य अवस्थामा एकहजार वर्ष भन्दा वढि समय सम्म जलमा रह्यो । फेरी त्यसमा भगवान् प्रवेश गर्नु भयो ।।१५।।
तस्य नाभेरभूत्पद्मं सहस्रार्कोरुदीधिति ।
सर्वजीवनिकायौको यत्र स्वयं अभूत्स्वराट् ॥ १६ ॥
त्यसमा प्रवेश भएपछि वहाँको नाभिकमलबाट सहस्र सूर्य समान अत्यन्त देविप्यमान एउटा कमल प्रकट भयो । त्यसमा स्वयं ब्रह्माजी प्रकट हुनुभयो ।।१६।।
सोऽनुविष्टो भगवता यः शेते सलिलाशये ।
लोकसंस्थां यथा पूर्वं निर्ममे संस्थया स्वया ॥ १७ ॥
जव ब्रह्माण्डको भर्गरूप जलमा सयन गरेका श्री नारायणदेवले ब्रह्माजीको अन्तःकरणमा प्रवेश गर्नभयो त्यसपछि वहाँले पूर्व कल्पमा आफैंद्वारा निश्चित गरिएको नामरूप अनुसार लोकको रचना गर्न लाग्नुभयो ।।१७।।
ससर्ज च्छाययाविद्यां पञ्चपर्वाणमग्रतः ।
तामिस्रं अन्धतामिस्रं तमो मोहो महातमः ॥ १८ ॥
सबभन्दा पहिले उहाँले आफ्नो छाँयाबाट तामिश्र, अन्धतामिश्र, तम, मोह र महामोह यी पाँच प्रकारको अविद्या उत्पन्न गर्नुभयो ।।१८।।
विससर्जात्मनः कायं नाभिनन्दन् तमोमयम् ।
जगृहुर्यक्षरक्षांसि रात्रिं क्षुत्तृट्समुद्भवाम् ॥ १९ ॥
ब्रह्माजीलाई आफ्नो त्यो तमोमय शरीर राम्रो लागेन अनि उनले आफ्नो त्यो शरीरलाई त्यागिदिनुभयो । त्यसपछि जसबाट भोक प्यास उत्पन्न हुन्छ त्यस्तो रात्रीरूप शरीरलाई उनैबाट उत्पन्न भएका यक्ष र राक्षसहरूले ग्रहण गरे ।।१९।।
क्षुत्तृड्भ्यां उपसृष्टास्ते तं जग्धुमभिदुद्रुवुः ।
मा रक्षतैनं जक्षध्वं इति ऊचुः क्षुत्तृडर्दिताः ॥ २० ॥
त्यस समयमा भोकप्यासले सताइएको ती राक्षसहरु ब्रह्माजीलाईनै खान भनि दौडे
देवस्तानाह संविग्नो मा मां जक्षत रक्षत ।
अहो मे यक्षरक्षांसि प्रजा यूयं बभूविथ ॥ २१ ॥
त्यस बेला ब्रह्माजीले हडवडाएर उनीहरूलाई भन्नुभयो हे राक्षसहरू हो तिमीहरू मेरो सन्तान हौं त्यसैले मलाई नखाओ मेरो रक्षा गर ।अनि भन्नलागे, यसलाई खाओ भने ती यक्ष भए जसले यसको रक्षा नगर र भने ती राक्षस भए ।२१।।
देवताः प्रभया या या दीव्यन् प्रमुखतोऽसृजत् ।
ते अहार्षुर्देवयन्तो विसृष्टां तां प्रभामहः ॥ २२ ॥
फेरी ब्रह्माजीले भने सात्विकी प्रभाले देदिप्यमान भएको शरीरले मुख्य मुख्य देवताहरूको रचना गर्नुभयो । ब्रह्माजीले त्यो शरीर त्यागेपछि फेरी दिनरूप प्रकाशमय शरीर ग्रहण गर्नुभयो ।।२२।।
देवोऽदेवाञ्जघनतः सृजति स्मातिलोलुपान् ।
ते एनं लोलुपतया मैथुनायाभिपेदिरे ॥ २३ ॥
त्यसपछि ब्रह्माजीले आफ्नो जघन देशबाट (कम्मर मुनी) कामाशक्त असुरहरू उत्पन्न गर्नुभयो तिनीहरू अत्यन्त कामाशक्त हुनाका कारण उत्पन्न हुनुसाथ मैथुनका लागि ब्रह्माजी तिर नै लागे ।।२३।।
ततो हसन् स भगवान् असुरैर्निरपत्रपैः ।
अन्वीयमानस्तरसा क्रुद्धो भीतः परापतत् ॥ २४ ॥
यस्तो देखेर पहिला त उनीहरू हाँस्नुभयो तर ती निर्लज्ज भएका असुरहरू आफ्नो पछि लागेको देखेर डराउदै र रिसाउदै भाग्नुभयो ।।२४।।
स उपव्रज्य वरदं प्रपन्नार्तिहरं हरिम् ।
अनुग्रहाय भक्तानां अनुरूपात्मदर्शनम् ॥ २५ ॥
त्यसपछि उहाँले भक्तहरूमाथि कृपा गर्नका लागि उनीहरूको भावना अनुससार दर्शन दिने भएका शरणागतवत्सल वरदायक श्रीहरिको समक्ष गएर भन्नलाग्नु भयो ।।२५।।
पाहि मां परमात्मंस्ते प्रेषणेनासृजं प्रजाः ।
ता इमा यभितुं पापा उपाक्रामन्ति मां प्रभो ॥ २६ ॥
हे परमात्मन् मेरो रक्षा गर्नुहोस, मैले त हजूरकै आज्ञाले प्रजाहरूलाई उत्पन्न गरेको थिएं । तर यीनीहरू पापमा लिप्त भएर मलाई नै मैथुन गर्न भनि मै तिरआउछन् ।।२६।।
त्वमेकः किल लोकानां क्लिष्टानां क्लेशनाशनः ।
त्वमेकः क्लेशदस्तेषां अनासन्न पदां तव ॥ २७ ॥
नाथ ! हजूर एकमात्र दुःखी जीवहरूको दुःख नाश गर्नुहुन्छ । जो हजूरको चरणकमलमा आँउदैनन उनीहरूलाई दुःख दिने एकमात्र हजूर हुनुहुन्छ ।।२७।।
सोऽवधार्यास्य कार्पण्यं विविक्ताध्यात्मदर्शनः ।
विमुञ्चात्मतनुं घोरां इत्युक्तो विमुमोच ह ॥ २८ ॥
त्यसपछि ब्रह्माजीको आतुरतालाई देखेर वहाँले भन्नुभयो कि तिमी आफ्नो यो काम कलुषित शरीरलाई त्यागिदेउ । भगवानले यसो भन्नुभए पछि ब्रह्माले त्यो शरीरलाई त्यागि दिनुभयो ।।२८।।
तां क्वणच्चरणाम्भोजां मदविह्वल लोचनाम् ।
काञ्चीकलापविलसद् दुकूलत् छन्न रोधसम् ॥ २९ ॥
ब्रह्माजीले त्याग्नुभएको त्यो शरीरबाट एक सुन्दरी स्त्री (सन्ध्यादेवी) कोरूपमा परिणत भयो । उनी हिड्दा उनको चरणकमलको पाउजेव छमछम गर्दथ्यो । उनको दुवै आँखा मदले लठ्ठ थियो र कर्धनीको लडी कम्मर सुशोभित साडीले ढाकिएको थियो ।।२९।।
अन्योन्यश्लेषयोत्तुङ्ग निरन्तरपयोधराम् ।
सुनासां सुद्विजां स्निग्ध हासलीलावलोकनाम् ॥ ३० ॥
उनको उचालिएको स्तन यस प्रकार आपसमा टासिएको थियो कि तीनको र विचमा कुनै अन्तर थिएन ।उनको नाक र दाँत धेरै सुन्दर थियो ती मुस्कुराउदै असुरहरूलाई हावभाव दृष्टिले हेरिरहेकी थीइन ।।३०।।
गूहन्तीं व्रीडयात्मानं नीलालकवरूथिनीम् ।
उपलभ्यासुरा धर्म सर्वे सम्मुमुहुः स्त्रियम् ॥ ३१ ॥
श्याम वर्ण अलकरवाली ले सुशोभित ती कुमारी मानौ लाजले गर्दा आफ्नो आँचलमा शरीर लुकाउदथी । विदुरजी! यस सुन्दरीलाई देखेर सबै असुरहरू मोहित भए ।।३१।।
अहो रूपमहो धैर्यं अहो अस्या नवं वयः ।
मध्ये कामयमानानां अकामेव विसर्पति ॥ ३२ ॥
अहो! यसको कस्तो विचित्ररूप, कस्तो अलौकिक धर्य र कस्तो नयाँ अवस्था छ । हेर ! हामी काम पिडितका माझमा यी कस्तो वेपर्वाह संग डुलिरहेकि छ ।।३२।।
वितर्कयन्तो बहुधा तां सन्ध्यां प्रमदाकृतिम् ।
अभिसम्भाव्य विश्रम्भात् पर्यपृच्छन् कुमेधसः ॥ ३३ ॥
यस प्रकार ती कुवुध्दि दैत्यले स्त्रीरुपिणी सन्ध्याको विषयमा विभिन्न तर्क, वितर्कहरू गर्नलागे अनि उनलाई धेरै आदर गरेर प्रेमपुर्वक सोधे ।।।
३३।।
कासि कस्यासि रम्भोरु को वार्थस्तेऽत्र भामिनि ।
रूपद्रविणपण्येन दुर्भगान्नो विबाधसे ॥ ३४ ॥
सुन्दरी ! तिमी को हौ भामिनि! यहाँ तिमी आउनुको प्रयोजन के हो ? तिमी आफ्नो रूपलाई विक्रिको वस्तु जस्तो बनाएकि छ्यौ । यो रूप देखाएर हामी अभागीहरूलाई किन तर्साइरहेकीछ्यौ ?।।३४।।
या वा काचित्त्वमबले दिष्ट्या सन्दर्शनं तव ।
उत्सुनोषीक्षमाणानां कन्दुकक्रीडया मनः ॥ ३५ ॥
तिमी जो भएपनि तिम्रो दर्शन भयो यो सारै शौभाग्यको कुरा हो । तिमी आफ्नो भकुण्डो उफारेर हामी दर्शकको मनलाई मथ्दछ्यौ ।।३५।।
(इन्द्रवज्रा)
नैकत्र ते जयति शालिनि पादपद्मं
घ्नन्त्या मुहुः करतलेन पतत्पतङ्गम् ।
मध्यं विषीदति बृहत्स्तनभारभीतं
शान्तेव दृष्टिरमला सुशिखासमूहः ॥ ३६॥
सुन्दरी! आफ्नो उफ्रिराखेको भकुण्डोमा हातले थिच्दछ्यौ, तव तिमो चरणकमल एकैठाँउमा रहदैन । तिम्रो कम्मर स्थूल स्तनको भारले थाके जस्तो देखिन्छ । र तिम्रो निर्मल दृष्टिले पनि थकाई देखिन्छ । अहो! तिम्रो कपाल कति सुन्दर छ ।।३६।।
(अनुष्टुप)
इति सायन्तनीं सन्ध्यां असुराः प्रमदायतीम् ।
प्रलोभयन्तीं जगृहुः मत्वा मूढधियः स्त्रियम् ॥ ३७ ॥
यस प्रकार स्त्रीरूपले प्रकट भएर यस सायंकालिन सन्ध्याले उनीहरूलाई कामाशक्त बनाइदिइ र ती मुढहरूले उनलाई स्त्री सम्झेर ग्रहण गरे ।।३७।।
प्रहस्य भावगम्भीरं जिघ्रन्ति आत्मानमात्मना ।
कान्त्या ससर्ज भगवान् गन्धर्वाप्सरसां गणान् ॥ ३८ ॥
त्यसपछि ब्रह्माजीले गम्भिरभावले हाँसेर आफ्नो शौन्दर्यको आफैले आश्वादन गर्ने कान्तिमयी मुर्तिले गन्धर्व र अप्सरागणहरुको उत्पन्न गर्नुभयो ।।३८।।
विससर्ज तनुं तां वै ज्योत्स्नां कान्तिमतीं प्रियाम् ।
ते एव चाददुः प्रीत्या विश्वावसुपुरोगमाः ॥ ३९ ॥
वहाँले फेरि त्यो कान्तिमय रुपलाइ त्यागिदिनुभयो जुन ज्योत्स्ना र चन्द्रिकारूपको थियो । जसलाई विश्वावसु आदि गन्दर्भहरूले प्रसन्न भएर ग्रहण गरे ।।३९।।
सृष्ट्वा भूतपिशाचांश्च भगवान् आत्मतन्द्रिणा ।
दिग्वाससो मुक्तकेशान् वीक्ष्य चामीलयद् दृशौ ॥ ४० ॥
त्यसपछि भगवान् ब्रह्माले आफ्नो तन्द्राबाट भूत प्रेत पिशाच उत्पन्न गरे र उनले दिगम्बर नांगो (वस्त्रहिन) र कपाल विग्रिएको देखेर आँखा बन्द गर्नुभयो ।।४०।।
जगृहुस्तद्विसृष्टां तां जृम्भणाख्यां तनुं प्रभोः ।
निद्रां इन्द्रियविक्लेदो यया भूतेषु दृश्यते ।
येनोच्छिष्टान्धर्षयन्ति तमुन्मादं प्रचक्षते ॥ ४१ ॥
ब्रह्माजीले त्यागेको त्यस जृम्भण (हाई गराई) रूप शरीरलाई भूत पिशाचहरूले ग्रहण गरे त्यसैलाई निद्रापनि भनिन्छ । जसबाट जीवहरूको इन्द्रियमा सिथिलता आएको देखिन्छ । यदि कोहि मानिस जुठो मुखले सुत्दछ भने त्यसलाई भूत पिशाच आदिले आक्रमण गर्दछ, त्यसैलाई उन्मादि भन्दछन् ।।४१।।
ऊर्जस्वन्तं मन्यमान आत्मानं भगवानजः ।
साध्यान् गणान् पितृगणान् परोक्षेणासृजत्प्रभुः ॥ ४२ ॥
फेरि भगवान् ब्रह्माले भावना गर्नुभयो कि म तेजोमय छु भन्ने सोचेर आफ्नो अदृश्यरूपले सन्ध्यागण र पितृगण उत्पन्न गर्नभयो ।।४२।।
ते आत्मसर्गं तं कायं पितरः प्रतिपेदिरे ।
साध्येभ्यश्च पितृभ्यश्च कवयो यद्वितन्वते ॥ ४३ ॥
पितृहरूले आफ्नो उत्पत्तिको स्थान अदृश्य शरीरलाई ग्रहण गरे । यसैलाई लक्षमा राखेर पण्डितहरू श्राध्दादिद्वारा पितृ र साध्यगणलाई क्रमशः कब्य (पिण्ड) र हब्य (अर्पण) गर्दछन ।।४३।।
सिद्धान् विद्याधरांश्चैव तिरोधानेन सोऽसृजत् ।
तेभ्योऽददात् तं आत्मानं अन्तर्धानाख्यमद्भुतम् ॥ ४४ ॥
आफ्नो तिरोधान (हेराई) शक्तिले ब्रह्माजीले सिध्द र विद्याधरको सृष्टि गरे । अनि उनिहरूलाई आफ्नो त्यो अन्तर्धान नामक अद्भुत शरीर दिए ।।४४।।
स किन्नरान् किम्पुरुषान् प्रत्यात्म्येनासृजत्प्रभुः ।
मानयन् नात्मनात्मानं आत्माभासं विलोकयन् ॥ ४५ ॥
एकपटक ब्रह्माजीले आफ्नो प्रतिविम्ब देख्नुभयो र आफुलाई धेरै राम्रो मानेर प्रतिविम्बबाट किन्नर र किंपुरुष उत्पन्न गरे ।।४५।।
ते तु तज्जगृहू रूपं त्यक्तं यत्परमेष्ठिना ।
मिथुनीभूय गायन्तः तं एवोषसि कर्मभिः ॥ ४६ ॥
उनीहरूले ब्रह्माजीले त्यागिदिएको कारण त्यो प्रतिविम्ब शरीर ग्रहण गरे । यी सब उषाकालमा आफ्नो पत्नीसंग मिलेर ब्रह्माजीको गुण कर्मआदिको गान गर्दछन ।।४६।।
देहेन वै भोगवता शयानो बहुचिन्तया ।
सर्गेऽनुपचिते क्रोधात् उत्ससर्ज ह तद्वपुः ॥ ४७ ॥
एकपटक ब्रह्माजी आफ्नो सृष्टि बृध्दि नभएका कारण धेरै चिन्तित भएर हात खुट्टा आदि पसारेर सुतिरहनु भएको थियो र फेरी रिसाएर त्यस शरीरलाई पनि त्यागिदिनु भयो ।४७।।
येऽहीयन्तामुतः केशा अहयस्तेऽङ्ग जज्ञिरे ।
सर्पाः प्रसर्पतः क्रूरा नागा भोगोरुकन्धराः ॥ ४८ ॥
त्यस शरीरबाट जुन कपाल झरेर खस्यो ती अहि भए । तथा हात खुट्टा खुम्च्याएर हिड्ने हुनाले र क्रुर स्वभाव भएका सर्प र नाग भए । जस्को शरीर फणाले काँध फैलिएको हुन्छ ।।४८।।
स आत्मानं मन्यमानः कृतकृत्यमिवात्मभूः ।
तदा मनून् ससर्जान्ते मनसा लोकभावनान् ॥ ४९ ॥
एकपटक ब्रह्माजीले आफुलाई कृत्यकृत्य अनुभव गररे त्यस समयको अन्त्यमा आफ्नो मनबाट मनुहरूको सृष्टि गरे यी सबै प्रजाको बृध्दि गर्ने हुन ।।४९।।
तेभ्यः सोऽसृजत्स्वीयं पुरं पुरुषमात्मवान् ।
तान् दृष्ट्वा ये पुरा सृष्टाः प्रशशंसुः प्रजापतिम् ॥ ५० ॥
मनस्वी ब्रह्माजीले उनीहरूका लागि आफ्नो पुरुषाकार शरीर त्यागिदिनु भयो । मनुहरूलाई देखेर ती भन्दा पहिला उत्पन्न भएका देवता गन्धर्वादिहरू ब्रह्माजीको स्तुति गर्नलागे ।।५०।।
अहो एतत् जगत्स्रष्टः सुकृतं बत ते कृतम् ।
प्रतिष्ठिताः क्रिया यस्मिन् साकं अन्नमदाम हे ॥ ५१ ॥
उनीहरूले भने—
विश्वकर्ता ब्रह्माजी! हजूरको यो मनुहरूको सृष्टि धेरै सुन्दर छ यसमा अग्निहोत्र आदि सबै कर्म प्रतिष्ठित छ । यसको सहायताबाट हामी पनि आफ्नो अन्न (हविर्भाग) ग्रहण गर्न सकुं ।।५१।।
तपसा विद्यया युक्तो योगेन सुसमाधिना ।
ऋषीन् ऋषिः हृषीकेशः ससर्जाभिमताः प्रजाः ॥ ५२ ॥
फेरिे इन्द्रिय सयम पूर्वक ऋषिराज, ऋषिकेष ब्रह्माले तप, विद्या, योग र समाधिले सम्पन्न भएका आफ्ना प्रिय सन्तान ऋषिगण हरूको रचना गर्नुभयो ।।५२।।
तेभ्यश्चैकैकशः स्वस्य देहस्यांशमदादजः ।
यत्तत् समाधियोगर्द्धि तपोविद्याविरक्तिमत् ॥ ५३ ॥
उनीहरूमा प्रत्तेकलाई आफ्नो समाधि, योग, ऐश्वर्य, तप, विद्या र वैराग्यमय शरीरको अंश दिनुभयो ।।५३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे विंशोऽध्यायः ॥ २० ॥