#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - द्वाविंशोऽध्यायः


श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - द्वाविंशोऽध्यायः



मैत्रेय उवाच–
(अनुष्टुप)
एवं आविष्कृताशेष गुणकर्मोदयो मुनिम् ।
सव्रीड इव तं सम्राड् उपारतमुवाच ह ॥ १ ॥

मैत्रेयजीले भने—
विदुरजी! यस प्रकार कर्दम मुनिले महाराज मनुजीसंग उनका सबै गुण र कर्मको श्रेष्ठताको बारे वर्णन गरे त्यसपछि मनुले ती निवृत्तपरायण कर्दम मुनिलाई भने ।।१।।
मनुरुवाच–

ब्रह्मासृजत्स्वमुखतो युष्मान् आत्मपरीप्सया ।
छन्दोमयस्तपोविद्या योगयुक्तानलम्पटान् ॥ २ ॥

मनुजीले भने—
मुने ! वेदमुर्ति भगवान् ब्रह्माले तपाईलाई वेद रक्षाका लागि तप, विद्या र योगले सम्पन्न तथा विषयमा अनाशक्त तपाई ब्राह्मणलाई आफ्नो मुखबाट प्रकट गर्नुभयो ।।२।।

तत्त्राणायासृजत् चास्मान् दोः सहस्रात्सहस्रपात् ।
 हृदयं तस्य हि ब्रह्म क्षत्रमङ्गं प्रचक्षते ॥ ३ ॥

फेरी ती सहस्रचरण भएका विराट पुरुषले तपाईहरूको रक्षाका लागि नैं आफ्नो हजारौं हातहरूले हामी क्षत्रियलाई उत्पन्न गरेका हुन । यस प्रकार ब्राह्मण उनको हृदय र क्षत्रिय शरीर भनेर भनिन्छ ।।३।।

अतो ह्यन्योन्यमात्मानं ब्रह्म क्षत्रं च रक्षतः ।
रक्षति स्माव्ययो देवः स यः सदसदात्मकः ॥ ४ ॥

त्यसैले एउटै शरीरसंग सम्बन्ध भएका कारण आफु आफुमा एक अर्कोमा रक्षा गर्ने भएका दुवै ब्राह्मण र क्षत्रीयलाई श्रीहरिले नै रक्षा गर्नुहुन्छ । जो समस्त कार्यकारणरूप भएर पनि वास्तवमा निर्विकार छन् ।।४।।

तव सन्दर्शनादेव च्छिन्ना मे सर्वसंशयाः ।
यत्स्वयं भगवान् प्रीत्या धर्ममाह रिरक्षिषोः ॥ ५ ॥

तपाईको दर्शनले नै मेरो सबै सन्देहहरू हटेर गएको छ किनकि तपाईले मेरो प्रशंसा गर्नुभयो । यसको मतलव प्रजापालनको इच्छा भएका राजाको धर्मको प्रेम पूर्वक निरूपण गर्नुभयो ।।५।।

दिष्ट्या मे भगवान् दृष्टो दुर्दर्शो योऽकृतात्मनाम् ।
दिष्ट्या पादरजः स्पृष्टं शीर्ष्णा मे भवतः शिवम् ॥ ६ ॥

तपाईको दर्शन अजितेन्द्रि पुरुषलाई असम्भव छ । मेरो ठुलो भाग्य रहेछ जसलाई मैले दर्शन गर्न पाएको छु । मैले त तपाईको चरणको मंगलको रज आफ्नो सिरमा चढाउँन पाएं ।।६।।

दिष्ट्या त्वयानुशिष्टोऽहं कृतश्चानुग्रहो महान् ।
अपावृतैः कर्णरन्ध्रैः जुष्टा दिष्ट्योशतीर्गिरः ॥ ७ ॥

मेरो भाग्योदय भएका कारण तपाईले मलाई राजधर्मको शिक्षा दिएर ठुलो उपकार गर्नुभयो र मैले पनि शुभ प्रारब्धको उदय हुनाले नै तपाईको पवित्र वाणीलाई मन लगाएर सुनें ।।७।।

स भवान् दुहितृस्नेह परिक्लिष्टात्मनो मम ।
श्रोतुमर्हसि दीनस्य श्रावितं कृपया मुने ॥ ८ ॥

मुने ! यी कन्याको स्नेहले गर्दा मेरो चित्त धेरै चिन्ता ग्रस्त भएको छ, त्यसैले म दीनको यो प्रार्थनालाइ तपाई कृपा पूर्वक सुन्नुहोस ।।८।।

प्रियव्रतोत्तानपदोः स्वसेयं दुहिता मम ।
अन्विच्छति पतिं युक्तं वयःशीलगुणादिभिः ॥ ९ ॥

यी मेरी कन्या जुन प्रियव्रत र उत्तानपादकी बहिनी हुन । यिनी अवस्था, शील र गुण आदिले आफुलाई योग्य पति पाउने इच्छा राख्दछिन ।।९।।

यदा तु भवतः शील श्रुतरूपवयोगुणान् ।
अशृणोत् नारदाद् एषा त्वय्यासीत् कृतनिश्चया ॥ १० ॥

जव यीनले नारदजीको मुखबाट तपाईको शील, विद्या, रूप, आयु र गुणका वारेमा सबै वर्णन सुनिन त्यसपछि यीनले तपाईलाई आफ्नो पति बनाउने निश्चय गरिसकेकि छिन ।।१०।।

तत्प्रतीच्छ द्विजाग्र्येमां श्रद्धयोपहृतां मया ।
सर्वात्मनानुरूपां ते गृहमेधिषु कर्मसु ॥ ११ ॥

द्विजवर! म धेरै श्रध्दापूर्वक तपाईलाई यी कन्या सुम्पन्छु । यीनलाई स्वीकार गर्नुहोस । यिनी घरब्यवहारका काममा सबै प्रकारबाट तपाईका लागि योग्य छिन ।।११।।

उद्यतस्य हि कामस्य प्रतिवादो न शस्यते ।
अपि निर्मुक्तसङ्गस्य कामरक्तस्य किं पुनः ॥ १२ ॥

जुन भोग स्वतः प्राप्त हुन्छ त्यसलाई अवहेलना गर्नु विरक्त पुरुषका लागि उचित हुदैन । भने विषयाशक्तलाई त के नै भन्नु ।।१२।।

य उद्यतमनादृत्य कीनाशं अभियाचते ।
क्षीयते तद्यशः स्फीतं मानश्चावज्ञया हतः ॥ १३ ॥

जो पुरुष स्वयं प्राप्त भएको भोगलाई अनादर गरेर फेरी कुनै कृपणका अगाडि हात पसार्दछ भने उसको सबै यश नष्ट भएर जान्छ र अरुको तिरस्कार गर्दा मान भंग पनि हुन्छ ।।१३।।

अहं त्वाश्रृणवं विद्वन् विवाहार्थं समुद्यतम् ।
अतस्त्वं उपकुर्वाणः प्रत्तां प्रतिगृहाण मे ॥ १४ ॥

विद्वन! मैले सुनेको छु कि तपाई विवाह गर्ने सोेचमा हुनुहुन्छ । तपाईको ब्रह्मचर्य एक सीमा सम्मका लागि हो । तपाई नैष्टिक ब्रह्मचारी (गृहाश्रमलाई स्वीकार नगर्ने) ता हुनुहुन्न, त्यसैले यी कन्यालाई स्वीकार गर्नुहोस, म यिनी तपाईलाई अर्पण गर्दछु ।।१४।।

ऋषिरुवाच ।
बाढमुद्वोढुकामोऽहं अप्रत्ता च तवात्मजा ।
आवयोः अनुरूपोऽसौ आद्यो वैवाहिको विधिः ॥ १५ ॥

कर्दममुनिले भने—
ठिक छ म विवाह गर्न चहान्छु । तपाईकी कन्याको अहिले सम्म कसैसंग वाकदान भएको छैन त्यसैले हामी दुई विच ब्राम्हविधिले विवाह हुनु राम्रो हुन्छ ।।१५।।

 (इन्द्रवज्रा)
कामः स भूयान् नरदेव तेऽस्याः
        पुत्र्याः समाम्नायविधौ प्रतीतः ।
क एव ते तनयां नाद्रियेत
        स्वयैव कान्त्या क्षिपतीमिव श्रियम् ॥ १६ ॥

राजन! वेदोक्त विवाह विधिमा गृव्ह्णमिते इत्यादि पवित्र मन्त्रमा बताएको काम (सन्तानेत्पादक मनोरथ हो) तपाईकी यी कन्याका साथ हाम्रो सम्बन्ध हुनाले सफल हुन्छ । आफ्नो अंगको कान्तिले गहना आदिको शोभा लाईसमेत माथ गर्ने तपाईकी यी कन्यालाई कस्ले अनादर गर्दछ ।।१६।।

यां हर्म्यपृष्ठे क्वणदङ्घ्रिशोभां
        विक्रीडतीं कन्दुकविह्वलाक्षीम् ।
विश्वावसुर्न्यपतत् स्वात् विमानात्
         विलोक्य सम्मोहविमूढचेताः ॥ १७ ॥

एक पटक यी आफ्नो महलको छतमा बसेर भकुण्डो खेलीरहेकी थिइन भकुण्डो पछाडि यताउता दौडिएको बेलामा यीनको आँखा चञ्चल भयो । खुट्टाको पाउजेवबाट मधुर झन्कारको आवाज आउदथ्यो । त्यस समयमा यीनलाई देखेर विश्वावसु गन्धर्भ मोहवस अचेत भएर आफ्नो विमानमा ढलेका थिए ।। १७।।

 तां प्रार्थयन्तीं ललनाललामं
        असेवितश्रीचरणैरदृष्टाम् ।
वत्सां मनोरुच्चपदः स्वसारं
        को नानुमन्येत बुधोऽभियाताम् ॥ १८ ॥

उनी अहिले यस समयमा आफैं यहाँ आएर प्रार्थना गरिरहेकि छिन भने यस्तो अवस्थामा कुन पुरुष उनलाई स्किार गर्दैन र यी त साक्षत तपाई महाराज श्री स्वायम्भुव मनुकी प्यारी छोरी र उत्तानपादकी प्यारी बहिनी हुन । यी रमाणीयको रत्न समान हुन । जुन ब्यक्तिले कहिल्यै लक्ष्मीको चरणको उपासना गरेको छैन भने उसले त दर्शन पनि पाँउन सक्तैन ।।१८।।

अतो भजिष्ये समयेन साध्वीं
        यावत्तेजो बिभृयाद् आत्मनो मे ।
अतो धर्मान् पारमहंस्यमुख्यान्
        शुक्लप्रोक्तान् बहु मन्येऽविहिंस्रान् ॥ १९ ॥

त्यसैले म तपाईकी यी साध्वी कन्यालाई अवस्य स्वीकार गर्दछु तर एउटा सर्त साथ । जव यिनीबाट सन्तान हुदैनन त्यतिवेला सम्म म गृहस्थ धर्मलाईनै बढि महत्व दिनेछु ।।१९।।

यतोऽभवद्विश्वमिदं विचित्रं
        संस्थास्यते यत्र च वावतिष्ठते ।
प्रजापतीनां पतिरेष मह्यं
        परं प्रमाणं भगवान् अनन्तः ॥ २० ॥

जसबाट यो विचित्र जगतको उत्पत्ति भएको छ, जसमा यो लीन हुन्छ र जस्को आश्रयबाट यो स्थित हुन्छ । मलाई ता उनै प्रजाहरूका पति भगवान् श्री अनन्त नै सबभन्दा बढि मान्य हुनुहुन्छ ।।२०।।

मैत्रेय उवाच–
स उग्रधन्वन् नियदेवाबभाषे
        आसीच्च तूष्णीं अरविन्दनाभम् ।
धियोपगृह्णन् स्मितशोभितेन
        मुखेन चेतो लुलुभे देवहूत्याः ॥ २१ ॥

मैत्रेयजीले भने—
प्रचण्ड धनुर्धर विदुर! कर्दमजीले केवल यति नै मात्र भने अनि फेरी हृदयमा कमलनयन भगवानको ध्यान गरेर चुप भए । त्यस समय उनको मन्दहास्य युक्त मुख देखेर देवहुतिको चित्त लोभियो ।।२१।।

(अनुष्टुप)
सोऽनु ज्ञात्वा व्यवसितं महिष्या दुहितुः स्फुटम् ।
तस्मै गुणगणाढ्याय ददौ तुल्यां प्रहर्षितः ॥ २२ ॥

मनुजीले देखे कि यस सम्बन्धमा महारानी सतरूपा र राजकुमारीको स्पष्ट अनुमति छ । त्यसैले उनले अनेक गुणबाट सम्पन्न कर्दमजीलाई उनै समान गुणवति कन्या प्रसन्नता पूर्वक दान गरे ।।२२।।

शतरूपा महाराज्ञी पारिबर्हान् महाधनान् ।
दम्पत्योः पर्यदात् प्रीत्या भूषावासः परिच्छदान् ॥ २३ ॥

महारानी सतरूपाले पनि छोरी र ज्वाईलाई बडो प्रेमपूर्वक धेरै बहुमूल्य वस्त्र गहना र अन्य ब्यवहारिक कुराहरू दाइजो दिइन ।।२३।।

प्रत्तां दुहितरं सम्राट् सदृक्षाय गतव्यथः । 
उपगुह्य च बाहुभ्यां औत्कण्ठ्योन्मथिताशयः ॥ २४ ॥

अशक्नुवन् तद्विरहं मुञ्चन् बाष्पकलां मुहुः ।
आसिञ्चद् अम्ब वत्सेति नेत्रोदैर्दुहितुः शिखाः ॥ २५ ॥

यस प्रकार आफ्नी कन्याका लागि सुयोग्य बर देखेर महाराज मनु ढुक्क भए । फर्कदा उनको वियोग सहन नसक्दा उनले उत्कण्ठाले गर्दा विह्वल चित्त भएर दुवै हातले छोरीलाई अंगाले हालेर “छोरी छोरी” भन्दै रुनलागे । उनको आँखाबाट आँसुको धारा बग्नलाग्यो जसले गर्दा देवहुतिको कपाल भिज्नगयो ।२४।२५।।

आमन्त्र्य तं मुनिवं अमनुज्ञातः सहानुगः ।
प्रतस्थे रथमारुह्य सभार्यः स्वपुरं नृपः ॥ २६ ॥
उभयोः ऋषिकुल्यायाः सरस्वत्याः सुरोधसोः ।
ऋषीणां उपशान्तानां पश्यन् आश्रमसम्पदः ॥ २७ ॥

त्यसपछि उनी मुनिवर कर्दमजी संग विदा भएर उनको आज्ञाले रानि र आफ्ना सेवकहरू सहित रथमा बसे अनि ऋषिकुल सेवित सरस्वतीको दुवै किनारमा रहेका मुनिहरूको आश्रमको शोभा हेर्दै आफ्नो राजधानी फर्के ।।२६।२७।।

तं आयान्तं अभिप्रेत्य ब्रह्मावर्तात्प्रजाः पतिम् ।
गीतसंस्तुतिवादित्रैः प्रत्युदीयुः प्रहर्षिताः ॥ २८ ॥

जव ब्रह्मावर्त र प्रजाहरूलाई उनीहरूका स्वामी आउदैछन भन्ने समाचार सुने त्यसपछि धेरै खुसी भएर स्तुति गीत तथा वाजागाजाका साथ ब्रह्मावर्तको राजधानी बाहिर लिन आए ।।२८।।

बर्हिष्मती नाम पुरी सर्वसंपत् समन्विता ।
न्यपतन्यत्र रोमाणि यज्ञस्याङ्गं विधुन्वतः ॥ २९ ॥

सबै प्रकारको संपदाले युक्तभएको वहिष्मती नगर मनुजीको राजधानी थियो । जहाँ पृथ्वीलाई रसातलबाट ल्याउदा शरीर कामेको बेलामा भगवानको शरीरबाट रौं खसेको थियो ।।२९।।

कुशाः काशास्त एवासन् शश्वद्धरितवर्चसः ।
ऋषयो यैः पराभाव्य यज्ञघ्नान् यज्ञमीजिरे ॥ ३० ॥

त्यो रौं सधै हरियो भै रहने कुश र काँश बन्यो । जसबाट मुनिहरूले यज्ञमा विध्न गराउने दैत्यलाई तिरस्कार गरेर यज्ञपुरुषलाई यज्ञद्वारा आराधना गरे ।।३०।।

कुशकाशमयं बर्हिः आस्तीर्य भगवान् मनुः ।
अयजद् यज्ञपुरुषं लब्धा स्थानं यतो भुवम् ॥ ३१ ॥

श्री वराह भगवान्बाट भूमिराज निवासस्थान पाएपछि महाराज मनुले यसै स्थानमा कुश र काँसको वर्हि (आशन) विछ्याएर भगवानको पूजा गरेका थिए ।।३१।।

बर्हिष्मतीं नाम विभुः यां निर्विश्य समावसत् ।
तस्यां प्रविष्टो भवनं तापत्रयविनाशनम् ॥ ३२ ॥

जुन वर्हिष्मतीपुरमा मुनिजी निवास गर्दथे, त्यहाँ पुगेर उनले आफ्नो त्रितापनाशक भवनमा प्रवेश गरे ।।३२।।

सभार्यः सप्रजः कामान् बुभुजेऽन्याविरोधतः ।
सङ्गीयमानसत्कीर्तिः सस्त्रीभिः सुरगायकैः ।
प्रत्यूषेष्वनुबद्धेन हृदा श्रृण्वन् हरेः कथाः ॥ ३३ ॥

त्यहाँ आफ्नी भार्या र सन्तती सहित धर्म, अर्थ र मोक्ष अनुकुल भोग भोग्न लागे । बिहान हुनासाथ गन्धर्वगणहरू आफ्ना स्त्रीहरू सहित भएर उनको गुणगान गर्दथे । तर मुनिजी त्यसमा आशक्त नभइकन पे्रमपूर्ण हृदयले भगवानको कथाहरू सुन्ने गर्दथे ।।३३।।

निष्णातं योगमायासु मुनिं स्वायम्भुवं मनुम् ।
यदाभ्रंशयितुं भोगा न शेकुर्भगवत्परम् ॥ ३४ ॥

उनी इच्छा अनुसारको भोग निर्माण गर्नमा निपुण थिए तर भगवत परायण भएकोले उनीमा अलिकता पनि विचलनपन हुदैन थियो ।।३०।।

अयातयामाः तस्यासन् यामाः स्वान्तरयापनाः ।
श्रृण्वतो ध्यायतो विष्णोः कुर्वतो ब्रुवतः कथाः ॥ ३५ ॥

भगवान् विष्णुको कथाको श्रवण, ध्यान, रचना र निरूपण गर्ने गरेकाले उनको मन्वन्तर ब्यतित गर्ने समय कहिल्यै ब्यर्थ हुदैन थियो ।।२५।।

स एवं स्वान्तरं निन्ये युगानां एकसप्ततिम् ।
वासुदेवप्रसङ्गेन परिभूतगतित्रयः ॥ ३६ ॥

यस प्रकार आफ्नो जाग्रत, स्वप्न र सुषुप्ति यी तीन अवस्था अथवा तीनै गुणलाई अर्भिमूत गरेर उनले भगवान् वासुदेवको कथा प्रसंगमा आफ्नो मन्वन्तरको एकहजार चतुर्युग पुरा गरे ।।३६।।

शारीरा मानसा दिव्या वैयासे ये च मानुषाः ।
भौतिकाश्च कथं क्लेशा बाधन्ते हरिसंश्रयम् ॥ ३७ ॥

विदुरजी! जो पुरुष श्रीहरिमा आश्रित रहन्छ उसलाई शारीरिक, मानशिक, र दैनिक, भौतिकादि दुःखबाट कुनैप्रकारको कष्ट पु¥याउन सक्तैन ।।३७।।

यः पृष्टो मुनिभिः प्राह धर्मान् नानाविधान् शुभान् ।
नृणां वर्णाश्रमाणां च सर्वभूतहितः सदा ॥ ३८ ॥

मनुजी निरन्तर सबै प्राणीको हितमा लागिरहन्थे । मुनिहरूले सोधेको समयमा उनले मानिस तथा सबै वर्ण आश्रमको अनेक प्रकारको मंगलमय वर्णन गरे जुन “मनुसंहिता”को रूपमा अहिले पनि उपलब्ध छ ।।३८।।

एतत्ते आदिराजस्य मनोश्चरितमद्भुतम् ।
वर्णितं वर्णनीयस्य तदपत्योदयं श्रृणु ॥ ३९ ॥

आदिराज मनुको यस्तो अद्भुत चरित्रको वर्णन गरें । अव उनकी छोरी देवहुतिको बारेमा सुन ।।३९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे द्वाविंशोऽध्यायः ॥ २२ ॥