/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशः स्कंधः – एकदशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण

एकादशः स्कंधः – एकदशोऽध्यायः


श्रीभगवानुवाच
बद्धो मुक्त इति व्याख्या गुणतो मे न वस्तुतः ।
गुणस्य मायामूलत्वान्न मे मोक्षो न बन्धनम् ।। १ ।।
भगवान्ले भन्नुभयो– हे उद्धव ! आत्मा बध्द र मुक्त भन्ने व्याखय मेरा अधिनमा रहेको सत्व, रज र तम गुणको उपाधिको कारणले हो तत्वका दृष्टिले होइन । यी सबै गुणहरू मेरो मायाबाट उत्पन्न हुनाले मेरो न बन्धन छ र मोक्ष हुन्छ  ।। १ ।।

शोकमोहौ सुखं दुःखं देहापत्तिश्च मायया ।
स्वप्नो यथाऽऽत्मनः ख्यातिः संसृतिर्न तु वास्तवी ।। २ ।। 
जसरी स्वप्त बुध्दिको भ्रम हो त्यसरी नै शोक, मोह, सुख दुःख, शरीरको उत्पत्ति र मरणरुप संसार मायाले देखिन्छन्, जस्तो स्वप्नाका पदार्थ बुद्धिको अवस्थाबाट देखिन्छन्, वास्तवमा त्यस्तै यो संसार पनि वास्तवमा छैन मायाको भ्रमले देखिएको हो तर यो वास्तविक भने होइन ।।२।।

विद्याविद्ये मम तनू विद्धयुद्धव शरीरिणाम् ।
मोक्षबन्धकरी आद्ये मायया मे विनिर्मिते ।। ३ ।।
हे उद्धव ! मेरो मायाबाट रचिएका विद्या र अविद्या आदि शक्तिले नै प्राणीलाई मुक्त र बध्द बनाउँने मेरो शक्ति हुन् भन्ने कुरा तिमीले बुझ ।।३।।

एकस्यैव ममांशस्य जीवस्यैव महामते । 
बन्धोऽस्याविद्ययानादिर्विद्यया च तथेतरः ।। ४।।
हे बुद्धिमान् उद्धव ! जीव त एक नै छ, त्यो पनि मेरो नै अंश हो । यस जीव अविद्याले सांसारिक बन्धनमा पर्दछ, त्यस्तै अनादि विद्याका कारण मोक्ष हुन्छ ।।४।। 

अथ बद्धस्य मुक्तस्य वैलक्षण्यं वदामि ते । 
विरुद्धधर्मिणोस्तात स्थितयोरेकधर्मिणि ।। ५ ।।
हे उद्धव ! धर्म र स्वभावका कारण फरक फरक स्वभाव भएका भए तापनि एकै शरीरमा रहेका जीव र ईश्वरको बध्द र मुक्तको लक्षणको बारेमा म तिमीलाई बताउँछु ।। ५ ।। 

सुपणाबेतौ सदृशौ सखायौ 
        यदृच्छयैतौ कृतनीडौ च वृक्षे ।
एकस्तयोः खादति पिप्पलान्न– 
        मन्यो निरन्नोऽपि बलेन भूयान् ।। ६ ।।
यी जीव र ईश्वर दुवै पक्षी समान रुपका छन् र एक आपसका साथी पनि हुन् । यी दुवै स्वेच्छाले एकै शरीर रुपी वृक्षमा बस्दछन् । यि दुई मध्द्धे यौटा जीव रुपी चराले कर्मको फल रूप अन्न खान्छ, अर्को ईश्वर रुप चराले चाहिं अन्नको भोग नगरे पनि ज्ञान आलि शक्तिका कारण जीव भन्दा धेरै बलियो छ ।।६।।

आत्मानमन्यं च स वेद विद्वा–
        नपिप्पलादो न तु पिप्पलादः ।
योऽविद्यया युक् स तु नित्यबद्धो
        विद्यामयो यः स तु नित्यमुक्तः ।। ७ ।।
अभोक्ता भएको ईश्वरले आफ्नो वास्तविक स्वरुप जगतलाई जान्दछ भने अर्को देहरूप पीपलको कर्मफल खानेले चाहिं आफूलाई र अर्कोलाई पनि जान्दैन । जो अविद्याले युक्त छ, त्यो नित्य बाँधिएको हुन्छ । अर्थात जीव नित्य वध्द छ र जो इश्वर छन् उनी विद्यास्वरुप छन् र नित्य मुक्त छन् ।।७।। 

देहस्थोऽपि न देहस्थो विद्वान् स्वप्नाद् यथोत्थितः । 
अदेहस्थोऽपि देहस्थः कुमतिः स्वप्नदृग् यथा ।।८।। 
।। ८ ।।
सपनाबाट ब्युंझेको पुरुष जसरी सपनालाई सम्झेर त्यसमा स्थित हुँदैन अथवा त्यसमा कुनै सम्बन्ध राख्दैन र रमाउँदैन । तर सपनाका वस्तुलाई सत्य जस्तो ठान्ने अज्ञानी पुरुष आफ्नो अज्ञानताका कारण त्यो शरीरमा स्थित भएर रहेको हुन्छ ।।८ ।।

इन्द्रियैरिन्द्रियार्थेषु गुणैरपि गुणेषु च ।
गृह्यमाणेष्वहं कुर्यान्न विद्वान् यस्त्वविक्रियः ।। ९।।
ज्ञानी पुरुषले इन्द्रियमा टाँसिएका विषयलाई ग्रहण गर्दा पनिे निर्विकार आत्मस्वरुपलाई जानेका ज्ञानी विद्वानले यसमा कुनै प्रकारको अभिमान गर्दैन ।।९।।

दैवाधीने शरीरेऽस्मिन् गुणभाव्येन कर्मणा ।
वर्तमानोऽबुधस्तत्र कर्तास्मीति निबद्ध्यते ।। १० ।।
अज्ञानी व्यक्ति दैवाधीन अर्थात् पूर्व कर्मवासनाबाट बनेको यो शरीरमा रहेर इन्द्रिय रूप गुणद्वारा गरिएका कामहरूलाई गर्ने म नै हुँ भन्ने अभिमानले गर्दा व्यवहार बन्धनमा बाँधिन्छ ।।१० ।।

एवं विरक्तः शयने आसनाटनमज्जने । 
दर्शनस्पर्शनघ्राणभोजनश्रवणादिषु ।। ११ ।।
न तथा बद्ध्यते विद्वांस्तत्र तत्रादयन् गुणान् । 
प्रकृतिस्थोऽप्यसंसक्तो यथा खं सविताऽनिलः ।। १२ ।। 
यस्तो बिचार गरेर मानिस, सुत्नु, उठ्नु बस्नु , हिँड्नु, डुल्न, हेर्नु, छुनु, सुंघ्नु र सुन्ने आदि क्रिया एवं व्यवहार गरेर पनि विद्वान विवेकी मानिसहरु त्यसबाट आफु बाँधिने डरले शरीरादि इन्द्रियलाई विभिन्न विषयको भोग गराउदा पनि कुनै आशक्त हुँदैन केवल शाक्षी भावले रहन्छ । जसरी सूय र हावाहरु जुन ठाँउमा पुग्दा पनि राम्रा नराम्रा कुराको ग्रहण गर्दैनन् त्यसरी नै उनीहरु असंग नै रहन्छन्  ।।११–१२।।

वैशारद्येक्षयाऽसङ्गशितया छिन्नसंशयः ।
प्रतिबुद्ध इव स्वप्ना न्नानात्वाद् विनिवर्तते ।। १३ ।।
असङ्ग अर्थात् वैराग्यले तिखारिएको तीखो भएको निपुण ज्ञानको हेराइले सबै शङ्का हटिसकेका व्यक्ति सपनाबाट बिउँझिएको व्यक्ति जस्तै देह आदि सांसारिक प्रपञ्चबाट अलग हुन्छ ।।१३।

यस्य स्युर्वीतसङ्कल्पाः प्राणेन्द्रियमनोधियाम् ।
वृत्तयः स विनिर्मुक्तो देहस्थोऽपि हि तद्गुणैः ।। १४ ।।
जसका प्राण, इन्द्रिय, मन र बुद्धिका वृत्तिहरू सङ्कल्परहित भएका हुन्छन् भने ती विरक्त पुरुष देहादि शरीरमा रहेर पनि देहको गुणबाट रहित भएका हुन्छ ।।१४।।

यस्याऽत्मा हिंस्यते हिंस्रैर्येन किञ्चिद् यदृच्छया ।
अच्र्यते वा क्वचित्तत्र न व्यतिक्रियते बुधः ।। १५ ।।
जसको शरीर कनै दुर्जन ंिहश्रक प्राणीबाट पीडित हुन्छ अथवा कसैबाट पूजित हुन्छ भने ति दुवै अवस्थामा उसमा कुनै विकार आउँदैन वास्तवमा उनै ज्ञानी हो भनेर भन्नुपर्दछ ।।१५।।

न स्तुवीत न निन्देत कुर्वतः साध्वसाधु वा ।
वदतो गुणदोषाभ्यां वर्जितः समदृङ्मुनिः ।। १६ ।।
जो कसैले आफ्नो लागि असल काम गरिदिंदा त्यसको पैशंसा पनि गर्दैन र खराव कार्य गरिदिने माथि निन्दा पनि गदैन । उ गुण दोषबाट माथि उठि सकेको हुन्छ, त्यस्ता व्यक्तिलाई समदर्शी मुनि भनिन्छ । किनकि उ लौकिक ब्यवहारबाट पर रहेको हुन्छ ।।१६।।
गगिरेको या बोलेकोमा त्यसको प्रशंसा गर्दैन, कसैले आफूलाई कष्ट दिएको या दुर्वाच्य बोलेकोमा निन्दा पनि गर्दैन यसरी आफूमा गुण र दोष नभएको मानिस नै समदर्शी मुनि भनिन्छ ।।१६।।

न कुर्यान्न वदेत् किञ्चिन्न ध्यायेत् साध्वसाधु वा । 
आत्मारामोऽनया वृत्या विचरेज्जडवन्मुनिः ।। १७ ।। 
जो न केहि बोल्दछन् वा क केहि गर्दछन्, त्यस्ता ज्ञानी मानिस राम्रो नराम्रो तिर ध्यान नै दिदैनन् त्यस्ता आत्माराम मुनिहरु जड जस्तो भएर मुनिका रुपमा डुल्नुपर्दछ ।।१७।।

शब्दब्रह्मणि निष्णातो न निष्णायात् परे यदि । 
श्रमस्तस्य श्रमफलो ह्यधेनुमिव रक्षतः ।। १८ ।।
जो शव्द ब्रह्म (शास्त्र) पढेर निपुण भएर पनि त्यसको पाण्डित्याई मात्र गरेर ब्रह्मज्ञानको मार्ग ध्यान दिदैन –अनुष्ठान गर्दैन) भने त्यसले शास्त्र पढ्दा गरेको परिश्रम त्यसैगरी खेर जान्छ । जसरी दूधको आशाले बाँझी गाई पाल्नेको परिश्रम खेर जान्छ ।।१८।।

गां दुग्धदोहामसतीं च भार्यां
        देहं पराधीनमसत्प्रजांच ।
वित्तं त्वतीर्थीकृतमङ्ग वाचं
        हीनां मया रक्षति दुःखदुःखी ।। १९ ।।
हे उद्धव ! जसले दूध नदिने गाईलाई, दुश्चरित्रा पत्नीलाई, अर्काको अधीनमा रहेका शरीर र दुष्ट स्वभाव भएका परिवार सत्पात्रमा दान नदिएको धन र मेरो गुणगानले रहित वचनलाई जसले रक्षा गर्दछ, त्यसलाई दुःखमाथि दुःख थपिदै जान्छ ।।१९।।

यस्यां न मे पावनमङ्ग कर्म 
        स्थित्युद्भवप्राणनिरोधमस्य ।
लीलावतारेप्सितजन्म वा स्याद्
        वन्ध्यां गिरं तां बिभृयान्न धीरः ।। २० ।।
हे उद्धव ! जुन बोलिमा यो विश्वको सृष्टि, स्थिति संहार गर्ने मेरो पवित्र लीला र कर्मको वर्णन भएको हुदैन । अथवा मेरो अवतारको चरित्रहरुको गान गाइएका हुदैनन । यीतो मिथ्या बोलीको बुध्दिमान पुरुषले सुन्नु हुदैन ।।२०।।

एवं जिज्ञासयाऽपोह्य नानात्वभ्रममात्मनि ।
उपारमेत विरजं मनो मय्यप्र्य सर्वगे ।। २१ ।।
यसरी विचार गरेर आत्मामा देह आदि अनेकरूप देखिने भ्रमलार्ई छाडेर म सर्वब्यापी परमात्मामा मन लगाएर यस सांसारिक कर्मबाट टाढा रहनु ।।२१।। 
 
यद्यनीशो धारयितुं मनो ब्रह्मणि निश्चलम् ।
मयि सर्वाणि कर्माणि निरपेक्षः समाचर ।। २२ ।।
फलको कुनै आशा नराखी आफूले गरेका सबै कर्म मैमा अर्पण गर ।।२२।। 

श्रद्धालु कथाः शृण्वन् सुभद्रा लोकपावनीः ।
गायन्ननुस्मरन् कर्म जन्म चाभिनयन् मुहुः ।। २३ ।।
श्रद्धालु भएर कल्याणदायक र लोकलाई पवित्र पार्ने मेरा कथाहरू सुन्दै, गाउँदै, सम्झना गर्दै, मैले विभिन्न अवतारमा लिएको जन्म र मैले गरेका कर्मको बारम्वार नक्कल गर्दै रहनु पर्दछ ।।२३।।

मदर्थे धर्मकामार्थानाचरन् सदपाश्रयः ।
लभते निश्चलां भक्तिं मय्युद्धव सनातने ।। २४ ।। 
हे उद्धव ! ममा आश्रित रहेर मेरा लागि नै भनेर धर्म, काम र अर्थको पालना गर्ने व्यक्तिले अनन्य प्रेममयी भक्ति प्राप्त गर्दछ ।।२४।। 

सत्सङ्गलब्धया भक्त्या मयि मां स उपासिता ।
स वै मे दर्शितं सद्भिरञ्जसा विन्दते पदम् ।। २५ ।।
यसरी मेरो सत्सङ्गद्वारा प्राप्त गरेको भक्तिले त्यो उ ध्यान गर्ने व्यक्ति निश्चय नै सज्जन महात्माले देखाएको मेरो स्थान सजिलै प्राप्त गर्दछन् ।।२५।।

उद्धव उवाच
साधुस्तबोत्तमश्लोक मतः कीदृग्विधः प्रभो ।
भक्तिस्त्वय्युपयुज्येत कीदृशी सद्भिरादृता ।। २६ ।।
उद्धवले भने– हे उत्तमकीर्ति भएका ! हे प्रभो ! हजुरको मतमा कस्तो पुरुषलाई साधु भनेर भनिन्छ ? साधुहरूद्वारा आदर गरिएको कस्तो भक्ति उपयुक्त हुन्छ ।।२६।।

एतन्मे पुरुषाध्यक्ष लोकाध्यक्ष जगत्प्रभो ।
प्रणतायाऽनुरक्ताय प्रपन्नाय च कथ्यताम् ।। २७ ।।
हे ब्रह्मा आदि देवताका पनि नियन्त प्रभो ! हजुर सम्पूर्ण लोकका एक मात्र स्वामी हुनुहुन्छ । हजुरको शरणमा परेको भक्तलाई हजुर यी सबै कुरा बताउनु हुन्छ ।।२७।।

त्वं ब्रह्म परमं व्योम पुरुषः प्रकृतेः परः ।
अवतीर्णोऽसि भगवन् स्वेच्छोपात्तपृथग्वपुः ।। २८ ।।
हे भगवन् ! हजुर आकाश झैं असङ्ग र व्यापक हुनुहुन्छ, प्रकृतिभन्दा रहनुभएका परमपुष हुनुहुन्छ ।  हजुर आफ्नो इच्छाले भक्तको उद्धार गर्न अलग अलग रूप धारण गरी पृथ्वीतलमा अवतरित हुनुहुन्छ ।।२८।।

श्रीभगवानुवाच
कृपालुरकृतद्रोहस्तितिक्षुः सर्वदेहिनाम् ।
सत्यसारोऽनवद्यात्मा समः सर्वोपकारकः ।। २९ ।।
हे उद्धव मेरा भक्त दयालु हुन्छन् । उनीहरुले कसैसंग वैरभाव राख्दैनन् । धेरै ठुला कष्ठलाई पनि सजिलै संग सहन गर्न सक्दछन् । उनीहरु सधैं सत्य बोल्दछन् । उनीहरुको मनमा कुनै प्रकारको वासना आउँदैन । उनीहरु समदर्शी हुन्छन् र अरुको उपकारको लागि सदा तत्पर हुन्छन् ।।२९।।

कामैरहतधीर्दान्तो मृदुः शुचिरकिञ्चनः ।
अनीहो मितभुक् शान्तः स्थिरो मच्छरणो मुनिः ।। ३० ।।
अप्रमत्तो गभीरात्मा धृतिमाञ्जितषड्गुणः ।
अमानी मानदः कल्पो मैत्रः कारुणिकः कविः ।। ३१ ।।
जसको चित्त बिग्रिएको छैन, इन्द्घियहरुलाई वशमा राखेको, कोमल चित्त भएको, सदाचारनिष्ठ, वस्तुको सञ्चय नगर्ने, फलाशाविना नै कार्य गर्ने, ठिक्क भोजन गर्ने, शान्त स्वभावको, नमात्तिएको, आफ्नो धर्ममा स्थिर, मेरो शरणमा आएको, मननशील र धैर्यशाली, भोक, प्यास, शोक, मोह, बुढ्याइँ र मृत्यु यी छ गुणलाई जितेको, आपूm सम्मान नचाहने र अरुलाई सम्मान दिने, छल–कपट नजानेको, तत्वज्ञानी व्यक्ति नै सत्पुरूष हो। ।३०–३२ ।।

आज्ञायैवं गुणान् दोषान् मयाऽऽदिष्टानपि स्वकान् ।
धर्मान् सन्त्यज्य यः सर्वान् मां भजेत स सत्तमः ।। ३२ ।।
हे प्यारो उद्धव ! मैले वेद र शास्त्रको माध्यमले मनुष्य धर्मको उपदेश दिए । जसलाई पालन गर्नाले अन्तःकरण शुद्धि हुन्छ भने यसलाई उलंघन गर्नाले नरकादि लोक प्राप्त हुन्छ । जो मेरो नित्य भजन गर्दछ त्यस्तो मक्त उत्तम भक्त हो ।।३२।।

ज्ञात्वाऽज्ञात्वाऽथ ये वै मां यावान् यश्चास्मि यादृशः । 
भजन्त्यनन्यभावेन ते में भक्ततमा मताः ।। ३३ ।। 
गरी म जे जति छु त्यसलाई जानेर अथवा नजानेर होस्, जो एकचित्त भएर जसले मेरो भजन गर्दछन् भने तिनीहरू मेरा उत्तम भक्त मानिन्छन् ।।३३।।

मल्लिङ्गमद्भक्तजनदर्शनस्पर्शनार्चनम् ।
परिचर्या स्तुतिः प्रह्वगुणकमानुकीर्तनम् ।। ३४ ।। 
जसले आफ्नो कल्याण चाहान्छ उसले मेरो मूर्ति र मेरा भक्तको दर्शन, स्पर्शन्, पूजा, सेवा, स्तुति, प्रणाम तथा मेरा कर्म र गुणको कीर्तन गर्नू ।।३४।।

सत्कथाश्रवणे श्रद्धा मदनुध्यानमुद्धव ।
सर्वला भोपहरणं दास्येनाऽत्मनिवेदनम् ।। ३५ ।।
मज्जन्मकर्मकथनं मम पर्वानुमोदनम् । 
गीतताण्डववादित्रगोष्ठीभिर्मद्गृहोत्सवः ।। ३६ ।।
हे उद्धव ! मेरो कथा सुन्नमा श्रद्धा गर्नू, ध्यान गर्नू, जे जति प्राप्त वस्तु छन् ती ममा अर्पण गर्नू, आफूलाई दास्य भावले ममा अर्पण गर्नू । मेरा जन्मको र मैले गरेका कामको वर्णन गर्नू, मेरा पर्व अनुसार काम गर्नू, मेरो मन्दिरमा गएर नाचगान र बाजा बजाएर उत्सव मनाउनू ।।३५–३६।।

यात्रा बलिविधानं च सर्ववार्षिकपर्वसु ।
वैदिकी तान्त्रिकी दीक्षा मदीयव्रतधारणम् ।। ३७ ।।
ममार्चास्थापने श्रद्धा स्वतः संहत्य चोद्यमः ।
उद्यानोपवनाक्रीडपुरमन्दिरकर्मणि ।। ३८ ।।
सबै पर्व दिनमा मेरा मन्दिरमा गई वैदिक र तान्त्रिक विधिले पूजा गर्नू, दीक्षा मन्त्र लिनू, मेरो व्रतको पालना गर्नू ।।३७।।
मेरो मूर्तिस्थापनामा श्रद्धा राख्नू । मेरो मन्दिर सफा राख्नु । सके आफैले मात्र नत्र सबैले मिलेर बगैंचा, वन, उपवन, नगर मन्दिर आदि निर्माण गर्नु यी सबै भक्तको लक्षण हो ।।३८।।

सम्मार्जनोपलेपाभ्यां सेकमण्डलवर्तनैः ।
गृहशुश्रूषणं मह्यं दासवद् यदमायया ।। ३९ ।।
मेरा मन्दिरमा बढार्नू, गोबरले लिप्नू, शुद्ध जल छर्कनू, सर्वतोभद्र आदि मण्डल बनाई मनमा केही घमण्ड नराखी दास जस्तो भई मेरो सेवा गनू ।।३९।। 

अमानित्वमदम्भित्वं कृतस्यापरिकीर्तनम् ।
अपि दीपावलोकं मे नोपयुञ्ज्यान्निवेदितम् ।। ४० ।।
भक्तले कुनै कुरामा पनि घमण्ड नगर्नू, मान पनि नखोज्नु । आफूबाट गरिएका धर्मकार्यको प्रचार गर्नु ।  मलाई अर्पण गरिएको दीप प्रकाशको आफ्नो काममा नलगाउनु । उपयोग नगर्नू । अरु देवतालाई चढाएको वस्तु भगवान्लाई नचढाउनु ।।४०।।

यद् यदिष्टतमं लोके यच्चातिप्रियमात्मनः ।
तत्तन्निवेदयेन्मह्यं तदानन्त्याय कल्पते ।। ४१ ।।
संसारमा आफूलाई मनपर्ने जे जे वस्तु छन्, ती ती वस्तु सबै मलाई अर्पण गर्नु । त्यसले अनन्तफल प्राप्त मिल्दछ ।।४१ ।।

सूर्योऽग्निब्राह्मणो गावो वैष्णवः खं मरुज्जलम् ।
भूरात्मा सर्वभूतानि भद्र पूजापदानि मे ।। ४२ ।।
हे भद्र ! सूर्य, अग्नि, ब्राह्मण, गाई, वैष्णव, आकाश, वायु, जल, पृथ्वी, आत्मा, प्राणी यी सबै मलाई पूजा गर्ने ठाउँ हुन् ।।४२।।

सूर्ये तु विद्यया त्रय्या हविषाग्नौ यजेत माम् ।
आतिथ्येन तु विप्राग्र्ये गोष्वङ्ग यवसादिना ।। ४३ ।।
हे प्यारा उद्धव ऋग्वेद, यजुर्वेद र सामवेदका मन्त्रद्वारा सूर्यमा र अवन द्वारा अग्निमा मलाई पूजा गरुन् । उत्तम ब्राह्मणलाई अतिथि मानेर सत्कारद्वारा र गाईलाई राम्रो घाँस दिएर मेरो पूजा गर्नु ।।४३।।

वैष्णवे बन्धुसत्कृत्या हृदि खे ध्याननिष्ठया । 
वायौ मुख्यधिया तोये द्रव्यैस्तोयपुरस्कृतैः ।। ४४ ।।
स्थण्डिले मन्त्रहृदयैर्भोगैरात्मानमात्मनि ।
क्षेत्रज्ञं सर्वभूतेषु समत्वेन यजेत माम् ।। ४५ ।।
भगवद्भक्तमा आफ्ना बन्धुहरुलाई सत्कार गर्नु । हृदयरूप आकाशमा ध्यानले, वायुमा प्राणदृष्टिले त्यसैगरी पानीमा विभिन्न पूजा सामाग्रीले र सम्पूर्ण प्राणिहरुलाई मेरो स्वरुप मानेर पूजा गर्नु ।।४४–४५।।

धिष्ण्येष्वेष्विति मद्रूपं शङ्खचक्रगदाम्बुजैः ।
युक्तं चतुर्भुजं शान्तं ध्यायन्नर्चेत् समाहितः ।। ४६ ।। 
यसरी शान्त मनले बिभिन्न मन्त्र आदिले चार हातमा शंख, चक्र, गदा, पद्यम धारण गरेको शान्तस्वरूप भएको मेरो रूपलाई सम्झना गर्दै
गरून् ।।४६।।

इष्टापूर्तेन मामेवं यो यजेत समाहितः ।
लभते मयि सद्भक्तिं मत्स्मृतिः साधुसेवया ।। ४७ ।।
यसरी जो मानिसले एकाग्रचित्तले यज्ञ, इष्ट, काम र कूप निर्माण आदि पूर्त कर्मद्वारा मेरो पूजा वा सेवा गर्ने साधुलाई मेरो श्रेष्ठ भक्ति प्राप्त हुन्छ र मेरै स्वरुप प्राप्त गर्दछ ।।४७।।

प्रायेण भक्तियोगेन सत्सङ्गेन विनोद्धव ।
नोपायो विद्यते सध्यङ् प्रायणं हि सतामहम् ।। ४८ ।।
हे उद्धव, प्राय गरेर सत्सङ्गद्वारा प्राप्त भएको भक्तियोग बाहेक मलाई प्राप्त गर्ने अर्को उपाय कुनै छैन, निश्चय किनकि सन्त पुरुष मलाई आफ्नो आश्रय ठान्दछन् ।।४८।।

अथैतत् परमं गुह्यं शृण्वतो यदुनन्दन ।
सुगोप्यमपि वक्ष्यामि त्वं मे भृत्यः सुहृत् सखा ।। ४९ ।।
हे यदुनन्दन उद्धव ! मैले तिमीलाई यो अत्यन्त गोपनीय परम रहस्य को बारेमा बताउदछु किनकि तिमी मेरा सेवक र प्रिय साथी हौ ।।४९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे
एकादशोऽध्यायः।।११।


ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...