#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – अष्टाशीतितमोऽध्यायः

 
श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः – अष्टाशीतितमोऽध्यायः



राजोवाच–
(अनुष्टुप्)
देवासुरमनुष्येसु ये भजन्त्यशिवं शिवम् ।
प्रायस्ते धनिनो भोजा न तु लक्ष्म्याः पतिं हरिम् ॥ १ ॥
एतद् वेदितुमिच्छामः सन्देहोऽत्र महान् हि नः ।
विरुद्धशीलयोः प्रभ्वोर्विरुद्धा भजतां गतिः ॥ २ ॥
राजा परीक्षितले सोधे– हे भगवान् ! देवता असुर तथा मनुष्यहरूमा जसले भोगलाई त्याग्नु भएका भगवान शिवजीको आराधना गर्छन् उनीहरु प्राय धनी हुन्छन् तर जो लक्ष्मीप्रति श्री हरिको उपासना गर्दछन् उनीहरू प्राय भोग बिहीन देखिन्छन् यस्तो विपरित फल हुनुको रहस्य के हो ? मलाई बताउँनु होस् ।।१–२।।
शुक उवाच–
शिवः शक्तियुतः शश्वत् त्रिलिङ्‌गो गुणसंवृतः ।
वैकारिकस्तैजसश्च तामसश्चेत्यहं त्रिधा ॥ ३ ॥
शुकदेवले भन्नुभयो– भगवान शिवजी आफ्नो शक्तिले युक्त तमोगण सम्पन्न हुनुहुन्छ र सात्विक राजस्व र तामस यी तीन प्रकारका अहङ्कारका अधिष्ठाता हुनुहुन्छ । 
ततो विकारा अभवन् षोडशामीषु कञ्चन ।
उपधावन् विभूतीनां सर्वासामश्नुते गतिम् ॥ ४ ॥
यी तीन थरिका अहंकारबाट नै दस इन्द्रिय पाँच महाभूत र एक मन गरी सोह्र विकारहरू उत्पन्न भएका छन् यीमध्ये कसैको पनि अधिष्ठाता देवतालाई उपासना गर्नाले उपासकलाई सबैथरी ऐश्वर्य प्राप्त हुन्छ ।।४।।
हरिर्हि निर्गुणः साक्षात् पुरुषः प्रकृतेः परः ।
स सर्वदृगुपद्रष्टा तं भजन् निर्गुणो भवेत् ॥ ५ ॥
तर भगवान श्री हरि प्रकृतिभन्दा परका साक्षात परम पुरुष हुनुहुन्छ । उहाँ सर्वज्ञ र सबैका साक्षी हुनुहुन्छ । उहाँको भजन गर्ने ब्यक्ति प्राकृतिक गुणले रहित हुन्छ ।।५।।
निवृत्तेष्वश्वमेधेषु राजा युष्मत्पितामहः ।
शृणन् भगवतो धर्मानपृच्छदिदमच्युतम् ॥ ६ ॥

तपाईंका पितामह युधिष्ठिरको यज्ञहरु समाप्त भएपछि, भागवत धर्मको उपदेश श्रवण गरेर उनले भगवान श्री कृष्णसँग यस प्रकार सोधे ।।६।।
स आह भगवांस्तस्मै प्रीतः शुश्रूषवे प्रभुः ।
नृणां निःश्रेयसार्थाय योऽवतीर्णो यदोः कुले ॥ ७ ॥
मानिसका कल्याणका लागि यदुकुलमा अवतार लिनुभएका भगवान युधिष्ठिरले गरेको प्रश्न बाट खुसी हुँदै उनलाई यसो भन्नुभयो ।।७।।
श्रीभगवानुवाच–
यस्याहमनुगृह्णामि हरिष्ये तद्धनं शनैः ।
ततोऽधनं त्यजन्त्यस्य स्वजना दुःखदुःखितम् ॥ ८ ॥
भगवानले भन्नुभयो जसलाई म अनुग्रह गर्नु खोज्दछु त्यतिबेला म त्यसको सबै सम्पत्तिहरू बिस्तारै हरण गर्दिन्छु । जसले गर्दा उसले निर्धन भएर दुःख पाएका बखतमा उसका आफन्तहरूले पनि उसलाई छाडिदिन्छन् ।।८।।
स यदा वितथोद्योगो निर्विण्णः स्याद् धनेहया ।
मत्परैः कृतमैत्रस्य करिष्ये मदनुग्रहम् ॥ ९ ॥
जब ऊ उद्योग गर्न खोज्दछ त्यतिबेला म उसको सबै प्रयास पनि बिफल हुन्छ । जसले गर्दा धन कमाउने उद्देश्यबाट विफल भएर मेरो भजन गर्दछ त्यतिबेला म उसलाई अनुग्रह गर्दछु ।।९।।
तद्‌ब्रह्म परमं सूक्ष्मं चिन्मात्रं सदनन्तकम् ।
अतो मां सुदुराराध्यं हित्वान्यान् भजते जनः ॥ १० ॥
त्यो परब्रह्मतत्व सुक्ष्म, सत्, चित र अनन्त रूप छ । त्यसैले यो तत्व बुझ्न धेरै कठिन भएकाले सामान्य व्यक्तिहरूले अन्य देवताको भजन गर्दछन् ।।१०।।
ततस्त आशुतोषेभ्यो लब्धराज्यश्रियोद्धताः ।
मत्ताः प्रमत्ता वरदान् विस्मरन्त्यवजानते ॥ ११ ॥
त्यसैले उनीहरु चाँडै प्रसन्न हुने देवताको आराधना गरेर श्री सम्पत्ति प्राप्त गर्दछन् र त्यो सम्पत्तिबाट उन्मत भएर आफूलाई बर दिने देवतालाई नै भुल्दछन् र ती देवताको अपमान पनि गर्दछन् ।।११।।
श्रीशुक उवाच–
शापप्रसादयोरीशा ब्रह्मविष्णुशिवादयः ।
सद्यः शापप्रसादोऽङ्‌ग शिवो ब्रह्मा न चाच्युतः ॥ १२ ॥
हे परीक्षित ! श्राप दिनका लागि र कृप गर्नका लागि ब्रह्मा विष्णु तथा शिव तिनै देवता समर्थ हुनुहुन्छ । जसमा ब्रह्मा र शिव चाँडै नै प्रसन्न भएर वरदान दिने र रुष्ट भएर श्राप दिनुहुन्छ भने भगवान अच्युत चाहीँ चाँडै प्रसन्न हुनुहुन्न ।।१२।।
अत्र चोदाहरन्तीममितिहासं पुरातनम् ।
वृकासुराय गिरिशो वरं दत्त्वाऽऽप सङ्‌कटम् ॥ १३ ॥
यस विषयमा महात्माहरुले एउटा पुरानो इतिहास बताएका छन् जुन शंकरजीले वृकासुरलाई वर दिएर आफैं शंकटमा पर्नुभएको कथा छ ।।१३।।
वृको नामासुरः पुत्रः शकुनेः पथि नारदम् ।
दृष्ट्वााऽऽशुतोषं पप्रच्छ देवेषु त्रिषु दुर्मतिः ॥ १४ ॥
सकुनी नाम गरेको दैत्यको छोरो वृकासुर ज्यादै दुष्ट बुध्दिको थियो । एकपटक ऊ कतै गहिरेको बखतमा बाटोमा नारदजीलाई देखेर ब्रह्मा, विष्णु र शिवमा सबैभन्दा चाँडैप्रसन्न हुने देवता कुन हुन् भनेर सोध्यो ।।१४।।
स आह देवं गिरिशमुपाधावाशु सिद्ध्यसि ।
योऽल्पाभ्यां गुणदोषाभ्यामाशु तुष्यति कुप्यति ॥ १५ ॥
उसको प्रश्न सुनेर नारदजीले भन्नुभया,े हे वृकासुर ! भगवान शंकर थोरै गुण दोषबाट चाँडै प्रसन्न हुनुहुन्छ र चाँडै रिसाउनु पनि हुन्छ । त्यसैले तिमी उनै शंकर भगवानको आराधना गर जसले गर्दा तिम्रो इच्छा चाँडै पूरा हुनेछ ।।१५।।
दशास्यबाणयोस्तुष्टः स्तुवतोर्वन्दिनोरिव ।
ऐश्वर्यमतुलं दत्त्वा तत आप सुसङ्‌कटम् ॥ १६ ॥
रावण, वाणासुर र बन्दिजनले केवल स्तुति गरे झैँ गरी भगवान शंकरको स्तुति गरे । जसबाट भगवान शंकर प्रसन्न भएर उनीहरुलाई धेरै ऐश्वर्य प्रदान गर्नुभयो तर पछि त्यही वरदानका कारण उहाँ संकटमा पर्नुभएको थियो ।।१६।।
इत्यादिष्टस्तमसुर उपाधावत् स्वगात्रतः ।
केदार आत्मक्रव्येण जुह्वानोऽग्निमुखं हरम् ॥ १७ ॥
नारदजीको यस्तो उपदेश पाएर त्यो असुर केदार क्षेत्रमा पुग्यो र त्यहाँ उसले अग्निलाई शंकरजीको मुख मानेर आफ्नो शरीर काटेर होम गर्दै शंकरजीको आराधना गर्न लाग्यो ।।१७।।
देवोपलब्धिमप्राप्य निर्वेदात्सप्तमेऽहनि ।
शिरोऽवृश्चत् स्वधितिना तत्तीर्थक्लिन्नमूर्धजम् ॥ १८ ॥
यसरी छ दिनसम्म आराधना गर्दा पनि शंकरजीको दर्शन नपाएर दुःखी हुँदै सातौं दिनमा तीर्थमा स्नान गरेर उसले आफ्नो भिजेको कपाल भएको शिरलाई तरबारले काटेर होम गर्न तयार भयो ।।१८।।
(वंशस्था)
तदा महाकारुणिको स धूर्जटि(
     र्यथा वयं चाग्निरिवोत्थितोऽनलात् ।
निगृह्य दोर्भ्यां भुजयोर्न्यवारयत्
     तत्स्पर्शनाद्‌ भूय उपस्कृताकृतिः ॥ १९ ॥
जसरी कोही दुःखी भएर आत्मघात गर्न लाग्दा हामी रोकिदिन्छौं त्यसरी नै अत्यन्त कृपालु भगवान शंकर हवन कुण्डको अग्निबाट प्रकट भएर आफ्नो दुवै हातले उस्को दुवै हात समातेर उसलाई टाउको काट्नबाट रोक्नुभयो । भगवान् शङ्करकोस्पर्श हुनासाथ उसको सबै अङ्गहरू पहिले जस्तै नै भयो ।।१९।।
तमाह चाङ्‌गालमलं वृणीष्व मे
     यथाभिकामं वितरामि ते वरम् ।
प्रीयेय तोयेन नृणां प्रपद्यता(
     महो त्वयात्मा भृशमर्द्यते वृथा ॥ २० ॥
शंकर भगवानले भन्नुभयो– हे वृकासुर ! रोक यो काम नगर म त आफ्ना शरणगतको लागि जल चलाउनले नै प्रसन्न हुन्छ भने तिमीले व्यर्थमा शरीरको कष्ट किन गरेको अब तिमी आफ्नो इच्छा अनुसार वरमाग ।।२०।।
(अनुष्टुप्)
देवं स वव्रे पापीयान् वरं भूतभयावहम् ।
यस्य यस्य करं शीर्ष्णि धास्ये स म्रियतामिति ॥ २१ ॥
त्यस महापापी वृकसुरले म जसको सिरमा हात राख्दछु, त्यो मरिहालोस् भनेर यस्तो सबै जीवलाई डर गराउने खालको बर माग्यो ।।२१।।
तच्छ्रुत्वा भगवान् रुद्रो दुर्मना इव भारत ।
ओमिति प्रहसंस्तस्मै ददेऽहेरमृतं यथा ॥ २२ ॥
उसको कुरा सुनेर भगवान शंकर पइला केही खिन्न भएर अन्कनाउनुभयो र पछि हाँस्दै उसलाई सो वर दिनुभयो । यसरी वरदान दिएर उहाँले साँपलाई दूध पिलाउने काम गर्नुभयो ।।२२।।

स तद्वरपरीक्षार्थं शम्भोर्मूर्ध्नि किलासुरः ।
स्वहस्तं धातुमारेभे सोऽबिभ्यत् स्वकृताच्छिवः ॥ २३ ॥
भगवान शंकरबाट यसरी बर पाएपछि वृकासुरमा पार्वती हरण गर्ने इच्छा जाग्यो र त्यस असुरले शिवजीले दिनुभएको वरको परीक्षा गर्न शिवजीको शिरमाथि नै हात राख्न खोज्यो जसले गर्दा भगवान शंकर डराउनुभयो ।।२३।।
तेनोपसृष्टः संत्रस्तः पराधावन् सवेपथुः ।
यावदन्तं दिवो भूमेः काष्ठानामुदगादुदक् ॥ २४ ॥
वृकासूरले यसरी आफूलाई पिछा गरेकोले भगवान शंकर डराउँदै तीनै लोकमा भाग्नुभयो तर पनि उसले आफूलाई पिछा गरेकोले उहाँ उत्तर दिशातिर लाग्नुभयो ।।२४।।
अजानन्तः प्रतिविधिं तूष्णीमासन् सुरेश्वराः ।
ततो वैकुण्ठमगमद्‌ भास्वरं तमसः परम् ॥ २५ ॥
त्यस संकटलाई प्रतिकार गर्ने कुनै उपाय नदेखेर शिवजी प्रकृति माथिको अन्धकार सून्य दिव्य बैकुण्ठधाममा जानुभयो ।।२५।।
यत्र नारायणः साक्षान्न्यासिनां परमा गतिः ।
शान्तानां न्यस्तदण्डानां यतो नावर्तते गतः ॥ २६ ॥
जहाँ सबैलाई अभयदान दिने र सन्यासीहरूका एकमात्र गति हुनुभएका परंशान्त भगवान नारायण रहनुहुन्छ । जहाँ गएपछि फेरी यस संसारमा फर्केर आउनु पर्दैन ।।२६।।
तं तथा व्यसनं दृष्ट्वान भगवान् वृजिनार्दनः ।
दूरात् प्रत्युदियाद्‌ भूत्वा वटुको योगमायया ॥ २७ ॥
भगवान सबैको दुःखलाई नाश गरिदिनुहुन्छ उहाँले वृकासुरले शिवजी लाई दिएको  विपत्ति देखेर वहाँ भगवान विष्णुले ब्रह्मचारीको रुप धारण गरेर वृकासुरको नजिक आउनुभयो ।।२७।।
मेखलाजिनदण्डाक्षैस्तेजसाग्निरिव ज्वलन् ।
अभिवादयामास च तं कुशपाणिर्विनीतवत् ॥ २८ ॥
ती व्रह्मचारीले मेखला मृगचर्म दण्ड र रुद्राक्षको माला धारण गरेर सुशोभित भैं शरीरको कान्तिले अग्नि झैं चम्किएका ती बटुकले नम्र भएर वृकासुरलाई अभिवादन गरे ।।२८।।
श्रीभगवानुवाच–
शाकुनेय भवान् व्यक्तं श्रान्तः किं दूरमागतः ।
क्षणं विश्रम्यतां पुंस आत्मायं सर्वकामधुक् ॥ २९ ॥
भगवानले भन्नुभयो– हे सकुनीपुत्र वृकासुर ! तपाईं थाकेजस्तो देखिनुहुन्छ धेरै टाढाबाट आउनुभएको हो कि के हो ? एकैछिन यहाँ विश्राम गर्नुहोस् । शरीर नै सबै कामना पुरा गर्ने साधन हो । यसले नै सारा मनकामनाहरु पूरा हुन्छन् । त्यसकारणले शरीरलाई धेरै दुःख नदिनुस् ।।२९।।
यदि नः श्रवणायालं युष्मद्व्य वसितं विभो ।
भण्यतां प्रायशः पुम्भिर्धृतैः स्वार्थान् समीहते ॥ ३० ॥
तपाईँ सबै कुरा गर्नमा सक्षम हुनुहुन्छ । यसबेला तपाईं के चाहनुहुन्छ यदि मलाई बताउन हुने कुरा भए बताउनुहोस् संसारमा धेरै जनाले आफ्नो सहयोगीबाट काम सिद्ध गरेको देखिन्छ ।।३०।।
श्रीशुक उवाच–
एवं भगवता पृष्टो वचसामृतवर्षिणा ।
गतक्लमोऽब्रवीत्तस्मै यथापूर्वमनुष्ठितम् ॥ ३१ ॥
यसरी भगवानले अमृतमय वाणीले सोधेपछि एकछिन रोकिएर आफ्नो तपस्या र वरदानको प्राप्ति अनि शंकरजीको पिछा गर्नुको कारण आदि सबै घटना बतायो ।।३१
श्रीभगवानुवाच–
एवं चेत्तर्हि तद्वाक्यं न वयं श्रद्दधीमहि ।
यो दक्षशापात् पैशाच्यं प्राप्तः प्रेतपिशाचराट् ॥ ३२ ॥
भगवानले भन्नुभयो– यदि यसो हो भने म त उनको वरदानको कुरामा विश्वास गर्दिन । किनकि दक्ष प्रजापतिको श्रापले उनी त पिसाच भइसकेका छन् उनी प्रेत र पिसाचको राजा बनेका छन् ।।३२।।
यदि वस्तत्र विश्रम्भो दानवेन्द्र जगद्‌गुरौ ।
तर्ह्यङ्‌गाशु स्वशिरसि हस्तं न्यस्य प्रतीयताम् ॥ ३३ ॥
हे दानवेन्द्र यदि तिमीलाई शंकर कुराको विश्वास छ भने तिमी आफ्नो सिरमा हात राखेर हेर अनि विश्वास गर ।।३३।।
यद्यसत्यं वचः शम्भोः कथञ्चिद् दानवर्षभ ।
तदैनं जह्यसद्‌वाचं न यद् वक्तानृतं पुनः ॥ ३४ ॥
यदि त्यो शंकरको वचन असत्य भयो भने उनलाई मारिहाल । जसले गर्दा फेरि उनले झुट बोल्न नसकुन् ।।३४।।
इत्थं भगवतश्चित्रैर्वचोभिः स सुपेशलैः ।
भिन्नधीर्विस्मृतः शीर्ष्णि स्वहस्तं कुमतिर्न्यधात् ॥ ३५ ॥
यसरी भगवानको विचत्र र मिठा बोलीले त्यस दैत्यको बुद्धि नष्ट भयो र त्यस मूर्खले आफ्नो सिरमा हात राख्यो ।।३५।।
अथापतद्‌ भिन्नशिराः व्रजाहत इव क्षणात् ।
जयशब्दो नमःशब्दः साधुशब्दोऽभवद् दिवि ॥ ३६ ॥
त्यसपछि एकै क्षणमा नै त्यो दुष्टको शिर फुटेर नष्ट भयो र जमिन ढल्न पुग्यो । त्यसपछि आकाशमा जय, नमः साधु–साधु भनेर भन्न थाले ।।३६।।
मुमुचुः पुष्पवर्षाणि हते पापे वृकासुरे ।
देवर्षिपितृगन्धर्वा मोचितः सङ्‌कटाच्छिवः ॥ ३७ ॥
पापी वृकासुर मरेकोले देवताहरू ऋषिहरू र गन्धवहरुले भगवानमाथि पुष्पवृष्टि गरे । यता शंकरजी पनि शंकट मुक्त हुनुभयो ।।३७।।
मुक्तं गिरिशमभ्याह भगवान् पुरुषोत्तमः ।
अहो देव महादेव पापोऽयं स्वेन पाप्मना ॥ ३८ ॥
हतः को नु महत्स्वीश जन्तुर्वै कृतकिल्बिषः ।
क्षेमी स्यात् किमु विश्वेशे कृतागस्को जगद्‌गुरौ ॥ ३९ ॥
भगवान पुरुषोत्तमले शिवजीलाई संकटबाट मुक्त गराउनुभयो र भन्नुभयो–  हे भगवान् महादेव ! त्यो पापी असूर आफ्नै पापले मर्यो । हे ईश्वर ! महापुरुषप्रति अपराध गर्ने कुन चाहिँ प्राणीलाई राम्रो भएको छ र ? । त्यसमा पनि हजुर जगतका गुरुमाथि अपराध गर्ने कोत के नै भन्न सकिन्छ र ? ।।३८–३९।।
(वंशस्था)
य एवमव्याकृतशक्त्युदन्वतः
     परस्य साक्षात् परमात्मनो हरेः ।
गिरित्रमोक्षं कथयेच्छृणोति वा
     विमुच्यते संसृतिभिस्तथारिभिः ॥ ४० ॥
अनन्त शक्तिका सागर भगवान को मन र वाणीको विषय भन्दा पर हुनुहुन्छ । उहाँ प्रकृतिबाट पर साक्षात परमात्मा हुनुहुन्छ उहाँले शंकरजीको संकटलाई मुक्त गराइदिनुभएको यस कथालाई जसले भन्दछ अथवा सुन्दछ त्यो ब्यक्ति यस संसार बन्धनबाट र सत्रुको भयबाट मुक्त हुन्छ ।।४०।। 
इति श्रीमद्भासगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
रुद्रमोक्षणं नाम अष्टाशीतितमोऽध्यायः ॥ ८८ ॥