श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – अष्टादशोऽध्यायः
श्रीशुक उवाच –
तथा च भद्रश्रवा नाम धर्मसुतस्तत्कुलपतयः पुरुषा भद्राश्ववर्षे साक्षाद्भगवतो वासुदेवस्य प्रियां तनुं धर्ममयीं हयशीर्षाभिधानां परमेण समाधिना संनिधाप्येदमभिगणन्त उपधावन्ति ॥ १ ॥
शुकदेवजी भन्नुहुन्छ–
राजन् ! भद्राश्वखण्डमा धर्मका छोरा भद्रश्रवा र उनका मुख्य मुख्य सेवक भगवान् वासुदेव हयग्रीव नामको धर्ममयी प्रियमुर्तिलाई अत्यन्त समाधि निष्ठाद्वारा हृदयमा धारण गरी यस मन्त्रको जप गरेर यस प्रकार स्तुति गर्दछन ।।१।।
भद्रश्रवस ऊचुः –
ॐ नमो भगवते धर्मायात्मविशो धनाय नम इति ॥ २ ॥
अहो विचित्रं भगवद्विचेष्टितं
घ्नन्तं जनोऽयं हि मिषन्न पश्यति ।
ध्यायन्नसद्यर्हि विकर्म सेवितुं
निर्हृत्य पुत्रं पितरं जिजीविषति ॥ ३ ॥
भद्रश्रवा तथा उनका शेवक भन्दछन्—
यो मनलाई आनन्द दिने भएको ओङ्ककार स्वरूप भगवान धर्मलाई नमस्कार छ । अहो ! भगवान्को लीला बडो विचित्रको छ । जसको कारण यो जीव सम्पूर्ण लोकको संहार गर्ने काललाई देखेर पनि देख्दैन र तुच्छ विषयको सुखका लागि पापमय वस्तुको चिन्तनमा लागेर आफ्नै हातले आफ्ना छोरा र बाबुको लाशलाई जलाएर पनि स्वयं बाँच्ने इच्छा गर्दछन ।।२।३।।
वदन्ति विशं कवयः स्म नश्वरं
पश्यन्ति चाध्यात्मविदो विपश्चितः ।
तथापि मुह्यन्ति तवाज मायया
सुविस्मितं कृत्यमजं नतोऽस्मि तम् ॥ ४ ॥
विद्वानहरू जगतलाई नश्वर बताउँदछन र सूक्ष्मदर्शी आत्मतत्व जान्नेले यस्तो अनुभव गर्दछन पनि । हे जन्मरहित प्रभो ! मानिस तपाईको मायामा मोहित हुन्छन । तपाई यस्ता अनादि तथा विस्मयजनक कर्म गर्ने हुनुहुन्छ, म तपाईलाई नमस्कार गर्दछु ।।४।।
विश्वोद्भवस्थाननिरोधकर्म ते
ह्यकर्तुरङ्गीकृतमप्यपावृतः ।
युक्तं न चित्रं त्वयि कार्यकारणे
सर्वात्मनि व्यतिरिक्ते च वस्तुतः ॥ ५ ॥
हे परमात्मन ! तपाई अकर्ता र मायाको आवरणले रहित हुनुहुन्छ ता पनि जगतको उत्पत्ति, स्थिति, र प्रलय यो तपाईको नै कर्म मानिएको छ । त्यो ठिक पनि हो, यसमा आश्चर्यको कुरा छैन किनकि सर्वात्मरुपले तपाई नै सम्पूर्ण कार्यको कारण हुनुहुन्छ तर तपाईक आफ्नो शुद्धरुपले यस कारण भाव देखि सर्वथा पर हुनुहुन्छ ।।५।।
वेदान् युगान्ते तमसा तिरस्कृतान्
रसातलाद्यो नृतुरङ्गविग्नहः ।
प्रत्याददे वै कवयेऽभियाचते
तस्मै नमस्तेऽवितथेहिताय इति ॥ ६ ॥
तपाईको यो हयगृवरूप मानिस र घोडाको संयुक्त रूपहो । प्रलयकालमा जब तमःप्रधान दैत्यर्ले चोरेर लगेको वेदलाइ त्यतिबेला ब्रम्हाजीले प्रार्थना गर्नु भएपछि तपाईले वेदलाई रसातलबाट ल्याएर दिनुभयो । यस्तो अमोघ लीला गर्ने सत्यसङ्कल्प तपाईलाई नमस्कार गर्दछु ।।६।।
हरिवर्षे चापि भगवान्नरहरिरूपेणास्ते । तद्रूपग्रहणनिमित्तमुत्तरत्राभिधास्ये । तद्दयितं रूपं महापुरुषगुणभाजनो महाभागवतो दैत्यदानव कुलतीर्थीकरणशीलाचरितः प्रह्लादोऽव्यवधाना नन्यभक्तियोगेन सह तद्वर्षपुरुषैरुपास्ते इदं
चोदाहरति ॥ ७ ॥
ॐ नमो भगवते नरसिंहाय नमस्तेजस्तेजसे आविराविर्भव वज्रनख वज्रदंष्ट्र कर्माशयान् रन्धय रन्धय तमो ग्रस ग्रस ॐ स्वाहा । अभयमभयमात्मनि भूयिष्ठा ॐ क्षौम् ॥ ८ ॥
हरिवर्ष खण्डमा भगवान् नृसिंहरूपले रहनुहुन्छ । वहाँले यो रूप जुन कारणले धारण गर्नु भएको थियो त्यसको बारेमा पछाडि (सप्तमस्कन्ध¬) मा बताउँदछु । भगवान्को त्यस प्रिय रुपलाई महापुरुषको गुणले सम्पन्न भएका महाभागवत प्रल्हादजी निष्काम एवं अनन्य भक्तिभावले उपाशना गर्दछन । प्रल्हादको शील र आचरणले दैत्यदानव कुललाई पवित्र पारेका थिए । उनले यस मन्त्र तथा स्तोत्रको पाठ गरेका थिए – ओंकारस्वरूप भगवान् श्री नृसिंहदेवलाई नमस्कार छ । तपाई अग्नि आदि तेजको पनि तेज हुनुहुन्छ । हे वज्रनख ! वज्रदंष्ट्र् ! तपाई हाम्रो नजिकमा प्रकट हुनुहोस । हाम्रो कर्मवासनालाई जलाई दिनुहोस, जलाई दिनुहोस । ॐ स्वाहा । हाम्रो अन्तःकरणमा अभयदान दिनको लागि प्रकट हुनुहोस । ॐ क्षौम् ।।७,८।।
स्वस्त्यस्तु विश्वस्य खलः प्रसीदतां
ध्यायन्तु भूतानि शिवं मिथो धिया ।
मनश्च भद्रं भजतादधोक्षजे
आवेश्यतां नो मतिरप्यहैतुकी ॥ ९ ॥
हे नाथ ! विश्वको कल्याण होस, दु्ष्टको बुद्धि शुद्ध होस, सबै प्राणीहरूमा परस्पर सद्भाव होस, सबैले एक अर्काको हित गरुन, हाम्रो मन शूभ मार्गमा प्रवृत्त होस र हामी सबैको बुद्धि निष्काम भावले श्रीहरिमा लागोस ।।९।।
माऽगारदारात्मजवित्तबन्धुषु
सङ्गो यदि स्याद्भगवत्प्रियेषु नः ।
यः प्राणवृत्या परितुष्ट आत्मवान्
सिद्ध्यत्यदूरान्न तथेन्द्रियप्रियः ॥ १० ॥
हे प्रभो ! घर, स्त्री, धन र भाई बन्धुहरूमा हाम्रो आसक्ति नहोस, यदि आशक्ति नै भयो भने पनि भगवान्का अनन्य भक्त मैं होओस । आत्मज्ञानी पुरुष केवल शरीर धान्ने जति अन्नले सन्तुष्ट रहन्छन त्यसैले उनीहरूलाई जति चाँडो सिद्धि प्राप्त हुन्छ तर ती इन्द्रिय विषयभोगीलाई त्यसरी प्राप्त हुदैन ।।१०।।
यत्सङ्गलब्धं निजवीर्यवैभवं
तीर्थं मुहुः संस्पृशतां हि मानसम् ।
हरत्यजोऽन्तः श्रुतिभिर्गतोऽङ्गजं
को वै न सेवेत मुकुन्दविक्रमम् ॥ ११ ॥
भगवानका भक्तहरूको संगतले भगवान्को तीर्थसमान पवित्र चरित्र सुन्न पाईन्छ । जुन सुन्नाले उसमा असाधारण शक्ति एवं प्रभाव बड्दछ । त्यसलाई पटक पटक सुन्नेहरूको काँनको बाटो भएर भगवान् हृदयमा प्रवेश गर्नुहुन्छ र उसको सबै प्रकारको दैहिक र मानसिक मललाई पखालि दिनुुहुन्छ । त्यसैले यस्ता भगवान्का भक्तका संगत गर्न को चाहदैन ।।११।।
यस्यास्ति भक्तिर्भगवत्यकिञ्चना
सर्वैगुणैस्तत्र समासते सुराः ।
हरावभक्तस्य कुतो महद्गुणा
मनोरथेनासति धावतो बहिः ॥ १२ ॥
जुन पुरुषको भगवान्मा निष्काम भक्ति हुन्छ उसको हृदयमा समस्त देवता धर्म ज्ञानादि सम्पूूर्ण सद्गुणको सदा निवास गर्नुहुन्छ । तर जो भगवान्का भक्त हुदैन उसमा महापुरुषमा हुने त्यो गुण कहाँ पाइन्छ र ? त्यो त अनेक किसिमको सङ्कल्प गर्ने र निरन्तर बाहिरी तुच्छ विषय तिर नै दौडन्छ ।।१२।।
हरिर्हिसाक्षाद्भगवान् शरीरिणा
मात्मा झषाणामिव तोयमीप्सितम् ।
हित्वा महांस्तं यदि सज्जते गृहे
तदा महत्त्वं वयसा दम्पतीनाम् ॥ १३ ॥
जसरी माछालाई पानी प्यारो लाग्छ किनभने पानी उसको जीवनको आधार हो त्यसरी नै साक्षात श्रीहरि पनि समस्त देहधारीहरूका प्रियतम आत्मा हुनुहुन्छ । वहाँलाई त्यागेर कोहि महत्वाभिमानि पुरुष घरमा आशक्त रहन्छ भने त्यो दशामा स्त्री पुरुषको बडत्व केवल आयुलाई लिएर नै मानिन्छ, ज्ञान आदि सद्गुणको कारणले होइन ।।१३।।
तस्माद्रजोरागविषादमन्यु(
मानस्पृहाभयदैन्याधिमूलम् ।
हित्वा गृहं संसृतिचक्रवालं
नृसिंहपादं भजताकुतोभयमिति ॥ १४ ॥
त्यसैले असुरहरू हो ! तिमीहरू तृष्ण, राग, विषाद, क्रोध, अभिमान, इच्छा, भय, दीनता र मानसिक तापको मूल कारण जन्ममरण रूपसंसार चक्रमा वहन गर्ने यस्तो घरको आशक्तिलाई छाडेर भगवान् नृसिंहको निर्भय चरणकमलको आश्रय लेउ ।।१४।।
केतुमालेऽपि भगवान् कामदेवस्वरूपेण लक्ष्म्याः प्रियचिकिर्षया प्रजापतेर्दुहितॄणां पुत्राणां तद्वर्षपतीनां पुरुषायुषाहोरात्रपरिसंख्यानानांयासां गर्भामहापुरुषमहास्त्रतेजसोद्वेजितमनसां विध्वस्ता व्यसवः संवत्सरान्ते विनिपतन्ति ॥ १५ ॥
केतुमालखण्डमा लक्ष्मीजीको तथा संवत्सर नामका प्रजापतिका छोरा र छोरीलाई कल्याण गर्नाका लागि भगवान् कामदेवरुपले निवास गर्नुहुन्छ । त्यो रात्रीको अभिमानी देवतारूप कन्याहरूका र दिवाभिमानी देवतारूप छोराको संख्या मानिसको सय वर्षको आयुको दिर रातको बराबर अर्थात छत्तीस हजार वर्ष हुन्छ । अरु पनि त्यस वर्षको अधिपति छन । ती कन्या परमपुरुष श्री नारायणको श्रेष्ठ अस्त्र सुदर्शनचक्रको तेजले डराउँदछन, यसैले प्रत्तेक वर्षको अन्त्यमा उनको गर्भ नष्ट भएर तुहिन्छ ।।१५।।
अतीव सुललितगतिविलासविलसितरुचिरहासलेशावलोकलीलया किश्चिदुत्तम्भित
सुन्दरभ्रूमण्डलसुभगवदनारविन्दश्रिया रमां रमयन्निन्द्रियाणि रमयते ॥ १६ ॥
भगवान् कामदेव आफनो सुललित गति विलासले सुशोभित मन्द हाँसो, मनोहर लीलापूर्ण हेराई र सुन्दर आँखाले लक्ष्मीजीलाई आनन्दित गराउनुहुन्छ १६।।
तद्भगवतो मायामयं रूपं परमसमाधियोगेन रमा देवी संवत्सरस्य रात्रिषु प्रजापतेर्दुहितृभिरुपेताहःसु च तद्भर्तृभिरुपास्ते इदं चोदाहरति ॥ १७ ॥
श्रीलक्ष्मीजी परम योगद्वारा भगावन्को त्यो मायामय स्वरुपको रात्रिको समय प्रजापति संवत्सरको कन्याहरूसहित र दिनमा उनका पतिहरूका साथ भएर यी मन्त्रले स्तुति तथा आराधना गर्दछिन ।।१७।।
ॐ ह्रां ह्रीं ह्रूं ॐ नमो भगवते हृषीकेशाय सर्वगुणविशेषैर्विलक्षितात्मने आकूतीनां चित्तीनां चेतसां विशेषाणां चाधिपतये षोडशकलाय च्छन्दोमयायान्नमयायामृतमयाय सर्वमयाय सहसे ओजसे बलाय कान्ताय कामाय नमस्ते उभयत्र भूयात् ॥ १८ ॥
सम्पूर्ण श्रेष्ठ वस्तुद्वारा नै तपाईको आकार प्रतीत हुन्छ । व्रिmयाशक्ति, ज्ञानशक्ति र सङ्कल्प अध्यवसाय आदि चित्तका धर्म तथा उसको विषयको अधिपति हुन, एघार इन्द्रिय पाँच विषय सोह्र कलाहरूले युक्त हुनुुहुन्छ, वेदोक्त कर्मले प्राप्त भएका अन्नमय, अमृतमय र सर्वमय तपाई नै हो । वहाँ मानोवल, इन्द्रियवल र एवं शारीरिकवल स्वरूप परम सुन्दर भगवान् कामदेवलाई ॐ ह्रां ह्रीं हु्रं यस बीजमन्त्रले नमस्कार छ ।।१८।।
स्त्रियो व्रतैस्त्वा हृषिकेश्वरं स्वतो
ह्याराध्य लोके पतिमाशासतेऽन्यम् ।
तासां न ते वै परिपान्त्यपत्यं
प्रियं धनायूंषि यतो ऽस्वतन्त्राः ॥ १९ ॥
भगवन् तपाई इन्द्रियका स्वामी हुनुुहुन्छ । स्त्रीहरू अनेक कठिन ब्रतले तपाईको पूजा स्तुति गरेर अरु लौकिक पतिहरूको इच्छा गर्दछिन । तर उनी आफ्ना प्रिय पुत्र धन र आयुको रक्षा गर्न सक्दिनन् किनकि उनी आफै नै पराधिन हुन्छिन ।।१९।।
स वै पतिः स्यादकुतोभयः स्वयं
समन्ततः पाति भयातुरं जनम् ।
स एक एवेतरथा मिथो भयं
नैवात्मलाभादधि मन्यते परम् ॥ २० ॥
जो स्वयं सधैं निर्भय भएर अरुको भयलाई सबै प्रकारले रक्षा गर्दछ भने त्यो नै सच्चा पतिको रक्षा गर्ने इश्वर हो । यस्तो एकमाात्र पनि तपाई नै हुनुहुन्छ । यदि धेरै इश्वर मान्नलाग्यो भने एक अर्कोबाट भय हुने सम्भावना हुन्छ । त्यसैले तपाई आफ्नो प्राप्ति बाहेक अरु कुनैलाई श्रेष्ठ मान्नु हुदैन ।।२०।।
या तस्य ते पादसरोरुहार्हणं
निकामयेत्साखिलकामलम्पटा ।
तदेव रासीप्सितमीप्सितोऽर्चितो
यद्भग्नयाञ्चा भगवन् प्रतप्यते ॥ २१ ॥
भगवन् जुन स्त्री तपाईको चरणकमलको पूजा चाहन्छिन र अरु कुनै कुराको इच्छा गर्दिनन तिनको सबै कामनाहरू पूर्ण हुन्छन तर जो अरु एक एक कामनालाई लिएर तपाईको उपसाना गर्दछन भने उसलाई तपाई त्यहि कामना मात्र दिनु हुन्छ जुन भोग गरेपछि समाप्त भएर जान्छ ।।२१।।
मत्प्राप्तयेऽजेशसुरासुरादय
स्तप्यन्त उग्रं तप ऐन्द्रियेधियः ।
ऋते भवत्पादपरायणान्न मां
विन्दन्त्यहं त्वद्धृदया यतोऽजित ॥ २२ ॥
हे अजित ! मलाई पाँउनको लागि इन्द्रिय सुखको अभिलाषी ब्रम्हा, रुद्र आदि समस्त देवता तथा असुरगण घोर तपस्या गर्दछन तर तपाईको चरणकमलको आश्रय लिने भक्त सिवाय मलाई अरु कसैले पनि पाउँन सक्तैन । किनकि मेरा मन त तपाई मै लागि रहेको हुन्छ ।।२२।।
स त्वं ममाप्यच्युत शीक्तो वन्दितं
कराम्बुजं यत्त्वदधायि सात्वताम् ।
बिभर्षि मां लक्ष्म वरेण्य मायया
क ईश्वरस्येहितमूहितुं विभुरिति ॥ २३ ॥
हे अच्युत ! तपाई आफुलाई स्तुति गरिने करकमल भक्तको मस्तकमा राख्नुहुन्छ, त्यो मेरो सिरमा राखिदिनुहोस । वरेण्य ! तपाई मलाई गहनाको रुपमा आफ्नु वक्षस्थलमा धारण गर्नुहुन्छ, जुन तपाई सर्व समर्थ इश्वर हुनुहुन्छ तपाई आफ्नो मायाले जुन लीलाहरू गर्नुहुन्छ त्यसको रहस्य बुझ्न कस्ले सक्छ र ? ।।२३।।
रम्यकेचभगवतः प्रियतमं मात्स्यमवताररूपं तद्वर्षपुरुषस्य मनोः प्राक्प्रदर्शितं स इदानीमपि महता भक्तियोगेनाराधयतीदं चोदाहरति ॥ २४ ॥
रम्यकखण्डमा भगवान्ले त्यहाँको अधिपति मनुलाई पहिलो कल्पमा आफ्ना परम प्रिय मत्स्यरूप देखाउनु भएको थियो । मनुजी अहिलेसम्म पनि भगवान्को त्यहि रुपलाई बडो भक्तिभागवले उपसना गर्दछन यस मन्त्रको जपेर स्तुति गर्दथे ।।२४।।
ॐ नमो भगवते मुख्यतमाय नमः सत्त्वाय प्राणायौजसे सहसे बलाय महामत्स्याय नम इति ॥ २५ ॥
सत्वप्रधान मुख्य प्राण सुत्रात्मा तथा मनोबल, इन्द्रियबल र शरीरबल ओङ्कारपदको अर्थ सर्वश्रेष्ठ भगवान् महामत्स्यरुपलाई बारम्बार नमस्कार छ ।।२५।।
अन्तर्बहिक्षाखिललोकपालकै
रदृष्टरूपो विचरस्युरुस्वनः ।
स ईश्वरस्त्वं य इदं वशेऽनय(
न्नाम्ना यथादारुमयीं नरःस्त्रियम् ॥ २६ ॥
हे प्रभो ! जसप्रकार नटुवाले कठपुतलिलाई नचाँउछ । त्यसरी नै तपाई ब्राम्हणादि नामको डोरीले सम्पूर्ण जगतलाई आफ्नो अधिनमा नचाउनु हुन्छ । त्यसैले तपाई नै सबैका प्रेरक हुनुुहन्छ तपाईलाई ब्रम्हादि लोकपालले पनि देख्न सक्तैनन । तपाई प्राणीको भित्र प्राणरुपले र बाहिर वायुरुपले विचरण गर्नु हुन्छ । वेद पनि तपाईको महान शव्द हो ।।२६।।
यं लोकपालाः किल मत्सरज्वरा
हित्वा यतन्तोऽपि पृथक् समेत्य च ।
पातुं न शेकुर्द्विपदश्चतुष्पदः
सरीसृपं स्थाणु यदत्र दृश्यते ॥ २७ ॥
एकपटक इन्द्रिादि इन्द्रियाभिमानी देवताहरूको प्राणस्वरूप तपाईमा डाह भयो । तव तपाईबाट अलग हुनाले ती अलग अलग अथवा तपाईसंग मिलेर पनि मानिस, पशु, स्थावर, जंगम आदि जतिपनि शरीर देखिन्छन, धेरै प्रयाश गर्दा पनि उनीहरूको रक्षा गर्न सकेनन ।।२७।।
भवान् युगान्तार्णव ऊर्मिमालिनि
क्षोणीमिमामोषधिवीरुधां निधिम् ।
मया सहोरु क्रमतेऽज ओजसा
तस्मै जगत्प्राणगणात्मने नम इति ॥ २८ ॥
आजन्मा प्रभो ! तपाई मेरो सहित सबै औषधि र लहारहरूको आश्रयरुपा पृथ्वीको रक्षाका लाई यसलाई धारण गरेर अति तरंगले युक्त प्रलयकालीन समुद्रमा विहार गनुर्् भएको थियो यस्ता प्राणस्वरुप, तपाईलाई नमस्कार छ ।।२८।।
हिरण्मयेऽपि भगवान्निवसति कूर्मतनुं बिभ्राणस्तस्य तत्प्रियतमां तनुमर्यमा सह वर्षपुरुषैः पितृगणाधिपतिरुपधावति मन्त्रमिमं चानुजपति ॥ २९ ॥
हिरण्मय वर्षमा भगवान् कक्षपरूपधारणा गरेर रहनुहुन्छ । त्यहाँका निवासिहरूको सहित पितृका अधिपति अर्यमा भगगान्को त्यस प्रियत्तम मुर्तिको उपसना गर्दछन् र यो मन्त्रको निरन्त्रर जप गर्दछन ।।२९।।
ॐ नमो भगवते अकूपाराय सर्वसत्त्वगुणविशेषणायानुपलक्षितस्थानाय नमो वर्ष्मणे नमो भूम्ने नमो नमोऽवस्थानाय नमस्ते ॥ ३० ॥
जो सम्पूर्ण सत्वगुणले युक्त छ, जलमा विचरण रहनाको कारण जसको स्थानको कुनै निश्चय हुदैन तथा जो कालको मर्यादा भन्दा बाहिर छ त्यो ओङ्कारस्वरूप सर्वव्यापक सर्वाधार भगवान् कच्छपलाई वारंम्वार नमस्कार छ ।।३०।।
यद्रूपमेतन्निजमाययार्पित
मर्थस्वरूपं बहुरूपरूपितम् ।
संख्या न यस्यास्त्ययथोपलम्भनात्
तस्मै नमस्तेऽव्यपदेशरूपिणे ॥ ३१ ॥
भगवन् अनेक रुपमा प्रतीत हुने यो दृश्य प्रपञ्च मिथ्या नै हो यसैले यसको कुनै संख्या छैन तापनि यो मायाले प्रकाशित हुने तपाईको स्वरूपहो । तपाईको यस्तो अनिवर्चनीय रूपलाई मेरो नमस्कार छ ।।३१।।
जरायुजं स्वेदजमण्डजोद्भिदं
चराचरं देवर्षिपितृभूतमैन्द्रियम् ।
द्यौः खं क्षितिः शैलसरित्समुद्र
द्वीपग्नहर्क्षेत्यभिधेय एकः ॥ ३२ ॥
देव ! एकमात्र तपाई जरायुज स्वेदज, अण्डज, उद्भिज, जंगम, स्थावर, देवता, ऋषि, पितृगण, भूत, इन्द्रिय, स्वर्ग, आकाश, पृथ्वी, पर्वत, नदी, समुद्र, द्वीप, ग्रह र तारा आदि विभन्न नामले प्रसिद्ध हुनुहुन्छ ।।३२।।
यस्मिन्नसंख्येयविशेषनाम
रूपाकृतौकविभिः कल्पितेयम् ।
संख्या यया तत्त्वदृशापनीयते
तस्मैनमःसांख्यनिदर्शनायतेइति ॥ ३३ ॥
तपाई असंख्य नाम रूपर आकृतिहरूले य्ुक्त हुनुहुन्छ । कपिलाादि विद्वानले जुन तपाइको चौविस तत्वको निश्चित गर्नु भएको छ । यो एक तत्वकोे ज्ञान भएपछि निवृति हुनेछ । त्यो पनि वस्तुतः एकमात्र तपाईकै स्वरूपहो । यस्ता सांख्यसिद्धान्त स्वरूप तपाईलाई नमस्कार छ ।।३३।।
उत्तरेषु च कुरुषु भगवान् यज्ञपुरुषः कृतवराहरूप आस्ते तं तु देवी हैषा भूः सह कुरुभिरस्खलितभक्तियोगेनोपधावति इमां च परमामुपनिषदमावर्तयति ॥ ३४ ॥
उत्तर कुरुखण्डमा भगवान् बराहमुर्ति धारण गरेर विराजमान हुनुहुन्छ । यहाँका निवासिहरू सहित साक्षात पृथ्वीदेवी वहाँको भक्तिभावले उपाशना गर्दछिन । र यस परमोत्कृष्ट मन्त्र का जप गरेर स्तुति गर्दछिन ।।३४।।
ॐ नमो भगवते मन्त्रतत्त्वलिङ्गाय यज्ञक्रतवे महाध्वरावयवाय महापुरुषायनमः कर्मशुक्त्वाय त्रियुगाय नमस्ते ॥ ३५ ॥
जसको तत्व मन्त्रले जानिन्छ जसका यज्ञ र व्रmतुरूपहुन तथा ठुलाठुला यज्ञ जसको अंग हो, यस्ता ओंङ्कारस्वरूप शुद्ध कर्ममय, त्रियुग स्वरूप भगवान् श्रीवराहलाई बाबरम्बार नमस्कार छ ।।३५।।
यस्य स्वरूपं कवयो विपश्चितो
गुणेषु दारुष्विव जातवेदसम् ।
मथ्नन्ति मथ्ना मनसा दिदृक्षवो
गूढं क्रियार्थैर्नम ईरितात्मने ॥ ३६ ॥
ऋत्विजगण जसरी अरणीरूप काष्ठखण्डमा लुकेको अग्निलाई मन्थनद्वारा प्रकट गर्दछ त्यसरी नै कर्मशक्ति एवं कर्मफलको कामनाले लुकेको तपाईको रुपलाई हेर्ने इच्छाले परम प्रवीण पण्डितहरू आफ्नो विवेकयुक्त मनरूप मन्थनको काठले शरीर एवं इन्द्रियहरूलाई मत्थछन (चिन्तन गर्दछन) । यसप्रकार मन्थन गर्ने तपाईको स्वरुपलाई नमस्कार छ ।।३६।।
द्रव्यक्रियाहेत्वयनेशकर्तृभि
र्मायागुणैर्वस्तुनिरीक्षितात्मने ।
अन्वीक्षयाङ्गातिशयात्मबुद्धिभि
र्निरस्तमायाकृतये नमो नमः ॥ ३७ ॥
यम नियमादि योेगाङ्गको साधनले जसको बुद्धिले तपाईलाई बुझेका हुन्छा ती महापुरुष द्रव्य (विषय) क्रिया (इन्द्रियको व्यापार) हेतु (इन्द्रियाधिष्ठाता देवता) अयन (शरीर) देवता, काल र कर्ता (अहंकार) आदि मायामा कार्यलाई देखेर जसको वास्तविक स्वरुपको निश्चय गर्दछन, यस्तो मायिक आकृतिहरूले रहित तपाईलाई बारम्बार नमस्कार छ ।।३७।।
करोति विश्वस्थितिसंयमोदयं
यस्येप्सितं नेप्सितमीक्षितुर्गुणैः ।
माया यथाऽयो भ्रमते तदाश्रयं
ग्राव्णो नमस्ते गुणकर्मसाक्षिणे ॥ ३८ ॥
जसरी फलाम जड हुँदापनि चुम्बकको नजिक हुँदा हल्लिन्छ त्यसरी नै माया सर्वसाक्षीको इच्छाले पनि जुन आफ्नो लागि होइन तापनि सबै प्राणीका लागि हो । प्रकृति आफ्नो गुणद्वारा जगतको उत्पत्ति, स्थिति र लय गर्दछन यस्तो सम्पूर्ण गुण एवं कर्मका साक्षी तपाईलाई नमस्कार छ ।।३८।।
प्रमथ्य दैत्यं प्रतिवारणं मृधे
यो मां रसाया जगदादिसूकरः ।
कृत्वाग्रदंष्ट्रे निरगादुदन्वतः
क्रीडन्निवेभः प्रणतास्मि तं विभुमिति ॥ ३९ ॥
तपाई जगतका कारण आदि सुकरूप हुनुहुन्छ । जसरी एउटा हाथीले अर्को हात्तिलाई पछार्दछ त्यसै गरि गजराजले झैं कृडा गरेर युध्दमा आफ्ना प्रतिद्वन्दी हिरण्याक्ष दैत्यलाई मारेर मलाई आफ्नो दाह्राको टुप्पामा राखेर रसातालबाट बाहिर निकाल्नु भएको थियो । म त्यस्ता सर्वशक्तिमान प्रभुलाई बारम्बार नमस्कार गर्दछु ।।३९।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
पञ्चमस्कन्धे भुवनकोशवर्णनं नामाष्टादशोऽध्यायः ॥ १८ ॥