श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – अष्टत्रिंशोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
अक्रूरोऽपि च तां रात्रिं मधुपुर्यां महामतिः ।
उषित्वा रथमास्थाय प्रययौ नन्दगोकुलम् ॥१॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! कंशले अराएपछि बुद्धिमान अक्रुरजी त्यो रात मथुरापुरीमै बसेर भोलिपल्ट बिहान भएपछि आफ्नो रथमा चढेर गोकुलका लागि हिँडे ।।१।।
गच्छन् पथि महाभागो भगवत्यम्बुजेक्षणे ।
भक्तिं परामुपगत एवमेतदचिन्तयत् ॥२॥
अक्रुरजी यसरी हिँडेपछि बाटोमा उनलाई भगवान श्रीकृष्ण प्रति भक्तिजागी हाल्यो त्यसैले उनी यस प्रकार बिचार गर्नलागे ।।२।।
किं मयाऽऽचरितं भद्रं किं तप्तं परमं तपः ।
किं वाथाप्यर्हते दत्तं यद् द्रक्ष्याम्यद्य केशवम् ॥३॥
जीवनमा मैले कुन त्यस्तो शुभ कर्म गरेछु, कस्तो श्रेष्ठ तपस्या गरेछु, अथवा यज्ञ द्वारा कुन त्यस्तो दान दिएछु, जसको फलस्वरूप आज मैले श्रीकृष्णको दर्शन पाउने भएको छु ।।३।।
ममैतद् दुर्लभं मन्ये उत्तमःश्लोकदर्शनम् ।
विषयात्मनो यथा ब्रह्मकीर्तनं शूद्रजन्मनः ॥४॥
जसरी शुद्रकुलमा उत्पन्न भएका व्यक्तिलाई वेद उच्चारण दुर्लभ छ त्यसरी नै म विषयमा आशक्त भएका लागि श्रीकृष्ण भगवानको दर्शन दुर्लभ छ भन्ने लागेको छ ।।४।।
मैवं ममाधमस्यापि स्यादेवाच्युतदर्शनम् ।
ह्रियमाणः कालनद्या क्वचित्तरति कश्चन ॥५॥
तर म अधम नै भएपनि मलाई भगवानको दर्शन गर्ने अवसर मिल्नेछ । किनभने कहिलेकाहीँ नदीले बगाएको व्यक्तिले पनि अनायासै त्यो नदीलाई तर्न सक्दछ ।।५।।
ममाद्यामङ्गलं नष्टं फलवांश्चैव मे भवः ।
यन्नमस्ये भगवतो योगिध्येयाङ्घ्रिपङ्कजम् ॥६॥
आज मेरा सबै अशुभ वासनाहरू नष्ट भएको जस्तो लाग्छ । मेरो जन्म सफल भएको छ किनकि मैले आज भगवानको चरण कमलको नमस्कार गर्ने अवसर पाउने छु । त्यो अवसर त ठूलाठूला योगीहरु ध्यानद्वारा मात्र पाउन सक्छन् ॥६॥
(मिश्र)
कंसो बताद्याकृत मेऽत्यनुग्रहं
द्रक्ष्येऽङ्घ्रिपद्मं प्रहितोऽमुना हरेः ।
कृतावतारस्य दुरत्ययं तमः
पूर्वेऽतरन् यन्नखमण्डलत्विषा ॥७॥
अहो कंशले आज ममाथि ठूलो कृपा गर्यो किनकि उसैले पठाएको कारण म यस भूतलमा अवतीर्ण भएका स्वयं भगवानको चरण कमलको दर्शन पाउने भएको छु । जुन भगवानको नखमण्डलको कान्तिको ध्यान गरेर पहिला ठूला ठूला ऋषिहरुले यो अज्ञान रूप संसारबाट पार पाएका छन् ।।७।।
यदर्चितं ब्रह्मभवादिभिः सुरैः
श्रिया च देव्या मुनिभिः ससात्वतैः ।
गोचारणायानुचरैश्चरद्वने
यद्गोरपिकानां कुचकुङ्कुमाङ्कितम् ॥८॥
ब्रह्मा शङ्कर इन्द्र आदि ठूलाठूला देवताहरु स्वयं भगवती लक्ष्मीजी सहित उहाँको चरण कमलको ध्यान गर्दछन् । जुन चरण हरू आफ्ना गोप मित्रका साथ गाई चराउन जाँदा वन वनमा घुमेका छन् गोपिनीहरूको बक्षस्थलमा लेपन गरिएको छ म आज भगवानको त्यही चरणको दर्शन गर्नेछु ।।८।।
द्रक्ष्यामि नूनं सुकपोलनासिकं
स्मितावलोकारुणकञ्जलोचनम् ।
मुखं मुकुन्दस्य गुडालकावृतं
प्रदक्षिणं मे प्रचरन्ति वै मृगाः ॥९॥
वनका मृगहरू मेरो दाहिने भइ हिँडिरहेकाले मैले भगवानको सुन्दर गाला हसिलो अनुहार र कमलको फूल जस्ता आँखा घुम्रिएको कपाल भएको श्री कृष्णको दर्शन गर्नेछु ।।९।।
अप्यद्य विष्णोर्मनुजत्वमीयुषो
भारावताराय भुवो निजेच्छया ।
लावण्यधाम्नो भवितोपलम्भनं
मह्यं न न स्यात् फलमञ्जसा दृशः ॥१०॥
भगवान श्रीकृष्ण पृथ्वीको भार हरण गर्नको लागि स्वेक्षाले मनुष्य रुप धारण गर्नुभएको छ । आज मलाई उनै विष्णुको दर्शन हुनेछ । आज मलाई सजिलै आँखाको फल प्राप्त हुनेछ ।।१०।।
य ईक्षिताहंरहितोऽप्यसत्सतोः
स्वतेजसापास्ततमोभिदाभ्रमः ।
स्वमाययाऽऽत्मन् रचितैस्तदीक्षया
प्राणाक्षधीभिः सदनेष्वभीयते ॥११॥
भगवान कार्यकारण रूप जगतको सृष्टि गर्ने भएपनि कतृत्वको अभिमानले उहाँलाई छुन सक्दैन । जसले आफ्नो चित शक्तिद्वारा अविद्याका कारण उत्पन्न हुने भेदलाई नष्ट गरिदिनु भएको छ उहाँ योगमायाको आश्रय लिएर आफैंद्वारा रचित वस्तुद्वारा वृन्दावनको कुञ्जमा तथा गोपिनीहरूको घरमा प्रत्यक्ष रुपले देखिनुहुन्छ ।।११।।
यस्याखिलामीवहभिः सुमङ्गलै–
र्वाचो विमिश्रा गुणकर्मजन्मभिः ।
प्राणन्ति शुम्भन्ति पुनन्ति वै जगत्
यास्तद्विरक्ताः शवशोभना मताः ॥१२॥
सम्पूर्ण पापलाई नाश गर्ने भगवानका मङ्गलमय गुणकर्म र जन्महरूले युक्त भएका वाणीहरु जसले उच्चारण गर्दछ अथवा सुन्दछ भने उनीहरूका हृदयमा प्राणको सञ्चार हुन थाल्दछ र सारा पापहरू पखालिएर उनीहरूको जीवन सफल हुन्छ । भगवानको गुणगानबाट विमुख भएका वाणीहरू मुर्दालाई सिँगारिएका गहना समान हुन्छन् ।।१२।।
स चावतीर्णः किल सत्वतान्वये
स्वसेतुपालामरवर्यशर्मकृत् ।
यशो वितन्वन् व्रज आस्त ईश्वरो
गायन्ति देवा यदशेषमङ्गलम् ॥१३॥
उहाँ श्रेष्ठ देवताहरूको कल्याण गर्नका लागि आफूले बनाएका मर्यादाको पालन गर्दै यदुवंशमा अवतीर्ण भएर आफ्नो कीर्ति फैलाउँदै व्रजभूमिमा बस्नुभएको छ । देवताहरू त्यस मङ्गलमय कृतिको बारम्बार गान गर्दछन् ।।१३।।
तं त्वद्य नूनं महतां गतिं गुरुं
त्रैलोक्यकान्तं दृशिमन्महोत्सवम् ।
रूपं दधानं श्रिय ईप्सितास्पदं
द्रक्ष्ये ममासन्नुषसः सुदर्शनाः ॥१४॥
उहाँ तिनै लोकका सुन्दर हुनुहुन्छ । उहाँ दृष्टिमान व्यक्तिहरूका आँखाको आनन्द हुनुहुन्छ उहाँले भगवती लक्ष्मीले इच्छा गरे अनुसारको सुन्दर रुप धारण गर्नुहुन्छ त्रैलोक्यका गुरु हुनुहुन्छ त्यसैले निश्चय नै म आज उहाँको दर्शन गर्नेछु । किनभने आज बिहान देखि नैं मलाई मङ्गलमय संकेतको दर्शनहरू भइरहेको छ ।।१४।।
अथावरूढः सपदीशयो रथात्
प्रधानपुंसोश्चरणं स्वलब्धये ।
धिया धृतं योगिभिरप्यहं ध्रुवं
नमस्य आभ्यां च सखीन् वनौकसः ॥१५॥
मैले टाढैबाट उहाँको दर्शन पाउनेछु र म रथबाट तुरुन्तै ओर्लेनेछु र ठूलाठूला योगीद्वारा ध्यान गरिएका भगवान श्रीकृष्ण र बलरामको चरणमा पर्नेछु त्यसैगरी त्यहाँ भएका ब्रजवासी गोपगोपीहरुलाई पनि नमस्कार गर्नेछु ।।१५।।
अप्यङ्घ्रिमूले पतितस्य मे विभुः
शिरस्यधास्यन्निजहस्तपङ्कजम् ।
दत्ताभयं कालभुजाङ्गरंहसा
प्रोद्वेजितानां शरणैषिणां णृनाम् ॥१६॥
जब म भगवानको चरण कमलमा आफ्नो शिर राख्नेछु । त्यतिबेला उहाँले काल रूपी सापको डरले डराएर रक्षाका लागि शरणमा आएका मनुष्यलाई अभय दिए जस्तै गरी मेरो सिरमा पनि आफ्नो करकमल राखिदिनुहोला त ? ।।१६।।
समर्हणं यत्र निधाय कौशिक(
स्तथा बलिश्चाप जगत्त्रयेन्द्रताम् ।
यद्वा विहारे व्रजयोषितां श्रमं
स्पर्शेन सौगन्धिकगन्ध्यपानुदत् ॥१७॥
कौसीक गोत्रकमा उत्पन्न बलि र इन्द्रले भगवानको चरणकमलमा जल चढाएर नैं इन्द्र पद प्राप्त गरेका थिए । भगवानको त्यही सुगन्धित करकमलको स्पर्शले ह्रासकृडाका समयमा व्रजका युवतीहरूको थकाई मिटाइदिनु भएको थियो ।।१७।।
न मय्युपैष्यत्यरिबुद्धिमच्युतः
कंसस्य दूतः प्रहितोऽपि विश्वदृक् ।
योऽन्तर्बहिश्चेतस एतदीहितं
क्षेत्रज्ञ ईक्षत्यमलेन चक्षुषा ॥१८॥
म कंशले पठाएको दूध भएपनि भगवानले म माथि शत्रु बुद्धि गर्नुहुने छैन किनकि उहाँ निर्विकार हुनुहुन्छ । सर्वसाक्षी क्षेत्रज्ञ हुनुहुन्छ त्यसैले उहाँ आफ्नो शुद्ध बुद्धिद्वारा मेरो सबै चेष्टालाई ज्ञान दृष्टिले देख्नुहुनेछ । ।।१८।।
अप्यङ्घ्रिमूलेऽवहितं कृताञ्जलिं
मामीक्षिता सस्मितमार्द्रया दृशा ।
सपद्यपध्वस्तसमस्तकिल्बिषो
वोढा मुदं वीतविशङ्क ऊर्जिताम् ॥१९॥
जब म उहाँको चरणमा परेर हात जोडेर बिन्ती भाव प्रकट गर्नेछु । त्यतिबेला भगवानले मुस्कुराउँदै म माथि कृपा दृष्टिले हेर्नुभयो भने मेरा सारा पापहरु तत्काल नष्ट हुनेछन् । त्यसपछि म निशंक भएर सदाका लागि परमानन्दमा मग्न हुनेछु ।।१९।।
सुहृत्तमं ज्ञातिमनन्यदैवतं
दोर्भ्यां बृहद्भ्यां परिरप्स्यतेऽथ माम् ।
आत्मा हि तीर्थीक्रियते तदैव मे
बन्धश्च कर्मात्मक उच्छ्वसित्यतः ॥२०॥
म भगवानका हितैसी हुँ र उहाँका काका पनि हुँ । वहाँ बाहेक मेरा अरु कोही पनि इष्टदेव छैनन् त्यसो भएको हुनाले उहाँले आफ्ना लामा लामा हातले मलाई आलिङ्गन गर्नुहुनेछ जसले गर्दा मेरो शरीर पवित्र हुनेछ र मेरा कर्म बन्धनहरु पनि सबै शिथिल हुनेछन् ।।२०।।
लब्ध्वाङ्गसङ्गं प्रणतं कृताञ्जलिं
मां वक्ष्यतेऽक्रूर ततेत्युरुश्रवाः ।
तदा वयं जन्मभृतो महीयसा
नैवादृतो यो धिगमुष्य जन्म तत् ॥२१॥
उहाँले मलाई आलिङ्गन गरिसकेपछि म उहाँको चरणमा शिर झुकाएर नमस्कार गर्नेछु त्यसपछि उहाँले मलाई काका भनेर सम्बोधन गर्नुहुनेछ । अनि मेरो जीवन पनि धन्य हुनेछ । भगवानले यसरी कसैलाई स्वीकार गर्नुहुन्न भने उसको जीवन धिक्कार छ ।।२१।।
न तस्य कश्चिद् दयितः सुहृत्तमो
न चाप्रियो द्वेष्य उपेक्ष्य एव वा ।
तथापि भक्तान् भजते यथा तथा
सुरद्रुमो यद्वदुपाश्रितोऽर्थदः ॥२२॥
उहाँका न कोही प्रिय छन् न कोही अप्रिय नै छन् उपेक्षा पनि छैनन् । तापनि जसरी कल्पवृक्षले आफ्ना नजिक आएर माग्दाखेरि उसलाई मागेको वस्तु दिन्छन् त्यसैगरी वहाँले पनि आफूमा आश्रित भएका भक्तलाई कृपा गर्नुहुन्छ ।।२२।।
किं चाग्रजो मावनतं यदूत्तमः
स्मयन् परिष्वज्य गृहीतमञ्जलौ ।
गृहं प्रवेष्याप्तसमस्तसत्कृतं
सम्प्रक्ष्यते कंसकृतं स्वबन्धुषु ॥२३॥
जब म यसरी बिन्ती भाव गरेर भगवानको अगाडि झुकेर बस्नेछु । त्यतिबेला यदु श्रेष्ठ बलरामजी आएर मुस्कुराउँदै मेरो हात समातेर घरभित्र लिएर जानुहुनेछ । उहाँले मेरो सत्कार गरिसकेपछि कंशले आफ्ना आत्मीय जनहरूमाथि के कस्तो व्यवहार गरिरहेको छ भनेर सोध्नुहुनेछ ।।२३।।
शुक उवाच–
(अनुष्टुप्)
इति सञ्चिन्तयन्कृष्णं श्वफल्कतनयोऽध्वनि ।
रथेन गोकुलं प्राप्तः सूर्यश्चास्तगिरिं नृप ॥२४॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित ! यसरी स्वफल्कका छोरा अक्रुरले बाटोमा अनेकौं चिन्ताहरु गर्दै नन्दगाउँमा पुगे त्यतिबेला सूर्यास्तको समय भएको थियो ।।२४।।
(मिश्र)
पदानि तस्याखिललोकपाल–
किरीटजुष्टामलपादरेणोः ।
ददर्श गोष्ठे क्षितिकौतुकानि
विलक्षितान्यब्जयवाङ्कुशाद्यैः ॥२५॥
जसको चरणको रजलाई सम्पूर्ण लोकपालहरूले आफ्नो शिरमा लगाउँछन्, अक्रुरले व्रजमा पुगेपछि त्यस्तो पृथ्वीको अलङ्कार स्वरूप कमल जौ र अंकुश आदिको चिन्हले सोभित पद चिन्हको दर्शन गरे ।।२५।।
तद्दर्शनाह्लादविवृद्धसम्भ्रमः
प्रेम्णोर्ध्वरोमाश्रुकलाकुलेक्षणः ।
रथादवस्कन्द्य स तेष्वचेष्टत
प्रभोरमून्यङ्घ्रिरजांस्यहो इति ॥२६॥
अक्रुरले भगवानको पदचिन्नको दर्शन गरेपछि उनको हृदय आनन्दले बिह्वल भयो । प्रेमका कारण उनका रौँहरू ठाडा ठाडा भए आँखाबाट आँसुको धारा बहन लाग्यो । उनी रथबाट ओर्लेर दौडँदै भगवानको चरण चिन्ह भएको धुलोमा लडीबुडी गर्न लागे ।।२६।।
(अनुष्टुप्)
देहंभृतामियानर्थो हित्वा दम्भं भियं शुचम् ।
सन्देशाद्यो हरेर्लिङ्गदर्शनश्रवणादिभिः ॥२७॥
कंशको सन्देश लिएर आएका अक्रुरले भगवानको चरण चिन्हको दर्शन र गुणहरूको श्रवण गरेर आफ्ना सबै शोकलाई त्यागिदिए देहधारीको परम पुरुषार्थ भनेको यही नै हो ।।२७।।
ददर्श कृष्णं रामं च व्रजे गोदोहनं गतौ ।
पीतनीलाम्बरधरौ शरदम्बुरहेक्षणौ ॥२८॥
किशोरौ श्यामलश्वेतौ श्रीनिकेतौ बृहद्भुजौ ।
सुमुखौ सुन्दरवरौ बालद्विरदविक्रमौ ॥२९॥
अक्रुर ब्रजमा पुग्दा उनले श्रीकृष्ण र बलराम गाईगोठमा जानुभएको देखे । त्यतिबेला श्रीकृष्णले पिताम्बर लगाउनुभएको थियो भने बलरामले निलाम्बर लगाउनु भएको थियो । श्रीकृष्ण श्याम वर्णको हुनुहुन्थ्यो भने बलरामजी गौरवर्णको हुनुहुन्थ्यो । उहाँहरुका आँखाहरु शरदकालीन कमल समान थिए । उहाँहरु किशोर अवस्थाको हुनुहुन्थ्यो । उहाँहरूका हातहरू लामा लामा थिए र सुन्दर अनुहार थियो । उहाँहरु हात्तीको बच्चा झैँ मन्द मन्द गतिमा हिँड्नुहुन्थ्यो ।।२८–२९।।
ध्वजवज्राङ्कुशाम्भोजैश्चिह्नितैरङ्घ्रिभिर्व्रजम् ।
शोभयन्तौ महात्मानावसानुक्रोशस्मितेक्षणौ ॥३०॥
उदाररुचिरक्रीडौ स्रग्विणौ वनमालिनौ ।
पुण्यगन्धानुलिप्ताङ्गौ स्नातौ विरजवाससौ ॥३१॥
उहाँको चरणमा ध्वजा बज्र अंकुश र कमलको चिन्ह थियो । सो चिन्हले ब्रज शोभायमान देखिन्थ्यो । उहाँहरूको मन्द मन्द मुस्कान र हसिलो अनुहार थियो । सुन्दर क्रीडाहरू गरिरहनु भएको थियो । विभिन्न वनमालाहरू लगाउनु भएको, वासनायुक्त चन्दन लेपन गर्नुभएको र पवित्र वस्त्र लगाउनु भएको बलराम श्रीकृष्णलाई अक्रुरले देखे ।।३०–३१।।
प्रधानपुरुषावाद्यौ जगद्धेतू जगत्पती ।
अवतीर्णौ जगत्यर्थे स्वांशेन बलकेशवौ ॥३२॥
दिशो वितिमिरा राजन् कुर्वाणौ प्रभया स्वया ।
यथा मारकतः शैलो रौप्यश्च कनकाचितौ ॥३३॥
हे परीक्षित ! ब्रजमा पुग्दा अक्रुरले जगतका आदि कारण र जगतका परमपति पुरुषोत्तम भगवान संसारको रक्षाको लागि र आफ्नो सम्पूर्ण अंशले बलरामजी र श्री कृष्णका रुपमा अवतीर्ण भएर आफ्नो शरीरको कान्तिद्वारा सबै अन्धकारलाई हटाएर पूर्वाधि दिशालाई उज्यालो बनाइराख्नु भएको बलराम श्रीकृष्णलाई देखे ।।३२–३३।।
रथात् तूर्णमवप्लुत्य सोऽक्रूरः स्नेहविह्वलः ।
पपात चरणोपान्ते दण्डवत् रामकृष्णयोः ॥३४॥
उनले बलराम श्रीकृष्णलाई देख्ना साथै दौडँदै गएर श्रीकृष्ण र बलरामको चरणतलमा दण्डवत गरे ।।३४।।
भगवद्दर्शनाह्लादबाष्पपर्याकुलेक्षणः ।
पुलकाचिताङ्ग औत्कण्ठ्यात् स्वाख्याने नाशकन् नृप ॥३५॥
हे राजन परिक्षित ! भगवानको दर्शनले उनलाई यति आनन्द लाग्यो कि उनको आँखा आँसुले भरियो उनका शरीरका रौँहरू ठाडा ठाडा भए र उनका गला अवरुद्ध भएका कारण उनले आफू आउनको विषयको बारेमा बताउन सकेनन् ।।३५।।
भगवांस्तमभिप्रेत्य रथाङ्गाङ्कितपाणिना ।
परिरेभेऽभ्युपाकृष्य प्रीतः प्रणतवत्सलः ॥३६॥
शरणागत बत्सल भगवान उनको मनको भाव बुझ्नुहुन्थ्यो त्यसो भएर उहाँले अक्रुलाई आफ्नो हातले समातेर अङ्कमाल गर्नुभयो ।।३६।।
सङ्कर्षणश्च प्रणतमुपगुह्य महामनाः ।
गृहीत्वा पाणिना पाणी अनयत् सानुजो गृहम् ॥३७॥
यसैगरी महामनस्वि बलरामले पनि विनम्र भएर उभिरहेका अक्रुरलाई अङ्कमाल गर्नुभयो त्यसपछि दुवै भाइले उनलाई लाई लिएर घरभित्र जानुभयो ।।३७।।
पृष्ट्वा थ स्वागतं तस्मै निवेद्य च वरासनम् ।
प्रक्षाल्य विधिवत् पादौ मधुपर्कार्हणमाहरत् ॥३८॥
यसरी घरभित्र लगेर भगवानले अक्रुरलाई स्वागत गर्नुभयो अनि कुशल मङ्गलका बारेमा सोधपुछ गर्नुभयो त्यसपछि आसनमा बसाउनुभयो र उहाँका चरण धोएर मधुपर्क आदि समर्पण गर्नुभयो ।।३८।।
निवेद्य गां चातिथये संवाह्य श्रान्तमादृतः ।
अन्नं बहुगुणं मेध्यं श्रद्धयोपाहरद् विभुः ॥३९॥
त्यसपछि भगवानले अक्रुरलाई एउटा गाई दिनुभयो र पाउ मोलेर अक्रुका थकाइलाई हटाउनुभयो त्यसपछि बडो श्रद्धाका साथ पवित्र भोजनहरु गराउनु भयो ।।३९।।
तस्मै भुक्तवते प्रीत्या रामः परमधर्मवित् ।
मखवासैर्गन्धमाल्यैः परां प्रीतिं व्यधात् पुनः ॥४०॥
भोजन गरिसकेपछि बलरामजीले पान सुकुमेल आदि सुगन्धित मसलाहरू दिएर उहाँलाई धेरै खुसी गराउनुभयो ।।४०।।
पप्रच्छ सत्कृतं नन्दः कथं स्थ निरनुग्रहे ।
कंसे जीवति दाशार्ह सौनपाला इवावयः ॥४१॥
यसरी सत्कार भइसकेपछि नन्दजीले अक्रुरजीलाई सोधे हे अक्रुर ! त्यो अत्यन्त निर्दय कंश बाँचिरहँदा पनि तपाईँहरू कसैले पालेको भेडा झैं कसरी जीवित रहनुभएको छ ।।४१।।
योऽवधीत् स्वस्वसुस्तोकान् क्रोशन्त्या असुतृप् खलः ।
किं नु स्वित्तत्प्रजानां वः कुशलं विमृशामहे ॥४२॥
आफ्नो प्राणको रक्षा गर्ने त्यस पापी कंशले रोइरहेकी कराइरहेकी आफ्नी बहिनी देवकीको बच्चाहरूलाई खोसेर मार्यो । तपाईं त्यस्ता दुष्ट कंशको प्रजा हुनुहुन्छ भने हामी तपाईंलाई सुख होला भनेर कसरी पत्याउन सक्छौ ।।४२।।
इत्थं सूनृतया वाचा नन्देन सुसभाजितः ।
अक्रूरः परिपृष्टेन जहावध्वपरिश्रमम् ॥४३॥
अक्रुरले नन्दबाबासँग पहिला नै कुशल मङ्गलको बारेमा प्रश्न गरिसकेका थिए । नन्द बाबाले पनि मिठो स्वरमा कुशल मङ्गलको बारेमा सोधेपछि अक्रुरको सबै थर्काईहरू नष्ट भयो ।।४३।।
इति श्रीमद्भाषगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे अक्रूरागमनं नाम अष्टत्रिंशोऽध्यायः ॥३८॥