#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - अष्टादशोऽध्यायः


श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - अष्टादशोऽध्यायः


सूत उवाच
(अनुष्टुप्)
यो वै द्रौण्यस्त्रविप्लुष्टो मातुरुदरे मृतः
अनुग्रहाद् भगवतः कृष्णस्याद्भुतकर्मणः

सूतजी भन्दछन्
आश्चर्य काम गर्ने श्रीकृष्णको कृपा पाएका कारण राजा परीक्षित आमाको कोखमा रहदा अश्वत्थामाको ब्रम्हास्त्रले जल्दा पनि मरेनन् ।।१।।

ब्रह्मकोपोत्थिताद् यस्तु तक्षकात् प्राणविप्लवात्
सम्मुमोहोरुभयाद् भगवत्यर्पिताशयः

आफ्नो पुरै मन भगवान्मा लगाएका कारण ब्राम्हणको श्रापले तक्षकले डस्न आएका बखतमा पनि प्राणनाशको डरबाट अलिकता पनि विचलित भएनन ।।२।।

उत्सृज्य सर्वतः सङ्गं विज्ञाताजितसंस्थितिः
वैयासकेर्जहौ शिष्यो गङ्गायां स्वं कलेवरम्

उनी सबै आशक्तिलाई त्यागेर गङ्गाजीको किनारमा बसे अनि सुकदेवको उपदेशलाई ग्रहण गरेर भगवान्को स्वरूपलाई बुझेर आफ्नो शरीर त्यागिदिए ।।३।।

नोत्तमश्लोकवार्तानां जुषतां तत्कथामृतम्
स्यात्सम्भ्रमोऽन्तकालेऽपि स्मरतां तत्पदाम्बुजम्

जो मानिस भगवान्को लीला कथाहरू भन्छन्, वा उनको लीला कथाहरू पान गरीरहन्छन् उनीहरूमा कुनै किसिमको मोह हुदैन ।।४।।

तावत्कलिर्न प्रभवेत् प्रविष्टोऽपीह सर्वतः
यावदीशो महानुर्व्यां आभिमन्यव एकराट्

जवसम्म पृथ्वीमा अभिमन्युका छोरा महाराज परीक्षित राज गरीरहन्छन् तवसम्म सबैतिर ब्याप्त हुदापनि कलिले कुनै प्रभाव पार्न शक्तैन ।।५।।

यस्मिन्नहनि यर्ह्येव भगवान् उत्ससर्ज गाम्
तदैवेहानुवृत्तोऽसौ अधर्मप्रभवः कलिः

जुन दिन, जुनसमयमा भगवान् श्रीकृष्णले पृथ्वी त्याग गर्नुभयो त्यस वेलादेखि नै अधर्मको मुख्य कारण भएको कलिले आफ्नो प्रभुत्व जमायो ।।६।।

नानुद्वेष्टि कलिं सम्राट् सारङ्ग इव सारभुक्
कुशलान्याशु सिद्ध्यन्ति नेतराणि कृतानि यत्

महाराज परीक्षित भ्रमराको समान सारग्राहि थिए त्यसैले उनी कलिसंग कुनै द्वेश राख्दैन थिए किनकि कलिमा एउटा ठुलो गुण थियो त्यो के हो भने मनमा शंकल्प हुनासाथ पुण्यकर्मको फल मिल्छ तर पाप कर्मको फल शंकल्पले मात्र हुदैन शरीरले पापकर्म गरे मात्र मिल्दछ ।।७।।

किं नु बालेषु शूरेण कलिना धीरभीरुणा
अप्रमत्तः प्रमत्तेषु यो वृको नृषु वर्तते

यो कलियुग ब्वासोले बालकलाई आक्रमण गरेजस्तो मुर्खहरूको अगाडिमात्र सुरो हुन्छ तर बिद्वानहरूको अगाडि सधैं डराउने हुन्छ यो असावधानीहरूलाई मात्र आफ्नो बसमा पार्न तत्पर हुन्छ ।।८।।

उपवर्णितमेतद् वः पुण्यं पारीक्षितं मया
वासुदेव कथोपेतं आख्यानं यदपृच्छत

शौनकादिहरू! तपाईहरूलाइ मैले भगवान्को कथाले भरिएको परीक्षितको पवित्र चरित्रका बारेमा बताएं ।।९।।

या याः कथा भगवतः कथनीयोरुकर्मणः
गुणकर्माश्रयाः पुम्भिः संसेव्यास्ता बुभूषुभिः १०

भगवान् श्रीकृष्ण कीर्तन गर्न योग्य धेरै लीलाहरू गर्नुहुन्छ यस्ता गुण लीलाहरूले भरिएका जतिपनि कथाहरू छन्, प्यारा भक्तहरूले ती सबै सुन्नु पर्दछ ।।१०।।

ऋषय ऊचुः
सूत जीव समाः सौम्य शाश्वतीर्विशदं यशः
यस्त्वं शंससि कृष्णस्य मर्त्यानां अमृतं हि नः ११

ऋषिहरूले भने
हे सौम्य सूतजी! तपाई धेरै समय सम्म बाँच्नुहोस् हामी मृत्युको चपेटामा परेका ब्यक्तिलाई भगवान्का अमृतमय निर्मल यशका बारेमा सुनाउनुहोस् ।।११।।

कर्मण्यस्मिन् अनाश्वासे धूमधूम्रात्मनां भवान्
आपाययति गोविन्द पादपद्मासवं मधु १२

यज्ञ गर्दा गर्दा त्यसको धुँवाले हाम्रो शरीर ध्वासे भैसकेको ता पनि यस यज्ञकर्म प्रति कुनै विश्वास छैन तर तपाईले अहिले नै भगवान् श्रीकृष्णका चरणकमलको मिठो मधु पिलाएर तृप्त गराईरहनु भएको ।।१२।।

तुलयाम लवेनापि स्वर्गं नापुनर्भवम्
भगवत् सङ्गिसंगस्य मर्त्यानां किमुताशिषः १३

भगवान्को भक्तलाई सन्तसंगको एकक्षणमा हुने लाभ स्वर्ग तथा मोक्षसंग पनि तुलना गर्न सकिदैन भने अन्य भोगबाट प्राप्तहुने सुख के नै हो ।।१३।।

(इन्द्रवज्रा)
को नाम तृप्येद् रसवित्कथायां
        महत्तमैकान्त परायणस्य
नान्तं गुणानां अगुणस्य जग्मुः
        योगेश्वरा ये भवपाद्ममुख्याः १४

महात्माहरूको जीवन सर्वस्व श्रीकष्णको लीलाकथाहरू सुनेर तृप्त हुने त्यस्तो कुन रस मर्मज्ञ होला ? प्राकृत गुणले भरिएका भगवान्को अनन्त कल्याणमय गुणबारे ब्रम्हा, शंकर, तथा ठुलाठुला योगीहरूले पनि भेउ पाउंन सक्तैनन् ।।१४।।

तन्नो भवान् वै भगवत्प्रधानो
        महत्तमैकान्त परायणस्य
हरेरुदारं चरितं विशुद्धं
        शुश्रूषतां नो वितनोतु विद्वन् १५

हे विद्वन! तपाई भगवान्लाई नै आफ्नो सर्वस्व मान्नुहुन्छ त्यसैले सत्पुरुषको आश्रय भगवान्को उदार एवं बिशुध्द चरित्रहरूको बारेमा हामीलाई विस्तार पुर्वक वर्णन गर्नुहोस् ।।

वै महाभागवतः परीक्षिद्
        येनापवर्गाख्यमदभ्रबुद्धिः
ज्ञानेन वैयासकिशब्दितेन
        भेजे खगेन्द्रध्वजपादमूलम् १६

भगवान्का परम प्रेमी महाबुध्दि भएका परीक्षितले, सुकदेवले उपदेश दिनुभएको ज्ञान बाटै मोक्षस्वरूप भगवान्को चरण प्राप्त गरे, अव हामीलाई त्यहि ज्ञान परीक्षितको पवित्र उपाख्यानहरू वर्णनगरेर सुनाउनुहोस्

तन्नः परं पुण्यमसंवृतार्थं
        आख्यानमत्यद्भुत योगनिष्ठम्
आख्याह्यनन्ता चरितोपपन्नं
        पारीक्षितं भागवताभिरामम् १७

किनकि त्यसमा त्यस्ता कुनै कुरा लुकाइएका छैनन् त्यसको पदपदमा श्रीकृष्णको लीलाहरूको बारेमा वर्णन गरीएको प्यारा भक्तहरूलाई यो प्रसंग सुन्दा बडो आनन्द मिल्छ ।।१७।।

सूत उवाच
अहो वयं जन्मभृतोऽद्य हास्म
        वृद्धानुवृत्त्यापि विलोमजाताः
दौष्कुल्यमाधिं विधुनोति शीघ्रं
        हत्तमानामभिधानयोगः १८

सूतजी भन्छन् अहो! विलोम जातिमा उत्पन्न भएर पनि महात्माहरूको सेवा गर्ने अवसरले गर्दा आज मेरो जन्म सफल भएको किनकि महापुरुषको साथ कुरा गर्न पाउदा निचकुलमा जन्म लिएको भन्ने मानसिक ब्यथाको भ्रम हट्न गएको ।।१८।।

कुतः पुनर्गृणतो नाम तस्य
        महत्तमैकान्त परायणस्य
योऽनन्तशक्तिः भगवाननन्तो
        महद्गुणत्वाद् यमनन्तमाहुः १९

जसले महात्माहरूको एकमात्र आश्रय भगवान्को नाम लिन्छन् उनीहरूको दुःखब्याधा हट्ने कुरामा शंका भएन किनकि भगवान्को शक्ति अनन्त वहांको गुणको अनन्ताको कारणले नै वहांलाई अनन्त भनिएको हो ।।१९।।

एतावतालं ननु सूचितेन
        गुणैरसाम्यानतिशायनस्य
हित्वेतरान् प्रार्थयतो विभूतिः
        यस्याङ्घ्रिरेणुं जुषतेऽनभीप्सोः २०

भगवान्को गुण बराबर कोहीछैन कसैले गर्नपनि सक्तैन उनको गुणको बारेमा यति भन्नु नै प्रयाप्त हुन्छ कि लक्ष्मी पनि आफुलाई पाउन प्रर्थना गर्ने ब्रम्हादि देवताहरूलाई छाडेर भगवान्ले नचाहे पनि उन्कै चरणको सेवा गर्दछिन् ।।२०।।

अथापि यत्पादनखावसृष्टं
        जगद्विरिञ्चोपहृतार्हणाम्भः
सेशं पुनात्यन्यतमो मुकुन्दात्
        को नाम लोके भगवत्पदार्थः २१ 
ब्रम्हाजीले भगवान्को पाउ धुनका लागि चढाउनु भएको जल नै वहांको पाउबाट निक्लेर गङ्गाको रूपमा पबित्र हुन्छिन् यहि जलले महादेव सहित सारालोक लाई पवित्र पार्दछ त्यसो भएको हुदा तीनैलोकमा श्रीकृष्ण बाहेक भगवान् शव्दको अर्को दोश्रो अर्थ के नै हुनसक्छ ।।२१।।

यत्रानुरक्ताः सहसैव धीरा
        व्यपोह्य देहादिषु सङ्गमूढम्
व्रजन्ति तत्पारमहंस्यमन्त्यं
        यस्मिन्नहिंसोपशमः स्वधर्मः २२

यीनै भगवान्को प्रेम पाएर विद्वान धीर पुरुषहरू विना शंकोच सबै अशान्तिहरूलाई त्यागिदिन्छन् परमहंश धर्मलाई स्विकार गर्दछन् कसैलाई हानी वा कष्ट नगर्नु सधैं उपशान्त रहनुलाई स्वधर्म भनिन्छ ।।२२।।

अहं हि पृष्टोऽर्यमणो भवद्भिः
        आचक्ष आत्मावगमोऽत्र यावान्
नभः पतन्त्यात्मसमं पतत्त्रिणः 
        था समं विष्णुगतिं विपश्चितः २३

सूर्यको समान तेज भएका महात्माहरू! तपाईहरूले सोध्नुभयो अव संझेबुझे अनुसार बताउदछु जसरी चराहरू आफ्ना शक्तिले आकासमा उड्छन् त्यसरी नै विद्वान ब्यक्तिहरू आआफ्नो बुध्दि अनुसार श्रीकृष्णको लीलाको वर्णन गर्दछन् ।।२३।।

(अनुष्टुप्)
एकदा धनुरुद्यम्य विचरन्मृगयां वने
मृगाननुगतः श्रान्तः क्षुधितस्तृषितो भृशम् २४

एक दिन राजा परीक्षित धनुष हातमा लिएर सिकार खेल्न भनि गएका थिए उनी एउटा हरिणको पछाडि दौडदै जाँदा ज्यादै थाके उनलार्ई भोक प्यास पनि लाग्यो

जलाशयमचक्षाणः प्रविवेश तमाश्रमम्
ददर्श मुनिमासीनं शान्तं मीलितलोचनम् २५

नजिक कतै जलाशय पाएनन् अनि नजिकै रहेको ऋषिको आश्रममा गए उनले त्यहा आँखा वन्द गरेर शान्त स्वभावले बसेका ऋषिलाई देखे

प्रतिरुद्धेन्द्रियप्राण मनोबुद्धिमुपारतम्
स्थानत्रयात्परं प्राप्तं ब्रह्मभूतमविक्रियम् २६

इन्द्रिय, प्राण, मन, बुध्दिको निरुध्द भएकोले उनी शान्त थिए उनी जाग्रत, स्वप्न शुषुप्ति यी तीनै अवस्थाबाट रहित भएर ब्रम्हरूपमा स्थित भएका थिए ।।२६।।

विप्रकीर्णजटाच्छन्नं रौरवेणाजिनेन
विशुष्यत्तालुरुदकं तथाभूतमयाचत २७

बिग्रिएको कपालले उनको शरीर ढाकिएको थियो यस्तो अवस्थामा बसेका बेला राजा परीक्षितले तिर्खाएका कारण पानि पिउन मागे ।।२७।।

अलब्धतृणभूम्यादिः असम्प्राप्तार्घ्यसूनृतः
अवज्ञातं इवात्मानं मन्यमानश्चुकोप २८

राजाले त्यहाँ बस्नका लागि तृणको आशन पनि भेट्टाएनन कसैले बस पनि भनेन भने पानी तथा मिठो बोलीको सत्कार कहाँबाट पाउनु त्यस वेलाराजाले आफु अपमानित भएको संझे रिसाए ।।२८।।

अभूतपूर्वः सहसा क्षुत्तृड्भ्यामर्दितात्मनः
ब्राह्मणं प्रत्यभूद्ब्रह्मन् मत्सरो मन्युरेव २९

शौनकजी! उनी भोक प्यासले छटपटाई रहेका थिए त्यसैले एकाएक ब्राम्हणमाथि इर्ष्या रिस पलायो राजाको जीवनमा यो पहिलो घटना थियो ।।२९।।

तु ब्रह्मऋषेरंसे गतासुमुरगं रुषा
विनिर्गच्छन् धनुष्कोट्या निधाय पुरमागत् ३०

त्यहाँ बाट रिसाएर फर्कदा धनुषको टुप्पाले मरेको सर्प उठाएर ऋषिको गलामा लगाइदिए आफ्नो राजधानी फर्के ।।३०।।

एष किं निभृताशेष करणो मीलितेक्षणः
मृषा समाधिराहोस्वित् किं नु स्यात् क्षत्रबन्धुभिः ३१

राजाले सोचे मुनिले सबै इन्द्रियलाई कर्म निबृत्त गराएर आँखा चिम्लिएका हुन वा यी क्षत्रीय राजाहरूसंग मेरो के सरोकार भनेर वन्द समाधिको ढोग रचेका हुन ।।३१।।

तस्य पुत्रोऽतितेजस्वी विहरन् बालकोऽर्भकैः
राज्ञाघं प्रापितं तातं श्रुत्वा तत्रेदमब्रवीत् ३२

ती समिक ऋषिका छोरा बडो तेजस्वी थिए उनी अरु ऋषिकुमारहरू संग खेल्न गएका थिए उनले आफ्ना पितालाई राजाले अपमान गरेको भन्ने कुरा थाहा पाए अनि यसप्रकार भने

अहो अधर्मः पालानां पीव्नां बलिभुजामिव
स्वामिन्यघं यद् दासानां द्वारपानां शुनामिव ३३

अहो! यी राजाहरू उच्छिस्ट भोजी कौवा समान सण्ड मुसण्ड भएर कस्तो अन्याय गर्न लागेका छन् ब्राम्हणको दाश भएर पनि ढोकामा पहरा दिने कुकुर समान आफ्ना मालिकको अपमान गर्दछन् ।।३३।।

ब्राह्मणैः क्षत्रबन्धुर्हि गृहपालो निरूपितः
कथं तद्गृहे द्वाःस्थः सभाण्डं भोक्तुमर्हति ३४

ब्राम्हणले क्षत्रीयलाई आफ्नो द्वारपाल वनाएका छन् उनीहरूले ढोकामा बसेर रक्षा गनुपर्दछ घरभित्रै पसेर मालिकको भाडामा खाने अधिकार छैन ।।३४।।

कृष्णे गते भगवति शास्तर्युत्पथगामिनाम्
तद् भिन्नसेतूनद्याहं शास्मि पश्यत मे बलम् ३५

कुमार्गगामी शासकले आज श्रीकृष्ण भगवान् आफ्नो धाम जानु भएपछि आफ्नो मर्यादा तोडेका छन् आज यीनलाई दण्ड दिन्छु अव मेरो क्षमता कतिको हेर भनि आफ्ना साथीलाई भने  ३५ 

इत्युक्त्वा रोषताम्राक्षो वयस्यान् ऋषिबालकः
कौशिक्याप उपस्पृश्य वाग्वज्रं विससर्ज ३६

यतिभनेर राताराता आँखा पारेर ती ऋषिकुमारले कौशिकी नदीको जलले आचमन गरेर आफ्नो बाणरूप वज्र प्रयोग गरे ।।३६।।

इति लङ्घितमर्यादं तक्षकः सप्तमेऽहनि
दङ्क्ष्यति स्म कुलाङ्गारं चोदितो मे ततद्रुहम् ३७

कुलंगार परीक्षितले आफ्नो मर्यादाको उलंघन गरेर मेरा पिताको अपमान गरे त्यसैले मेरा प्रेरणाले आजको सात दिनमा तक्षकले डस्ने ।।३७।।

ततोऽभ्येत्याश्रमं बालो गले सर्पकलेवरम्
पितरं वीक्ष्य दुःखार्तो मुक्तकण्ठो रुरोद ३८

त्यसपछि ती वालक आश्रममा आए उनले आफ्ना पिताको गलामा मरेको सर्प देखेर दुःखी हुदै डाको छाडेर रुनलागे ।।३८।।

वा आङ्गिरसो ब्रह्मन् श्रुत्वा सुतविलापनम्
उन्मील्य शनकैर्नेत्रे दृष्ट्वा चांसे मृतोरगम् ३९

हे ब्रम्हन! छोराको रुवाई सुनेर ऋषिले विस्तारै आँखा उघारे उनले आफ्नो गलामा मरेको सर्प देखे ।।३९।।

विसृज्य तं पप्रच्छ वत्स कस्माद्धि रोदिषि
केन वा तेऽपकृतं इत्युक्तः न्यवेदयत् ४०

ऋषिले सर्पलाई मिल्काएर छोरालाई भने छोरा! तिमी किन रोइरहेका छौ, तिमीलाई कस्ले अनादर गर्यो ? उनले यसरी सोधेपछि बालकले सबै बृत्तान्त बताए ।।४०।।

(इन्द्रवज्रा)
निशम्य शप्तमतदर्हं नरेन्द्रं
         ब्राह्मणो नात्मजमभ्यनन्दत्
अहो बतांहो महदद्य ते कृतं
        अल्पीयसि द्रोह उरुर्दमो धृतः ४१

ब्रम्हर्षि समिक छोराको कुरा सुनेर खुसी भएनन उनको विचारमा राजालाई श्राप दिनु योग्य थिएन त्यसैले छोरालाई भने ओहो! मुर्ख बालक! तैले ठुलो पाप गरीस सानो गल्तिमा यति ठुलो दण्ड दिइस, तेरो बुध्दि अझै काँचै
वै नृभिर्नरदेवं पराख्यं
        सम्मातुमर्हस्यविपक्वबुद्धे
यत्तेजसा दुर्विषहेण गुप्ता
        विन्दन्ति भद्राण्यकुतोभयाः प्रजाः ४२

तैले भगवान्का भक्त राजालाई साधारण सम्झनु हुदैन थियो किनकि राजाको अशह्य तेजले शुरक्षित रहेर प्रजाहरू निर्भय भएर आफ्नो कल्याण प्राप्ति गरीरहेका छन् ।।४२।।

अलक्ष्यमाणे नरदेवनाम्नि
        थाङ्गपाणावयमङ्ग लोकः
तदा हि चौरप्रचुरो विनङ्क्ष्यति
        अरक्ष्यमाणोऽविव रूथवत् क्षणात् ४३

राजाको रूप धारण गरेर भगवान् पृथ्वीमा नदेखिने हो भने चोरहरू बढ्नेछन अनि प्रजाहरू रक्षक नभएका भेडाहरू जस्तै नासिनेछन ।।४३।।

तदद्य नः पापमुपैत्यनन्वयं
        यन्नष्टनाथस्य वसोर्विलुम्पकात्
परस्परं घ्नन्ति शपन्ति वृञ्जते
        पशून् स्त्रियोऽर्थाम् पुरुदस्यवो जनाः ४४

राजाको नाश भएपछि चोरहरूले चोरि गरेकामा हाम्रो सम्बन्ध नभएपनि त्यसको दोश हामीलाई पनि लाग्दछ किनकि राजा नहुदा लुटेराहरूको संख्या बढ्छ एक आपसमा झै झगडा मारपिट बढ्दछ अनि पशु, स्त्री, धनसम्पत्ति पनि लुटिन्छन ।।४४।।

तदाऽऽर्यधर्मः प्रविलीयते नृणां
        वर्णाश्रमाचारयुतस्त्रयीमयः
ततोऽर्थकामाभिनिवेशितात्मनां
        शुनां कपीनामिव वर्णसङ्करः ४५

त्यतिवेला मानिसहरूको वर्णाश्रम अनुसारको आर्यधर्म हराएर जान्छ धनको लोभ कामवासनाले गर्दा मानिसहरू कुकुर बादर झैं वर्णशंकर हुन्छन ।।४५।।

(अनुष्टुप्)
धर्मपालो नरपतिः तु सम्राड् बृहच्छ्रवाः
साक्षान् महाभागवतो राजर्षिर्हयमेधयाट्  
क्षुत्तृट्श्रमयुतो दीनो नैवास्मच्छापमर्हति  ४६ 

चक्रवती राजा परीक्षित ता महान यशश्वी धर्मको पालना गर्ने हुन उनी भगवान्का परमभक्त पनि हुन उनले धेरै अश्वमेघ यज्ञ गरेका थिए उनै राजा भोकप्यासले सताएका कारण हाम्रो आश्रममा आएका हुन उनीलाई श्राप दिनु राम्रो होइन ।।४६।।

अपापेषु स्वभृत्येषु बालेनापक्वबुद्धिना
पापं कृतं तद्भगवान् सर्वात्मा क्षन्तुमर्हति ४७

यो अज्ञानी वालकले हाम्रा निष्पाप राजा माथि अपराध गर्यो त्यसैले सर्वात्मा भगवान्ले यो अपराधको क्षमा गरुन ।।४७।।

तिरस्कृता विप्रलब्धाः शप्ताः क्षिप्ता हता अपि
नास्य तत्प्रतिकुर्वन्ति तद्भक्ताः प्रभवोऽपि हि ४८

भगवान्को भक्तमा पनि वदला लिने शक्तिहुन्छ तर उनीहरू अरुबाट पाएको अपमान, गालिगलौज, आक्षेप मारपिटमा कुनै बदला लिदैनन ।।४८।।

इति पुत्रकृताघेन सोऽनुतप्तो महामुनिः
स्वयं विप्रकृतो राज्ञा नैवाघं तदचिन्तयत् ४९

महामुनि समिकलाई आफ्ना छोराको अपराधमा धेरै पश्चाताप भयो तर उनले राजा परीक्षितले आफु प्रति गरेका अपमान मा भने कुनै ध्यान दिएनन  ४९ 

प्रायशः साधवो लोके परैर्द्वन्द्वेषु योजिताः
व्यथन्ति हृष्यन्ति यत आत्मागुणाश्रयः ५०

महात्माहरूको स्वभाव नै यस्तो हुन्छ कि जो आत्मस्वरूप भएका कारण अरुद्वारा दुःख पाउदा पनि चिन्ता गर्दैनन  ५० 

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे विप्रशापोपलम्भनं नाम्ना  
अष्टादशोऽध्यायः ॥ १८ ॥