श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - सप्तदशोऽध्यायः
सूत उवाच-
(अनुष्टुप्)
तत्र गोमिथुनं राजा हन्यमानमनाथवत् ।
दण्डहस्तं च वृषलं ददृशे नृपलाञ्छनम् ॥ १ ॥
सूतजी भन्दछन्–
शौनकजी! परीक्षित त्यहाँ
पुग्दा एउटा
राजभेषधारी सूद्रले
हातमा डण्डा
लिएर गाई
र गोरुलाई उसको कोही
मालिक नै
नभए जसरी
पिट्ना लागेको
देखे ।।१।।
वृषं मृणालधवलं मेहन्तमिव बिभ्यतम् ।
वेपमानं पदैकेन सीदन्तं शूद्रताडितम्
॥ २ ॥
त्यो कमलको डाँठ
समान सेतो
रंगको गोरु
एक खुट्टाले
उभिएको थियो
भने सूद्रका
पिटाइबाट डराएर
मलमुत्र त्याग
गरीरहेको थियो
।।२।।
गां च धर्मदुघां दीनां भृशं शूद्रपदाहताम् ।
विवत्सामाश्रुवदनां क्षामां यवसमिच्छतीम् ॥ ३ ॥
धार्मिक कार्यका लागि
दहि,
दूध,
घीउ दिने
गाई पनि
त्यो सूद्रको
पिटाई बाट
अत्यन्त दुःखी
भएकी थिइन्
। एक त आफैमा दुब्ली पातली
भएकी त्यसमा
पनि वाछा
नजिक थिएनन
। उनको आँखाबाट आँसु
झरिरहेका थिए
।।३।।
पप्रच्छ रथमारूढः कार्तस्वरपरिच्छदम्
।
मेघगम्भीरया वाचा समारोपितकार्मुकः ॥ ४ ॥
सुनहरू जडान गरीएका
रथमा बसेका
राजाले हातमा
धनुष चढाउदै
गंभीर बोलीले
त्यो कलिलाई
भन्न लागे
।।४।।
कस्त्वं मच्छरणे लोके बलाद्धंस्यबलान् बली ।
नरदेवोऽसि वेषेण नटवत्कर्मणाद्विजः
॥ ५ ॥
ए तँ को
होस् ? यस्तो
बलवीर भएर
पनि मेरो
राज्यमा यस्ता
निर्वल प्राणीहरूलाई
पिटिरहेको छस्
। तैले नटुवा झै
राजाको भेष
धारण गरेको
छस् तर
कर्म हेर्दा
चाँहि सूद्रको
जस्तो छ
।।५।।
यस्त्वं कृष्णे गते दूरं सहगाण्डीवधन्वना ।
शोच्योऽस्यशोच्यान् रहसि प्रहरन्वधमर्हसि ॥ ६ ॥
हाम्रा पितामह अर्जुन
भगवान् श्रीकृष्णका
साथ परमधाम
जानु भएपछि
यस एकान्त
ठाँउमा यस्ता
निरापराधिहरूलाई यातना
दिने तँ
ता अपराधि
होस् तलाई
मार्नु नै
उचित हुन्छ
।।६।।
त्वं वा मृणालधवलः पादैर्न्यूनः पदा चरन् ।
वृषरूपेण किं कश्चिद् देवो नः परिखेदयन् ॥ ७ ॥
राजाले धर्मलाई सोधे
कमलको डाँठ
समान सेतो
वर्णको अनि
तीन खुट्टा
नहुदा पनि
एउटा खुट्टाले
टेकेर हिडेको
तपाईको यो
अवस्था देखेर
मलाई दुःख
लागिरहेको छ ॥ ७ ॥
न जातु कौरवेन्द्राणां दोर्दण्डपरिरम्भिते ।
भूतलेऽनुपतन्त्यस्मिन् विना ते प्राणिनां शुचः ॥ ८ ॥
तपाई गोरुको रूप
धारण गरेका
कुनै देवता
हुनुहुन्छ ।
अहिले पनि
यो पृथ्वी
कुरुवंशका राजाको
अधिनमा नै
छ । तपाई जस्ता
कुनै प्राणीले
शोक गरेर
आँशु खसालेको
म देख्न सक्तिन ।।८।।
मा सौरभेयानुशुचो
व्येतु ते वृषलाद् भयम् ।
मा रोदीरम्ब भद्रं ते खलानां मयि शास्तरि ॥ ९ ॥
हे गोपुत्र! अव तपाई चिन्ता
नलिनुहोस् ।
यो सूद्रबाट
नडराउनुहोस् ।
हे गोमाता!
म यस दुष्टलाई दण्ड
दिनेछु ।
अव तपाई
नरुनुहोस् ।
तपाईको कल्याण
हुनेछ ॥ ९ ॥
यस्य राष्ट्रे प्रजाः सर्वाः त्र्यस्यन्ते
साध्व्यसाधुभिः
।
तस्य मत्तस्य नश्यन्ति कीर्तिरायुर्भगो
गतिः ॥ १० ॥
देवी! जुन राजाका
राज्यमा दुष्टहरू
प्रजालाई दुःख
दिन्छन् त्यो
मतवाला राजाको
कीर्ति, आयु, ऐश्वर्य सबै
नष्ट हुन्छ
।।१०।।
एष राज्ञां परो धर्मो ह्यार्तानां आर्तिनिग्रहः ।
अत एनं वधिष्यामि भूतद्रुहमसत्तमम् ॥ ११ ॥
दुःख पाएका हरूको
दुःख नाश
गरीदिनु नै
राजाको धर्म
हो ।
यो प्राणीलाई
दुःख दिने
महादुष्टलाई म
अहिले नै
मारिदिन्छु ।।११।।
कोऽवृश्चत् तव पादांस्त्रीन् सौरभेय चतुष्पद ।
मा भूवंस्त्वादृशा
राष्ट्रे राज्ञां कृष्णानुवर्तिनाम्
॥ १२ ॥
हे सुरभिनन्दन! तपाई
त चार खुट्टा भएको
जीव हुनुहुन्छ,
तपाईको तीन
खुट्टा कस्ले
काट्यो ? श्रीकृष्णका
अनुन्यायी राजाहरूको
राज्यमा तपाईले
यस्तो दुःख
त नपाउनु पर्ने थियो
।।१२।।
आख्याहि वृष भद्रं वः साधूनां अकृतागसाम् ।
आत्मवैरूप्यकर्तारं पार्थानां कीर्तिदूषणम् ॥ १३ ॥
हे बृषभ! कुन दुष्टले तपाई
जस्ता साधुको
अङ्ग भंग
गरेर पाण्डवको
कीर्तिमा कलंक
लगायो भन्नुहोस,
तपाईको कल्याण
हुनेछ ।।१३।।
जनेऽनागस्यघं युञ्जन् सर्वतोऽस्य
च मद्भयम् ।
साधूनां भद्रमेव स्याद् असाधुदमने कृते ॥ १४ ॥
जसले निरापराधि प्राणीलाई
दुःख दिन्छ
उ जहाँसुकै भएपनि मेरो
डर अवस्य
हुन्छ किनकि
दुष्टहरूको नाश
गर्नाले नै
साधुको कल्याण
हुनेछ ।।१४।।
अनागःस्विह भूतेषु य आगस्कृन् निरङ्कुशः ।
आहर्तास्मि भुजं साक्षाद् अमर्त्यस्यापि साङ्गदम् ॥ १५ ॥
निरापराध प्राणीलाई दुःख
दिने दुष्ट
त देवता नै भएपनि
म वाजुवन्दले युक्त भएको
उसको हात
काटिदिनेछु ।।१५।।
राज्ञो हि परमो धर्मः स्वधर्मस्थानुपालनम् ।
शासतोऽन्यान् यथाशास्त्रं
अनापद्युत्पथानिह
॥ १६ ॥
आपत नपरेको बेलामा
शास्त्रको मर्यादाको
उलंघन गर्नेलाई
दण्ड दिएर
धर्मको अधिनमा
रहेको ब्यक्तिको
संरक्षण गर्नु
राजाको परम
धर्म हो
।।१६।।
धर्म उवाच-
एतद् वः पाण्डवेयानां युक्तमार्ताभयं वचः ।
येषां गुणगणैः कृष्णो दौत्यादौ भगवान् कृतः ॥ १७ ॥
धर्मले भने–
राजन्! तपाई महाराज
पाण्डुका वंशज
हुनुहुन्छ ।
दुःखीहरूकालागि सान्त्वना
दिनु तपाईका
लागि सुहाउने
कुरा हो
। तपाईको पुर्खाहरूको गुणका
कारण नै
भगवान् श्रीकृष्णले
उनीहरूको दूत
र सारथि वन्नु भएको
थियो ।।१७।।
न वयं क्लेशबीजानि यतः स्युः पुरुषर्षभ ।
पुरुषं तं विजानीमो वाक्यभेदविमोहिताः ॥ १८ ॥
हे पुरुवंशका राजा
! शास्त्रमा विभिन्न
मत भएका
कारण हाम्रो
बुध्दि मोहित
भएको छ
त्यसैले जीवहरूको
कारणका बारेमा
जान्दैनौं ।।१८।।
केचिद् विकल्पवसना
आहुरात्मानमात्मनः
।
दैवमन्ये परे कर्म स्वभावं अपरे प्रभुम् ॥ १९ ॥
जसले कुनैपनि प्रकारको
द्वेतलाई स्विकार
गर्देनन उनीहरू
आफुलाई नै
सुख र
दुःखका कारण
संझन्छन्, कोही प्रारब्धका कारण
हो भन्दछन
। कोही कर्मलाई बताउछन
। कसैले स्वभावलाई र
कसैले इश्वरलाई
दुःखको कारण
मान्दछन ।।१९।।
अप्रतर्क्यादनिर्देश्याद् इति केष्वपि निश्चयः ।
अत्रानुरूपं राजर्षे विमृश स्वमनीषया ॥ २० ॥
कोहीकोही त यसोपनि भन्दछन कि
दुःखको कारण
न त तर्कद्वारा जान्न
सकिन्छ न
वाणिद्वारा बताउन
सकिन्छ ।
राजन यसमा
कुनचाँहि मत
ठिक हो
तपाई आफ्नो
बुध्दिले विचार
गर्नुहोस् ।।२०।।
सूत उवाच-
एवं धर्मे प्रवदति स सम्राड् द्विजसत्तम ।
समाहितेन मनसा विखेदः पर्यचष्ट तम् ॥ २१ ॥
सूतजी भन्छन्–
शौनकजी! धर्मको यस्तो
कुरा सुनेर
राजा परीक्षित
धेरै खुसी
भए ।
उनीमा रहेको
शंसय हट्यो
अनि मन
शान्त गरेर
भने ।।२१।।
राजोवाच -
धर्मं ब्रवीषि धर्मज्ञ धर्मोऽसि वृषरूपधृक्
।
यद् अधर्मकृतः स्थानं सूचकस्यापि
तद्भवेत् ॥ २२ ॥
परीक्षितले भने–
धर्मको तत्वको बारेमा
जान्नु भएका
बृषभदेव! तपाई धर्मको बारेमा
उपदेश गरीरहनु
रहेको छ
। त्यसैले तपाई अवस्य
पनि धर्म
बृषभको रूपका
हुनुहुन्छ ।।
अधर्म गर्नेहरू
नरक जानुपर्छ
भने त्यसको
चुक्लि लगाउने
पनि नरकमै
जानु पर्ने
भएकोले तपाईले
आफुलाई दुःख
दिनेको बारेमा
बताउनु भएन
।।२२।।
अथवा देवमायाया नूनं गतिरगोचरा ।
चेतसो वचसश्चापि भूतानामिति
निश्चयः ॥ २३ ॥
प्राणीले परमेश्वरको माया
र स्वरूपको बारेमा मन
र वाणि द्वारा वर्णन
गर्न सक्तैनन
भन्ने सिध्दान्त
निश्चित गरीएको
छ ।।२३।।
तपः शौचं दया सत्यं इति पादाः कृते कृताः ।
अधर्मांशैस्त्रयो भग्नाः स्मयसङ्गमदैस्तव ॥ २४ ॥
धर्मदेव! सत्ययुगमा तपाईको
चार खुट्टा
(तप,
पवित्रता, दया र सत्य) यी चार
चरण थियो
। अहिले अधर्मको अंश,
आशक्ति र
मदले गर्दा
तीन चरण
नष्ट भयो
।।२४।।
इदानीं धर्म पादस्ते सत्यं निर्वर्तयेद्यतः ।
तं जिघृक्षत्यधर्मोऽयं
अनृतेनैधितः
कलिः ॥ २५ ॥
यतिवेला चौथो चरणको
रूपमा सत्यमात्र
बाँकी छ
। त्यसैको बलले तपाई
बाँचिरहनु भएको
छ । असत्यले भरिएको
यो अधर्मरूप
कलिले यसलाई
पनि खान
खोजिरहेछ ।।२५।।
इयं च भूमिर्भगवता न्यासितोरुभरा सती ।
श्रीमद्भिः तत्पदन्यासैः
सर्वतः कृतकौतुका ॥ २६ ॥
यी गौमाता साक्षात
पृथ्वी हुन्
। भगवान्ले इनको भार
हलुको गर्नुभयो
। वहांको चरणचिन्हका कारण
शुसोभित भएकी
थिइन् ।।२६।।
शोचत्यश्रुकला साध्वी दुर्भगेवोज्झिताधुना
।
अब्रह्मण्या नृपव्याजाः
शूद्रा भोक्ष्यन्ति
मामिति ॥ २७ ॥
अहिले यी साव्ध्वी
भगवान्बाट विछोड
भएकीले अभागिनी
सरह आँखाभरि
आँसु लिएर
चिन्ता गरीरहेकी
छिन् ।
अव राजाको
स्वांग गरेर
यो ब्राम्हणद्रोही सूद्रले मलाई भोग
गर्दैछ ।।२७।।
इति धर्मं महीं चैव सान्त्वयित्वा महारथः ।
निशातमाददे खड्गं कलयेऽधर्महेतवे
॥ २८ ॥
महारथी परीक्षितले यसरी
पृथ्वी र
धर्मलाई सान्त्वना
दिएर त्यो
अधर्मरूप कलिलाई
मार्न भनि
तरवार उठाए ॥ २८ ॥
तं जिघांसुमभिप्रेत्य
विहाय नृपलाञ्छनम्
।
तत्पादमूलं शिरसा समगाद् भयविह्वलः ॥ २९ ॥
कलियुगले पनि अव
राजाले मलाई
मार्नेछन् भनि
हत्तपत्त राजचिन्ह
उतारेर आकुल
व्याकुल हुंदै
राजाको शिरमा
पाउ राख्न
पुग्यो ।।२९।।
पतितं पादयोर्वीरः
कृपया दीनवत्सलः ।
शरण्यो नावधीच्छ्लोक्य
आह चेदं हसन्निव ॥ ३० ॥
वडा यशश्वी र
शरण दिने
भएका राजा
परीक्षितले आफ्नो
पाउमा पर्न
आएको देखेर
मारेनन् तर
हास्दै भने
।।३०।
राजोवाच–
(इंद्रवजा)
न ते गुडाकेशयशोधराणां
बद्धाञ्जलेर्वै भयमस्ति किञ्चित् ।
न वर्तितव्यं
भवता कथञ्चन
क्षेत्रे मदीये त्वमधर्मबन्धुः
॥ ३१ ॥
परीक्षितले भने–
अहिले हात जोडेर
शरण पर्न
आइस्, अर्जुनको वंशबाट उत्पन्न
भएको कुनैपनि
वीरबाट तैले
डर मान्नु
पर्दैन तर
अधर्मको सहायक
भएको मेरो
राज्यमा रहन
पाउन्नस् ।।३१।।
त्वां वर्तमानं नरदेवदेहेषु
अनुप्रवृत्तोऽयमधर्मपूगः ।
लोभोऽनृतं चौर्यमनार्यमंहो
ज्येष्ठा च माया कलहश्च दम्भः ॥ ३२ ॥
तँ रहनाले राजाको
शरीरमा पनि
असत्य, चोरी, दुष्टता, स्वधर्मत्याग, दरिद्रता, कपट, कलह,
र दम्भ आदि अधर्मका
अनुचरहरूको प्रबिृत्ति
बढदछ ।।३२।।
न वर्तितव्यं
तदधर्मबन्धो
धर्मेण सत्येन च वर्तितव्ये ।
ब्रह्मावर्ते यत्र यजन्ति यज्ञैः
यज्ञेश्वरं यज्ञवितानविज्ञाः
॥ ३३ ॥
त्यसैले अधर्मको मित्र
तँ यस
ब्रम्हाबर्तमा एकछिन
पनि रहन
पाँउदैनस् ।
यो त
सत्यको ठाँउ
हो ।
यस ठाँउमा
यज्ञविधि जान्ने
विद्वानहरूद्वारा यज्ञपुरुष
भगवान्को आराधना
गरीरहन्छन् ।।३३।।
यस्मिन् हरिर्भगवानिज्यमान
इज्यात्ममूर्तिर्यजतां शं तनोति ।
कामानमोघान् स्थिरजङ्गमानां
अन्तर्बहिर्वायुरिवैष आत्मा ॥ ३४ ॥
भगवान् श्रीहरि यस
ठाँउमा यज्ञकोरूपमा
निवाश गर्नुहुन्छ
। यज्ञबाटै वहांको पूजा
हुन्छ र
वहां यज्ञ
गर्नेहरूलाइ कल्याण
गर्नुहुन्छ ।
वहां सर्वात्मा
भगवान् हावा
झैं सबै
चराचर जीवको
भित्र बाहिर
रहेर उनीहरूको
कामनालाई पूर्ण
गर्नुहुन्छ ॥ ३४ ॥
सूत उवाच–
(अनुष्टुप्)
परीक्षितैवमादिष्टः स कलिर्जातवेपथुः ।
तमुद्यतासिमाहेदं दण्डपाणिमिवोद्यतम् ॥ ३५ ॥
सूतजी भन्दछन् –
परीक्षितको यस्ता आज्ञा
सुनेर कलिले
आफ्नो शिर
उठायो अनि
यमराज झै
हातमा तरवार
लिएर आफुलाई
मार्न तम्सिएका
परीक्षित संग
भन्यो ॥ ३५ ॥
कलिरुवाच –
यत्र क्व वाथ वत्स्यामि सार्वभौम तवाज्ञया ।
लक्षये तत्र तत्रापि त्वामात्तेषुशरासनम् ॥ ३६ ॥
कलिले भन्यो –
हे सम्राट ! तपाईको आज्ञा मानेर
म जहाँ बस्ने विचार
गर्दछु त्यहाँ
त्यहाँ तपाई
धनुष बाण
लिएर आइरहेको
देख्दछु ।।२६।।
तन्मे धर्मभृतां श्रेष्ठ स्थानं निर्देष्टुमर्हसि
।
यत्रैव नियतो वत्स्य आतिष्ठन् तेऽनुशासनम्
॥ ३७ ॥
हे धार्मिक शिरोमणि
राजा! तपाईले म बस्ने ठाँउ बताईदिनुहोस्
म त्यहिं तपाईको आज्ञा
पालन गरेर
स्थिर भएर
बस्दछु ।।३७।।
सूत उवाच–
अभ्यर्थितस्तदा तस्मै स्थानानि कलये ददौ ।
द्यूतं पानं स्त्रियः सूना यत्राधर्मश्चतुर्विधः
॥ ३८ ॥
सूतजी भन्दछन् –
कलिको यस्तो प्रार्थनालाई
स्विकार गरेर
राजाले उसलाई
बस्न भनेर
चार ठाँउ
दिए ।
यी ठाँउहरूमा
दूत,
मद्यपान, स्त्रीसंग र हिंसा यी चार
ठाँउमा अधर्मले
बास गर्दछ
।।३८।।
पुनश्च याचमानाय जातरूपमदात्प्रभुः
।
ततोऽनृतं मदं कामं रजो वैरं च पञ्चमम् ॥ ३९ ॥
कलिले अर्को एउटा
ठाँउ पनि
माग्यो ।
सामथ्र्यबान भएका
परीक्षितले उसको
लागि बस्न
भनेर सुवर्ण
दिए ।
अधर्मको मूल
कारण भएको
कलि यसप्रकार
असत्य, मद, काम,
बैर र
रजोगुण आदि
पाँच ठाँउमा
बस्न थाल्यो
।।३९।।
अमूनि पञ्च स्थानानि ह्यधर्मप्रभवः कलिः ।
औत्तरेयेण दत्तानि न्यवसत् तन्निदेशकृत्
॥ ४० ॥
उत्तराका छोरा महाराज
परीक्षितले दिएको
पाँच ठाँउमा
रहेर अधर्मरूप
कलिले उनको
आज्ञा पालन
गर्न लाग्यो
।।४०।।
अथैतानि न सेवेत बुभूषुः पुरुषः क्वचित् ।
विशेषतो धर्मशीलो राजा लोकपतिर्गुरुः ॥ ४१ ॥
यसैले आत्ममकल्याण चहाने
ब्यक्तिहरूले यी
पाँच ठाँउको
सेवन कहिलेपनि
गर्न हुदैन
। विशेष गरेर प्रजावर्गका
लौकिक नेता
तथा धर्मगुरुहरूले
त बढि होसियार भएर
यी पाँचकुराहरूलाई त्यागिदिनु पर्दछ ।।४१।।
वृषस्य नष्टांस्त्रीन्
पादान् तपः शौचं दयामिति ।
प्रतिसन्दध आश्वास्य महीं च समवर्धयत् ॥ ४२ ॥
त्यसपछि राजा परीक्षितले
बृषभरूप धर्मको
नष्ट भएका
तीनै खुट्टाहरू
जोडिदिए र
पृथ्वीलाई पनि
आश्वासन दिए
।।४२।।
स एष एतर्ह्यध्यास्त आसनं पार्थिवोचितम् ।
पितामहेनोपन्यस्तं राज्ञारण्यं विविक्षता ॥ ४३ ॥
अहिलेपनि महाराज परीक्षित
त्यहि सिंहासनमा
विराजमान छन्
जुन उनको
पितामह महाराज
युधिष्ठिरले वनमा
जादा दिएका
थिए ।।४३।।
आस्तेऽधुना स राजर्षिः कौरवेन्द्रश्रियोल्लसन्
।
गजाह्वये महाभागः चक्रवर्ती बृहच्छ्रवाः
॥ ४४ ॥
अहिले पनि चक्रवर्ति
राजा परीक्षित
हस्तिनापुरमा कौरव
कूलको राज्यलक्ष्मीले शोभायमान छन् ।।४४।।
इत्थम्भूतानुभावोऽयं अभिमन्युसुतो नृपः ।
यस्य पालयतः क्षौणीं यूयं सत्राय दीक्षिताः ॥ ४५ ॥
अभिमन्युका प्रभावशाली छोरा
राजा परीक्षितको
शासनकालमा तपाईहरू
यस्तो धेरैकालमा
समाप्त हुने
यज्ञको दिक्षित
हुनभएको छ
।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे कलिनिग्रहो नाम सप्तदशोऽध्यायः ॥ १७ ॥
